हरेक दिन छोरीलाइ दूध ल्याउन बिहान दूध डेरी जानू अगावै मेरो डेरा अगाडि कान्तिपुर रास्ट्रीय दैनीक आइपुग्छ ! सरसर्ती आधाघन्टा पत्रीका हेरेपछी छोरी उठछीन छोरीलाइ दूध असाध्य मन पर्ने हुदा म बिहान दूध लिन छोरी लाइ पनि सङ्गै डेरी लैजान्छु सदा झै यही जेठ २५ गते बुधबार पनि मेरा कोठामा बिहान पत्रीका आयो हेडलाइन हेर्दा म छागाबाट खसेजस्तो भए हेडलाइन थीयो "दुधमा सोडा "
अनि त्यहा भित्र लेखीएको थीयो काठमाडौभित्र ३०वटा दुग्ध प्रशोधन उद्योगका ४२वटा ब्रान्डका दूध पाउचको नमुना केन्द्रीय प्रयोगशालामा जाँचगर्दा ४०वटामा न्युट्रलाइजरका रूपमा सोडियम बाइकारबोनेट, सोडियम हाइड्रोअक्साइड र सोडियम कारबोनेट गरी तीनवटै रसायनको मिसावट हुने गरेको देखिएको छ "
यो समाचार हेरेपछी म रनभुल्ल पर्दै बिस्तारामा सुतीरहेकी मेरी छोरीलाइ शिरदेखी पाउसम्म हेरे अनी मनमनै सोचे "मेरो छोरी मैले तिमीलाइ जानी जानी यो काठमाडौंका यी पापी दूध डेरीको मालीकहरुले उत्पादन गरेको बिशाक्त दूध खुवाएको हैन म सोझो अर्काको मजदुरी नगरी बिहान बेलुकाको छाक टार्न नसक्नेलाइ यी डेरी वालाहरु यतीबिघ्न पापी होलान भन्ने मलाई के थाहा ? वीष बेचेर पैसा कमाउनेहरु ऐस आरामको जीवन जिउँदै छन् तर जीवन बेचेर जिउनेहरु पलपलमा मारिदैछन् भन्ने मलाई के थाहा ?
मैले ढाड सेकीनेगरी खाइ नखाइ कमाएको सम्पती राज्यलाई कर तिरेपछी समान उपभोग्य होला भन्ने पो छोरी बाबालाइ बिस्वास थियो त गुणस्तरहिन समानको पहिचान तिम्रो बाबाले कसरी गर्ने हो र ?
यो दुध भनिने कुरा , बिरामी, बालक, वृध्दहरूको जीवन जल ठानेर अनी मेरो छोरी तिमी निरोगी होलेइ भनेर पो मैले खुवाएको " यति सोच्दै थीए छोरी जुरुक्क उठीन सु गरीन अनि बाबा दूध लीन जाऔ भनीन मैले " नानी आज दूध आउदैन आज जुस खाने है भने तब छोरी डाको छोडेर रोइन जानीजानी बीस हालेको दूध के खुवाउनु भनेर अनेक तरहले छोरीलाइ फकाए जुस किनेर खुवाए ! खाना खुवाउने बेलामा आपत पर्यो छोरी दूध बिना खाना नै खाइनन सिर्फ २०० एम एल जुस र दुई वटा चक्लेटको को भरमा छोरीलाइ स्कुल पठाए ! मलाइ त्यो दिनैभरी हातमा काम नै आएन आफ्नो भखर ३ बर्सको सन्तान भोकभोकै स्कुल पठाउनुको पीडा बाबुआमालाइ कति हुन्छ भन्ने कुरा साच्चै सम्झदा पनि मन भकानीन्छ भोग्नेलाइ कस्तो होला तपाईं आफै अनुमान लगाउनुस !
मेरो त्यो दिन हातमा कामै आएन तब मनमा अनेक तर्कहरु खेलाउदै म आधा दिनमै अर्थात २ बजे दिउँसो नै अपीसबाट घर फर्कीए इन्डीयामा उत्पादन भएको एक पाकेट पाउडर दूध बोकेर अनी तातोपानीमा पाउडर दूध हाले खोले अनि भात पकाएर छोरीलाइ दुध र भात खुवाए छोरी खुशी भइन !
हुन त एउटा मजदुरको सन्तानको यो खालको पिडाले अनि हामीजस्ता सर्बसाधरण मजदुरले सरकार र खाध्यान्नमा अखाद्य पदार्थ मिसाउने ब्यापारीको गीरोहलाइ लाइ अर्ती उपदेश दिने कुराले यो देशमा खासै अर्थ राख्दैन नत हामी हरुको कुरा सुनुवाइ नै हुन्छ जसको कारण यो देश जहाँ खुलेआम यति बिघ्न मनपरी भैरहदा पनि हामी निरीह र लाचार भैरहनुपरेको छ!
महीनैपीच्छे समाचारमा आइरहन्छन कहीले पानीमा मिसावट जारको पानीमा दिशाको अबशेस पाइयो रे, दुधमा कुहिएको मासु, माछामा लाशमा राख्ने केमिकल,खै, खाने चाहि के होला ? फलफूलमा कार्बाइड, तरकारीमा बिषादी,
आजभोली सबै समानमा मिसावट, हुदा हुदा दुधमा समेत कपडा धुने सोडा, के यो अती हैन ?
आज लाखौ जन्ताले प्रश्न गरीरहेका छन हामी जन्ताले विषको लागि पैसा कहीलेसम्म तिरीरहने हो ?
अन्तमा
देशमा तन्त्रहरु त धेरै नै फेरीए तर बिचरा हामी नेपाली जन्ता न त आजको दिनसम्म हामीले हालेको भोटले काम गर्यो न त जन्ताले खाइ नखाइ तिरेको पैसाले भनेजस्तो शुद्ध र हाइजेनीक खाध्यान्न खरीद गरेर खान सकीयो ?
महँगीे दिनहुजस्तो बढैको बढयै छ सरकार नै पीच्छे बढेको बढै छ दैनिकी चलाउन अत्यान्तै कठिन त छनै छ त्यसमाथी
सबै चिजमा मिसावट र पुरै बिष छ
तर पनि किन मौन छ सरकार किन यसरी उपभोक्ताको स्वास्थ्यमा यस्तो गम्भीर लापरबाही गर्नेलाइ जिन्न्कीभरी जेलमा सडाउन सक्दैन सरकार ? लापरबाही गर्ने यी दुग्ध उत्पादक सस्थाको लाइसेन्स खारेज गरेर तिनीहरुको सम्पती छानबिन गर्न सक्दैन सरकार ?
किन सरकार किन ?
र अन्तमा मेरो छोरीलाइ
मलाई माफ गर छोरी मैले जानीजानी सोडा हालेको दूध खुवाएको हैन र आजको दिनदेखी झुक्कीयर पनि खुवाने छैन भन्न चाहान्छु !
No comments:
Post a Comment