नेपाली समाचार ,Nepal Flag

Thursday, May 8, 2014

दृष्टी भ्रम

लेखक - नयन्द्र चेम्जोङ
मेरा बाजेले कोरीदिएका साँध सीमाना भित्रको सैयो रोपनी ती पाखोबारीहरु उजाडिएका छन् । स्याहार सम्भार र मलजलको अभावमा सारा वरवगैचा तथा रुख विरुवाहरु मृत अवस्थामा छ । विदेशमा आर्जेको थोरै धन भए पनि शहरको घर घडेरी र विलासितामा खन्याउनु भन्दा त्यही बाजेको नासोमा छरेर आफ्नोलागि छिमेकीकोलागि र थोरै भए पनि समाजकॊलागि योगदान दिन सके कस्तो हुन्थ्यो होला । मनै त होनी परम्परागत कृषी प्रणालीलाइ विस्थापित गरेर आधुनिक कृषी प्रणालीमा ढाल्दै पाखोवारीका गह्राहरुमा ब्यवसायिक सुन्तोला खेली गह्राका कान्लाहरुमा अम्लिसो तथा सिस्नो खेती बंगुरपालन कुखुरापालन तथा बाख्रापालन गरेर सानो संसारमै रमाउन पाए जीवन कस्तो बन्थ्यो होला । गाउँबासीहरु सबै शहरमुखी भए । सरकारी योजनाहरु पनि सबै शहर केन्द्रित भए । टेबल र कुसर्ीैमा खाने जागिरमात्र जागिर हो र विदेशी डलर मात्र पैसा हो भन्ने मानसिकताको विकाश भए । कृषी र पशुपालन पनि आम्दानीमा राम्रो श्रोत हुन भन्ने नागरिकको सोचाइमा कहिल्यै परिवर्तन भएन । कृषी र पशुपालनमा आधुनिकिकरण नगरे सम्म र नागरिक चेतनशिल नभएसम्म देशलाई पैसै पैसाले पुरे पनि देश बन्दैन । देशमा नब्बे प्रतिशत भन्दा बढी जनताहरु कृषीमा निर्भर छ । तर चेतनाको जग बसाल्ने गाउँ गाउँमा खोलिएका कति प्रतिशत विद्यालय तथा विश्वविद्यालयहरुमा कृषि विषयमा अध्ययन गराइन्छ यातायातको सुविधा पुग्नको लागि अझै पनि दशकौ कुर्नु पर्ने क्षेत्रहरुमा लाखौ लाख खर्च गरेर स्थानीय हावापानी र माटोमा कहिल्यै मेल नखाने ब्यवस्थापन मानविकि जस्ता विषयहरु अध्ययन गराइन्छ । प्राविधिक शिक्षालयका अवधारणाहरु विकाश क्षेत्रमामात्र सिमित नगराइ प्रत्यक गाउँगाउँमा सरकारले खोली दिएर हरेक घरघरमा एउटा कृषि प्राविधिक जन्माइ दिए देश र समाज कस्तो हुन्थ्यो होला । हामी परदेशीयका हरेक नागरिकले पनि देश पर्देशमा घुम्दाको शिप अनुभव र चेतनालाई छिमेकी र समाजमा कोशेलीको रुपमा भित्राउदै एउटा चेतनसिल समाजको स्थापना गर्न पाए देश कस्तो हुन्थ्यो होला बारम्वार सोच्ने गर्छु देशकोलागि योगदान गर्नु भनेको के हो बिदेशमा गएर कमाएको धन राष्ट्रको नाममा यती भनेर छुट्याएर दिनु हो होइन । मैले शुरु गरेको मेरो व्यवसायले दश जना नेपालीलाइ मात्रै रोजगार मिल्यो भने विदेशीयका तीसलाख नेपालीले आफ्नो गाउँ ठाउँमा हावा पानी र माटो अनुकुल ब्यवसायीक लगानी गरे देश कहाँ पुग्छ हामी विदेशियका नेपालीहरुमा पनि देशको लागि भलो सोच्चे साह्रै कमी भएछौ । पाइला पाइला र मन मनमा आफ्नै मात्र स्वार्थ हेरेका रहेछौ । काम र कुराको तालमेल कहिल्यै मिलेन । हुनत हामी विदेसिएका नेपालीहरुको पीर र ब्यथाको कथा पनि कम मार्मिक छैन । सवैको आ-आफ्नै पीडा छ । बल र उमेर छदै आफ्नो लागि केही धनको जोह गर्न सकिएन भने भोली देशले मेरो नागरिक भोकै भयो भनेर खाल लाउन दिने अवस्था छैन । जन्म दिएका छोराछोरीको लागि निभाउनु पर्ने जिम्मेवारी बेग्लै छ । मातृभूमि प्रतिको माया र संझनाको साक्षी त विदेसीयका हरेक नागरिकहरुको मजबुरी र समर्पणले देखाउदछ । जन्म भूमिको माया मनभरी भएपनि देश र समाजको परिस्थिती वा बाध्यताले गर्दा सेवा र समर्पणको भावना मन भित्रनै गुम्स्याएर राखेका छन् । देशलाई यो अवस्थामा पुर् याउनमा नेता तथा कर्मचारीको भूमिका छुट्टै होला तर राष्ट्र प्रति योगदान र कर्तब्यको सवालमा हामी नागरिकको जिम्मेवारी पनि नेता तथा कर्मचारीको भन्दा कम छैन । स्वदेशमा बसेका नागरिकहरु विदेश जाने ध्याउन्नमै मस्त छ । विदेश पुगिसकेका नागरिकहरु कसरी विदेशमै घरजम गरिखाने हो भनेर तानाबाना बुन्न मै ब्यस्त छ । तर विविध कारणले देश बर्वाद हुने अवस्था भयो भन्दैमा म देशको भविष्यप्रति नै निरासा र नकारात्मक भावना चाही पटक्कै छैन । सारा दुनियाँले अन्धकार र अनिश्चित देख्ने गरेको हाम्रो मातृभूमि नेपालप्रति म चाहिँ अत्यन्त आशाबादी छु । देशमै केही गर्छु भनेर हिम्मत कस्नेहरुलाई राज्यबाट पनि प्रोत्साहन दिने सक्दो प्रयास भएन । हरेक पाइला पाइलामा राज्यको मुख ताक्ने परिपाटी बस्यो । अशिक्षा गरीवि र सनातनी समाजमा पि_िल्सएर बाँचेका नागरिहरुको के कुरा दुनियाँ देश विदेशको सुविधा खाएर भोगेर आएका नेपालीहरुले पनि देश प्रतिको समर्पण र योगदानमा उल्लेखनीय हिम्मत गरेको देखिएन । मैले विदेशबाट यती धन कमाएर ल्याए ल देशलाई यति भयो भनेर छुट्टाएर भाग लगाउनु पर्दैन । कहिल्यै नसुध्रने नेताहरुले देश बनाइ देला भनेर आशा गरेर बस्ने अवस्था छैन । इजरायलको सिमानाले कोरिएको चार दिवार भित्रको यो कोलाहलमा आफुलाई समर्पित गदैगर्दा हिजो आज किन हो यस्तै राष्ट्रिय एवं देशभक्ति भावनामा तरङ्गित हुदै छचल्किन खोज्छन् यि अस्थिर मनहरु । यो त भए आदर्शका कुरा तर के साच्चै नै हामी सारा विदेसिएका नेपालीहरुले राष्ट्रको लागि केही गर्नलाई मातृभूमि नै फर्किए भनेपनि के यो सम्भव होला त मातृभूमिकै लागि त्याग बलिदान र योगदान गर्नुपर्छ भन्ने सोच र भावना त मानवीय सम्वेदनाकै सबै भन्दा सुन्दर पक्ष हो । देशको लागि समर्पण गर्न खोज्ने र गरिरहेका राष्ट्रका सैयौ सम्मानिन नागरिकहरुको योगदान र विचारलाई आत्मसाथ गर्ने हो भने यो विदेशीको गुलामी जीवनलाई चितााजली दिएर तुरन्तै मातृभूमिको काखमा समर्पण गर्ने भावनाको वेग उर्लिएर आउछ तर यो जन्मभूमिमै केही गरौ भन्ने देशभक्तिको भावनामा पनि मैले र मेरो जीवनमै नमेटिने पटक पटक धेरै धेरै तितो मीठो अनुभवहरु पनि सँगालेर राखेको छु ।
विदेशमा खर्चेको पसिनाको हिसावको जोड घटाउमा मलेसियाको मजदुरी जीवनको उपलब्धी भन्दा आफ्नै देशमा केही गर्ननै जीवन र जगतको लागि पनि भलो होला भन्ने मनोभावनाले पे्ररित हुँदै स्वदेश फर्कने निर्णय त गरे । तर यथार्तताको धरातलीय गहिराईमा डुबेर विषय बस्तुको सही आकँलन गर्नु र क्षणिक भावनामा बगेर उत्तेजित हुँदै मनमा उब्जिएका कुराहरुमा एकहोरिएर निर्णय गर्नुमा के कति भिन्नता छ यो कुराको शिक्षा अनुभव त्याग र समयको चक्रले मात्रै दिन सक्ने रहेछ । म अरुको जीवन क्रम भन्दा पनि आफ्नै जीवनक्रमको भोगाइहरुलाई हेर्दा दुरदर्शिता लगनसिलता र धैर्यताको सधै सधै अभाव महशुस भएको पाएकोछु । कल्पना जति द्रुत गतिमा चल्न सक्छ बास्तविकता नितान्त फरह हुने रहेछ । विदेशीयका सारा नागरिकहरुको भावना विपरित आफ्नै मुलुकमा केही गर्ने अठोटले मलेसियाबाट नेपाल त फर्किए तर आफ्नै देश भन्नुमात्रै हो गर्नलाई झनै कठीन पो हुने रहेछ त । अझ हाम्रो जस्तो काम र धन दौलतको आधारमा नागरिकहरुको वर्गिकरण हुने नेपाली समाजमा हामी जस्ता मध्ययम वर्गको नागरिकहरुको लागि त सामाजिक जीबन प्रणालीको संरचना नै बडो रहस्यमयात्मक भएको पाए । धेरै मध्ययम वर्गीय नागरिकहरुको जीवन प्रणाली तहस नहस भ्रएको पाएको छु मैले । निम्म बर्गीयहरुको जीवन पद्धती ऐना झै सफा हुन्छ । उनीहरुलाई जीउनको लागि तथाकथित कुसँकारीक सामाजिक कानूनको बन्धनले कुनै पनि कामको प्रकृतिको घेराभित्र बाँधिएका हुँदैनन् । सम्पन्न बर्गको त जीवन नै बेल्लै छ । उनीहरुसँग धन दौलत छ जसरी बाँचे पनि भयो । धन र इज्जतलाई एकै सिक्काका दुइओटा पाटाको रुपमा मान्यता प्रतिस्थापन गरेको छ हाम्रो नेपाली समाजले । निम्म बर्ग सँग काम छ र जीवन पनि छ । सम्पन्न बर्ग सँग धन छ इज्जत छ र जीवन पनि छ । तर हामी मध्ययम बर्गकाहरु काम पनि छैन धन पनि छैन अलि अलि भएको इज्जत हो त्यो पनि आफ्नो सामाजिक हैसियत बनाउन सँघर्ष गर्दा गर्दै कुन बेला धूलो बन्छ पत्तै हुँदैन । हामी धेरै मध्ययम वर्गीय नेपालीहरुझै मैले मातृभूमिमा गरेको परिश्रम र संघर्षको असफल परिणामले स्वीकारेको तितो यथार्तता हो यो ।
काठमाण्डौको सँघर्षमय जीवन ज्ञापन मानिसहरुको स्वार्थी जीवन पद्धती गाँस बाँस र जीवन प्राप्तीमा भौतारिएका बेरोजगार नागरिकहरुको जमघटस्थलका हुलहरुमा मैले पनि आफूलाई समर्पण गरे । नेपाल फिरेपछि नै मैले एउटा जीन्दगीको अकैै्र मोड परिवर्तन गर्ने सोच गरिसकेको थिए । वर्षौ पछिको बिछोड पछि फेरी पूनर्मिलन भयो मेरा बाल सखी एब सहपाठी हिमाल गिरी । काम र पेशाको अभावै अभाव रहेको काठमाण्डौको माहौलमा हिमालकै सल्लाह अनुसार मैले पनि एउटा सानो फर्निचर उद्योग स्थापना गरे । म फर्निचर उद्योग सम्बन्धी अनुभवमा शुन्य भएको मान्छे साथीकै आँट र भरोसामा सर सापट गरेरै भए पनि लगानी लगाए । त्यही बिन्दुबाट शुरु भएको मेरो ब्यवसायिक जीवनको सँघर्षमय पाटोहरुमा मेरो लक्ष र चाहानालाई हो मा हो मात्र नगरी एउटा जीवन संगिनी अबिभावक मार्गनिर्देशक र एउटा गतिलो आड भरोसाको प्रतिकको रुपमा मैले शान्तीलाई पाएँ । बास्तवमा मैले विदेशमा पाएका दुःख तथा संघर्षमा मैले निभाएका सकि्रयता निश्क्रियता आफ्नै ठाउँमा होला तर मातृभूमिमा गरेको सम्पूर्ण त्याग र संघर्षको देन मैले शान्तिलाई नै समर्पण गरेको छु । काठमाण्डौमा वितेका सँघर्ष र पीडाका दिनहरुको स्मरणमा हि हरपहरु लेख्दै जाँदा मैले यसो गरे उसो गरे भनेर लेख्न आज मेरा यी हातहरु थर्थराइ रहको छ । किनकी ती कठोर सँघर्षमय जीवनक्रमलाई धैर्यताका साथ अघि बढाउन सफल भूमिका निभाउन सक्षम असली नायिका उनै हुन । म त एउटा छायाँ पात्र मात्रै हो । उसले भोगेका दुःख पीडा बेदनाको इतिहास उसैको नाममा कोरिनु पर्छे । यो खण्डको आलेख उसै प्रति समर्पण ।
काठमाण्डौको वाफलमा फर्निचन उद्योग सुरु त गर् यौ । तर यो हाम्रो लागि अध्याँरोमा ढुङ्गा हाने जस्तै भयो । यति सम्म की मैलै सनमाइका भेनिस्ता जस्ता शब्दहरु जीवनमै पहिलो पल्ट सुन्नु पर् यो । क्वीउविक फिटको हिसाब सिक्नु पर् यो । सिमित आम्दानीमा साथीहरुले पाउने हिस्सा त छदैछ त्यहीबाट बचेखुचेको पैसाले कामदारहरुको ज्याला र आफ्नो समेत जिबिकोपार्जन गर्नलाई हम्मे हम्मे हुन थाल्यो । म एउटा जागिर र कामदारको जीवन सँग रमाउदै बाँचेको मान्छे प्रतिस्पर्धात्मक बजार संगै कामदारहरुको रेखदेख र नियन्त्रण मेरो लागि साच्चै नै चुनौति थिायो । धेरै लामो समय आफ्नो गाउँ समाजबाट अलग नरहदाँ पनि मैले चिन्न नसकेको स्वार्थी र आडम्वरी जत्थाहरुको बोलवाला रहेको काठमाण्डौमा जनजीवनमा स्थापित गराउन अत्यन्तै कठिन भइ रहेको थियो । एउटा कामदारलाई मालिक हुनुको आकँक्षा र मालिक भएर बाँच्नु पर्दाको पीडाको अनुभव पनि लिदै थिए । साथीहरुको लहै लहैमै आफ्नो चाहना विपरितको पेशा अगाँल्नु पर्दाको अनपेक्षित भोगाइले जीवन अन्यौलता छाउन थाली सकेको थियो । साझेदारी काममा साथीहरुबाट हुन गएको अनियमितता सहकार्यमा साना तिना तीता मिठा मनमुटाबहरुलाई समेट्न नसक्ने मेरो पनि थोरै कमजोरी आदि इत्यादीले थोरै समयमै हाम्रो सहकार्य टुट्यो । साथीहरुसंगको विछोड पछि पेशा र हामी आफैलाई बेवारिसे बनाएका छौ । ब्यवसायले जीवन धान्न नै धेरै धौधौ पर्न थाले पछि हामीले पनि अतिरिक्त आम्दानीका श्रोतहरु हेर्न थाल्यौ । फर्निचर ब्यवसायलाइ यथावतै राखेर शान्तिले अर्को पनि ब्यवसाय शुरु गरिन् । हामी चामलको छ्याङ बनाएर नजिकको भट्टी पसलहरुमा ठेक्का दिन थाल्यौ । शान्तीले जाँडका ग्यालेनमा भरेर ठिक पारिदिन्थी म बोकेर ठाउँ ठाउँमा पुर् याइ दिन्थे । हामी जाँडको ब्यापार सुरु गरे देखी आर्थिक रुपमा पनि केही हल्का राहत महशुश गरेका थियौ तर जाँड रक्सी तथा मासु मँशको छातछुत भयो भनेर पन्द्रह दिनमै कोठा खाली गरिदिने आदेश घरबेटीबाट भयो । एकातिर कामदारहरुलाई पनि एउटा स्तरमा काम लगाउन असफल हुदाँ ब्यवसायको घाटा दिन प्रतिदिन बढदो थियो भने अर्को तिर आर्थिक संकट एवँ निश्चित लक्ष्य पहिलाउन नसक्दा पनि जीवनक्रम असहज बन्दै गइरहेको थियो । अन्तै कोठा सरेर भएपनि हामीले त्यो पेशालाई छाडेनौ । ब्यवहार चलाउन धेरै नै भर थेग भयो जाँडको ब्यपारबाट । हरेक कामहरु असफल हुन्थे हरेह लक्षहरु अधुरो रहन्थे तर पनि हरेक विपत्ती तथा निराशाको क्षणमा जीवन सुखी र अगाडि वढाउने एउटा भरपर्दो आधार हुने रहेछ आशा र विश्वास । आशाबादीहरु आशैआशमा जीवन जीउने रहेछन् । निश्क्रीय ब्यवसाय बन्द आम्दानीका श्रोतहरु काठमाण्डौका महँगी बालबच्चाहरुको पालन पोषण र पढाइ यी सवै समस्याहरुसंग मुकाविला गर्ने हामीसंग एउटै आधार थियो दृढ विश्वास सकारात्मक सोच । छोराछोरीहरुको खुशी र चाहनासंग तगारो बन्न हुदैन भन्ने मानसिकतामा हामी जति सुकै दुःख र संकटको बेलामा पनि कहिल्यै विचलन भएनौ । अभावै अभाव पीडै पीडामै हामीले त्यो वर्ष वितायौ । त्यो पीडाका दिनहरुमा पनि मैले सिकर्मी डकर्मी भरिया पेन्टर जस्ता ज्याला मजदुरीबाट जिविकोपार्जन गरिखाने मेरा अनन्य मित्र एबँ हितैषीहरुसंग दिनचर्याहरु पनि हासी खुशी साथै विताएका छौ । जति सुकै पिडाको अनुभ भएपनि ती साथीहरुको पिडालाई पनि हेथ्र्यौ उनीहरुको समस्या तथा दुखलाई पनि नजिकबाट नियाल्थ्यौ । उनीहरुले जीवनभर भोगेका पिडाहरुका कथाले बाच्न सिक्ने धेरै ठूला ठूला अनूभवहरु लिने मौका पाएका छौ । जीवनक्रम साच्चै नै कहाली लाग्दो हुने पो रहेछ त । रोजी रोटी नै जीवनको लक्ष रहेको छ यी सर्वहारा वर्गहरुको । जीवनक्रम सर्वहारा भए पनि यिनीहरुको भावना र विचार विपन्न वर्ग झै हुतिहारा चाही हुदैनन् । जस्तै ठूला चाड पर्बहरुमा एकछाकै खाएर भएपनि हामीले हाम्रा सुख दुःखहरु ब्ाडेर बसेका छौ । त्यो घडीमा मलाई राम्ररी थाहा छ एकजना दिदी हुनुहुन्थ्यो । लोग्ने रंग रोगनको काम गर्नु हुन्थ्यो । उनीहरुसंगको समिप्यमा रहेर पनि हामीले विपन्नतामा बाँच्न सिक्ने धेरै कलाहरु सिकेका छौ । त्यो कहाली लाग्दो विपन्नताको क्षणहरुका हाम्रा भावनाहरु एकै थिए समस्याहरु एकै थिए र सपनाहरु पनि एकै थिए तर आज समयको पावन्दी सँगै हाम्रा ती साझा सपनाहरु अधुरै रहेका छन भने समस्याहरु ज्यूँ का त्यूँ नै छन आज दशकौ पछि पनि । जीवन ज्ञापन चलाउन अत्यन्तै कठिन हुन थाले पछि हामीले त्यो ठाउँलाई सदाको लागि छाडेर कोटेश्वर बस्न थाल्यौ । कोटेश्वरमा एउटा पेरिस डाडाँ भन्ने अत्यन्तै मनमोहक डाडाँ छ । हामी प्रत्यक दिन त्यो डाडाँमा गएर नयाँ वानेश्वर शँखमुल पट्टी दृष्यावलोकन गर्दै गौचरणमा बस्न लागेका जहाजहरुको अवलोकन गथ्र्यौ । आम्दानी थिएन पेशा थिएन सानो फर्निचर त्यसको कुनै भर थिएन । जीवनको गन्तब्य कतै नभएकोले मनमा त्यतिकै निरासा छाउथ्यो । पुष माघ महिनाको जाडो भरी हामीले त्यही पेरिस डाडाँको पारिलो घामले भोक मेटेका छौ । मिलिजुली र निशान बोर्डस नै थिए । हामीले गाउँघरमा हुर्कदा दुःखले पढ्न नपाएको पीडा पढन मन भएर पनि पढ्न नसक्ने अविकसित गाउँले वातावरणको भुक्तभोगी हामीले ऋण काडेर हुन्छ या भोकै वसेर हुन्छ छोराछोरीलाई यो अवसरबाट बिाचत नगराउने नै हाम्रो चाहना थियो । हामी पाठसाला गएको देखेर प्ााठसाले त चोरसाले भन्थे छिमेकीहरु । भावना र कल्पनाले मात्र जीवन गुजारा टर्दैन । हामी पनि बाँच्नको लागि र समाजमा उभिनको लागि नै भए पनि अतिरिक्त आम्दानीका बाटाहरु खोज गर्न थाल्यौ । उस समयमा हङकङ आइडीको खरिद विकि्रको एउटा लहडकै रुपमा चलेको थियो । हामी पनि आइडि किनेर हङकङ जाने भनेर चार चौरास भोकभाकै दगुर् यौ । कहिल्यै भरै गर्न नहुने कुमान्छेहरुको समेत भर पर् यौ । कोटेश्वरको पनि बसाइ असहज भए पछि हामी बानेश्वर सर् यौ ।
एकजना दाई हुनुहुन्छ डम्वर घले । ठाउँ र मौकामा मैले पनि निश्वार्थ भावले सहयोग गरेको थिए । दाइले मेरो हालत देखेर गुनको गुन मात्र फर्काउनु भएन जीवनमा मैले कहिल्यै तिरेन नसक्ने ऋण समेत दिनु भयो । दाइकै सहयोग र सदभावमा हङकङ आइडि कागजपत्रहरुको दलाली पेशा मैले पनि अँगाले । मलाई वास्तवमा एकदमै हिनतावोध भएर आउथ्यो । मान्छेले पैसा कसरी कमाउने रहेछ इमान जमान र धन दौलतलाई हामी जति सजिलै एउटै पाटोमा परिभाषित गर्छौ तर सोचे जस्तो सजिलो छैन रहेछ । यदि समाजमा बहुसंख्यक नागरिकहरुको विचार र भावना नै भ्रष्ट छ भने नैतिकता इमानदारिता र धन दौलतको समायोजनले दिन सक्ने घरानियाको सुद्धिकरणको मापदण्डको आधार अर्थहिन छ । एउटा विपन्न वर्गको मानिस लगन इमान परिश्रमले सम्पन्न बर्गमा स्थापित हुने कल्पना एकादेशका परिको कथा भन्दा केही फरक छैन । यहि पेशाबाट मेरो पाताल तिर भासिदै गएको जीवनक्रमलाई धरातल सम्म ल्याउन सफल हुन सके । जीवनको लागि बाच्ने आधार र लक्ष त हुनै पर्छ । हामी समाजमा दुइ अर्थमा वाचेका हुन्छौ । देखावटी मान सम्मान ब्यवहार एकातिर छ भने तर उसको बाच्ने आधार फरक हुन सक्छ । हरेक पेशा ब्यवसायहरु क्षेत्रहरुमा अनियमितता अनैतिकता जस्ता विषयहरुले गाजिएको छ । अरुले खाएको देखेर अरुले लाएको देखेर हामीले पनि एउटा रेष्टुरेण्ट खोल्यौ । बास्तबमा भन्न र गर्न जति सजिलो छ सोचे जस्तो पुर् याउन कति गाह्रो छ । क्षणिक सोचेको भरमा रेष्टुरेण्ट खोल्यौ लगानी गर् यौ तर यो पनि सजिलो कहाँ थियो र । हामीले रेष्टुरेण्ट शुरु गरेको केही समय पछि नै ओरिपरी छ्यापछ्याप्ती क्वाविन रेष्टुरेण्टहरु खुले । छिमेकीका रेष्टुरेण्टहरुमा ग्राहकहरुको बाइकहरु प्ार्किङ गर्ने ठाउँ हुदैन थियो तर हामीकहाँ ग्राहकहरु आउँथे पर्दा उघार्थे क्वाबिन नदेख्ने वितिकै नाक खम्च्याएर फर्केर जान्थे । बास्तबमा यो क्वाविन रेष्टुरेण्टको अवधारणा चाही अलिकति सुरक्षित तवरले कतै बसेर केही खाऔ केही गोप्य भलाकुसारीहरु गरौ र सामाजिक परिपेश अनुसार केटाकेटी साथीहरु बिचको भेटघाट नै हो र थियो । तर कलान्तरमा गएर यो काठमाण्डौको गल्ली गल्ली चौकहरुका खुलेका अनिगिन्ती क्याविन रेष्टुरेण्ट व्यवसायले यदि दुर्नामी एवं बदनामी कमाए कि यो पेशाबाट रेष्टुरेण्टमा काम गर्ने एउटा वेटर देखी प्रशासनका माथिल्लो ओहदामा रहेका राष्ट्रसेवक भनाउदाहरु कोही पनि अछुतो रहेनन् । बास्तवमा नेपाल कानुनमा यौन ब्यवसायलाई कानुनी बन्देजको उपज हो क्याविन रेष्टुरेण्टको विकृति । अशिक्षा चेतनाको कमी रोजगारको अवसरमा कमी मृत कानुनी शासन थुप्रै छन् । साच्चै नै भन्ने हो भने क्याविन डान्स र डिस्कोमा हुने भनिएको जुन कृयाकलापहरु छन यो बेश्या वृति नै होइन । यहाँ बेश्या बृतिले परिभाषित गर्ने कानुनी मनसायलले अर्थ नदिए पछि सार्वजिनिक अपराधमा परिभाषित गर्न खोज्छन् तर यो बास्तवमा सार्वजनिक अपराध पनि होइन यो त प्रसासन र संचालक विचको लेनदेन र कारोवारको बेरुजु हो । बेश्या बृतिको योजना स्थल हो । आज जति पनि बेश्या बृतिको नाममा कलकिँत पक्षहरु छन् सरोकारवाला ब्यक्ति भन्दा अरु कसैको दोष छैन । डर धाक धम्कीबाट भएका यौन कार्य बेश्वा वृति होइन यो बलत्कार हो तर पारिश्रमिक लिएर गरिने यौन समागम सँग करकाप र डर धम्कीको कुनै गुाजायस छैन । कहिले अश्लिताको नाममा कहिले सामाजिक विकृतिको नाममा नागरिकको पसिना पिएर बाँचेका प्रहरी कर्मचारीहरु अथवा गरिवि र दुब्यसनी एवँ यौनानन्द नै जीविकोपार्जन ठान्नेहरुको लागि यो एउटा बेग्लै सँसार नै बन्यो । पेसालाई कुन सीमा घेरा भित्र वाँध्न सक्ने यी सवै ब्यक्तिको नैतिकता इमान्दारिता र चाहनामा भर पर्ने कुराहरु हुन । पैसाको लागि नैतिकता इमान जमान बेच्न सक्नेहरुको अत्यन्तै ठुलो माहोल रहेको हाम्रो सामाजिक परिवेशमा सम्मानित जीवन बाच्ने चाहना गर्नेहरुको स्थान के आज नेपालमा ब्यापार ब्यवसाय कर्मचारी सँयन्त्रहरुमा भ्रष्टाचार अनियमितता र विकृति नभएको क्षेत्र कुन छ हरेक क्षेत्रहरुमा प्रतिस्पर्धा संगै बेइमान पनि जोडिएको छ । बास्तवमा देशका युवाहरु जनशक्तिहरु त्यतिकै विदेश पलायन भएको होइनन् । मैले वैदेसिक मजदुरी जीवनको क्रममा भोग्नु परेका पीडाको क्षणमा मातृभूमिमै केही गर्नुपर्छ र गर्न सकिन्छ भन्ने म जुन भावनामा बगेको थिए त्यो एक दृष्टिभ्र्रम मात्रै थिएछ भन्ने चेतना म मा आउन थालि सकेको थियो । र म यही निक्र्योलमा पुगी सकेको थिए की जीवनको उज्यालोको खोजीमा हिडेकाहरुको लागि आफ्नै देशमा गरेको लगानी सँघर्ष र देखाएको इमान्दारिको फल भन्दा बैदेशिक रोजगारीमा गरेको लगानी परिश्रम र लगनको नै पल्ला भारी हुने रहेछ । ब्यापार ब्यवसायको अस्वस्थ प्रतिस्पर्धासंगको हार पछि मैले फेरी पनि मजदुरी जीवनलाई नै समर्पण गर्दै कोरिया जाने निर्णय गरे ।
म कोरिया रहदाँ पनि शान्तीले रेष्टुरेण्ट एक्लै चलाएरै छाडिन् । अझ मजाले चलाईन् । मादलको ताल जसरी बज्छ उसै गरी नाच्न जान्ने मान्छे हो उनी । ओरीपरीका रेष्टुरेण्ट साचालकहरुबाट ब्यापारमा भएको एकलौटी हालीमुहालीको रमिते भएर उ पनि वसिनन् । पुरानो रेष्टुरेण्टलाइ विस्थापित गरेर एउटा नयाँ सटर भाडामा लिदै तिनै प्रतिस्पर्धीहरुको अगाडि क्याविन रेष्टुरेण्ट खोलेर हिम्मत देखाइ दिइन् । ब्यवसायमा भएको केही सन्तुष्टी र स्थायित्व पछि एकाध वर्षको कोरिया बसाईमै म पनि नेपाल फर्किए । सामाजिक माहौलमा क्याविन रेष्टुरेण्ट प्रति जुन किसिमको नकारात्मक हेराई छ त्यहाँ हुने भनिएका बिकृति तथा विसंगतीहरुलाई हाम्रो बल र विवेकले भ्याए सम्म नियन्त्रण गरेर चलाउने कोशिस गर् यौ । रेष्टुरेण्ट साचालकहरु कस्ले राम्री वेटर केटी राख्न सक्ने भनेर होड चल्थ्यो । जीउडाल बान्की परेकी केटी र अत्याधिक मादक पदार्थ सेवन गर्न सक्ने महिलाहरु रेष्टुरेण्ट साचालकहरुको लागि सुनको फुल दिने कुखुरी नै सावित भयो । ग्राहकहरु पनि कुन रेष्टुरेण्टमा राम्री केटीहरु छ भनेर छापामार शैलीमा रेष्टुरेण्ट चहार्थे । उनीहरुको क्याविन यात्राको चाहना सेवा र मिस्टान भोजन भन्दा पनि क्याविन गर्लहरुसंगको लसपस नै हो । बास्तवमा शहरी क्षेत्रहरुमा खुलेका क्याविन डिस्को तथा डान्स रेष्टुरेण्टहरुले कोरि दिएको एउटा निश्चित सीमा भित्र रहन नसक्दा हजारौ नेपाली दाजुभाइहरुले आफ्नो घरवार लथालिङ्ग बनाएका छन् । क्याविन डिस्को डान्स प्रतिको आसक्तता भनैको यौन प्रतिको आसक्तता नै हो । यौनकर्मीहरुको गौडा बनेको छ यि तीन स्थलहरु । आज यौनकमीैहरुको नाममा अश्लिताको नाममा रेष्टुरेण्टबाट होटलबाट दैनिकी गिरफ्तार गरिएका समाचारहरु आउछन् बास्तवमा यो पाश्चात्य एबँ सभ्य समाजको लागि लज्जाको बिषय हो । यौनको मामलामा विकसित मुलुकहरुका समाज यति उदार भै सकेको छन् कि उनीहरुमा अब गोप्यता भन्ने प्राय केही रहेन । गोप्यता र नियन्त्रण भनेका यस्ता विषयहरु हुन जसमा मानवीय चाहनामा खुलदुलीको विषय बढ्दै जानेछ । यौन ब्यवसायलाई कानूनी मान्यता नदिनु नै यी सवैका जड हुन । हुनत क्याविन रेष्टुरेण्टको साचालक भएर अनैतिक कामको भार लिनु परेकोमा कतिपयलाई हिनताबोध होला कतिपयलाई धेरै क्याविन गर्लहरुको मालिक हुन पाएकोमा गर्बको विषय पनि होला । क्याविन साचालक भएर गर्ब त मैले पनि गरेको छु । संचालकहरु हरेक क्याविन धाउथे र केटीहरुसंग प्रेमका नाटक गर्थे अनि फकाएर आफ्नो रेष्टुेण्टमा काममा लगाउथे तर म कहिल्यै क्याविन गइन । संचालकहरु सारा महिला कामदारहरुलाई एउटा एउटा यौन साधनको दृष्टीले हेर्दथे तर हामीले काम गर्ने भाइ बहिनीहरुलाइ सधै सधै एउटै पारिवारिक वातावरणमा समेट्ने कोशिस गरि नै रह्यौ । कतिपय रेष्टुरेण्टहरुमा केटीहरुले मादक पदार्थ सेवन नगरीदिदा जागिरबाट हात धुनु परेका कुराहरु आउथे तर हामीले सात वर्षको लामो अवधि सम्म रेष्टुरेण्ट चलाउदा पनि कर्मचारीहरुले कार्य समयमा मादक पदार्थ सेवन गर्नु हुदैन भन्ने अडान कहिल्यै छाडेनौ । ग्राहकहरुबाट अपमान वोध कहिल्यै गर्नु परेन । कर्मचारीहरुबाट अनादर कहिल्यै हुनु परेन । पुलिस प्रशासनको तारो कहिल्यै बन्नु परेन । झगडा र लफडाको फन्दामा कहिल्यै फस्नु परेन । मर्यादित रुपमा ब्यवसाय गरेर पेशालाई सम्मान गर्ने बाटोलाई अवलम्वन गरौ । एक अर्काको इज्वत गरागर गरौ । नैतिकता बेचेर पेशालाई दुर्नामी गराउन चाहनेहरुलाई कारवाही गर्न कहिल्यै पछि नपरौ । यही विचार र भावनाको परिणाम क्याविन रेष्टुरेण्टमा भएको प्रतिस्पर्धामा पनि हामी असफल भयौ ।
समाजले क्याविन रेष्टुरेण्ट प्रति राखेको नजरबाट मनमा आएको थोरै भए पनि हिनताबोध हटाउनकै लागि हामीले दाहोरी साँझ रेष्टुरेण्टको पनि सुरुवात गर् यौ । नैतिकतालाई धरातल भन्दा तल झार्न नसक्नाको पनि परिणाम थियो त्यो । हाम्रो कोमलता सहिष्णुता र समझदारी पन अभिषाप नै बन्यो हाम्रो लागि । असभ्य र मूर्खहरुको जमात पनि अत्यन्त ठूलो रहेछ हाम्रो समाजमा । हामी देश परदेश घुमेका मान्छेहरुलाई होटल रेष्टुरेण्टमा गएर पाखुरी र जुल्फी हल्लाएको भरमा उधारो खान खाएको पैसा नतिर्न र खाएर झगडा गर्न एउटा सभ्य समाजमा कहिल्यै नसुनिने विषय हुन तर नेपाली समाजमा आकल झुकल मात्रै देखिने हैन पेशेवर रुपमै पेट पाल्ने यस्ता गुण्डाहरुको जमात अत्यत्त ठुलो रहेछ । बर्षौसम्म क्याविन रेष्टुरेण्ट चलाउदा पनि हामीले भोग्नु नपरेको झगडा गुण्डागर्दी र दुष्मनी दोहोरी साँझको सुरुवातको केही समय पछि नै ब्यहोर्नु पर् यो । दोहोरी साँझको सुरुवात गरेको बर्ष दिन बित्दा नबित्दै हामी यो पेशाबाटै आर्जित भयौ । हामीलाई दुइओटा रेष्टुरेण्ट चलाउन र पैतिस चालिस जना कर्मचारीहरुलाई गर्नु पर्ने खटनपटन भन्दा पनि प्रत्येक साझ हुन सक्ने सभावित लफडालाई लिएर हामी सधै चिन्तित हुन्थ्यौ । सुरुसुरुमा हामी आफैले सम्झाएर पठायौ सहेर बस्यौ बिन्ती गर् यौ । नशामा डुबेको मान्छेलाई सानो स्वर र चिप्लो कुरा गरेर पगाल्न सकिन्छ तर झगडाकै मनसाय लिएर सित्तै खाने मनसाय लिएर समुह बाँधेर आउनेहरुको लागि अनुनय विनयले कहिल्यै पगाल्न सकिदैन । यस्ता नालीका किराहरुको लागि औषधी भनेको दादागिरी नै हो । यसै प्रसँगमा रेष्टुरेण्टमा हामीले एकजना पाले राखेका थियौ । बिचरा कहिल्यै सुरक्षा गार्डको तालिम नलिएको मान्छे । काम सुरु गरेको केही दिनमै पोसाकमै बोलाएर साधे उसको नालीवेलीको बारेमा । उ त करातेको ब्लाकबेल डोजो चलाएर बसेको रहेछ । समय र ठाउँलाई चिन्न नसक्दा उसले आफुलाई त्यो हालतमा पुर् याएको रहेछ । म प्रतिभाको सम्मान गर्ने मान्छे मैले उसलाई तुरन्तै सुरक्षा कर्मीको पोशाक फुकाल्न लगाएर भने ल आज देखी तिमीले यो रेष्टुरेण्टको सुरक्षाको जिम्मा तिमिले लिनु पर्छ । अनपढ भए पनि अत्यन्तै साझो आज्ञाकारी इमान्दारी एउटा भरपर्दो भाइ पाए मैले । मेरो हरेक कुराहरु पालन गरे मलाई सधै ठुलदाजुको सम्मानमा राखे तर मैले उसको लागि नेपाली अक्षरको बर्णमाला किनि दिएर वाह्रखरी र अँग्रेजीको रोमन अक्षर छिचोल्ने कुरामा जति नै प्रयास गर्दा पनि असफल रहे । त्यस पछि रेष्टुरेण्टमा देखाउने धरै दादागिरीहरुले हाम्रो रेष्टुरेण्टबाट धुलो चाटेर फर्किनु परेको छ । कतिले निधार कुच्चिएर घर जानु परेको छ । कतिले घुडाको पाँग्रा रेष्टुरेण्टमै छाडेर जानु परेको छ । कति स्थानीय गुण्डाहरुले महिनो सम्म विस्थापित हुनु परको छ । गुण्डा गर्दी र झगडाको सुरुवात पछि पुलिस प्रशासनबाट पनि कैयौ पल्ट संकाको घेरामा बस्नु परेको छ ।
ब्ाास्तबमा मैले परदेशमा भोगेको मजदुरी जीवनक्रमा गर्नु परेको संघर्षको बेला अथवा म जस्ता विदेसिएका लाखौ नेपालीहरु कल्पना गरेका आफ्नै मातृभूमिमा केही गर्न सक्ने काल्पनीक अठोट सही छ या गलत यो प्रश्नको उत्तर मैले चाहि निरुत्तरित पाएको छु । जब बिदेशमा हामीले असहय पीडा भोग्छौ देशको चिन्ता र मायाको भावनामा चुर्लुम्म डुब्छौ मन त गाउँ घर तिर नै दौडीरहेको हुन्छ तर हामी अवसर ठाउँ र रहरले मात्र विदेश पलायन भएका भने पक्कै होइनौ । हरेक विदेसिएका नेपालीहरुको आफ्ना आफ्नै ब्यथा छ । मार्मिक कथा छ । हुनत हाम्रो विलासी एबँ सुविधाभोगी भावना पनि यसका केही कमजोरी होलान् । जहाँ भिडभाड र प्रतिस्पर्धा बढी छ भविष्य त्यही नै देख्छौ हामी पनि । हरियाली पाखा वारीहरुमा हामीले हाम्रो उज्यालो जीवनको खोजी कहिल्यै गरेनौ । बिदेशीएका लाखौ नेपालीहरुको पसिनाको कमाइ यस्तै भिडभाड र कोलाहलमा बिलाएको छ । मैले कहिल्यै कल्पना नगरेका र नभोगेका फर्निचर तथा रेष्टुरेण्ट ब्यवसायमा अरुकै लहैलहैमा होमिनाले न त म कहिल्यै यी पेशाहरुबाट सन्तुष्ट हुन सके न त जीवन नै बनाउन सके । देख्दा ब्यबसायीहरु ब्यापारीहरु जति सालिन र आकर्षक देखिन्छन् उनीहरुको पीडा र ब्यथा पनि कम मार्मिक छैन । बन्द हडताल अस्वस्थ प्रतिस्पर्धा चन्दा आतङ्क गुण्डा आतङ्क प्रहरी आतङ्क ब्यापार ब्यबसायका लागि निको हुनै नसक्ने क्यान्सर हुन । सोझो इमान्दार र नैतिकबानलाई शहर बजारको माहौलमा कुनै स्थान छैन । बेइमान कपटी स्वार्थी अहत्वकाँक्षी र अपराधीहरुको बोलवाला र हालीमुहाली बनेको छ शहर बजार । शहरबजारको सुविधा र भोग विलास मात्र जीवन होइन गाउँ घरको स्वच्छ बातावरण निश्वार्थी सामाजिक परिवेश पनि जीवन हो भन्ने हेक्का कहिल्यै राखेनौ । सारा नेपालीले बैदेसिक रोजगारमै देखेको र प्रमाणित गरिदिएको उज्यालो जीवनको आधारलाई समाएर पहिल्याउन नसक्दा मैले मैले ब्यापार ब्यवसायमा लागेर भोग्नु परको पीडा संघर्ष र अपमानलाई एउटा तीतो स्मरणका यादहरुमा संगाल्दै हामीले यो रेष्टुरेण्ट ब्यवसाय कहिल्यै नगर्ने प्रण गर्दै रेष्टुरेण्टहरु विकि्र गर्ने निर्णय गर् यौ । जब जब तनाब र समस्याहरु आइलाग्थे राष्ट्रियता प्रति मेरो भावना र दृष्टीहरु कति अद्ररदर्शी र अपरिपक्क थिएछ भन्ने क्रराको निक्र्योल मैले वारम्वार गरे । पिता पुर्खाले कहिल्यै नसोचेका गुण्डागर्दी तथा दादागिरी जस्ता पशुजन्य बथानहरुको माहौलमा आफूलाई समेत हेलाउनू पर् यो । कहिल्यै कसैसँग झुकेर नखाने हाम्रो खानदान ब्यवसाय र पैसाको नाममा सधै सधै झुक्नु पर् यो । बाहिरबाट हेर्दा रेष्टुरेण्टमा भित्ताहरुमा झिम्के बत्तीहरुहरु बलेर मात्र हुदैन भित्र किनेर खाइदिने मान्छेहरु पनि हुनु पर् यो । बाहिर लोकल ठर्रा धोकेर नाच्न आउनेको भिडले मात्र ब्यवसायीको जीवन गुजारा हुन सक्दैन रेष्टुरेण्टमा आएर निर्ध्रक्क खर्च गरेर खान सक्ने ग्राहक हुनु पर् यो । तर ब्याउनुको पीडा स्त्री जातीलाई नै थाहा हुन्छ पुरुषलाइ के थाहा बर्ष दिन अगाडिको रजगज सुन्यतामा झरी सकेको थियो रेष्टुरेण्ट बेच्ने भनेर हल्ला गर्दा गर्दै छ महिना बित्यो । पैतिस चालिस जना कर्मचारीको पारिश्रमिक बहाल उचित मुल्य र अवसर खोज्दा खोज्दै हामी दिन प्रतिदिन ओरालो लाग्दै थियौ । अन्तीममा भएको जेता पनि विकि्र नभए पछि हामीले रेष्टुरेण्ट बन्द ने गर् यौ र किलोको भाउमा विकि्र गर्नु पर् यो । यो पेशाबाट हामी यति नफरत भयौ कि जीवनमा कहिल्यै यो पेशामा हाम नफाल्ने प्रण गर्दै फेरी पनि उज्यालो जीवनकै खोजीमा बैदेसिक रोजगारी प्रस्थानको सिलसिलामा पूर्ब तयारी गर्न लाग्यौ ।
साहित्यसंसार डट कम

- See more at: http://www.sahityasansar.com/sahitya/660#sthash.MPiMwJik.dpuf

Thursday, May 1, 2014

के हो मजदुर दिवस हामीलाई थाहा छैन !

आज १ सय २५ औं मजदुर दिवस। काठमाडौं उपत्यका लगायत देशैभर विभिन्न कार्यक्रम गरेर मनाइएको छ। काठमाडौंका विभिन्न स्थानमा मजदुरका हकहितका लागि नेताहरुले चर्को भाषण गरिरहँदा मजदुरहरु पसिना बगाउन बाध्य थिए। काम नगरे घरको भान्छामा आगो नबल्ने उनीहरुलाई यो दिवसले छोएन। वर्षमा एक दिन आउने मजदुर दिवसका बारेमा धेरैजसो अनविज्ञ नै थिए।माइतीघरबाट भद्रकाली जोड्ने सडकमा काम गर्दै कामदारहरु
प्लेकार्डसँग खेल्दै एक बालिका।
मजदुर दिवसकाे अवसरमा कार्यक्रम भइरहँदा भारी बाेक्दै एक भरिया।
वसन्तपुरमा  अायोजित मजदुर दिवसको कार्यक्रममा सहभागी हुदैँ प्रधानमन्त्री सुशील काेइराला।
एक भरिया।
मजदुर दिवसका लागि बनाइएका प्लेकार्डहरु।
वसन्तपुरमा मजदुर दिवसकाे कार्यक्रममा पानी बेच्दै एक बालक।
मजदुर दिवस अंकित टिसर्ट प्रदर्शन गर्दै प्रधानमन्त्री सुशील काेइराला।..

( source .setopaty.com)

Thursday, April 10, 2014

नेपालसंग झुण्डिएका १० रमाइला तथ्य

१०.  कछुवा गतीमा इण्टरनेट 
सन् १९९४ बाट नै नेपालमा इण्टरनेटको शुरुवात भएको रैछ । तर लिविया पछि सबैभन्दा स्लोसबैभन्दा सुस्तगतीमा इण्टरनेट चल्ने मुलुकमा नेपाल पर्दो रहेछ । ६० प्रतिशत ईण्टरनेट युजरहरु २५६ केविपिएस भन्दा तलको स्पीडमा इण्टरनेट चलाउछन् हाम्रो देशमा ।९. अध्यारोमा वस्न अभ्यस्त
भनिन्छ ,नेपालमा प्रचुर जलविद्युतको सम्भावना छ । करिव ८३ हजार मेघावाट । तर लोडसेडिगको मारमा खेप्नुपरेको छ । विदेशी डलरमा ग्याँस किनेर भात पकाउनु परेको छ ।  विजुलीबाट खाना पकाउने सपना त आकाशको फल आखाँ तरी मर भाको छ ।
८.  सर्वसुलभ गाँजा
धतुरो र गाँजामा रमाउने बाबा । जहाँतहि अत्यन्तै सुपथ मुल्यमा पाईने गाजा र धतुरोको लागि हाम्रो देश प्रख्यात छ । सन् ७० को दशकमा हिप्पी हरु आउने कारण पनि त्यहि थियो ।



७ सास्कृतिक धरोहर 
पत्याउनुस् वा नपत्याउनुस् नेपाल अझ काठमाडौं त्यस्तो शहर हो, जहाँ १५ किमि वरिपरी ७ वटा विश्व प्रसिद्ध साँस्कृतिक धरोहरहरु छन् । यस्तो संसारमा नै विरलै मात्र छ ।

६.नमस्कार परम्परा
दुई हात जोडेर गरिने नमस्कार साँच्चै नेपालको परम्परा हो । यो हात मिलाउनु वा गला मिलाउनु भन्दा पृथक छ र युनिक पनि छ ।

५. अनेकतामा एकता 

अनेकतामा एकता हाम्रो शक्ति हो । चाहे वुद्ध नेपालमा जन्मेको व्यानरलाई खेल मैदानमा प्रस्तुत गर्ने कुरामा किन नहोस वा कुनै नेपालीलाई इण्टरनेट भोटिगमा जिताउन किन नहोस नेपाली एक जुट भई हाल्छन् । भाषा, धर्म भन्दा माथी उठेर राष्टियताको वकालत गर्ने यहि बानीको कारण हुनसक्छ नेपाल अहिलेसम्म पनि कसैको उपनिवेश हुनुपरेको छैन । र यस्तो सौभाग्य जम्मा जम्मी ७ देशले मात्र पाएका छन् संसार भरी ।
४. नेपाली झण्डा 

नेपाली झण्डा संसारमा नै फरक छ । त्रिकोणयुक्त हाम्रो जस्तो झण्डा विश्वमा नै कुनै पनि देशको छैन । अझ त्यसमाथी जवसम्म चन्द्रमा र सुर्य रहन्छन् तवसम्म हाम्रो देश रहन्छ भन्ने भाव वोकेको झण्डा पनि हाम्रो गौरव हो ।
३.प्राकृतिक सुन्दरता र पर्यटन

 सबै नै जानकार छौं ।
२. विविघ रेकर्डहरु 

विश्वको सर्वोच्च शिखर सगरमाथाको देश नेपाल । विश्वको नै सबैभन्दा उचाई ९४८००मि० मा रहेको तिलिचो ताल , १४५ मिटर गहिरो शे फोक्सुण्डो ताल जो ३६०० मिटरमा छ । अनि सबै भन्दा अग्लो स्थानमा रहेको अरुण उपत्यका र कालिगण्डकिको खोच ।
१. आयो गोर्खाली 

आयो गोर्खाली । विरहरुको परिभाषामा कहिल्यै नमेटिने नाम हो गोर्खाली । नेपालीको अर्को परिचय हो गोर्खाली । वहादुर, साहस र निडरताको प्रतिक हो गोर्खाली । अहिले पनि गोर्खाली फौज वेलायती सेनामा छ । भारतीय सेनामा छ । र विश्व भरी शान्ती स्थापनाका लागि नेपाली सेना मार्फत परिचालीत भैरहेको छ । गोर्खाली सेनाको विरताका गाथाहरु विश्व युद्धहरुमा देखाएका थिए । अदम्य शाहसका 'गोर्खालीहरुका' बारेमा  सन् १९८६को विश्वकपमा वेलायतलाई  हराएपछि म्याराडोनाले भनेका  थिए  "हामीले  वेलायतलाई हराउन  सफल भयौं  किनकि वेलायतबाट गोर्खालीहरु फुटवल खेलिरहेका थिएनन् ।"
(यो सामाग्रीको अंग्रेजी मुल फिचर हेर्न यहाँ क्लिक गर्नुहोस्)


Thursday, January 23, 2014

खुल्लेआम सेक्स बेच्छन नेपाली मिडिया


सेक्सलाई सबैभन्दा बढी विक्ने कुराको रुपमा धेरैले उल्लेख गर्छन । सायद शुक्रबारका सम्पादक पनि यहि कुराबाट प्रभावित हुनुहुन्छ । यदि यस्तै हो भने शुक्रबारका कुनै अंकमा हामीले ब्लु फिल्ममा तस्वीर नै देख्न पाइने हो कि ? विहानै नागरिक दैनिक पढ्दै थिए । विहिवार निस्कने शुक्रबार नामको पत्रिकाको विज्ञापन रहेछ । त्यो विज्ञापनको छेवैमा एक मोडलको तस्विर अनि उनले अन्तर्वातामा भनेको शब्द लेखिएको रहेछ-"ब्लु फिल्म हेरेर फ्रेस हुन्छु  ।"  छेवैमा बसेका बहिनीहरु त्यो शब्द पढेर अनि बाफ रे ! भन्दै हाँसे । म पनि त्यो शब्द पढेर छक्क परे ।
हुन त सेक्स नेचुरल हो । यसलाई नकरात्मक वा सकरात्मक जसरी लिन सकिन्छ । तर पत्रिकाले रिप्रुेस हुन व्लु फिल्म हेर्छु भन्ने ती मोडलको त्यो शब्दलाई सबैभन्दा बढी महत्व दिएर राखेको कुराले म छक्क परे ।
संचार माध्यामले थुप्रै समाचार सामग्री पाउँछन् । पाएका जति सबै कुरा आफना माध्यामबाट दिने हो त्यो सायद पाच्य नहोला । यस्ता कतिपय कुरा हुन्छन जसलाई सम्पादकले आफनो बौद्धिक दक्षता लगाएर मिलाउनु पर्छ वा भनौ फिल्टर गर्नु पर्छ । तर शुक्रबारले मिडियाको त्यो धर्म निभाएको देखिएन । रिपब्लिक मिडियाको कान्छो प्रकाशनको रुपमा हरेक साता शुक्रबार नामक पत्रिका प्रकाशन हुन्छ । ट्याव्लोइड पत्रकारीताको नाममा यस्ता शिर्षकका सामागि्र राखेर के पत्रिकाले लोकपि्रयता हासिल गर्ला ? छ वोटा प्रस्न अनि छोटा उत्तरको त्यो अन्तरबार्तालाइ त्यति धेरै महत्व दिनु पर्ने थियो र ?
सेक्सलाई सबैभन्दा बढी विक्ने कुराको रुपमा धेरैले उल्लेख गर्छन । सायद शुक्रबारका सम्पादक पनि यहि कुराबाट प्रभावित हुनुहुन्छ । यदि यस्तै हो भने शुक्रबारका कुनै अंकमा हामीले ब्लु फिल्ममा तस्वीर नै देख्न पाइने हो कि ?
हुन त पछिल्लो समयमा नेपालमा सेक्सका कुरा सामान्य भएका छन् । सायद यसमा पनि मिडियाको भूमिका महत्वपूर्ण छ । तर हाम्रो समाजिक परिवेश भिन्न छ । समाजका आफनै कानुन र दायरा हुन्छन् जसलाई मिडियाले स्विकार्नु पर्छ र पालना गर्नु पर्छ । त्यतिमात्रै होइन त्यहि परिवेश अनुसार साचार सामागि्र पस्किनु पर्छ । यो मिडियाको धर्म हो । तर सेक्सका नाममा समाजमा विकृति फैलाउने यस्ता सस्ता शिर्षक राखेर लोकपि्रयता खोज्ने शुक्रबारको यो शैली आफु नांगिएर अरुलाई मनोराजन दिए सरह लाग्यो । त्यसैले आफनो मानो खाएर शुक्रबारलाई एउटा निशुल्क सुझाव-देश अनुसार भेष भने झै नेपाली भूगोल सुहाउँदो पत्रकारीता गर्दा यसले फाइदो होला ।
यस्तो थियो त्यो अन्तरबार्ता
http://nagariknews.com/friday/33756-2011-12-01-07-57-43.html.source..(http://www.sumanluitel.com/2011/12/blog-post.html)

Monday, December 16, 2013

अरबी युवती र नेपाली युवाको बियोगान्त सत्य प्रेम कथा;

साउदीका हरेक पत्र-पत्रिकामा नुरको आत्महत्याको खबरले म आश्चर्यमा परेँ म अफिस भित्रैको एउटा  क्याबिनमा कम्युटरमा ब्यस्त रहन्थे । तर आज अचानक पत्रिका परेको नजरले अचम्मैबनायो । हुन त मलाइ पनि कहाँ अरबी पढ्न आउथ्यो र ? राजको मोबाइलमा देखेको फोटो को कारणले चिनेको मात्रै हो । मैले प्रतक्ष्य देखेको भने थिइन ? कालो बुर्का { साउदीमा महिलाले लगाउने कालो लुगा } लगाएर यात्रारत हुन्छन् यिनीहरु । रुखले त बरु आफ्नो पात बोक्राले ढाक्दैनतर उनीहरुको शरीरको कुनै ठाँउ पनि ढाक्नबाँकी राख्दैनन् ।राजलाइ झुन्ड्याएर मारिएको महिना दिन नहुँदै नुरको आत्महत्याले म मात्र होइन नुरका परिवार पनि अचम्मित भए होलान् । आज नुरको आत्महत्याको खबरले राजको अन्धकार पुर्ण दिन अनी उसलाइ गुमाएको पलझलझल आँखामा आउन थाल्यो । साउदी अरबको एक प्रतिष्ठित कम्पनिमा हामी दुबै जना सँगै काम गर्थ्यौ । हामी मतलब राज र म । हामी साउदीको मुटु राजधानी यानीकी रियादमा थियौ । राज सप्लाइ डिपार्टमा कार्यरत थियो । उनी सप्लाइको क्रममा साउदीका घर-घरमा जानु पर्थ्यो । त्यसै क्रममा राजको भेट नुर सँग भएको थियो । राज सँधै उनको बारेमा बताउथे । नुरको प्रशंसा गरेर कहिले पनि नथाक्ने राजको ब्यवहार देखेर म आफै थकित हुन्थे त्यस्तै साथको खोजीमा । राजको ब्याख्यानमा म आफै अलमल्ल हुन्थेँ । आखीर नुरमा के छ यस्तो ? मलाइ राजले फोटो देखाए पनि म रुपमा कहिल्यै बिस्वास गर्दैन थेँ । रुपमा किन मर्छस् राज ? सुन्दर फुल भित्रको राग-अनुराग अनी बिषादीको पनि अध्यन गर्न जरुरी हुन्छ । हुन त तेरो रोजाइ नराम्रो त हुन सक्दैन तर पनि होस् गर राज यहाँको कानुन तैले सुनेकै छस् । फेरी हकिकतमा देख्न नपरोस्। राज भावुक बनेर भन्थे “बिशाल,मायामा ज्यानै दिन परे पनि म तयार छु । उनले दिएको यती माया नै मेरो जिन्दगीको पुर्ण खुसी बन्नेछ । हेरौ जे लेखेको छ यो भाग्यमा त्यही हुन्छ । मलाइ यही मर्न लेखेको छ भने म पराइकै माटोमा मरौला । हो मलाइ मेरो स्वच्छ पशुपतीमा ठाँउ नमिल्ला,बाग्मती को पानीले चोखीन नपाइएला, चन्दन सँगै जल्न नपाइएला तर मायामा दिएको ज्यान कहाँ खेर जान्छ र बिशाल ? हुन त म अभागी ठहरीनेछु बिदेशको माटोमा पुरीँदा तर पनि माया भनेको माया हो । नेपाल रहँदा सम्म कोही कसैमा आँखा नपरे पनि यहाँ उनीमा आँखा पर्नु मेरो भाग्यकोखेल हो बिशाल जे होगा देखा जायगा ।।। नुर र राजको प्रेम देखेर मलाइ पनि डाहा हुन्थ्यो । मलाइ पनि प्रेममा डुब्न मन लाग्थ्यो । मरभुमी राप भित्र पनि राजको चमकता र मुस्कानले म सँधै प्रफुल्ल हुन्थे ।उनिहरुको प्रेम झाँगिदै थियो । कहिले भेटेर त कहिले फोन बाट नै लामो समयसम्म उनिहरुको कुराकानी चल्थ्यो । म कहिले काँही जिस्काउथेँ “राज तेरो त काम तमाम भो, भाउजु सँग मलाइ नि कुरा गरान त यार। म पनि यसो सुनौ मेरी भाउजुको स्वर जुन स्वरमा राज अल्झिएको छ । मेरो कुरा सुने पछी राजले फोन लाउड स्पिकरमा राखेर सुनाउथ्यो , उता बाट आवाज आउथ्यो “ मिन हुवा ?”(को ऊ) “ राजले नरम भएर जवाफ दिन्थ्यो:“सदीग”(साथी)”ब िशाल । । उनीहरुको कुरा कती खेर सकिन्थ्यो मैलै कहिले पनि थाहा पाइन । म आफ्नै दुनियामा ब्यस्त हुन्थे उनीहरु आफै भित्र हराउथे । एक कान दुइ कान मैदान । उनीहरुको प्रेम नुरको घरपरिवारले थाहा पाए । उनका बाबा आमाले पुलीसमा कम्प्लेन गरे । ठुलो रडाको नै मच्चियो । अन्त्यमा राजलाइ फाँसी सुनाइयो । फाँसी हुने अन्तिम रात राजले एउटा पत्र लेखेको थियो र मलाइ भनेको थियो । राज यो पत्र एक चोटी पढेर नुरलाइ दे है । मैले किन हेर्नु राज ? भन्दा राज भन्दै थिए , सायद तैले नै उल्था गर्नु पर्ला बिशाल । मेरो आँखा भरी आँसु टम्म थिए । म डाँको छाडेर रुन पनि सकि रहेको थिइन । तर राजको आँखामा भने डर,त्रास,पिर भनेको पटक्कै थिएन । माया प्रतक्ष झल्किन्थ्यो । राजको पत्र लिएर म राज सँग अब अन्तिम पटकभेटेर फर्किदै छु भन्ने थाहा हुँदा मेरोमुटुले ठाँउ छाडी रहेको थियो । मैले भगवानलाइ लाख बिन्ती गरेँ तर पनि भगवानले राजलाइ बचाउला जस्तो लागेन। म मन कठोर बनाउदै गाडी सम्म आँए र आफ्नो गाडी स्टार्ट गरेर अपार्ट सम्म आँए । मैले हतार हतार राजको पत्र खोँले अनी पढ्न थाँले । ‘मेरी नुर जुनी जुनी जिउनु ल । तिमी त अन्तिम पटक भेट्न पनि आइनौ । तर पनि मलाइ दुख मन छैन । किनकी म तिमी जन्मेको माटोमा हाम्रो माया बिसर्जन गर्दैछु । तिमीले देखाएको सपनाको महलमा म जिन्दगी बिसर्जन गर्दैछु । भेट्दा,कुरा गर्दाको तिम्रो ब्यवहारले म तिमीमा नै समर्पित हुन्थेँ अनी अनौठो सपना देख्थे । तिमीलाइ मेरो सिमली भुवा उड्ने गाँउमा लगेर कोइलीको स्वर सँग दोहोरी खेलाउने ठुलो धोको थियो । तिमीलाइ थाहा छ नुर ? मेरो घर पहाडमा छ । प्रकृतीको धनी मेरो गाँउ छहरा,पहरा,लहराल े भरीपुर्ण छ । तिमीलाइ थाहा नै छ होला । पढेकी पनि हौली, म त सगरमाथाको देशको मान्छे । तिमीलाइ सगरमाथा घुमाउने रहर त रहरै भयोनुर । तर पनि मेरो ठम्याइ छ । त्याँहाको प्राकृतीक सौन्दर्यहरु तिमीलाइ देखेर मोहित हुने थिए । कोइलीले आफ्नो स्वर निकाल्नु पहिले तिम्रो स्वर सुन्न चाहन्थ्यो । अनी म तिम्रा हात समाएर सबैको सामु भन्थे- “आना हेब ईन्त नुर”(म तिमीलाइ माया गर्छु नुर ।) हुन त तिम्रो र मेरो अन्तिम भेट यही पत्रमा हुनेछ । भाग्यमा भए प्रेम अमर भए अर्को जुनीमा भेटिनेछ । आस छ भर छैन यो भाग्यको । भगवानको मर्जी न हो । जे चाहन्छ उही हुन्छ । तिमी भगवान भन्दा बुझ्दिनौ होला । तिमीले भगवानलाइ “अल्ला” भनेर चिन । भगवान भन या अल्ला भन एक हुन मेरो नजरमा । तिम्रा बाबाले म हिन्दु भएकै कारणले मलाइ नकारेका हुन् मलाइ थाहा छ । तिम्रा बाबाले धर्म परिवर्तन गर भनेर नभनेको पनि होइन । तर मैले चाहिन त्यो । किनकी धर्म परिवर्तनमा के नै छ र ? म जहाँ जन्मिए, जुन संस्कारमा जन्मिए, उही तरीका ले बाँचे । कसको निधारमा लेखीएको हुन्छ यो मुश्लिम,यो क्रीश्चीयन,यो हिन्दु ……. भनेर । हामीले मान्ने, प्रार्थना गर्ने शैली फरक हो तर भगवान एक हुन् । तिम्रो बाबालाइ सुनाइ देउ नुर । मेरो भगवान मानवता हो । तिम्रो बाबाको जस्तो अल्ला मेरो भगवान होइन । हाम्रो प्रेम लाइ आड बनाएर तिम्रो बाबाले लडेको धर्मयुद्ध होइन त्यो त अहम् हो आफ्नो एरीयामा कुकुर पनि शेर हुने । धर्म फरक भएकै कारणले म जस्ता कती मेरा नेपाली दाजुभाइ दिदीबहिनी हरु यहाँ हेपीएको चेपीएको तितो यथार्थ छ । मान्छे आखीर मान्छे हो नी नुर, जात,धर्म, स्तर त हामीले बनाएकै त हो । तिमी नै भनत जन्मनु भन्दा अगाडी तिमी कुन धर्मको थियौ ? काटे रगत त रातै आउछ नी हैन र नुर ? कि हिन्दु को रगत रातो अनी मुश्लिम,क्श्चीय नको सेतो,हरियो हुन्छ की हिन्दुको हरियो सेतो रगत हुन्छ तिम्रो बाबालाइ सोध है । हुन त तिम्रो बाबालाइ प्रेमको महत्व के थाहा ? सँधै पैसाकै पछाडी कुद्छन् । पैसा दिएर धर्म परिवर्तन गर भन्छन् । पैसाले माया पाइने भए संसारमा सबै पैसावालहरुपुर्ण हुन्थे । उपहार दिँदैमा,कुनै एक बिशेष दिनमा मायाजाहेर गरेर माया गरेको भन्ने सोच्ने तिम्रो बाबालाइ माया गर्न सिकाउ नुर । तिमीःलाइ त माया गर्न आउछ नी है ? तिमी सँग भेट हुने यही अन्तीम हो । त्यसैले मलाइ यो पत्र टुङ्ग्याउन मन छैनअनी चाहन्न पनि तर पनि लामो गन्थनमा फस्दा लेख्दा लेख्दै अन्त्यमा तिमी सँग बिदा माग्न पनि नपाइयला की झै लाग्छ । त्यसैले हाम्रो भेट अब सक्नु पर्छ मैले । यो बेग रोक्नु पर्छ मैले जुन बेगमा म भावना पोखी रहेछु । हाइयाक्अल्ला या नुर,मासलाम !! राज !! दाइ के छ हो आजको हट न्युज ? म झसङ्ग भए । सँगै काम गर्ने भाइ रहेछ ।आजको न्युज बबाल छ कुन्जन । के छ दाजु सुनौ न त हामी पनि । नुरले आत्महत्या गरीछे यार । को नुर ? राजकी नुर ? अँ हो । त्यसले यतीका पछी किन आत्महत्या गरी त ? थाहा छैन यार । मैले केही थाहा पाउन सकेको छैन । कारण के हो कसो हो अब पत्रीका पढ्न जानेको भए पो । एक छिन है मेल आएको रहेछ । अफिसीयल होला । मेल नयाँ ठेगाना बाट आएको थियो । मैले अल्मलीदै खोँले । अरबीमा लेखीएको भएर मैले पढ्न जानीन र कुन्जनलाइ भने । यार भाइ कसरी पढ्ने यो मेल अरबीमा छ त ? उसले हाँस्दै भन्यो यार दाइ हजुर पनि, नेट बाट ट्रान्सलेट गर्नु न । यो जमानामा पनि यति कुराको के चिन्ता ? मैले आज खासै सोच्न सकिरहेको थिइन अनी हो त नी है भन्दै ट्रान्सलेट गरेर पढ्न थाँले । ‘नमस्ते देवर बाबु सञ्चै हुनु हुन्छ ? मैले राजको बारेमा आज मात्र थाहा पाँए । मलाइ फोन,नेट सबै तिर बन्देज लगाइएको थियो । आज मात्रै सबै थोक बाट फुकुवा गरीएको हो । मलाइ मेरो साथीले एउटा भिडियो हेर्छस् भनेर दिएको थियो । त्यो भिडियोमा राजलाइ झुन्ड्याएर मारीएको रहेछ । जुन कुरा मैले सहन सकिन । भिडियो हेर्नु लगत्तै राजको पत्र पनि पाँए । उहाँ सँग मैले पनि पत्रमा भेँटे । बिशाल बाबु हजुरहरुले त मलाइ निष्ठुरी भन्ने सोच्नु भएको होला । त्यसैले मैले हजुरलाइ मेरो बारेमा भन्ने यही एउटा मेलको साहारा लिँए । म निष्ठुरी होइन बिशाल बाबु । मैले पहिलो पटक कसैलाइ प्रेम गरेको थिँएत त्यो राज थियो । अनी गर्नेछु त त्यो पनि राजलाइ । सत्यता थाहा नपाउदा सम्म त राज सँग भेट्ने आसा जिँउदो थियो तर सबै थाहा पाए पछी मैले जिउनुको अर्थ देखीन । म मेरो जिन्दगी अब अरुको नाम कसरी गरौ बिशाल बाबु ? मेरा आमा बाबा चाहनु हुन्छ म अरु कसै सँगबिबाह गरौ । तर राजलाइ सुम्पियको यो तन मन कसरी म जिउदै मरेर अरुलाइ सुम्पिदै राजको मायालाइ अपहेलना गरौ ? त्यसैले मैले आत्महत्या गर्ने निर्णय गरेँ । मैले गल्ती त गरीन नी है बिशाल बाबु ? बिशाल बाबु मैले हजुरलाइ नदेखे पनि हजुरको बारेमा राजको ओठ बाट सबै सुनेको छु । त्यसैले हजुरले निर्दोष ठान्नु भयो भने म राजलाइ उ गएको ठाँउमा गएर मेरो मायाको सर्जिम बक्ने हजुरलाइ देखाउन सक्नेछु । मलाइ माफ गर्नुस् ल बिशाल बाबु ।। उही हजुरको हुन नसेकी, हजुरले फोनमा जिस्काउने, हजुरकी भाउजु ‘नुर’ !!! (फेसबुक पेज नेपाल दर्पणबाट साभार गरिएको ।)” साउदीका हरेक पत्र-पत्रिकामा नुरको आत्महत्याको खबरले म आश्चर्यमा परेँ म अफिस भित्रैको एउटा क्याबिनमा कम्युटरमा ब्यस्त रहन्थे । तर आज अचानक पत्रिका परेको नजरले अचम्मैबनायो । हुन त मलाइ पनि कहाँ अरबी पढ्न आउथ्यो र ? राजको मोबाइलमा देखेको फोटो को कारणले चिनेको मात्रै हो । मैले प्रतक्ष्य देखेको भने थिइन ? कालो बुर्का { साउदीमा महिलाले लगाउने कालो लुगा } लगाएर यात्रारत हुन्छन् यिनीहरु । रुखले त बरु आफ्नो पात बोक्राले ढाक्दैनतर उनीहरुको शरीरको कुनै ठाँउ पनि ढाक्नबाँकी राख्दैनन् ।राजलाइ झुन्ड्याएर मारिएको महिना दिन नहुँदै नुरको आत्महत्याले म मात्र होइन नुरका परिवार पनि अचम्मित भए होलान् । आज नुरको आत्महत्याको खबरले राजको अन्धकार पुर्ण दिन अनी उसलाइ गुमाएको पलझलझल आँखामा आउन थाल्यो । साउदी अरबको एक प्रतिष्ठित कम्पनिमा हामी दुबै जना सँगै काम गर्थ्यौ । हामी मतलब राज र म । हामी साउदीको मुटु राजधानी यानीकी रियादमा थियौ । राज सप्लाइ डिपार्टमा कार्यरत थियो । उनी सप्लाइको क्रममा साउदीका घर-घरमा जानु पर्थ्यो । त्यसै क्रममा राजको भेट नुर सँग भएको थियो । राज सँधै उनको बारेमा बताउथे । नुरको प्रशंसा गरेर कहिले पनि नथाक्ने राजको ब्यवहार देखेर म आफै थकित हुन्थे त्यस्तै साथको खोजीमा । राजको ब्याख्यानमा म आफै अलमल्ल हुन्थेँ । आखीर नुरमा के छ यस्तो ? मलाइ राजले फोटो देखाए पनि म रुपमा कहिल्यै बिस्वास गर्दैन थेँ । रुपमा किन मर्छस् राज ? सुन्दर फुल भित्रको राग-अनुराग अनी बिषादीको पनि अध्यन गर्न जरुरी हुन्छ । हुन त तेरो रोजाइ नराम्रो त हुन सक्दैन तर पनि होस् गर राज यहाँको कानुन तैले सुनेकै छस् । फेरी हकिकतमा देख्न नपरोस्। राज भावुक बनेर भन्थे “बिशाल,मायामा ज्यानै दिन परे पनि म तयार छु । उनले दिएको यती माया नै मेरो जिन्दगीको पुर्ण खुसी बन्नेछ । हेरौ जे लेखेको छ यो भाग्यमा त्यही हुन्छ । मलाइ यही मर्न लेखेको छ भने म पराइकै माटोमा मरौला । हो मलाइ मेरो स्वच्छ पशुपतीमा ठाँउ नमिल्ला,बाग्मती को पानीले चोखीन नपाइएला, चन्दन सँगै जल्न नपाइएला तर मायामा दिएको ज्यान कहाँ खेर जान्छ र बिशाल ? हुन त म अभागी ठहरीनेछु बिदेशको माटोमा पुरीँदा तर पनि माया भनेको माया हो । नेपाल रहँदा सम्म कोही कसैमा आँखा नपरे पनि यहाँ उनीमा आँखा पर्नु मेरो भाग्यकोखेल हो बिशाल जे होगा देखा जायगा ।।। नुर र राजको प्रेम देखेर मलाइ पनि डाहा हुन्थ्यो । मलाइ पनि प्रेममा डुब्न मन लाग्थ्यो । मरभुमी राप भित्र पनि राजको चमकता र मुस्कानले म सँधै प्रफुल्ल हुन्थे ।उनिहरुको प्रेम झाँगिदै थियो । कहिले भेटेर त कहिले फोन बाट नै लामो समयसम्म उनिहरुको कुराकानी चल्थ्यो । म कहिले काँही जिस्काउथेँ “राज तेरो त काम तमाम भो, भाउजु सँग मलाइ नि कुरा गरान त यार। म पनि यसो सुनौ मेरी भाउजुको स्वर जुन स्वरमा राज अल्झिएको छ । मेरो कुरा सुने पछी राजले फोन लाउड स्पिकरमा राखेर सुनाउथ्यो , उता बाट आवाज आउथ्यो “ मिन हुवा ?”(को ऊ) “ राजले नरम भएर जवाफ दिन्थ्यो:“सदीग”(साथी)”ब िशाल । । उनीहरुको कुरा कती खेर सकिन्थ्यो मैलै कहिले पनि थाहा पाइन । म आफ्नै दुनियामा ब्यस्त हुन्थे उनीहरु आफै भित्र हराउथे । एक कान दुइ कान मैदान । उनीहरुको प्रेम नुरको घरपरिवारले थाहा पाए । उनका बाबा आमाले पुलीसमा कम्प्लेन गरे । ठुलो रडाको नै मच्चियो । अन्त्यमा राजलाइ फाँसी सुनाइयो । फाँसी हुने अन्तिम रात राजले एउटा पत्र लेखेको थियो र मलाइ भनेको थियो । राज यो पत्र एक चोटी पढेर नुरलाइ दे है । मैले किन हेर्नु राज ? भन्दा राज भन्दै थिए , सायद तैले नै उल्था गर्नु पर्ला बिशाल । मेरो आँखा भरी आँसु टम्म थिए । म डाँको छाडेर रुन पनि सकि रहेको थिइन । तर राजको आँखामा भने डर,त्रास,पिर भनेको पटक्कै थिएन । माया प्रतक्ष झल्किन्थ्यो । राजको पत्र लिएर म राज सँग अब अन्तिम पटकभेटेर फर्किदै छु भन्ने थाहा हुँदा मेरोमुटुले ठाँउ छाडी रहेको थियो । मैले भगवानलाइ लाख बिन्ती गरेँ तर पनि भगवानले राजलाइ बचाउला जस्तो लागेन। म मन कठोर बनाउदै गाडी सम्म आँए र आफ्नो गाडी स्टार्ट गरेर अपार्ट सम्म आँए । मैले हतार हतार राजको पत्र खोँले अनी पढ्न थाँले । ‘मेरी नुर जुनी जुनी जिउनु ल । तिमी त अन्तिम पटक भेट्न पनि आइनौ । तर पनि मलाइ दुख मन छैन । किनकी म तिमी जन्मेको माटोमा हाम्रो माया बिसर्जन गर्दैछु । तिमीले देखाएको सपनाको महलमा म जिन्दगी बिसर्जन गर्दैछु । भेट्दा,कुरा गर्दाको तिम्रो ब्यवहारले म तिमीमा नै समर्पित हुन्थेँ अनी अनौठो सपना देख्थे । तिमीलाइ मेरो सिमली भुवा उड्ने गाँउमा लगेर कोइलीको स्वर सँग दोहोरी खेलाउने ठुलो धोको थियो । तिमीलाइ थाहा छ नुर ? मेरो घर पहाडमा छ । प्रकृतीको धनी मेरो गाँउ छहरा,पहरा,लहराल े भरीपुर्ण छ । तिमीलाइ थाहा नै छ होला । पढेकी पनि हौली, म त सगरमाथाको देशको मान्छे । तिमीलाइ सगरमाथा घुमाउने रहर त रहरै भयोनुर । तर पनि मेरो ठम्याइ छ । त्याँहाको प्राकृतीक सौन्दर्यहरु तिमीलाइ देखेर मोहित हुने थिए । कोइलीले आफ्नो स्वर निकाल्नु पहिले तिम्रो स्वर सुन्न चाहन्थ्यो । अनी म तिम्रा हात समाएर सबैको सामु भन्थे- “आना हेब ईन्त नुर”(म तिमीलाइ माया गर्छु नुर ।) हुन त तिम्रो र मेरो अन्तिम भेट यही पत्रमा हुनेछ । भाग्यमा भए प्रेम अमर भए अर्को जुनीमा भेटिनेछ । आस छ भर छैन यो भाग्यको । भगवानको मर्जी न हो । जे चाहन्छ उही हुन्छ । तिमी भगवान भन्दा बुझ्दिनौ होला । तिमीले भगवानलाइ “अल्ला” भनेर चिन । भगवान भन या अल्ला भन एक हुन मेरो नजरमा । तिम्रा बाबाले म हिन्दु भएकै कारणले मलाइ नकारेका हुन् मलाइ थाहा छ । तिम्रा बाबाले धर्म परिवर्तन गर भनेर नभनेको पनि होइन । तर मैले चाहिन त्यो । किनकी धर्म परिवर्तनमा के नै छ र ? म जहाँ जन्मिए, जुन संस्कारमा जन्मिए, उही तरीका ले बाँचे । कसको निधारमा लेखीएको हुन्छ यो मुश्लिम,यो क्रीश्चीयन,यो हिन्दु ……. भनेर । हामीले मान्ने, प्रार्थना गर्ने शैली फरक हो तर भगवान एक हुन् । तिम्रो बाबालाइ सुनाइ देउ नुर । मेरो भगवान मानवता हो । तिम्रो बाबाको जस्तो अल्ला मेरो भगवान होइन । हाम्रो प्रेम लाइ आड बनाएर तिम्रो बाबाले लडेको धर्मयुद्ध होइन त्यो त अहम् हो आफ्नो एरीयामा कुकुर पनि शेर हुने । धर्म फरक भएकै कारणले म जस्ता कती मेरा नेपाली दाजुभाइ दिदीबहिनी हरु यहाँ हेपीएको चेपीएको तितो यथार्थ छ । मान्छे आखीर मान्छे हो नी नुर, जात,धर्म, स्तर त हामीले बनाएकै त हो । तिमी नै भनत जन्मनु भन्दा अगाडी तिमी कुन धर्मको थियौ ? काटे रगत त रातै आउछ नी हैन र नुर ? कि हिन्दु को रगत रातो अनी मुश्लिम,क्श्चीय नको सेतो,हरियो हुन्छ की हिन्दुको हरियो सेतो रगत हुन्छ तिम्रो बाबालाइ सोध है । हुन त तिम्रो बाबालाइ प्रेमको महत्व के थाहा ? सँधै पैसाकै पछाडी कुद्छन् । पैसा दिएर धर्म परिवर्तन गर भन्छन् । पैसाले माया पाइने भए संसारमा सबै पैसावालहरुपुर्ण हुन्थे । उपहार दिँदैमा,कुनै एक बिशेष दिनमा मायाजाहेर गरेर माया गरेको भन्ने सोच्ने तिम्रो बाबालाइ माया गर्न सिकाउ नुर । तिमीःलाइ त माया गर्न आउछ नी है ? तिमी सँग भेट हुने यही अन्तीम हो । त्यसैले मलाइ यो पत्र टुङ्ग्याउन मन छैनअनी चाहन्न पनि तर पनि लामो गन्थनमा फस्दा लेख्दा लेख्दै अन्त्यमा तिमी सँग बिदा माग्न पनि नपाइयला की झै लाग्छ । त्यसैले हाम्रो भेट अब सक्नु पर्छ मैले । यो बेग रोक्नु पर्छ मैले जुन बेगमा म भावना पोखी रहेछु । हाइयाक्अल्ला या नुर,मासलाम !! राज !! दाइ के छ हो आजको हट न्युज ? म झसङ्ग भए । सँगै काम गर्ने भाइ रहेछ ।आजको न्युज बबाल छ कुन्जन । के छ दाजु सुनौ न त हामी पनि । नुरले आत्महत्या गरीछे यार । को नुर ? राजकी नुर ? अँ हो । त्यसले यतीका पछी किन आत्महत्या गरी त ? थाहा छैन यार । मैले केही थाहा पाउन सकेको छैन । कारण के हो कसो हो अब पत्रीका पढ्न जानेको भए पो । एक छिन है मेल आएको रहेछ । अफिसीयल होला । मेल नयाँ ठेगाना बाट आएको थियो । मैले अल्मलीदै खोँले । अरबीमा लेखीएको भएर मैले पढ्न जानीन र कुन्जनलाइ भने । यार भाइ कसरी पढ्ने यो मेल अरबीमा छ त ? उसले हाँस्दै भन्यो यार दाइ हजुर पनि, नेट बाट ट्रान्सलेट गर्नु न । यो जमानामा पनि यति कुराको के चिन्ता ? मैले आज खासै सोच्न सकिरहेको थिइन अनी हो त नी है भन्दै ट्रान्सलेट गरेर पढ्न थाँले । ‘नमस्ते देवर बाबु सञ्चै हुनु हुन्छ ? मैले राजको बारेमा आज मात्र थाहा पाँए । मलाइ फोन,नेट सबै तिर बन्देज लगाइएको थियो । आज मात्रै सबै थोक बाट फुकुवा गरीएको हो । मलाइ मेरो साथीले एउटा भिडियो हेर्छस् भनेर दिएको थियो । त्यो भिडियोमा राजलाइ झुन्ड्याएर मारीएको रहेछ । जुन कुरा मैले सहन सकिन । भिडियो हेर्नु लगत्तै राजको पत्र पनि पाँए । उहाँ सँग मैले पनि पत्रमा भेँटे । बिशाल बाबु हजुरहरुले त मलाइ निष्ठुरी भन्ने सोच्नु भएको होला । त्यसैले मैले हजुरलाइ मेरो बारेमा भन्ने यही एउटा मेलको साहारा लिँए । म निष्ठुरी होइन बिशाल बाबु । मैले पहिलो पटक कसैलाइ प्रेम गरेको थिँएत त्यो राज थियो । अनी गर्नेछु त त्यो पनि राजलाइ । सत्यता थाहा नपाउदा सम्म त राज सँग भेट्ने आसा जिँउदो थियो तर सबै थाहा पाए पछी मैले जिउनुको अर्थ देखीन । म मेरो जिन्दगी अब अरुको नाम कसरी गरौ बिशाल बाबु ? मेरा आमा बाबा चाहनु हुन्छ म अरु कसै सँगबिबाह गरौ । तर राजलाइ सुम्पियको यो तन मन कसरी म जिउदै मरेर अरुलाइ सुम्पिदै राजको मायालाइ अपहेलना गरौ ? त्यसैले मैले आत्महत्या गर्ने निर्णय गरेँ । मैले गल्ती त गरीन नी है बिशाल बाबु ? बिशाल बाबु मैले हजुरलाइ नदेखे पनि हजुरको बारेमा राजको ओठ बाट सबै सुनेको छु । त्यसैले हजुरले निर्दोष ठान्नु भयो भने म राजलाइ उ गएको ठाँउमा गएर मेरो मायाको सर्जिम बक्ने हजुरलाइ देखाउन सक्नेछु । मलाइ माफ गर्नुस् ल बिशाल बाबु ।। उही हजुरको हुन नसेकी, हजुरले फोनमा जिस्काउने, हजुरकी भाउजु ‘नुर’ !!! @allkhabar.com/

Tuesday, December 3, 2013

शान्तिका केही मुक्तकहरु

नचलाउ नजरको तीर मायालु ।
जलाउन सक्छौ त्यो तस्विर मायालु ।।
विगत अनि वर्तमान उस्तै हुदैन ।


नरोप भो वचनका झीर मायलु ।।
टाढा जाने मायालुलाई पर्ख भनिदेउ ।
लाग्ला पाप यो मायाको फर्क भनिदेउ ।।
रिसाएर हैन अब थोरै मुस्कुराउदै ।
टाढा हैन अब नजिक सर्क भनिदेउ ।।


तिम्रै कारण हाँसी हाँसी बाँच्न पाएकी छु।
जिन्दगीको साँचो मुल्य बुझ्न लाएकी छु।।
चाँहिदैन धन मलाई साथ तिम्रो भए पुग्छ ।
सात जन्म नछुट्ने त्यो कसम खाएकी छु ।।
आशकाँको हैन आँधि उठाउला नी विश्वासको ।
दु ख सुख बाँढ्दै कसम खाउला नी विश्वासको।।
दुनियालाई किन हेर्छौ हेर आफ्नै मायालुलाई ।
थरी थरी फूल रोपी फूलाउला नी विश्वासको।।
जगाउन गाह्रो हुन्छ निदाएझै गर्नेलाई ।
वर सार्न नसकीने पर पर सर्नेलाई ।।
समस्याको जीन्दगी भो सम्झौतामा बाँच्दै यहाँ ।
फूलाउ म खै कसरी ओईलीएर झर्नेलाई ।।
जसो तसो चलेको जिवन यस्तै हो ।
धिपी धिपी बलेको जिवन यस्तै हो ।।
नसोधेकै बेस हुन्थ्यो के छ हाल भनी।
पीडा भित्र गलेको जिवन यस्तै हो ।।
प्रेत आत्मा बनि यहाँ भट्किदैछ मन ।
पहरामा चिन्डो सरी लट्किदैछ मन ।।
के के हुन्छ पत्तै हुन्न मात्र दुखी दिन्छ ।
भात छट्के जस्तै गरी छट्किदैछ मन ।।
गेटमै कुकुर बाँधेका छौ कसरी आँउ भन ।
त्यो झम्टिने गार्ड राखेका छौ कसरी आँउ भन ।।
भनि देउन के के गर्न खोजेका छौ आज भोली ।
हातले बन्दुक ताकेका छौ कसरी आँउ भन ।।
भुल थियौ माया गर्नु सुधार गर्दै छु ।
आफुले नै आफैलाई उद्धार गर्दै छु ।।
अनयासै मायाको भेलमा परे पछि ।
पारी तरुँ कसो गरी बिचार गर्दै छु ।।
अति गर्न खोज्दा माया खती हुन्छ की ।
मनै हर्न खोज्दा माया खती हुन्छ की ।।
नभन न भो तर्किएर छाडी जानेछ ।
पाउमै पर्न खोज्दा माया खती हुन्छ की।।
हिमाल अनि पहाडका जन हेर हेर्छौ भने ।
मधेश र तराईको मन हेर हेर्छौ भने ।।
मिलि जुली बसेकालाई व्यर्थ किन लडाउनु ।
थरी थरी जनजातीको पन हेर हेर्छौ भने ।
Shanti Adhikari

Wednesday, November 6, 2013

म मरे पछि... -बुद्धि सागर

के के न गरौंला भन्ने छियो जिन्दगीमा। खेरै गो। यसरी यत्ति चाँडै मर्एला भन्ने त थिएन। मरिहालेँ।
बिहान सवा ३ बजे उठेर बाथरुम गएको थिएँ। फर्किएर ओछ्यानमा पल्टिएँ। त्यस्सैबेला छाति चसक्क भएको थियो। निदाए हुँला सोचेको थिएँ। ज्या मरेको पो रैछु।
जम्मा ३० वर्षको त भएको थिएँ। बेलाबेला घुच्चुकतिर टनटनी दुखिरहन्थ्यो। निद्रा कम भएको होला भन्ठानेको त ब्लड प्रेसर पो बढेको रैछ। त्यसका पनि रातैपिच्छे अनेकथरि कमसल रक्सी। अनि चुरोटका बट्टा। मुटु त गैसकेको रैछ, यार। अलिअलि त थाह भइसकेको थियो, स्वास्थ्य खराब हुँदैछ। स्वास्थ्य सुधार्न अस्ति भर्खरै ट्रेडमिल किनेको थिएँ। अठार हजार हालेर। हिँउदे झरीझैं बेलाबेला बर्सिने तलब साँचेर। पसिना खलखली बगाएको थिएँ। अब त स्वस्थ हुन्छु, भन्ठान्दै थिएँ। सास त गैगयो।
बिहान उठ्दा अरू बेलाभन्दा ज्यान तंग्रिएको थियो। झ्यालबाट घाम पसिसकेको थियो। घडी हेरेँ, सवा आठ भैसकेको रैछ। बाथरुमतिर लाग्दा भनन्न रिङटा चल्यो। थचक्क बसेँ। सत्य, मैले जन्मेदेखि हिजो सुत्दासम्मका घटना झल्झली सम्झेँ। फिल्म उल्टो गरी प्रदर्शन भएझैं। मेरा कानमा एकाएक जिन्दगीभरि सुनेका र बिर्सेका शब्द एकाएक उच्चारण भए। जुरुक्क उठेँ। पिसाबले च्यापेको थियो, फेरेँ। बाथरुममा तुरुर्र आवाज आयो, तर पिसाब खै?
मरेपछिका लक्षण त यिनै पो हुँदा रैछन्।
मैले आत्तिएर बाथरुमको ऐना हेरेँ, अनुहार नै देखिएन। फिलिममा त भूतको असली स्वरुप ऐनामा देखिन्थ्यो, यत्रो साँचो हुनु त्यो कुरा! मरेकाले स्त्रि्कप्ट लेखे पो! मरेको मान्छे ऐनामा देखिदो रैनछ, मैले थाह पाएँ।
मैले आफ्नै आँखा अगाडि हिरिक-हिरिक गर्दै मरेका मान्छे देखेको थिएँ। म खुसी भएँ। किनभने, मैले त्यसरी मर्न परेन। स्वादले मरेँ।
गर्नुपर्ने कत्ति काम थिए! संसारै खाने किताब लेख्छु भन्थेँ, अब मरेपछि केको लोभ? काठमान्डुमा घर बनाउन सकिन्न भनेर भुटभुटिरन्थेँ, मरेपछि के घर के डेरा! यत्रै सित्ति।
१० वर्षदेखि हृदय कुटुकुटु खाने समस्याहरू एक्कासि खलास भएका थिए।
...
संयोगबस, बिहान बत्ति थियो। थोत्रो कम्प्युटर खोलेँ। खै कसको हो, वायरलेस इन्टरनेटको सिग्नल मेरो कोठासम्म आउँथ्यो, म त्यसैलाई युज गर्थें। आज पनि कनेक्ट गरेँ। छिरेँ उही फेसबुकमा। साथीहरू, बिहानैदेखि संविधानको थपिएको ३ महिनाबारे व्यंग्य र भावुकताले भरिएका स्टाटस पोस्ट गरिरहेका थिए। मलाई पनि एउटा स्टाटस जमाएर दिऊँजस्तो लाग्यो। होस्, मरेपछि के देश, के संविधान, के धरति लोक!
सबैभन्दा खतरनाक स्टाटस पोस्ट गरेँ।
साथी हो, हिजो राति म त मरेछु। यो नै मेरो अन्तिम स्टाटस हो। मेरो जीवनमा गाँसिने सबैलाई धन्यवाद।
यस्तो स्टाटस त अहिलेसम्म कसैले पोस्ट गरेको थिएन होला। मरेपछि पनि अलिकति घमण्ड जाग्यो। पिलिक्क एउटा कमेन्ट आइत हाल्यो। करिब चार वर्षदेखि मैले पछ्याएकी र फेसबुकको मेरो स्टाटसमा अहिलेसम्म एउटा पनि लाइक नगरेकी झुम्पाको पो रैछ। मरेपछि पहिलोपल्ट मुसुक्क हाँसेँ। उसले लेखेकी रैछ- 'हाहाहा, तिमी पनि कस्तो। ब्यान ब्यान कस्तो स्टाटस लेखेको? हरेक नेपालीको जीवन मरेजस्तै भको छ। हाहाहा।'
मैले च्याटमा उत्तर दिएँ, 'सत्य, म त साँच्चै मरिसकेँ।'
'पक्का हो?'
'हो।'
'म कल गर्छु।' उसले लेखी।
एक्कैछिनमा उसको फोन आयो। मैले उठाएँ।
'तिमी यत्ति चाँडै मरौलाजस्तो लागेको त थेन।' झुम्पा रोई, 'तिम्ले लाइन मारेको पनि थाह थियो। के गर्नु, यसो नखरा देखाएँ। तैपनि भन्दिहालूँ, म तिम्लाई मन पराउँथँे। अब त मरिहालेऊ।'
मेरो गला अवरुद्ध भो। आँखा ताता भए। आँखा छामेँ, सुख्खा थिए। भनेपछि, मरेपछि आँसु आउँदो रैनछ।
'म पनि माया गथर्ें।' मैले मसिनो आवाजमा भनेँ, 'मरिहालेँ। भन्न सकिनँ। यस्तै रैछ जिन्दगी। अर्को जुनीमा तिम्रो हुने भएँ।'
'स्योर। अर्को जुनीमा।' उसले भनी र सोधी, 'अनि पशुपति कति बेला जान्छौ?'
'दिउँसोतिर। आऊ है त!'
'पक्का।' उसले फोन राखी।
लौ, फेसबुकमा त कमेन्टको पर्रा नै छुटेछ। ४ सय २१ जनाले लाइक गरेछन्। कमेन्टको संख्या पनि सय नाघेछ। यत्ति धेरै रेस्पोन्स त मैले जन्मदिनमा पनि पाएको थिइनँ।
कमेन्ट पनि अचम्मैका थिए।
नयाँ क्षितिजतिरको शुभयात्रा।
यो मुलुकले तपैंजस्तो प्रतिभाशाली मान्छे गुमायो। दुःखी छु।
लौ न, के सुन्नुपर्‍यो?
ल दाइ, जे होस्। आफू मरेको कुरा आफंैले पोस्ट गर्नुभो, धन्यवाद। यो स्वर्ग-नर्कको कुरा के रछ। लेखिरहनुहोला।
हसाउँछ यार यो मान्छे पनि। ब्यान ब्यान कस्तो जोक गरेको!
अफिसतिरबाट केही साथीले कमेन्ट लेखिभ्याएछन्, 'भरे, निमेशको ममः पसलमा चिया पिउँदै गफ गरौंला। अन्तिमपल्ट तिम्रो गफ सुनेर हाँस्न मन छ।'
र, एउटा छद्मनामीको कठोर कमेन्ट पनि रैछ, 'ठिक भो। रद्दी किताब लेखेर मजस्तो कोई लेखक छैन भनेर धाक दिन्थिस्। गैछस्। नेपाली साहित्यको भलो भो।'
सुरुमा यो कमेन्टले चित्त दुखेको थ्यो। मन सम्हालेँ। यत्रैसित्ति, मरेपछि पनि के चित्त दुखाइरहनु!
फेसबुकमै थिएँ। मोबाइलको घन्टी बज्यो।
मित्र पाउलो रैछन्। पाउलोसित हिजै खड्डु केन्द्रमा मदिरापान भएको थियो। उनैले रक्सी ख्वाउने भएका थिए। म चियामा त पैसा खर्च नगर्ने मान्छे, रक्सीमा त के पैसा चुहाउँदो हुँ र? हाम्ले देशको चिन्ता गर्दै तुरुक्क आँसु झारेका थियौं।
'हेलो कविजी।' उताबाट हतारिएको आवाज आयो, 'के हल्ला चलेको, तपैं मरेको भन्ने!'
'हो, म त मरिसकेँ।'
'लौ यस्तो पनि हुन्छ।' उनको भावुक आवाज, 'हिजो त्यत्रो समय सँगै बसियो, भन्नुपर्दैन? अनि सुटुक्क मर्दिने? मैले अरूबाट सुन्नुपर्ने तपैं मरेको खबर? तपैंले मलाई आफ्नो मित्र नै ठान्नुभको रैनछ। मेरो हृदय चिरियो।'
'होइन, त्यस्तो होइन।' मैले कुरा सम्हालेँ, 'मैले पनि अघि भर्खरै थाह पाएँ, आफू मरेको कुरा। फोन गरुँला भन्दैथेँ।'
'ल जे भो, भो।' उनी सम्हालिए, 'मलाई त तु भेट्न आऊँ जस्तो लागेको थियो तर आज बन्द पो रैछ। बाइक त जलाइनै हाल्छन्। पर्खिनु किवजी, म हिँडेरै आउँछ।'
'म पर्खिन्छु।' मैले भनेँ, 'अरू साथीलाई पनि खबर गर्छु।'
उनले फोन राखे।
मैले केही आफूसित गाँसिएका मान्छेको लिस्ट बनाएँ। बीस जना जतिको। र, आफू मरेको कुरा एसएमएस गरेँ। लेखक भएकाले किताब विमोचनबाहेक अरू बेला साथीलाई निमन्त्रणा गरेको थिइनँ। आफू मरेको खबर पनि पुस्तक विमोचन शैलीकै भयो।
आदरणीय साथीहरू, आज बिहानै मैले जटिल जीवनबाट मुक्ति पाएँ। म मरेँ। यो जीवनकालमा अन्तिमपल्ट तपैंहरूलाई मेरो मृत्यु उत्सवमा सहभागी भइदिन, अनुरोध गर्दछु।
तपाईंको उही मित्र
स्थानः पशुपति आर्यघाट।
समयः दिउँसो ३ बजे। म ठिक टाइममा जल्नेछु।

अनि मित्र हारुकीलाई छुट्टै म्यासेज गरेँ, 'तुरुन्त मेरो कोठामा आइज। म मरिसकेँ।'
बार्दलीमा बसेर चुरोटको सर्को तानिरहेँ। बन्द भएकाले सडकमा कमै मान्छे थिए। हतार-हतार हिँडिरहेका थिए। चर्को गर्मी थियो। सोच्न थालेँ- जिउँदै सुतेको मान्छे उठ्दा त मरिसकेको हुँदो रैछ। के रैछ जिन्दगी! किन हतारिएका होलान् मान्छेहरू यसरी?
मोबाइल बज्यो। एसएमएस रैछ। पठाउने मेरी विवाहित प्रेमिका रैछन्। लामो समय भेटघाट भएको थिएन।
खाना बनाउँदै थिएँ। तिम्रो खबर पाएर दुःखी भएँ। एकपल्ट तिम्रो अनुहार हेर्न मन छ। तर, आज बन्द परेछ। मेरो श्रीमान घरमै छन्। आउन गाह्रो होलाजस्तो छ। तिमी मेरो समस्या बुझ्छौ। प्लिज, आज पशुपति नजाऊ। जसरी हुन्छ एकदिन म्यानेज गर।
म खिस्स हाँसेँ।
...
मरेको दिन के फोहरी भएर बस्नु! फेरि घरपरिवारका मान्छेहरू कोठा खानतलासी गर्न आउने होलान्। मैले कुनासुना सफा गरेँ। ओछ्यानको तन्ना र ब्ल्यान्केट मिलाएँ। नुहाएँ र सेतो सर्ट लगाएँ। सुद्ध भाको के!
चिया पिउन निस्कनुपर्ला भन्ने सोचिरहेको थिएँ, मित्र हारुकी हतारिँदै आइपुग्यो। उनको अनुहारबाट चिटचिट पसिना निस्किरहेको थियो। मलाई हेर्दै एकपल्ट अमिलो हाँस्यो र कोठाको कुनापट्टिको कुर्सीमा थ्याच्च बस्यो। घुटुक्क थुक निल्यो।
ऊ कसरी कुरा सुरु गरूँ भनेर अल्मिलिइरहेको थियो। बिचरा मेरो मित्र। सोध्यो, 'सन्चै?'
'मरेको मान्छेलाई के सन्चो, के बिसन्चो?'
ऊ खिस्स हाँस्यो।
'घरबेटीलाई पनि खबर दिनुपर्ने।' मैले भनेँ, 'भक्तपुर बस्छन्। होस्, पछि फोन गर्छु। कि चिठी लेख्दिन्छु, तँ पुर्‍याइदिन्छस्?'
उसले मुन्टो हल्लायो।
'तीन महिनाको भाडा पनि तिर्नु छ, दुई महिनाको दिनुपर्ला। मरेकोलाई त एक महिना माफ गर्लान्, हैन र?'
मित्र अचम्भित भयो।
'कि नदिऊँ?' मैले सल्लाह मागेँ।
'कस्तो कुरा गरेको!' मित्रले भन्यो, 'मरेपछि के काम पैसा! दे, पूरै दे। मेरो पैसा खाएर मर्‍यो भन्ने किन पार्नु!'
मैले मुन्टो हल्लाएँ।
हारुकीले मेरो कोठाको सप्पै सामान एकएक गर्दै हेर्‍यो। कुनातिर एउटा भरि ग्यासको सिलिन्डर राखेको थिएँ, समस्या पर्छ भनेर। उसले सिलिन्डरलाई प्रेमिकाको गालाझैं सुम्सुम्यायो र भन्यो, 'यो सिलिन्डर म लैजाऊँ?'
'बल्लतल्ल पन्ध्रसय घुस दे र ल्याको चिज!' म झस्किएँ।
'तँ त मरिसकिस्, किन चाइयो?' उसले भन्यो, 'म जिउँदोलाई दे र जा।'
ए, हो त। मैले भनेँ, 'लैजा। तर एउटा सर्त छ, आज दिनभरि मसितै हुनुपर्छ।' उसले फेरि सिलिन्डर मज्जाले सुम्सुम्यायो र मतिर हेर्दै हाँस्यो। जे भए पनि, जाँदा मित्रलाई मैले अमूल्य चिज दे र जाँदै थिएँ। सन्तुष्टिले आत्मा भरिलो भयो। भनेँ, 'हिँड, चिया पिउन जाऊँ। च्या पसलमा पनि पैसा तिर्नु छ।'
ऊ बाहिर निस्कियो।
मैले ढोकामा ताल्चा लगाएँ। जुत्ता लगाएँ। हामी घरबाट बाहिर निस्कियौं।
मेरो मोबाइल बारम्बर बजिरहेको थियो। म्यासेजको पर्रा नै छुटेको थियो। मैले एउटा-दुइटा त पढेँ, पछि दिक्क लाग्यो। सबैको एउटै भाव त थियो-
तिमी असल थियौ। के गर्नु भगवानले धर्तीबाट असलै लैजान्छ। जसरी हुन्छ म तिम्लाई अन्तिम बिदाइ गर्न पशुपति आइपुग्छु।
एकजनाले त अत्यधिक भावुक भएर लेखनाथ पौड्यालको कवितै पठाएछन्, 'आयो टप्प टिपेर लग्यो, टारेर टर्दैन, त्यो।'
'कत्ति आको म्यासेज!' साथी हारुकी पनि दिक्क भयो।
'मान्छेको मृत्युमा भावुक हुन्छन् नि त!' म बोल्दै थिएँ, फोन बज्यो। कहिलेकाहीँ कविगोष्ठीमा भेटिने पिकासोले फोन गरेका पो रैछन्। उनी नेपाल एकेडेमीमा सदस्य पनि छन् क्यारे।
'महान कविज्यू!' उनको आवाज अवरुद्ध थियो, 'मैले भर्खरै खबर पाएँ। भात खाँदैथे, आधै छाडे। दुःख लाग्यो। तपैंजस्तो महान सृजनाकर्ताले यो धर्ती छाडेका दिन, कसरी म भात खान सक्छु र!'
'धन्यवाद!' मलाई आफ्नो प्रशंसा सुन्दा बढी बोल्नै आउँदैन।
'तर एउटा कटु कुरा।' उनले अझै रुन्चे आवाजमा भने, 'तपैं नेपाली साहित्यलाई ठूलो अन्याय गर्दै हुनुहुन्छ। सिधै पशुपति जाने कुरा गर्नुभएछ। यसरी जानै पाउनुहुन्न। एकै घन्टा भएपनि एकेडेमी आइदिनुपर्‍यो। तपार्इंका शुभचिन्तकले तपैंको अनुहार हेर्नु परेन? मैले तपैंको व्यक्तित्व र कृतित्वबारे, एउटा भाषन पनि तयार गरिसकेँ।'
ए, भाषन गर्न पो रैछ।
'धन्यवाद!' मैले भनेँ, 'आज नेपाल बन्द छ। म हिँड्न सक्दिनँ। मेरो डेराबाट पशुपति नजिक पर्छ। म उतै जान्छु। उतै आउनुस्।'
फोन राख्ने पाएको छैन। अर्को नम्बरबाट फोन आइहाल्यो। ल्यान्डलाइन थियो। मलाई मेरी विवाहित प्रेमिकाको जस्तो लाग्यो र उठाएँ।
'साहित्यकारज्यू हो?' उताबाट पुरुषको मोटो आवाज आयो।
ए, अर्कै पो परेछ। उठाइ त हालेँ।
'तपैंको अवसानको खबरले हामी लालटिन टिभी परिवार असाध्यै दुःखी छौं।'
'धन्यवाद!'
'एउटा कुरा साहित्यकारज्यू!' उताबाट उत्साही आवाज आयो, 'एक घन्टालाई हाम्रो टेलिभिजनको स्टुडियोमा आउनुपर्‍यो। तपैंसित लाइभ प्रोगाम गर्ने योजना छ। मृत्युबारे मृतकसित भेटवार्ता शीर्षकमा।'
'म आउन सक्दिनँ।' मेले भनेँ, 'पशुपतिमा मेरा मित्रहरू आउनेवाला छन्। उतै जान्छु। सक्नुहुन्छ भने उतै आउनुस्।'
'हेर्नुस्, हाम्रो एउटै गाडी थियो। बन्दकर्ताले अघि भर्खरै तोडफोड गरे। हामी आउन सक्दैनौं।'
'म ३ बजेदेखि पशुपतिमै हुन्छु।' यत्ति भनेर मैले फोन राखेँ।
मित्र र म चियापसलमा पस्यौं। भीडभाडै थियो। कोही पत्रिका पढ्दैथे, कोही चिया सुर्क्याउँदैथे त कोही चुरोटको धुवाँ बुङबुङति उडाइरहेका थिए। कति त अब देश टुक्रिने भो भनेर चिन्ता गरिरहेका थिए। मित्र र म कुनातिर बस्यौं। चियापसले साउजीलाई भ्याइनभ्याइ थियो।
म ४ वर्षदेखि नियमित ग्राहक थिएँ। त्यसैले साउजीलाई मेरो टेस्ट थाह थियो। उनले मेरा लागि कालो चिया र साथीको लागि दूधचिया ल्याइदिए।
मैले चियाको घुट्को लिएँ। थाह भो, मरेपछि पनि चियाको स्वाद भने उही रहनेरैछ।
'अनि एउटा कुरा।' मित्र हारुकीले चियाको एक घुट्कोपछि सोध्यो, 'मरेपछि त यमदूत लिन आउँछन् भन्थे, साँचो होला र? तँ त मैसित छस्।'
म हाँसेँ।' त्यै त म छक्क परिरहेको छु। फिलिममा देखाएजस्तो हुन्छ कि भन्ने सोच्या थिएँ, खै आएको छैन। चितामा जलिसकेपछि आउँछ कि?'
साँच्चै यमदुत आयो भने कस्तो होला? फोटो खिचेर फेसबुकमा पोस्ट गर्न पाए क्या रमाइलो हुन्थ्यो।
हाम्ले चिया सक्यौं।
'साउजी!' मैले आलुचना पकाइरहेका साउजीलाई भनेँ, 'मेरो हिसाब-किताब कति भाछ?'
'तलब आयो र?' साउजीले डाडु चलाउँदै सोधे।
'आएको त छैन। अलिअलि जम्मा भएको त थियो, त्यैबाट तिर्न खोजेको।'
'लौ, आएपछि तिर्नुस् न!'
'हैन, आजदेखि म आउदिनँ, अन्तै जान लाको।'
'ए, अमेरिकातिर?' साउजीले अचम्म मानेर सोधे। अमेरिका शब्द सुन्नेबित्तिकै अरू चिया पिइरहेका मान्छे पनि चनाखो भए। एकजना अधबैसेंले सोधिहाले, 'हो भाइ, अब यो देश बस्न लायक रहेन। भिसा कसरी पायौ, भाइ?'
'अमेरिका जान लाको होइन।' मैले हाँस्दै भनेँ, 'म त मरेर पो जान लाको।'
'ए!' अधबैंसेले भने, 'सानैमा मर्नुभएछ। बिचरा म त अमेरिका जान लाग्नुभएको हो कि भनेर छक्क परेको!'
उनी पुरानै गफमा फर्किए। फेरि दोकानमा आवाजहरू एकआपसमा मुक्कामुक्की गर्न थाले। साउजीले उधारोखाता पल्टाए। एकछिन हिसाब गरेपछि उनले भने, 'आठसय छयासी रुपैयाँ भाको रैछ।'
मैले दिएँ। तर, उनले छयासी रुपियाँ लिएनन्। भने, 'मरिहाल्नुभएछ। छयासी छाड्दे।'
'ल त साउजी, मेरो जीवनकालमा मिठो चिया ख्वाउनुभो, धन्यवाद!' मैले भनेँ, 'फेरि भेटौंला।'
थुक्क, मुखबाट निस्किहाल्यो। साउजीले अमिलो अनुहार बनाए।
हामी बाहिर आयांै।
'एटिएमसम्म जाऊँ पहिला।' मैले हारुकीलाई भनेँ, 'पैसा झिक्नुपर्‍यो। पशुपतितिर पनि चाहिएला।'
म खासमा पैसाको मामलामा कन्जुस नै थिएँ। एटिएमतिर त जानै नपरोस्जस्तो लाग्थ्यो। साथीसित रेस्टुरामा बसेर खाँदा बिल आउनेबेला जहिले पनि बाथरुम जान्थेँ। आउँदा साथीहरूले तिरिसकेका हुन्थे। पछि त के भाको हो कुन्नि, बिल आउँदैछ भन्ने पहिल्यै सेन्स आउँथ्यो। बाथरुम जाने र फर्किने प्रक्रिया आफसेआफ हुन्थ्यो।
कति साथीहरू भन्थे, 'मर्नुअघि एककप चिया त ख्वाउलास् नि!'
एटिएमतिर हिँड्दै गर्दा मैले सोचेँ- काठमान्डु आएको १६ वर्ष हुँदा पनि म ठमेल गको थिइनँ। कुनै मलमा छिरेको थिइनँ। मिठो खाको पनि थिइनँ। साँच्चै, मोजमस्ती त गरेकै थिइनँ। पत्रिकामा पेज बनाउँदा-बनाउँदै अरू सोच्न पनि पाइएन। आखिर जिन्दगी त त्यत्तिकै गैगयो। आखिर बैंकमा जम्मा गरेको करिब सात लाख रुपियाँ के काम?
मेरी विवाहित प्रेमिकाको जन्मदिन आयो कि म मोबाइल बन्द गथर्ें, उपहार दिनुपर्ने डरले। आफ्नो जन्मदिनमा भने सधैं अन राख्थेँ। किनभने, ऊ उपहार दिन्थी।
कहिलेकाहीँ डेटिङमा आउने केटी पनि आफैंले बिल तिर्नुपर्ने भएपछि अर्को पालि भेट्नै आउँदैनथे।
मैले त जवानीको सारा मस्ति एटिएममा बन्द गरेर राखेको रैछु। एटिएमभित्र पसेँ र पन्ध्र हजार झिकेँ।
त्यसैबेला मित्र पाउलोको म्यासेज आयो, 'कविजी, हिँडेर आउँदैथेँ, तपैंलाई त थाह छ काठमान्डुका सडक कस्ता छन् भनेर। हतारिँदै हिँडेको चिप्लिएछ। मेरो एउटा खुट्टा त मर्किएर हिँड्नै नसक्ने भएँ। सरी है, आज आउन पाइनँ। मिल्छ भने पशुपतिको कार्यक्रम भोलि राख्न मिल्दैन? भोलि बन्द खुल्यो भने ट्याक्सीमा आउँछु।'
'ठिक छ, मित्र। यत्रो जीवनकालभरि साथ दिनुभो।' मैले प्रत्युत्तर लेखेँ, 'तपैंको समस्या बुझ्छु। रेस्ट गर्नुस्। मैले धेरै साथीलाई पशुपति आउन भनिसकेँ। म उतै लागेँ।'
म्यासेज सेन्ड के भएको थियो, सुत्त अर्को म्यासेज आइलाग्यो। अपरिचित नम्बरबाट। म्यासेजमा लेखिएको थियो, 'दाइ, म भावुक विद्रोही। अस्ति नै एउटा कथा पठाकोथेँ। अघि फेसबुक हेर्दा पो थाह पाएँ, हजुर त मरिसक्नुभएछ। दाइ, तपैं त रहनुभएन, तैपनि एकपल्ट अफिसमा मेरो कथाबारे, कुरा गर्दिनुहुन्छ कि? नत्र, तपैंसितै मेरो कथायात्राको पनि अवसान हुन्छ।'

फेरि मोबाइल बज्यो। मित्र हारुकी म मोबाइलमै व्यस्त भएकाले छट्पटिन थाले। फोन अफिसबाट आएको रैछ। सहकर्मी मित्र रैछन्। उनी मुरली मकैझैं पड्किन थाले, 'मित्र, तपैं मरेको खबरले अफिसमा खैलाबैला भा छ। तुरुन्त एउटा फोटो इमेल गर्दिनुपर्‍यो। संवेदना छाप्ने कुरा छ। अनि एउटा कुरा, अघि भर्खरै तपैंको अबिच्युरी कसले लेख्ने भन्ने कुरा थियो। सबै जेठ १४ कै न्युजलाई पछ्याउँदैछन्। आज त कसैले भ्याउलाजस्तो छैन। आफैं लेख्दिनुस् न!'
लौ, अहिलेसम्म आफ्नो बारेमा आफैंले अबिच्युरी त कसैले लेखेको पढेको थिइनँ। म अलि कठोर भएँ, 'होस्, के मतलब! नलेखे पनि हुन्छ, भन्दिनुस्।'
'त्यसरी कहाँ हुन्छ!' उनी गम्भीर भए, 'नियम भनेको नियम हो। अफिसकै सहकर्मी मर्दा नलेखेर हुन्छ! तपैंलाई पो मतलब भएन। के भोलि हामी मर्नुपर्दैन?'
म हाँसेँ।
'मलाई पशुपति जान हतार भइसक्यो।'
'तर, एउटा सम्भावना छ। यसो गर्नुस् न! भोलि जानुस् पशुपति। आज चंै तपैं मरेको हल्ला नफैलाऊँ। तपैं भोलि पशुपति जानुभयो भने पर्सिका लागि अबिच्युरी लेख्न, तीन जना तयार छन्।'
'म आजै पशुपति गए पनि पर्सि छापे पनि के भो र?'
'त्यसरी पुरानो सम्चार दिनु भएन नि। हाम्रो न्युजरुमको पनि रेस्पोन्सिबिलिटी हुन्छ नि!'
'ल, म सोचुँला।' यत्ति भनेर मैले फोन राखेँ।
छ्या, फेरि फोन बज्यो। यो फेरि अपरिचित नम्बर। मैले हेलो भनेको मात्र के थिएँ, उताबाट मसिनो आवाज आयो, 'दाइ, म तपैंको शुभचिन्तक हुँ। गुरुकुलमा एकदुईपल्ट भेट भएको थियो। तपैं पशुपतिमा हुने थाह पाएर आएको। कहाँ हुनुहुन्छ?'
'ए ए, म आउँदैछु। तीन बजे भनेको थिएँ त।'
'खोइ दाइ, एकजना बूढा मान्छे पनि कुरिरहनु भको रैछ।'
'ल, म हिँडिहालेँ।'
...
सवा १ भैसकेको थियो। सूर्य आकाशको बीचमा थियो। हारुकी र म तिलगंगा आँखा अस्पतालनेर पुगिसकेका थियौं। हाम्रा पसिना खल्खली बगिसकेका थिए। ज्यान फलामझैं तातेको थियो। मान्छेहरू हतारहतार हिँडिरहेका थिए। कहाँ-कहाँ पुग्नु थियो, होला। म त मरिसकेको मान्छे, केको हतार?
'साह्रै गर्मी भयो।' मित्र हारुकीले पसिना पुछ्दै भन्यो, 'आँत नै हरहर भएर आयो। यसो चिसो बियर पिउन पाए त क्या दामी हुन्थ्यो होला, है!'
चिसो बियर? पहिला त पैसाको लोभै लाग्यो। अनि सोचेँ- मरिसकेँ, पैसा के काम। मलाई पनि बियर पिउन त मन नलागेको होइन। यसो अरूको किताब विमोचनमा बाहेक अन्त बियर पिउने सौभाग्य प्राप्त पनि थिएन।
'जाऊँ न त गौशाला चोकतिर कुनै रेस्टुरा खुला छ कि?' मैले शानसहित भनेँ।
'जे होस्, तँ मरेपछि अलि सुधि्रछस्, यार।' मित्र हारुकी खित्त हाँस्यो।
गौशालाचोकबाट रातोपुल झर्ने बाटोतिर एउटा रेस्टुरा खुला थियो। हामी भित्र पस्यौं। धेरै मान्छे थिएनन्। भएकाहरू ममःका डल्ला मुखमा कोचिरहेका थिए। कुनातिर एकजोडी भित्तातिर फर्केर एकअर्काको ओठ ठुँगिरहेका थिए। भ्याटभ्याट घुमिरहेको पंखाले तातो हावा फालिरहेको थियो।
हामी ढोकानेरको टेबुलमा बस्यौं। वेटर आयो।
'दुइटा चिसो बियर।' मैले भनेँ।
'ममः पनि भन न।' हारुकीले आश गर्‍यो।
'ममः खाने र?' मैले भनेँ, 'घरमा मान्छे मर्दा त कयौं महिना मासु खाँदैनन्। अब आफैं मरेकाले झन् खान मिल्ला र?'
'खोइ, त्यो त थाह छैन।' मित्र पनि कन्फ्युज्ड भए।
जे पर्ला, खाइदिन्छु। मैले अठोट गरेँ- यसो एक हप्तालाई काठमान्डु छाडेर जानेलाई त हिँड्ने बेला एक प्लेट ममः खाइहालुँ लाग्छ भने म त झन् धर्ती नै छाडेको मान्छे। भनेँ, 'ल भाइ, दुई प्लेट बफ ममः पनि लेऊ।'
एक्कैछिनमा बियर र ममः आइपुग्यो। चिसो बियरको एक घुट्को पिएर मित्र हरुकीले आनन्दले आँखा चिम्लँदै भन्यो, 'जिन्दगीको मजा आयो, यार।'
मैले पनि गला हुँदै छातीतिर सरिरहेको बियरको मज्जा लिँदै भनेँ, 'वाह, मृत्युको मज्जा आयो।'
पेट डम्म हुँदा सवा दुई भइसकेको थियो। बिल मागेँ। नौ सय आएको रैछ। हजारको नोट राखेँ र उठेँ। ढोकानेर पुग्नेबेला वेटरले भन्यो, 'सर, बाँकी पैसा?'
'तिमी नै राख।'
वेटर खुसीले करायो, 'सर, फेरि-फेरि पनि आउनुस् है त!'
'आउन्न!' मैले पछाडि नफर्की भनेँ, 'म मरिसकेँ।'
'साइको नै रैछ, यार।' पछाडिबाट वेटरको आवाज आयो।
...
बन्द भएर होला, पशुपति शान्त नै थियो। एकदुई जना मान्छे टहलिरहेका थिए। बियर र ममःले मलाई अल्छी लाग्न थालेको थियो। हतारिएर हिँड्दा पेटभित्रको पानी बजिरहेको थियो। हामी सोझै घाटतिर लाग्यौं। दुईचार जना मान्छे हाम्रै बाटो हेरिरहेका रैछन्।
'ल, मृतक बल्ल आउनुभो' भन्दै जर्‍याकजुुरुक उठे। मैले हात हल्लाएँ। छ्या, पुलै उद्घाट गर्न हिँडेजसरी पो हल्लाएँ त हात।
एकदुई जनाले फूल बोकेका रैछन्। नजिक आएर फूल दिँदै भने, 'ल, तपंैको नयाँ यात्रा शुभ रहोस्। यो धर्तीमा तपैंको कृतित्व फैलिरहनेछ।'
एकैछिनमा मेरो हात फूलले भरियो। मैले आधाफूल मित्र हारुकीतिर बढाएँ। नेताको पिएझैं उसले फूल सम्हाल्यो।
'अनि हजुर जल्ने प्रोग्राम कतिबेला हो?' एक जनाले सोधे।
'साथीहरू आउँदैछन्। कुर्नै पर्‍यो। एकछिन टाइम लाग्ला।'
'अलि चाँडै गर्न पाए हुन्थ्यो।' एकजनाले भने, 'म त नयाँबजारदेखि आको। फेरि घर फर्कन ढिला हुन्छ।'
मैले मुन्टो हल्लाएँ।
'दाइ, म कमलेश्वर।' एउटा लिखुरे केटो नजिक आयो, 'अघि फोन गर्ने मै हुँ। गुरुकुलमा एकदुई पल्ट हजुर्सित भेट भएको थियो। हजुर्को मृत्युले दुःखी छु।'
'धन्यवाद!'
कमलेश्वर थोत्रो र पुरानो सर्ट र पाइन्टमा थियो। कपाल बढेको थियो। चप्पल लगाएको थियो। खुट्टाका नङ बढेका थिए।
'म आउनुभन्दा अघिदेखि नै उहाँले कुरिरहनुभएको थियो।' कमलेश्वरले अल्लि पर भित्तामा अडेस लागेका एकजना वृद्धतिर देखायो, 'हजुरको चिता खोज्दै आउन भको रैछ। ठूलो झोला पनि बोक्नु भएको रैछ। हजुर्को आफन्तजस्तो छ।'
मैले ध्यान दिएर हेरेँ। हो त, बूढा ठूलो झोला बोकेर आका रैछन्। कपाल आधा झरिसकेका। ज्यानमा दौरासुरवाल, बाहिर कालो इस्टकोट। गोडामा कपडाका जुत्ता। हाम्रा आँखा जुधे। उनले मुस्कुराएजस्तो गरे। म पनि मुस्कुराएँ। म उनीतिर बढ्नै खोजेको थिएँ, एकजना शुभचिन्तकले मेरो हात समाए, 'अनि, चिताका लागि नाम दर्ता गर्नुभो?'
'छैन त।' मैले भनेँ, 'कहाँ हो दर्ता गर्ने?'
उनले ठेगाना भने र भने, 'चाँडो जानुस्। दाउरा, घ्यु, घाटे सप्पैको व्यवस्था गर्नुपर्छ। अनि, एउटा कुरा, चिता नम्बर दुई माग्नुहोला है। यो लकी हुन्छ रे मर्नेलाई।'
'कसरी थाह पाउनुभो?' म त अचम्म।
'सुनेको नि!'
'जल्नेले भनेको?'
'होइन।' उनी हाँसे, 'ज्योतिषीहरूले भनेको। चाँडो गइहाल्नुस्।'
मैले मित्र हारुकीलाई इसारा गरेँ। हामी नाम दर्ता हिँड्यौं। कमलेश्वर पनि पछि लाग्यो। वृद्ध मलाई केही भन्न खोज्दैथे। हारुकीले मलाई तानिहाल्यो।
पुक्क गाला उठेका एक व्यक्ति अफिसमा बसेका थिए। थकित तरिकाले कुर्सीमा बसेका थिए। उनले सोधे, 'मर्नेको नाम?'
मैले नाम भनेँ।
'मर्नेको तपैं को?' उनले मलाई गढेर हेरे।
'मै हुँ।'
'ए ए।' उनले फाइलतिर घोप्टिँदै भने, 'कलिलैमा मर्नुभएछ। अनि कति केजी हुनुहुन्छ? हाइट कति हो?'
मैले ७५ केजी र साढे पाँच फिट भने। उनले के-के जाति टिप्दै भने, 'ल, आफ्नो मृत्यु आफैं दर्ता गर्न आउनेलाई १५ प्रतिशत छुट छ।'
आम्मामा, मरेपछि पनि पैसाको त खोलै बग्दो रैछ। दाउराको, पूजाआजाको र घाटेको पैसा जोड्दा त चिटचिट पसिना नै आयो। चित्त बुझाएँ, आफैंमा लगानी त हो नि!
'ल, तपैंको यात्रा शुभ रहोस्!' उनले फाइल बन्द गर्दै भने, 'तपैंले खोजेकै चिता मिलाइदिएको छु। सप्पै सामान चितामै आउँछ।'
म नमस्ते गरेर निस्केँ।
घाटमा फर्किंदा अलिकति मान्छे घटिहालेछन्। एकदुई नयाँ मान्छे भने मेरो बाटो हेर्दै रैछन्। देख्नेबित्तिकै उनीहरू मतिर आए। एकजनाले भने, 'तपैंलाई हार्दिक संवेदना।'
'धन्यवाद।'
'हामी अलि अघि आको।' उनले भने, 'तपैंको अनुहार हेर्नुथियो, हेरिहाल्यौं। तपैं जल्दासम्म पर्खिन सकिएलाजस्तो छैन। बन्दका दिन ढिला भयो भने घरमा चिन्ता गर्लान् फेरि।'
'हुन्छ। म मरिसकेको मान्छेको चिन्ता नलिनुस्।' मैले भनेँ, 'हजुरहरू घर गए हुन्छ।'
दुईतीन जनाले एकछिन मतिर हेरे, अनि गए।
दुईजना मान्छे काठ बोकेर आइरहेका थिए। उनीहरूले मेरो चिता बनाउने काठ पो ल्याएका रैछन्।
'दाइ।' कमलेश्वरले भन्यो, 'एउटा सानो कुरा गर्नु थियो।'
ऊ केही भन्न खोज्दैथ्यो, मोबाइल बज्यो। विवाहित प्रेमिका पो रैछ। उनले सोधेकी थिइन्, 'पशुपतिको कार्यक्रम भोलि सार्ने भयौ?'
'म पशुपतिमै छु।' मैले उत्तर लेखेँ।
साढे तीन भइसकेको थियो। बिहान एसएमएसमा पशुपति आउँछु भन्नेहरू त कोई पनि आइपुगेका थिएनन्। मलाई अलिअलि छटपटी हुन थालिसकेको थियो। त्यसैबेला एकजना मदिरामस्त मान्छे ढल्पलिँदै आयो। को रैछ?
उसले चितामाथि थुप्रिएका काठतिर हेर्‍यो र सोध्यो, 'लास खोई?'
'मै हुँ।' म हाँसेँ, 'हजुरको परिचय?'
'म घाटेज्यू।' ऊ बम्कियो, 'यस्तो पनि हुन्छ? न त चिता तयार भा छ, न त मलामी नै छ। मसँग टाइम थोरै छ। चाँडै जल्ने तयारी गर।'
'साथीहरू आउँदैछन्।' मैले नम्र भएर भनेँ, 'बाटोतिर होलान्। बन्द परेर समस्या भाको हो।'
'बन्दमा मर्ने हो?' घाटेले भन्यो, 'मसँग टाइम छैन। भोलि गरे हुन्न?'
म हाँसेँ।
'ल, म दुई खिल्ली चुरोट खार आउँछु। त्यतिबेलासम्म तयार हुनु।'
ऊ गयो।
घाटेसित कुरा गर्दैगर्दा दुईजना मानिस टाप कसिसकेछन्। मलाई तारन्तार म्यासेज आइरहेको थियो- म पुग्नै लागेँ/पुगिसकेँ। तर कोई आइपुगेको थिएन। त्यसैबेला झुम्पाको फोन आयो।
'कहाँ छौ?' उसले हतारिँदै सोधी।
'पशुपति।' मैले भनेँ, 'खोई त आको?'
'हेर न म स्कुटी लेर आउँदैथेँ।' उसले निरास स्वरमा भनी, 'बानेश्वर चोकमा बन्दकर्ताले हावा खुस्काइदे।'
'अनि?'
'म पशुपति जान लाको पनि भनेँ तर मानेनन्।' उसले भनी, 'हेर न बल्लतल्ल किनेको स्कुटी। तोडफोड भयो भने त!'
म चुप रहेँ।
'यसो गर प्लिज।' उसले आग्रह गरी, 'भोलि जल न। जसरी हुन्छ आउँछु के!'
'ल, म कोसिस गर्छु।'
अचम्मै भयो। मैले यस्तो होला भन्ने सोचेको पनि थिइनँ। कोई पनि आएन। न त एकेडेमी सदस्य पिकासो, न त लालटिन टिभी। न त मेरा हितैषी मित्रहरू। घाटमा भएका एकदुई जना पनि चुरोट तान्न गएकाथे, फर्केनन्। साँझको घाम बिस्तारै आकाशलाई रक्ताम्य बनाउँदै गयो।
आखिर घाटमा एक वृद्ध, कमलेश्वर, हारुकी र म रह्यौं।
त्यसैबेला घाटे फर्कियो।
'यस्तो पनि हुन्छ। मेरो अफिस टाइम सक्यो।' घाटेले भन्यो, 'सयौं मान्छे जलाइसकेँ, तिम्रोजस्तो अनम्यानेज्ड मराइ त कसैको थिएन हो!'
म वाल्ल परेँ।
'ल, अब तिम्लाई भेट्न घाटमा कोई आउलाजस्तो छैन।' उसले भन्यो, 'म पनि गएँ। बूढी घरमा छैन। छाउराछाउरी भोकै पर्छन्। बरु भोलि दस बजे नै आउँछु।'
ऊ गयो।
ममा झन् तनाव थपियो। मेरो तनाव देखेर कमलेश्वर छेउमा आयो। एक खिल्ली चुरोट मतिर बढाउँदै भन्यो, 'ल दाइ, चुरोट तान्नू, तनाव कम हुन्छ।'
मैले चुरोट ओठमा च्यापेँ। कमलेश्वरले लाइटर बाल्यो।
त्यसैबेला अघिदेखि मलाई केही भन्न कुरिरहेका वृद्ध नजिक आए। र, भने, 'बाबु, एउटा गोप्य कुरा गर्नु छ।'
र, उनले मेरो हात समातेर अलिपर लगे र मेरो कानमा भने, 'हेर्नुस् बाबु, मेरो पनि सल्लाह मान्नुस्। जल्ने कुरा ३ चार दिनपछि सार्नुस्।'
'अनि हजुर को नि?'
'म यमदूत हुँ, बाबु।'
लौ बा, यमदूत यस्ता मायालाग्दा बूढा पो रैछन्। धर्मशास्त्रमा त क्रुर, हेर्दै डरलाग्दो वर्णन गरिएको हुन्थ्यो।
'बाबुले पत्याउनु भएन?' उनले मेरो हात समाए, 'म यमदूत नै हुँ। नेपालाँ पोस्टिङ भाको ४४ वर्ष भो। पहिला तन्नेरी थेँ, गन्धैले मान्छे मर्न लाको थाह पाउँथँे र आउँथेँ। अहिले अलि गन्ध सुघ्न सक्दिनँ। बल्लतल्ल तिम्लाई खोजेँ।'
'अब म के गरूँ त?' मैले सोधेँ।
'हेर्नुस् बाबु, तपैं अहिले नै जल्नुभो भने म तपैंलाई लिएर हिँडिहाल्नुपर्छ। जलिहाल्नुहुन्छ कि भनेर झोलै बोकेर आछु। महिनौ हिँड्नुपर्छ।' उनले लामो सास फेरे, 'म ऐले क्षयरोगको औषधी खाइरहेको छु। तपैंले जल्ने कुरा एकदुई दिनपछि सारे, म आभारी हुने थिएँ।'
मैले उनको अनुहार हेरेँ, उनका ओठ काँपिरहेका थिए।
अब के गर्नु! झमक्क रात परिसकेको थियो। मित्र हारुकी पनि छट्पटिरहेका थिए। मैले यमदूततिर हेरेर भनेँ, 'तपैं जानुस्।'
उनले झोला बोके। मैले सोधेँ, 'अनि बाजे कहाँ बस्नुहुन्छ?'
'स्यम्भुमा ममः पसल खोलेको छु, बाबु। सिटी टप ममः नाम हो। जसलाई सोधे पनि देखाइदिन्छन्।'
उनी गए।
'हो, दाइ आज क्यान्सिल गर्नुस्।' कमलेश्वरले भन्यो, 'दाइ, खासमा केही दिन यतै बस्नुस्। म तपैंलाई एक ठाउँ लैजान्छु।'
'कहाँ?' मैले चुरोटको ठुटो पैतालाले कुल्चेँ।
'भूतमान्डु।' उसले सानो स्वरमा भन्यो, 'भूतमान्डुमा तपैंको खाँचो छ। त्यसैले त म बिहानैदेखि खबर गर्न बसेको।'
'भूतमान्डु?' म कन्फ्युज्ड भएँ।
'हो दाइ, हामी भूतहरूको पनि त सहर छ, काठमान्डुमा।'
'हामी भूत?'
'दाइ, म पनि भूतै हुँ नि!' ऊ हाँस्यो।
मित्र हारुकीको अनुहार बिग्रियो।
'लौ, कहिले मरेका हौ?'
'१३ वर्ष भो, दाइ।' उसले भन्यो, 'म अलि तर्साउन, मान्छेलाई बिरामी बनाउन असफल भएँ। अहिले साहित्य र कला बिट हेर्छु।'
'साहित्य र कला बिट?'
'कुनै साहित्यकार र कलाकार मरे भने म नै भूतमान्डुको निमन्त्रणा दिन आउँछु। त्यै भएर त गुरुकुल गइरहन्थेँ।'
लौ, अचम्म।
'अनि कहाँ छ भूतमान्डु?'
'दाइ, ठ्याक्कै भन्न सक्दिनँ।' उसले भन्यो, 'रत्नपार्कबाट केही माइक्रो छन्, त्यहाँ जाने।'
'म त प्रायः रत्नपार्क गइरहन्छु, मैले त कहिल्यै भूतमान्डुबारे सुनिनँ त।'
'अनि काँ दाइ, भूतमान्डुको माइक्रो त मरेपछि मात्रै देखिन्छ।' उसले भन्यो, 'एक्सिडेन्ड भएर काम नलाग्ने भका सबै गाडी भूतमान्डुको रुटमा चल्छन्।'
नयाँ कुरा थाह भो। मैले सोचेँ- न त जिउँदो रहेँ, न त जल्न नै पाएँ। न त मलामी नै पाएँ। भावीको लेखा। के गइदिऊँ त, भूतमान्डु?
'ल, म भूतमान्डु जाने कि नजाने भनेर भोलि सोच्छु है त!'
कमलेश्वरले मुन्टो हल्लायो।
आखिर धेरै मित्रहरूले सोचे होलान्- मरेको मान्छेसित के संगत गर्नु! मरेको मान्छे काम लाग्ने पनि त होइन नि। त्यै भएर आएनन्। यत्रैसित्ति। मलाई पनि जल्न केको हतार!
जीवनकालभरि कन्जुस थिएँ, मरेपछि मस्ती गर्छु।
मैले अलि ठूलो स्वरमा भनेँ, 'ल साथी हो, ठमेल जाऊँ। पैसाको चिन्ता नगर। आज सेलिब्रेसन गर्नुपर्छ।'
...
डान्स रेस्टुरामा निर्वस्त्र केटीहरू नाचिरहेका थिए। ठुल्ठुलो आवाजमा म्युजिक बजिरहेको थियो। चुरोटको धुवाँ उडिरहेको थियो। मातमा मान्छेहरू वेट्रेसलाई अँगालो मारिरहेका थिए।
हारुकी, कमलेश्वर र म भित्र पस्यौं।
हाँस्दै एउटी अर्धनग्न युवती नजिक आई र कुनातिरको टेबुलमा लगी। हारुकी र कमलेश्वर खिस्स-खिस्स हाँसिरहेका थिए। म भने असाध्यै नर्भस भएको थिएँ।
हाम्ले बियर माग्यौं।
एउटी युवती मेरो छेउमा आएर बस्दै मुसुक्क हाँसी। र, सोधी, 'पहिलोपल्ट आउनुभाको?'
'हो।'
'तपाईंलाई 'केही' चाहिए मलाई भन्नुहोला। म ख्याल राख्छु।' उसले आँखा हेर्दै भनी। उसको इसारा अर्कैतिर थियो।
'मलाई केही चाहिएलाजस्तो छैन।' मैले भनेँ, 'किनभने, म मरिसकेँ।'
'उस्।' ऊ हाँसी, 'त्यै भएर त स्वर्गमा आइपुग्नु भो नि। ह्याँ आइसकेपछि त कत्ति लास भइसकेकाहरू जुरुक्क-जुरुक्क उठ्छन्।'
म हाँसेँ।
'देख्नुभो दाइ, मान्छेहरू कत्ति मोजमस्ती गर्दा रैछन्।' कमलेश्वरले भन्यो, 'तपंै भूतमान्डु हिँड्नुस् क्या। भूत बनेपछि रमाइलो हुन्छ। अर्को कुरा, अहिले न्युरोड एरिया खाली छ। नयाँ भूत पोस्टिङ हुन बाँकी छ। म तपैंका पक्षमा लबिङ गरुँला।'
'साँच्चै हो?'
'हो दाइ, न्युरोडमा एक वर्षमात्र पोस्टिङ भो भने करोडौं कमाउँछन् भूतहरू।' कमलेश्वरले मेरो कानमा मुख जोत्दै भन्यो, 'किनभने, दाइ सारा मुलुकमा भूतहरूकै शासन जो छ।'
हाम्रो कुरा सुनिरहेको हारुकी हाँस्यो, 'मलाई पनि मरूँमरूँ लाग्यो त। रमाइलो हुने रैछ।'
म चुप रहेँ। किनभने, मरेकै दिनदेखि मैले जिन्दगी जिउन सिकेको थिएँ।                                    
  source .topnepalnews.com                    

Thursday, October 31, 2013

"साथी,खालि बोतल कहाँ छ ?"

"18 तारिकमा हो कार्यक्रम | दौरा-सुरुवाल जे छ लगाएर आऊ ..अँ .. हो, केटीहरु चै सारी-चोलो मै हो | ए ..ल हुन्छ | मिल्छ भने अलि छिटो आउनु, स्टल मिलाउनु पर्छ | ओके बाई |"
यति भन्दै सिजन श्रेष्ठले टेलिफोन बार्तालाप टुंग्याए | उनलाई भेट्ने मेसो धेरै पछि मात्र मिलेको थियो | म यसपटक अरुबेला भन्दा खुशी थिएँ गफगाफलाई लिएर | सिजन जस्तै अरु केहि साथीहरुले त्यति ठुलो केहि गरेका त होइनन, जति गरे अनि जसरि गर्दैछन्, त्यो चाहिँ साँच्चै उल्लेख्य थियो | सार्वजनिक बिदाको त्यो मध्यान्ह, केहि न्यानो थियो |
समुन्द्री किनारमा माछा मार्न जाने, पार्कमा बसेर बियर खाने, वा त्यस्तै केहि हुने गर्छ यो 'समर' लाग्दै गर्दाको भेटघाटमा | तर म जुन प्रसङ्ग कोट्याउन खोज्दै थिएँ उनिसँग, त्यसले कुनै रोमान्चकता दिने वाला थिएन |
"२००९ बाट हैन हामीले सुरु गरेको ?", पल्लो कुर्सीमा बसेकी सरिनालाई याद दिलाउँछन् उनि | उनि ४ बर्ष अघिको त्यो साँझ सम्झिन्छिन, ट्रेन स्टेसनमा अरुले फालेको बियरका बोतल टिप्दै हिंडेको | फिनल्याण्डमा नौला थिए उनीहरु | तैपनि सेन्टरको त्यो भिडभाडमा संगै ट्रेन कुर्दै गर्दा अरुजस्तै साधारण, कानमा इयरफोन, खल्तीमा हात, कहिँ पुग्ने हतारो, अनि सधैँ केहि न केहि सोचिरहे जस्ता तिल-चामल भिडमा मिसिन्थे | फरक यत्ति थियो, उनीहरुसंग काम थिएन | घरबाट ल्याएको पैसा केहि महिनाको अन्तरालमा सकिने तरखरमा थियो | नेपालको सर्टिफिकेटको यहाँ के मान्यता, खालि बोतल बेचेर आउने १५ सेन्ट जतिको पनि भाऊ थिएन | मनमा निराशा व्याप्त थियो | 'तैपनि आफूजस्तै अरु २-४ जना बेरोजगार देखेपछि भने चित्त बुझ्दो रहेछ | संगै बसेर गफ गर्यो, निराशा पोख्यो, यहाँको 'सिस्टम'लाई गाली गर्यो, २ वटा बियर खायो, अनि फ्रस्टेसन उतार्यो | '

एक साँझ सिजन, तिकुरिल्ला तिरबाट हेलसिन्की फर्किंदै थिए | ट्रेनबाट झर्ने बित्तिकै वरपर हेरे, पहेंला स्ट्रिट ल्याम्पको प्रकाशमा २० रूपैयाँका अनगिन्ति डल्ला छरिएको देखे | बियर खाएर फालिएको एउटा बोतल स्टोरमा दिँदा १५ सेन्ट फिर्ता आउँछ | २ वटा खालि बोतल यहाँ उनले टिपे भने त नेपालमा एक जनाले पेटभरी खान पाउँछ | जम्मा ५ मिनेट खर्च गरे भने ५-७ वटा बोतल पक्कै खोजिन्छ होला, जुन पैसा जोगाएर नेपाल पठाउन पाए त कति भोका पेट भरिएलान | नेपाल हुँदा घरमा आमाले मन परेको खाना बनाउनु भएन भनेर घुर्की लगाउँदै निस्केपछि, बाटोमा झिंगा भन्किरहेको एउटै थालबाट धेरै बच्चाहरुले बासिभात निस्तै खाईरहेको देखे | केहिबेर उभिए, सोचे, त्यसपछि जाँदै गरेको बाटोबाट यू Turn मारेर घरमा फर्कि चुपचाप खाना खाएको याद आयो | मनले भन्यो - अब सोचेर मात्र केहि हुन्न | हेलसिन्की स्टेसनको भिडमा केहि संकोच नमानि झोलाबाट प्लास्टिक झिके, अनि फटाफट वरपरको बोतल उठाए | धेरैनै जम्मा भएपछि स्टोरमा गएर साँटे, तर पैसा आयो जम्मा ३ युरो ! राति घर फर्केपछि केहि मन मिल्ने साथीहरुलाई त्यो कुरा सुनाए | केहिले उत्साह थपे, कहिले ओठ लेप्राए | " आफ्नै जागिर नभएर के खाउँ भएको बेला, अरुलाई कसरि सहयोग गर्नु ? फेरी हाम्रो यति जाबो पैसाले केहि हुनेपनि त होइन |" कुरो जायज थियो | तैपनि कुन कुराले त्यस्तो 'क्लिक' गर्यो मनमा कि उनले त्यो लत छोड्न सकेनन | अनि उनीजस्तै काम खोज्दै बरालिने केहि साथीहरु मिसिए, लहड लहडमै | रुटिन बन्यो : हप्ताको २ दिन फुर्सदको बेला बेलुकी बोतल टिप्दै हिंड्ने र महिनाको अन्तिममा सबैको हिसाब जम्मा पारि एकठाउँमा राख्ने | महिनाभरिमा जम्मा ५० युरो पनि पुग्थेन होला | आफ्नो लागि साथीहरुसंग सापट मागेर काम चलाए, तर बोतल टिपेको पैसा खर्च गरेनन | २-३ जना सिमितसाथीहरु मिलेर सुरु गरेको त्यस काममा उज्वल खड्का थपिए, "राम्रो काम हो, गर्नु पर्छ, थाक्नु हुन्न" भनेर हौस्याईरहने | अब भने राति राति बोतल टिप्ने समूहनै बनेको थियो | बिस्तारै अनन्त, मदन कडरिया, ज्ञानु थपलिया, जस्ता अरु साथी थपिए, जसले काममा मात्रै सघाएनन, औपचारिक रुपमा हरहिसाब पनि दुरुस्त राख्थे | अनि सहयोगको हात बढाउन रेशम अधिकारी, भिम तामांग, र अरु साथीहरु पनि आए, जसले गर्दा अझ सहज भयो | "सहयोगपूर्ण काम गरौँ भन्ने त सबलाई लाग्दोहोला नि मनमा, तर कोहि अघि नलागेसम्म सुरु गर्न गाह्रो है ", टेबलमा रहेको चस्मा उठाउँदै सरिना बोल्छिन | क्याफेको हाम्रो गफगाफमा ढिलो गरि आईपुगेकी प्रतिज्ञा खनालले सोधिन - "चिया मगाउँ है ?", उनले सोध्न नपाउँदै मैले 'हस' भन्ने लवजमा टाउको हल्लाएँ | जाडो होस् या गर्मि, आफु त चियाको पारखी परियो |
सामाजिक कार्य अनि चियाको प्रसंग आउने बित्तिकै मैले सम्झने एउटै कुरा छ, असाहय बालबच्चाको सहयोगका लागि ट्वीटर चलाउनेहरुको समूह ‘TFC नेपाल’का साथीहरुको बसन्तपुरमा हुने 'चिया-बिसोट' कार्यक्रम | चिया टेबलमा आउँदै गर्दा TFC मा भएका रमाईला प्रसङ्ग सुनाउन भ्याएँ मैले |
"अनि यो बोतल टिपेर कतिन्जेल त ? अरु तरिकाबाट एकैपल्ट धेरै पैसा जम्मा हुन सक्छ नि, अरु सहयोगी संस्था पनि भेटिएलान"|
"अँह... त्यस्तो होइन |" सिजनले अलिकति 'पज' लिएर बोले |
"मान्छेहरुलाई सहयोग गर्न बाध्य पार्नु हुन्न | उनीहरु रमाइलो गरुन, तर थाहै नपाई त्यसबाट सहयोग पनि होस् | एक कार्टुन बिएर खाएर आएको बोतलबाट कम्तिमा ४ युरो आउँछ, त्यो जम्मा पार्न सके त धेरै काम बन्छ | धेरै नेपाली साथीहरु खुशी हुँदा, दुखि हुँदा, जे पर्दा पनि पार्टी नै गर्ने चलन छ, त्यो खालि बोतल जम्मा पारिदिए त रमाईलो संगै सहयोग पनि भयो | अझ 'भिकिंग लाइन' र 'सिल्या लाईन' जस्ता फिनल्यान्डका ठुला जहाज कम्पनिमा काम गर्ने नेपाली साथीहरुले सहयोग गरे भने त, खेर जाने चिजबाटै उल्लेख्य सहयोग जुटाउन सकिन्छ"| उनको तर्क यत्तिकैमा सकिदैन | "हामी कुनै संस्थाबाट सहयोग लिदैनौं | हात थाप्ने बानि पर्छ, आश गर्ने बानि पर्छ | आफ्नो मनबाट आएको सहयोग भावना, आफ्नै हातले पुरा गरेको राम्रो नि, हैन र ?", सिजनको गह्रौं हाँसो म तिर आयो, "एकदम सहि", किनकि प्रतिवादको लागि मसंग शब्द थिएन |

एकपल्ट काठमाण्डौ गोठाटारको एउटा स्कुललाई आर्थिक संकट परेको थाहा भयो साथीहरुमार्फत | उक्त स्कुलमा निकै नै बिपन्न मजदुरका छोराछोरी पढाईँदो रहेछ | "एक्टिभ पिपुल" नाम राखेर बिदाको दिनमा बोतल खोज्दै हिड्ने यो समुहलाई त्यहाँ सहयोग पठाउन मन लाग्यो, तर खातामा जम्मा ७५० युरो थियो | २००९ को त्यस जाडोमा, -१५ डिग्री सँग जुध्दै पार्क वरपर बाटोभरी छरिएका १५ सेन्ट खोज्दै हिंडे सहयोग जुटाउन | अनि त्यस स्कुलमा पुगेको उक्त रकम (रु ८० हजार) तुलनात्मक रुपमा थोरै नै किन नहोस, त्यसपछि उनीहरुले पाएको प्रतिक्रिया चाहिं मनै फुरुङ्ग पार्ने खालको थियो | त्यसबेला देखि अहिलेसम्म यस्तै अनगिन्ती सहयोग पठाइसकेको छ यस "एक्टिभ पिपुल" समूहले | २०११ मा नेपाल टेलिभिजनबाट प्रसारित बर्दियाकी ११ बर्षिया बालिका सरिता डी.सी. को रगत नबढ्ने आई.टि.पि. रोग लागेको र उपचार खर्च नपाएर रोएको 'भिज्युअल' हेर्दै गर्दा सरिनाको आँसु तप्प झरे, तर तत्कालै आँशु पुछेर साथीहरुलाई फोन घुमाईन् | केहि समयमै एउटा च्यारिटी प्रोग्राम गरेर करिब १३०० युरो जुटाइयो र बालिका उपचाररत अस्पतालमा पठाईयो | "यस्ता सानोतिनो सहयोगले जिन्दगी त नबन्ला, तर केहि समयलाइ राहत त पक्कै भयो होला नि पीडाको बेलामा", मन भारी हुँदै गर्दा सरिनाको बोलि मसिनो हुँदै थियो | "अस्ति भर्खर पनि 'युथ फर नेपाल' भन्ने अमेरिकी मुलको नेपाली संस्थासँग मिलेर एउटा टिसर्टको २० युरोको दरले साथीहरुले लगाए, जसको झन्डै ८० प्रतिशत रकम झापाको एक स्कुलको छानो छाउन प्रयोग भएको थियो | यता टिशर्टको फेशन भयो, उता चुहिने छानो छाईयो |" मैले बिस्तारै सोधें - "सहयोह गर्न पैसा चाहिन्छ कि मन ?", सबैको उत्तर केवल मुस्कान मात्र थियो | अनुहार पढ्न भाषा चाहिन्छ र !

आज यो दिनसम्म आइपुग्दा यि तन्नेरीहरुको आफ्नै पक्का राम्रो जागिर छ, हातमा 'ग्रयाजुयसन' सर्टिफिकेट छ, सम्झिएरै रुन/हाँस्न पुग्ने प्रेम प्रसङ्गहरु छन्, अरुको जस्तै पारिवारिक उतारचढाव पनि छ, तैपनि बाटोमा बोतल देखे टिप्न बिर्सिदैनन | बिदेशीलाई बरु वास्ता हुन्न, नेपाली साथीभाईले चै बुझ्दै नबुझी 'ह्युमिलेट' गराउँछन् | "हैन यति युरो छाप्दा पनि नपुगेर के को बोतल टिप्दै हिड्छस् यार, कति लोभ गरेको, नारायणहिटी दरबार किन्ने विचार हो र ?”, उनि प्रतिवादमा उत्रिदैनन, बस 'खिस्स' हाँसेर टारीदिन्छन | "त्यस्ता प्रतिक्रियाको उल्झनमा लाग्यो भने, मन कम्जोर हुन्छ" |

काम्पी स्टेसन नजिकै राती ११ बजेतिर बोतल टिप्दै गर्दा सरिनालाई एउटा अँध्यारो आकृतिले झस्कायो | एउटा फिनिश केटो ठिंग उभिएको थियो पछिल्तिर | " तैंले खान नपाएर यस्तो गरेकी होस् ? हो भने हिंड मसंग, म पैसा दिउँला", केटोले रुखो गरि भन्यो | जिन्दगीमा पहिलोपल्ट रिस, घृणा, त्रास, हाँसो सबै 'इमोसन' एकैपल्ट महसुस भयो उनलाई | कसरि कुरा बुझाउने यो भुसतिघ्रेलाई | तैपनि हिम्मत नहारीकन सबै बेलिबिस्तार लगाईन्, केहि मिनेटको बार्तालाप पछि फिनिश 'खैरे' को मन बदलियो | नम्र भावमा प्रस्तुत हुँदै सहयोग गर्न पो तम्सियो | "तेरो समूहलाई म पनि केहि पैसा सहयोग गर्न चाहन्छु", केटो उत्साहित भयो | "बोतल टिप्ने भए आइज संगै, पैसा त हामी अरुबाट लिदैनौं", सरिनाको जवाफबाट केटो अवाक भयो | यो प्रसङ्ग सुनाउँदै गर्दा उनको अनुहारमा खुशीको एउटा पत्र थपियो |
हामी चियाको दोस्रो राउण्डमा थियौं | प्रतिज्ञाले फुरुंग हुँदै सुनाईन "मैले हिजो १० युरो जम्मा परेको छु नि ग्रुपको लागि, २ जना दिदीहरुको कपाल काटेर"| यो समूह कहिले कार्यक्रमहरुमा चिया बेच्छ, अरुको कपाल काट्छ अनि बेला बेलामा फिनिस सांस्कृतिक कार्यक्रमहरुमा नेपाल चिनाउने भेषभुषा प्रस्तुत गर्छ | यस्तै अनेकौं कथाहरु छन् यस समुहमा मिसिएर काम गर्ने अरु साथीहरु पनि | "पर्सनल लाईफ बिगारेर यस्तो काममा लाग्न हुन्न है, भित्र मनबाटै आउँछ भने र फुर्सद निकाल्न सकिन्छ भने मात्रै लाग्नु पर्छ ", NRN फिनल्यान्डका सचिब रहेर काम गर्दै आएका सिजन सम्झाउने भावमा भन्छन |
अब भने हाम्रो गफगाफ लम्बिदै थियो | पाँचौ तलामा रहेको त्यस क्याफेको त्यो झ्यालबाट हेरें, साँझ पर्दै गर्दा घाम बिस्तारै छेलिएर 'पासीला' ट्रेन स्टेसनमा छाँया पर्यो | सोचें, उत्तरी गोलार्द्धको यो अँध्यारो मुलुकमा पनि कति उज्याला प्रवासी मन दौडिरहेछन्, जुनकिरी जस्तै पिलिक पिलिक ! ट्रेनमा फर्किदै गर्दा मैले बिस्तारै सम्झदै साथीहरुलाई पालैपालो फोन लगाएँ | "अघिल्लो हप्ता पार्टी गर्दाको बोतलहरु कहाँ छ हँ ? त्यो एउटा पनि नफाल्नु | गोरखाको मेरो स्कुलमा लाईब्रेरी छैन |"

[ "बोतल टिप्ने ग्रुप' शिर्षकमा २९ भाद्र २०७० शनिबारको 'अन्नपुर्ण पोष्ट' मा प्रकाशित)                                     (साथी  भूवन को ब्लग  http://www.bhoowan.com.np/2013/09/blog-post.html  बाट साभार गरियको