नेपाली समाचार ,Nepal Flag

Thursday, May 8, 2014

दृष्टी भ्रम

लेखक - नयन्द्र चेम्जोङ
मेरा बाजेले कोरीदिएका साँध सीमाना भित्रको सैयो रोपनी ती पाखोबारीहरु उजाडिएका छन् । स्याहार सम्भार र मलजलको अभावमा सारा वरवगैचा तथा रुख विरुवाहरु मृत अवस्थामा छ । विदेशमा आर्जेको थोरै धन भए पनि शहरको घर घडेरी र विलासितामा खन्याउनु भन्दा त्यही बाजेको नासोमा छरेर आफ्नोलागि छिमेकीकोलागि र थोरै भए पनि समाजकॊलागि योगदान दिन सके कस्तो हुन्थ्यो होला । मनै त होनी परम्परागत कृषी प्रणालीलाइ विस्थापित गरेर आधुनिक कृषी प्रणालीमा ढाल्दै पाखोवारीका गह्राहरुमा ब्यवसायिक सुन्तोला खेली गह्राका कान्लाहरुमा अम्लिसो तथा सिस्नो खेती बंगुरपालन कुखुरापालन तथा बाख्रापालन गरेर सानो संसारमै रमाउन पाए जीवन कस्तो बन्थ्यो होला । गाउँबासीहरु सबै शहरमुखी भए । सरकारी योजनाहरु पनि सबै शहर केन्द्रित भए । टेबल र कुसर्ीैमा खाने जागिरमात्र जागिर हो र विदेशी डलर मात्र पैसा हो भन्ने मानसिकताको विकाश भए । कृषी र पशुपालन पनि आम्दानीमा राम्रो श्रोत हुन भन्ने नागरिकको सोचाइमा कहिल्यै परिवर्तन भएन । कृषी र पशुपालनमा आधुनिकिकरण नगरे सम्म र नागरिक चेतनशिल नभएसम्म देशलाई पैसै पैसाले पुरे पनि देश बन्दैन । देशमा नब्बे प्रतिशत भन्दा बढी जनताहरु कृषीमा निर्भर छ । तर चेतनाको जग बसाल्ने गाउँ गाउँमा खोलिएका कति प्रतिशत विद्यालय तथा विश्वविद्यालयहरुमा कृषि विषयमा अध्ययन गराइन्छ यातायातको सुविधा पुग्नको लागि अझै पनि दशकौ कुर्नु पर्ने क्षेत्रहरुमा लाखौ लाख खर्च गरेर स्थानीय हावापानी र माटोमा कहिल्यै मेल नखाने ब्यवस्थापन मानविकि जस्ता विषयहरु अध्ययन गराइन्छ । प्राविधिक शिक्षालयका अवधारणाहरु विकाश क्षेत्रमामात्र सिमित नगराइ प्रत्यक गाउँगाउँमा सरकारले खोली दिएर हरेक घरघरमा एउटा कृषि प्राविधिक जन्माइ दिए देश र समाज कस्तो हुन्थ्यो होला । हामी परदेशीयका हरेक नागरिकले पनि देश पर्देशमा घुम्दाको शिप अनुभव र चेतनालाई छिमेकी र समाजमा कोशेलीको रुपमा भित्राउदै एउटा चेतनसिल समाजको स्थापना गर्न पाए देश कस्तो हुन्थ्यो होला बारम्वार सोच्ने गर्छु देशकोलागि योगदान गर्नु भनेको के हो बिदेशमा गएर कमाएको धन राष्ट्रको नाममा यती भनेर छुट्याएर दिनु हो होइन । मैले शुरु गरेको मेरो व्यवसायले दश जना नेपालीलाइ मात्रै रोजगार मिल्यो भने विदेशीयका तीसलाख नेपालीले आफ्नो गाउँ ठाउँमा हावा पानी र माटो अनुकुल ब्यवसायीक लगानी गरे देश कहाँ पुग्छ हामी विदेशियका नेपालीहरुमा पनि देशको लागि भलो सोच्चे साह्रै कमी भएछौ । पाइला पाइला र मन मनमा आफ्नै मात्र स्वार्थ हेरेका रहेछौ । काम र कुराको तालमेल कहिल्यै मिलेन । हुनत हामी विदेसिएका नेपालीहरुको पीर र ब्यथाको कथा पनि कम मार्मिक छैन । सवैको आ-आफ्नै पीडा छ । बल र उमेर छदै आफ्नो लागि केही धनको जोह गर्न सकिएन भने भोली देशले मेरो नागरिक भोकै भयो भनेर खाल लाउन दिने अवस्था छैन । जन्म दिएका छोराछोरीको लागि निभाउनु पर्ने जिम्मेवारी बेग्लै छ । मातृभूमि प्रतिको माया र संझनाको साक्षी त विदेसीयका हरेक नागरिकहरुको मजबुरी र समर्पणले देखाउदछ । जन्म भूमिको माया मनभरी भएपनि देश र समाजको परिस्थिती वा बाध्यताले गर्दा सेवा र समर्पणको भावना मन भित्रनै गुम्स्याएर राखेका छन् । देशलाई यो अवस्थामा पुर् याउनमा नेता तथा कर्मचारीको भूमिका छुट्टै होला तर राष्ट्र प्रति योगदान र कर्तब्यको सवालमा हामी नागरिकको जिम्मेवारी पनि नेता तथा कर्मचारीको भन्दा कम छैन । स्वदेशमा बसेका नागरिकहरु विदेश जाने ध्याउन्नमै मस्त छ । विदेश पुगिसकेका नागरिकहरु कसरी विदेशमै घरजम गरिखाने हो भनेर तानाबाना बुन्न मै ब्यस्त छ । तर विविध कारणले देश बर्वाद हुने अवस्था भयो भन्दैमा म देशको भविष्यप्रति नै निरासा र नकारात्मक भावना चाही पटक्कै छैन । सारा दुनियाँले अन्धकार र अनिश्चित देख्ने गरेको हाम्रो मातृभूमि नेपालप्रति म चाहिँ अत्यन्त आशाबादी छु । देशमै केही गर्छु भनेर हिम्मत कस्नेहरुलाई राज्यबाट पनि प्रोत्साहन दिने सक्दो प्रयास भएन । हरेक पाइला पाइलामा राज्यको मुख ताक्ने परिपाटी बस्यो । अशिक्षा गरीवि र सनातनी समाजमा पि_िल्सएर बाँचेका नागरिहरुको के कुरा दुनियाँ देश विदेशको सुविधा खाएर भोगेर आएका नेपालीहरुले पनि देश प्रतिको समर्पण र योगदानमा उल्लेखनीय हिम्मत गरेको देखिएन । मैले विदेशबाट यती धन कमाएर ल्याए ल देशलाई यति भयो भनेर छुट्टाएर भाग लगाउनु पर्दैन । कहिल्यै नसुध्रने नेताहरुले देश बनाइ देला भनेर आशा गरेर बस्ने अवस्था छैन । इजरायलको सिमानाले कोरिएको चार दिवार भित्रको यो कोलाहलमा आफुलाई समर्पित गदैगर्दा हिजो आज किन हो यस्तै राष्ट्रिय एवं देशभक्ति भावनामा तरङ्गित हुदै छचल्किन खोज्छन् यि अस्थिर मनहरु । यो त भए आदर्शका कुरा तर के साच्चै नै हामी सारा विदेसिएका नेपालीहरुले राष्ट्रको लागि केही गर्नलाई मातृभूमि नै फर्किए भनेपनि के यो सम्भव होला त मातृभूमिकै लागि त्याग बलिदान र योगदान गर्नुपर्छ भन्ने सोच र भावना त मानवीय सम्वेदनाकै सबै भन्दा सुन्दर पक्ष हो । देशको लागि समर्पण गर्न खोज्ने र गरिरहेका राष्ट्रका सैयौ सम्मानिन नागरिकहरुको योगदान र विचारलाई आत्मसाथ गर्ने हो भने यो विदेशीको गुलामी जीवनलाई चितााजली दिएर तुरन्तै मातृभूमिको काखमा समर्पण गर्ने भावनाको वेग उर्लिएर आउछ तर यो जन्मभूमिमै केही गरौ भन्ने देशभक्तिको भावनामा पनि मैले र मेरो जीवनमै नमेटिने पटक पटक धेरै धेरै तितो मीठो अनुभवहरु पनि सँगालेर राखेको छु ।
विदेशमा खर्चेको पसिनाको हिसावको जोड घटाउमा मलेसियाको मजदुरी जीवनको उपलब्धी भन्दा आफ्नै देशमा केही गर्ननै जीवन र जगतको लागि पनि भलो होला भन्ने मनोभावनाले पे्ररित हुँदै स्वदेश फर्कने निर्णय त गरे । तर यथार्तताको धरातलीय गहिराईमा डुबेर विषय बस्तुको सही आकँलन गर्नु र क्षणिक भावनामा बगेर उत्तेजित हुँदै मनमा उब्जिएका कुराहरुमा एकहोरिएर निर्णय गर्नुमा के कति भिन्नता छ यो कुराको शिक्षा अनुभव त्याग र समयको चक्रले मात्रै दिन सक्ने रहेछ । म अरुको जीवन क्रम भन्दा पनि आफ्नै जीवनक्रमको भोगाइहरुलाई हेर्दा दुरदर्शिता लगनसिलता र धैर्यताको सधै सधै अभाव महशुस भएको पाएकोछु । कल्पना जति द्रुत गतिमा चल्न सक्छ बास्तविकता नितान्त फरह हुने रहेछ । विदेशीयका सारा नागरिकहरुको भावना विपरित आफ्नै मुलुकमा केही गर्ने अठोटले मलेसियाबाट नेपाल त फर्किए तर आफ्नै देश भन्नुमात्रै हो गर्नलाई झनै कठीन पो हुने रहेछ त । अझ हाम्रो जस्तो काम र धन दौलतको आधारमा नागरिकहरुको वर्गिकरण हुने नेपाली समाजमा हामी जस्ता मध्ययम वर्गको नागरिकहरुको लागि त सामाजिक जीबन प्रणालीको संरचना नै बडो रहस्यमयात्मक भएको पाए । धेरै मध्ययम वर्गीय नागरिकहरुको जीवन प्रणाली तहस नहस भ्रएको पाएको छु मैले । निम्म बर्गीयहरुको जीवन पद्धती ऐना झै सफा हुन्छ । उनीहरुलाई जीउनको लागि तथाकथित कुसँकारीक सामाजिक कानूनको बन्धनले कुनै पनि कामको प्रकृतिको घेराभित्र बाँधिएका हुँदैनन् । सम्पन्न बर्गको त जीवन नै बेल्लै छ । उनीहरुसँग धन दौलत छ जसरी बाँचे पनि भयो । धन र इज्जतलाई एकै सिक्काका दुइओटा पाटाको रुपमा मान्यता प्रतिस्थापन गरेको छ हाम्रो नेपाली समाजले । निम्म बर्ग सँग काम छ र जीवन पनि छ । सम्पन्न बर्ग सँग धन छ इज्जत छ र जीवन पनि छ । तर हामी मध्ययम बर्गकाहरु काम पनि छैन धन पनि छैन अलि अलि भएको इज्जत हो त्यो पनि आफ्नो सामाजिक हैसियत बनाउन सँघर्ष गर्दा गर्दै कुन बेला धूलो बन्छ पत्तै हुँदैन । हामी धेरै मध्ययम वर्गीय नेपालीहरुझै मैले मातृभूमिमा गरेको परिश्रम र संघर्षको असफल परिणामले स्वीकारेको तितो यथार्तता हो यो ।
काठमाण्डौको सँघर्षमय जीवन ज्ञापन मानिसहरुको स्वार्थी जीवन पद्धती गाँस बाँस र जीवन प्राप्तीमा भौतारिएका बेरोजगार नागरिकहरुको जमघटस्थलका हुलहरुमा मैले पनि आफूलाई समर्पण गरे । नेपाल फिरेपछि नै मैले एउटा जीन्दगीको अकैै्र मोड परिवर्तन गर्ने सोच गरिसकेको थिए । वर्षौ पछिको बिछोड पछि फेरी पूनर्मिलन भयो मेरा बाल सखी एब सहपाठी हिमाल गिरी । काम र पेशाको अभावै अभाव रहेको काठमाण्डौको माहौलमा हिमालकै सल्लाह अनुसार मैले पनि एउटा सानो फर्निचर उद्योग स्थापना गरे । म फर्निचर उद्योग सम्बन्धी अनुभवमा शुन्य भएको मान्छे साथीकै आँट र भरोसामा सर सापट गरेरै भए पनि लगानी लगाए । त्यही बिन्दुबाट शुरु भएको मेरो ब्यवसायिक जीवनको सँघर्षमय पाटोहरुमा मेरो लक्ष र चाहानालाई हो मा हो मात्र नगरी एउटा जीवन संगिनी अबिभावक मार्गनिर्देशक र एउटा गतिलो आड भरोसाको प्रतिकको रुपमा मैले शान्तीलाई पाएँ । बास्तवमा मैले विदेशमा पाएका दुःख तथा संघर्षमा मैले निभाएका सकि्रयता निश्क्रियता आफ्नै ठाउँमा होला तर मातृभूमिमा गरेको सम्पूर्ण त्याग र संघर्षको देन मैले शान्तिलाई नै समर्पण गरेको छु । काठमाण्डौमा वितेका सँघर्ष र पीडाका दिनहरुको स्मरणमा हि हरपहरु लेख्दै जाँदा मैले यसो गरे उसो गरे भनेर लेख्न आज मेरा यी हातहरु थर्थराइ रहको छ । किनकी ती कठोर सँघर्षमय जीवनक्रमलाई धैर्यताका साथ अघि बढाउन सफल भूमिका निभाउन सक्षम असली नायिका उनै हुन । म त एउटा छायाँ पात्र मात्रै हो । उसले भोगेका दुःख पीडा बेदनाको इतिहास उसैको नाममा कोरिनु पर्छे । यो खण्डको आलेख उसै प्रति समर्पण ।
काठमाण्डौको वाफलमा फर्निचन उद्योग सुरु त गर् यौ । तर यो हाम्रो लागि अध्याँरोमा ढुङ्गा हाने जस्तै भयो । यति सम्म की मैलै सनमाइका भेनिस्ता जस्ता शब्दहरु जीवनमै पहिलो पल्ट सुन्नु पर् यो । क्वीउविक फिटको हिसाब सिक्नु पर् यो । सिमित आम्दानीमा साथीहरुले पाउने हिस्सा त छदैछ त्यहीबाट बचेखुचेको पैसाले कामदारहरुको ज्याला र आफ्नो समेत जिबिकोपार्जन गर्नलाई हम्मे हम्मे हुन थाल्यो । म एउटा जागिर र कामदारको जीवन सँग रमाउदै बाँचेको मान्छे प्रतिस्पर्धात्मक बजार संगै कामदारहरुको रेखदेख र नियन्त्रण मेरो लागि साच्चै नै चुनौति थिायो । धेरै लामो समय आफ्नो गाउँ समाजबाट अलग नरहदाँ पनि मैले चिन्न नसकेको स्वार्थी र आडम्वरी जत्थाहरुको बोलवाला रहेको काठमाण्डौमा जनजीवनमा स्थापित गराउन अत्यन्तै कठिन भइ रहेको थियो । एउटा कामदारलाई मालिक हुनुको आकँक्षा र मालिक भएर बाँच्नु पर्दाको पीडाको अनुभव पनि लिदै थिए । साथीहरुको लहै लहैमै आफ्नो चाहना विपरितको पेशा अगाँल्नु पर्दाको अनपेक्षित भोगाइले जीवन अन्यौलता छाउन थाली सकेको थियो । साझेदारी काममा साथीहरुबाट हुन गएको अनियमितता सहकार्यमा साना तिना तीता मिठा मनमुटाबहरुलाई समेट्न नसक्ने मेरो पनि थोरै कमजोरी आदि इत्यादीले थोरै समयमै हाम्रो सहकार्य टुट्यो । साथीहरुसंगको विछोड पछि पेशा र हामी आफैलाई बेवारिसे बनाएका छौ । ब्यवसायले जीवन धान्न नै धेरै धौधौ पर्न थाले पछि हामीले पनि अतिरिक्त आम्दानीका श्रोतहरु हेर्न थाल्यौ । फर्निचर ब्यवसायलाइ यथावतै राखेर शान्तिले अर्को पनि ब्यवसाय शुरु गरिन् । हामी चामलको छ्याङ बनाएर नजिकको भट्टी पसलहरुमा ठेक्का दिन थाल्यौ । शान्तीले जाँडका ग्यालेनमा भरेर ठिक पारिदिन्थी म बोकेर ठाउँ ठाउँमा पुर् याइ दिन्थे । हामी जाँडको ब्यापार सुरु गरे देखी आर्थिक रुपमा पनि केही हल्का राहत महशुश गरेका थियौ तर जाँड रक्सी तथा मासु मँशको छातछुत भयो भनेर पन्द्रह दिनमै कोठा खाली गरिदिने आदेश घरबेटीबाट भयो । एकातिर कामदारहरुलाई पनि एउटा स्तरमा काम लगाउन असफल हुदाँ ब्यवसायको घाटा दिन प्रतिदिन बढदो थियो भने अर्को तिर आर्थिक संकट एवँ निश्चित लक्ष्य पहिलाउन नसक्दा पनि जीवनक्रम असहज बन्दै गइरहेको थियो । अन्तै कोठा सरेर भएपनि हामीले त्यो पेशालाई छाडेनौ । ब्यवहार चलाउन धेरै नै भर थेग भयो जाँडको ब्यपारबाट । हरेक कामहरु असफल हुन्थे हरेह लक्षहरु अधुरो रहन्थे तर पनि हरेक विपत्ती तथा निराशाको क्षणमा जीवन सुखी र अगाडि वढाउने एउटा भरपर्दो आधार हुने रहेछ आशा र विश्वास । आशाबादीहरु आशैआशमा जीवन जीउने रहेछन् । निश्क्रीय ब्यवसाय बन्द आम्दानीका श्रोतहरु काठमाण्डौका महँगी बालबच्चाहरुको पालन पोषण र पढाइ यी सवै समस्याहरुसंग मुकाविला गर्ने हामीसंग एउटै आधार थियो दृढ विश्वास सकारात्मक सोच । छोराछोरीहरुको खुशी र चाहनासंग तगारो बन्न हुदैन भन्ने मानसिकतामा हामी जति सुकै दुःख र संकटको बेलामा पनि कहिल्यै विचलन भएनौ । अभावै अभाव पीडै पीडामै हामीले त्यो वर्ष वितायौ । त्यो पीडाका दिनहरुमा पनि मैले सिकर्मी डकर्मी भरिया पेन्टर जस्ता ज्याला मजदुरीबाट जिविकोपार्जन गरिखाने मेरा अनन्य मित्र एबँ हितैषीहरुसंग दिनचर्याहरु पनि हासी खुशी साथै विताएका छौ । जति सुकै पिडाको अनुभ भएपनि ती साथीहरुको पिडालाई पनि हेथ्र्यौ उनीहरुको समस्या तथा दुखलाई पनि नजिकबाट नियाल्थ्यौ । उनीहरुले जीवनभर भोगेका पिडाहरुका कथाले बाच्न सिक्ने धेरै ठूला ठूला अनूभवहरु लिने मौका पाएका छौ । जीवनक्रम साच्चै नै कहाली लाग्दो हुने पो रहेछ त । रोजी रोटी नै जीवनको लक्ष रहेको छ यी सर्वहारा वर्गहरुको । जीवनक्रम सर्वहारा भए पनि यिनीहरुको भावना र विचार विपन्न वर्ग झै हुतिहारा चाही हुदैनन् । जस्तै ठूला चाड पर्बहरुमा एकछाकै खाएर भएपनि हामीले हाम्रा सुख दुःखहरु ब्ाडेर बसेका छौ । त्यो घडीमा मलाई राम्ररी थाहा छ एकजना दिदी हुनुहुन्थ्यो । लोग्ने रंग रोगनको काम गर्नु हुन्थ्यो । उनीहरुसंगको समिप्यमा रहेर पनि हामीले विपन्नतामा बाँच्न सिक्ने धेरै कलाहरु सिकेका छौ । त्यो कहाली लाग्दो विपन्नताको क्षणहरुका हाम्रा भावनाहरु एकै थिए समस्याहरु एकै थिए र सपनाहरु पनि एकै थिए तर आज समयको पावन्दी सँगै हाम्रा ती साझा सपनाहरु अधुरै रहेका छन भने समस्याहरु ज्यूँ का त्यूँ नै छन आज दशकौ पछि पनि । जीवन ज्ञापन चलाउन अत्यन्तै कठिन हुन थाले पछि हामीले त्यो ठाउँलाई सदाको लागि छाडेर कोटेश्वर बस्न थाल्यौ । कोटेश्वरमा एउटा पेरिस डाडाँ भन्ने अत्यन्तै मनमोहक डाडाँ छ । हामी प्रत्यक दिन त्यो डाडाँमा गएर नयाँ वानेश्वर शँखमुल पट्टी दृष्यावलोकन गर्दै गौचरणमा बस्न लागेका जहाजहरुको अवलोकन गथ्र्यौ । आम्दानी थिएन पेशा थिएन सानो फर्निचर त्यसको कुनै भर थिएन । जीवनको गन्तब्य कतै नभएकोले मनमा त्यतिकै निरासा छाउथ्यो । पुष माघ महिनाको जाडो भरी हामीले त्यही पेरिस डाडाँको पारिलो घामले भोक मेटेका छौ । मिलिजुली र निशान बोर्डस नै थिए । हामीले गाउँघरमा हुर्कदा दुःखले पढ्न नपाएको पीडा पढन मन भएर पनि पढ्न नसक्ने अविकसित गाउँले वातावरणको भुक्तभोगी हामीले ऋण काडेर हुन्छ या भोकै वसेर हुन्छ छोराछोरीलाई यो अवसरबाट बिाचत नगराउने नै हाम्रो चाहना थियो । हामी पाठसाला गएको देखेर प्ााठसाले त चोरसाले भन्थे छिमेकीहरु । भावना र कल्पनाले मात्र जीवन गुजारा टर्दैन । हामी पनि बाँच्नको लागि र समाजमा उभिनको लागि नै भए पनि अतिरिक्त आम्दानीका बाटाहरु खोज गर्न थाल्यौ । उस समयमा हङकङ आइडीको खरिद विकि्रको एउटा लहडकै रुपमा चलेको थियो । हामी पनि आइडि किनेर हङकङ जाने भनेर चार चौरास भोकभाकै दगुर् यौ । कहिल्यै भरै गर्न नहुने कुमान्छेहरुको समेत भर पर् यौ । कोटेश्वरको पनि बसाइ असहज भए पछि हामी बानेश्वर सर् यौ ।
एकजना दाई हुनुहुन्छ डम्वर घले । ठाउँ र मौकामा मैले पनि निश्वार्थ भावले सहयोग गरेको थिए । दाइले मेरो हालत देखेर गुनको गुन मात्र फर्काउनु भएन जीवनमा मैले कहिल्यै तिरेन नसक्ने ऋण समेत दिनु भयो । दाइकै सहयोग र सदभावमा हङकङ आइडि कागजपत्रहरुको दलाली पेशा मैले पनि अँगाले । मलाई वास्तवमा एकदमै हिनतावोध भएर आउथ्यो । मान्छेले पैसा कसरी कमाउने रहेछ इमान जमान र धन दौलतलाई हामी जति सजिलै एउटै पाटोमा परिभाषित गर्छौ तर सोचे जस्तो सजिलो छैन रहेछ । यदि समाजमा बहुसंख्यक नागरिकहरुको विचार र भावना नै भ्रष्ट छ भने नैतिकता इमानदारिता र धन दौलतको समायोजनले दिन सक्ने घरानियाको सुद्धिकरणको मापदण्डको आधार अर्थहिन छ । एउटा विपन्न वर्गको मानिस लगन इमान परिश्रमले सम्पन्न बर्गमा स्थापित हुने कल्पना एकादेशका परिको कथा भन्दा केही फरक छैन । यहि पेशाबाट मेरो पाताल तिर भासिदै गएको जीवनक्रमलाई धरातल सम्म ल्याउन सफल हुन सके । जीवनको लागि बाच्ने आधार र लक्ष त हुनै पर्छ । हामी समाजमा दुइ अर्थमा वाचेका हुन्छौ । देखावटी मान सम्मान ब्यवहार एकातिर छ भने तर उसको बाच्ने आधार फरक हुन सक्छ । हरेक पेशा ब्यवसायहरु क्षेत्रहरुमा अनियमितता अनैतिकता जस्ता विषयहरुले गाजिएको छ । अरुले खाएको देखेर अरुले लाएको देखेर हामीले पनि एउटा रेष्टुरेण्ट खोल्यौ । बास्तबमा भन्न र गर्न जति सजिलो छ सोचे जस्तो पुर् याउन कति गाह्रो छ । क्षणिक सोचेको भरमा रेष्टुरेण्ट खोल्यौ लगानी गर् यौ तर यो पनि सजिलो कहाँ थियो र । हामीले रेष्टुरेण्ट शुरु गरेको केही समय पछि नै ओरिपरी छ्यापछ्याप्ती क्वाविन रेष्टुरेण्टहरु खुले । छिमेकीका रेष्टुरेण्टहरुमा ग्राहकहरुको बाइकहरु प्ार्किङ गर्ने ठाउँ हुदैन थियो तर हामीकहाँ ग्राहकहरु आउँथे पर्दा उघार्थे क्वाबिन नदेख्ने वितिकै नाक खम्च्याएर फर्केर जान्थे । बास्तबमा यो क्वाविन रेष्टुरेण्टको अवधारणा चाही अलिकति सुरक्षित तवरले कतै बसेर केही खाऔ केही गोप्य भलाकुसारीहरु गरौ र सामाजिक परिपेश अनुसार केटाकेटी साथीहरु बिचको भेटघाट नै हो र थियो । तर कलान्तरमा गएर यो काठमाण्डौको गल्ली गल्ली चौकहरुका खुलेका अनिगिन्ती क्याविन रेष्टुरेण्ट व्यवसायले यदि दुर्नामी एवं बदनामी कमाए कि यो पेशाबाट रेष्टुरेण्टमा काम गर्ने एउटा वेटर देखी प्रशासनका माथिल्लो ओहदामा रहेका राष्ट्रसेवक भनाउदाहरु कोही पनि अछुतो रहेनन् । बास्तवमा नेपाल कानुनमा यौन ब्यवसायलाई कानुनी बन्देजको उपज हो क्याविन रेष्टुरेण्टको विकृति । अशिक्षा चेतनाको कमी रोजगारको अवसरमा कमी मृत कानुनी शासन थुप्रै छन् । साच्चै नै भन्ने हो भने क्याविन डान्स र डिस्कोमा हुने भनिएको जुन कृयाकलापहरु छन यो बेश्या वृति नै होइन । यहाँ बेश्या बृतिले परिभाषित गर्ने कानुनी मनसायलले अर्थ नदिए पछि सार्वजिनिक अपराधमा परिभाषित गर्न खोज्छन् तर यो बास्तवमा सार्वजनिक अपराध पनि होइन यो त प्रसासन र संचालक विचको लेनदेन र कारोवारको बेरुजु हो । बेश्या बृतिको योजना स्थल हो । आज जति पनि बेश्या बृतिको नाममा कलकिँत पक्षहरु छन् सरोकारवाला ब्यक्ति भन्दा अरु कसैको दोष छैन । डर धाक धम्कीबाट भएका यौन कार्य बेश्वा वृति होइन यो बलत्कार हो तर पारिश्रमिक लिएर गरिने यौन समागम सँग करकाप र डर धम्कीको कुनै गुाजायस छैन । कहिले अश्लिताको नाममा कहिले सामाजिक विकृतिको नाममा नागरिकको पसिना पिएर बाँचेका प्रहरी कर्मचारीहरु अथवा गरिवि र दुब्यसनी एवँ यौनानन्द नै जीविकोपार्जन ठान्नेहरुको लागि यो एउटा बेग्लै सँसार नै बन्यो । पेसालाई कुन सीमा घेरा भित्र वाँध्न सक्ने यी सवै ब्यक्तिको नैतिकता इमान्दारिता र चाहनामा भर पर्ने कुराहरु हुन । पैसाको लागि नैतिकता इमान जमान बेच्न सक्नेहरुको अत्यन्तै ठुलो माहोल रहेको हाम्रो सामाजिक परिवेशमा सम्मानित जीवन बाच्ने चाहना गर्नेहरुको स्थान के आज नेपालमा ब्यापार ब्यवसाय कर्मचारी सँयन्त्रहरुमा भ्रष्टाचार अनियमितता र विकृति नभएको क्षेत्र कुन छ हरेक क्षेत्रहरुमा प्रतिस्पर्धा संगै बेइमान पनि जोडिएको छ । बास्तवमा देशका युवाहरु जनशक्तिहरु त्यतिकै विदेश पलायन भएको होइनन् । मैले वैदेसिक मजदुरी जीवनको क्रममा भोग्नु परेका पीडाको क्षणमा मातृभूमिमै केही गर्नुपर्छ र गर्न सकिन्छ भन्ने म जुन भावनामा बगेको थिए त्यो एक दृष्टिभ्र्रम मात्रै थिएछ भन्ने चेतना म मा आउन थालि सकेको थियो । र म यही निक्र्योलमा पुगी सकेको थिए की जीवनको उज्यालोको खोजीमा हिडेकाहरुको लागि आफ्नै देशमा गरेको लगानी सँघर्ष र देखाएको इमान्दारिको फल भन्दा बैदेशिक रोजगारीमा गरेको लगानी परिश्रम र लगनको नै पल्ला भारी हुने रहेछ । ब्यापार ब्यवसायको अस्वस्थ प्रतिस्पर्धासंगको हार पछि मैले फेरी पनि मजदुरी जीवनलाई नै समर्पण गर्दै कोरिया जाने निर्णय गरे ।
म कोरिया रहदाँ पनि शान्तीले रेष्टुरेण्ट एक्लै चलाएरै छाडिन् । अझ मजाले चलाईन् । मादलको ताल जसरी बज्छ उसै गरी नाच्न जान्ने मान्छे हो उनी । ओरीपरीका रेष्टुरेण्ट साचालकहरुबाट ब्यापारमा भएको एकलौटी हालीमुहालीको रमिते भएर उ पनि वसिनन् । पुरानो रेष्टुरेण्टलाइ विस्थापित गरेर एउटा नयाँ सटर भाडामा लिदै तिनै प्रतिस्पर्धीहरुको अगाडि क्याविन रेष्टुरेण्ट खोलेर हिम्मत देखाइ दिइन् । ब्यवसायमा भएको केही सन्तुष्टी र स्थायित्व पछि एकाध वर्षको कोरिया बसाईमै म पनि नेपाल फर्किए । सामाजिक माहौलमा क्याविन रेष्टुरेण्ट प्रति जुन किसिमको नकारात्मक हेराई छ त्यहाँ हुने भनिएका बिकृति तथा विसंगतीहरुलाई हाम्रो बल र विवेकले भ्याए सम्म नियन्त्रण गरेर चलाउने कोशिस गर् यौ । रेष्टुरेण्ट साचालकहरु कस्ले राम्री वेटर केटी राख्न सक्ने भनेर होड चल्थ्यो । जीउडाल बान्की परेकी केटी र अत्याधिक मादक पदार्थ सेवन गर्न सक्ने महिलाहरु रेष्टुरेण्ट साचालकहरुको लागि सुनको फुल दिने कुखुरी नै सावित भयो । ग्राहकहरु पनि कुन रेष्टुरेण्टमा राम्री केटीहरु छ भनेर छापामार शैलीमा रेष्टुरेण्ट चहार्थे । उनीहरुको क्याविन यात्राको चाहना सेवा र मिस्टान भोजन भन्दा पनि क्याविन गर्लहरुसंगको लसपस नै हो । बास्तवमा शहरी क्षेत्रहरुमा खुलेका क्याविन डिस्को तथा डान्स रेष्टुरेण्टहरुले कोरि दिएको एउटा निश्चित सीमा भित्र रहन नसक्दा हजारौ नेपाली दाजुभाइहरुले आफ्नो घरवार लथालिङ्ग बनाएका छन् । क्याविन डिस्को डान्स प्रतिको आसक्तता भनैको यौन प्रतिको आसक्तता नै हो । यौनकर्मीहरुको गौडा बनेको छ यि तीन स्थलहरु । आज यौनकमीैहरुको नाममा अश्लिताको नाममा रेष्टुरेण्टबाट होटलबाट दैनिकी गिरफ्तार गरिएका समाचारहरु आउछन् बास्तवमा यो पाश्चात्य एबँ सभ्य समाजको लागि लज्जाको बिषय हो । यौनको मामलामा विकसित मुलुकहरुका समाज यति उदार भै सकेको छन् कि उनीहरुमा अब गोप्यता भन्ने प्राय केही रहेन । गोप्यता र नियन्त्रण भनेका यस्ता विषयहरु हुन जसमा मानवीय चाहनामा खुलदुलीको विषय बढ्दै जानेछ । यौन ब्यवसायलाई कानूनी मान्यता नदिनु नै यी सवैका जड हुन । हुनत क्याविन रेष्टुरेण्टको साचालक भएर अनैतिक कामको भार लिनु परेकोमा कतिपयलाई हिनताबोध होला कतिपयलाई धेरै क्याविन गर्लहरुको मालिक हुन पाएकोमा गर्बको विषय पनि होला । क्याविन साचालक भएर गर्ब त मैले पनि गरेको छु । संचालकहरु हरेक क्याविन धाउथे र केटीहरुसंग प्रेमका नाटक गर्थे अनि फकाएर आफ्नो रेष्टुेण्टमा काममा लगाउथे तर म कहिल्यै क्याविन गइन । संचालकहरु सारा महिला कामदारहरुलाई एउटा एउटा यौन साधनको दृष्टीले हेर्दथे तर हामीले काम गर्ने भाइ बहिनीहरुलाइ सधै सधै एउटै पारिवारिक वातावरणमा समेट्ने कोशिस गरि नै रह्यौ । कतिपय रेष्टुरेण्टहरुमा केटीहरुले मादक पदार्थ सेवन नगरीदिदा जागिरबाट हात धुनु परेका कुराहरु आउथे तर हामीले सात वर्षको लामो अवधि सम्म रेष्टुरेण्ट चलाउदा पनि कर्मचारीहरुले कार्य समयमा मादक पदार्थ सेवन गर्नु हुदैन भन्ने अडान कहिल्यै छाडेनौ । ग्राहकहरुबाट अपमान वोध कहिल्यै गर्नु परेन । कर्मचारीहरुबाट अनादर कहिल्यै हुनु परेन । पुलिस प्रशासनको तारो कहिल्यै बन्नु परेन । झगडा र लफडाको फन्दामा कहिल्यै फस्नु परेन । मर्यादित रुपमा ब्यवसाय गरेर पेशालाई सम्मान गर्ने बाटोलाई अवलम्वन गरौ । एक अर्काको इज्वत गरागर गरौ । नैतिकता बेचेर पेशालाई दुर्नामी गराउन चाहनेहरुलाई कारवाही गर्न कहिल्यै पछि नपरौ । यही विचार र भावनाको परिणाम क्याविन रेष्टुरेण्टमा भएको प्रतिस्पर्धामा पनि हामी असफल भयौ ।
समाजले क्याविन रेष्टुरेण्ट प्रति राखेको नजरबाट मनमा आएको थोरै भए पनि हिनताबोध हटाउनकै लागि हामीले दाहोरी साँझ रेष्टुरेण्टको पनि सुरुवात गर् यौ । नैतिकतालाई धरातल भन्दा तल झार्न नसक्नाको पनि परिणाम थियो त्यो । हाम्रो कोमलता सहिष्णुता र समझदारी पन अभिषाप नै बन्यो हाम्रो लागि । असभ्य र मूर्खहरुको जमात पनि अत्यन्त ठूलो रहेछ हाम्रो समाजमा । हामी देश परदेश घुमेका मान्छेहरुलाई होटल रेष्टुरेण्टमा गएर पाखुरी र जुल्फी हल्लाएको भरमा उधारो खान खाएको पैसा नतिर्न र खाएर झगडा गर्न एउटा सभ्य समाजमा कहिल्यै नसुनिने विषय हुन तर नेपाली समाजमा आकल झुकल मात्रै देखिने हैन पेशेवर रुपमै पेट पाल्ने यस्ता गुण्डाहरुको जमात अत्यत्त ठुलो रहेछ । बर्षौसम्म क्याविन रेष्टुरेण्ट चलाउदा पनि हामीले भोग्नु नपरेको झगडा गुण्डागर्दी र दुष्मनी दोहोरी साँझको सुरुवातको केही समय पछि नै ब्यहोर्नु पर् यो । दोहोरी साँझको सुरुवात गरेको बर्ष दिन बित्दा नबित्दै हामी यो पेशाबाटै आर्जित भयौ । हामीलाई दुइओटा रेष्टुरेण्ट चलाउन र पैतिस चालिस जना कर्मचारीहरुलाई गर्नु पर्ने खटनपटन भन्दा पनि प्रत्येक साझ हुन सक्ने सभावित लफडालाई लिएर हामी सधै चिन्तित हुन्थ्यौ । सुरुसुरुमा हामी आफैले सम्झाएर पठायौ सहेर बस्यौ बिन्ती गर् यौ । नशामा डुबेको मान्छेलाई सानो स्वर र चिप्लो कुरा गरेर पगाल्न सकिन्छ तर झगडाकै मनसाय लिएर सित्तै खाने मनसाय लिएर समुह बाँधेर आउनेहरुको लागि अनुनय विनयले कहिल्यै पगाल्न सकिदैन । यस्ता नालीका किराहरुको लागि औषधी भनेको दादागिरी नै हो । यसै प्रसँगमा रेष्टुरेण्टमा हामीले एकजना पाले राखेका थियौ । बिचरा कहिल्यै सुरक्षा गार्डको तालिम नलिएको मान्छे । काम सुरु गरेको केही दिनमै पोसाकमै बोलाएर साधे उसको नालीवेलीको बारेमा । उ त करातेको ब्लाकबेल डोजो चलाएर बसेको रहेछ । समय र ठाउँलाई चिन्न नसक्दा उसले आफुलाई त्यो हालतमा पुर् याएको रहेछ । म प्रतिभाको सम्मान गर्ने मान्छे मैले उसलाई तुरन्तै सुरक्षा कर्मीको पोशाक फुकाल्न लगाएर भने ल आज देखी तिमीले यो रेष्टुरेण्टको सुरक्षाको जिम्मा तिमिले लिनु पर्छ । अनपढ भए पनि अत्यन्तै साझो आज्ञाकारी इमान्दारी एउटा भरपर्दो भाइ पाए मैले । मेरो हरेक कुराहरु पालन गरे मलाई सधै ठुलदाजुको सम्मानमा राखे तर मैले उसको लागि नेपाली अक्षरको बर्णमाला किनि दिएर वाह्रखरी र अँग्रेजीको रोमन अक्षर छिचोल्ने कुरामा जति नै प्रयास गर्दा पनि असफल रहे । त्यस पछि रेष्टुरेण्टमा देखाउने धरै दादागिरीहरुले हाम्रो रेष्टुरेण्टबाट धुलो चाटेर फर्किनु परेको छ । कतिले निधार कुच्चिएर घर जानु परेको छ । कतिले घुडाको पाँग्रा रेष्टुरेण्टमै छाडेर जानु परेको छ । कति स्थानीय गुण्डाहरुले महिनो सम्म विस्थापित हुनु परको छ । गुण्डा गर्दी र झगडाको सुरुवात पछि पुलिस प्रशासनबाट पनि कैयौ पल्ट संकाको घेरामा बस्नु परेको छ ।
ब्ाास्तबमा मैले परदेशमा भोगेको मजदुरी जीवनक्रमा गर्नु परेको संघर्षको बेला अथवा म जस्ता विदेसिएका लाखौ नेपालीहरु कल्पना गरेका आफ्नै मातृभूमिमा केही गर्न सक्ने काल्पनीक अठोट सही छ या गलत यो प्रश्नको उत्तर मैले चाहि निरुत्तरित पाएको छु । जब बिदेशमा हामीले असहय पीडा भोग्छौ देशको चिन्ता र मायाको भावनामा चुर्लुम्म डुब्छौ मन त गाउँ घर तिर नै दौडीरहेको हुन्छ तर हामी अवसर ठाउँ र रहरले मात्र विदेश पलायन भएका भने पक्कै होइनौ । हरेक विदेसिएका नेपालीहरुको आफ्ना आफ्नै ब्यथा छ । मार्मिक कथा छ । हुनत हाम्रो विलासी एबँ सुविधाभोगी भावना पनि यसका केही कमजोरी होलान् । जहाँ भिडभाड र प्रतिस्पर्धा बढी छ भविष्य त्यही नै देख्छौ हामी पनि । हरियाली पाखा वारीहरुमा हामीले हाम्रो उज्यालो जीवनको खोजी कहिल्यै गरेनौ । बिदेशीएका लाखौ नेपालीहरुको पसिनाको कमाइ यस्तै भिडभाड र कोलाहलमा बिलाएको छ । मैले कहिल्यै कल्पना नगरेका र नभोगेका फर्निचर तथा रेष्टुरेण्ट ब्यवसायमा अरुकै लहैलहैमा होमिनाले न त म कहिल्यै यी पेशाहरुबाट सन्तुष्ट हुन सके न त जीवन नै बनाउन सके । देख्दा ब्यबसायीहरु ब्यापारीहरु जति सालिन र आकर्षक देखिन्छन् उनीहरुको पीडा र ब्यथा पनि कम मार्मिक छैन । बन्द हडताल अस्वस्थ प्रतिस्पर्धा चन्दा आतङ्क गुण्डा आतङ्क प्रहरी आतङ्क ब्यापार ब्यबसायका लागि निको हुनै नसक्ने क्यान्सर हुन । सोझो इमान्दार र नैतिकबानलाई शहर बजारको माहौलमा कुनै स्थान छैन । बेइमान कपटी स्वार्थी अहत्वकाँक्षी र अपराधीहरुको बोलवाला र हालीमुहाली बनेको छ शहर बजार । शहरबजारको सुविधा र भोग विलास मात्र जीवन होइन गाउँ घरको स्वच्छ बातावरण निश्वार्थी सामाजिक परिवेश पनि जीवन हो भन्ने हेक्का कहिल्यै राखेनौ । सारा नेपालीले बैदेसिक रोजगारमै देखेको र प्रमाणित गरिदिएको उज्यालो जीवनको आधारलाई समाएर पहिल्याउन नसक्दा मैले मैले ब्यापार ब्यवसायमा लागेर भोग्नु परको पीडा संघर्ष र अपमानलाई एउटा तीतो स्मरणका यादहरुमा संगाल्दै हामीले यो रेष्टुरेण्ट ब्यवसाय कहिल्यै नगर्ने प्रण गर्दै रेष्टुरेण्टहरु विकि्र गर्ने निर्णय गर् यौ । जब जब तनाब र समस्याहरु आइलाग्थे राष्ट्रियता प्रति मेरो भावना र दृष्टीहरु कति अद्ररदर्शी र अपरिपक्क थिएछ भन्ने क्रराको निक्र्योल मैले वारम्वार गरे । पिता पुर्खाले कहिल्यै नसोचेका गुण्डागर्दी तथा दादागिरी जस्ता पशुजन्य बथानहरुको माहौलमा आफूलाई समेत हेलाउनू पर् यो । कहिल्यै कसैसँग झुकेर नखाने हाम्रो खानदान ब्यवसाय र पैसाको नाममा सधै सधै झुक्नु पर् यो । बाहिरबाट हेर्दा रेष्टुरेण्टमा भित्ताहरुमा झिम्के बत्तीहरुहरु बलेर मात्र हुदैन भित्र किनेर खाइदिने मान्छेहरु पनि हुनु पर् यो । बाहिर लोकल ठर्रा धोकेर नाच्न आउनेको भिडले मात्र ब्यवसायीको जीवन गुजारा हुन सक्दैन रेष्टुरेण्टमा आएर निर्ध्रक्क खर्च गरेर खान सक्ने ग्राहक हुनु पर् यो । तर ब्याउनुको पीडा स्त्री जातीलाई नै थाहा हुन्छ पुरुषलाइ के थाहा बर्ष दिन अगाडिको रजगज सुन्यतामा झरी सकेको थियो रेष्टुरेण्ट बेच्ने भनेर हल्ला गर्दा गर्दै छ महिना बित्यो । पैतिस चालिस जना कर्मचारीको पारिश्रमिक बहाल उचित मुल्य र अवसर खोज्दा खोज्दै हामी दिन प्रतिदिन ओरालो लाग्दै थियौ । अन्तीममा भएको जेता पनि विकि्र नभए पछि हामीले रेष्टुरेण्ट बन्द ने गर् यौ र किलोको भाउमा विकि्र गर्नु पर् यो । यो पेशाबाट हामी यति नफरत भयौ कि जीवनमा कहिल्यै यो पेशामा हाम नफाल्ने प्रण गर्दै फेरी पनि उज्यालो जीवनकै खोजीमा बैदेसिक रोजगारी प्रस्थानको सिलसिलामा पूर्ब तयारी गर्न लाग्यौ ।
साहित्यसंसार डट कम

- See more at: http://www.sahityasansar.com/sahitya/660#sthash.MPiMwJik.dpuf

No comments:

Post a Comment