सायद तिमीलाई माया गरेको भन्दा पनि ‘माया गर्छु’ भनेर भनेको सुन्न बढि मन
पर्छ । त्यसैले त होला तिमी बारम्बार मेरा मुखबाट प्रेमालापहरु सुन्न
चाहन्छ्यौ । तिमीलाई हरेक पटक मबाट तिम्रो साथ दिने र तिमीसँग हुने बाचा
बन्धनहरु सुन्न मन हुन्छ । तिमीसँग व्यवहारिक हुन खोज्दा तिमी निष्ठुरी
भन्छ्यौ । तिम्रा ती कटु वचन सुन्दा यहाँ आफ्नो मुटुले ठाउँ छोडे जस्तो
हुन्छ भन्ने तिमीलाई के थाहा ? अनि अग्लो भीरबाट खस्दा मुटुमा परेको चीसो
जस्तो महशुस हुन्छ भन्ने के थाहा ? सँच्चै तिमीले अविश्वास गर्दाका
क्षणहरु निकै नरमाइलो लाग्छ । तिम्रो विश्वास जित्ने कुनै उपाय गर्न पाए
हुन्थ्यो झैँ लाग्छ । तिमी जीवनभर एक प्रेमीका भएर जीउन चाहन्छ्यौ । तर
विडम्बना, यथार्थको संसारमा सपनाहरु सँधै साँचा नहुन सक्छन् । कहिले कहीं
वर्तमानका गाह्रा साह्रा परिस्थितिहरुले पनि पछिका दिनहरुलाई अझ मीठा बनाएर
लैजान्छन् ।
प्रेम दिवस आउन लागेको तिमीले भेउ पाइछौ । तिम्रा अरु साथीका प्रेमीहरुले
पनि उनीहरुलाई प्रेमोपहार दिनलागेका कुराहरुले तिम्रा मनमा पनि अनेक रहर
जगायो होला । त्यसैले त तिमी मलाई बारम्बार सोधी रहन्थ्यौ, ‘यसपालीको प्रेम
दिवसमा मलाई के दिन्छौ ?’ भन्न त मन थियो,‘म नै होइन र तिम्रो जीवनको सबै
भन्दा ठूलो उपहार ?’ तर त्यसो भन्दा तिम्रो चित्त दुख्ला भनेर अर्कै जवाफ
दिन्थे । तिमीले चाहेको र अपेक्षा गरेको जवाफ दिन्थेँ । तिमी पनि दंग
पथ्र्यौ । अनि मनमा अनेकौं तानावाना वुन्थ्यौ । मैले दिने उपहारका बारेमा
अनेकन अड्कलबाजीहरु गथ्र्यौ ।
तिमीलाई उपहारको चिन्ता भयो । मलाई उपहार कसरी जुराउने भन्ने चिन्ता भयो ।
तिमीलाई मध्यरातमा फोनमा मसँग प्रेमालाप गर्ने इच्छा भयो । मलाई मध्यरात
सम्म कसरी निद्रा विथोलेर ब्युझने भन्ने भयो । चाहे जन्म दिन होस्, चाहे
नयाँ वर्ष, तिमीलाई शुभकामना दिनको लागि हरेक पटक मध्यरातमा जाग्नु पर्छ ।
मध्यरातमा तिमीलाई शुभकामना दिँदा मात्रै तिमीलाई माया गरेको हुन्छ र ? अनि
त्यसरी मध्यरातसम्म जागा रहँदा मैले पाउनु परेको सास्तीले तिमीलाई खुशी
बनाउने हो र ? मैले तिम्रो खुशीमा आफ्नो खुशी देखे जस्तै तिमीले पनि मेरो
खुशीमा आफ्नो खुशी देख्नु पर्ने होइन र ? दिनभरी कामबाट थाकेको मान्छे माम
खाने बित्तिकै विछौनामा लुटिपुटि गरेर सुत्न मन लागि हाल्छ । तिमी भने हरेक
रात सुत्न अघि फोनमा कुरा गर्नुपर्ने शर्त राख्छ्यौ । अनि विहानै तिमीलाई
बिउझाउने आवाज पनि मेरै होस् भन्ने हुन्छ । यो कहिले सम्म सम्भव होला र ?
आज त ठीक छ, भोलिका दिनमा त हामी दुवैमाथि अन्य जिम्मेवारीहरु पनि थपिएलान्
। अनि त्यस बखतमा यी सबै कुराका लागि समय मिलाउन सखिएला र ? तिमीलाई यस्ता
कुराहरु गर्दा म लोभी भएको हुन्छ । त्यसैले मनमै गुम्साएर राख्छु । सके
सम्म तिमीले भनेजस्तै र अपेक्षा गरे अनुरुप हुन खोज्छु । जन्मदिनमा चुके
थेँ अनि नयाँ वर्षमा पनि तिम्रा आँशुको कारण बनेको थिए । तर प्रेम दिवसमा
पनि त्यही रुपमा तिमीलाई निराश पार्न सक्तैन थेँ । त्यसैले तिम्ले भने
जस्तै गरेँ ।
तिमीलाई निराश पार्ने धृष्टता गर्ने आँट अब हराइ सक्यो । त्यसैले तिमीले
भनेको जस्तै गरेँ । जसो तसो राती ब्युझिएर तिमीलाई प्रणय दिवसको शुभकामना
दिएँ । एक मनले भन्थ्यो, सन्त भ्यालेन्टाइन त एक पटक मरे, तिम्रा
अनुपस्थितिमा अनि तिमी रीसाएको बेलामा म आफू कतिपटक मरेको छु तिमीले के
जानेकी होऔली ? तिम्रो मायामा म आफै सन्त भएको बेला तिमी सन्त
भ्यालेन्टाइनलाई त्यति महत्व किन दिन्छ्यौ । तिम्रो लागि त सन्त
भ्यालेन्टाइन भने पनि जे भने पनि म नै होइन र ? आँखिर तात्विक फरक देखिने
भनेका कसले कसरी माया गर्छ भन्ने कुरामा नै त होे । अरुलाई जो सुकैले जसरी
माया गरेको भए पनि तिमीलाई मैले जस्तो माया सायदै कसैले गर्ला । हो तिम्रा
आँशुहरु मैले झारेको छु तर याद गर त ति आँशुहरु पुछ्ने हातहरु पनि मेरा नै
हुन्छन् । तिम्रो चित्त दुखाएर तिमीलाई बेलाबेला गलाएको छु तर तिमी लड्दा
तिम्रालागि थापिने काँध पनि मेरै हुन्छन् । हो म पनि मान्छे हुँ, मेरा पनि
कम्जोरीहरु छन् । तिमीलाई सँधै तिमीले अपेक्षा गरे अनुरुपका खुशीहरु दिन
नसकौंला । तर अफूले बोलेको पु¥याउने छु । सन्त भ्यालेन्टाइन प्रेममा सहीद
भए । म तिम्रो प्रेममा अमर हुन चाहन्छु । बाँचुञ्जेल तिम्रो अन्तिम साहरा
बन्न चाहन्छु । तिम्रालागि म कठोर भएको भनेको तिमीलाई म नहुँदाका
परिस्थितिमा जुझ्न सक्ने बनाउनलाई हो । तिमी मसँग रिसाउँदा संसार रोकिएको
हुँदैन । न त तिमीले गर्नु पर्ने कामहरु अरु कसैले आएर नै गरिदिन्छ । मैले
तिमीलाई साथ नदिएका बेलामा पनि भूगोल घुमेकै हुन्छ । दिनरातहरु आफ्नै
क्रममा चलिरहेका हुन्छन् । आँखिर समयको गति अनुसार हामीले चल्नु पर्ने हो न
कि समयको गति हामी अनुरुप भइदिने हो । तिमीलाई कति भनौ कति सम्झाउँ यी
कुराहरु । म त कहिले काहीं तिमीदेखि हैरान हुन्छु । अनि प्रश्न गर्न थाल्छु
तिमी नारी किन यति हठी हँ ? आफ्ना इच्छाहरु पुरा गर्नको लागि हामी
पुरुषहरुलाई सँधै किन यसरी सास्ती दिएका । प्रमीका रुपमा होस् चाहे पतिका
रुपमा होस्, तिम्रा इच्छाहरु पुरा नगरी हामीले धर पाउनै गाह्रो छ । एक त
तिमी विनाको जीवन पनि निरस निरस लाग्छ । एक्लै जीउन नसकिने होइन तर गाह्रो छ
। साहारा हुन्छ्यौ भनेर तिमीलाई रोज्यो उल्टै आफू नै साहरा बन्नु पर्छ !
एकजना साथी निकै निरास थिए । प्रेम दिवसमा सबैले आफ्ना प्रेमीकाहरुलाई यसो
भने उसो गरेँ अनि यो दिए ऊ पाएँ भनेर भनिरहेका बेलामा उनको नैराश्यताको
कारण जान्ने मन भयो । उनलाई पनि उनकी प्रेमीकाले खप्की ख्वाएकी रहीछ । साथी
सोझा परे । प्रेम दिवस आएको चाल पाएर पनि खालिको फजुल खर्च तिर किन लाग्ने
भनेर टार्न खोजेका रहेछन् । गृहमन्त्रालयबाट फोन आइ हाल्यो । करारा जवाफ
सुन्नु परेछ । प्रतिक्षा गरेकी रहिछन् उनको घन्टीको तर केही सीप नचलेर आफै
कल गरिछन् । अब उनैले पनि शुभकामना दिए भइ हाल्थ्यो, उल्टा झपारिदिएपछि त
साथीको दिनै विग्रेछ ।
रु कुरामा परिवर्तन खोज्छन्, यो प्रेमका कुरामा कहिले होला नारीहरु अघि
सर्ने । पुरुष साथीहरुले धेरै भयो प्रस्तावहरु गर्न थालेको अनि प्रणय
दिवसहरु प्रतिक्षा गर्न थालेको अनि प्रेम दिवसका शुभकामनाहरुमा अघि पर्न
थालेको । अब नारीहरुले पनि आफ्नो जिम्मेवारी बुझे हुने । अल्मल्याउने
संकेतहरुले यता न उताको बनाउनु भन्दा भने भइ हाल्यो मनका कुराहरु ! अनि
मनका कुराहरु सुनिसकेपछि यस्ता दिवसहरुको बहाना खोज्नु भन्दा दिनै पिच्छे
प्रेम दि वस मनाए भइगो नि ! प्रेम दिवस मनाउनको लागि किन ठूला उपहारको जोहो
गरिरहनु प¥यो र ? प्रेम गर्नेहरुका लागि त एक अर्कोको उपस्थिति नै ठूलो
उपहार होइन र ? अनि किन चाहियो बजारका सस्ता शब्दहरु कोरिएका कार्डहरु अनि
उपहारहरु ?
तिमीले पनि यी कुरा बुझिदिए मेरो प्रयास साकार भएको ठान्ने थिएँ । सजिलो
छ, तिमीले मलाई उपहार मान्ने अनि मैले तिमीलाई । अनि प्रत्येक भेटमा एक
अर्कालाई आफू दिने । अनि त दिनै पिच्छे भइ गयो नि प्रेम दिवस ?! किन कुरी
रहनु प¥यो अर्काका तिथीहरु ?
No comments:
Post a Comment