नेपाली समाचार ,Nepal Flag

Thursday, April 10, 2014

नेपालसंग झुण्डिएका १० रमाइला तथ्य

१०.  कछुवा गतीमा इण्टरनेट 
सन् १९९४ बाट नै नेपालमा इण्टरनेटको शुरुवात भएको रैछ । तर लिविया पछि सबैभन्दा स्लोसबैभन्दा सुस्तगतीमा इण्टरनेट चल्ने मुलुकमा नेपाल पर्दो रहेछ । ६० प्रतिशत ईण्टरनेट युजरहरु २५६ केविपिएस भन्दा तलको स्पीडमा इण्टरनेट चलाउछन् हाम्रो देशमा ।९. अध्यारोमा वस्न अभ्यस्त
भनिन्छ ,नेपालमा प्रचुर जलविद्युतको सम्भावना छ । करिव ८३ हजार मेघावाट । तर लोडसेडिगको मारमा खेप्नुपरेको छ । विदेशी डलरमा ग्याँस किनेर भात पकाउनु परेको छ ।  विजुलीबाट खाना पकाउने सपना त आकाशको फल आखाँ तरी मर भाको छ ।
८.  सर्वसुलभ गाँजा
धतुरो र गाँजामा रमाउने बाबा । जहाँतहि अत्यन्तै सुपथ मुल्यमा पाईने गाजा र धतुरोको लागि हाम्रो देश प्रख्यात छ । सन् ७० को दशकमा हिप्पी हरु आउने कारण पनि त्यहि थियो ।



७ सास्कृतिक धरोहर 
पत्याउनुस् वा नपत्याउनुस् नेपाल अझ काठमाडौं त्यस्तो शहर हो, जहाँ १५ किमि वरिपरी ७ वटा विश्व प्रसिद्ध साँस्कृतिक धरोहरहरु छन् । यस्तो संसारमा नै विरलै मात्र छ ।

६.नमस्कार परम्परा
दुई हात जोडेर गरिने नमस्कार साँच्चै नेपालको परम्परा हो । यो हात मिलाउनु वा गला मिलाउनु भन्दा पृथक छ र युनिक पनि छ ।

५. अनेकतामा एकता 

अनेकतामा एकता हाम्रो शक्ति हो । चाहे वुद्ध नेपालमा जन्मेको व्यानरलाई खेल मैदानमा प्रस्तुत गर्ने कुरामा किन नहोस वा कुनै नेपालीलाई इण्टरनेट भोटिगमा जिताउन किन नहोस नेपाली एक जुट भई हाल्छन् । भाषा, धर्म भन्दा माथी उठेर राष्टियताको वकालत गर्ने यहि बानीको कारण हुनसक्छ नेपाल अहिलेसम्म पनि कसैको उपनिवेश हुनुपरेको छैन । र यस्तो सौभाग्य जम्मा जम्मी ७ देशले मात्र पाएका छन् संसार भरी ।
४. नेपाली झण्डा 

नेपाली झण्डा संसारमा नै फरक छ । त्रिकोणयुक्त हाम्रो जस्तो झण्डा विश्वमा नै कुनै पनि देशको छैन । अझ त्यसमाथी जवसम्म चन्द्रमा र सुर्य रहन्छन् तवसम्म हाम्रो देश रहन्छ भन्ने भाव वोकेको झण्डा पनि हाम्रो गौरव हो ।
३.प्राकृतिक सुन्दरता र पर्यटन

 सबै नै जानकार छौं ।
२. विविघ रेकर्डहरु 

विश्वको सर्वोच्च शिखर सगरमाथाको देश नेपाल । विश्वको नै सबैभन्दा उचाई ९४८००मि० मा रहेको तिलिचो ताल , १४५ मिटर गहिरो शे फोक्सुण्डो ताल जो ३६०० मिटरमा छ । अनि सबै भन्दा अग्लो स्थानमा रहेको अरुण उपत्यका र कालिगण्डकिको खोच ।
१. आयो गोर्खाली 

आयो गोर्खाली । विरहरुको परिभाषामा कहिल्यै नमेटिने नाम हो गोर्खाली । नेपालीको अर्को परिचय हो गोर्खाली । वहादुर, साहस र निडरताको प्रतिक हो गोर्खाली । अहिले पनि गोर्खाली फौज वेलायती सेनामा छ । भारतीय सेनामा छ । र विश्व भरी शान्ती स्थापनाका लागि नेपाली सेना मार्फत परिचालीत भैरहेको छ । गोर्खाली सेनाको विरताका गाथाहरु विश्व युद्धहरुमा देखाएका थिए । अदम्य शाहसका 'गोर्खालीहरुका' बारेमा  सन् १९८६को विश्वकपमा वेलायतलाई  हराएपछि म्याराडोनाले भनेका  थिए  "हामीले  वेलायतलाई हराउन  सफल भयौं  किनकि वेलायतबाट गोर्खालीहरु फुटवल खेलिरहेका थिएनन् ।"
(यो सामाग्रीको अंग्रेजी मुल फिचर हेर्न यहाँ क्लिक गर्नुहोस्)


Thursday, January 23, 2014

खुल्लेआम सेक्स बेच्छन नेपाली मिडिया


सेक्सलाई सबैभन्दा बढी विक्ने कुराको रुपमा धेरैले उल्लेख गर्छन । सायद शुक्रबारका सम्पादक पनि यहि कुराबाट प्रभावित हुनुहुन्छ । यदि यस्तै हो भने शुक्रबारका कुनै अंकमा हामीले ब्लु फिल्ममा तस्वीर नै देख्न पाइने हो कि ? विहानै नागरिक दैनिक पढ्दै थिए । विहिवार निस्कने शुक्रबार नामको पत्रिकाको विज्ञापन रहेछ । त्यो विज्ञापनको छेवैमा एक मोडलको तस्विर अनि उनले अन्तर्वातामा भनेको शब्द लेखिएको रहेछ-"ब्लु फिल्म हेरेर फ्रेस हुन्छु  ।"  छेवैमा बसेका बहिनीहरु त्यो शब्द पढेर अनि बाफ रे ! भन्दै हाँसे । म पनि त्यो शब्द पढेर छक्क परे ।
हुन त सेक्स नेचुरल हो । यसलाई नकरात्मक वा सकरात्मक जसरी लिन सकिन्छ । तर पत्रिकाले रिप्रुेस हुन व्लु फिल्म हेर्छु भन्ने ती मोडलको त्यो शब्दलाई सबैभन्दा बढी महत्व दिएर राखेको कुराले म छक्क परे ।
संचार माध्यामले थुप्रै समाचार सामग्री पाउँछन् । पाएका जति सबै कुरा आफना माध्यामबाट दिने हो त्यो सायद पाच्य नहोला । यस्ता कतिपय कुरा हुन्छन जसलाई सम्पादकले आफनो बौद्धिक दक्षता लगाएर मिलाउनु पर्छ वा भनौ फिल्टर गर्नु पर्छ । तर शुक्रबारले मिडियाको त्यो धर्म निभाएको देखिएन । रिपब्लिक मिडियाको कान्छो प्रकाशनको रुपमा हरेक साता शुक्रबार नामक पत्रिका प्रकाशन हुन्छ । ट्याव्लोइड पत्रकारीताको नाममा यस्ता शिर्षकका सामागि्र राखेर के पत्रिकाले लोकपि्रयता हासिल गर्ला ? छ वोटा प्रस्न अनि छोटा उत्तरको त्यो अन्तरबार्तालाइ त्यति धेरै महत्व दिनु पर्ने थियो र ?
सेक्सलाई सबैभन्दा बढी विक्ने कुराको रुपमा धेरैले उल्लेख गर्छन । सायद शुक्रबारका सम्पादक पनि यहि कुराबाट प्रभावित हुनुहुन्छ । यदि यस्तै हो भने शुक्रबारका कुनै अंकमा हामीले ब्लु फिल्ममा तस्वीर नै देख्न पाइने हो कि ?
हुन त पछिल्लो समयमा नेपालमा सेक्सका कुरा सामान्य भएका छन् । सायद यसमा पनि मिडियाको भूमिका महत्वपूर्ण छ । तर हाम्रो समाजिक परिवेश भिन्न छ । समाजका आफनै कानुन र दायरा हुन्छन् जसलाई मिडियाले स्विकार्नु पर्छ र पालना गर्नु पर्छ । त्यतिमात्रै होइन त्यहि परिवेश अनुसार साचार सामागि्र पस्किनु पर्छ । यो मिडियाको धर्म हो । तर सेक्सका नाममा समाजमा विकृति फैलाउने यस्ता सस्ता शिर्षक राखेर लोकपि्रयता खोज्ने शुक्रबारको यो शैली आफु नांगिएर अरुलाई मनोराजन दिए सरह लाग्यो । त्यसैले आफनो मानो खाएर शुक्रबारलाई एउटा निशुल्क सुझाव-देश अनुसार भेष भने झै नेपाली भूगोल सुहाउँदो पत्रकारीता गर्दा यसले फाइदो होला ।
यस्तो थियो त्यो अन्तरबार्ता
http://nagariknews.com/friday/33756-2011-12-01-07-57-43.html.source..(http://www.sumanluitel.com/2011/12/blog-post.html)

Monday, December 16, 2013

अरबी युवती र नेपाली युवाको बियोगान्त सत्य प्रेम कथा;

साउदीका हरेक पत्र-पत्रिकामा नुरको आत्महत्याको खबरले म आश्चर्यमा परेँ म अफिस भित्रैको एउटा  क्याबिनमा कम्युटरमा ब्यस्त रहन्थे । तर आज अचानक पत्रिका परेको नजरले अचम्मैबनायो । हुन त मलाइ पनि कहाँ अरबी पढ्न आउथ्यो र ? राजको मोबाइलमा देखेको फोटो को कारणले चिनेको मात्रै हो । मैले प्रतक्ष्य देखेको भने थिइन ? कालो बुर्का { साउदीमा महिलाले लगाउने कालो लुगा } लगाएर यात्रारत हुन्छन् यिनीहरु । रुखले त बरु आफ्नो पात बोक्राले ढाक्दैनतर उनीहरुको शरीरको कुनै ठाँउ पनि ढाक्नबाँकी राख्दैनन् ।राजलाइ झुन्ड्याएर मारिएको महिना दिन नहुँदै नुरको आत्महत्याले म मात्र होइन नुरका परिवार पनि अचम्मित भए होलान् । आज नुरको आत्महत्याको खबरले राजको अन्धकार पुर्ण दिन अनी उसलाइ गुमाएको पलझलझल आँखामा आउन थाल्यो । साउदी अरबको एक प्रतिष्ठित कम्पनिमा हामी दुबै जना सँगै काम गर्थ्यौ । हामी मतलब राज र म । हामी साउदीको मुटु राजधानी यानीकी रियादमा थियौ । राज सप्लाइ डिपार्टमा कार्यरत थियो । उनी सप्लाइको क्रममा साउदीका घर-घरमा जानु पर्थ्यो । त्यसै क्रममा राजको भेट नुर सँग भएको थियो । राज सँधै उनको बारेमा बताउथे । नुरको प्रशंसा गरेर कहिले पनि नथाक्ने राजको ब्यवहार देखेर म आफै थकित हुन्थे त्यस्तै साथको खोजीमा । राजको ब्याख्यानमा म आफै अलमल्ल हुन्थेँ । आखीर नुरमा के छ यस्तो ? मलाइ राजले फोटो देखाए पनि म रुपमा कहिल्यै बिस्वास गर्दैन थेँ । रुपमा किन मर्छस् राज ? सुन्दर फुल भित्रको राग-अनुराग अनी बिषादीको पनि अध्यन गर्न जरुरी हुन्छ । हुन त तेरो रोजाइ नराम्रो त हुन सक्दैन तर पनि होस् गर राज यहाँको कानुन तैले सुनेकै छस् । फेरी हकिकतमा देख्न नपरोस्। राज भावुक बनेर भन्थे “बिशाल,मायामा ज्यानै दिन परे पनि म तयार छु । उनले दिएको यती माया नै मेरो जिन्दगीको पुर्ण खुसी बन्नेछ । हेरौ जे लेखेको छ यो भाग्यमा त्यही हुन्छ । मलाइ यही मर्न लेखेको छ भने म पराइकै माटोमा मरौला । हो मलाइ मेरो स्वच्छ पशुपतीमा ठाँउ नमिल्ला,बाग्मती को पानीले चोखीन नपाइएला, चन्दन सँगै जल्न नपाइएला तर मायामा दिएको ज्यान कहाँ खेर जान्छ र बिशाल ? हुन त म अभागी ठहरीनेछु बिदेशको माटोमा पुरीँदा तर पनि माया भनेको माया हो । नेपाल रहँदा सम्म कोही कसैमा आँखा नपरे पनि यहाँ उनीमा आँखा पर्नु मेरो भाग्यकोखेल हो बिशाल जे होगा देखा जायगा ।।। नुर र राजको प्रेम देखेर मलाइ पनि डाहा हुन्थ्यो । मलाइ पनि प्रेममा डुब्न मन लाग्थ्यो । मरभुमी राप भित्र पनि राजको चमकता र मुस्कानले म सँधै प्रफुल्ल हुन्थे ।उनिहरुको प्रेम झाँगिदै थियो । कहिले भेटेर त कहिले फोन बाट नै लामो समयसम्म उनिहरुको कुराकानी चल्थ्यो । म कहिले काँही जिस्काउथेँ “राज तेरो त काम तमाम भो, भाउजु सँग मलाइ नि कुरा गरान त यार। म पनि यसो सुनौ मेरी भाउजुको स्वर जुन स्वरमा राज अल्झिएको छ । मेरो कुरा सुने पछी राजले फोन लाउड स्पिकरमा राखेर सुनाउथ्यो , उता बाट आवाज आउथ्यो “ मिन हुवा ?”(को ऊ) “ राजले नरम भएर जवाफ दिन्थ्यो:“सदीग”(साथी)”ब िशाल । । उनीहरुको कुरा कती खेर सकिन्थ्यो मैलै कहिले पनि थाहा पाइन । म आफ्नै दुनियामा ब्यस्त हुन्थे उनीहरु आफै भित्र हराउथे । एक कान दुइ कान मैदान । उनीहरुको प्रेम नुरको घरपरिवारले थाहा पाए । उनका बाबा आमाले पुलीसमा कम्प्लेन गरे । ठुलो रडाको नै मच्चियो । अन्त्यमा राजलाइ फाँसी सुनाइयो । फाँसी हुने अन्तिम रात राजले एउटा पत्र लेखेको थियो र मलाइ भनेको थियो । राज यो पत्र एक चोटी पढेर नुरलाइ दे है । मैले किन हेर्नु राज ? भन्दा राज भन्दै थिए , सायद तैले नै उल्था गर्नु पर्ला बिशाल । मेरो आँखा भरी आँसु टम्म थिए । म डाँको छाडेर रुन पनि सकि रहेको थिइन । तर राजको आँखामा भने डर,त्रास,पिर भनेको पटक्कै थिएन । माया प्रतक्ष झल्किन्थ्यो । राजको पत्र लिएर म राज सँग अब अन्तिम पटकभेटेर फर्किदै छु भन्ने थाहा हुँदा मेरोमुटुले ठाँउ छाडी रहेको थियो । मैले भगवानलाइ लाख बिन्ती गरेँ तर पनि भगवानले राजलाइ बचाउला जस्तो लागेन। म मन कठोर बनाउदै गाडी सम्म आँए र आफ्नो गाडी स्टार्ट गरेर अपार्ट सम्म आँए । मैले हतार हतार राजको पत्र खोँले अनी पढ्न थाँले । ‘मेरी नुर जुनी जुनी जिउनु ल । तिमी त अन्तिम पटक भेट्न पनि आइनौ । तर पनि मलाइ दुख मन छैन । किनकी म तिमी जन्मेको माटोमा हाम्रो माया बिसर्जन गर्दैछु । तिमीले देखाएको सपनाको महलमा म जिन्दगी बिसर्जन गर्दैछु । भेट्दा,कुरा गर्दाको तिम्रो ब्यवहारले म तिमीमा नै समर्पित हुन्थेँ अनी अनौठो सपना देख्थे । तिमीलाइ मेरो सिमली भुवा उड्ने गाँउमा लगेर कोइलीको स्वर सँग दोहोरी खेलाउने ठुलो धोको थियो । तिमीलाइ थाहा छ नुर ? मेरो घर पहाडमा छ । प्रकृतीको धनी मेरो गाँउ छहरा,पहरा,लहराल े भरीपुर्ण छ । तिमीलाइ थाहा नै छ होला । पढेकी पनि हौली, म त सगरमाथाको देशको मान्छे । तिमीलाइ सगरमाथा घुमाउने रहर त रहरै भयोनुर । तर पनि मेरो ठम्याइ छ । त्याँहाको प्राकृतीक सौन्दर्यहरु तिमीलाइ देखेर मोहित हुने थिए । कोइलीले आफ्नो स्वर निकाल्नु पहिले तिम्रो स्वर सुन्न चाहन्थ्यो । अनी म तिम्रा हात समाएर सबैको सामु भन्थे- “आना हेब ईन्त नुर”(म तिमीलाइ माया गर्छु नुर ।) हुन त तिम्रो र मेरो अन्तिम भेट यही पत्रमा हुनेछ । भाग्यमा भए प्रेम अमर भए अर्को जुनीमा भेटिनेछ । आस छ भर छैन यो भाग्यको । भगवानको मर्जी न हो । जे चाहन्छ उही हुन्छ । तिमी भगवान भन्दा बुझ्दिनौ होला । तिमीले भगवानलाइ “अल्ला” भनेर चिन । भगवान भन या अल्ला भन एक हुन मेरो नजरमा । तिम्रा बाबाले म हिन्दु भएकै कारणले मलाइ नकारेका हुन् मलाइ थाहा छ । तिम्रा बाबाले धर्म परिवर्तन गर भनेर नभनेको पनि होइन । तर मैले चाहिन त्यो । किनकी धर्म परिवर्तनमा के नै छ र ? म जहाँ जन्मिए, जुन संस्कारमा जन्मिए, उही तरीका ले बाँचे । कसको निधारमा लेखीएको हुन्छ यो मुश्लिम,यो क्रीश्चीयन,यो हिन्दु ……. भनेर । हामीले मान्ने, प्रार्थना गर्ने शैली फरक हो तर भगवान एक हुन् । तिम्रो बाबालाइ सुनाइ देउ नुर । मेरो भगवान मानवता हो । तिम्रो बाबाको जस्तो अल्ला मेरो भगवान होइन । हाम्रो प्रेम लाइ आड बनाएर तिम्रो बाबाले लडेको धर्मयुद्ध होइन त्यो त अहम् हो आफ्नो एरीयामा कुकुर पनि शेर हुने । धर्म फरक भएकै कारणले म जस्ता कती मेरा नेपाली दाजुभाइ दिदीबहिनी हरु यहाँ हेपीएको चेपीएको तितो यथार्थ छ । मान्छे आखीर मान्छे हो नी नुर, जात,धर्म, स्तर त हामीले बनाएकै त हो । तिमी नै भनत जन्मनु भन्दा अगाडी तिमी कुन धर्मको थियौ ? काटे रगत त रातै आउछ नी हैन र नुर ? कि हिन्दु को रगत रातो अनी मुश्लिम,क्श्चीय नको सेतो,हरियो हुन्छ की हिन्दुको हरियो सेतो रगत हुन्छ तिम्रो बाबालाइ सोध है । हुन त तिम्रो बाबालाइ प्रेमको महत्व के थाहा ? सँधै पैसाकै पछाडी कुद्छन् । पैसा दिएर धर्म परिवर्तन गर भन्छन् । पैसाले माया पाइने भए संसारमा सबै पैसावालहरुपुर्ण हुन्थे । उपहार दिँदैमा,कुनै एक बिशेष दिनमा मायाजाहेर गरेर माया गरेको भन्ने सोच्ने तिम्रो बाबालाइ माया गर्न सिकाउ नुर । तिमीःलाइ त माया गर्न आउछ नी है ? तिमी सँग भेट हुने यही अन्तीम हो । त्यसैले मलाइ यो पत्र टुङ्ग्याउन मन छैनअनी चाहन्न पनि तर पनि लामो गन्थनमा फस्दा लेख्दा लेख्दै अन्त्यमा तिमी सँग बिदा माग्न पनि नपाइयला की झै लाग्छ । त्यसैले हाम्रो भेट अब सक्नु पर्छ मैले । यो बेग रोक्नु पर्छ मैले जुन बेगमा म भावना पोखी रहेछु । हाइयाक्अल्ला या नुर,मासलाम !! राज !! दाइ के छ हो आजको हट न्युज ? म झसङ्ग भए । सँगै काम गर्ने भाइ रहेछ ।आजको न्युज बबाल छ कुन्जन । के छ दाजु सुनौ न त हामी पनि । नुरले आत्महत्या गरीछे यार । को नुर ? राजकी नुर ? अँ हो । त्यसले यतीका पछी किन आत्महत्या गरी त ? थाहा छैन यार । मैले केही थाहा पाउन सकेको छैन । कारण के हो कसो हो अब पत्रीका पढ्न जानेको भए पो । एक छिन है मेल आएको रहेछ । अफिसीयल होला । मेल नयाँ ठेगाना बाट आएको थियो । मैले अल्मलीदै खोँले । अरबीमा लेखीएको भएर मैले पढ्न जानीन र कुन्जनलाइ भने । यार भाइ कसरी पढ्ने यो मेल अरबीमा छ त ? उसले हाँस्दै भन्यो यार दाइ हजुर पनि, नेट बाट ट्रान्सलेट गर्नु न । यो जमानामा पनि यति कुराको के चिन्ता ? मैले आज खासै सोच्न सकिरहेको थिइन अनी हो त नी है भन्दै ट्रान्सलेट गरेर पढ्न थाँले । ‘नमस्ते देवर बाबु सञ्चै हुनु हुन्छ ? मैले राजको बारेमा आज मात्र थाहा पाँए । मलाइ फोन,नेट सबै तिर बन्देज लगाइएको थियो । आज मात्रै सबै थोक बाट फुकुवा गरीएको हो । मलाइ मेरो साथीले एउटा भिडियो हेर्छस् भनेर दिएको थियो । त्यो भिडियोमा राजलाइ झुन्ड्याएर मारीएको रहेछ । जुन कुरा मैले सहन सकिन । भिडियो हेर्नु लगत्तै राजको पत्र पनि पाँए । उहाँ सँग मैले पनि पत्रमा भेँटे । बिशाल बाबु हजुरहरुले त मलाइ निष्ठुरी भन्ने सोच्नु भएको होला । त्यसैले मैले हजुरलाइ मेरो बारेमा भन्ने यही एउटा मेलको साहारा लिँए । म निष्ठुरी होइन बिशाल बाबु । मैले पहिलो पटक कसैलाइ प्रेम गरेको थिँएत त्यो राज थियो । अनी गर्नेछु त त्यो पनि राजलाइ । सत्यता थाहा नपाउदा सम्म त राज सँग भेट्ने आसा जिँउदो थियो तर सबै थाहा पाए पछी मैले जिउनुको अर्थ देखीन । म मेरो जिन्दगी अब अरुको नाम कसरी गरौ बिशाल बाबु ? मेरा आमा बाबा चाहनु हुन्छ म अरु कसै सँगबिबाह गरौ । तर राजलाइ सुम्पियको यो तन मन कसरी म जिउदै मरेर अरुलाइ सुम्पिदै राजको मायालाइ अपहेलना गरौ ? त्यसैले मैले आत्महत्या गर्ने निर्णय गरेँ । मैले गल्ती त गरीन नी है बिशाल बाबु ? बिशाल बाबु मैले हजुरलाइ नदेखे पनि हजुरको बारेमा राजको ओठ बाट सबै सुनेको छु । त्यसैले हजुरले निर्दोष ठान्नु भयो भने म राजलाइ उ गएको ठाँउमा गएर मेरो मायाको सर्जिम बक्ने हजुरलाइ देखाउन सक्नेछु । मलाइ माफ गर्नुस् ल बिशाल बाबु ।। उही हजुरको हुन नसेकी, हजुरले फोनमा जिस्काउने, हजुरकी भाउजु ‘नुर’ !!! (फेसबुक पेज नेपाल दर्पणबाट साभार गरिएको ।)” साउदीका हरेक पत्र-पत्रिकामा नुरको आत्महत्याको खबरले म आश्चर्यमा परेँ म अफिस भित्रैको एउटा क्याबिनमा कम्युटरमा ब्यस्त रहन्थे । तर आज अचानक पत्रिका परेको नजरले अचम्मैबनायो । हुन त मलाइ पनि कहाँ अरबी पढ्न आउथ्यो र ? राजको मोबाइलमा देखेको फोटो को कारणले चिनेको मात्रै हो । मैले प्रतक्ष्य देखेको भने थिइन ? कालो बुर्का { साउदीमा महिलाले लगाउने कालो लुगा } लगाएर यात्रारत हुन्छन् यिनीहरु । रुखले त बरु आफ्नो पात बोक्राले ढाक्दैनतर उनीहरुको शरीरको कुनै ठाँउ पनि ढाक्नबाँकी राख्दैनन् ।राजलाइ झुन्ड्याएर मारिएको महिना दिन नहुँदै नुरको आत्महत्याले म मात्र होइन नुरका परिवार पनि अचम्मित भए होलान् । आज नुरको आत्महत्याको खबरले राजको अन्धकार पुर्ण दिन अनी उसलाइ गुमाएको पलझलझल आँखामा आउन थाल्यो । साउदी अरबको एक प्रतिष्ठित कम्पनिमा हामी दुबै जना सँगै काम गर्थ्यौ । हामी मतलब राज र म । हामी साउदीको मुटु राजधानी यानीकी रियादमा थियौ । राज सप्लाइ डिपार्टमा कार्यरत थियो । उनी सप्लाइको क्रममा साउदीका घर-घरमा जानु पर्थ्यो । त्यसै क्रममा राजको भेट नुर सँग भएको थियो । राज सँधै उनको बारेमा बताउथे । नुरको प्रशंसा गरेर कहिले पनि नथाक्ने राजको ब्यवहार देखेर म आफै थकित हुन्थे त्यस्तै साथको खोजीमा । राजको ब्याख्यानमा म आफै अलमल्ल हुन्थेँ । आखीर नुरमा के छ यस्तो ? मलाइ राजले फोटो देखाए पनि म रुपमा कहिल्यै बिस्वास गर्दैन थेँ । रुपमा किन मर्छस् राज ? सुन्दर फुल भित्रको राग-अनुराग अनी बिषादीको पनि अध्यन गर्न जरुरी हुन्छ । हुन त तेरो रोजाइ नराम्रो त हुन सक्दैन तर पनि होस् गर राज यहाँको कानुन तैले सुनेकै छस् । फेरी हकिकतमा देख्न नपरोस्। राज भावुक बनेर भन्थे “बिशाल,मायामा ज्यानै दिन परे पनि म तयार छु । उनले दिएको यती माया नै मेरो जिन्दगीको पुर्ण खुसी बन्नेछ । हेरौ जे लेखेको छ यो भाग्यमा त्यही हुन्छ । मलाइ यही मर्न लेखेको छ भने म पराइकै माटोमा मरौला । हो मलाइ मेरो स्वच्छ पशुपतीमा ठाँउ नमिल्ला,बाग्मती को पानीले चोखीन नपाइएला, चन्दन सँगै जल्न नपाइएला तर मायामा दिएको ज्यान कहाँ खेर जान्छ र बिशाल ? हुन त म अभागी ठहरीनेछु बिदेशको माटोमा पुरीँदा तर पनि माया भनेको माया हो । नेपाल रहँदा सम्म कोही कसैमा आँखा नपरे पनि यहाँ उनीमा आँखा पर्नु मेरो भाग्यकोखेल हो बिशाल जे होगा देखा जायगा ।।। नुर र राजको प्रेम देखेर मलाइ पनि डाहा हुन्थ्यो । मलाइ पनि प्रेममा डुब्न मन लाग्थ्यो । मरभुमी राप भित्र पनि राजको चमकता र मुस्कानले म सँधै प्रफुल्ल हुन्थे ।उनिहरुको प्रेम झाँगिदै थियो । कहिले भेटेर त कहिले फोन बाट नै लामो समयसम्म उनिहरुको कुराकानी चल्थ्यो । म कहिले काँही जिस्काउथेँ “राज तेरो त काम तमाम भो, भाउजु सँग मलाइ नि कुरा गरान त यार। म पनि यसो सुनौ मेरी भाउजुको स्वर जुन स्वरमा राज अल्झिएको छ । मेरो कुरा सुने पछी राजले फोन लाउड स्पिकरमा राखेर सुनाउथ्यो , उता बाट आवाज आउथ्यो “ मिन हुवा ?”(को ऊ) “ राजले नरम भएर जवाफ दिन्थ्यो:“सदीग”(साथी)”ब िशाल । । उनीहरुको कुरा कती खेर सकिन्थ्यो मैलै कहिले पनि थाहा पाइन । म आफ्नै दुनियामा ब्यस्त हुन्थे उनीहरु आफै भित्र हराउथे । एक कान दुइ कान मैदान । उनीहरुको प्रेम नुरको घरपरिवारले थाहा पाए । उनका बाबा आमाले पुलीसमा कम्प्लेन गरे । ठुलो रडाको नै मच्चियो । अन्त्यमा राजलाइ फाँसी सुनाइयो । फाँसी हुने अन्तिम रात राजले एउटा पत्र लेखेको थियो र मलाइ भनेको थियो । राज यो पत्र एक चोटी पढेर नुरलाइ दे है । मैले किन हेर्नु राज ? भन्दा राज भन्दै थिए , सायद तैले नै उल्था गर्नु पर्ला बिशाल । मेरो आँखा भरी आँसु टम्म थिए । म डाँको छाडेर रुन पनि सकि रहेको थिइन । तर राजको आँखामा भने डर,त्रास,पिर भनेको पटक्कै थिएन । माया प्रतक्ष झल्किन्थ्यो । राजको पत्र लिएर म राज सँग अब अन्तिम पटकभेटेर फर्किदै छु भन्ने थाहा हुँदा मेरोमुटुले ठाँउ छाडी रहेको थियो । मैले भगवानलाइ लाख बिन्ती गरेँ तर पनि भगवानले राजलाइ बचाउला जस्तो लागेन। म मन कठोर बनाउदै गाडी सम्म आँए र आफ्नो गाडी स्टार्ट गरेर अपार्ट सम्म आँए । मैले हतार हतार राजको पत्र खोँले अनी पढ्न थाँले । ‘मेरी नुर जुनी जुनी जिउनु ल । तिमी त अन्तिम पटक भेट्न पनि आइनौ । तर पनि मलाइ दुख मन छैन । किनकी म तिमी जन्मेको माटोमा हाम्रो माया बिसर्जन गर्दैछु । तिमीले देखाएको सपनाको महलमा म जिन्दगी बिसर्जन गर्दैछु । भेट्दा,कुरा गर्दाको तिम्रो ब्यवहारले म तिमीमा नै समर्पित हुन्थेँ अनी अनौठो सपना देख्थे । तिमीलाइ मेरो सिमली भुवा उड्ने गाँउमा लगेर कोइलीको स्वर सँग दोहोरी खेलाउने ठुलो धोको थियो । तिमीलाइ थाहा छ नुर ? मेरो घर पहाडमा छ । प्रकृतीको धनी मेरो गाँउ छहरा,पहरा,लहराल े भरीपुर्ण छ । तिमीलाइ थाहा नै छ होला । पढेकी पनि हौली, म त सगरमाथाको देशको मान्छे । तिमीलाइ सगरमाथा घुमाउने रहर त रहरै भयोनुर । तर पनि मेरो ठम्याइ छ । त्याँहाको प्राकृतीक सौन्दर्यहरु तिमीलाइ देखेर मोहित हुने थिए । कोइलीले आफ्नो स्वर निकाल्नु पहिले तिम्रो स्वर सुन्न चाहन्थ्यो । अनी म तिम्रा हात समाएर सबैको सामु भन्थे- “आना हेब ईन्त नुर”(म तिमीलाइ माया गर्छु नुर ।) हुन त तिम्रो र मेरो अन्तिम भेट यही पत्रमा हुनेछ । भाग्यमा भए प्रेम अमर भए अर्को जुनीमा भेटिनेछ । आस छ भर छैन यो भाग्यको । भगवानको मर्जी न हो । जे चाहन्छ उही हुन्छ । तिमी भगवान भन्दा बुझ्दिनौ होला । तिमीले भगवानलाइ “अल्ला” भनेर चिन । भगवान भन या अल्ला भन एक हुन मेरो नजरमा । तिम्रा बाबाले म हिन्दु भएकै कारणले मलाइ नकारेका हुन् मलाइ थाहा छ । तिम्रा बाबाले धर्म परिवर्तन गर भनेर नभनेको पनि होइन । तर मैले चाहिन त्यो । किनकी धर्म परिवर्तनमा के नै छ र ? म जहाँ जन्मिए, जुन संस्कारमा जन्मिए, उही तरीका ले बाँचे । कसको निधारमा लेखीएको हुन्छ यो मुश्लिम,यो क्रीश्चीयन,यो हिन्दु ……. भनेर । हामीले मान्ने, प्रार्थना गर्ने शैली फरक हो तर भगवान एक हुन् । तिम्रो बाबालाइ सुनाइ देउ नुर । मेरो भगवान मानवता हो । तिम्रो बाबाको जस्तो अल्ला मेरो भगवान होइन । हाम्रो प्रेम लाइ आड बनाएर तिम्रो बाबाले लडेको धर्मयुद्ध होइन त्यो त अहम् हो आफ्नो एरीयामा कुकुर पनि शेर हुने । धर्म फरक भएकै कारणले म जस्ता कती मेरा नेपाली दाजुभाइ दिदीबहिनी हरु यहाँ हेपीएको चेपीएको तितो यथार्थ छ । मान्छे आखीर मान्छे हो नी नुर, जात,धर्म, स्तर त हामीले बनाएकै त हो । तिमी नै भनत जन्मनु भन्दा अगाडी तिमी कुन धर्मको थियौ ? काटे रगत त रातै आउछ नी हैन र नुर ? कि हिन्दु को रगत रातो अनी मुश्लिम,क्श्चीय नको सेतो,हरियो हुन्छ की हिन्दुको हरियो सेतो रगत हुन्छ तिम्रो बाबालाइ सोध है । हुन त तिम्रो बाबालाइ प्रेमको महत्व के थाहा ? सँधै पैसाकै पछाडी कुद्छन् । पैसा दिएर धर्म परिवर्तन गर भन्छन् । पैसाले माया पाइने भए संसारमा सबै पैसावालहरुपुर्ण हुन्थे । उपहार दिँदैमा,कुनै एक बिशेष दिनमा मायाजाहेर गरेर माया गरेको भन्ने सोच्ने तिम्रो बाबालाइ माया गर्न सिकाउ नुर । तिमीःलाइ त माया गर्न आउछ नी है ? तिमी सँग भेट हुने यही अन्तीम हो । त्यसैले मलाइ यो पत्र टुङ्ग्याउन मन छैनअनी चाहन्न पनि तर पनि लामो गन्थनमा फस्दा लेख्दा लेख्दै अन्त्यमा तिमी सँग बिदा माग्न पनि नपाइयला की झै लाग्छ । त्यसैले हाम्रो भेट अब सक्नु पर्छ मैले । यो बेग रोक्नु पर्छ मैले जुन बेगमा म भावना पोखी रहेछु । हाइयाक्अल्ला या नुर,मासलाम !! राज !! दाइ के छ हो आजको हट न्युज ? म झसङ्ग भए । सँगै काम गर्ने भाइ रहेछ ।आजको न्युज बबाल छ कुन्जन । के छ दाजु सुनौ न त हामी पनि । नुरले आत्महत्या गरीछे यार । को नुर ? राजकी नुर ? अँ हो । त्यसले यतीका पछी किन आत्महत्या गरी त ? थाहा छैन यार । मैले केही थाहा पाउन सकेको छैन । कारण के हो कसो हो अब पत्रीका पढ्न जानेको भए पो । एक छिन है मेल आएको रहेछ । अफिसीयल होला । मेल नयाँ ठेगाना बाट आएको थियो । मैले अल्मलीदै खोँले । अरबीमा लेखीएको भएर मैले पढ्न जानीन र कुन्जनलाइ भने । यार भाइ कसरी पढ्ने यो मेल अरबीमा छ त ? उसले हाँस्दै भन्यो यार दाइ हजुर पनि, नेट बाट ट्रान्सलेट गर्नु न । यो जमानामा पनि यति कुराको के चिन्ता ? मैले आज खासै सोच्न सकिरहेको थिइन अनी हो त नी है भन्दै ट्रान्सलेट गरेर पढ्न थाँले । ‘नमस्ते देवर बाबु सञ्चै हुनु हुन्छ ? मैले राजको बारेमा आज मात्र थाहा पाँए । मलाइ फोन,नेट सबै तिर बन्देज लगाइएको थियो । आज मात्रै सबै थोक बाट फुकुवा गरीएको हो । मलाइ मेरो साथीले एउटा भिडियो हेर्छस् भनेर दिएको थियो । त्यो भिडियोमा राजलाइ झुन्ड्याएर मारीएको रहेछ । जुन कुरा मैले सहन सकिन । भिडियो हेर्नु लगत्तै राजको पत्र पनि पाँए । उहाँ सँग मैले पनि पत्रमा भेँटे । बिशाल बाबु हजुरहरुले त मलाइ निष्ठुरी भन्ने सोच्नु भएको होला । त्यसैले मैले हजुरलाइ मेरो बारेमा भन्ने यही एउटा मेलको साहारा लिँए । म निष्ठुरी होइन बिशाल बाबु । मैले पहिलो पटक कसैलाइ प्रेम गरेको थिँएत त्यो राज थियो । अनी गर्नेछु त त्यो पनि राजलाइ । सत्यता थाहा नपाउदा सम्म त राज सँग भेट्ने आसा जिँउदो थियो तर सबै थाहा पाए पछी मैले जिउनुको अर्थ देखीन । म मेरो जिन्दगी अब अरुको नाम कसरी गरौ बिशाल बाबु ? मेरा आमा बाबा चाहनु हुन्छ म अरु कसै सँगबिबाह गरौ । तर राजलाइ सुम्पियको यो तन मन कसरी म जिउदै मरेर अरुलाइ सुम्पिदै राजको मायालाइ अपहेलना गरौ ? त्यसैले मैले आत्महत्या गर्ने निर्णय गरेँ । मैले गल्ती त गरीन नी है बिशाल बाबु ? बिशाल बाबु मैले हजुरलाइ नदेखे पनि हजुरको बारेमा राजको ओठ बाट सबै सुनेको छु । त्यसैले हजुरले निर्दोष ठान्नु भयो भने म राजलाइ उ गएको ठाँउमा गएर मेरो मायाको सर्जिम बक्ने हजुरलाइ देखाउन सक्नेछु । मलाइ माफ गर्नुस् ल बिशाल बाबु ।। उही हजुरको हुन नसेकी, हजुरले फोनमा जिस्काउने, हजुरकी भाउजु ‘नुर’ !!! @allkhabar.com/

Tuesday, December 3, 2013

शान्तिका केही मुक्तकहरु

नचलाउ नजरको तीर मायालु ।
जलाउन सक्छौ त्यो तस्विर मायालु ।।
विगत अनि वर्तमान उस्तै हुदैन ।


नरोप भो वचनका झीर मायलु ।।
टाढा जाने मायालुलाई पर्ख भनिदेउ ।
लाग्ला पाप यो मायाको फर्क भनिदेउ ।।
रिसाएर हैन अब थोरै मुस्कुराउदै ।
टाढा हैन अब नजिक सर्क भनिदेउ ।।


तिम्रै कारण हाँसी हाँसी बाँच्न पाएकी छु।
जिन्दगीको साँचो मुल्य बुझ्न लाएकी छु।।
चाँहिदैन धन मलाई साथ तिम्रो भए पुग्छ ।
सात जन्म नछुट्ने त्यो कसम खाएकी छु ।।
आशकाँको हैन आँधि उठाउला नी विश्वासको ।
दु ख सुख बाँढ्दै कसम खाउला नी विश्वासको।।
दुनियालाई किन हेर्छौ हेर आफ्नै मायालुलाई ।
थरी थरी फूल रोपी फूलाउला नी विश्वासको।।
जगाउन गाह्रो हुन्छ निदाएझै गर्नेलाई ।
वर सार्न नसकीने पर पर सर्नेलाई ।।
समस्याको जीन्दगी भो सम्झौतामा बाँच्दै यहाँ ।
फूलाउ म खै कसरी ओईलीएर झर्नेलाई ।।
जसो तसो चलेको जिवन यस्तै हो ।
धिपी धिपी बलेको जिवन यस्तै हो ।।
नसोधेकै बेस हुन्थ्यो के छ हाल भनी।
पीडा भित्र गलेको जिवन यस्तै हो ।।
प्रेत आत्मा बनि यहाँ भट्किदैछ मन ।
पहरामा चिन्डो सरी लट्किदैछ मन ।।
के के हुन्छ पत्तै हुन्न मात्र दुखी दिन्छ ।
भात छट्के जस्तै गरी छट्किदैछ मन ।।
गेटमै कुकुर बाँधेका छौ कसरी आँउ भन ।
त्यो झम्टिने गार्ड राखेका छौ कसरी आँउ भन ।।
भनि देउन के के गर्न खोजेका छौ आज भोली ।
हातले बन्दुक ताकेका छौ कसरी आँउ भन ।।
भुल थियौ माया गर्नु सुधार गर्दै छु ।
आफुले नै आफैलाई उद्धार गर्दै छु ।।
अनयासै मायाको भेलमा परे पछि ।
पारी तरुँ कसो गरी बिचार गर्दै छु ।।
अति गर्न खोज्दा माया खती हुन्छ की ।
मनै हर्न खोज्दा माया खती हुन्छ की ।।
नभन न भो तर्किएर छाडी जानेछ ।
पाउमै पर्न खोज्दा माया खती हुन्छ की।।
हिमाल अनि पहाडका जन हेर हेर्छौ भने ।
मधेश र तराईको मन हेर हेर्छौ भने ।।
मिलि जुली बसेकालाई व्यर्थ किन लडाउनु ।
थरी थरी जनजातीको पन हेर हेर्छौ भने ।
Shanti Adhikari

Wednesday, November 6, 2013

म मरे पछि... -बुद्धि सागर

के के न गरौंला भन्ने छियो जिन्दगीमा। खेरै गो। यसरी यत्ति चाँडै मर्एला भन्ने त थिएन। मरिहालेँ।
बिहान सवा ३ बजे उठेर बाथरुम गएको थिएँ। फर्किएर ओछ्यानमा पल्टिएँ। त्यस्सैबेला छाति चसक्क भएको थियो। निदाए हुँला सोचेको थिएँ। ज्या मरेको पो रैछु।
जम्मा ३० वर्षको त भएको थिएँ। बेलाबेला घुच्चुकतिर टनटनी दुखिरहन्थ्यो। निद्रा कम भएको होला भन्ठानेको त ब्लड प्रेसर पो बढेको रैछ। त्यसका पनि रातैपिच्छे अनेकथरि कमसल रक्सी। अनि चुरोटका बट्टा। मुटु त गैसकेको रैछ, यार। अलिअलि त थाह भइसकेको थियो, स्वास्थ्य खराब हुँदैछ। स्वास्थ्य सुधार्न अस्ति भर्खरै ट्रेडमिल किनेको थिएँ। अठार हजार हालेर। हिँउदे झरीझैं बेलाबेला बर्सिने तलब साँचेर। पसिना खलखली बगाएको थिएँ। अब त स्वस्थ हुन्छु, भन्ठान्दै थिएँ। सास त गैगयो।
बिहान उठ्दा अरू बेलाभन्दा ज्यान तंग्रिएको थियो। झ्यालबाट घाम पसिसकेको थियो। घडी हेरेँ, सवा आठ भैसकेको रैछ। बाथरुमतिर लाग्दा भनन्न रिङटा चल्यो। थचक्क बसेँ। सत्य, मैले जन्मेदेखि हिजो सुत्दासम्मका घटना झल्झली सम्झेँ। फिल्म उल्टो गरी प्रदर्शन भएझैं। मेरा कानमा एकाएक जिन्दगीभरि सुनेका र बिर्सेका शब्द एकाएक उच्चारण भए। जुरुक्क उठेँ। पिसाबले च्यापेको थियो, फेरेँ। बाथरुममा तुरुर्र आवाज आयो, तर पिसाब खै?
मरेपछिका लक्षण त यिनै पो हुँदा रैछन्।
मैले आत्तिएर बाथरुमको ऐना हेरेँ, अनुहार नै देखिएन। फिलिममा त भूतको असली स्वरुप ऐनामा देखिन्थ्यो, यत्रो साँचो हुनु त्यो कुरा! मरेकाले स्त्रि्कप्ट लेखे पो! मरेको मान्छे ऐनामा देखिदो रैनछ, मैले थाह पाएँ।
मैले आफ्नै आँखा अगाडि हिरिक-हिरिक गर्दै मरेका मान्छे देखेको थिएँ। म खुसी भएँ। किनभने, मैले त्यसरी मर्न परेन। स्वादले मरेँ।
गर्नुपर्ने कत्ति काम थिए! संसारै खाने किताब लेख्छु भन्थेँ, अब मरेपछि केको लोभ? काठमान्डुमा घर बनाउन सकिन्न भनेर भुटभुटिरन्थेँ, मरेपछि के घर के डेरा! यत्रै सित्ति।
१० वर्षदेखि हृदय कुटुकुटु खाने समस्याहरू एक्कासि खलास भएका थिए।
...
संयोगबस, बिहान बत्ति थियो। थोत्रो कम्प्युटर खोलेँ। खै कसको हो, वायरलेस इन्टरनेटको सिग्नल मेरो कोठासम्म आउँथ्यो, म त्यसैलाई युज गर्थें। आज पनि कनेक्ट गरेँ। छिरेँ उही फेसबुकमा। साथीहरू, बिहानैदेखि संविधानको थपिएको ३ महिनाबारे व्यंग्य र भावुकताले भरिएका स्टाटस पोस्ट गरिरहेका थिए। मलाई पनि एउटा स्टाटस जमाएर दिऊँजस्तो लाग्यो। होस्, मरेपछि के देश, के संविधान, के धरति लोक!
सबैभन्दा खतरनाक स्टाटस पोस्ट गरेँ।
साथी हो, हिजो राति म त मरेछु। यो नै मेरो अन्तिम स्टाटस हो। मेरो जीवनमा गाँसिने सबैलाई धन्यवाद।
यस्तो स्टाटस त अहिलेसम्म कसैले पोस्ट गरेको थिएन होला। मरेपछि पनि अलिकति घमण्ड जाग्यो। पिलिक्क एउटा कमेन्ट आइत हाल्यो। करिब चार वर्षदेखि मैले पछ्याएकी र फेसबुकको मेरो स्टाटसमा अहिलेसम्म एउटा पनि लाइक नगरेकी झुम्पाको पो रैछ। मरेपछि पहिलोपल्ट मुसुक्क हाँसेँ। उसले लेखेकी रैछ- 'हाहाहा, तिमी पनि कस्तो। ब्यान ब्यान कस्तो स्टाटस लेखेको? हरेक नेपालीको जीवन मरेजस्तै भको छ। हाहाहा।'
मैले च्याटमा उत्तर दिएँ, 'सत्य, म त साँच्चै मरिसकेँ।'
'पक्का हो?'
'हो।'
'म कल गर्छु।' उसले लेखी।
एक्कैछिनमा उसको फोन आयो। मैले उठाएँ।
'तिमी यत्ति चाँडै मरौलाजस्तो लागेको त थेन।' झुम्पा रोई, 'तिम्ले लाइन मारेको पनि थाह थियो। के गर्नु, यसो नखरा देखाएँ। तैपनि भन्दिहालूँ, म तिम्लाई मन पराउँथँे। अब त मरिहालेऊ।'
मेरो गला अवरुद्ध भो। आँखा ताता भए। आँखा छामेँ, सुख्खा थिए। भनेपछि, मरेपछि आँसु आउँदो रैनछ।
'म पनि माया गथर्ें।' मैले मसिनो आवाजमा भनेँ, 'मरिहालेँ। भन्न सकिनँ। यस्तै रैछ जिन्दगी। अर्को जुनीमा तिम्रो हुने भएँ।'
'स्योर। अर्को जुनीमा।' उसले भनी र सोधी, 'अनि पशुपति कति बेला जान्छौ?'
'दिउँसोतिर। आऊ है त!'
'पक्का।' उसले फोन राखी।
लौ, फेसबुकमा त कमेन्टको पर्रा नै छुटेछ। ४ सय २१ जनाले लाइक गरेछन्। कमेन्टको संख्या पनि सय नाघेछ। यत्ति धेरै रेस्पोन्स त मैले जन्मदिनमा पनि पाएको थिइनँ।
कमेन्ट पनि अचम्मैका थिए।
नयाँ क्षितिजतिरको शुभयात्रा।
यो मुलुकले तपैंजस्तो प्रतिभाशाली मान्छे गुमायो। दुःखी छु।
लौ न, के सुन्नुपर्‍यो?
ल दाइ, जे होस्। आफू मरेको कुरा आफंैले पोस्ट गर्नुभो, धन्यवाद। यो स्वर्ग-नर्कको कुरा के रछ। लेखिरहनुहोला।
हसाउँछ यार यो मान्छे पनि। ब्यान ब्यान कस्तो जोक गरेको!
अफिसतिरबाट केही साथीले कमेन्ट लेखिभ्याएछन्, 'भरे, निमेशको ममः पसलमा चिया पिउँदै गफ गरौंला। अन्तिमपल्ट तिम्रो गफ सुनेर हाँस्न मन छ।'
र, एउटा छद्मनामीको कठोर कमेन्ट पनि रैछ, 'ठिक भो। रद्दी किताब लेखेर मजस्तो कोई लेखक छैन भनेर धाक दिन्थिस्। गैछस्। नेपाली साहित्यको भलो भो।'
सुरुमा यो कमेन्टले चित्त दुखेको थ्यो। मन सम्हालेँ। यत्रैसित्ति, मरेपछि पनि के चित्त दुखाइरहनु!
फेसबुकमै थिएँ। मोबाइलको घन्टी बज्यो।
मित्र पाउलो रैछन्। पाउलोसित हिजै खड्डु केन्द्रमा मदिरापान भएको थियो। उनैले रक्सी ख्वाउने भएका थिए। म चियामा त पैसा खर्च नगर्ने मान्छे, रक्सीमा त के पैसा चुहाउँदो हुँ र? हाम्ले देशको चिन्ता गर्दै तुरुक्क आँसु झारेका थियौं।
'हेलो कविजी।' उताबाट हतारिएको आवाज आयो, 'के हल्ला चलेको, तपैं मरेको भन्ने!'
'हो, म त मरिसकेँ।'
'लौ यस्तो पनि हुन्छ।' उनको भावुक आवाज, 'हिजो त्यत्रो समय सँगै बसियो, भन्नुपर्दैन? अनि सुटुक्क मर्दिने? मैले अरूबाट सुन्नुपर्ने तपैं मरेको खबर? तपैंले मलाई आफ्नो मित्र नै ठान्नुभको रैनछ। मेरो हृदय चिरियो।'
'होइन, त्यस्तो होइन।' मैले कुरा सम्हालेँ, 'मैले पनि अघि भर्खरै थाह पाएँ, आफू मरेको कुरा। फोन गरुँला भन्दैथेँ।'
'ल जे भो, भो।' उनी सम्हालिए, 'मलाई त तु भेट्न आऊँ जस्तो लागेको थियो तर आज बन्द पो रैछ। बाइक त जलाइनै हाल्छन्। पर्खिनु किवजी, म हिँडेरै आउँछ।'
'म पर्खिन्छु।' मैले भनेँ, 'अरू साथीलाई पनि खबर गर्छु।'
उनले फोन राखे।
मैले केही आफूसित गाँसिएका मान्छेको लिस्ट बनाएँ। बीस जना जतिको। र, आफू मरेको कुरा एसएमएस गरेँ। लेखक भएकाले किताब विमोचनबाहेक अरू बेला साथीलाई निमन्त्रणा गरेको थिइनँ। आफू मरेको खबर पनि पुस्तक विमोचन शैलीकै भयो।
आदरणीय साथीहरू, आज बिहानै मैले जटिल जीवनबाट मुक्ति पाएँ। म मरेँ। यो जीवनकालमा अन्तिमपल्ट तपैंहरूलाई मेरो मृत्यु उत्सवमा सहभागी भइदिन, अनुरोध गर्दछु।
तपाईंको उही मित्र
स्थानः पशुपति आर्यघाट।
समयः दिउँसो ३ बजे। म ठिक टाइममा जल्नेछु।

अनि मित्र हारुकीलाई छुट्टै म्यासेज गरेँ, 'तुरुन्त मेरो कोठामा आइज। म मरिसकेँ।'
बार्दलीमा बसेर चुरोटको सर्को तानिरहेँ। बन्द भएकाले सडकमा कमै मान्छे थिए। हतार-हतार हिँडिरहेका थिए। चर्को गर्मी थियो। सोच्न थालेँ- जिउँदै सुतेको मान्छे उठ्दा त मरिसकेको हुँदो रैछ। के रैछ जिन्दगी! किन हतारिएका होलान् मान्छेहरू यसरी?
मोबाइल बज्यो। एसएमएस रैछ। पठाउने मेरी विवाहित प्रेमिका रैछन्। लामो समय भेटघाट भएको थिएन।
खाना बनाउँदै थिएँ। तिम्रो खबर पाएर दुःखी भएँ। एकपल्ट तिम्रो अनुहार हेर्न मन छ। तर, आज बन्द परेछ। मेरो श्रीमान घरमै छन्। आउन गाह्रो होलाजस्तो छ। तिमी मेरो समस्या बुझ्छौ। प्लिज, आज पशुपति नजाऊ। जसरी हुन्छ एकदिन म्यानेज गर।
म खिस्स हाँसेँ।
...
मरेको दिन के फोहरी भएर बस्नु! फेरि घरपरिवारका मान्छेहरू कोठा खानतलासी गर्न आउने होलान्। मैले कुनासुना सफा गरेँ। ओछ्यानको तन्ना र ब्ल्यान्केट मिलाएँ। नुहाएँ र सेतो सर्ट लगाएँ। सुद्ध भाको के!
चिया पिउन निस्कनुपर्ला भन्ने सोचिरहेको थिएँ, मित्र हारुकी हतारिँदै आइपुग्यो। उनको अनुहारबाट चिटचिट पसिना निस्किरहेको थियो। मलाई हेर्दै एकपल्ट अमिलो हाँस्यो र कोठाको कुनापट्टिको कुर्सीमा थ्याच्च बस्यो। घुटुक्क थुक निल्यो।
ऊ कसरी कुरा सुरु गरूँ भनेर अल्मिलिइरहेको थियो। बिचरा मेरो मित्र। सोध्यो, 'सन्चै?'
'मरेको मान्छेलाई के सन्चो, के बिसन्चो?'
ऊ खिस्स हाँस्यो।
'घरबेटीलाई पनि खबर दिनुपर्ने।' मैले भनेँ, 'भक्तपुर बस्छन्। होस्, पछि फोन गर्छु। कि चिठी लेख्दिन्छु, तँ पुर्‍याइदिन्छस्?'
उसले मुन्टो हल्लायो।
'तीन महिनाको भाडा पनि तिर्नु छ, दुई महिनाको दिनुपर्ला। मरेकोलाई त एक महिना माफ गर्लान्, हैन र?'
मित्र अचम्भित भयो।
'कि नदिऊँ?' मैले सल्लाह मागेँ।
'कस्तो कुरा गरेको!' मित्रले भन्यो, 'मरेपछि के काम पैसा! दे, पूरै दे। मेरो पैसा खाएर मर्‍यो भन्ने किन पार्नु!'
मैले मुन्टो हल्लाएँ।
हारुकीले मेरो कोठाको सप्पै सामान एकएक गर्दै हेर्‍यो। कुनातिर एउटा भरि ग्यासको सिलिन्डर राखेको थिएँ, समस्या पर्छ भनेर। उसले सिलिन्डरलाई प्रेमिकाको गालाझैं सुम्सुम्यायो र भन्यो, 'यो सिलिन्डर म लैजाऊँ?'
'बल्लतल्ल पन्ध्रसय घुस दे र ल्याको चिज!' म झस्किएँ।
'तँ त मरिसकिस्, किन चाइयो?' उसले भन्यो, 'म जिउँदोलाई दे र जा।'
ए, हो त। मैले भनेँ, 'लैजा। तर एउटा सर्त छ, आज दिनभरि मसितै हुनुपर्छ।' उसले फेरि सिलिन्डर मज्जाले सुम्सुम्यायो र मतिर हेर्दै हाँस्यो। जे भए पनि, जाँदा मित्रलाई मैले अमूल्य चिज दे र जाँदै थिएँ। सन्तुष्टिले आत्मा भरिलो भयो। भनेँ, 'हिँड, चिया पिउन जाऊँ। च्या पसलमा पनि पैसा तिर्नु छ।'
ऊ बाहिर निस्कियो।
मैले ढोकामा ताल्चा लगाएँ। जुत्ता लगाएँ। हामी घरबाट बाहिर निस्कियौं।
मेरो मोबाइल बारम्बर बजिरहेको थियो। म्यासेजको पर्रा नै छुटेको थियो। मैले एउटा-दुइटा त पढेँ, पछि दिक्क लाग्यो। सबैको एउटै भाव त थियो-
तिमी असल थियौ। के गर्नु भगवानले धर्तीबाट असलै लैजान्छ। जसरी हुन्छ म तिम्लाई अन्तिम बिदाइ गर्न पशुपति आइपुग्छु।
एकजनाले त अत्यधिक भावुक भएर लेखनाथ पौड्यालको कवितै पठाएछन्, 'आयो टप्प टिपेर लग्यो, टारेर टर्दैन, त्यो।'
'कत्ति आको म्यासेज!' साथी हारुकी पनि दिक्क भयो।
'मान्छेको मृत्युमा भावुक हुन्छन् नि त!' म बोल्दै थिएँ, फोन बज्यो। कहिलेकाहीँ कविगोष्ठीमा भेटिने पिकासोले फोन गरेका पो रैछन्। उनी नेपाल एकेडेमीमा सदस्य पनि छन् क्यारे।
'महान कविज्यू!' उनको आवाज अवरुद्ध थियो, 'मैले भर्खरै खबर पाएँ। भात खाँदैथे, आधै छाडे। दुःख लाग्यो। तपैंजस्तो महान सृजनाकर्ताले यो धर्ती छाडेका दिन, कसरी म भात खान सक्छु र!'
'धन्यवाद!' मलाई आफ्नो प्रशंसा सुन्दा बढी बोल्नै आउँदैन।
'तर एउटा कटु कुरा।' उनले अझै रुन्चे आवाजमा भने, 'तपैं नेपाली साहित्यलाई ठूलो अन्याय गर्दै हुनुहुन्छ। सिधै पशुपति जाने कुरा गर्नुभएछ। यसरी जानै पाउनुहुन्न। एकै घन्टा भएपनि एकेडेमी आइदिनुपर्‍यो। तपार्इंका शुभचिन्तकले तपैंको अनुहार हेर्नु परेन? मैले तपैंको व्यक्तित्व र कृतित्वबारे, एउटा भाषन पनि तयार गरिसकेँ।'
ए, भाषन गर्न पो रैछ।
'धन्यवाद!' मैले भनेँ, 'आज नेपाल बन्द छ। म हिँड्न सक्दिनँ। मेरो डेराबाट पशुपति नजिक पर्छ। म उतै जान्छु। उतै आउनुस्।'
फोन राख्ने पाएको छैन। अर्को नम्बरबाट फोन आइहाल्यो। ल्यान्डलाइन थियो। मलाई मेरी विवाहित प्रेमिकाको जस्तो लाग्यो र उठाएँ।
'साहित्यकारज्यू हो?' उताबाट पुरुषको मोटो आवाज आयो।
ए, अर्कै पो परेछ। उठाइ त हालेँ।
'तपैंको अवसानको खबरले हामी लालटिन टिभी परिवार असाध्यै दुःखी छौं।'
'धन्यवाद!'
'एउटा कुरा साहित्यकारज्यू!' उताबाट उत्साही आवाज आयो, 'एक घन्टालाई हाम्रो टेलिभिजनको स्टुडियोमा आउनुपर्‍यो। तपैंसित लाइभ प्रोगाम गर्ने योजना छ। मृत्युबारे मृतकसित भेटवार्ता शीर्षकमा।'
'म आउन सक्दिनँ।' मेले भनेँ, 'पशुपतिमा मेरा मित्रहरू आउनेवाला छन्। उतै जान्छु। सक्नुहुन्छ भने उतै आउनुस्।'
'हेर्नुस्, हाम्रो एउटै गाडी थियो। बन्दकर्ताले अघि भर्खरै तोडफोड गरे। हामी आउन सक्दैनौं।'
'म ३ बजेदेखि पशुपतिमै हुन्छु।' यत्ति भनेर मैले फोन राखेँ।
मित्र र म चियापसलमा पस्यौं। भीडभाडै थियो। कोही पत्रिका पढ्दैथे, कोही चिया सुर्क्याउँदैथे त कोही चुरोटको धुवाँ बुङबुङति उडाइरहेका थिए। कति त अब देश टुक्रिने भो भनेर चिन्ता गरिरहेका थिए। मित्र र म कुनातिर बस्यौं। चियापसले साउजीलाई भ्याइनभ्याइ थियो।
म ४ वर्षदेखि नियमित ग्राहक थिएँ। त्यसैले साउजीलाई मेरो टेस्ट थाह थियो। उनले मेरा लागि कालो चिया र साथीको लागि दूधचिया ल्याइदिए।
मैले चियाको घुट्को लिएँ। थाह भो, मरेपछि पनि चियाको स्वाद भने उही रहनेरैछ।
'अनि एउटा कुरा।' मित्र हारुकीले चियाको एक घुट्कोपछि सोध्यो, 'मरेपछि त यमदूत लिन आउँछन् भन्थे, साँचो होला र? तँ त मैसित छस्।'
म हाँसेँ।' त्यै त म छक्क परिरहेको छु। फिलिममा देखाएजस्तो हुन्छ कि भन्ने सोच्या थिएँ, खै आएको छैन। चितामा जलिसकेपछि आउँछ कि?'
साँच्चै यमदुत आयो भने कस्तो होला? फोटो खिचेर फेसबुकमा पोस्ट गर्न पाए क्या रमाइलो हुन्थ्यो।
हाम्ले चिया सक्यौं।
'साउजी!' मैले आलुचना पकाइरहेका साउजीलाई भनेँ, 'मेरो हिसाब-किताब कति भाछ?'
'तलब आयो र?' साउजीले डाडु चलाउँदै सोधे।
'आएको त छैन। अलिअलि जम्मा भएको त थियो, त्यैबाट तिर्न खोजेको।'
'लौ, आएपछि तिर्नुस् न!'
'हैन, आजदेखि म आउदिनँ, अन्तै जान लाको।'
'ए, अमेरिकातिर?' साउजीले अचम्म मानेर सोधे। अमेरिका शब्द सुन्नेबित्तिकै अरू चिया पिइरहेका मान्छे पनि चनाखो भए। एकजना अधबैसेंले सोधिहाले, 'हो भाइ, अब यो देश बस्न लायक रहेन। भिसा कसरी पायौ, भाइ?'
'अमेरिका जान लाको होइन।' मैले हाँस्दै भनेँ, 'म त मरेर पो जान लाको।'
'ए!' अधबैंसेले भने, 'सानैमा मर्नुभएछ। बिचरा म त अमेरिका जान लाग्नुभएको हो कि भनेर छक्क परेको!'
उनी पुरानै गफमा फर्किए। फेरि दोकानमा आवाजहरू एकआपसमा मुक्कामुक्की गर्न थाले। साउजीले उधारोखाता पल्टाए। एकछिन हिसाब गरेपछि उनले भने, 'आठसय छयासी रुपैयाँ भाको रैछ।'
मैले दिएँ। तर, उनले छयासी रुपियाँ लिएनन्। भने, 'मरिहाल्नुभएछ। छयासी छाड्दे।'
'ल त साउजी, मेरो जीवनकालमा मिठो चिया ख्वाउनुभो, धन्यवाद!' मैले भनेँ, 'फेरि भेटौंला।'
थुक्क, मुखबाट निस्किहाल्यो। साउजीले अमिलो अनुहार बनाए।
हामी बाहिर आयांै।
'एटिएमसम्म जाऊँ पहिला।' मैले हारुकीलाई भनेँ, 'पैसा झिक्नुपर्‍यो। पशुपतितिर पनि चाहिएला।'
म खासमा पैसाको मामलामा कन्जुस नै थिएँ। एटिएमतिर त जानै नपरोस्जस्तो लाग्थ्यो। साथीसित रेस्टुरामा बसेर खाँदा बिल आउनेबेला जहिले पनि बाथरुम जान्थेँ। आउँदा साथीहरूले तिरिसकेका हुन्थे। पछि त के भाको हो कुन्नि, बिल आउँदैछ भन्ने पहिल्यै सेन्स आउँथ्यो। बाथरुम जाने र फर्किने प्रक्रिया आफसेआफ हुन्थ्यो।
कति साथीहरू भन्थे, 'मर्नुअघि एककप चिया त ख्वाउलास् नि!'
एटिएमतिर हिँड्दै गर्दा मैले सोचेँ- काठमान्डु आएको १६ वर्ष हुँदा पनि म ठमेल गको थिइनँ। कुनै मलमा छिरेको थिइनँ। मिठो खाको पनि थिइनँ। साँच्चै, मोजमस्ती त गरेकै थिइनँ। पत्रिकामा पेज बनाउँदा-बनाउँदै अरू सोच्न पनि पाइएन। आखिर जिन्दगी त त्यत्तिकै गैगयो। आखिर बैंकमा जम्मा गरेको करिब सात लाख रुपियाँ के काम?
मेरी विवाहित प्रेमिकाको जन्मदिन आयो कि म मोबाइल बन्द गथर्ें, उपहार दिनुपर्ने डरले। आफ्नो जन्मदिनमा भने सधैं अन राख्थेँ। किनभने, ऊ उपहार दिन्थी।
कहिलेकाहीँ डेटिङमा आउने केटी पनि आफैंले बिल तिर्नुपर्ने भएपछि अर्को पालि भेट्नै आउँदैनथे।
मैले त जवानीको सारा मस्ति एटिएममा बन्द गरेर राखेको रैछु। एटिएमभित्र पसेँ र पन्ध्र हजार झिकेँ।
त्यसैबेला मित्र पाउलोको म्यासेज आयो, 'कविजी, हिँडेर आउँदैथेँ, तपैंलाई त थाह छ काठमान्डुका सडक कस्ता छन् भनेर। हतारिँदै हिँडेको चिप्लिएछ। मेरो एउटा खुट्टा त मर्किएर हिँड्नै नसक्ने भएँ। सरी है, आज आउन पाइनँ। मिल्छ भने पशुपतिको कार्यक्रम भोलि राख्न मिल्दैन? भोलि बन्द खुल्यो भने ट्याक्सीमा आउँछु।'
'ठिक छ, मित्र। यत्रो जीवनकालभरि साथ दिनुभो।' मैले प्रत्युत्तर लेखेँ, 'तपैंको समस्या बुझ्छु। रेस्ट गर्नुस्। मैले धेरै साथीलाई पशुपति आउन भनिसकेँ। म उतै लागेँ।'
म्यासेज सेन्ड के भएको थियो, सुत्त अर्को म्यासेज आइलाग्यो। अपरिचित नम्बरबाट। म्यासेजमा लेखिएको थियो, 'दाइ, म भावुक विद्रोही। अस्ति नै एउटा कथा पठाकोथेँ। अघि फेसबुक हेर्दा पो थाह पाएँ, हजुर त मरिसक्नुभएछ। दाइ, तपैं त रहनुभएन, तैपनि एकपल्ट अफिसमा मेरो कथाबारे, कुरा गर्दिनुहुन्छ कि? नत्र, तपैंसितै मेरो कथायात्राको पनि अवसान हुन्छ।'

फेरि मोबाइल बज्यो। मित्र हारुकी म मोबाइलमै व्यस्त भएकाले छट्पटिन थाले। फोन अफिसबाट आएको रैछ। सहकर्मी मित्र रैछन्। उनी मुरली मकैझैं पड्किन थाले, 'मित्र, तपैं मरेको खबरले अफिसमा खैलाबैला भा छ। तुरुन्त एउटा फोटो इमेल गर्दिनुपर्‍यो। संवेदना छाप्ने कुरा छ। अनि एउटा कुरा, अघि भर्खरै तपैंको अबिच्युरी कसले लेख्ने भन्ने कुरा थियो। सबै जेठ १४ कै न्युजलाई पछ्याउँदैछन्। आज त कसैले भ्याउलाजस्तो छैन। आफैं लेख्दिनुस् न!'
लौ, अहिलेसम्म आफ्नो बारेमा आफैंले अबिच्युरी त कसैले लेखेको पढेको थिइनँ। म अलि कठोर भएँ, 'होस्, के मतलब! नलेखे पनि हुन्छ, भन्दिनुस्।'
'त्यसरी कहाँ हुन्छ!' उनी गम्भीर भए, 'नियम भनेको नियम हो। अफिसकै सहकर्मी मर्दा नलेखेर हुन्छ! तपैंलाई पो मतलब भएन। के भोलि हामी मर्नुपर्दैन?'
म हाँसेँ।
'मलाई पशुपति जान हतार भइसक्यो।'
'तर, एउटा सम्भावना छ। यसो गर्नुस् न! भोलि जानुस् पशुपति। आज चंै तपैं मरेको हल्ला नफैलाऊँ। तपैं भोलि पशुपति जानुभयो भने पर्सिका लागि अबिच्युरी लेख्न, तीन जना तयार छन्।'
'म आजै पशुपति गए पनि पर्सि छापे पनि के भो र?'
'त्यसरी पुरानो सम्चार दिनु भएन नि। हाम्रो न्युजरुमको पनि रेस्पोन्सिबिलिटी हुन्छ नि!'
'ल, म सोचुँला।' यत्ति भनेर मैले फोन राखेँ।
छ्या, फेरि फोन बज्यो। यो फेरि अपरिचित नम्बर। मैले हेलो भनेको मात्र के थिएँ, उताबाट मसिनो आवाज आयो, 'दाइ, म तपैंको शुभचिन्तक हुँ। गुरुकुलमा एकदुईपल्ट भेट भएको थियो। तपैं पशुपतिमा हुने थाह पाएर आएको। कहाँ हुनुहुन्छ?'
'ए ए, म आउँदैछु। तीन बजे भनेको थिएँ त।'
'खोइ दाइ, एकजना बूढा मान्छे पनि कुरिरहनु भको रैछ।'
'ल, म हिँडिहालेँ।'
...
सवा १ भैसकेको थियो। सूर्य आकाशको बीचमा थियो। हारुकी र म तिलगंगा आँखा अस्पतालनेर पुगिसकेका थियौं। हाम्रा पसिना खल्खली बगिसकेका थिए। ज्यान फलामझैं तातेको थियो। मान्छेहरू हतारहतार हिँडिरहेका थिए। कहाँ-कहाँ पुग्नु थियो, होला। म त मरिसकेको मान्छे, केको हतार?
'साह्रै गर्मी भयो।' मित्र हारुकीले पसिना पुछ्दै भन्यो, 'आँत नै हरहर भएर आयो। यसो चिसो बियर पिउन पाए त क्या दामी हुन्थ्यो होला, है!'
चिसो बियर? पहिला त पैसाको लोभै लाग्यो। अनि सोचेँ- मरिसकेँ, पैसा के काम। मलाई पनि बियर पिउन त मन नलागेको होइन। यसो अरूको किताब विमोचनमा बाहेक अन्त बियर पिउने सौभाग्य प्राप्त पनि थिएन।
'जाऊँ न त गौशाला चोकतिर कुनै रेस्टुरा खुला छ कि?' मैले शानसहित भनेँ।
'जे होस्, तँ मरेपछि अलि सुधि्रछस्, यार।' मित्र हारुकी खित्त हाँस्यो।
गौशालाचोकबाट रातोपुल झर्ने बाटोतिर एउटा रेस्टुरा खुला थियो। हामी भित्र पस्यौं। धेरै मान्छे थिएनन्। भएकाहरू ममःका डल्ला मुखमा कोचिरहेका थिए। कुनातिर एकजोडी भित्तातिर फर्केर एकअर्काको ओठ ठुँगिरहेका थिए। भ्याटभ्याट घुमिरहेको पंखाले तातो हावा फालिरहेको थियो।
हामी ढोकानेरको टेबुलमा बस्यौं। वेटर आयो।
'दुइटा चिसो बियर।' मैले भनेँ।
'ममः पनि भन न।' हारुकीले आश गर्‍यो।
'ममः खाने र?' मैले भनेँ, 'घरमा मान्छे मर्दा त कयौं महिना मासु खाँदैनन्। अब आफैं मरेकाले झन् खान मिल्ला र?'
'खोइ, त्यो त थाह छैन।' मित्र पनि कन्फ्युज्ड भए।
जे पर्ला, खाइदिन्छु। मैले अठोट गरेँ- यसो एक हप्तालाई काठमान्डु छाडेर जानेलाई त हिँड्ने बेला एक प्लेट ममः खाइहालुँ लाग्छ भने म त झन् धर्ती नै छाडेको मान्छे। भनेँ, 'ल भाइ, दुई प्लेट बफ ममः पनि लेऊ।'
एक्कैछिनमा बियर र ममः आइपुग्यो। चिसो बियरको एक घुट्को पिएर मित्र हरुकीले आनन्दले आँखा चिम्लँदै भन्यो, 'जिन्दगीको मजा आयो, यार।'
मैले पनि गला हुँदै छातीतिर सरिरहेको बियरको मज्जा लिँदै भनेँ, 'वाह, मृत्युको मज्जा आयो।'
पेट डम्म हुँदा सवा दुई भइसकेको थियो। बिल मागेँ। नौ सय आएको रैछ। हजारको नोट राखेँ र उठेँ। ढोकानेर पुग्नेबेला वेटरले भन्यो, 'सर, बाँकी पैसा?'
'तिमी नै राख।'
वेटर खुसीले करायो, 'सर, फेरि-फेरि पनि आउनुस् है त!'
'आउन्न!' मैले पछाडि नफर्की भनेँ, 'म मरिसकेँ।'
'साइको नै रैछ, यार।' पछाडिबाट वेटरको आवाज आयो।
...
बन्द भएर होला, पशुपति शान्त नै थियो। एकदुई जना मान्छे टहलिरहेका थिए। बियर र ममःले मलाई अल्छी लाग्न थालेको थियो। हतारिएर हिँड्दा पेटभित्रको पानी बजिरहेको थियो। हामी सोझै घाटतिर लाग्यौं। दुईचार जना मान्छे हाम्रै बाटो हेरिरहेका रैछन्।
'ल, मृतक बल्ल आउनुभो' भन्दै जर्‍याकजुुरुक उठे। मैले हात हल्लाएँ। छ्या, पुलै उद्घाट गर्न हिँडेजसरी पो हल्लाएँ त हात।
एकदुई जनाले फूल बोकेका रैछन्। नजिक आएर फूल दिँदै भने, 'ल, तपंैको नयाँ यात्रा शुभ रहोस्। यो धर्तीमा तपैंको कृतित्व फैलिरहनेछ।'
एकैछिनमा मेरो हात फूलले भरियो। मैले आधाफूल मित्र हारुकीतिर बढाएँ। नेताको पिएझैं उसले फूल सम्हाल्यो।
'अनि हजुर जल्ने प्रोग्राम कतिबेला हो?' एक जनाले सोधे।
'साथीहरू आउँदैछन्। कुर्नै पर्‍यो। एकछिन टाइम लाग्ला।'
'अलि चाँडै गर्न पाए हुन्थ्यो।' एकजनाले भने, 'म त नयाँबजारदेखि आको। फेरि घर फर्कन ढिला हुन्छ।'
मैले मुन्टो हल्लाएँ।
'दाइ, म कमलेश्वर।' एउटा लिखुरे केटो नजिक आयो, 'अघि फोन गर्ने मै हुँ। गुरुकुलमा एकदुई पल्ट हजुर्सित भेट भएको थियो। हजुर्को मृत्युले दुःखी छु।'
'धन्यवाद!'
कमलेश्वर थोत्रो र पुरानो सर्ट र पाइन्टमा थियो। कपाल बढेको थियो। चप्पल लगाएको थियो। खुट्टाका नङ बढेका थिए।
'म आउनुभन्दा अघिदेखि नै उहाँले कुरिरहनुभएको थियो।' कमलेश्वरले अल्लि पर भित्तामा अडेस लागेका एकजना वृद्धतिर देखायो, 'हजुरको चिता खोज्दै आउन भको रैछ। ठूलो झोला पनि बोक्नु भएको रैछ। हजुर्को आफन्तजस्तो छ।'
मैले ध्यान दिएर हेरेँ। हो त, बूढा ठूलो झोला बोकेर आका रैछन्। कपाल आधा झरिसकेका। ज्यानमा दौरासुरवाल, बाहिर कालो इस्टकोट। गोडामा कपडाका जुत्ता। हाम्रा आँखा जुधे। उनले मुस्कुराएजस्तो गरे। म पनि मुस्कुराएँ। म उनीतिर बढ्नै खोजेको थिएँ, एकजना शुभचिन्तकले मेरो हात समाए, 'अनि, चिताका लागि नाम दर्ता गर्नुभो?'
'छैन त।' मैले भनेँ, 'कहाँ हो दर्ता गर्ने?'
उनले ठेगाना भने र भने, 'चाँडो जानुस्। दाउरा, घ्यु, घाटे सप्पैको व्यवस्था गर्नुपर्छ। अनि, एउटा कुरा, चिता नम्बर दुई माग्नुहोला है। यो लकी हुन्छ रे मर्नेलाई।'
'कसरी थाह पाउनुभो?' म त अचम्म।
'सुनेको नि!'
'जल्नेले भनेको?'
'होइन।' उनी हाँसे, 'ज्योतिषीहरूले भनेको। चाँडो गइहाल्नुस्।'
मैले मित्र हारुकीलाई इसारा गरेँ। हामी नाम दर्ता हिँड्यौं। कमलेश्वर पनि पछि लाग्यो। वृद्ध मलाई केही भन्न खोज्दैथे। हारुकीले मलाई तानिहाल्यो।
पुक्क गाला उठेका एक व्यक्ति अफिसमा बसेका थिए। थकित तरिकाले कुर्सीमा बसेका थिए। उनले सोधे, 'मर्नेको नाम?'
मैले नाम भनेँ।
'मर्नेको तपैं को?' उनले मलाई गढेर हेरे।
'मै हुँ।'
'ए ए।' उनले फाइलतिर घोप्टिँदै भने, 'कलिलैमा मर्नुभएछ। अनि कति केजी हुनुहुन्छ? हाइट कति हो?'
मैले ७५ केजी र साढे पाँच फिट भने। उनले के-के जाति टिप्दै भने, 'ल, आफ्नो मृत्यु आफैं दर्ता गर्न आउनेलाई १५ प्रतिशत छुट छ।'
आम्मामा, मरेपछि पनि पैसाको त खोलै बग्दो रैछ। दाउराको, पूजाआजाको र घाटेको पैसा जोड्दा त चिटचिट पसिना नै आयो। चित्त बुझाएँ, आफैंमा लगानी त हो नि!
'ल, तपैंको यात्रा शुभ रहोस्!' उनले फाइल बन्द गर्दै भने, 'तपैंले खोजेकै चिता मिलाइदिएको छु। सप्पै सामान चितामै आउँछ।'
म नमस्ते गरेर निस्केँ।
घाटमा फर्किंदा अलिकति मान्छे घटिहालेछन्। एकदुई नयाँ मान्छे भने मेरो बाटो हेर्दै रैछन्। देख्नेबित्तिकै उनीहरू मतिर आए। एकजनाले भने, 'तपैंलाई हार्दिक संवेदना।'
'धन्यवाद।'
'हामी अलि अघि आको।' उनले भने, 'तपैंको अनुहार हेर्नुथियो, हेरिहाल्यौं। तपैं जल्दासम्म पर्खिन सकिएलाजस्तो छैन। बन्दका दिन ढिला भयो भने घरमा चिन्ता गर्लान् फेरि।'
'हुन्छ। म मरिसकेको मान्छेको चिन्ता नलिनुस्।' मैले भनेँ, 'हजुरहरू घर गए हुन्छ।'
दुईतीन जनाले एकछिन मतिर हेरे, अनि गए।
दुईजना मान्छे काठ बोकेर आइरहेका थिए। उनीहरूले मेरो चिता बनाउने काठ पो ल्याएका रैछन्।
'दाइ।' कमलेश्वरले भन्यो, 'एउटा सानो कुरा गर्नु थियो।'
ऊ केही भन्न खोज्दैथ्यो, मोबाइल बज्यो। विवाहित प्रेमिका पो रैछ। उनले सोधेकी थिइन्, 'पशुपतिको कार्यक्रम भोलि सार्ने भयौ?'
'म पशुपतिमै छु।' मैले उत्तर लेखेँ।
साढे तीन भइसकेको थियो। बिहान एसएमएसमा पशुपति आउँछु भन्नेहरू त कोई पनि आइपुगेका थिएनन्। मलाई अलिअलि छटपटी हुन थालिसकेको थियो। त्यसैबेला एकजना मदिरामस्त मान्छे ढल्पलिँदै आयो। को रैछ?
उसले चितामाथि थुप्रिएका काठतिर हेर्‍यो र सोध्यो, 'लास खोई?'
'मै हुँ।' म हाँसेँ, 'हजुरको परिचय?'
'म घाटेज्यू।' ऊ बम्कियो, 'यस्तो पनि हुन्छ? न त चिता तयार भा छ, न त मलामी नै छ। मसँग टाइम थोरै छ। चाँडै जल्ने तयारी गर।'
'साथीहरू आउँदैछन्।' मैले नम्र भएर भनेँ, 'बाटोतिर होलान्। बन्द परेर समस्या भाको हो।'
'बन्दमा मर्ने हो?' घाटेले भन्यो, 'मसँग टाइम छैन। भोलि गरे हुन्न?'
म हाँसेँ।
'ल, म दुई खिल्ली चुरोट खार आउँछु। त्यतिबेलासम्म तयार हुनु।'
ऊ गयो।
घाटेसित कुरा गर्दैगर्दा दुईजना मानिस टाप कसिसकेछन्। मलाई तारन्तार म्यासेज आइरहेको थियो- म पुग्नै लागेँ/पुगिसकेँ। तर कोई आइपुगेको थिएन। त्यसैबेला झुम्पाको फोन आयो।
'कहाँ छौ?' उसले हतारिँदै सोधी।
'पशुपति।' मैले भनेँ, 'खोई त आको?'
'हेर न म स्कुटी लेर आउँदैथेँ।' उसले निरास स्वरमा भनी, 'बानेश्वर चोकमा बन्दकर्ताले हावा खुस्काइदे।'
'अनि?'
'म पशुपति जान लाको पनि भनेँ तर मानेनन्।' उसले भनी, 'हेर न बल्लतल्ल किनेको स्कुटी। तोडफोड भयो भने त!'
म चुप रहेँ।
'यसो गर प्लिज।' उसले आग्रह गरी, 'भोलि जल न। जसरी हुन्छ आउँछु के!'
'ल, म कोसिस गर्छु।'
अचम्मै भयो। मैले यस्तो होला भन्ने सोचेको पनि थिइनँ। कोई पनि आएन। न त एकेडेमी सदस्य पिकासो, न त लालटिन टिभी। न त मेरा हितैषी मित्रहरू। घाटमा भएका एकदुई जना पनि चुरोट तान्न गएकाथे, फर्केनन्। साँझको घाम बिस्तारै आकाशलाई रक्ताम्य बनाउँदै गयो।
आखिर घाटमा एक वृद्ध, कमलेश्वर, हारुकी र म रह्यौं।
त्यसैबेला घाटे फर्कियो।
'यस्तो पनि हुन्छ। मेरो अफिस टाइम सक्यो।' घाटेले भन्यो, 'सयौं मान्छे जलाइसकेँ, तिम्रोजस्तो अनम्यानेज्ड मराइ त कसैको थिएन हो!'
म वाल्ल परेँ।
'ल, अब तिम्लाई भेट्न घाटमा कोई आउलाजस्तो छैन।' उसले भन्यो, 'म पनि गएँ। बूढी घरमा छैन। छाउराछाउरी भोकै पर्छन्। बरु भोलि दस बजे नै आउँछु।'
ऊ गयो।
ममा झन् तनाव थपियो। मेरो तनाव देखेर कमलेश्वर छेउमा आयो। एक खिल्ली चुरोट मतिर बढाउँदै भन्यो, 'ल दाइ, चुरोट तान्नू, तनाव कम हुन्छ।'
मैले चुरोट ओठमा च्यापेँ। कमलेश्वरले लाइटर बाल्यो।
त्यसैबेला अघिदेखि मलाई केही भन्न कुरिरहेका वृद्ध नजिक आए। र, भने, 'बाबु, एउटा गोप्य कुरा गर्नु छ।'
र, उनले मेरो हात समातेर अलिपर लगे र मेरो कानमा भने, 'हेर्नुस् बाबु, मेरो पनि सल्लाह मान्नुस्। जल्ने कुरा ३ चार दिनपछि सार्नुस्।'
'अनि हजुर को नि?'
'म यमदूत हुँ, बाबु।'
लौ बा, यमदूत यस्ता मायालाग्दा बूढा पो रैछन्। धर्मशास्त्रमा त क्रुर, हेर्दै डरलाग्दो वर्णन गरिएको हुन्थ्यो।
'बाबुले पत्याउनु भएन?' उनले मेरो हात समाए, 'म यमदूत नै हुँ। नेपालाँ पोस्टिङ भाको ४४ वर्ष भो। पहिला तन्नेरी थेँ, गन्धैले मान्छे मर्न लाको थाह पाउँथँे र आउँथेँ। अहिले अलि गन्ध सुघ्न सक्दिनँ। बल्लतल्ल तिम्लाई खोजेँ।'
'अब म के गरूँ त?' मैले सोधेँ।
'हेर्नुस् बाबु, तपैं अहिले नै जल्नुभो भने म तपैंलाई लिएर हिँडिहाल्नुपर्छ। जलिहाल्नुहुन्छ कि भनेर झोलै बोकेर आछु। महिनौ हिँड्नुपर्छ।' उनले लामो सास फेरे, 'म ऐले क्षयरोगको औषधी खाइरहेको छु। तपैंले जल्ने कुरा एकदुई दिनपछि सारे, म आभारी हुने थिएँ।'
मैले उनको अनुहार हेरेँ, उनका ओठ काँपिरहेका थिए।
अब के गर्नु! झमक्क रात परिसकेको थियो। मित्र हारुकी पनि छट्पटिरहेका थिए। मैले यमदूततिर हेरेर भनेँ, 'तपैं जानुस्।'
उनले झोला बोके। मैले सोधेँ, 'अनि बाजे कहाँ बस्नुहुन्छ?'
'स्यम्भुमा ममः पसल खोलेको छु, बाबु। सिटी टप ममः नाम हो। जसलाई सोधे पनि देखाइदिन्छन्।'
उनी गए।
'हो, दाइ आज क्यान्सिल गर्नुस्।' कमलेश्वरले भन्यो, 'दाइ, खासमा केही दिन यतै बस्नुस्। म तपैंलाई एक ठाउँ लैजान्छु।'
'कहाँ?' मैले चुरोटको ठुटो पैतालाले कुल्चेँ।
'भूतमान्डु।' उसले सानो स्वरमा भन्यो, 'भूतमान्डुमा तपैंको खाँचो छ। त्यसैले त म बिहानैदेखि खबर गर्न बसेको।'
'भूतमान्डु?' म कन्फ्युज्ड भएँ।
'हो दाइ, हामी भूतहरूको पनि त सहर छ, काठमान्डुमा।'
'हामी भूत?'
'दाइ, म पनि भूतै हुँ नि!' ऊ हाँस्यो।
मित्र हारुकीको अनुहार बिग्रियो।
'लौ, कहिले मरेका हौ?'
'१३ वर्ष भो, दाइ।' उसले भन्यो, 'म अलि तर्साउन, मान्छेलाई बिरामी बनाउन असफल भएँ। अहिले साहित्य र कला बिट हेर्छु।'
'साहित्य र कला बिट?'
'कुनै साहित्यकार र कलाकार मरे भने म नै भूतमान्डुको निमन्त्रणा दिन आउँछु। त्यै भएर त गुरुकुल गइरहन्थेँ।'
लौ, अचम्म।
'अनि कहाँ छ भूतमान्डु?'
'दाइ, ठ्याक्कै भन्न सक्दिनँ।' उसले भन्यो, 'रत्नपार्कबाट केही माइक्रो छन्, त्यहाँ जाने।'
'म त प्रायः रत्नपार्क गइरहन्छु, मैले त कहिल्यै भूतमान्डुबारे सुनिनँ त।'
'अनि काँ दाइ, भूतमान्डुको माइक्रो त मरेपछि मात्रै देखिन्छ।' उसले भन्यो, 'एक्सिडेन्ड भएर काम नलाग्ने भका सबै गाडी भूतमान्डुको रुटमा चल्छन्।'
नयाँ कुरा थाह भो। मैले सोचेँ- न त जिउँदो रहेँ, न त जल्न नै पाएँ। न त मलामी नै पाएँ। भावीको लेखा। के गइदिऊँ त, भूतमान्डु?
'ल, म भूतमान्डु जाने कि नजाने भनेर भोलि सोच्छु है त!'
कमलेश्वरले मुन्टो हल्लायो।
आखिर धेरै मित्रहरूले सोचे होलान्- मरेको मान्छेसित के संगत गर्नु! मरेको मान्छे काम लाग्ने पनि त होइन नि। त्यै भएर आएनन्। यत्रैसित्ति। मलाई पनि जल्न केको हतार!
जीवनकालभरि कन्जुस थिएँ, मरेपछि मस्ती गर्छु।
मैले अलि ठूलो स्वरमा भनेँ, 'ल साथी हो, ठमेल जाऊँ। पैसाको चिन्ता नगर। आज सेलिब्रेसन गर्नुपर्छ।'
...
डान्स रेस्टुरामा निर्वस्त्र केटीहरू नाचिरहेका थिए। ठुल्ठुलो आवाजमा म्युजिक बजिरहेको थियो। चुरोटको धुवाँ उडिरहेको थियो। मातमा मान्छेहरू वेट्रेसलाई अँगालो मारिरहेका थिए।
हारुकी, कमलेश्वर र म भित्र पस्यौं।
हाँस्दै एउटी अर्धनग्न युवती नजिक आई र कुनातिरको टेबुलमा लगी। हारुकी र कमलेश्वर खिस्स-खिस्स हाँसिरहेका थिए। म भने असाध्यै नर्भस भएको थिएँ।
हाम्ले बियर माग्यौं।
एउटी युवती मेरो छेउमा आएर बस्दै मुसुक्क हाँसी। र, सोधी, 'पहिलोपल्ट आउनुभाको?'
'हो।'
'तपाईंलाई 'केही' चाहिए मलाई भन्नुहोला। म ख्याल राख्छु।' उसले आँखा हेर्दै भनी। उसको इसारा अर्कैतिर थियो।
'मलाई केही चाहिएलाजस्तो छैन।' मैले भनेँ, 'किनभने, म मरिसकेँ।'
'उस्।' ऊ हाँसी, 'त्यै भएर त स्वर्गमा आइपुग्नु भो नि। ह्याँ आइसकेपछि त कत्ति लास भइसकेकाहरू जुरुक्क-जुरुक्क उठ्छन्।'
म हाँसेँ।
'देख्नुभो दाइ, मान्छेहरू कत्ति मोजमस्ती गर्दा रैछन्।' कमलेश्वरले भन्यो, 'तपंै भूतमान्डु हिँड्नुस् क्या। भूत बनेपछि रमाइलो हुन्छ। अर्को कुरा, अहिले न्युरोड एरिया खाली छ। नयाँ भूत पोस्टिङ हुन बाँकी छ। म तपैंका पक्षमा लबिङ गरुँला।'
'साँच्चै हो?'
'हो दाइ, न्युरोडमा एक वर्षमात्र पोस्टिङ भो भने करोडौं कमाउँछन् भूतहरू।' कमलेश्वरले मेरो कानमा मुख जोत्दै भन्यो, 'किनभने, दाइ सारा मुलुकमा भूतहरूकै शासन जो छ।'
हाम्रो कुरा सुनिरहेको हारुकी हाँस्यो, 'मलाई पनि मरूँमरूँ लाग्यो त। रमाइलो हुने रैछ।'
म चुप रहेँ। किनभने, मरेकै दिनदेखि मैले जिन्दगी जिउन सिकेको थिएँ।                                    
  source .topnepalnews.com                    

Thursday, October 31, 2013

"साथी,खालि बोतल कहाँ छ ?"

"18 तारिकमा हो कार्यक्रम | दौरा-सुरुवाल जे छ लगाएर आऊ ..अँ .. हो, केटीहरु चै सारी-चोलो मै हो | ए ..ल हुन्छ | मिल्छ भने अलि छिटो आउनु, स्टल मिलाउनु पर्छ | ओके बाई |"
यति भन्दै सिजन श्रेष्ठले टेलिफोन बार्तालाप टुंग्याए | उनलाई भेट्ने मेसो धेरै पछि मात्र मिलेको थियो | म यसपटक अरुबेला भन्दा खुशी थिएँ गफगाफलाई लिएर | सिजन जस्तै अरु केहि साथीहरुले त्यति ठुलो केहि गरेका त होइनन, जति गरे अनि जसरि गर्दैछन्, त्यो चाहिँ साँच्चै उल्लेख्य थियो | सार्वजनिक बिदाको त्यो मध्यान्ह, केहि न्यानो थियो |
समुन्द्री किनारमा माछा मार्न जाने, पार्कमा बसेर बियर खाने, वा त्यस्तै केहि हुने गर्छ यो 'समर' लाग्दै गर्दाको भेटघाटमा | तर म जुन प्रसङ्ग कोट्याउन खोज्दै थिएँ उनिसँग, त्यसले कुनै रोमान्चकता दिने वाला थिएन |
"२००९ बाट हैन हामीले सुरु गरेको ?", पल्लो कुर्सीमा बसेकी सरिनालाई याद दिलाउँछन् उनि | उनि ४ बर्ष अघिको त्यो साँझ सम्झिन्छिन, ट्रेन स्टेसनमा अरुले फालेको बियरका बोतल टिप्दै हिंडेको | फिनल्याण्डमा नौला थिए उनीहरु | तैपनि सेन्टरको त्यो भिडभाडमा संगै ट्रेन कुर्दै गर्दा अरुजस्तै साधारण, कानमा इयरफोन, खल्तीमा हात, कहिँ पुग्ने हतारो, अनि सधैँ केहि न केहि सोचिरहे जस्ता तिल-चामल भिडमा मिसिन्थे | फरक यत्ति थियो, उनीहरुसंग काम थिएन | घरबाट ल्याएको पैसा केहि महिनाको अन्तरालमा सकिने तरखरमा थियो | नेपालको सर्टिफिकेटको यहाँ के मान्यता, खालि बोतल बेचेर आउने १५ सेन्ट जतिको पनि भाऊ थिएन | मनमा निराशा व्याप्त थियो | 'तैपनि आफूजस्तै अरु २-४ जना बेरोजगार देखेपछि भने चित्त बुझ्दो रहेछ | संगै बसेर गफ गर्यो, निराशा पोख्यो, यहाँको 'सिस्टम'लाई गाली गर्यो, २ वटा बियर खायो, अनि फ्रस्टेसन उतार्यो | '

एक साँझ सिजन, तिकुरिल्ला तिरबाट हेलसिन्की फर्किंदै थिए | ट्रेनबाट झर्ने बित्तिकै वरपर हेरे, पहेंला स्ट्रिट ल्याम्पको प्रकाशमा २० रूपैयाँका अनगिन्ति डल्ला छरिएको देखे | बियर खाएर फालिएको एउटा बोतल स्टोरमा दिँदा १५ सेन्ट फिर्ता आउँछ | २ वटा खालि बोतल यहाँ उनले टिपे भने त नेपालमा एक जनाले पेटभरी खान पाउँछ | जम्मा ५ मिनेट खर्च गरे भने ५-७ वटा बोतल पक्कै खोजिन्छ होला, जुन पैसा जोगाएर नेपाल पठाउन पाए त कति भोका पेट भरिएलान | नेपाल हुँदा घरमा आमाले मन परेको खाना बनाउनु भएन भनेर घुर्की लगाउँदै निस्केपछि, बाटोमा झिंगा भन्किरहेको एउटै थालबाट धेरै बच्चाहरुले बासिभात निस्तै खाईरहेको देखे | केहिबेर उभिए, सोचे, त्यसपछि जाँदै गरेको बाटोबाट यू Turn मारेर घरमा फर्कि चुपचाप खाना खाएको याद आयो | मनले भन्यो - अब सोचेर मात्र केहि हुन्न | हेलसिन्की स्टेसनको भिडमा केहि संकोच नमानि झोलाबाट प्लास्टिक झिके, अनि फटाफट वरपरको बोतल उठाए | धेरैनै जम्मा भएपछि स्टोरमा गएर साँटे, तर पैसा आयो जम्मा ३ युरो ! राति घर फर्केपछि केहि मन मिल्ने साथीहरुलाई त्यो कुरा सुनाए | केहिले उत्साह थपे, कहिले ओठ लेप्राए | " आफ्नै जागिर नभएर के खाउँ भएको बेला, अरुलाई कसरि सहयोग गर्नु ? फेरी हाम्रो यति जाबो पैसाले केहि हुनेपनि त होइन |" कुरो जायज थियो | तैपनि कुन कुराले त्यस्तो 'क्लिक' गर्यो मनमा कि उनले त्यो लत छोड्न सकेनन | अनि उनीजस्तै काम खोज्दै बरालिने केहि साथीहरु मिसिए, लहड लहडमै | रुटिन बन्यो : हप्ताको २ दिन फुर्सदको बेला बेलुकी बोतल टिप्दै हिंड्ने र महिनाको अन्तिममा सबैको हिसाब जम्मा पारि एकठाउँमा राख्ने | महिनाभरिमा जम्मा ५० युरो पनि पुग्थेन होला | आफ्नो लागि साथीहरुसंग सापट मागेर काम चलाए, तर बोतल टिपेको पैसा खर्च गरेनन | २-३ जना सिमितसाथीहरु मिलेर सुरु गरेको त्यस काममा उज्वल खड्का थपिए, "राम्रो काम हो, गर्नु पर्छ, थाक्नु हुन्न" भनेर हौस्याईरहने | अब भने राति राति बोतल टिप्ने समूहनै बनेको थियो | बिस्तारै अनन्त, मदन कडरिया, ज्ञानु थपलिया, जस्ता अरु साथी थपिए, जसले काममा मात्रै सघाएनन, औपचारिक रुपमा हरहिसाब पनि दुरुस्त राख्थे | अनि सहयोगको हात बढाउन रेशम अधिकारी, भिम तामांग, र अरु साथीहरु पनि आए, जसले गर्दा अझ सहज भयो | "सहयोगपूर्ण काम गरौँ भन्ने त सबलाई लाग्दोहोला नि मनमा, तर कोहि अघि नलागेसम्म सुरु गर्न गाह्रो है ", टेबलमा रहेको चस्मा उठाउँदै सरिना बोल्छिन | क्याफेको हाम्रो गफगाफमा ढिलो गरि आईपुगेकी प्रतिज्ञा खनालले सोधिन - "चिया मगाउँ है ?", उनले सोध्न नपाउँदै मैले 'हस' भन्ने लवजमा टाउको हल्लाएँ | जाडो होस् या गर्मि, आफु त चियाको पारखी परियो |
सामाजिक कार्य अनि चियाको प्रसंग आउने बित्तिकै मैले सम्झने एउटै कुरा छ, असाहय बालबच्चाको सहयोगका लागि ट्वीटर चलाउनेहरुको समूह ‘TFC नेपाल’का साथीहरुको बसन्तपुरमा हुने 'चिया-बिसोट' कार्यक्रम | चिया टेबलमा आउँदै गर्दा TFC मा भएका रमाईला प्रसङ्ग सुनाउन भ्याएँ मैले |
"अनि यो बोतल टिपेर कतिन्जेल त ? अरु तरिकाबाट एकैपल्ट धेरै पैसा जम्मा हुन सक्छ नि, अरु सहयोगी संस्था पनि भेटिएलान"|
"अँह... त्यस्तो होइन |" सिजनले अलिकति 'पज' लिएर बोले |
"मान्छेहरुलाई सहयोग गर्न बाध्य पार्नु हुन्न | उनीहरु रमाइलो गरुन, तर थाहै नपाई त्यसबाट सहयोग पनि होस् | एक कार्टुन बिएर खाएर आएको बोतलबाट कम्तिमा ४ युरो आउँछ, त्यो जम्मा पार्न सके त धेरै काम बन्छ | धेरै नेपाली साथीहरु खुशी हुँदा, दुखि हुँदा, जे पर्दा पनि पार्टी नै गर्ने चलन छ, त्यो खालि बोतल जम्मा पारिदिए त रमाईलो संगै सहयोग पनि भयो | अझ 'भिकिंग लाइन' र 'सिल्या लाईन' जस्ता फिनल्यान्डका ठुला जहाज कम्पनिमा काम गर्ने नेपाली साथीहरुले सहयोग गरे भने त, खेर जाने चिजबाटै उल्लेख्य सहयोग जुटाउन सकिन्छ"| उनको तर्क यत्तिकैमा सकिदैन | "हामी कुनै संस्थाबाट सहयोग लिदैनौं | हात थाप्ने बानि पर्छ, आश गर्ने बानि पर्छ | आफ्नो मनबाट आएको सहयोग भावना, आफ्नै हातले पुरा गरेको राम्रो नि, हैन र ?", सिजनको गह्रौं हाँसो म तिर आयो, "एकदम सहि", किनकि प्रतिवादको लागि मसंग शब्द थिएन |

एकपल्ट काठमाण्डौ गोठाटारको एउटा स्कुललाई आर्थिक संकट परेको थाहा भयो साथीहरुमार्फत | उक्त स्कुलमा निकै नै बिपन्न मजदुरका छोराछोरी पढाईँदो रहेछ | "एक्टिभ पिपुल" नाम राखेर बिदाको दिनमा बोतल खोज्दै हिड्ने यो समुहलाई त्यहाँ सहयोग पठाउन मन लाग्यो, तर खातामा जम्मा ७५० युरो थियो | २००९ को त्यस जाडोमा, -१५ डिग्री सँग जुध्दै पार्क वरपर बाटोभरी छरिएका १५ सेन्ट खोज्दै हिंडे सहयोग जुटाउन | अनि त्यस स्कुलमा पुगेको उक्त रकम (रु ८० हजार) तुलनात्मक रुपमा थोरै नै किन नहोस, त्यसपछि उनीहरुले पाएको प्रतिक्रिया चाहिं मनै फुरुङ्ग पार्ने खालको थियो | त्यसबेला देखि अहिलेसम्म यस्तै अनगिन्ती सहयोग पठाइसकेको छ यस "एक्टिभ पिपुल" समूहले | २०११ मा नेपाल टेलिभिजनबाट प्रसारित बर्दियाकी ११ बर्षिया बालिका सरिता डी.सी. को रगत नबढ्ने आई.टि.पि. रोग लागेको र उपचार खर्च नपाएर रोएको 'भिज्युअल' हेर्दै गर्दा सरिनाको आँसु तप्प झरे, तर तत्कालै आँशु पुछेर साथीहरुलाई फोन घुमाईन् | केहि समयमै एउटा च्यारिटी प्रोग्राम गरेर करिब १३०० युरो जुटाइयो र बालिका उपचाररत अस्पतालमा पठाईयो | "यस्ता सानोतिनो सहयोगले जिन्दगी त नबन्ला, तर केहि समयलाइ राहत त पक्कै भयो होला नि पीडाको बेलामा", मन भारी हुँदै गर्दा सरिनाको बोलि मसिनो हुँदै थियो | "अस्ति भर्खर पनि 'युथ फर नेपाल' भन्ने अमेरिकी मुलको नेपाली संस्थासँग मिलेर एउटा टिसर्टको २० युरोको दरले साथीहरुले लगाए, जसको झन्डै ८० प्रतिशत रकम झापाको एक स्कुलको छानो छाउन प्रयोग भएको थियो | यता टिशर्टको फेशन भयो, उता चुहिने छानो छाईयो |" मैले बिस्तारै सोधें - "सहयोह गर्न पैसा चाहिन्छ कि मन ?", सबैको उत्तर केवल मुस्कान मात्र थियो | अनुहार पढ्न भाषा चाहिन्छ र !

आज यो दिनसम्म आइपुग्दा यि तन्नेरीहरुको आफ्नै पक्का राम्रो जागिर छ, हातमा 'ग्रयाजुयसन' सर्टिफिकेट छ, सम्झिएरै रुन/हाँस्न पुग्ने प्रेम प्रसङ्गहरु छन्, अरुको जस्तै पारिवारिक उतारचढाव पनि छ, तैपनि बाटोमा बोतल देखे टिप्न बिर्सिदैनन | बिदेशीलाई बरु वास्ता हुन्न, नेपाली साथीभाईले चै बुझ्दै नबुझी 'ह्युमिलेट' गराउँछन् | "हैन यति युरो छाप्दा पनि नपुगेर के को बोतल टिप्दै हिड्छस् यार, कति लोभ गरेको, नारायणहिटी दरबार किन्ने विचार हो र ?”, उनि प्रतिवादमा उत्रिदैनन, बस 'खिस्स' हाँसेर टारीदिन्छन | "त्यस्ता प्रतिक्रियाको उल्झनमा लाग्यो भने, मन कम्जोर हुन्छ" |

काम्पी स्टेसन नजिकै राती ११ बजेतिर बोतल टिप्दै गर्दा सरिनालाई एउटा अँध्यारो आकृतिले झस्कायो | एउटा फिनिश केटो ठिंग उभिएको थियो पछिल्तिर | " तैंले खान नपाएर यस्तो गरेकी होस् ? हो भने हिंड मसंग, म पैसा दिउँला", केटोले रुखो गरि भन्यो | जिन्दगीमा पहिलोपल्ट रिस, घृणा, त्रास, हाँसो सबै 'इमोसन' एकैपल्ट महसुस भयो उनलाई | कसरि कुरा बुझाउने यो भुसतिघ्रेलाई | तैपनि हिम्मत नहारीकन सबै बेलिबिस्तार लगाईन्, केहि मिनेटको बार्तालाप पछि फिनिश 'खैरे' को मन बदलियो | नम्र भावमा प्रस्तुत हुँदै सहयोग गर्न पो तम्सियो | "तेरो समूहलाई म पनि केहि पैसा सहयोग गर्न चाहन्छु", केटो उत्साहित भयो | "बोतल टिप्ने भए आइज संगै, पैसा त हामी अरुबाट लिदैनौं", सरिनाको जवाफबाट केटो अवाक भयो | यो प्रसङ्ग सुनाउँदै गर्दा उनको अनुहारमा खुशीको एउटा पत्र थपियो |
हामी चियाको दोस्रो राउण्डमा थियौं | प्रतिज्ञाले फुरुंग हुँदै सुनाईन "मैले हिजो १० युरो जम्मा परेको छु नि ग्रुपको लागि, २ जना दिदीहरुको कपाल काटेर"| यो समूह कहिले कार्यक्रमहरुमा चिया बेच्छ, अरुको कपाल काट्छ अनि बेला बेलामा फिनिस सांस्कृतिक कार्यक्रमहरुमा नेपाल चिनाउने भेषभुषा प्रस्तुत गर्छ | यस्तै अनेकौं कथाहरु छन् यस समुहमा मिसिएर काम गर्ने अरु साथीहरु पनि | "पर्सनल लाईफ बिगारेर यस्तो काममा लाग्न हुन्न है, भित्र मनबाटै आउँछ भने र फुर्सद निकाल्न सकिन्छ भने मात्रै लाग्नु पर्छ ", NRN फिनल्यान्डका सचिब रहेर काम गर्दै आएका सिजन सम्झाउने भावमा भन्छन |
अब भने हाम्रो गफगाफ लम्बिदै थियो | पाँचौ तलामा रहेको त्यस क्याफेको त्यो झ्यालबाट हेरें, साँझ पर्दै गर्दा घाम बिस्तारै छेलिएर 'पासीला' ट्रेन स्टेसनमा छाँया पर्यो | सोचें, उत्तरी गोलार्द्धको यो अँध्यारो मुलुकमा पनि कति उज्याला प्रवासी मन दौडिरहेछन्, जुनकिरी जस्तै पिलिक पिलिक ! ट्रेनमा फर्किदै गर्दा मैले बिस्तारै सम्झदै साथीहरुलाई पालैपालो फोन लगाएँ | "अघिल्लो हप्ता पार्टी गर्दाको बोतलहरु कहाँ छ हँ ? त्यो एउटा पनि नफाल्नु | गोरखाको मेरो स्कुलमा लाईब्रेरी छैन |"

[ "बोतल टिप्ने ग्रुप' शिर्षकमा २९ भाद्र २०७० शनिबारको 'अन्नपुर्ण पोष्ट' मा प्रकाशित)                                     (साथी  भूवन को ब्लग  http://www.bhoowan.com.np/2013/09/blog-post.html  बाट साभार गरियको

Tuesday, October 22, 2013

दिनचर्या

बिहान उठेदेखिबाट शुरु हुन्छ उसको दिनचर्या
कुनै  नयाँपन छैन, कुनै उत्साह छैन
अविरल बगिरहने शान्त मुद्राको नदि जस्तो
अनि एकतमासले आकाशमा टल्किरहने तारा जस्तो
टन्टलापुर घाम होस वा मुसलधारे वर्षा 
पानीले लुछुप्पै पारोस वा पारोस् घामले पसिनाका धर्षा
बिहानैदेखि शुरु हुने उसको दिनचर्या झमक्क साँझ परुञ्जेल चल्छ
त्यही सडक छेउको पेटी, एउटा कचौरा अनि मैला लुगामा उसको दिन ढल्छ
दिनभरी मागेको पैसाले उसले के गर्छ होला
उसका परिवारमा को को छन् होला
खाना के खान्छ होला
यस्ता प्रश्नले मलाइ दैनिक घच्घच्याउँछन् 
 यस्तै यस्तै प्रश्नहरुले दिनैभरी पछ्याउँछन्
म दैनिक नियाल्छु उसको दैनिकी
किनकी उसको जस्तो मेरो पनि छ एउटा दैनिकी
त्यो सडक छेउको वृद्ध अनि म 
उ दिनभर भिख माग्छ, म पनि एक हिसबाले भिखै माग्छु
 मेहेनत त उसले नि गरेकै छ नि
त्यो चर्को घाम त उसले खाएकै छ नि 
उसको त्यो दु:ख सबैले नियाल्छ
तर मेरो दु:ख कसले नियाल्छ ?

उसले आत्मसन्तुष्टी नपाए नी सहानुभुति त पाउँछ 
तर मैले दुवै पाउँदिन
दिनचर्या सबको फरक फरक छ
तर सङ्घर्ष त एउटै होला
लक्ष्य त एउटै होला
जसरी नी लाज ढाक्नु र यो पेट भर्नु त छ
जतिसुकै कमावोस एक दिन मर्नु त छ 
मान्छे पिच्छे फरक छ दिनचर्या
अनि ठाउँ पिच्छे फरक छ दिनचर्या
तर पनि विवश छ मान्छे
र त टार्दैन कहिले त्यो निरन्तर दिनचर्या
त्यो निरन्तर दिनचर्या !! (sourc..http://www.ikanti.blogspot.com/)

Wednesday, October 2, 2013

प्रेम पत्र

मुटु भत्काउने मौनताबीच रहेका रात बित्ने गर्छ तिम्रो सम्झनामा र म सम्झने गर्छु हाम्रो अधुरो प्रेम कथा जुन कथाको एउटा पात्र तिमी अर्को पात्र सिर्फ म । छुट्ने बेलामा अमुक अंकमाल गर्दै अश्रुधारा चुहाएर भनेका थियौ, 'सुन्तली मेरो आगमनको प्रतिक्षामा बस है । सधैको
लागि जान लागेको कहाँ हो र ? पगली  हाम्रो सुन्दर संसारको आधार लिएर दुई वर्षमा आउनेछु, त्यति खेरसम्म मेरो प्रतिबिम्ब समेटेर बस्नु ।  म तिम्रो सिउँदोमा गुराँस सजाउन अवश्य आउनेछु ।भन्दै बिदाइको सांकेतिक हात हल्लाउँदै ऊ त्रिवुभन विमानस्थलको मूलगेटबाट भित्र पस्र्दै मबाट ओझेल भएर रोजगारीका लागि कतारको गएको थियो राज ।
राज मेरो पहिलो प्रेम, मेरो जीवनको आधार अथवा मेरो सम्पूर्ण संसार । एक अर्थपूर्ण सम्बन्धको सुरुवात । मेरोबीचको प्रेम सम्बन्ध हाम्रो परिवार, गाउँ समाज सबैलाई अवगत भएको थियो । हामी एक अर्कालाई प्रेम गथ्र्यौ सच्चा हृदयदेखि । हामीबीचमा विवाहको कुरा पनि भएको हो तर राजले आफू केही सक्षम भएपछि विवाह गर्ने सोच जनाएकोले मैले पनि उसको कुरालाई नकारात्मक रूपमा लिन चाहिन । हामीले गाउँ र समाजको हितविपरीत वा प्रेमको परिधिको धेरालाई कहिले तोडेनौं । हामी एक अर्का समाहित थियौं, एक अर्काप्रति हाम्रो विश्वास थियो, श्रद्धा र सम्मान गथ्र्यौं ।

राज रोजगारीको सिलसिलामा कतार पुग्यो । राजले पुगेपछि मलाई फोन गर्‍यो, 'सुन्तु यहाँ पनि सबै राम्रो छ, काममा भोलिदेखि जान्छुहोला, अलि हावापानी हाम्रोभन्दा फरक रैछ, धेरै साथीभाइहरू नेपाली नै हुनुहुन्छ मेरो काम गर्ने कम्पनीमा पनि, त्यसैले तिमीले मेरो चिन्ता नगर आफ्नो पढाइलाई निरन्तरता देऊ ल । अनि मेरो घरमा पनि बुबा आमा मात्र हुनुहुन्छ सन्चो बिसन्चो के कसो हुन्छ यसो कलेज जाँदा आउँदा पस्ने गर है । भन्दै फोनमा केही कुराहरू भए । राजसँग परोक्ष फोनमा संवाद गर्दा सकेसम्म ऊ विचलित नहुने प्रयास गथ्र्यो । तर उसको कम्पित स्वर आफन्तसँग छुट्टनिुको पीडा, जन्मभूमि छोड्दाको पीडा झल्कन्थ्यो जति नै लुकाउन खोजे पनि । मैले पनि आफूलाई सम्हालेर हाँसेर यहाँको चिन्ता नगर म छु नि तिमीले आफ्नो ख्याल गर म त परिवारको साथमा छु, आफ्नो देशमा छु भन्ने ढाडस दिएँ उसलाई । हामी नियमित सम्पर्कमा नै रहिरहेका थियौं । कहिलेकाहीं मलाई फोन गर्न अलि ढिलो गर्यो भने म कलेजबाट र्फकंदा उसको घरमा बुबाआमालाई भेट्ने बहाना पारेर जान्थे अनि उहाँहरूले छोराको फोन आथ्यो सुन्तली पस्छे होली नि कलेजबाट कहिलेकाहीं भनेर सोधेको थियो भन्दै गफ गर्नुहुन्थ्यो । म अनि मनमनै मख्ख पर्थें, जे होस् मलाई फोन नगरे पनि सम्झिरहेको रैछ राजले भनेर ढुक्क हुँदै त्यहाँबाट घरतिर लाग्थें ।

समयहरूसँग दिनहरू बदलिँदै गए । राज गएको पहिलो महिना, दुई महिना हुँदै वर्ष दिन पुग्न लागेको थियो । आफू जाँदा लागेको ऋण पनि चुक्ता गरिसकेको थियो । भन्थ्यो अबको एक वर्षको चाहिं जम्मा गर्नुपर्ला अनि नेपालमा नै आएर एउटा सानोतिनो व्यापार व्यवसाय सञ्चालन गर्नुपर्छ । मैले पनि उसको कुरामा हो मा हो मिलाउँथें । अनि हामी मिलनको कल्पनामा हराउँथ्यौं । उसले भन्थ्यो सुन्तु १ वर्ष बितिसक्यो अब एक वर्ष पनि बितिहाल्छ । अहिले म छुट्टीमा नै आउँछु काम राम्रो नै छ । यो छुट्टीमा तिम्रो सिउँदोमा सिन्दुर भर्ने सोच छ, तिमी तयार भएर बस है, ठट्यौली पारामा राजले मलाई जिस्काइरहन्थ्यो ।


सायद राजको छुट्टी आउने समय ३ महिना बाँकी थियो होला त्यो बीचमा नियतिले मेरो जीवनमा यस्तो खेल खेलिदियो कि मलाई  भगवान्प्रति पनि विश्वास लाग्न छाड्यो । बेलुकीपख म पढ्दै थिएँ, राजको नम्बरबाट फोन आयो । खुसी हुँदै उठाए, तर अपरिचित आवाज गुन्जियो कानमा । ए सुन्नु त हजुर सुन्तली दिदी बोल्नुभएको हो, म राजको साथी उहाँको आज गाडी दुर्घटनामा पर्नुभयो सिकिस्त हुनुहुन्छ । उहाँको बुबाआमालाई भन्दा झनै आत्तिनुहुन्छ होला भनेर हजुरलाई फोन गरेको हो, ऊ एकोहोरो बोल्दै थियो म छाँगाबाट खसेजस्तो भए, मेरा बोलीहरू अवरुद्ध भए, उसले कुन बेला फोन राख्यो मलाई होसै भएन । मेरा आँखाबाट आँसु तररर झर्‍यो, म त्यही बेहोस भएर ढलेछु । बिहानपख आँखा खुल्दा किताबहरू एकातिर छरिएका रहेछन्, बत्ती बलिरहेका छन्, उठ्नेबित्तिकै सरासर राजको घरमा गए, राजको घरमा बुबाआमाहरू भर्खरै उठनुभएको रहेछ, उहाँहरूले अहो सुन्तली किन यति छिट्टै आएको राजले फोन गरेको थियो ? भन्दै प्रश्नहरू तेर्साउन थाल्नुभयो म नतमस्तक भए उहाँहरूको अगाडि आँट गरेर केही भन्ने हिम्मत गर्छु भनेर लागेको थियो, फेरि एक्कासि राजको बुबाको मोबाइलमा घन्टी आयो । खुसी हुँदै आज छोराले किन यति छिट्टै फोन गर्यो भन्दै उठाउनुभयो । उताबाट आवाज आयो हेल्लो को बोल्नु भो ? बुबा हो । म राजको साथी हो । हामी एउटै कम्पनीमा काम गर्छौं हिजो उहाँ काममा जाँदा गाडी दुर्घटनामा परेर घाइते हुनुभएको थियो  तर उपचार गर्दागर्दै उहाँको अहिले निधन भयो । यही खबर दिऊँ भनेर फोन गरेको । बुबा हातबाट मोबाइल खसे, के भो छोरालाई राजको बुबा भन्नु भन्दै आमा मूच्छिर्त हुन थाल्नुभयो । बुबा थुचुक्क भुइँमा बस्दै टाउकोमा हात राख्दै हाम्रो बुढेसकालको सहारालाई कालले टपक्क टिपेछ बूढी सात समुद्रपारि । म त्यो कुराले त्यही बेहोस भएछु । पछि होस खुल्दा गाउँभरिका मान्छेहरू आएका रहेछन् ।

मैले आफू त्यहाँ बसी राख्नु उचित ठानिन । म त्यहाँबाट घरतिर लागंे । पथ हराएको यात्री जस्तो जिन्दगी बोकेर म त्यहाँबाट निस्कँदै गर्दा, कठै २४, २५ वर्षको उमेरमै यसको जीवन बर्बाद भयो, कस्तो अलच्छिनको खप्पर बोकेर ल्याएकी रैछ, कसरी नाक देखाएर बस्ली यो समाजमा भन्दै त्यो भीडमा खासखुस कुराहरू गर्दै थिए । मेलापात, पानी पँधेरो जताजतै मेरो र राजको सम्बन्धको बारेमा चर्चा चल्न थाले र मलाई कसैले सहानुभूति कसैले घृणाको नजरले हेर्न थाले । आखिर मेरो यसमा के दोष थियो र किन मलाई समाजले यस्तो घृणित रूपमा नियालेको होला, के मैले कसैलाई सच्चा प्रेम गर्नु पाप हो र ? आखिर किन नियतिले मप्रति यति ठूलो वज्रपात पार्‍यो ? मैले जीवनदेखि हार खाएर आत्महत्याको बाटो पनि रोजेको थिएँ तर राजेले भनेको थियो, हेर सुन्तु भोलिको जीवन कसले देखेको हुन्छ र ? कहिले आफूलाई हरेस नखानु दुःख सुख, हाँसो रोदनमा आफूलाई सम्हाल्नुपर्छ । प्रवासी भूूमिमा छु यदि मलाई यदाकदा केही भयो भने तिमीले त्यस्तो गलत बाटो नअपनाऊ ल म जहाँ भए पनि तिम्रो साथमा हुनेछु । त्यही शब्द मेरो मस्तिष्कमा बारम्बार गुन्जयमान हुन्छ अनि आफूलाई सम्हाल्छु । राज तिमीले चटक्कै छोडेर गइहाल्यौ, यहाँ यो समाजमा तिम्रो सुन्तुलाई बाँच्न कति गाह्रो भएको छ भन्ने त सायद तिमीले नियालिरहेका हौला । तर पनि म आफूलाई तिम्रो लागि बाँच्ने प्रयासमा यो मान्छेको सहर काठमाडौंमा भौतारिरहेको छु । अब त मलाई कोहीप्रति पनि विश्वास र श्रद्धा छैन । जीवनमा एक्लो केवल एक्लो यात्री भएर बाँचिरहेको छु । अब जानेछु नयाँ घाम फुल्ने बस्तीमा जहाँ हाम्रो प्रेमको सम्मान हुनेछ । जीवन रहेसम्म तिम्रो आराध्य गरेर बस्नेछु । विश्वास छ पृथ्वीभन्दा पर कुनै संसार रहेछ भने हाम्रो भेट अवश्य हुनेछ ।

तिम्रो आजन्म पुजारी

सुन्तली                                     साभारः    एकान्त कुना        (

Sunday, September 29, 2013

संसारका सबैभन्दा दुखद १० तस्विर, जसले रुन बाध्य बनाउँछन

............. एक तस्विर हजार शब्दको बयान गर्न सक्षम हुन्छ तर कुनै तस्विर यस्ता हुन्छन् जुन देख्नेहरु आत्मैदेखि दुखि नभई सुखै पाउँदैनन्। बिभिन्न देशका फोटोग्राफरहरुले विगतमा संसारका बिभिन्न बिषयमा केहि यस्ता तस्विर खिचेका छन्, जसले भोक, त्रास तथा ऐतिहासिक पलको दुनिया सामु व्यक्त गरेका हुन्छन।हामीले तपाईसामु दश यस्ता तस्विर प्रस्तुत गर्दैछौँ जसले दर्दनाक घटना तथा प्रकोपलाई दुनियासामु प्रष्ट पार्छन्। यो तस्विर प्रस्तुत गर्नु तपाईलाई दुखी बनाउने हाम्रो उद्देश्य नभई घटनाबाट पाठ सिक्नुपर्छ भन्ने हाम्रो मान्यता छ।

१. बौद्ध भिक्षुको आत्मदाह (1963)
यस तस्विरले पुरै दुनियालाई शोक सन्तप्त बनाईदियो। यहाँ बौद्ध भिक्षु दक्षिणी वियतनाममा अमेरिकी युद्दको विरोध गरिरहेका थिए। भिक्षुले आफैले आफुलाई आगो लगाए। अचम्मको कुरा के छ भने शरिरमा आगो लाग्दै गर्दा उनि न चिच्याए न त जलुञ्जेल हल्लिए नै। उनले चुपचाप आत्मदाह गरे।
इतिहास की 10 सबसे दुखद तस्वीरें, जिन्होंने किया रोने पर मजबूर
२. इराक युद्ध (2003)
एक इराकी कैदीलाई आफ्नो चार बर्षको छोरा भेट्न आए। उसको छोराले आफ्नो पिताको ढाकिएको अनुहार तथा हातमा लगाएको हतकडी देखेर डराए। कैदीले सैनिकसँग अपिल गरे की आफ्नो हतकडी खोलियोस् र आफुले बच्चालाई मायाले समाउन पाउँ। अन्तत: सैनिकले कैदीको आग्रह मानेर हतकडी खोलिदिए।
इतिहास की 10 सबसे दुखद तस्वीरें, जिन्होंने किया रोने पर मजबूर
३. भोपाल ग्याँस काण्ड (1984)
भोपाल ग्याँस काण्ड दुनियाको सबैभन्दा ठुलो औद्योगिक घटना मध्ये एक हो। भारतको मध्य प्रदेशको राजधानी भोपालमा भएको उक्त त्रासदीमा पच्चिस हजार भन्दा बढि मानिस प्रभावित भएका थिए। यो तस्वित सोही घटनाको हो। घटनास्थलमा एक बच्चाको शरिर फेला पर्यो। ग्याँस का कारण बच्चाको आँखा पनि बाहिर निस्किएका थिए।
इतिहास की 10 सबसे दुखद तस्वीरें, जिन्होंने किया रोने पर मजबूर
४. पहिलो कालो विद्यार्थीलाई निकाला (1957)
नर्थ कैरोलिनाको हैरी हार्डिंग हाई स्कूलमा डोरोथी काउण्ट सबैभन्दा पहिलो ब्ल्याक स्टुडेण्ट(कालो वर्णकी विद्यार्थी) थिईन्। स्कूलमा पहिलो दिन उनलाई अभद्र व्यबहार भयो। आमा-बाबुले उनको सुरक्षाको ध्यान राखेको पहिलो दिनबाटै उनलाई स्कूलबाट निकाला गरिएको थियो। तस्वीरमा देख्न सकिन्छ की कसरी उनका साथीले उसको मजाक उडाईरहेका छन्।
इतिहास की 10 सबसे दुखद तस्वीरें, जिन्होंने किया रोने पर मजबूर
५. भुकम्पले आमाकै अगाडी पाँच बच्चाको ज्यान लियो (1983)
सन् 1983 मा आएको भूकम्पमा आफ्ना पाँच बच्चाको आफ्नै अगाडी ज्यान लिएको थियो। यो तस्विरले बताउँछ की उसलाई कति पिडा भईरहेको छ।
इतिहास की 10 सबसे दुखद तस्वीरें, जिन्होंने किया रोने पर मजबूर
६. आफ्नै सैनिक र नागरिकमाथी बम प्रहार
कहिलेकाहीँ क्षमा गर्न योग्य नरहने गल्ती समेत हुने गर्छन्। दक्षिण भियतनाममा चलिरहेको युद्दका बेला भियतानामी प्लेनको गल्तीले नेपाम बम आफ्ना सैनिक तथा नागरिकमाथी बर्सियो। ईलाकामा भागदौड मच्चियो। भियतनाम-अमेरिकी युद्दको बेला नेपाम बम बनाईएको थियो।
इतिहास की 10 सबसे दुखद तस्वीरें, जिन्होंने किया रोने पर मजबूर
७. ज्वालामुखी पछि हिलोमा फसेकी आमयरा सांजेच (1985)
कोलंबियाको आर्मिरोमा सन् १९८५ मा फुटको ज्वालामुखीबाट २५ हजार मानिसको मृत्यु भएको थियो। आमयरा सांजेच १३ बर्सकी थिईन्। उनि हिलोमा फसेकी थिइन्। आफ्नो घर बर्बाद भएपछि पनि उनि तीन दिन सम्म हिलोमा नै गाडिएकी थिइन्। फ्रेंक फार्नियर यो तस्विर लिएका थिए। यसै तस्विरले 1985 मा वर्ल्ड प्रेस फोटो अफ द ईयरको पुरस्कार जितेको थियो। केहि दिनपछि आयमराको मृत्यु भयो।
इतिहास की 10 सबसे दुखद तस्वीरें, जिन्होंने किया रोने पर मजबूर
८. स्पाइनल कर्ड नबन्दै अप्रेशन (1999)
यो तस्विर सन् १९९९ को हो, जब डक्टर्सले स्पाइना बिफिडा को सफल अप्रेशन गरेका थिए। यो एक प्रकारको डिसअर्डरको जसमा बच्चाको स्पाइनल कडको पूर्ण रुपमा बनेको हुँदैन या यसको कुनै काम हुँदैन। स्पाईनल कड नबन्दै अप्रेशन गरेर बच्चा निकाले पछि बच्चाको हड्डीको विकास हुँदैन।
इतिहास की 10 सबसे दुखद तस्वीरें, जिन्होंने किया रोने पर मजबूर
९. घरमा आगो लागेपछि झ्यालबाट हाम फाल्दै (1975)
सन् १९७५ मा यो दर्दनाक तस्विर क्यामरामा कैद भएको थियो। घरमा आगो लागे पछि आमा र बच्चाले झ्यालबाट हाम फाले। माथिल्लो तलामा रहेका उनिहरु जर्ने भर्यांग समेत जलिसकेको थियो। भूईँमा पछारिएर आमाको मृत्यु भयो। बच्चा भने मरेकी आमाको शरिरमा पछारिएर बाँचेका थिए।
इतिहास की 10 सबसे दुखद तस्वीरें, जिन्होंने किया रोने पर मजबूर
१०. बच्चा मर्ने क्षण पर्खँदै गिद्द
यो तस्विरलाई अवार्ड मिलेपछि यसको फोटोग्राफरले आत्महत्या गरे। अफ्रिकामा कुपोषणको शिकार बच्चा मर्ने क्षणको पर्खाईमा छ यो गिद्द। यस तस्विरले पश्चिमी देशमा हलचल ल्याईदिएको थियो।
इतिहास की 10 सबसे दुखद तस्वीरें, जिन्होंने किया रोने पर मजबूर    source.
        .khaberchautari.com

Thursday, September 26, 2013

दशैंको शुभकामना र अभिवादन

झुल्कियोस दैलो दैलोमा अँध्यारो चिरी ज्योति
धेरै भयो निभेको खुशी आऊ उषा लाली पोती
पसिना माग्ने माटो रगतको छिटामा रम्दैन
श्रम र शीप कदर भए फल्छ यहीं मोती
सदभावको बाताले आस्थाको छानो कसम
झरी छेकिन्न कसै आर्काको छातामा ओती
भोक किन्न सकिन्न चौरासी ब्यन्जन भए नि
अमृत हुन्छ बरु पसिनाले कमा'को रोटी
खुशीको जमरा पलाओस् हर नेपाली मनमा
अटल होस शान्ति विवेक देऊ सरस्वोती
                                                                                                                                                                    आजभोलि प्रकृतिमा शरद्कालीन शोभा छाएको छ । न गर्मी, न जाडोको यो समशीतोष्ण बेला कृषिप्रधान पुरानो जुगका बुजु्रगहरुले दशैं तिहारको रमाइलो उत्सव बुद्धि पुर्‍याएरै थालनी गरे होलान् जस्तो लाग्छ । वषर्ाकालको कठिन कृषि कर्मबाट सुस्ताउन पाएको बेला हो यो । वर्खाको उर्लदो भेलको खोला पारी र खोला वारीको मिलन अतिकष्ट साध्य हुँदै हो । तर शरदकालको आगमनपछि नदीनाला घट्दै जान्छन् । नातागोता, कुलकुटुम्ब इष्टमित्र सबैलाई भेटघाटमा सजिलो पर्छ । परदेशको यात्री पनि पारिवारिक सुखद जीवनका लागि मिलन समारोहको रुपमा दशैं-तिहार उपयोगी व्यवस्था मिलाउने हाम्रा पर्ूखाहरुलाई जानकारमा दर्ता गर्न अप्ठ्यारो मान्नै पर्दैन ।
दशैं-तिहारको रमाइलोपछि मंगल कामनाको सम्बल बोकेर व्यवसायको खोजमा हि“ड्ने अभियानमा प्रकृतिले राम्रो साथ दिएको निष्कर्षनिकाल्न कुनै गाह्रो थिएन । आज समय बदलिएको छ । यातायातको अद्भूत विकासले धेरै अप्ठाराहरु सप्ठ्यारामा फेरिएका छन् । दर्ुगम भनिने हु्म्ला, जुम्ला, मुस्ताङ, मनाङमा बस्ने बुढा बा आमालाई भेट्न अमेरिकामा बस्ने छोरा केही घण्टामै बाबुआमाको हातको टीका ग्रहण गर्न र आशीष लिन घरमै टुप्लुक्क आइपुग्न सक्छ । हो, यस्तो सुविधा उपयोग गर्न सक्ने सबै छैनन, धेरै छैनन् । परन्तु सुविधा सुविधा नै हो, त्यो जुटेकै छ । सबैले त्यो सुविधा पाउन नसक्नुमा मूलतः हाम्रो सामाजिक व्यवस्था नै दोषी छ ।
यो त भयो, दशैंको सकारात्मक पाटो । यसको नकारात्मक पाटो पनि कम डरलाग्दो छैन । प्रकृतिले जति अनुकूलता दिए पनि हाम्रा पर्ूखाहरुले जतिसुकै विचार पुर्‍याएको भए पनि दशैं भने जस्तो सबैलाई सुखद हुन गाह्रो परिराखेको छ । दशैं प्रतिवर्षमहंगो सावित हुँदै गएको छ । एकातिर सामान्य जनताको जीवनस्तर खस्केको खस्क्यै छ अर्कातिर मुठ्ठीभर सम्पन्न परिवारका लागि विलासी जीवन एकदमै सुलभ छ । टिभीको पर्दामा दशैं बृहत् व्यापार मेला जस्तो छ । विज्ञापनको गरम बजारमा पुगेस् पुगेस् हुनेहरुको प्रवेश शून्यमा झरेको जस्तो भान हुन्छ । महंगीको घनचक्करले अपुग हुनेहरुको टाउको पूरै आहत छ ।
अर्कातिर बाहिर जतिसुकै दशैंको चहलपहल छाएको जस्तो देखिए पनि मनमा राजनीतिक कारणले चहलपहल शून्य छ । शान्ति, संविधान, जनसुरक्षा र द्वन्द्वकालीन घाउले धेरैको मन आहत छ । वर्तमान त अँध्यारो छँदैछ, भविष्य अनिश्चित र अन्योल जस्तै छ । समस्या हल गर्ने जिम्मेवारी बोकेका नेताहरु नै समस्या बनेका छन् । सहिष्णुता, धर्ैय, संयम, सहमतीय संस्कार ओरालो लाग्दैछ, अहंकार, इष्र्या, गुटगट स्वार्थ जल्दो बल्दो देखिने वर्तमानले देश, समाज र राष्ट्रकै लागि अनिष्टको पहाड बोकेर धक्याइरहे जस्तो प्रतीत हुन्छ । लाग्छ अहिले देश “विष कृमि न्यायले” बा“चिरहेको छ । यस्तो दशैं के दशैं -
जीवनको अर्को पाटो पनि खुलस्त छ – जसको शक्ति उसको भक्ति † यसैलाई गाउँले भाषामा गच्छेअनुसार भने पनि भयो । ऋण कर्जा गरेर दशैं मनाउने पनि यहीं छन् । साहुकार बनेर दशैं मनाउने पनि यहीं । तिब्बतबाट भेंडा च्यांग्रा पनि आइरहेकै छन् । दक्षिणबाट नूनतेल पनि आइरहेछ । कसैले पर्ुर्पुरोलाई दोष दिएर कसैले सामाजिक व्यवस्थालाई दोष दिएर कसैले अग्रगमनको अभियान छेडेर दशैंका तीतामिठा प्रसंग छेडेर दशैंको छुट्टी मनाउने नै छन् । हामी पनि दशैंको आफ्नै स्वर संगीतमा शुभकामना सहित दशैंको अभिवादन गर्दछौं ।
“हाम्रो दशैं अग्रगमनको उत्सव बनोस्
सबै का“ढा पन्छाएर समृद्धिको बाटो खुलोस् ।” source  .nayayoughbodh.com.np