नेपाली समाचार ,Nepal Flag

Wednesday, June 12, 2013

... यस्तो हुनुपर्छ...By Aakar Anil (aakarpost)

फेसबुक र ट्विटरमा यस्तो हुनुपर्छ भन्ने कुरा चलिरहेकोछ । ट्विटरमा भेटिएका रमाइला ट्विटहरु यहाँ प्रस्तुत गरिएकोछ ।

  1. चुनाव भनेको कात्तिकमै हुनुपर्छ मंसिरमा त बिहे पनि हुन्छ ।
  2. झन्डा त हाम्रो नेपालको जस्तोपो हुन पर्छ..चार पाटे त सिगान पुछ्नी रूमाल पनी हुन्छ
  3. केटा भनेको बुद्धिमान पो हुनु पर्छ, बलवान त खैनि पनि हुन्छ...
  4. मान्छे भएसी त इमान, इज्जत र प्रेस्टिज हुनुपर्छ, ठग्न, लुट्न र ढाँटन त नेताले गर्छन नी !! :)
  5. प्रेमिका भनेको हाइटी हुनुपर्छ, डल्लो त खुर्सानी पनि हुन्छ ।
  6. केटा भएपछि ह्यान्डसम हुनुपर्छ, स्मार्ट त फोन पनि हुन्छ । केटी भनेको Beutiful हुनुपर्छ, बुलेट त बाइक पनि हुन्छ ।
  7. ब्याइफ्रेन्ड भनेको प्राइभेट हुनुपर्छ, पब्लिक त ट्वाइलेट पनि हुन्छ ।
  8. साथी भनेको त 2/4 हजार दिदा पनि वास्ता नगर्ने पो हुनुपर्छ, loan त ncell ले पनि दिन्छ नि :P
  9. केटी भनेको सेक्सी हुनुपर्छ, बुलेट त बाइक पनि हुन्छ ।
  10. ब्वाईफ्रेण्ट त प्राईभेट हुनु पर्छ पब्लिक त ट्वाईलेट नी हुन्छ...;))उता तिर अरुले लेख्या रचन...
  11. सिम भनेको त नमस्ते पो हुनु पर्छ,सेल(एनसेल) त रोटि पनि त हुन्छ!
  12. कथा भनेको गाउँखाने हुनुपर्छ चुनाव जितेपछि गाउँ नै बिर्सिने त नेता पनि हुन्छ ।
  13. चर्चा भनेको एसएलसीको रिजल्टजस्तो हुनुपर्छ पर्चार त जेको पनि हुन्छ ।
  14. बाइक त पल्सर पो हुनुपर्छ, हिरो त धिरेन शाक्य पनि छ ।
  15. कुरो भनेको खस्रो हुनुपर्छ चिल्लो त खानेतेल पनि हुन्छ ।
  16. नेता भनेको युवा हुनुपर्छ बूढो त जे पनि हुन्छ ।
  17. चुनाव भनेको कात्तिकमै हुनुपर्छ मंसिरमा त बिहे पनि हुन्छ ।
  18. केटा भनेको भलादमी पो हुनुपर्छ हिरो त साइकल पनि हुन्छ
  19. मायालु धोकेबाज हुनुपर्छ .... विश्वसनीय त् कुकुर पनि हुन्छन !! :पी
  20. @sushmekali @oops_u सबै जुस फ्रुटी नै हुनुपर्छ, रियल त फुटबल क्लब पनि हुन्छ
  21. माया भनेको त साचो पो हुनु पर्छ, ताला त ढोका मा पनि हुन्छ .
  22. कुनै कुनै एकाउन्ट फेक पनि हुन पर्छ टुइटरमा ..रियल त जुस पनि छ
  23. केटी भनेको क्युट हुनुपर्छ, हट त उसिनेको आलु पनि हुन्छ
  24. नोकरी भनेको पैसा पाउने पो हुनुपर्छ त, बिना तलबको त कमलरी पनि हुन्छ....#tvjournalism
  25. मान्छे भने को त स्यन्गजली पो हुनु पर्छ गोर्खाली त टाएर पनि हुञ्छ.....
  26. केटा भएपछि ह्यान्डसम र सेक्सी हुनुपर्छ, स्मार्ट त फोन नि हुन्छ !! (y)
  27. kt भनेको त सोझी पो हुन पर्छ, बांगो त कुकुरको पुच्छर पनि हुन्छ
  28. यो भनेको यस्तो पो हुनुपर्छ, त्यस्तो त त्यो पनि हुन्छ नि
  29. केटाहरु भनेको भुँडी भाको हुनु पर्छ, pack त रत्नपार्कको micro नि हुन्छ
  30. मलाई पनि लेख्न मन लाग्यो GF भनेको गोरी हुनु पर्छ ,काली त भैसी पनि हुन्छ नि
  31. केटि भनेको त simple पो हुनुपर्छ, sec c त 1 / cos c नि हुन्छ. #trignometry
  32. नारि त राम्री पो हुनु पर्छ, सुन्दरी त बाँदर कि बुडी पो हुन्छे
  33. हतियार भनेको त बन्दुक, पेस्तोल पो हुनुपर्छ। खुकुरी त चुरोट पो हुन्छ। #LatestTrend
  34. मौसम भनेको त Rainy हुनु पर्छ sunney त leyon पनि हुन्छ
  35. @itscoolsky असनी नक्कल भनेको सेतोपाटी जस्तो हुनुपर्छ, नक्कली नक्कल त खबरपाटी र रोतो पाटी छँदैछन् नी
  36. क्याप्टेन त पारस खड्का पो हुनु पर्छ, धोनि त साबुन पनि हुन्छ
  37. मोबाइल त Samung पो हुनु पर्छ, Apple त जुस पनि हुन्छ !
  38. गर्लफ्रेन्ड भनेको बिदेसी हुनु पर्छ, लोकल त बस पनि हुन्छ !
  39. पाटि भनेको रातो हुनुपर्छ, सेतो त नारायण वाग्लेको पनि छ! :P
  40. छोरा भनेको डाक्टर हुनुपर्छ, पाइलट त चुरोट पनि हुन्छ!!!!!!!
  41. "Reult भनेको त FAIL हुनुपर्छ ALL CLEAR त shampoo पनि हुन्छ "
  42. Laptop त HP हुनुपर्छ, SONY त टि. भी. पनि हुन्छ ! रे के ! ;०) #Trend
  43. क्लव भनेको म्यान्चेष्टर युनाइटेड हुनुपर्छ, कलेज त लिभरपुल, चेल्सी पनि हुन्छन् ।
  44. गर्लफ्रेन्ड भनेको प्राइभेट हुनुपर्छ, पब्लिक त ट्वाइलेट पनि हुन्छ ।
  45. छोरा भनेको डाक्टर हुनुपर्छ, पाइलट त चुरोट पनि हुन्छ!!!!!!!!!!!!
  46. मान्छे भनेको त हसिलो पो हुनु पर्छ रसिलो त सुन्तला पनि हुन्छ !!!!!! लोल
  47. चस्मा त Ray Ban को हुनुपर्छ POLICE त शशस्त्र पनि छ .... चस्मा त Ray Ban को हुनुपर्छ Okey त साबुन पनि छ ....
  48. उज्यालो त घाम पो हुनुपर्छ, सूर्य त चुरोट पनि हुन्छ ...
  49. टिचर भनेको परीक्षामा केही नलेखे नि नम्बर दिने हुनुपर्छ, आलु त पैसाले किन्न पाईन्छ !!!!
  50. नारी भनेको सहनशील हुनुपर्छ, शुशिल त कोईराला पनि छ ...
  51. लव भनेको एकहोरो पो हुनु पर्छ दोहोरो त भिडन्त त पो हुन्छ #गूगल+
  52. ठाउँ भनेको गोर्खा जस्तो पो हुनुपर्छ त, जिल्ला त किताबको पनि हुन्छ !!!
  53. student भएपछि त engineer पो हुन पर्छ, doctor त बाबुराम भट्टराई पनि हुन्छ
  54. मान्छे भनेको पोजेटिभ हुनुपर्छ नेगेटिभ त पुरानो क्यामेरामा नि हुन्छ ।
  55. मान्छेसँग त 'इज्ज़त' पो हुनुपर्छ ...'पैसो' जाबो त प्रचण्ड, हिशीलासँग पनि छ । :D
  56. आफुले चाहेको शब्द भर्नुहोस् :: ---------भनेको त ..........हुनु पर्छ ...........त ...................पनि हुन्छ!
  57. गर्लफेण्ड भनेको मायाँ गर्ने हुनुपर्छ सिआईडि त अनुसन्धान प्रहरी पनि हुन्छ ।
  58. मान्छे त लुरे हुनु पर्छ मोटो त गैडा पनि छ
  59. न्यायधिश भनेको त अदालतमा फैसला सुनाउने जहाँ पनि हुन्छन्, न्यायधिश त् सरकार र अदालत दुवै चलाउने पो हुनु पर्छ, #नेपाल जस्तो
  60. केटीको फिगर त 'कोक' को बोत्तल जस्तो पो हुनु पर्छ.. डल्लो र थ्याप्रो परेको त फर्सी पनि हुन्छ
  61. कपाल घना र बाक्लो हुनु पर्छ,,,,,, मुलायम त भैसी को पुच्छर नी हुन्छ नी........
  62. केटा भनेको चालू हुनु पर्छ, सोझो त फलामको रड पनि हुन्छ सक्नेले म्याकबुक चलाउनु पर्छ, जाबो फेसबुक त अचेल पानीपुरीवाला ले पनि चलाउँछ नि
  63. छोरो भनेको त कारवाला पो हुनुपर्छ पत्रकार त जो पनि हुन्छ।
  64. मान्छेको मन त फोहोर हुनु पर्छ, सफा त टेम्पो नि हुन्छ! :p
  65. This week trending in Nepali social media: "....भनेको त...पनि हुन्छ, ...त....पो हुनुपर्छ ।"
  66. जिन्दगी त हवाईजहाज जस्तो हुनु पर्छ धावनमार्गमा त ट्याक्सी पनी कुद्छ ।
  67. रिप्लाई ढंग को हुनुपर्छ hummm त बाछा ले पनि गर्छ
  68. केटी भनेको त ईमान्दार पो हुनूपर्छ त । क्युट त पप्पी पनि हुन्छ अनि हट ऊसिनेको आलु पनि हुन्छ । ---आजकल चलेको डाईलग.......
  69. X₁ भनेको त Y₁ हुनुपर्छ । X₂ त Y₂ पनि हुन्छ । अत्ति भएन भन्या ?
  70. एउटै टुइट नहुँदा नि फलोअर त्यती?? @Dinesh30np: क्रेज़ भन्या यस्तो हुनुपर्छ ;) pic.twitter.com/7RKDYCGE6i
  71. मान्छे त निर्दोष हुनुपर्छ, दोषी त चस्मा पनि हुन्छ ! #Doshi chasma
  72. माया भनेको त टु वे हुनुपर्छ... वान वे त काठमाडौंको सडक पनि हुन्छ...:)
  73. पुस्तक भन्या त समर लभ जस्तो हुनुपर्छ । विन्टर लभ त जाडो मा आफैँ भैहाल्छ नि
  74. छोरा भनेको आइटी प्रोफेस्सिओनल हुनुपर्छ, पाइलट त चुरोट पनि हुन्छ ।
  75. केटी भनेको सर्बगुण सम्पन्न हुनुपर्छ, स्विट मात्रै त न्युरोडको गुँद्पाक नि हुन्छ।
  76. BBA को entrance भनेको त KU को जस्तो +२ को result भन्दा अगाडि पो हुनुपर्छ , result पछाडि त जस्को पनि हुन्छ ... #FB #GyanDai
  77. छोरी मान्छे भएपछी त शिलस्वभाब कि हुनु पर्छ,, सुन्दरी त जाबो बाँदरको श्रीमती पनि हुन्छ नि ! ! :पी
  78. टुइटरा त टुइट पो हुनुपर्छ। जाबो स्टाटस त फेस्बुक म नि हुन्छ।
  79. ब्लग भनेको १४० अक्षरको हुनु पर्छ लामो त महाभारत, रामायण नी हुन्छ ।।
  80. स्ट्याटस भनेको त छोटो हुनुपर्छ लामो त हिन्दी सिरियल पनि हुन्छ :पी
  81. काका भनेको अभिभावक टाइपको हुनुपर्छ, ट्यापे टाइपका त डाँका नै छन् नि
  82. केटि भनेको सोजो बुझिने हुनुपर्छ, नबुझिने त डाक्टरको अक्षेर पनि हुन्छ गर्लफ्रेन्ड भनेको मायाँ गर्ने हुनु पर्छ,संका त सी आई डी CID ले गर्छन
  83. गलफ्रेड भनेको त प्राइबेट हुनु पर्छ , साझा त बस पनि हुन्छ .....
  84. प्रेमिका भनेको भेडे खुर्सानि हुनुपर्छ हाइटी त देस पनि छ @pearl_nepal प्रेमिका भनेको हाइटी हुनुपर्छ, डल्लो त खुर्सानी पनि हुन्छ
  85. Programming Language भनेको #PHP पो हुनु पर्छ , #Python त सर्प पनि हुन्छ !
  86. महानाएक भनेको राजेश हमाल जस्तो हुनु पर्छ, सुपरस्टार त भूबन के सी पनि हुन्छ #RajeshHamal #Birthday
  87. केटी भनेको स्मिइलि नं हुनुपर्छ। अँग्री त बर्ड पनी हैं हुन्छ। : :D
  88. घटनाहरु अचानक नै हुनुपर्छ बाजा बजाएर त जन्तीमात्र आउछ।
  89. भ्रष्टाचार भनेको त पूरै देशले थाहा पाउने पो हुनुपर्छ, लाउडा वा त्रिशुली थ्री ए जस्तो। जाबो घुस त सरकारी अपिसको पिउनले नै खान्छ नि :पी
  90. छोरो भएपछी इञ्जिनिअर नै हुनुपर्छ, पाइलट त चुरोट पनि हुन्छ .... for engineers ... :P :P
  91. केटी भने को सिम्पल हुनु पर्छ,,झकास त चाउचाउ पनि छ है ,,,,,,,,,,,,,,
  92. भाषा भनेको नेपाली हुनुपर्छ, अंग्रेजी त रक्सी पनि हुन्छ ।
  93. मान्छे भएर सोझो हुनु पर्छ, बाङो त कुकुर को पुछर पनि हुन्छ नी । :P
  94. जिन्दगी भनेको अर्थपूर्ण हुनुपर्छ, लामो त सुरुवालको ईजार पनि हुन्छ। #cp
  95. कोच भनेको पुबुध्दु जस्तो हुनुपर्छ, बुध्दु त सबै भिरखर्के छन् नि ।
  96. चिकेन भनेको बोइलेर पो हुनुपर्छ , लोकल त रक्सी नि हुन्छ
  97. एकीकरण भन्या माओबादीपार्टी को जस्तो हुनु पर्छ पृथकीकरण त सत्ताको मात्र हुन्छ ...!!!
  98. मान्छे भनेको happy हुनु पर्छ.. angry त bird पनि हुन्छ #trendinginnepal #fb
  99. केटि भनेको लजालु हुनुपर्छ, मायालु त साबुन पनि हुन्छ !!! #GoodMorning :)

सोसल मिडिया, युवा आक्रोस र मासहिस्टेरिया

By Binaya Guragain
नेपालमा फेसबुक प्रयोगकर्ता २० लाखभन्दा बढी छन् भन्न जति सजिलो छ ट्वीटर प्रयोगकर्ताको यकिन संख्या पत्ता लगाउन त्यति नै मुस्किल । तर हालसालै सार्वजनिक भएको ट्वीट सर्वेक्षण प्रतिवेदनले एउटा कुरा भने किटानीसाथ सार्वजनिक गरेको छ की २० देखि ३५ बर्षका नेपाली युवाहरु ट्वीटरका सक्रिय प्रयोगकर्ता हुन् । सेन्टर फर मिडिया रिसर्चले हालसालै गरेको सर्वेक्षणमा एकहजार बढी ट्वीटर प्रयोगकर्ताले भाग लिएका थिए । त्यसमध्ये ६२५ उत्तरदाताले दिएको उत्तरलाई आधार मानेर गरिएको बिश्लेषण अनुसार २० देखि ३५ बर्ष उमेर समूहका ट्वीटर प्रयोगकर्ता नेपाली ८६ प्रतिशत छन् । प्रतिबेदनले अरुपनि रोचक तथ्यहरु सार्वजनिक गरेको छ । यद्यपी यो लेखमा उठाउन खोजेको सवाल सर्वेक्षणको नतिजामा मात्रै केन्द्रित भने छैन ।
नेपाल सरकारको युवा नीतिले १८ देखि ४० बर्ष उमेर समूहमा पर्ने जनसंख्यालाई युवा भनेको छ । लोकप्रिय सोसल मिडिया प्लेटफर्म ट्वीटरमा पनि २० देखि ३५ बर्षका नेपाली युवाहरुले आधिपत्य जमाएकाछन् । यो उमेर समूहका युवाहरुले गर्ने सोसल मिडिया गतिविधिहरु खुल्ला छन् । सूचना आदानप्रदान, अन्तरक्रिया, सार्वजनिक चासोका सवालमा गरिने बहसदेखि नितान्त व्यक्तिगत सूचनाहरुको खुल्ला आदानप्रदान यो जमातको दैनिकी जस्तै बनिसकेको छ । सूचना प्रविधिको व्यापकताले खुम्चिएको संसार खुल्ला रुपमा आदानप्रदान गरिने सूचनामार्फत व्यापक फैलिएको छ । त्यसैले भन्न सकिन्छ नेपाली ट्वीटर प्रयोगकर्ताहरु खुल्ला समाजको विकासक्रममा हुर्केबढेकाहरुको जमात हो, जसले खुल्ला र पारदर्शी समाजको पक्षपोषण गर्छ । पारदर्शिता र जवाफदेहितामा विश्वास गर्छ । अहिले ३५ बर्ष पुगेको समूहले नेपालमा ४६ सालको आन्दोलन पश्चात प्राप्त प्रजातन्त्र, ६२÷६३ सालको आन्दोलनपछि समाप्त भएको राजतन्त्र र शिशु अवस्थामै निमोठिइन आँटेको गणतन्त्रको आगमनले ल्याएका परिवर्तनलाई नजिकबाट नियालेको छ । भर्खरै २० बर्ष पुगेको जमातले पनि सूचना प्रविधि क्रान्ति र नेपालमा भएको सामाजिक रुपान्तरणलाई प्रत्यक्ष भोगेको छ । २० देखि ३५ बर्षे जमातले प्रजातन्त्र, खुल्ला र बहुदलबादी समाज, सूचना शक्ति, निर्वाचनमार्फत चुनिने नेतृत्व र जवाफदेही राजनीतिक दल र प्रशासनसँग नजिकिन पाएको छ । त्यसैले यो जमात पारदर्शिता र जवाफदेहितामा विश्वास गर्छ जुन लोकतन्त्रलाई मजबुत बनाउनका लागि अपरिहार्य छ ।
युवा जमात त्यस्तो पारदर्शी र जवाफदेही समाजको परिकल्पना गर्छ जहाँ राजनीतिक दलका दुरगामी महत्वका निर्णयहरु बन्द कोठामा बसेर नगरियून् । सरकार परिवर्तनका लागि कुनै पनि नाजायज खेल नहोस् र भैहालेमा पनि त्यस्ता खेलहरु अदृष्य शक्तिको हातमा नपुगोस् । सरकार गठन, विघटनमा अदृष्य भनिएका शक्तिहरुको जवर्जस्ती भैहालेछ भने पनि नेताहरुले जनतासामु भन्न सकुन् कि त्यो अदृष्य शक्ति को हो र के स्वार्थले देशको राजनीतिलाई प्रभावित पारिरहेको छ । कारण खुलाउन्, गल्ती भए स्विकारुन् तर जनतालाई कहिल्यै नढाँटुन् । यो जमात अपेक्षा गर्छ, सार्वजनिक निकायले गर्ने गतिविधिमा नागरिकको पहुँच र निगरानी दुवै कायम होस् । राजनीतिक दल र हरेक सार्वजनिक निकायले गरेका गतिविधिहरुमा उत्तरदायित्व बहन भएको हेर्न पाइयोस् । जसका बारेमा जे निर्णय गर्न खोजिन्छ वा गरिन्छ उसको सहभागिता सुनिश्चित गरियोस् । भ्रष्टाचार निर्मुल होस्, भ्रष्टाचारीले कारवाही भोगोस् । चोर, डाँका, फटाहा, हत्यारा, अपराधी, गुण्डालाई दल वा प्रशासनले कुनै हालतमा संरक्षण नगरोस् । उनीहरुमाथि गरिएका कारवाहीहरु सबैले थाहा पाउन् । नियतबश आम सरोकारका सवालमा कसैले केही कुरा पनि नलुकाओस् । देशको ढुकुटीमा नेताका शाखा–सन्तान, अगुवा–पछुवाले धावा नबोलुन् । सरकार शक्तिशाली होस् । कानूनको पालना होस् । संबैधानिक सर्बोच्चता र बिधिको शासन कायम रहोस् ।
युवाहरुको यही पवित्र सोचको प्रतिबिम्ब झल्किरहेको छ हिजोआज सोसल मिडियामा । सोसल मिडियामा सक्रिय युवा जमात बेलाबेलामा उग्ररुपमा बिरोधका अभिव्यक्ति सहित बहसमा सरकार, राजनीतिक दल, कर्मचारीतन्त्र, अदृष्य भनिएका शक्ति, राष्ट्रिय अन्तराष्ट्रिय गैरसरकारी निकायका बिरुद्ध उत्रन्छ । जुन स्वभाविक पनि छ । प्रकाश दाहालको सगरमाथा यात्रा होस् वा उनले बिना थापामगरलाई भगाएको घटना, पारस शाहका कर्तुत हुन् वा नेता पुत्रपुत्रीले पाएका लाभका पदमा रजाई होस्, पति प्रधानमन्त्री हुँदा पत्नीले गरेको भ्रष्टाचार होस् वा पदीय दुरुपयोगका घटनाहरु । विकृति, बिसंगति बिरुद्ध यो जमातको बिस्फोटक अभिव्यक्तिसहित प्रकट हुन्छ सोसल मिडियामार्फत । कहिले आफै र कहिले सञ्चारमाध्यममार्फत समाचार तथा जानकारी प्राप्त गर्ने यो जमातले राष्ट्रको हितमा खुलेर बहस गरेका प्रशस्त उदाहरणहरु छन् सोसल मिडियामा र त्यस्ता बहसमा उनीहरुले जीतेका उदाहरणहरु पनि छन् । प्रत्यक्षरुपमा हतपत सबैले चिन्न नसक्ने तर सोसल मिडियालाई बौद्धिक अराजकता प्रस्तुत गर्ने अराजकहरुको जमात बन्दैछ २० देखि ३५ बर्षे उमेर समूह । आफुले के गरेँ भन्नलाई साना बिषयलाई पनि नलुकाउने र अरु, खासगरी जिम्मेवार निकायबाट त्यस्तै अबस्थाको अपेक्षा गर्ने यो जमातको आवाज सुनुवाई नहुँदा यो जमात निरुत्साहित भएको पनि छ यद्यपि चुप लागेको छैन र लाग्दैन पनि ।
पछिल्लो समय लोकमानसिंह कार्कीको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सिफारिसदेखि नियुक्तिसम्मका घटनाहरुबाट सबैभन्दा प्रताडित महशुस गर्न बाध्य भएको जमात पनि यही हो । जुन कुरा सोसल मिडियामा अभिव्यक्त आक्रोशले पनि पुष्टि गरेको छ । आफुले भोट दिएका, आगामी चुनावमा भोट दिन चाहेका पार्टी र तीनका नेताबाट भएको धोकाको बद्लामा उनीहरुले बुलन्द आवाजमा लोकमान प्रकरणको निन्दा गरे, गरिरहनेछन् । दलहरुप्रति असन्तुष्टिका स्वरहरु चर्काइरहेकाछन् । तर उनीहरुको यो आक्रोशलाई राजनीतिक दल र उनीहरुको नुनको सोझो गर्नैपर्ने बाध्यता भएका केही बुद्धिजीवी, सञ्चारकर्मीहरुले ‘मास हिस्टेरिया’ समेत भन्न भ्याए । तर युवा जमातबाट स्वभाविक रुपमा व्यक्त आशय र अभिव्यक्तिहरुलाई ‘मास हिस्टेरिया’ देख्नेहरुले के बुझ्नु जरुरी छ भने सोसल मिडिया युगमा हुर्केको अहिलेको युवा जमात पारदर्शिता र जवाफदेहितामा विश्वास राख्छ र जहाँ पारदर्शिता र जवाफदेहिता कायम हुन सक्दैन, जुन ठाउँमा जिम्मेवार पात्रहरु चुक्छन् त्यही आक्रोश बोकेर कुर्लन्छ र परिवर्तनको माग गर्दछ । खाँचो छ यस्तो आवाज सुन्ने र त्यसलाई सम्बोधन गर्ने संयन्त्रको र त्यस्तो संयन्त्रको बिकल्प राजनीतिक दलहरु नै हुन् र हुनुपर्छ पनि । त्यसको अन्तिम फाइदा पनि दलहरुलाई हुन्छ नकि आक्रोशित युवा जमातलाई ।
यो लेख मंगलवार, ७ जेठ २०७० को अन्नपुर्ण पोष्टबाट साभार गरिएको हो ।

Tuesday, June 11, 2013

एसएससी परीक्षाको नतिजा प्रकाशित, ४१.५७ प्रतिशत उत्तीर्ण

काठमाडौं, २८ जेठ । परीक्षा नियन्त्रण कार्यालय भक्तपुले यस वर्षको एसएलसी परीक्षाको नतिजा प्रकाशित भएको छ ।  परीक्षा समितिका सदस्य दीवाकर ढुंगेलका अनुसार ४१.५७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।
परीक्षार्थीले परीक्षाफलको परिणामका लागि SLC  <space> symbol number टाइप गरी ५२२५ मा SMS गरी प्राप्त गर्न सक्नेछन्।
Check your SLC Result 2069 Online
1) Link1: SLC Result 2069 Regular
Click https://dl.dropboxusercontent.com/u/48955910/slc-result-2069/REGULAR_69.txt
2) Link2: SLC Result 2069 Exempted
Click https://dl.dropboxusercontent.com/u/48955910/slc-result-2069/EXEMPTED_69.txt

Monday, June 10, 2013

७० लाखमा बिक्यो बाँदरले खिचेको तस्वीर

chimpanji
चिम्पान्जीले खिचेको एक तस्वीर झण्डै ७० लाख रुपैयाँमा बिक्रि भएको छ । रुसको मिक्की नामको एक निकै चलाख चिम्पान्जीले खिचेको तस्वीर ५० हजार पाउण्ड अर्थात् झण्डै ७० लाख रुपैयाँमा लिलाम बढाबढबाट बिक्रि भएको हो ।1
मिक्कीले खिचेको मस्कोको रेड स्क्वाएरको तस्वीर बेलायतको लण्डनमा हालै लिलामीमा राखिएको थियो । मस्को सर्कसमा काम गर्ने मिक्कीलाई रुसी कलाकार विटाली कोमार र एलेक्जेन्डर मेलामिडले १९९० को दशकदेखि फोटोग्राफीको तालिम दिएका थिए ।2
लण्डनमा भएको तस्वीरको लिलामीमा मिक्कीले खिचेको तस्वीर मात्र होइन मिक्कीलाई फोटोग्राफी सिकाउने दुइजना प्रशिक्षकले खिचेको मिक्कीको तस्वीर पनि समावेश थियो । मिक्कीले खिचेको तस्वीर रुसी कला संकलक किरा फ्लान्जेचले किनेका हुन् । दुर्भाग्यको कुरा के भने आफुले खिचेको तस्वीर मोटो रकममा बिक्री भएको खुसीयाली मनाउन मिक्कीले पाएन । किनकी मिक्की सन् २००७ मै परलोक भैसकेको छ ।3
Source:Onlinekhabar

कुवैतमा काम गर्ने एउटी कामुक नारीको आत्मा कथा


जिवन लामो छ कामुक बनेर
यौनप्यासि बन्दैमा जीन्दगीको मजा नहुँदो रहेछ:
कल्पना श्रेष्ठ

कुरा सन् २००७ देखि अहिले सम्मको हो।
मेरो नाम कल्पना श्रेष्ठ हो अर्थात् स्कुल
पढदाको नाम चीन कुमारी श्रेष्ठ हो ।
धादिंङग जिल्लाको बिकट गाँउ
जोगीमारा गाविस ७ मा हो, मेरो घर। म
मध्यम परिवारमा कृष्ण लाल
श्रेष्ठको ठुली छोरीको रुपमा आज
भन्दा २७ वर्ष पहिला जन्म लिएकी थिए
। मेरो बाल्यकाल आमा बाबाको लाड
प्यारमा बितेको थियो । त्यसैले होला म
पुल्पुलिएकी थिए, बच्चा देखीनै चुलबुले र
हठीस्वभावकी भएकीले मैले चाहे पछी हर
कुरा मेरा बा आमाले
पुरा गरि दिनुहुन्थ्यो ।
बुद्दी बिग्रिएर भनौ या त उन्मत्त भएर
आफुभन्दा नाजुक अबस्थाको केटासंग
पिरती गाँस्न पुगे । सन् २००४ तिर
उसको र मेरो बिबाह त भयो तर
गरिविको कारण मेरो आमा बाबासंग
टाढा हुन पुगें । हामी दुईबाट एक सन्तान
पनि भयो । झन भारी माथि सुपारी भने झैँ
अर्को बोझ थपियो । त्यसपछि त के
पैसाको लागि जिबन
गुजर्नको लागि केहि बाँकी राखिन,
मेरो आफ्नै शरिर समेत बेच्न थाले ।
केहि समयपछि हामी दुवै
जना काठमाडौको नरदेविमा सानो पसलमा काम
गरेर बस्यौ । त्यहाँको कामबाट प्राप्त
पैसाले पनि जिबन धान्न सकिएन ।
मेरो बाहिरी यौन सम्पर्क र जागिरले
परिवार चल्न नसकेपछी म बाहिरी देश नै
जाने निधो गरे । अनि फेरी तीनै जना गाँउ
गयौ, मैले केहि समय पहिले
नारायणघाटको स्यानु भन्ने
एजेन्टकोमा गएर विदेश जाने निधो गरे ।
अनि धादिंङ गएर हतार हतार पास पोर्ट
बनाए । लग भाग ४० दिन
पछी भिसा आयो । कुवेतको भिसा हात
लागेपछी मैले उसलाई सोधे - 'काम
कस्तो हुन्छ, पैसा कत्ति हुन्छ?' उसले मलाई
भन्यो "१५ हजार्" तलब हुन्छ । एक
परिवारको ३-४
जना भन्दा बढि बच्चा हुदैन र ८-१०
घण्टा कम गरेपछी सुतेर बस्न पाइन्छ ।
त्यो कुरा सुनेपछी म ४० हजार पैसाऋण
खोजेर कुबेत तिर हिडने पक्का भए ।२००७
को पहिलो हप्ता मेरो मनले साटेको जिबन
साथी मदन कुमार श्रेष्ठ,
पियारो मुटुको टुक्रा साइरस उ
त्यती बेला जम्मा ३ वर्ष को थियो ।
उनीहरुलाई छाडेर धेरै पैसा कमाएर
परिवार सुखमा बस्ने
सपना बोकी भोलिपल्ट
भालेको डाकमा गाँउको देवर सुवाससंग
दिल्ली हिडे । दिल्लीमा गएर सात दिन
बसेपछी बल्ल कुवेतको लागि जहाज छाड्ने
निधो भयो । जब जहाज छाड्ने बेलामागाँउ
घर बाबा आमा परिवारका सम्झना आयो,
झनै मुटुको टुक्रा छोराको यादले सतायो ।
मुटु दरो बनाए ३ साल पछी ४, ५ लाख
रुपिया लिएर मेरो छोरा मेरो जिबन
साथीसंग बस्छु भनेर जहाज चढे ।
जब कुवेतको एयरपोर्टमा आए सायद म एक्लै
नेपाली थिए होला । त्यस
जहाजमा सेतो कपडा लगाएको मान्छे
मेरो नजिकै आयो, त्यो मेरो मालिक रहेछ,
उसले लगाएको दिसदासा रहेछ
पछी थाहा पाए । मलाई लिन
आएको मालिक रहेछ, मेरो नजिकै आएर
व्वाट इस यौर नेम भनेर सोध्यो । मैले
उत्तर दिए मै नेम इज चीन कुमारी त्यस
पछी कम कम भनेर पजेरोमा राखेर लग्यो ।
मलाई घरमा लागेपछी ५ तेले बिल्डिंग
देखायो यहाँको कोठा टोइलेट बाथ रूम
जम्मै साफ गर्नु पर्छ भन्यो त्यतीबेला नै
मेरो हंसले ठाउँ छोड्यो । यत्रो काम
कसरी गर्ने ८ घण्टा काम गर्ने
सुरमा आएको मान्छे २२, २३ घण्टा काम
गर्नु पर्नेभयो ।
पहिले पहिले त मन दरो बनाएर काम गर्न
थाले तर भाषा नजानेको कारण कहिले घर
मालिक त कहिले पाहुनाको यौन सोसन हुन्
थाले, यौन शोषणमा म आफै यौनपिपासु
भएको कारण त्यती गार्हो परेन । त्यस
घरमा टेलीफोन भने चलाउनु पाईदो रहेछ ।
२ महिना पछी फोन किने
अनि नेपाली दाई भाईको खोजीमा लागे
त्यतिकैमा पूर्व तिरको दाईको नम्बर
हात लग्यो । १ दिन २ दिन गर्दै
हामी दुई को माया गाढा भयो । अब
मेरो सपना यती रह्यो, घरमा १ लाख
रुपियाँ भने पठाए ।
त्यतिनै बेला कुवैतमा भिभा फोन
साथीबाट लिए र फ्री कल शुरु
भयो सुनमा सुगन्ध भने झैँ । म
चनाखो केटि भएको कारण कुवेतिलाई
पहिले नै यहाँ मेरो श्रीमान छ, भनेको थिए
त्यसपछि के थियो र मलाई यौन
सम्बन्धको गार्हो परेन जति बेला चाहिए
पनि उनी आउथे ।
यसरी दिन बित्दै थियो ।
हामी दुबैको चाहना अनुसारनै
हामी नेपाल जाने २
महिना छुट्टी बिताउने निधोले
काठमाण्डौं पुग्यौं अनि २
महिना बिताएर फर्कियौं । म आएर
कुवेतीको घरमा बस्न नसक्ने
अवस्था भएको कारण मलाई बाहिर उसले
अरुसंग ऋण खोजेर निकाले । निकालेपछि म
उनीसंग २,३ महिना मात्र बसे । म
मा यौनको तृसना उसको सम्बन्धले मात्र
पुगेन त्यसैले म कहिले सिरियाली, कहिले
बंगाली, कहिले म्रि्री र कहिले
अमेरिकनको सम्बन्धमा बचेको छु ।
मेरो घर परिवारका सारा कुरा भुलेर म
त्यसै भौतारी रहेको छु । आज
मेरो सारा सपना यौन तृसनाको कारणले
गन्तव्यहीन भएको छ ।
यौनको जोसको कारण कुवेतमा रहने
नेपाली दिदि बहिनिहरुको मेरो जस्तो हालत
नबनोस । आफ्नो उदेश्य, आफ्नो परिवार र
पारिवारिक धरातल जिवन साथीलाई
कहिल्यै नविर्सनु होला । यो मैले
भनेकी होईन मेरो अनुभवले भनेको हो ।
जिवन लामो छ कामुक बनेर
यौनप्यासि बन्दैमा जीन्दगीको मजा नहुँदो रहेछ
त्यो -छेणिक मात्र रहेछ, समयमै होस
पुर्याउँनुहोला        

नारीका ३२ लक्षणहरु

वास्तबमै के के हुन् त ती बत्तिश लक्षण …
यी हुन् शास्त्रले व्याख्या गरेका नारीका बत्तीस लक्षणः
१. पद्मासनमा बस्दा वृत्ताकार -गोलो) आसनमा देखिनु,
२. हातका औंला लामा-लामा हुनु,
३. औंलाका कापमा छाला केही बढी र जोड्दा टम्म मिलेका हुनु,
४. छाला नरम हुनु र उमेर ढल्किएको अवस्थामा पनि युवावस्थाको जस्तै तेज,
५. शरीरमा विभिन्न थरीका सात सुगन्ध,
६. हरिणका जस्ता खुट्टा,
७. गुप्तांग गुप्त रहनु,
८. शरीरको माथिल्लो भाग सिंहको झैं सलक्क मिलेको हुनु,
९. शरीरका अंग सुगठित हुनु,
१०. काँध पुष्ट, चौडा र गोलो हुनु,
११. पाखुरा राम्रोसँग र्फकने,
१२. लामा पाखुरा,
१३. सम्पूर्ण शरीर तेजोमय,
१४. शंखजस्तै घाँटी,
१५. सोझो र सिंहको जस्तो चिउँडो,
१६. बत्तीसवटा दाँत,
१७. दाँत चम्किला,
१८. समान र टमक्क मिलेका दाँत,
१९.स्वच्छ र सुन्दर बंगारा,
२०. लामो जिब्रो,
२१. सानोभन्दा सानोसम्मका विभिन्न स्वाद लिने क्षमता,
२२. भँगेराको जस्तो स्वर,
२३. ब्रह्माको जस्तो मौलिक ज्ञानपूर्ण वाणी,
२४. आँखीभौँ साँढेका जस्ता र नीलकमलको रंगजस्ता,
२५. आँखीभौँका बीचमा कोमल र सूक्ष्म रेखा,
२६. मिलेको केश,
२७. अकबरी सुनजस्तै प्रदीप्त शरीर,
२८. प्रबल र प्रभावशाली व्यक्तित्व,
२९. शरीरमा धेरै र परस्पर टाँसिएका नरम र दाहिनेतिर घुमेका रौँ,
३०. नीलमणिजस्तो कालो र टल्कने केश,
३१. स्तन, नितम्ब, कम्मर आदि सबैका शारीरिक लक्षण आकर्षक,
३२. दृढ स्वभाव।

Sunday, June 9, 2013

दुईदिनभित्र एसएलसीको परिक्षाफल प्रकाशित हुने


31-examination२७ जेठ, काठमाडौ । परिक्षा नियन्त्रण कार्यालय (पनिका)ले प्रवेशिका परिक्षा (एसएलसी)को परिक्षाफलदुईदिनभित्र सार्वजनिक गर्ने तयारी गरेको छ । उत्तरपुस्तिकाको नजिता कार्यालयको सर्भरमा इन्ट्री भइसकेको र अहिले सिम्बल नम्बर र प्राप्ताङ्क जाँचको काम भइरहेको सानोठिमीले जनाएको छ ।
मंगलबारभित्र ती सबै काम सकेर नतिजा सार्वजनिक गर्ने तयारीमा पनिकाले तयारी गरिरहेको छ ।
गत वर्ष जेठ ३१ गते नतिजा सार्वजनिक गरेको पनिकाले यो वर्ष त्यो भन्दा १-२ चाँडो परिक्षाफल सार्वजनिक गर्ने तयारी गरेको हो । यो वर्ष एसएलसी परिक्षा चैत १ देखी ९ गतेसम्म सञ्चालन भएको थियो ।

बच्चा जन्माएपछि लठ्ठै पार्ने होलीको कामुक शरीर (फोटोफिचरसहित)

काठमाडौं, २६ जेठ । अमेरिकी मोडल तथा टेलिभिजन पर्सनालिटी होली मडिसनले ३ महिनाअघि मात्रै आफ्नो बच्चालाई जन्म दिएकी थिइन् । गर्भावस्थापछि आफ्नो पूर्ववर्ती रुपमा फर्किएकी होलीलाई शनिबारका दिन अमेरिकाको लस भेगासस्थित एक स्थानमा बिहानीको समयमा ब्यायाम गरिरहेकी देखियो ।
हातमा आईपड बोकेर कारमा एयरफोन लगाउँदै संगीतको तालमा सडक किनारामा दौडिरहेकी होलीको मुस्कान निकै मादक देखिएको थियो । वैजनी रंगको ब्रामा सजिएकी होलीले दैनिक ब्यायामसँगै आफ्नो पूर्व शारीरिक अवस्थामा फर्किन मिहिनेत गरिरहेकी थिइन् ।
पार्कमा ब्यायाममा ब्यस्त होलीको कामुक जवानी लठ्ठै पार्ने किसिमले छल्किएको थियो । -एजेन्सीको सहयोगमा ।

Saturday, June 8, 2013

माओवादी एकीकरणको अन्तिम चरणमा, लोकतान्त्रिक गणतन्त्रबाट कम्युनिष्ट गणतन्त्र बनाइने

काठमाडौं, २६ जेठ । झन्डै एक वर्षअघि विभाजित भएको एकीकृत नेकपा माओवादी र नेकपा–माओवादीबीच एकीकरणको गृहकार्य सुरु भएको छ । पार्टी एकीकरणका लागि माओवादीले राखेका दुई प्रस्तावमा एमाओवादी सहमतिनजिक पुगेपछि पार्टी एकीकरण करिब–करिब अन्तिम चरणमा पुगेको हो ।
संविधानसभा विघटनलगत्तै विभाजन भएको मोहन वैद्य नेतृत्वको माओवादीले संसदीय व्यवस्था नमान्ने र जनयुद्धको जगमा जनविद्रोहको एजेन्डालाई एमाओवादीले सम्बोधन गर्ने भएपछि पार्टी एकीकरण अन्तिम चरणमा पुगेको माओवादी स्रोतले बतायो । एमाओवादी उपाध्यक्ष डा।बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठले पटक–पटक पार्टी एकीकरणको प्रस्ताव गरेपछि माओवादी अध्यक्ष वैद्य, महासचिव रामबहादुर थापा, सचिवद्वय नेत्रविक्रम चन्द र देव गुरुङले सो सर्त राखेका थिए ।
उनीहरूको सर्तमा एमाओवादी सहमत भएपछि पार्टी एकीकरण अन्तिम चरणमा पुगेको हो । माओवादी पोलिटब्युरोका एक सदस्यले दिएको जानकारीअनुसार एमाओवादी नेता कृष्णबहादुर महराले पार्टी एकीकरणको प्रस्ताव माओवादीसँग औपचारिक रूपमा राखेका राजधानी दैनिकमा समाचार छ ।
‘संसदीय व्यवस्था असफल भयो, यो व्यवस्थामा हामी सफल हुन सकेनौं, विकल्प खोज्नु आवश्यक छ,’ एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले माओवादी अध्यक्ष वैद्यसँग गरेको कुराकानी उद्धृत गर्दै स्रोतले भन्यो, ‘विद्रोहको कार्यक्रमलाई संयुक्त रूपमा नयाँ कार्यक्रम बनाई समावेश गर्न एमाओवादी सहमत छ ।’ एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले पार्टी एकीकरणका लागि हेटौडा महाधिवेशन अघिदेखि नै पहल गरिएको जानकारी दिए । उनका अनुसार पार्टी एकीकरण वा कार्यगत एकताको विषयमा छलफल भइरहेको भए पनि अन्तिम अवस्थामा भने पुगिसकेको छैन ।
‘पार्टी एकीकरण आवश्यक महसुस गरी हामीले राखेको प्रस्तावमा किरण कमरेडले सहमति जनाएपछि प्रक्रिया रङ्खतारमा अघि बढेको छ, एकीकरणका विषयमा छलफल भए पनि अन्तिम चरणमा भने पुगेको छैन,’ श्रेष्ठले भने  । स्रोतका अनुसार माओवादीले राखेको संसदीय व्यवस्था नमान्ने विषयमा एमाओवादी उपाध्यक्ष भट्टराई भने पूर्ण रूपमा सहमत भइसकेका छैनन् । उनलाई सहमत गराउने जिम्मा अध्यक्ष दाहालले लिएका छन् ।
‘हेटौंडा महाधिवेशनले जनयुद्धको कार्यदिशा छाडेपछि पार्टीमा व्यापक विरोध उत्पन्न भएको छ,’ दाहालले केही दिनअघि वैद्यसँग टेलिफोन वार्तामा भनेका थिए, ‘पार्टीले पनि जनयुद्धको जगमा जनविद्रोह समेट्नु आवश्यक ठानेकाले तपाईंहरूको माग हामी सम्बोधन गर्न तयार छौं ।’ दाहालले वैद्यसँग प्रतिबद्धता जनाएपछि माओवादी सचिव चन्दले नै दाहालसँग टेलिफोन गरी पार्टी एकीकरणको आधार तय भएको जनाउ दिएको स्रोतले बतायो ।
तर, उनले आधार तय भए पनि कार्यान्वयनमा आपूmलाई आशंका भएको बताएका थिए । उनको आशंका निवारण गर्न भन्दै दाहालले शनिबार चन्दसँग भेट्ने वाचा गरेका थिए । शनिबार दाहाल पार्टी बैठक र राजनीतिक समितिको बैठकमा व्यस्त भएपछि भेट पछि सारिएको दाहालनिकटका एक सहयोगीले जानकारी दिए । बुर्जुवा गणतन्त्र आफूहरूले स्वीकार नगर्ने भन्ने वैद्य पक्षको भनाइलाई दाहाल पक्षले सहमत गरी अहिलेको भन्दा माथि उठेर कम्युनिस्ट गणतन्त्रको तयारी गर्ने सहमति भएको छ ।
पटक–पटक पार्टी एकीकरणका विषयमा माओवादी अध्यक्ष वैद्यसँग छलफल गरेका एमाओवादी अध्यक्ष दाहालले प्रायः भेटलाई गोप्य राखेका थिए । पहिलो भेटको विषयमा दाहालले प्रचार–प्रसार गरेको भन्दै भेट्नै अस्वीकार गरेका वैद्यले त्यसपछि तीन पटक भेटेको माओवादी नेताले बताए । पार्टी एकीकरणका विषयमा दुवै पार्टीका उपाध्यक्ष, महासचिव, सचिवहरूसँग पटक–पटक छलफल भइरहेको छ

Nepali Songs


बेलायती शिक्षाले पढाएको पाठः सोह्र दुना आठ


बेलायती साम्राज्यवादको नयाँ शैलीको रुपमा आएको विश्वमा आफ्नो सम्प्रभूत्व कायम राख्ने र सधैझैं आफूलाई मात्रै संसारको राजनैतीक र आर्थिक शक्तिकेन्द्र बनाईराख्ने कुटिल चाल स्वरुप थापिएको टायर फोर नामको भिषा नीतीको बल्छीमा परेर उनीहरुकै साल सन् २००९ को अन्ततिर बेलायती साम्राज्यको भौगोलिक केन्द्र र आर्थिक राजधानी र अझै उनीहरुकै शब्दमा भन्दा विश्व प्रवेश गर्ने ढोका भित्र अध्येताको हैसियतमा प्रथम पाईला टेक्ने सौभाग्य प्राप्त भयो। त्यसो त विश्वव्यापी रुपमा छाएको आर्थिक मन्दी र बढ्दो वेरोजगारीपनि यो बल्छी थाप्नुको प्रमुख कारणहरु थिए। विदेश भासिनुमा मूलत आफ्नै देशको राजनैतिक र सामाजिक कारणहरु पनि अनगिन्ती थिए। एक दशक भन्दा बढिको कथित जनयुद्ध, रक्तपात अनि करिब पन्ध्र हजार निर्दोश नेपाली जनताहरुको विभत्श हत्यापछि आएको नयाँ व्यवस्थाले उपहार स्वरुप दिएको संक्रमणकालीन अवस्था, अराजकता, दण्डहिनता, बढ्दो वेरोजगारि, भष्टाचार, मंहगी, असुरक्षा, बन्द, हडताल, हत्या, हिंसा, बलत्कार, अपहरण, चन्दा आतंक आदि प्रमुख राजनैतीक कारणहरु थिए। रुढिवादी परम्परा, अवसरवादी दर्शन, कुण्ठित मानसिकता, लोकाचार, खुट्टा तान्ने प्रवृति, पछौटेपन, नातावाद, कृपावाद र यस्ता अरु थुप्रै वाद र अपवादहरु सामाजिक कारणहरु रहे। इतिहासको कुनै एक कालखण्डमा तीन चौथाई विश्वमा आफ्नो साम्राज्य फैलाएका फिरंगीहरुलाई उनीहरुकै उद्गम थलोमा गएर नजिकैबाट चिन्ने, जान्ने, बुझ्ने र उनीहरुबाट केही सिक्ने अभीप्सा मनभित्र थियो भने उच्च अध्ययन, आत्मनिर्भता, सुनौलो र सुनिश्चीत भविष्य अरु प्रमुख उद्देश्य र अभिलाषा थिए।


मध्य काठमाडौको प्राय हरेक जसो घरहरु र तिनको तल्लैपिच्छे च्याऊ उम्रेसरी खोलिएका शैक्षिक परामर्श केन्द्रहरु मध्यको एक परामर्श दाताको पनि राम्रै भूमिका रह्यो जसले बेलायतमा कलेज खोजेर भिषा लेटर झारिदिने, कागजपत्रहरु मिलाईदिने, भिषा आवेदन फारम भर्न सिकाउने लगायतका कामहरु गरिदिए। बैंक मार्फत गर्नुपर्ने सबै कामहरुमा बैंककै एक कर्मचारी मित्रले सहयोग गरिन। त्यसपछि चुच्चे ढुङ्गो उहि टुङ्गो भनेझैं आफ्ना नागरिकहरुले विश्व बजारमा श्रम बेचेर पठाएको विप्रेषणको रकमले पुरै अर्थतन्त्र धान्न खोज्ने नालायक सरकारको आफ्ना नागरिकहरुलाई स्वईच्छाले जान्छस् भने जा नभए घोक्रे ठ््याक लगाएर भएपनि पठाउछु भन्ने शैलीको नीतीमा चलेको अध्यागमन पारगर्दै करीब दश लाख नेपाली रुपैयाँ र दश हजार किलोमिटर हवाई यात्रा तय गरेर संसारको सबैभन्दा फराकिलो लोकतन्त्र अभ्यास गर्ने वैभवशाली देशमा प्रवेश गरियो। हिथ्रो विमानस्थलमा अध्यागमन अधिकारीले बेलायत आउनुको प्रमुख उद्देश्य सोधेपछि संयुक्त अधिराज्य बेलायतमा तिमीलाई स्वागत छ भनेर शुभकामना दिएपनि बाहिर समग्र यूरोप नै भोको गिद्धलेझैं आर्थिक सिनो लुछ्न तम्तयार बसेको छ भन्ने कुरा मलाई रामैंसँग थाहा थियो। यस अर्थमा यो यात्रा तावाबाट उम्केर भुङ्ग्रोमा परेको माछाजस्तो हुने कुरामा म निश्चिन्त प्रायः थिए। प्रा. डा. तारानाथ शर्मा ज्यूले बेलायततिर बरालिएकै कारण मदन पुरस्कार जितेपनि म तत्कालीन परिदृष्टामा लन्डनतिर लन्ठिन पुग्नुको उद्देश्य भने नितान्तै अलग थियो।

हजारौं नेपाली विद्यार्थीहरु कलेजहरु बन्द हुने र काम नपाउने समस्याले ग्रसित हुँदा मेरो भने बेलायत बसाई र भोगाईको प्रारम्भको समय मेरा आफन्त र स्वजनहरुको आथित्य, स्नेहभाव र न्यानोपनमा बित्यो। नबितोस् पनि कसरी उनीहरु मेरो मातृकूल र बान्धवहरु जो थिए। अझ उनीहरुका नयाँ पुस्तासँगको सामिप्यता र घोलमेलले हामीबिचको सम्बन्धलाई अझ प्रगाढ र मजबुत बनायो। त्यसपछिको समयपनि पढाई र कामको सन्तुलनकासाथ साथिभाईहरुसँग आत्मीयता, मैत्रीभाव एवं सौहार्दपूर्ण वातावरणमा रमाईलोसँग बित्यो। यस बीचमा काठमाडौंका शैक्षिक परामर्श केन्द्रका परामर्शदाताहरुले दिने परामर्श शैक्षिक नभएर स्वैच्छिक अर्थात आफूलाई जे मनलाग्यो त्यही र जसरी फाईदा हुन्छ त्यसरी पो परामर्श दिने रहेछन् भन्ने कुराको रहस्य खुल्यो। यसरी विद्यार्थीहरुलाई झूठो सूचना र सपना बेचेर बेलायतका नाममात्रका कलेजहरुमा भर्ना गराएबापत उनीहरुलाई मोटो रकम हात पर्दो रहेछ। तर उनीहरुले भनेका कुरा त्यहाँको वास्तविकतासँग एक रत्तिपनि मेल नखाने रहेछ।

पढाईको कुरा गर्दा लन्डनको शानको रुपमा रहेको आधुनीक सुविधा सम्पन्न र सहज यात्रा गराउने दुईतले रातो बस चढेर कलेजजाँदा बसमा हाच्छिउँ गर्दा आफूसँगै छेऊको सिटमा बसेको गोरेले गड ब्लेस यू (God bless you) भन्दा र आफूसँगै बसेको सिटबाट अन्यत्र खालि सिटमा बस्न जाँदापनि विनम्रतापूर्वक अनुमति मागेबाट यि तिनै फिरंगीका सन्तान हुन् जसले ईतिहासमा चर्चित नालापानीको युद्धमा तोप, गोला, बारुद, बन्दुक र त्यसबेलाका आधुनिक हातहतियारले सुसज्जित उनीहरुको सेनाको बलले नसकेर छलकपटद्धारा किल्लामा जाने पानीको मुहान थुनेर भोक र तीर्खाले आलशतालश हाम्रा वीर र साहासी योद्धाहरुमाथि कायरतापूर्वक धावा बोलेका थिए भन्ने कुरामा मेरो आफ्नै मत बाझियो। अझ बसका भित्तामा टाँसिएका सार्वजनिक हितका सन्देश र शिक्षामुलक लेखोटहरुले मलाई उनीहरुको सोचाईको स्तरप्रति अनुग्रहित बनायो। त्यसमध्ये एउटा सन्देश यस्तो थियो– हाम्रो देशमा पछिल्ला दिनहरुमा मुटुरोगीहरुको संख्यामा अत्याधिक बृद्धि भएको देखियो त्यसकारण तिमीहरु जाँहा पुग्नुपर्ने हो त्योभन्दा एक स्टप अगाडिनै उत्रेर हिंड्ने बानी गर है। यसबाट पनि सजिलै थाहा हुन्छ कि उनीहरु आफ्ना नागरिकहरुको स्वास्थप्रति कति संवेदनशील छन्। हामीकहाँ त मरेपछि ओखतीमूलो भन्ने उखान अझै जीवीतै छ।

अरु देशहरुमा जस्तै बेलायतमापनि राज्यले आफ्ना नागरिकहरुलाई विभिन्न किसिमका आर्थिक सहायता दिने गर्दछ। जस्तै बेरोजगारी भत्ता, ज्येष्ठ नागरिक भत्ता, प्रसूति भत्ता, अशक्त–अपाङ्ग भत्ता आदि। यसरी राज्यले दिने आर्थिक सहायताहरुको दुरुपयोग गर्नेहरु त्यहाँपनि थुप्रै रहेछन्। त्यसमध्यको एक प्रसूति भत्ताको लोभमा परि किशोरीहरु आमा बन्ने समस्या सरकारको ठूलै टाउको दुखाईको कारण रहेछ। बाटोमा हिंड्दै गर्दा गोराको छाउरोले साथी तिमीसँग जगेडा चुरोट छ(Mate! Do you have a spare cigarette)? भनेबाट उनीहरुका नयाँ पुस्तापनि अभाव ग्रस्त र कूलतमा रहेछन् भन्ने कुरा बुझ्न गाह्रो भएन। अझ लण्डनको आवासीय घरहरुको अर्को टाउको दुखाई उडुसको प्रकोपबाट बच्न पटकपटक घर सर्नुपर्ने बाध्यता परेपनि फरक–फरक समूदायका मानिसहरुसँग सान्निध्यता र हार्दिकता साट्न पाउदा केही राहतको महसुश भयो यद्यपि उडुसको टोकाई र फिरंगीहरुको विद्यार्थी चुसाई नीतीमा भने तात्वीक भिन्नता केही थिएन।

कलेजमा गोराहरुसँग संगत बढाउने र उनीहरुको हामी पूर्वीयाहरुलाई हेर्ने दृष्टिकोण जान्ने मेरो मनसुबामाथि त्यतिखेर वज्रपात भयो जब कलेजमा पढाउने ट्युटर र पढ्ने विद्यार्थीहरु अधिकांश हाम्रै छिमेकी मित्रराष्ट्रहरुका भेटिए। अति नगन्य मात्रामा अफ्रिकी महादेश र पूर्वी युरोपकाहरुपनि थिए। त्यसो त बेलायतमा अक्सफोर्ड र क्याम्ब्रीज जस्ता विश्वविख्यात शैक्षिक संस्थाहरु पनि नभएका भने होईनन् जसले गुणस्तरीय र सर्वोत्कृष्ट शिक्षा प्रदान गर्छन् तर त्यस्ता विश्वकै उत्कृष्ट र विख्यात शैक्षिक संस्थाहरुमा हाम्रो पहुँच कहाँबाट पुग्थ्यो। टायर फोर भिषा नीति आएपछि खुलेका अधिकाँश निजी शैक्षिक संस्थाहरुले भने शिक्षणजस्तो पवित्र कर्मलाई फगत व्यापार नै ठनेका रहेछन् । काममा भेटिएका एकाध गोराहरुपनि सकेसम्म आफ्नो समुदायभन्दा बाहिरका मानिसहरुसंग खासै खुल्न नचाहने रहेछन्।

संसारनै ताररहित विद्युतिय संचार माध्यमहरुद्धारा सूचना, सन्देश र विचारहरु आदानप्रदान गरिरहदा हरेक घरहरुलाई दिईएको एकअर्कासँग मेल नखाने युनिक पोष्ट कोडका आधारमा कुनै प्रकारको ढिलासुस्ती बिनानै घरहरुका ढोकाढोकामा चिठ्ठिपत्रहरु खसाल्ने बेलायती हुलाक सेवाले मलाई पत्र पठाउने मान्छे स्वयमं आईपुगेको महिनौसम्मपनि चिठ्ठिपत्रहरु नआईपुग्ने हाम्रो देशको एकमात्र हुलाक सेवा गोश्वारा हुलाकको नमिठो याद दिलायो। त्यसो त कलम र नोटबुकमात्र भिरेर असामाजिक गतिविधिहरुको टिपोट गर्दै हिंड्ने लन्डन प्रहरी र लन्डनका ट्याक्सी चालकहरुको सहयोगी, सालीन र मित्रवत व्यवहार देख्दा माओवादीको सशस्त्र द्वन्द्वताका गोठालाको लठ्ठीसरी राईफल र समुदायलाईनै भयभीत तुल्याउने सैनिक बन्दोबस्तीका सामानहरु खुल्लमखुल्ला बोकेर हिंड्ने सत्य, सेवा र सुरक्षणमंको मर्म बोकेको नेपाल प्रहरीका सकल दर्जा र मिटरमा अनेक जालझेल गरी यात्रु ठग्न पल्केका र भनेजति भाडा नदिए पाखुरा सुर्कन समेत पछि नहट्ने नेपाली ट्याक्सी चालकहरु मेरो आँखा वरपर घुमिरहे। मध्य लन्डनका विभिन्न ठाउँहरुमा बनाइएका सार्वजनिक शौचालयहरुले लन्डन शहरको सौन्दर्यता कायम राख्ने मात्र नभई वातावरणीय प्रदूषण राक्ने र पिसाब फेर्ने शिघ्रतामा पनि उपयुक्त ठाउँको अभावमा पिसाब नर्फेदा मुत्राशयमा दवाब बढ्न गई कालान्तरमा हुने मुत्राशयको क्यान्सरजस्तो जटिल रोगलाई समेत घटाउन मद्दत गर्नेरहेछ। तर हाम्रामा त मध्य शहरका खुल्ला क्षेत्रलाई नै सार्वजनिक शौचालय बनाएर निशंकोच लघुशङ्का र दीर्घशङ्का गर्नेहरुको जमातलाई हेर्दा कुन्नि के गर्नेलाई भन्दा देख्नेलाई लाज भन्ने उखान चरितार्थ हुन्छ।

लन्डनमा काम लगाईदिने एजेन्सीहरुको प्रवेशद्धारमै लेखिएको समान अवसर क्षेत्र(Equal Opportunity Area) भन्ने भाव र्दशाउने गरि राखिएका वोर्डले मनमा काम पाउने आशा जगाएपनि त्यहाँ कामका लागि फारममा भर्नुपर्ने वैयत्तिक विवरणमा दिईएको विकल्पहरुले मलाई संसारकै सर्वोत्तम मध्यको एक लोकतन्त्र अभ्यास गर्ने देशमा नातावाद र जातिवादको नमिठो गन्धको आभास भयो। उदाहरणका लागि फारमको उद्गम(Origin) शिर्षकमा दिईएका विकल्पहरुमा हामी त उनीहरुका लागि अन्यवर्ग(Others) अन्र्तगत पो पर्ने रहेछौं। जुन गोर्खालीहरु उनीहरुका लागि प्रथम विश्वयुद्धदेखि लिएर आजसम्मपनि इराक र अफ्गानीस्तानमा युद्धका सबैभन्दा अघिल्ला मोर्चाहरु समालेर बसेका छन् तिनीहरुका सन्ततीहरुलाई उपेक्षा गरेको देख्दा एकचोटि त मेरोपनि गोर्खे रगत उम्लियो। त्यसो त वषौं देखि एउटै तहमा काम गरिरहेको एसियाली र काम थालेको छ महिनाभित्रमा सुपरभाइजर हुँदै म्यानेजर हुने गोरालाई हेरेरपनि यो कुरा अनुमान लगाउन गाह्रो भएन। बेलायती सरकारले नियोजित षडयन्त्रद्धारा लाखौं विद्यार्थीहरुको भविष्यमाथि खेलवाड गरी आफ्नो खस्कदो अर्थतन्त्रमा गुणानात्मक सुधार गरेपनि विद्यार्थीहरुको लागि भने यो नीती शैक्षिक र आर्थिक दुवै हिसाबले घटाऊ सावित भयो। अरुका लागि जोड, घटाऊ, गुणान, भाग जे सावित भएतापनि मलाई भने बेलायती शिक्षाले अन्धाहरुको देशमा दर्पणको(ऐना) व्यापार कसरी गरिन्छ भन्ने पाठ पढायो। वर्तमान विश्व शिक्षा प्रणालीले दिने प्रमाणपत्र भन्दा यही दिव्य ज्ञान मेरो खोज र सोधको मुलभूत विषयवस्तु पनि थियो। यदि कुरा देख्ने, बुझ्ने, सिक्ने र त्यसबाट पाठ लिने हो भने बेलायत पुगेपछि त्यहाँको औपचारिक शिक्षाका कक्षा लिईरहन आवश्यक पर्दैन। त्यस देशको भूगोलभित्र देखिने र भोगीने जीवनशैलीको गतिशीलता, व्यवहारिकता र वातावरणबाट नै हामीजस्ता तेस्रो विश्वका अविकसित राष्ट्रका अनागरिकहरुको जीवन धन्य हुने दिव्य ज्ञान पाईन्छ तर यिनै कुराहरु हाम्रो देशको शासन व्यवस्था चालाउनेहरुको घैटोमा भने अझैसम्मपनि घाम लाग्न सकेको छैन। यदि त्यसो होईन भने बेलायत र अमेरिकाका विभिन्न शहरहरु, प्रसिद्ध व्यक्ति र फुटबल क्लबहरुका नाममा काठमाडौंका गल्लीगल्लीमा खोलिएका कलेजहरु र तिनले संचारमाध्यमहरुबाट बजाउने र पत्रपत्रिकामार्फत छपाउने अब नेपालमै बसीवसी बेलायती र अन्तराष्ट्र्रिय विश्वविद्यालयका डिग्री भन्ने व्यहोराका विज्ञापनहरुबाट जो कसैले सहजै अनुमान लगाउन सक्छन् कि उनीहरु अब हाम्रै देशभित्र पसेर शिक्षाको व्यापार गर्दैछन। यसले तत्कालका लागि विद्यार्थीहरुको नेपालमै अन्तराष्र्टि«य स्तरको शिक्षा आर्जन गर्ने ईच्छालाई सम्बोधन गरेजस्तो देखिएतापनि कालान्तरमा संस्कार सहितको नेपाली मौलिक शिक्षाको जगलाई नै हल्लाईदिन्छ। किनभने उनीहरुको आफूले ग्रहण गर्ने शिक्षा र हामीलाई बेच्ने शिक्षामा आकाश र जमीनको फरक हुन्छ। यदि संसारभरका मानिसहरुलाई शिक्षित, दीक्षित र सभ्य बनाउने र संसारबाटै भोक, गरीबी र अशिक्षा हटाउने पश्चिमाहरुको अभिप्राय हो भने अफ्रिकाका गृहयुद्धग्रस्त क्षेत्रहरु जहाँ पाउरोटी, सिटामोल र एबिसीडी पुग्न सकेको छैन त्यहाँ कोकाकोला र एम–१६(अमेरिकी राईफल) कसरी पुग्यो। त्यसो त विदेशमै पढेर डिग्री हाँसिल गरि आफ्नै देशमा केही गर्ने पवित्र लक्ष्य बोकि स्वदेश फर्केका युवा जनशक्तिहरुपनि उचित अवसर र सरकारको आफूहरु लक्षित क्रार्यक्रमको अभावमा कुहिरोका काग भएका प्रशस्त उदाहरणहरु हाम्रा सामु छन्।

मध्य लन्डनको जमीन मुनीमुनी मध्यरातमा अबेरसम्म र बिहान सबेरै देखि कुद्ने भूमिगत विद्युतीय रेल सेवा(ट्युब), चौबिसै घण्टा सहज र सजिलो यात्रा गराउन तल्लीन दुईतले रातो बस, फराकिला सडक, फ्लाई ओभर, सब वे, ट्राफिक संकेत, पार्किङ्ग स्थल, मध्यरातमापनि मध्ये दिनको उज्यालो अनुभव गराउने सडक बत्ति, व्यापारिक, औद्योगीक र आवासीय क्षेत्रको समुचित दुरी, बाहिर हेर्दा छाप्रोजस्तो देखिएपनि भित्र भौतिक सुखसुविधाहरुले सम्पन्न हार मिलेका र आफ्नो पुरानो मौलिक स्वरुप जोगाउन सफल घरहरु, प्रचीन सम्पदाहरु, पार्कहरु, रंगविरंगका फूल फुलाईएका बगैंचाहरु, अपाङ्गमैत्री संरचनाहरु, बिश्राम स्थलहरु, बिश्राम गृहहरु, संसारभरिका परीकारहरु पाईने भोजनगृहहरु, सपिङ्ग मलहरु, डिपार्टमेन्टल स्टोरहरु, सरसफाई, द्रुत गतिको ताररहित इन्टरनेट सेवा, शिक्षा, स्वास्थ, मनोरञ्जन, संञ्चार, विज्ञान, प्रविधि, संसारभरिका बहुसांस्कृतिक र बहुभाषिक मानिसहरुको जमघट, कामप्रतिको सम्मान र व्यवसायिकता, बैंकिङ्ग, हुलाक र यातायत सेवा, वस्तु बिक्रीउत्तर सेवा, सामाजिक, आर्थिक, धार्मिक, सांस्कृतिक, राजनैतीक सुरक्षा, मानवअधिकारको उच्चत्तम अभ्यास, कानुनी राज्य, विधिको शासन, अनुशासित जनता, जिम्मेवार नेतृत्ववर्ग, शान्ति, स्थायित्व, सुशासन, जवाफदेहिता, परदर्शीता र समतामूलक दीगो विकास हेर्दा बेलायत आधुनिक विश्वको एक शक्ति र वैभवशाली सम्पन्न राष्ट्रको रुपमा चिनिएता पनि मलाई भने यो देश अप्राकृतिकताको सन्तुलित व्यवस्थापनभन्दा बढी केही लागेन।

जेहोस, बेलायत संवैधानिक राजतन्त्रात्मक शासन व्यवस्था अबलम्वन गरेको र वर्तमान विश्वमा सर्वोत्तम मानिएको मध्यको एक फराकिलो लोकतन्त्र अभ्यास गर्ने र हामीजस्ता तेस्रो विश्वका शिक्षित मूर्खमनुवाहरुको सपनाका देश हो। त्यो देश संसारको एक वैभवशाली, शक्तिशाली, पूर्ण विकसित र सम्पन्न राष्ट्र यसकारण छ कि त्यहाँको राज्यसत्ता र शासन व्यवस्थालाई श्रीपेच, गद्दी वा पदको मर्म, भावना र महत्व र तिनसँगै आउने उत्तरदायित्व र जिम्मेवारीको राम्रो वोध छ। तर हाम्रो देशका नेतृत्व वर्ग र शासन व्यवस्थालाई त्यसको ठिक विपरीत पद र सत्ताको मात्र लालच छ। त्यही श्रीपेचको पेच ढिला हुँदा शासन व्यवस्था नै उल्टिएको तातो र तितो ईतिहास हाम्रो मस्तिष्कमा ताजै छ र वर्तमान नेतृत्वपनि त्यसकै हाराहारीमा पुगेको यर्थाथ हाम्रा सामु छदैनैछ। अनि कसरी जोगाउन सकिन्छ त यो देशलाई वैदेशिक हस्तक्षेप र लगभग एक असफल राष्ट्रको सुचीमा सुचीकृत हुनबाट। त्यसैले त हामीजस्ता युवा पुस्ताले बाध्यतावश भन्नुपर्छ– जय होस् यो नवीन शैलीको बेलायती साम्राज्यवादको

सनी लियोनको पोर्न फिल्म इन्टरनेटमा छ्यापछ्याप्ती


एजेन्सी। पोर्न स्टारको रुपमा विगवोसमा प्रवेश पाएकी भारतीय मुलकी सनी लियोनले अर्का प्रतिष्पर्धीलाई गलत नियतले हातमा चुम्वन गरेको आरोप लगाएकै वेला उनको भने पोर्न फिल्म छ्याप्छ्याप्ती इन्टरनेटमा पाइन थालको छ।  भारतीय चलचित्र निर्देशक महेश भट्टले लियोनलाई लिएर जिस्म दुई वनाउने बताइरहँदा उनको शरीरको भने पहिले फिल्म वनाइएको देखिएको छ। जुन फिल्मलाई पोर्न भन्ने गरिन्छ। लेस्वियन फिल्म खेल्ने भनिएपनि इन्टरनेटमा भेटिने फिल्ममा उनले  वयस्क पुरुषहरुसँग यौन सम्वन्ध राखेको देखिन्छ।
समाचारहरुमा वताइए अनुसार उनका पूर्व प्रेमी म्याट इरिक्सनसँग यौन सम्वन्ध राखेर तयार गरिएको पहिलो पोर्न फिल्म अहिले इन्टरनेटमा भेटिएको हो। उनले आफ्ना पूर्व प्रेमीसँग मिलेर सो पोर्न फिल्म सन् २००७ मा बनाएकी थिइन। म्याटसँग भेट्नु अघि उनले लेस्वियन पोर्न फिल्ममा काम गर्ने गरेकी थिइन। म्याटसँग विवाहको कुरा छिनेपछि भने उनले उनैसँग पोर्न फिल्म वनाउन थालेकी थिइन। तर उनीहरुको सम्वन्ध एक वर्ष पनि नवित्दै सन् २००८ मा टुटेको थियो। उनीहरुको त्यो पहिलो पोर्न फिल्म अत्यधिक सफल भएको वताइएको छ।
विगवोसको घरमा रहेर सनिले चर्चा पाउँदै जाँदा सोहि फिल्म अहिले फेरि इन्टरनेटमा व्यापक हेरिन थालेको छ। उनका पूर्व प्रेमी म्याटले सनीका पछिल्ला पोर्न फिल्म पनि इन्टरनेटमा राख्न थालेका छन्। यसबाट म्याटले भने व्यापक पैसा कमाउन थालेका छन्। उनले ति फिल्मलाई पैसा दिएर मात्र हेर्न पाउने गरि इन्टरनेटमा राखेका छन्। उनले मौकाको चौका हानेको टिप्पणी पनि भएको छ।
म्याटसँग सम्वन्ध टुटेपछि सनिले पोर्न फिल्म उत्पादन गर्ने आफ्नै कम्पनी खोलेर व्यवसायीक रुपमा अन्य पोर्न स्टासँग काम थालेकी थिइन। स्मार्ट फोनको आधिकारीक एप्लिकेशन मार्फत हेर्न सकिने पोर्न फिल्म सनीको नै पहिलो हो।

nepali actor and actress into politice

नेपाली सिनेमाका थुप्रै चर्चित कलाकारहरु कुनै न कुनै राजनीतिक पार्टिसँग आबद्ध छन् । चलचित्र क्षेत्रमा कलाकारहरु सुरक्षित महसुस गर्न छाडेपछि धमाधम पार्टी प्रवेश गर्ने अहिले फेसन जस्तै बनेको छ । पछिल्लो समयमा नेपालकी नं १ नायीका मानिने रेखा थापा एमाओवादीमा प्रवेश गरेपछी कलाकार राजनीतिमा प्रवेश गर्न हुने वा गर्न नहुनेमा व्यापक बहस र चर्चा सुरू भएको छ । कतिपयले चर्चित कलाकारको राजनैतिक पार्टी प्रवेशलाई गलत ठहर्याउँछन् भने कतिपय कलाकार पनि चेतनशील प्राणी भएकाले राजनीतिमा जानु अन्यथा नभएको बताउँछन् । तर, कलाकारको प्रवेशबारे बहस भने जारी छ । कलाकारहरूको राजनीतिमा प्रवेश नयाँ भने नितान्त होइन् । यसअघि नेपालमै र हलिउड र बलिउडमा पनि चर्चित कलकारहरू राजनितिमा प्रवेश गरिसकेका छन् । थोरै सफल भएका छन् भने धेरै पुनः कलाकारितामै प्रवेश गरेका छन्यसअघि नै एमाओवादीमा विभाजन आउनु भन्दै अगाडीनै १०० जनाको हाराहारीमा एमाओवादीले कलाकारलाई पार्टी प्रवेश गराएको थियो। निर्माता/निर्देशक युवराज लामासहित निर्देशक केपी पाठक, मौसमी मल्ल, राजेन्द्र खड्गी, शिव रेग्मी, दिपक श्रेष्ठ, सुभाष गजुरेल, अन्जु पन्त, सृजना बस्नेत, सुरज सुब्बा, कल्याण घिमिरे, मौनता श्रेष्ठ, छवि ओझा, उदय सुब्बा, बसन्तकुमार श्रेष्ठ, हिमाल केसी, दीप तुलाधर, जयनन्द लामा, भुवन श्रेष्ठ, नीर शाह, सुनीलदत्त पाण्डे, रोशन श्रेष्ठ, योगेश घिमिरे, गोपाय कायस्थ, सुरज चन्द, सुन्दर श्रेष्ठ, कल्याण घिमिरे, सुलेमान शङकर, शम्भु सापकोटा जस्ता कलाकारहरु एमाओवादीले उहिल्यै पार्टिमा प्रवेश गरिसकेका छन् । यी सबै कलाकारलाई प्रचण्डले रातो टीका र अवीर माला लगाएरै स्वागत गरेका थिए । यी नाम बाहेका अन्य कलाकार पनि छिटफूट एमाओवादीमा छिरेका छन् । जेबी टुहुरे देखी शम्भु राईपनि एमाओवादीमै छन् । त्यसैगरि केही कलाकारहरू देखिने गरि कांग्रेस र एमाले पार्टीमा पनि

Thursday, June 6, 2013

प्रहरीपत्नीले भाँडा माझ्ने जागिर खोज्नुपर्ने देशमा किन भ्रष्टाचार नहोस्

पोष्ट - मेरोजिल्लाडटकम समाचारदाता ,

अरुण बराल
पुरानो बानेश्वरमा एकजना बंगाली दिदीको होटल छ । तीन दिनअघि ती दिदीले एउटी प्रहरीपत्नीको दर्द सुनाउँदै भनिन्, 'श्रीमान्ले मासिक १० हजार कमाउँछन् रे, दुई हजार बुटपालिस र चिया-सियामा खर्च गरेर ८ हजार श्रीमतीलाई इमानदारीपूर्वक दिँदा रहेछन् । ३ हजार कोठा भाडा, १ हजार बच्चाको फी, बाँकी चार हजारले एक महिनामा के खानु, लुगाफाटो केले किन्नु, फ्याट्ट बिरामी भइयो भने केले उपचार गर्नु ? छोराछोरीलाई राम्रो स्कुलमा कसरी पढाउनु ?' दिदीले थपिन्, '२२/२३ वर्षकी विचरीलाई थाइराइड भएको रहेछ, उपचार गराउँ भने भात केले खानु ? कतै भाँडा माझ्ने वा लुगा धुने काम पाए गर्छु भन्दै थिइन् ।'
सरकारको फुली लगाएको नेपाल प्रहरीको परिवारमा यस्तो विडम्बना छ भने सरकारी जागिर नभएका वा अन्य बेरोजगार विपन्न परिवारको अवस्था नेपालमा कस्तो होला ? प्रहरीपत्नीले अर्काको घरमा भाँडा माझ्ने जागिर खोज्नुपर्ने देशमा किन भ्रष्टाचार नहोस् ।
प्रहरीको मात्रै होइन, सहरमा बसेर जागिर खाइरहेका तल्लो तहका कर्मचारी र सेनाका जवानहरूको पनि अवस्था यस्तै छ । कालोकोट ढल्काएर हिँड्ने विद्वान् अधिवक्ताहरूको मनोवैज्ञानिक दशा पनि यही हो । निजी बोर्डिङहरूमा भविष्यका कर्णधारहरूको जिम्मा लिने शिक्षक/शिक्षिकाको वर्तमान पनि यस्तै असन्तुलित छ । अझ निजी स्कुलका शिक्षक/शिक्षिकाको तलब प्रहरीको जति पनि हुँदैन । प्रत्येक वर्ष उनीहरूलाई जागिरबाट हटाइन्छ, पेसागत सुरक्षा पनि छैन । सानोतिनो व्यवसाय गरेर जीविकोपार्जन गर्नेहरूको जीवन पनि काठमाडौं वा अन्य सहरमा यस्तै छ । बोर्डिङ स्कुलका मालिकहरूलाई र घरमालिकहरूलाई पैसा तिर्दैमा उनीहरूको जुनी बितिरहेको छ । मजदुरको हालत झन् उस्तै छ । अरूको के कुरा गर्नु, दुनियाँको कुरा गरी हिँड्ने पत्रकारहरूको हालत झन् खराब छ । उद्योगपतिहरूले चलाएको टेलिभिजनका पत्रकारले तलब पाउन्नन् । क्रान्तिकारी भनिएका मालिकहरूले पनि पत्रकारलाई भनेको समयमा तलब खुवाउँदैनन् । पूर्वराजाका ज्वाइँले चलाएको रेडियोमा तलब नपाएर सोमबार मात्रै पत्रकारले व्यवस्थापकलाई कोठामा थुनेको खबर आएको छ ।
यो निष्ठुरी सहरमा राजनीतिकर्मीको हालत पनि यस्तै पातलो छ । हिजो सरकारमा रहने र मन्त्रीका वरिपरि घुम्ने कार्यकर्ता आज कर्मचारीको सरकार आएपछि बिल्लीबाठ छन् । संविधानसभा र सिंहदरबारवरिपरि बसेर कफी र चुरोट पिउँदै राज्य पुनःसंरचनाको गफ चुट्ने सभासद्हरू यतिबेला सहरमा देखिँदैनन् । सायद उनीहरू मुस्किलले भाडा तिरिएको डेराभित्रै कालो चिया खाएर दिन गुजारिरहेका होलान् । कमाइ केही छैन, सत्तामा नभएपछि भत्ता टुटिहाल्यो । काम गरौँ, केही छैन, केले खाने, केले भाडा तिर्ने ? प्रहरी पत्नीको त मासिक १० हजार आउँछ, नेताकी स्वास्नीले केले कोठाभाडा तिर्ने, केले छोराछोरी पढाउने ? केले खाने ? कि माग्नुपर्‍यो, कि ठग्नुपर्‍यो । नेता-कार्यकर्ताको परिवारमा झन् कन्तबिजोग छ, सहरमा । पहिल्यै व्यवस्थापन भइसकेका कांग्रेस र एमालेका नेता-कार्यकर्ताभन्दा नयाँ जोगीका रूपमा सहर पसेका माओवादी नेता-कार्यकर्ताको चुलोमा बढ्ता समस्या छ । माथिल्लो वर्गमा पनि समस्या छैन र तल्लो वर्गको सर्वहाराले पनि जीविको वा कुनै मजदुरी गरेर खाएको छ । तर, मध्यमवर्गका लम्पट सर्वहाराहरूको भने कन्तबिजोग छ ।
मध्यम वर्ग :  न भाले, न पोथी
चाहे सरकारी कर्मचारी होस् वा राजनीतिज्ञ वा पत्रकार नै किन नहोस्, मध्यम वर्गका मानिसको मनोविज्ञान बडो अस्थिर र अचम्मको हुन्छ । उसले आफूभन्दा धनीलाई हेर्छ र उसको भौतिक सुख देखेर सधैँ र्‍याल चुहाइरहन्छ । अनि आˆनो दुःख र अभाव सम्झन्छ र असन्तुष्ट हुन्छ । अस्थिरता मध्यम वर्गको विशेषता नै हो । उसभित्र एक न एकदिन धनी हुने कल्पना सधैँ हुन्छ तर ऊ कहिल्यै धनी हुँदैन । अभावै अभावमा बूढो हुन्छ । तैपनि, उसलाई आफूले बाँचेको वर्तमानप्रति सन्तोष हुँदैन । तर, तल्लो वर्गको गरिबलाई यस्तो छटपटाहट हुँदैन । उसले आफ्नो वर्तमानमै सन्तोष गर्छ । बाटोमा मकै पोलेर बेच्ने महिलालाई प्रहरीकी पत्नीमा जस्तो असन्तोष, पीडा र छटपटी छैन । दिनभरि कमायो, जीवन गुजारा गर्‍यो । अस्थिर वर्ग भनेको मध्यम वर्ग नै हो । कतिपयलाई चिनियाँ नेता माओ त्सेतुङ पटक्कै मन पर्दैन । तर, माओवादीले चिनियाँ समाजको वर्ग विश्लेषण भन्ने आफ्नो निबन्धमा मध्यमवर्गको ढुलमुले चरित्रबारे राम्ररी विश्लेषण गरेका छन् ।
पुरानो बानेश्वर बस्ने प्रहरीकी श्रीमती र स्वयं ती प्रहरी पनि अत्यन्तै अस्थिर मनोविज्ञानमा छन् । आफ्नो जीवनमा सन्तोष पनि छैन, अर्को उपाय पनि छैन । सानो तहको कर्मचारी, सैनिक जवान, मझौला व्यापारी कसैको पनि जीवनमा सन्तोष छैन । यही असन्तोषले उनीहरूलाई अस्थिर बनाइरहेको छ । एउटा सटर भाडामा लिएर पसल थापेको २० वर्ष पुगिसक्यो, खान मात्रै पनि धौधौ छ । ऊ कहिले विदेश जाऊँ कि भनेर सोच्छ, डिभी भर्छ, पत्रिकामा विज्ञापनहरू हेर्छ, अनेक गर्छ तर बसाइचाहिँ एउटै सटरभित्रै छ । दलका कार्यकर्ताको बिजनेस पनि यस्तै छ । एउटै पार्टीमा बसेको ३० वर्ष भइसकेको छ । तैपनि, कुनै प्रगति छैन, त्यसपछि उनीहरू यसो गर्दा पो हुन्छ कि उसो गर्दा पो हुन्छ कि भन्दै अरूको दोकान चाहारिरहेका छन् । एउटा पार्टी छाडेर अर्को बलियो जस्तो पार्टी देख्नासाथ त्यताको टीको लगाउने चरित्र पनि यही मध्यमवर्गीय प्रभाव नै हो ।
कतिपय मान्छे एमालेलाई 'न भाले न पोथी' भन्छन् । तर, योभन्दा पनि एमालेले प्रतिनिधित्व गरेको मध्यमवर्गचाहिँ लिंगविहीन र असन्तुष्ट वर्ग हो । मध्यमवर्ग अवसरवादी हुन्छ । कमजोर इच्छाशक्तिको मध्यमवर्ग छ भने उसले कुण्ठा पालेरै जुनी बिताउँछ वा निराशावादी साहित्य लेखर जुनी काट्छ, प्रवल इच्छाशक्ति बोकेको मध्यमवर्ग छ भने उसले चाँडै धनी हुने सपनामा पर्शुराम बस्नेत वा गणेश लामाको बाटो रोज्छ ।
मध्यमवर्ग सरकारी पहुँचमा पुग्यो भने यो वर्गले सबैभन्दा बढी भ्रष्टाचार गर्छ । सरकारी हाकिमहरूले पैसा कमाएको, छोराछोरीलाई विदेशमा पढाएको, बिहेमा ठुल्ठूलो भोज खुवाएको र श्रीमतीलाई सुनका दाम्लाले बाँधेको देखेपछि त्यसैलाई जीवनको आदर्श सम्झन्छ र भ्रष्टाचारको बाटोबाट त्यही जीवनशैली रोज्दछ । त्यसपछि इमानदारी र सादापन होइन, भ्रष्टाचार र फजुल खर्च नै समाजको आदर्श बन्न पुग्छ । नेपालको राजनीतिले अहिले निकास पाउन नसक्नु र पथभ्रष्ट हुनुमा यही चरित्रले काम गरेको छ ।
गर्ने के त ?
अन्त्यमा, उही प्रहरी परिवारतर्फ}{फर्कौं । श्रीमतीको उपचार गर्न नसक्ने प्रहरीले अब के गर्लान् ? उनीसँग धेरैवटा विकल्प छन् । हाकिमहरूको जस्तै भ्रष्टाचार वा घुसखोरीतिर लाग्ने । राति-राति लुटपाटमा संलग्न हुने, एकदिन शान्ति सेनामा जान पाइएला कि भनेर मृगतृष्णामा रमाउने र यसका लागि हाकिमको चाकरी गर्ने, जागिरै छाडेर अरबतिर जाने या यस्तै दुःखमा जीवन गुजार्ने र पीडा मत्थर गर्न रक्सी खाने अनि श्रीमती पिट्न थाल्ने । या भारतीय जोगी राधे-राधे आदिका कुरा सुन्न ध्यानशिविरतिर जाने । या प्रहरीको जागिर छाडेर सडकमा चटपटे बेच्ने । कमसेकम मासिक ३० हजार त आउँछ । तर, मध्यमवर्गको प्रहरीले बरु जीवनभर मासिक १० हजारको जागिर खान्छ तर पैसा आउने भए पनि शारीरिक काम गर्न भने लजाउँछ । काम नगर्ने मान्छे ठूलो हो भने सामन्तवादी मनोविज्ञानका कारण मध्यमवर्गको दिमाग 'न भाले, न पोथी'को जस्तै हुन्छ ।
आखिर भ्रष्टाचारीलाई हाईहाई र इमानदारलाई बाईबाई गरिने देशमा म इमानदार भएर देशको सेवा गर्छु भन्ने साना तहका कर्मचारी कति नै पो होलान् ? सिंगै देशको मानसिकता नै भ्रष्ट भइसकेका बेला यी प्रहरीपत्नीले भाँडा माझेर छोराछोरी पढाइन् तर श्रीमान्लाई धनी हुने लोभमा भ्रष्टाचारी वा लुटेरा बन्न दिइनन् भने थाइराइड भएकी यी प्रहरी पत्नीलाई सच्चा नेपालकी छोरी किन नमान्ने ? त्यसैले धनीमान्छे हुनुभन्दा असल मान्छे हुनु जाति हो भन्ने संस्कारको विकास पो गर्ने हो कि ? अन्यथा नेपालको राजनीति र समाज यसैगरी 'न भाले न पोथी'को मध्यमवर्गीय मनोवैज्ञानिक सिकञ्जाबाट बाहिर निस्कन सक्ने छैन

टाटुवालाले जागिर पाएनन् तस्बिर सहित


tatu-boy३३ वर्षका म्याथ्यू हि्वलानले आफ्नो नाम वैधानिक रुपमा परिवर्तन गरी किंग बडी आर्ट राख्न त सफल भए तर अझै जागिर पाउन भने सकिरहेका छैनन् ।
बेलायतमा सबैभन्दा बढि टाटु खोपेको मानिसको कीर्तिमान उनको नाउँमा छ । तर, सो कीर्तिमानले उनका लागि जागिर भेट्टाउन सहयोग गरेको छैन । उल्टै जिउभरीको टाटुका कारण उनका लागि कोहीपनि रोजगारदाता जागिर दिन तयार भएनन् ।
सरीरको ८० प्रतिशत भागमा विभिन्न खाले टाटु खोपेका उनले टाटु बनाउनकै लागि ३ सय घण्टा त कुर्सीमै ठमठमी बसेका छन् । उनले २० हजार पाउण्ड टाटु बनाउनकै लागि खर्चिएका छन् । अरु ठाउँ त सामान्य भो उनले त आँखाको गेडीमै टाटु बनाएका छन् । यसबाट उनी कति हिम्मती छन् भने थाहा हुन्छ ।
तर, अनौठो कुरा उनले अहिलेसम्म जागिर भेटाउन सकेका छैनन् । उनको जिउ देख्दैमा कोहीपनि जागिर दिन तयार नहुने गरेको समाचार छ । लिबरल डेभोक्रेटिक पार्टीका कार्यकता समेत रहेका उनी टाटु अभियानका अभियन्ता पनि हुन् ।
कर्मचारी वा श्रमिकले चाहेको टाटु सरीरमा खोप्न पाउनुपर्ने अभियान उनले संचालन गरिरहेका छन् । उनले आफ्नो टाटुमय सरीरप्रति गर्व गर्छन् र आफुलाई जागिर दिन कोहीपनि तयार नभएकोमा अचम्म पनि मान्छन् ।
tatu-boy-1tatu-boy-2

Saturday, June 1, 2013

तिमी छौ, भन्ने भान; कहिले हुन्छ सरकार ?

पोष्ट गर्ने - दिपिका भुषाल ,

तिमी छौ, भन्ने भान; कहिले हुन्छ सरकार ?
खाडी उड्ने रित्तो उडान; कहिले हुन्छ सरकार ?

राहदानी फाल्दिदैमा; शासक बनिन्छ र !
नागरिकको सच्चा प्रमाण; कहिले हुन्छ सरकार ?

गोर्खे र बहादुर भै; कति झुक्नु सँधै
हाम्रो देशमा श्रम गुणगान; कहिले हुन्छ सरकार ?

चाटु,चम्चे राडीमा छन्; युवा खाडीमा छन्
नातावादको समाधान; कहिले हुन्छ सरकार ?

रगतका प्यासीहरु; फेरी यूद्ध भन्छन
बन्दुक भन्दा कलम महान; कहिले हुन्छ सरकार ?

के गर्नु त्यो संबिधानले; धानै नफले'सी !
हिउद बर्षा मल प्रदान; कहिले हुन्छ सरकार ?

सुनको भाउ जहाँ पूगोस; नुनको खबर के छ?
कर्णालीको स्तर उठान; कहिले हुन्छ सरकार ?

हाम्रा पनि आमा-बाबु,जहान-बच्चा छन् नि!
एउटै चुल्हो,एउटै सिरान; कहिले हुन्छ सरकार?

जे.सागर
पेप्सीकोला,काठमाडौँ
हाल:आबुधाबी(यु.ए.इ.)

आमाको फोटो हेर्दै रोइन्, श्रुतिकी छोरी गीवार्णी

काठमाडौं,  । नारायणहिटी दरबारभित्र नरसंहार हुँदा उनी मात्र तीन वर्षकी थिइन् । सायद आफ्नी आमाको धमिलो छवि मात्र उनको मानसपटलमा छ ।
१४ वर्षीया गीर्वाणी शाह आमाको त्यही धमिलो छवि मन मस्तिष्कमा लिएर गत शनिबार नेपाल आर्ट काउन्सिल पुगिन् । काउन्सिलमा आयोजित पूर्वराजपरिवारको तस्बिर प्रदर्शनी हेर्न बाबु गोरखशमशेरसित गएकी उनले सबै तस्बिरहरू हेर्न भने सकिनन् । आमाको तस्बिर हेर्दाहेर्दै भक्कानिएर रोएकी समाचार आजको सौर्य दैनिकले छापेको छ ।
तत्कालीन शाही चिकित्सक डा. खगेन्द्रबहादुर श्रेष्ठले ‘स्वर्गीय श्री ५ वीरेन्द्रको सम्झना मेरा तस्बिरहरूमा’ शीर्षकमा आफूले खिचेका राजपरिवारका तस्बिर प्रदर्शनीमा राखेका थिए । गत पुस १२ गतेदेखि आयोजित प्रदर्शनी हेर्न गीर्वाणी आफ्ना बाबुका साथ पुस १३ गते पुगेकी थिइन् ।
आफ्ना मावली परिवारका फोटो हेर्दै जाँदा भावुक हुन पुगेकी गीर्वाणी आमा श्रुतिको फोटो देख्नेबित्तिकै भक्कानिएर रोएको प्रदर्शनीकी संयोजक राज्यलक्ष्मी शाक्यले बताइन् । गीर्वाणी रोइरहँदा उनका बाबु गोरखशमशेरले पनि आँसु थाम्न सकेका थिएनन् । ‘त्यतिबेला प्रदर्शनी हेर्न आएका अन्य दर्शक पनि भावुक बने,’ शाक्यले भनिन् ।
श्रुतिका श्रीमान् गोरख र छोरी गीर्वाणी ४५ मिनेटजति प्रदर्शनीमा बसेका थिए । फोटोहरू हेर्दाहेर्दै भक्कानिएकाले उनीहरूले सबै फोटो हेर्न सकेनन् । उनीहरूले ती फोटो हेरिसकेर हरेक वर्ष प्रदर्शनीलाई प्राथमिकता दिन आग्रह गरेको कार्यक्रम संयोजक शाक्यले बताइन् । फोटो प्रदर्शनीमा पूर्वराजपरिवारका अन्य केही सदस्य प्नि आएका थिए ।
डा. खगेन्द्र स्पोर्ट फाउन्डेसनले आयोजना गरेको प्रदर्शनीमा पूर्वराजा वीरेन्द्रको बाल्यकाल हुँदै विवाह, व्रतबन्ध तथा देशविदेशमा गरेका भ्रमणदेखि देहावसानका समेत दुई सयभन्दा बढी फोटोहरू राखिएका थिए । पाँच दिनसम्म चलेको प्रदर्शनी सोमबार समापन भएको थियो । २०२२ सालदेखि संकलन गरेका फोटोहरू प्रदर्शनीमा राखेको र जसमध्ये १३ फोटो अरूबाट लिइएको श्रेष्ठले बताए । आयोजकका अनुसार करिब ५० हजार दर्शकले प्रदर्शनी अवलोकन गरेका थिए ।
यो मन मेरो कैले बुझ्ने हो
आफ्नी आमाको तस्बिर हेरेर गीर्वाणीले आँसु खसालेको फोटो सामाजिक सञ्जाल फेसबुकमा अत्यधिक चर्चित बनेको छ । अनीललाल श्रेष्ठले सबैभन्दा पहिले पोस्ट गरेको यो तस्बिरलाई सयौँले सेयर गरेका छन् । तस्बिरमा राखिएको केही घतलाग्दा प्रतिक्रियाहरू यहाँ प्रस्तुत छन् :
स्वर्गीय राजा वीरेन्द्रसम्बन्धी एउटा फोटो प्रदर्शनी अवलोकन गर्दै रोइरहेकी श्रुतिपुत्री गीर्वाणीको फोटो आज देखेँ । मन उत्पात अमिलो भो । उनको अनुहारमा मैले वीरेन्द्र र श्रुतिको आभा देखेँ । तिम्रो जय होस्, नानी !!!!
शब्दचित्र डट कम
आशा गरौँ, तिमीले एक दिन ठोस सत्य थाहा पाउनेछौ र हामीले पनि । तिमी साहसी केटी हौँ, जो ठूलो वियोग बोकेर बाँचिरहेकी छौँ । भगवान्ले तिमीलाई सधैँ आशीर्वाद दिऊन् ।
सोना केसी
तिम्रो सधैँ भलो होस्, नानी !!!!
अधिकारी अर्जुन
मेरी भान्जी, तिमीलाई पशुपतिनाथले आशीर्वाद दिऊन् ।
किरण केसी
बिचरा ! यी नानीको दु:खको आँसुले दुस्मनको सधैँ मुटु पोलोस् ।
सीता दाहाल
उनी कति सुन्दर र निर्दोष छिन् ! हाम्रा प्यारा राजासित धरै नै अनुहार मिल्छ । प्यारा राजा श्रद्धाञ्जली !
म ध्रुब
नानी ! तिमी अब ठूलो भएर तिम्रो मावली र ममीलगायत त्यो हत्याकाण्डका हत्याराहरूलाई कडाभन्दा कडा सजाय दिलाउनेछौ । हामी जनता तिम्रो साथमा छौँ ।
श्याम श्रेष्ठ
यो आँसुले हत्यारालाई अवश्य पोल्नेछ
रवीन्द्र नायजू
विधाताको लेखा कहिल्यै पनि टारेर टर्दैन । जे लेखेको छ त्यो अवश्य भोग्नुपर्छ । संघर्ष नै वास्तविक जीवन हो ।
उमेश अर्याल
के सोचिरहेकी हौली ? नानी तिमी, तिम्रो पूरै वंशको फोटो हेर्दा । के भन्दै होला तिम्रो त्यो कोमल मन, त्यो पूरै इतिहास हेर्दा । कुन बैरीले चुड्यो त्यो तिम्रो संसार । कुन तालले सार्‍यो तिम्रो पाइला । यो आँसुले सराप्नेछ, त्यो इतिहासलाई जसले रच्यो यो घटना ।
फार वेस्टर्न देवकी विष्ट
यो फोटो देखेर आज म रुन मात्र सकिनँ
महेश खत्री
…………..
आसुँ मेरो कल्ले देख्ने यो मन मेरो कहिले बुझ्ने हो ।
मेरो भाग्य लुटी गयो आसुँभित्र म कति रुझ्ने हो …।
आमा, मामा सबै मारे, मामाघर त मेरो मसान जो
घर त मेरो बैगुनी हो, दिदीबैनी भारत ब–सान भो …।।
वीरेन्द्रको रगत बोकी दिदीबैनी हामी रोई बाँच्या’छौँ ।
श्रुति मेरी आमा मरिन्, सपनीमा उनलाई साँच्या’छौ…।।
मेरो जन्म भयो दरबारमा यसमा कसको दोष थियो रे ।
दैव पनि निष्ठुरी भै किन भाग्य हाम्रो लुटिलियो रे …।।
बाजेबज्यै आमामामा मार्ने यहाँ कोको होला रे ।
टुहुरी म रोई बस्छु, दुई आँखा भए खहरे खोला रे …।।
जय देश जय भाग्य !