मलाई
थाहा छैन यो औधी खुशीको कुरा हो कि ठिकै कुरा हो या निराशाको कुरा हो। तर
जे भए पनि यो मेरो जीवनको एउटा नौलो अनुभवको कुरा चै हो। म नेपाली समाजको
समाजको प्रेसिडेन्ट हुन पुगे। मैले जीवनको कुनै पनि मोडमा यस्तो कल्पना पनि
गरेको थिईन कि म कुनै संस्थामा अगाडि बसेर काम गरौला। मनिसहरुको जमातमा
रमेर ठट्टा गरेपनि म प्राय एकान्तमै रमाउने गर्छु। हुन त सबै मनिसको सबै
सँग कुरा मिल्छ भन्ने त छैन। एउटै खाटमा सँगै रात बिताउने श्रीमान र
श्रीमतीको त सधैं कुरा मिल्दैन भने अरुको मिल्न पर्छनै भन्ने पनि त केही
छैन नि। तर समाज त समाज नै हो नि, सबैको सबै कुरामा कहाँ सहमती हुन्छ र।
सबै बिमति भित्र पनि सहमती को प्रयास त हो शायद नेत्रित्वले गर्ने।
लेख्न खोज्दै थिए एउटा कुरा, अन्तै तिर पो पुग्न थालेछु। आज पुरानो कमिटीले नयाँलाई हस्तान्तरण गर्ने दिन थियो। सबै साथीहरु उत्साहित थिए। तर उत्साह र उमङगकै बिचबाट एउटा नरमाइलो पनि महसुश भयो। साधारण कुरालाई लिएर भएको एउटा विवादले चर्कै रुप लिन पुग्यो। मान्छे ब्यक्तीगत कुरामा पनि पुगेर गाली गर्न तिर लागे। म सोच्न थाले यस्तै हो भने त काम गर्न त गर्हो पो होला कि। नेपाली समाज जहाँ सुकै पुगे पनि नेपालको सन्स्कार चै भुल्दो रहेनछ। चाहे त्यो राम्रो होस् या नराम्रो।
आखिर जे जस्तो विवाद आए पनि अन्तमा त टुङगो लाग्यो। म पनि पहिलो चोटि प्रेसिडेन्ट भए। भलै त्यो रामबरण यादवको जस्तो जोड घटाऊ र गणितको खेल थिएन र त्यस्तो उत्साह पनि थिएन। म आफ्नै बारेमा भन्दा म कुनै पनि समुहमा हुँदा नेता हुने क्षमता त म मा थिएन तर हुने कुनै निर्णयमा मेरो बिचार र प्रस्तावले पनि भूमिका चै खेल्थियो। कतीपए बेलामा मलाई साथीहरुले त मा त managerमा हुने जस्तो गुनहरु छ भन्थे म फुर्किन्थे बस तेही हो। कतीपय बेलामा भने राम्रै मान्छेहरुले पनि तपाईं ठुलो मान्छे बन्नुहुन्छ भनेर भन्थे। मैले यो संस्थामा बसेर नै म ठुलो मान्छे बन्छु भन्न खोजेको त होइन तर मलाई अचानक ति कुराहरु याद आउन थाले। के थाहा म मा तेस्तै क्षमता देखेर पो साथीहरुले प्रेसिडेन्ट बन पो भनेका हुन कि। सोचे मेरो लागि पनि यो एउटा चुनौती नै हो नि। यदी म यसमा सफल भए भने मेरो लागि र यो समाजको लागि पनि राम्रै हुन्छ नि। म र यो समाजको सफलता भन्नु नै यो हाम्रो देशको सफलता होइन र? यस्तै सोचे र खुशी पनि लाग्यो। भन्छन नि अधिकार र कर्तब्य सँगसगै आउछन। तेही भएर चुनौती पनि छ। यदी कुनै काममा चुनौती नै छैन भने त्यो कामको अर्थ पनि के नै रह्यो र होइन? जीवनको मजा नै तेस्मा छ नि।
No comments:
Post a Comment