चिम्पान्जीले
खिचेको एक तस्वीर झण्डै ७० लाख रुपैयाँमा बिक्रि भएको छ । रुसको मिक्की
नामको एक निकै चलाख चिम्पान्जीले खिचेको तस्वीर ५० हजार पाउण्ड अर्थात्
झण्डै ७० लाख रुपैयाँमा लिलाम बढाबढबाट बिक्रि भएको हो ।
मिक्कीले खिचेको मस्कोको रेड स्क्वाएरको
तस्वीर बेलायतको लण्डनमा हालै लिलामीमा राखिएको थियो । मस्को सर्कसमा काम
गर्ने मिक्कीलाई रुसी कलाकार विटाली कोमार र एलेक्जेन्डर मेलामिडले १९९० को
दशकदेखि फोटोग्राफीको तालिम दिएका थिए ।
लण्डनमा भएको तस्वीरको लिलामीमा
मिक्कीले खिचेको तस्वीर मात्र होइन मिक्कीलाई फोटोग्राफी सिकाउने दुइजना
प्रशिक्षकले खिचेको मिक्कीको तस्वीर पनि समावेश थियो । मिक्कीले खिचेको
तस्वीर रुसी कला संकलक किरा फ्लान्जेचले किनेका हुन् । दुर्भाग्यको कुरा के
भने आफुले खिचेको तस्वीर मोटो रकममा बिक्री भएको खुसीयाली मनाउन मिक्कीले
पाएन । किनकी मिक्की सन् २००७ मै परलोक भैसकेको छ ।
Source:Onlinekhabar
No comments:
Post a Comment