ईश्वर ढकाल ।
रक्षा बन्धन हिन्दू धर्मावलम्बीहरूले मनाउने एउटा पवित्र चाड हो । यो चाड
श्रावण शुक्ल पूर्णिमाको दिनमा हिन्दु धर्मावलम्बीहरुले मनाउने गर्दछन् ।
बिशेषतः ब्रामह्ण क्षेत्री जातिका वर्तवन्ध गरेका अथवा जनै लगाउनेहरू यस
दिन पुरानो जनै फेरेर नयाँ जनै लगाउने गर्दछन् । तागाधारी (जनैधारी) हरुले
यस दिन बर्षभरीका लागि आवश्यक पर्ने जनै तयार गरी मन्त्रेर राख्ने गर्दछन् ।
यस दिन नेपालमा ब्रामह्णहरू नुहाई–धुवाई
गरेर पूजा पाठ गरि सके पछि पवित्र धागो, जसलाई रक्षा बन्धन भनिन्छ, त्यसलाई
बोकेर गाँउ गाँउ गएर सबै जनालाई रक्षा बन्धन बाँधेर टिका लगाईदिने गर्छन ।
त्यसको बदलामा मान्छेहरूले पुरोहित, ज्वाई, भानिज र बामह्णहरुलाई रूपयाँ
पैसा दिने गर्छन ।
रक्षाबन्धन के हो ?
येनबद्धो बलिराजा दानवेन्द्रो महाबल, तेन त्वं प्रतिवध्नामी रक्षेमा चल मा चल । सत्ययुगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरु वृहस्पतिले रक्षा विधान तयार गरी ‘जेले अत्यन्त बलशाली दानवराज बलि बाँधिए, त्यसैले म तिमीलाई बाँध्छु, यसले तिमी सुरक्षित बन, विचलित नहोऊ’ भनी धागो/डोरो बाँधेर जोगाएका थिए भन्ने पौराणिक कथनबाट चलेको रक्षाबन्धनको परम्परा हिन्दु धमावलम्वीबीच आज पनि त्यत्तिकै प्रचलित छ । समयको परिवर्तनसंगै तागाधारी (जनैधारी) हरुको संख्या घट्दै गएपनि जनैपूर्णिमाको दिन भने मानव रक्षाका लागि जप, तप र पूजा गरी मन्त्रिएको रक्षाबन्धन (डोरो) उक्त मन्त्र पढ्दै ब्राम्हणले यजमानको नाडीमा बाँधिए रक्षा हुन्छ भन्ने प्रचलनलाई सबैले स्विकार गरेकै छन् ।

यसैगरी जनैपूणीमाकै दिन देह शुद्ध गरी
देवता, सप्तषि तथा पितृको नाममा तिल, कुशसहित तर्पण गरिने भएकाले यस
पर्वलाई ‘ऋषितर्पणी’का नामले पनि चिनिन्छ । यस दिन सप्तषिद्र्वारा कश्यप,
अत्रि, भारद्वाज, गौतम, जमदग्नि, वशिष्ठ र विश्वामित्रलाई तर्पण दिइन्छ ।
आजको दिन एघारथरीका गेडागुडी मिर्साई भिजाएर टुसा उम्रेपछि क्वाँटी बनाई
खाने चलन छ । यसरी तयार गरिएको क्वाँटी खानाले शरीरमा रोग नलाग्ने, पेट सफा
हुने र वषार्का कारण चिसो भएको मौसममा शरीरमा तापसञ्चार हुने विश्वास
गरिन्छ ।
जनैपूर्णिमाको दिन रसुवाको गोसाईंकुण्ड,
मणिजूड दह र ललितपुरको कुम्भेश्वर, सिन्धुपाल्चोकको पाँच पोखरी, गोरखाको
नारद पोखरी, गोरखा र लमजुङ्को सिमानामा पर्ने पवित्र धार्मिक स्थल दुधपोखरी
लगायत देशभरका मठ, मन्दिर र कुण्डहरुमा मेला लाग्ने गदर्छ ।
यस पर्वको पौराणिक कथा
पौराणिक कथा अनुसार देवराज इन्द्र र दैत्यराजबीच १२ वर्षसम्म भयकंर युद्ध चलेको थियो । यस युद्धमा असुरहरुले देवताहरुमाथि विजय प्राप्त गरेका थिए । पराजित देवगण धर्म एवं संस्कार विहीन भएर जीवनयापन गर्न लागे । यसरी गौरवहीन जीवनदेखि देवराज इन्द्र बांच्नु भन्दा मर्नु नै श्रेयस्कर सम्झेर असुरसंग अन्तिम युद्ध गर्ने संकल्प लिएका थिए । त्यो दिन श्रावण शुक्ल चतुर्दशीको दिन थियो । अतः देवगुरु वृहस्पतिले अघिल्लो दिन इन्द्रको कल्याण एवं विजय कामना होस् भनी रक्षाको विधान श्रावण मासको पूर्णिमाको शुभ मूहूर्तमा इन्द्रलाई रक्षाको बन्धन बांध्दै निम्न मन्त्र जप्नुहुन्छ ।

येन बद्धो बली राजा दानवेन्द्रो महाबलः ।
तेन मन्त्रेण बहनामि रक्षे मा चल मा चल ।।
तेन मन्त्रेण बहनामि रक्षे मा चल मा चल ।।
तत्पश्चात् इन्द्राणीले इन्द्रको दाहिने
हातमा रक्षासूत्र बाँधे र जुन रक्षासूत्र बांध्नाले देवराज इन्द्र विजयी
बने । वास्तवमा त्यो पवित्रताको रक्षासूत्र थियो । त्यही रक्षासूत्रको
सम्झना गर्दै रक्षाबन्धन बाँध्ने प्रचलन रही आएको छ । हिन्दु परम्पराअनुसार
नेपालको पश्चिमी जिल्ला म्याग्दीका पूर्जा, तिलिजा, रञ्जिता तथा गर्वुजा
थरका मगरहरु पनि जनै पूर्णिमाका दिन जनै धारण गर्दछन् । यहाँका मगरहरु
जन्मदेखि मृत्यु पर्यन्तका कर्म हिन्दु परम्परा अनुसार गर्ने र ब्रतबन्ध
पनि सामूहिक तथा एकल गर्ने चलन रहेको छ । प्रथम विश्वयुद्धमा ब्राह्मण,
क्षेत्री र मगरहरुको मुसलमानले जनै फालिदिएपछि मगरजातिमा जनै धारण गर्ने
क्रम रोकिएको मगरहरुको भनाइ छ ।
अर्को एक कथा अनुसार जब यमदूतले आफ्नो
बहिनी यमुनासंग राखी बांध्ने समयमा भनेको हुन्छ कि जसले यस पवित्रताको राखी
बांध्दछ उ यमदूतको सजाय अथवा भयबाट मुक्त हुन सक्दछ । त्यसै अनुरुप यस दिन
यमदुत र यमुनाको कथा अनुसार दिदी बहिनीले दाजुभाईलाई राखी बांध्ने प्रचलन
पनि चल्दै आएको छ । तराई क्षेत्रमा रक्षाबन्धनलाई दिदी–बहिनी र दाजु–भाइको
आपसी मायाको चाडका रूपमा पनि लिइन्छ । आजका दिन दिदी–बहिनीले आफ्ना
दाजु–भाइको दीर्घायू र सफल जीवनको कामना गरी हातमा कलात्मक राखी बाँधी
आफ्नो रक्षाको वचन लिने चलन छ ।
नयाँ जनै लगाउने मन्त्र
यज्ञोपवितं परमं पबित्रम, प्रज्ञापतेर्यत्सहजम पुरास्तात
आयुष्यार्मग्नम प्रतिमुन्च शुभ्रम, यज्ञोपवितं बलामस्तु तेज
यज्ञोपवितं परमं पबित्रम, प्रज्ञापतेर्यत्सहजम पुरास्तात
आयुष्यार्मग्नम प्रतिमुन्च शुभ्रम, यज्ञोपवितं बलामस्तु तेज
हातमा डोरो/रक्षाबन्धन बाँध्ने मन्त्र
येन बद्धो बलि राजा दानबिन्द्रो महावल
तेन त्वं प्रति बध नामी रक्षे मा चल मा चल
येन बद्धो बलि राजा दानबिन्द्रो महावल
तेन त्वं प्रति बध नामी रक्षे मा चल मा चल
नेवार समुदायमा ‘गुन्हु-पुन्ही’
आजको दिन नेवार समुदायमा ‘गुन्हुपुन्ही’ भनी मनाइने परम्परा छ । विभिन्न प्रकारका स्वरबाट वर्षा र खेतीको कामबारे कृषकलाई जानकारी दिने भ्यागुताले गठेमङ्गलका दिन नरभक्षी घण्टासुरलाई बाटो भुलाई ढापमा जाकिदिएकाले नेवार समुदायमा आजको दिन भ्यागुताको पनि पूजा गर्ने प्रचलन रहेको छ । आजकै दिन भगवान् गौतमबुद्धले आफ्नो कामशक्तिमाथि विजय प्राप्त गरेका थिए भनेर बौद्धग्रन्थको ललितविस्तारमा उल्लेख गरिएको छ । nepal sandesh.com

No comments:
Post a Comment