नेपाली समाचार ,Nepal Flag

Tuesday, August 14, 2018

यो देश मेरो पनि हो गरीखान देउ !!

सर्बप्रथम २ वटा घटना सुनाउछु पहिलो म आफैले प्रत्यक्षदर्शी भएर भोगेको दोस्रो सामाजिक सन्जालमा देखेको काठमाडौंमा मजदुरी गर्न थालेदेखीनै कुनै सपिङ मलमा गएर मैले एकजोर कपडा पनि किनेको छैन फुटपाथमा सामान सस्तो पाइने हुदा मेरो सपिङ मल भनेको रत्नपार्क र नयाँ बसपार्क , आसपासका क्षेत्र हुन ! ठ्याक्कै एक महिना अगाडिको कुरा हो छोरिलाइ एकजोर नयाँ लुगा किनिदिनुपर्यो भन्ने सोचेर म र मेरो परीवार हाम्रो सपिङ सेन्टर रत्नपार्क आसपासका फुटपाथहरुमा गयौ पुरानो बसपार्क नजिकै एउटा फुटपाथ ब्यापारीको मा छोरिलाइ घागर छान्दै थियौ अकस्मात नगर प्रहरी फुटपाथको म र मजस्ता निम्न बर्गिय परिवारहरुको सपिङ सेन्टरमा आएर त्यहाका ब्यापारिहरुलाइ लखेटन थाले उनीहरुलाई लखेट्ने क्रममा कैयँनको सामान सडकमा छरिए कयौ ब्यापारीले सामान उठाएर टाप कसे भने कैयँनको सामान नास भएको , तथा कैयँनको सामान महानगरको आदेशमा महानगरको सुरक्षाकर्मीले लगेको मैले प्रत्यक्ष रुपमा देखे मैले यहाँ भन्दा अगाडि यो किसिमको दृश्य देखेको थिइन ! दोस्रो घटना सामाजिक सन्जालमा अहिले भाइरल भैरहेको केशब ढकालले खिच्नुभएको काधमा पानीपुरी र चटपट बेच्दै हिडेका मधेसी मुलका एक नेपाली नागरिकको काठमाडौं केशर महल अगाडि नगरप्रहरिले फुटपाथमा व्यापार गरेको भन्दै उनको सामान असरल्ल रुपमा फाल्दिएको र आखाभरी आँसु लिदै ती सामान उठाउदै गरेको एक कारुणिक दृश्यको फोटो , मैले यो दुइवटा घटना तपाईंहरु समक्ष राख्नुको मतलब यो होइन कि फुटपाथमा खुलेआम ब्यापार गर्न पाउनुपर्छ फुटपाथ व्यवस्थित गर्न पाइन्छ र पर्छ फुटपाथ खाली नै हुनुपर्छ फुटपाथ सडकमा हिडनेहरुकै हो फुटपाथ र सडक मा ब्यापार गर्न पाईन्न, तर यसो भन्दैमा कोहि गरिबले आफू र आफ्नो सन्तानको पेट भर्नको लागि सडकमा व्यापार गर्यो भन्दैमा उस्लाई यहां राख्न पाईन्न भनेर सम्झाउनु र उसलाइ जरिवाना लगाउनु त परै जाओस यसरी कसैको सम्पत्ति नष्ट गर्ने लुटेर लैजाने अनि फुटपाथमा असरल्ल रुपमा फालिदीने न त यो कानुन न प्रहरी कसैलाइ पनि अधिकार छैन यस्तो तरीकाले हैन मान्छेलाई मान्छे जस्तो ब्यवहार गरिनुपर्छ पेटि ब्यवसाय मुक्त गर्ने नै हो तर गर्ने नाममा यी र यस्ता ब्यापार गर्न चाहानेलाइ सरकारले कुनै निश्चिति ठाउको बन्दोबस्त नगर्ने अनि बेरोजगार नेपालीलाई रोजगारको कुनै बाताबरण नबनाइ यो हदमा पुग्दा उसको मनमा कस्तो भए होला यो देशमा बाच्न पाउने अधिकार सबै नागरीकको छ चाहे मधेस चाहे पहाडी चाहे हिमालि हामी सबै नेपाली हौ कुनै पेशा ब्याबसायमा रङ्ग र जातीको आधारमा कोहि कसैले भेदभाब गर्छ भने त्यो मानबताबिरोधी अपराध हो चाहे त्यो अनागरिक किन नहोस गरिखाने श्रमजीवीको जीविका खोस्नु अन्याय हो नै हो ! यस्ता कार्य स्विकार्य छैन अनि बिचरा आफ्नै कर्म गरि खानेहरुका बिरुद्ध यी र यस्ता दृश्यहरु सहय छैन देश सामन्ति शोषकहरुको मात्र हैन हामी सर्बसाधरणको पनि हो यो कुनै पजेरोमा चढने सामान्तिहरुको मात्रै देश हैन हाम्रो पनि हो सडक सडक चाहारेर पानीपुरी बेचेर सन्तानको पेट पाल्नेहरुको पनि हो ! करोडौं पर्ने गाडीहरु बेप्रबाहा नो पार्किङ लेखिएको सडकमा छाडदा आजसम्म मैले सवारीसाधन लाई नगर प्रहरीले वा ट्राफिक प्रहरीले तोडफोड गरेको, पल्टाई दिएको, सवारी भित्रको सरसामन झिकेर असरल्ल सडकभरी छरिदिएको थाहा पाएको छैन यहाँ त मान्छे को रङ्ग र उसको गरिबी हेरेर ब्याबाहार गरीने यो कस्तो शासन सत्ता हो ? धर्म भन्दा ठूलो रोजिरोटी हो भोको पेटमा लात हानेर,गरीबको रोजीरोटी खोसेर यतिसम्म गिरेको हर्कत गरेर आफुलाई महानगर प्रहरी भन्नेहरु होस वा मधेसी मुलका दाजुभाइलाइ भेले भन्दै सडकमा उसको सामान्हरु फालीदीने ट्यापेहरु वा टोलेहरु जोसुकै हुन तिनिहरु मानव रुपी दानव हुन तिनलाई धिक्कार छ ! निरंकुस शासन ब्यबस्थालाई फालेर गरिबको लागी ल्याएको शासन ब्याबस्था यस्तै हुन्छ ? धनी भएको भए यो गरीबले सडक सडक चहारेर पानी पुरी बेच्दै हिडथ्यो ? न देशमा रोजगार दिन्छ न आफ्नो सानोतिनो पेशा ब्याबसाय गरि खान दिन्छ बरु एकै झिल्कोमा सखाप हुने गरि उडाइदे हामिजस्ता गरीबलाइ सरकार कहिलेसम्म यो मानबता बिरोधी हर्कत दोहोर्याइरहन्छस ? राजधानी यस्तो कुरुप शहर हो जहाँ महिनामा एक पटक पनि फोहोर उठाउन महानगर आउदैन हरेक घरको अगाडि जाने हो भने डुङ डुङ गनाउछ खाल्डाखुल्डी पुर्न नसकेर हरीबिजोक छ महानगरको यो काम चै गर्न नसक्ने अनि काम देखाउनको लागि फुटपाथमा चै तमासा देखाउने ? गरिबको आँसु भनेको एसिड हो , अनि पेट पाल्नको लागि अन्याय र अत्याचारको बिरुद्ध शासक को बिरुद्ध मजदुरले गर्ने बिद्रोह भनेको एटम बम हो तसर्थ सडकमा पानीपुरी बेच्दै होस वा कपडा अन्य केही बेच्दै हिडनेको सामान फाल्नु लुटनु भनेको उहाहरुको श्रीमती र छोराछोरिको पेटमा लात हानेर उहाहरुको बिहान बेलुकाको छाक, खोस्नु हो बाबाले कमाएर ल्याएपछी कापी र कलम किनौला अनि पढेर ठूलो हौला भन्ने बच्चा बच्चिको सपनामा गिर खेल्नु हो तसर्थ हामिजस्ता युवाहरूलाई रोजगार दिन नसक्ने कम्युनिस्ट शासकहरु यस्तो हर्कत गरेर आफुलाइ ठूलो कोसैले पनि नठान मानबताबिरोधिहरु ! हो यस्तै शासक र उसका लठयैतहरुको कुकर्मले हो बिद्रोह जन्मने जुन रोक्न हम्मेहम्मे पर्नेछ ! तसर्थ कम्युनिस्ट सरकार यो देश मेरो पनि हो म जस्ता निम्न आय भएका जन्तालाई पनि गरीखान देउ !

Tuesday, July 10, 2018

बिपद ब्यबस्थापनमा किन सरकार लाचार बनिरहेछ ?

माओवादी शसस्त्र जनयुद्धको समयमा हरेक दिन जस्तो राज्य र माओवादी पक्षबाट मान्छेहरु मरीरहेको समाचार सुन्नुपर्ने हुदा पत्रपत्रिका र रेडियो टेलीभिजनमा बिहान समाचार पढदा, हेर्दा मुटु दह्रो बनाउन पर्थ्यो ठ्याक्कै त्यही समयमा जस्तो जब बर्खा लाग्छ तब जनयुद्धकालीन त्यो समयकै झल्को दिने गरि हिजोआज दैनिक जसो नै बाढी पहीरोको कारण सर्बसाधरण मरीरहेको भन्ने समाचार हेडलाइन र ब्रेकीङ न्युज बनीरहने हुदा त्यही जनयुद्धकालीन समयमा जसरी मुटु दह्रो बनाएर समाचार हेर्नुपर्ने र पढनुपर्ने अबस्थाको नियति भोगीरहनुपरेको छ बर्खा सुरु भएको यो बर्सको आकाडा हेर्ने हो भने पनि लगभग ‎बाढी पहिरेाले मर्नेकेा संख्या दुई दर्जन भन्दा बढी पुगीसकेको छ ! थाहा छैन यो प्रक्रीया कति पुग्नेछ यो हरेक सालकेा प्रकृया भित्र पर्ने कुरा हो पहीरो र बाढी त हरेक साल को नियमितता हो ! बाढी वा पहीरो सरकारले रोकेर ठ्याक्कै रोकीने कुरा त हैन भलै हरेक बर्ष बाढी आएसी, जनता डुबेसी, जनधनको क्षति भएसी मात्र सरकार ब्युझीयको जस्तो अनुभुती हुनु बाढी आउने, डुबान हुने क्षेत्रमा पुर्व तयारी गर्न नसक्नु भने सरकारको कमजोरी हो सरकार बाढी पहिरोले आफ्नो देशको नागरीक मरीरहेको खबर बर्सेनि आइरहदा पनि पुर्बतयारी मा जोडतोडले लागि नपर्नु अनि घटना भैसकेपछी समयमा उद्दार गर्न नसक्नु दुखद बिसय हो राज्यको कमजोरी र जन्ताको ज्यु धन प्रती राज्यको बेवास्ता हो । त्यसैकारण अहिले आम बाढी पहीरो बाढीपिडीत क्षेत्रका जन्ताले प्रश्न गरीरहेछन बाढी पहिराेकाे प्रकाेपले अाक्रान्त हामी सर्बसाधरणको हालत कसले बुझ्ने हुन सरकार वा सरकारका बिराेधि शक्ति वा एन्जीवा वा आइएन्जीओहरुले ? संभावित विपद व्यबस्थापन सम्बन्धमा सरकार गम्भीर नहुने कारण के हो ? घटना घटीसकेपछी तत्काल उद्वार गर्ने विषयमा सरकारको उदाशीन्त किन हो ? त्यस्तै जान अन्जान नदि किनारकाे सार्वजनिक/ सरकारी जग्गा अधिकरण गरेर बस्ने जमात पनि दिनप्रतिदिन बढ्दै गएको हुनाले यस्ता बस्तीहरुलाइ सरकारले उचीत ठाउमा सार्नुपर्यो भने जग्ग्ग अधीकरण गरेर बस्ती बसाल्ने हरु पनि सरकारलाई मात्रै दोश दिनु भन्दा पनि अाफुपनि बेलैमा यस्ता कुरा मा हाेसियारी बन्नैपर्छ ! बर्सेनी बाढी पहीरोको लगायतका बिपद ब्याबस्थानमा जनचेतना अभियान चलाउने भन्दै तारे होटलहरुमा ठुला ठुला कार्यक्रम पनि एन्जीओआइएन्जीओले गर्दै आएता पनि यो एउटा बजेट सक्ने मेलोमेसो मात्रै बन्न पुगेको छ ! समबन्धीत ठाउ र पिडीतसम्म यो किसिमको जनचेतना अभीयानले खासै उल्लेखनीय प्रगती केही गरेको देखीदैन यश मामलामा पनि सरकार गम्भीर बन्नैपर्छ ! नाम सन्तोष सिम्खडा ठेगना: भिमसेनगाउपालीका २ गोर्खा फोन: 9861107030

Thursday, July 5, 2018

श्रद्धाञ्जली !

जीप पस्याे त्रिशुलीमा ड्राइभर बगरमाथि छ त्रिशुली र सुर्जे मात्र देख्ने साक्षी छ अचम्मै भाे के गरेर यस्ताे घटना घटेकाे दुइटा नेता मर्दा पनि ड्राइभर बाँचेकाे......"
मदन अाश्रीतकाे निधन बारे मनै रुवाउने वा भनौ चार हरफमा नै धेरै कुराहरु बोल्ने यो गित सुन्दा मदन आश्रीतको योगदान बुझ्ने वा भनौ मदन आश्रीतको समयको नेपाली राजनीतिको थोरबहुत ग्यान भएका जोकसैको मन रुन्छ तसर्थ नेपाली कम्युनिस्ट राजनीतिको एक कालो दीन हो जेठ ३ गते भन्दा फरक पर्दैन ! मदन भण्डारी र जीवराज आश्रीतको असमायीक निधन भएको आज २५ बर्स पूरा भैसकेको छ तर यति लामो समय भैसक्दा पनी मदन आश्रीतको निधन हत्या हो वा दुर्घटना भन्ने कुरा रहस्यमय छ यस बिचमा तिनै मदन आश्रीतको भजन मन्डली गाएर पटकपटक एमाले सत्तामा पनि पुगीसकेको छ ! सत्ताको भर्याङमा चढेपछी भर्याङ चढिहाले अब किन चर्चा गर्नु भन्ने रोगले थलीएर हो वा कुनै कारणले हो एउटा बिडम्बना नै मान्नुपर्छ यति लामो अबधिमा पनि हत्या हाे कि दुर्घटना,जवाफ कोही कसैले पत्ता भने लगाउन र छानबिन गर्न उच्च तदारुकता नदेखाउनु वा भनौ मदन आश्रीत घटनाबारे मौन बस्नु बडो आस्चर्यको कुरा छ ! हरेक बर्स जेठ ३ गतेका दिन हामिले देखीरहेका हुन्छौ सुनीरहेका हुन्छौ शहरमा मदन भन्डारी र जीबराज आश्रीतको योगदान बारे श्रद्धाञ्जली सभा र गोष्ठीहरु हुन्छन नेताहरु ठुलाठुला स्वरमा भासणहरु गर्छन सामाजिक सन्जालमा योगदान बारे लेख्न होडबाजी चल्छ तर के कम्युनिष्ट नेताद्धय मदन भण्डारी र जीवराज आश्रीत" प्रती यति कुराहरु गर्दैमा सच्चा सम्मान हुन्छ ? के मदन आश्रीतको आत्माले शान्ती पाउछ ? अह पाउदै पाउदैन महोदय, तसर्थ हामी सर्बसाधरण नेपाली जन्ता भन्न चाहान्छौ यदी मदन आश्रीत को त्यो कहालीलाग्दो घटनाबारे छानबिन हुन सक्दैन भने वा भनौ छानबिन गर्ने आट र तदारुकता देखाउदैन भने यो बर्सेनि मदन आश्रीतको स्मृति दिबसमा हामी हत्यारा पत्ता लगाएरै छाडनेछौ छानबिन गरेर छाडनेछौ भनेर आजको मितीबाट भन्न छोडिदीनोश अनि स्वस्थानी व्रत कथामा झै महादेवले सतीकाे लास काधमा बाेकेर अङ्ग पतन गराउदै हिडेझै २५ बर्स देखि चुनाबको बेला ठाउठाउमा उनको नाम जोडेर राजनैतिक अभीष्ट सिद्धि गर्ने र सत्ताको भर्याङ चढने काम भैरहेको छ त्यो अब उप्रान्त नहोस अनि बर्सको एकदुइपटक लोकलाज छोप्नको खातीर मात्रै दोषीलाई कारबाही गर्न माग नगरुन । यत्ति भए पनि थोरै भए पनि मदन भण्डारीप्रति न्याय हुनेछ । जननेता भण्डारीप्रति भावपूर्ण श्रद्धाञ्जली ।

नाम सन्तोष सिम्खडा
ठेगना : भीमसेन गाउपालीका २ गोर्खा फोन :9861107030

खुलापत्र !

सम्मानानीय शीक्षा मन्त्री ज्यु नमस्कार ! सर्बप्रथम हजुर आरामै हुनुहोला भन्ने आशा र बीस्वासका साथ पत्र कोर्दैछु तर यहाँ म चै आराम छैन त्यो आराम नहुनुको मतलब यो होइन कि मलाई कुनै रोगले ग्रसीत बनाएको छ ! कुनै रोगले नच्याप्दा पनि मलाई हीजोआज मन भतभत पोल्छ कुनै रोगले समातेको भए त मलाइ डाक्टरले दीयको औसधि सङ्गै आराम गरेको भए नीको हुन्थ्यो होला मन्त्री ज्यु मेरो मनको रोग न अस्पतालको औसधीले न डाक्टरले न बेडमा आराम गरेर हुन्छ ! मलाई जस्तै यो रोग आज लाखौ नेपालीलाई लाग्न थालीसकेको छ शैक्षिकसत्र शुरु हुनै लाग्दा शुरु भएको यो रोगले शैक्षिकसत्र शुरु भैसकेका दीनहरुमा अझै च्याप्नेछ ! मन्त्री ज्यु त्यो रोगबाट मुक्ति केही हदसम्म भएपनी कम गर्ने मसङ्ग उपाय भनेको सरकारी स्कुलमा छोराछोरीलाइ भर्ना गर्नु हुन्थ्यो होला तर मनमा रोग नै पालेरै भएपनी जति नै गाह्रो भएपनी मैले मेरो सन्तानलाइ बोडीङमा नै पढाउनुपर्ने बाध्यता छ कीनभने तुलनात्मक रुपमा सरकारी स्कुलमा पढाइको स्तर अतीनै कमजोर छ पुरातन ढररा अनुसार पढाइने गरीन्छ ! सरकारी स्कुलमा मास्टरले खुलेयाम राजनिती गर्छन। हातमा मार्कर हुनपर्ने क्याम्पस चिफ जब VC बन्नको लागि पार्टीको झण्डा बोक्नै पर्ने , कुनै नेताको गुलामी गर्नैपर्ने अबस्था सीर्जना भै नै रहनेछ , तब सम्म शिक्षा क्षेत्रमा केहि होला भनेर आश गर्न सकीने अबस्था छैन तसर्थ देशमा बीकास समृद्धिको लागि पहिलो महत्त्वपूर्ण शर्त :विश्वविद्यालयमा हुने राजनितिकरण अन्त्य नै हो भन्ने कुरामा दुई मत छैन धेरै बीधालयहरुमा अहिले पनि नेताले आफ्नो कार्यकर्ता र आफन्तको भर्ति केन्द्र बनाका छन। बच्चाहरुको हेरचाहा र पढाइमा धान दीनु त कता हो कता सरकारी काम कहिले जाला घाम भनेझै समय कटाउने माध्यम जस्तो बनेको छ त्यस्तै झन यो शिक्षा एेन नवौ संसोधन ले अबको विस वर्ष हाम्रो सार्वजनिक शिक्षालाइ उठ्नै नसक्ने गरि थीलथीलो पार्ने नीस्चीत छ तसर्थ उहीँ पुरानो सोच उहीँ शैली उहीँ पद्दती उनै मान्छेले समयक्रम अनुसार बैज्ञानिक शीक्षामा जोड नदीइअकन अध्यापन गराइने बीध्यालयमा कसरी आफ्नो छोराछोरीको भबीस्य अन्धकार बनाउन भर्ना गर्नु ! शीक्षा मन्त्री ज्यु हरजोकोहीलाई पनि आफ्नो सन्तानले राम्रो गरोस पढोस भन्ने हुन्छ त्यसकारण अर्काको दीनभर काम गरि दुख गरेरै पसीनासङ्ग पैसा साटने र त्यही पैसाले कोठाभाडा तीर्ने घरखर्च चलाउने छोराछोरी पढाउन नीकै हम्मे हम्मे छ म जस्ता सर्बसाधरणको लागि हीजोआज नेपालको शीक्षा अती महङ्गो भएको छ ! स्वर्गीय नारायण गोपालले गाएको गीतमा झै "आँखा छोपी नरोउ भनी भन्नुपर्या छ मुटुमाथी ढुङ्गा राखी हास्नुपर्या छ" भनेझै आफ्नो छोराछोरी सरकरी स्कुलमा पढाउने इच्छा हुदाहुदै पनि राज्यको गैरजिम्मेवारी र लाचारी पनको कारण महङ्गै स्कुलमा पढाउन बाध्य हुनुपरेको छ ! प्राइभेट स्कुलहरु महङ्गीले छोइसक्नु छैनन यदी राज्य जन्ताप्रती इमान्दार बन्दीने र सोच्दीने हो भने शिक्षा-स्वास्थ्य जस्तो संवेदनशील विषय सर्वसुलभ हुनुपर्ने थीयो नाफावालेका हातमा हुनैहुन्न थीयो ! अती सस्तो भनीयका प्राइभेट स्कुलमा पनि अहिले नर्सरीमा भर्ना गर्न १० औ हजार खर्च लाग्छ महीना फी २ हजार भन्दा कम कही छैन अनेक शुल्कमा लीइने खर्चले ढाड सेकीन्छ ! सामान्य १५/१८ हजार तलब खाने हामीजस्ता सर्बसाधरणलाइ नेपालको शीक्षा अतीनै महङ्गो भएको छ ! छोराछोरी पढाउनको लागि आधापेट एकछाक खाएर कति दीन बाच्नु नीक्कै मुस्किल छ जीवन धान्न बचाउन मन्त्री ज्ज्यु !कम्युनिस्टहरूले चलाएको देशमा आधा पेट र एकछाक खाएर छटपटीयको मनले प्रश्न सोध्छ मन्त्रीज्यु देशमा शिक्षा-स्वास्थ्यमा यो ब्रह्मलुट सुहाउने कुरा हो ?? हुन त कतिपय शिक्षा स्वस्थ (प्रा.)संस्थामा कम्निष्टहरुले लगानी गरेका देखीन्छ सुनीन्छ जसको कारण जति सार्बजनिक शीक्षा ध्वस्त भयो उतीनै प्राइभेट शीक्षामा ब्रहमलुट मच्चाउन पाइने हुदा पनि कतै हामी सर्बसाधारणले यति बीघ्न पीडा भोग्नुपरेको त हैन ? एकातीर शीक्षामा ब्रह्मलुट त छदैछ अर्कोतीर हाम्रो शीक्षामा एक्काइसौं शताब्दी सुहाउदो बैज्ञानिक र प्रयोगात्मक शीक्षा भन्दा पनि परम्परागत र शैद्धान्तीक ढङ्गबाट अध्यापन गराउने चलन छ ! बाउआमाले छोराछोरीलाइ गाई गोठमा र बाख्रो खोरमा बाध्न लगाउछन अनि अँगेनाको डिलमा बसेर “गाईले घाँस खान्छ, बाख्राले स्याउला खान्छ” भन्ने पाठ घोकाउन लगाएको देखिन्छ। सीरानी हालेर सुत्ने सर्टीफीकेटको लागि हामीलाइ शीक्षा चाहीयको हैन सरस्वती भनेर कीताबलाइ पुज्ने शीक्षापनी हामीलाइ चाहीयको हैन हाम्रा छोराछोरीलाइ गरीखान सीकाउने किताब चाहीयो देश र जीवन बुझाउने किताब चाहीयो तर यो बर्तमान समयमा पढाइदै आएको शीक्षाले न त हामीलाइ गरीखान सीकाउछ न त देश र समाज बुझाउछ न जीवन बुझाउछ ! मन्त्री ज्यु म सँगै पढेको एउटा परीवार थर हुनुभएका एक गाउलेले ५ कक्षा पढेर गाउमै आफ्नै पसल खोलेर लुगा सीलाउन थाल्नुभयो अर्का सुनार भाइ ८ पढेर सुन को काम गरेर गाउमै मनग्गे कमाउनुहुन्छ अनी क्लासमा फस्ट हुने भट्ट थर भएका एक साथी खाडीमा भाडा माज्नुहुन्छ म बाहुन राजधानीमा बल्लतल्ल जीवन गुजारीरहेछु नपढने मेरा ती साथीहरु गाउमै राम्रो गरेर बसीराछन् रजगज गरेर!हामी धेरै पढेका भनीयका बाउनहरुको हालत शहरमा बेहाल छ ! तसर्थ यो जीउन नसीकाउने बाच्न नसीकाउने शीक्षाको काम छैन यस्तो अबस्थामा सबैलाई पढन मात्रै सीकाउने हैन गरीखान सीकाउने खालको, ब्याबसाय गरेर बाच्न सीकाउने खालको शिक्षा सुधारको मार्गमा अगाडि बढाउनुपर्ने हुन्छ यो अबस्थालाई बेलैमा सुधार्नु पर्ने टडकारो आवश्यकता छ सुधार्न ढिलो गरे स्थिति भयावह नबन्ला भन्न सकीन्न ! अहीले देश र समाजमा देखीयको भस्ट्रचार अनीयामीतता बेरोजगारी सामाजिक कुरीती बेथीतीले जरो गाडनुको केहीहदसम्म कारण नै हाम्रो शीक्षाको कमजो सबैलाई ज्ञात छ पुजीवादमा धनबिना राजनीति असम्भव छ,दल र नेतालाई सहि कामगर्ने ब्यापारी ले धन दिदैनन वा दिन सक्दैनन! राजनीतिमा धन भित्रीनुमा स्वार्थी चेतना र शिक्षाको ठुलाे हात छ जसले भ्रष्टाचार बढाएकाे छ,शिक्षा लाई सुद्धिकरण गरि समाजलाई नैतिकता र जिम्मेवारी बाेध गराउनु अत्यावश्यक छ! हामीलाइ थाहा छ शीक्षाक भनेको समाजको ऐना हो समाज सुधार र परीबर्तनको लागि शीक्षाकको जति भुमीका समाजमा अरु कसैको हुनै सक्दैन १ जना सफल ब्यापारिले लाखौ ब्यक्त्ति सफल ब्यापारि बनाऊन सक्छ ? अह सक्दैन तर १ जना सफल शिक्षकले लाखौ ब्यक्त्तिलाई शिक्षित बनाऊन सक्ने हुदा शीक्षाक तालीम देखि योग्य शीक्षाक छनोट लगायत यावत बीसयमा सरकारले नीर्मम भएर अगाडि बढनैपर्छ ! पक्कैपनि दशकौंदेखीको शीक्षामा रहेको बीकीर्ती बीसङ्गती तत्काल सही मार्गमा ल्याउन सहज र सजिलो भने छैन तैपनि तत्काल कम्तिमा राज्यका सबै बिध्यालयहरुमा १-१२ सम्म पाठ्यपुस्तक, ड्रेस, पढाउने माध्यम र परिक्षा प्रणाली लागु गर्न सकीन्छ कम्तीमा यसो भएमा शिक्षामा भएको मनपरितन्त्र र माफिया तन्त्र केहि हदसम्म रोकीनेछ त्यस्तै राज्यको कोषबाट सेवा सुबिधा लिने वा भनौ सरकारी जागीर खाने पीउन देखि प्रधानामंत्रीका छोराछोरी राज्यकै लगानी भएको बिद्यालयमा पढाउनुपर्ने बाध्यकारी कडा कानुनि व्यवस्था गर्ने अनि कुनै पाटीको झोला बोकेर हिडेका भरमा सोर्सफोर्सको आधारमा स्कुल र बिश्वबिध्यालयमा शिक्षक, कर्मचारी स्थायी गर्ने, बढुवा गर्ने परिपाटी पुण रुपमा बन्द गर्नैपर्छ ! स्कुलमा शीक्षाकलाइ जुनकुनै पाटीको सदस्य भएर राजनीति गर्न छुट दीइनुहुन्न त्यस्तै पूर्ण खुला प्रतिस्पर्धा अंगाल्ने व्यवस्था गर्न सकीन्छ नीस्चीत समय समयमा स्कुल र कलेजमा समेत शिक्षकहरुको सरुवा हुने व्यवस्था गर्नैपर्छ कम्तिमा राम्रो अंक आएकालाई मात्रै शिक्षक बन्न पाउने व्यवस्था गर्न सकीन्छ शिक्षकलाई आफ्नो घर आगनमा जागिर खान नपाउने व्यवस्था गर्न सकीन्छ भने पैसाको भरमा डाक्टर, इन्जिनियर आदि पढ्न पाउने व्यवस्थाको अन्त्य अन्त्य गर्ने शैक्षिक माफियाहरुलाई नीयम बनाएर कडा कारबाही गर्ने र निजि स्कुलका ठुला माफियाहरूबाट सतर्क रहन सक्ने काम चै गर्न सकीन्छ त्यस्तै मन्त्रीज्यु संविधानको भावना अनुसार आधारभूत शिक्षा निशुल्क गर्न सक्नुहुन्छ भने निजि बिद्यालय अबधि दिएर बन्द गर्ने कार्य शुरु गर्न सकीन्छ नेताको छोराछोरी नीशुल्क पढाउने र उपचार गर्ने काम बन्द गर्नुस अन्याथा समाजबाद उन्मुख जाने भन्ने हाम्रो सोच यो सब भन्ने कुरा न हुन भनेजस्तो हुनेछ , हामि दक्षिणपंथ तर्फ जानेछौ बलियो सरकार छ, निर्बलियो विपक्षी छ । विरोधी खास छैनन् । सरकारले राम्रो गर्न चाह्यो भन्ने नसक्ने भन्ने केही छैन । मात्र आवश्यक छ तपाईंमा शैक्षिक क्षेत्रमा भएको ब्याथीती सुधार्नको खातीर दृण इच्छाशक्ति ! तसर्थ मन्त्री ज्यु शैक्षिक माफीयाको बीरुद्ध तपाईं र तपाईंको सरकार नीर्मम बन्नैपर्छ ! जबसम्म देशमा शिक्षा सुध्रदैन तब सम्म भ्रस्टाचार को यो बाक्लो तुवाँलो रोक्छु भनेर कसैले रोकीनेवाला छैन ! न पहाडमा रहेको देउकी प्रथा रोकीनेछ न तराईमा बालबिवाह दाईजो प्रथा रोकीनेछ यसको लागि एउटै उपाय भनेको अनिवार्य र गुणस्तरीय नि:शुल्क शिक्षा नै हो । तर हाम्रो शीक्षा गुणस्तरीय र सर्बसुलभ भएन दुनीयामै नभएको शीक्षा र स्वास्थ्यमा नीजीकरण र मनपरीतन्त्र हामीमा भएको हुदा मैले माथी उल्लेखीत केही कुरा मात्रै भएपनी सुधार गर्न सकेमा हाम्रो सार्बजनिक शीक्षाको स्तर अबश्य बढनेछ यति गर्दा यति काम गर्दा केही हजार शिक्षालाई ब्यापार बनाइ लुटने लुटेरा र माफिया ले जुलुस निकाल्लान ! तर करोडौं नेपालिहरु खुसि हुनेछन यदी यसो गर्न नसकेमा समाजवादको गफ नदीनुस र आफुलाइ आफैले घोषणा गर्नु अब हामि विकृत पुंजिबादी हौ ! धन्यवाद !

नेतृत्व र सोचको महत्त्व: डा. बाबुराम भट्टराई र प्रचण्डको संघर्ष


नेपालको राजनीतिक इतिहासमा विभिन्न व्यक्तिहरूका योगदानहरूले महत्वपूर्ण स्थान राख्छ। विशेषगरी, माओवादी संघर्षका दिनमा डा. बाबुराम भट्टराई र पुष्पकमल दाहाल 'प्रचण्ड' बीचको द्वन्द्व र सहकार्य नेपाली समाजको विकास र परिवर्तनको अनिवार्य भाग बनेको छ। यस लेखमा, म त्यस संघर्ष र दुई नेताका योगदानलाई पुनः स्मरण गर्दै समाज र राजनीति दुवैमा विचार, नेतृत्व र संघर्षको महत्त्वलाई उजागर गर्न चाहन्छु।


प्रचण्डको भनाइ र समाजको प्रतिक्रिया


प्रचण्डले एकपटक भनेका थिए, “धेरै पढेका मान्छेहरूको दीमाग बिग्रन्छ, बुद्धि मासिन्छ।” यो भनाइको प्रसङ्गमा, म एकदिन आफ्नो गाउले साथी नवीनसँग चिया खाइरहेको थिएँ। त्यो समयमा केही युवाहरू प्रचण्डको यस भनाइको बारेमा हाँस्दै विचार व्यक्त गर्दै थिए। यो देखेर मलाई गहिरो विचार गर्न बाध्य बनायो। समाजमा जब कुनै नेता यस्तो भनाइ व्यक्त गर्छ, तब यसको असर समाजमा पर्दछ र विशेष गरी युवा पिढीमा गलत सन्देश जान सक्छ।


यो भनाइको आधारमा, मैले बाबुराम र आहुतीजस्ता व्यक्तिहरूको योगदानको मूल्याङ्कन गर्नुपर्छ। यी व्यक्ति जसले माओवादी संघर्षको अवधिमा नेपालको रक्षाका लागि ठूलो भूमिका खेलेका थिए, तिनीहरूको योगदानलाई पागल भन्नु भनेको समाजको असहिष्णुता हो।


पढाइ र पागलपनको संज्ञा


कुनै व्यक्तिले नयाँ विचार प्रस्तुत गर्दा वा देशको भलाइका लागि संघर्ष गर्दा, उसलाई पागल ठान्ने प्रवृत्ति समाजमा फैलिन्छ। प्रचण्डको भनाइका आधारमा, बाबुरामलाई पागल भनिएको छ। यसमा, मैले सोचें – के यो पागलपन हो? बाबुराम र आहुतीको संघर्ष र सोचलाई सही रुपमा बुझ्नु पर्छ। यदि बाबुराम पागल थिए भने, तिनका विचार र नेतृत्वले जनयुद्धको सफलतामा योगदान पुर्याउन सक्थे भने?


जनयुद्धका दौरान बाबुरामको भूमिका अभूतपूर्व थियो। यो संघर्षको सफलता बाबुराम जत्तिकै व्यक्तिको योगदान बिना सम्भव थिएन। प्रचण्ड र बाबुरामको बीचको असहमतिहरूलाई सही तरिकामा बुझ्न आवश्यक छ, ताकि हामी भविष्यमा सही दिशा अपनाउन सकौं।


सत्य र भ्रमको बीचमा


समाजमा कहिलेकाहीं भ्रम फैलिन्छ र झूठको प्रचार गर्न थालिन्छ। प्रचण्ड र बाबुरामको संघर्षमा यस्तै भ्रमहरूको वर्तमन पाइन्छ। समाजमा गलत विचार र झूठलाई सचको रूपमा प्रस्तुत गर्नु भनेको मानिसलाई भ्रममा पार्नु हो। यसले राष्ट्रको हितमा नकारात्मक असर पार्छ। बाबुराम र प्रचण्डका विचारलाई सही ढंगले बुझ्न र मूल्याङ्कन गर्न महत्त्वपूर्ण छ, ताकि हामी सही मार्गमा अगाडि बढ्न सकौं।


समाज र नेतृत्व


नेतृत्व र समाजको मानसिकता बीच ठूलो भिन्नता हुन्छ। जब एक नेता नयाँ विचार र दृष्टिकोण प्रस्तुत गर्छ, तब उसको विचारलाई पागल मान्ने प्रवृत्ति समाजमा प्रकट हुन्छ। यसले नेतृत्व र समाजका बीचको दूरीलाई प्रकट गर्दछ। बाबुराम र प्रचण्डका बीचका संघर्षले यो कुरा प्रस्ट बनाउँछ कि हामीलाई नयाँ विचार र दृष्टिकोणलाई स्वीकार्न र सहनशील बन्न आवश्यक छ।


बाबुरामको योगदान र माओवादी संघर्ष


नेपालको माओवादी संघर्ष र त्यसको बादको राजनीतिक स्थिति अझै पनि समाजका लागि एउटा महत्त्वपूर्ण पाठ हो। बाबुराम भट्टराईको नेतृत्व र बौद्धिकताले माओवादी संघर्षलाई एक निर्णायक मोड दिएको थियो। जनयुद्धका समयमा बाबुरामको सोच र नेतृत्वले जनताको मन जित्न मद्दत गरेको थियो। यो तथ्यलाई नकार्न सकिन्न कि बाबुरामको योगदान बिना माओवादी आन्दोलनको सफलता सम्भव थिएन।

यो लेख केवल एक व्यक्तिको आलोचना मात्र होइन; यो समाज र नेतृत्वको महत्त्वपूर्ण बोध हो जसले नेपालका नागरिक र नेताहरूलाई सोच्न प्रेरित गर्नेछ। जब समाज सही दिशा पाउँछ, तब समृद्धि र शान्ति हासिल गर्न सजिलो हुन्छ।


नोट: मैले लेखमा कुनै राजनीतिक दलको समर्थन वा विरोध गर्न चाहिन। यो लेख केवल विचार र समाजको स्थितिको आलोचना र विश्लेषण हो।


Tuesday, July 3, 2018

लुटको धन फुपुको श्राद्द

सरकारमा रहेका नेताहरुको सस्कार चालचलन , काम गराइ र बोलाइमा तारतम्य मिलेन भने जनताको जिबनस्तर सुध्रन र बिकाशले गति लिएर देश सम्रीद्धीको पथमा लम्कन नसक्दोरहेछ अनि देशको शासन सत्ता सम्हाल्ने शासकको सस्कार परीबर्तन भएन भने तन्त्रहरु मात्रै परिवर्तन भयर मात्र नहुदोरहेछ भन्ने अनुभुती ‎गणतन्त्रातिक शासन ब्यवस्थामा पनि २० बर्षे संक्रमणकालिन अवस्थामा झैं असारे बिकास को झाराटार्ने र बजेट सक्याउने काम देख्दा आम जन्तालाइ भान पर्दै गएको छ ! ‎ किसानको लागि मानो खाएर मुरी उब्जाउने असारको यो समयमा सर्बसाधरण किसानहरु काममा ब्यास्त हुन्छन तर यही मौका छोपेर बिकासको खेती गर्ने इन्जिनियर, बिकास अधीकारी र ठेकेदार हरु र जन्ताका जनप्रतिनिधि भने असारे बिकास' मार्फत राज्य कोषमा परापुर्ब देखी लुट आताङ्क मच्चाइदै आइएका छन धेरैजसो सरकारी कर्मचारीको दशै हो असार मसान्त, भन्दा फरक पर्दैन ! बिकासको नाममा आ.ब.को अन्तिम तीन दिनमा ४६ अर्ब रुपैयाँ खर्च भएको खबर समाचारहरुमा केही पहीला मात्रै आउनुले जन्ताले दुख गरि कमाएको कर र खाडीमा रगत र पसीना बेचेर कमाएको रेमिटेन्समा सरकार लुटको धन फुपुको श्राद्ध्य भन्ने उखान जसरी मनपरि गरीरहेको पुष्टि हुन्छ ! बजेट सक्नको लागिमात्र गरिने यो बिकासले न देसको बिकास हुन्छ न जनताले सुख पाउछ्न,,अहीले देख्न सकिन्छ ठाउठाउमा बजेट रित्याउन रुझेर भीजेर धमाधम पिच भैरहेको छ पिचहरु गरेको केही दिनमै धमाधम उप्कीन सुरु गरीसकेको घटनाहरु आइरहेको पनि छ भने राजधानी लगायतका ठुला शहरमा समेत ढल र खाने पानीको नाममा बाटो भत्काएर हिलै हिलो हिड्नै नसकिने बनाइएको छ सर्बसाधरणलाइ बाटो हिडदा चिफ्लीयर प्राण खुस्कीने हो कि भन्ने चिन्ता हुन्छ असारे बिकाशको यो झारे टार्ने र बजेट रित्याउने खेलो सबैभन्दा ठूलो बेथिति हो भने भस्ट्रचार हुने सबैभन्दा ठूलो मेलोमेसो हो तसर्थ असारे बिकास र सरकारी खर्चको बेथिति रोक्नसके मात्र पनि आधा भ्रष्टाचार पक्कैपनी हुन्थ्यो तर सत्ताको स्वादमा बसेर ढाडीयकालाइ यो कुराको के मतलब ?तसर्थ आमसर्बसाधरण जन्ता भनीरहेछन प्रीय सरकार तिम्रा घोषणापत्र अनि भासणमा दिइएको 'सुशासन र सम्रिद्दीको' नारा असारे बिकासको यो किसिमको भयावह पद्दतीको सिर्जना गरेर राज्यकोषको दोहन गर्नकै लागि थियो त ? रेल पानी जाहान अनि घरघरमा ग्यास पाइपको गफ हान्नेले यो किसिमको बेथिति रोक्न किन नसक्या? असारमा गरिएको भनीयको बिकाश निर्माणको कामको प्रत्याभूति गर्न पाउनुको त परै जाओस ठाउठाउमा बिकाशको नाममा भत्काइने सडकको कारण बर्सेनि पहीरोले जन्ता मरीरहेका पनि सुन्नमा आउँछ यो असारे बिकास पैसाकाे राज्यकोसको सत्यनास हो जन्ताको रगत र पसीनाबाट सिर्जीत कर र रेमिटेन्सको सत्यानास हो तसर्थ सरकार १२ महीना नै एउटै रफ्तारले बिकास निर्माण को काम हुनुर्यो असारे बिकास बन्द गरीनुपर्यो तब मात्रै जन्तामा सुशासनकाे प्रत्याभूति हुनेछ ! नत्र भने लुटको धन फुपुको श्राद्ध भन्ने उखान जस्तै हुनेछ नाम ; सन्तोष सिम्खडा ठेगना : भिमसेन गाउपालीका २ गोर्खा फोन :9861107030

Sunday, July 1, 2018

डा केशी पक्राउ पर्नु कम्युनिस्ट अधिनायकवादको प्रारम्भिक लक्ष्ाण हो !

डा गोविन्द केसी जुम्लामा पक्राउ भन्ने समाचार सुन्दा हामी सर्बसाधरणले देशमा अधीनायकबादको प्रारम्भिक लक्षाणहरु देखा पर्दै छ चिकित्सा क्षेत्रको विकृति र विसंगति अन्त्य गर्न पटकपटक अनशन बस्दै आउनुभएका डा गोबिन्द केशीलाइ पक्रीएर र डा. गोविन्द केसी जहाँ उभिन्छन्, त्यही ठाउँलाई निषेधित क्षेत्र भनेर घोषणा गरीदीएर नागरिकले सत्याग्रह पनि गर्न नपाउने अबस्थाको सिर्जना हुनु पक्कैपनी दुखद बिसय छ भने कम्युनिस्ट सरकार अधिनायकवादको पथमा हिडदैगएको र यो सरकार मुटु स्पात भन्दा कडा र धोकेबाजहरुको भन्दा निर्दयी बन्दै गएको अनुभुती छर्लङ्गै भैरहेको छ डा. केसीले ३ करोड ज्यादा नेपालीको हितको लागि पटक पटक को अथक मेहेनेत र आफ्नो ज्यान हत्केलमा राखेर सत्यग्रहमार्फत हाँसिल गरेका उपलब्धिलाई शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले प्रतिगामी ऐन मार्फत लत्याइदीने प्रपन्च गर्दैछन भने मन्त्री पोखरेल माफीयाको सरदार जस्तो बनीदीदा मेडीकल माफीयाहरु डा गोबिन्द केशीको बिरुद्ध एकताबद्ध हुदैछन अनि स्वास्थ क्षेत्रका चोर डाँका लुटेरा मिलेर करोडौं नेपालीका हितको लागि लडने डा. केसीलाई एक्लो बृहस्पति बनाई छाडने र जन्ताको अधिकारको लडाइमा लागीरहेका केशीको आन्दोलन निस्तेज पार्ने धुनमा सबै शक्ति प्रयोग गर्ने ध्याउन्नमा रहेको देखीन्छ ! सत्य निस्ठा र इमान्दारीताको लडाइमा लाग्ने केशीको सत्याग्रहमा जुम्लामा यो सरकारले गरेको धरपकड हेर्दा यो सर्कार मसानघाटमा बसेर रत्यौली खेलीरहेको जस्तो लाग्छ पक्कैपनी मसानघाटमा रत्यौली खेल्ने यो सरकार संग ममताको क्लेश भेटीने कुरा त हुँदै भएन अनि अधिनायकवाद रेल वा पानी जहाज चढेर आउने पनि हैन आउने यसरी नै हो डा गोबिन्द केशीको मागको सवालमा शेर बहादुर ,केपि प्रचण्ड बाबुराम लगायतका नेताहरु जति नै उफ्रीएर समर्थन र बिरोध गरेपनी यिनीहरु सबै गलत हुन पटक पटक सहमति गर्ने, सहमति तोड्ने गोबिन्द के सि सङ निहुँ खोज्ने , अन्सन बस्न बाध्य पार्ने नेपाल सरकार गलत हो यो गलत प्रबीर्ती भएका नेता हरु बिगतका आफ्ना कमजोरी लुकाएर गोबिन्द केशी सङ्ग आँखा जुधाउन नै सक्दैनन गोबिन्द केसिको नैतिकता मापन शक्ति यो सरकार र यि नेताहरु धेरै माथी छ यि नैतिकता गुमेका भनौदाहरुले गर्न सक्ने भनेकै यहि धरपकड, हो निसेध हो अनी प्रकाउ न हो अनि जेल हाल्ने नै यिनै गोबिन्द के सि हरु लाई हो जन्ताको हितमा बोल्ने रबी लामीछाने जस्ता पत्रकार हरुलाइ हो ! लोकमान, चुडामणिहरु त ठूलो स्वरमा समाजबादको भजन गाउने नेताजिहरुलाइ बिटो सुम्पन्छन अनि बिचराहरुले कसरी आफ्नै पेटमा लात मारुन त ? नेता हरु त खोकी लाग्दा ,पेट दुख्दा , गोटा पर्दा खाना खाएर अपच हुदा समेत पनि उपचार गराउन बिदेश गैहाल्छन ! तर तपाइ हामी जस्ता त यहीं हो उपचार गराउने, दिनभर काम गरेर बेलुका परीवार पाल्ने हामीहरु कहाँ उपचार गर्न बीदेश जानू , हामी त सिटामोल समेत गाउमा खान नपाएर तडपीतडपी मर्ने हो त्यै भएर यही बेथिती यही अराजकता बिरुद्ध लड्ने गोबिन्द के.सी लाई साथ दिने हामी हौ नेता माफीया र धनाडयले यो आन्दोलनलाई साथ दिदै दिदैनन ! उनीहरु र डा केशीलाइ पागल देख्छन ! ल ठिकै छ डा.केसि पागल नै हुन यी पागलले फेरी कर्णालीमै डाक्टर पढन पाउनुपर्छ भन्दै जुम्लामा अनशन बसेछन अनशन बसेको त्यो पागल डा.लाइ पुरै सदरमुकामभरी निषेधित क्षेत्र घोषणा गरेर महान सरकारले गिरफ्तार गरेर ठूलो बहादुरी काम गरेछ, बधाई छ सरकार बधाई छ यो देशका माफीयाहरु बधाई छ पुजीपती भनौदाहरु तिमीहरुलाइ जसले गोबिन्द केशी जस्ता हामी जन्ताको भासामा मानव रुपी भगवान तिमिहरौको भासामा गोबिन्द केशी अर्थात पागल जसकोको मुख बन्द गर्नुपर्छ अनशन बस्न दिन हुदैन भनेर हिडदैछौ ! मुख मात्रै हैन यो पागललाइ फाँसी नै दिनु पर्छ यस्ता पागल डाक्टरलाई! कर्णाली जस्ताे पीछडिएकाे ठाउँमा त्यस्ताे बाेल्ने? कमसेकम काठमाण्डाैंकाे लागि त बोल्नुपर्छ ! व्यापारी र माफीयाको पक्षमा त बोल्न पर्छ ! सत्य र निस्ठाको लडाइमा डा केशी हार्दैनन उनी भन्छन 'परिवर्तनका नाममा हतियार बोकेर व्यक्ति हत्या गर्दै नहिडि, रेलिङ नभाची, सार्वजनिक शिक्षा र स्वास्थ्यमा व्याप्त ब्यापार बन्द गर भन्नु मेरो गल्ती हो भने, म यस्तो गल्ती मेरो प्राण रहुन्जेल गर्न तयार छु' डा केशी यो भनाइ र सत्याग्रह देख्दा देशमा जुनसुकै तन्त्र आएपनी हाम्रा आदरणीय नेताको सोचमा परीबर्तन आउदैआएन हामी नेपालीले अकडा, लालची, दास, निर्दयी र फरेबीहरु मात्रै नेता र नेतृत्वमा पुर्याउन सफल भएको आभास भैरहेको छ जन्तामा नेता र नेतृत्वप्रती अहिले झनै निर्लज्ज, हीनतावोध ग्रस्त मानसिकताको बिकाश भैरहेको छ तसर्थ बिगतका घटनाहरुको साक्षी नेता भनाउँदाहरु पनि भएको हुदा यो शासन सत्ता र यो नेताको विरुद्ध आम मान्छे सडकमा आएर इमानदारीता र सत्यताको लडाइको खातीर अधिनायकवादी यो शैलीको भन्डाफोर गरि आन्दोलनको आगो बाल्न पर्यो भने त्यो साह्रै नीर्दयी र कठोर हुनेछ लगभ सबैजसो नेपाली लाई यो थाहा भैसकेको छ्की मेडिकल माफिया नै नेता हरु हुन देशमा कयौ जनप्रतिनिधिको कहि न कहि बाट माफीया सङ्ग सम्बन्ध बनमारा झार झै झ्यागीदैछ भाइ ,भतिजो ,काका , मामाको छोरा जे जस्तो भय पनि आफ्नो व्यावसाय चौपट कसैले पनि पार्न सक्दैनन् बचाउनको लागि नेता बन्या हुन भन्ने कुरा उजागर हुने क्रममा छ तसर्थ प्रीय यो देशका सासकहरु बिन्ती छ केशीलाइ एउटा अपराधी लाई झै पक्डीयर अधिनायकवाद सुरु भएको उदाहरण नदेउ ! नाम : सन्तोष सिम्खडा भिमसेन गाउपालीका २ गोर्खा फोन 9861107030

Saturday, June 30, 2018

आधुनिक सामाजिक मनोबिज्ञान (अनुभूति )

राजधानी मा कुनै काम गर्न पर्यो भनेर हामीले एउटा सोच बनायौ काम शुरु पनि गरीयो काम शुरु गरेको सुरुवाती चरणमा हामीलाइ केही पैसाको जरुरत पर्यो , अनि हामीले हाम्रा आफन्त लगभग सबैलाइ हाम्ले गर्न लागेको कामको योजना सुनायौ ती आफ्न्त जो हामी भन्दा सम्पन्न नै छन ती आफ्न्त जो हामिलाइ प्रत्येक पटक भेटदा भन्ने गर्थे बाबू केही पेशा ब्याबसाय गर र केही सहयोग चाहीए हामीलाइ सम्झनु ,हामी सकेको सहयोग गर्नेछौ ! हामीलाइ बिस्वास के थियो भने हाम्रा आफन्तहरु धेरै ग्यानी छन हेल्पफुल छन यही सोचेर र उनीहरुले दियको वचन सम्झीएर हामीले केही महीनाको लागि रिण सहयोग गर्न हामीले गर्न लागेको कामको फेहरीस्त सुनाइ आग्रह अनि अनुनय बिनय गरयौ ! हिजोका दिनका ति हाम्रा सहयोगी मनहरु हामीले गर्न लागेको काम देखेर कसैले पनि हामीलाइ सहयोग गर्ने आट देखाएनन ! उनीहरु सबैको लगभग एउटै बाहाना थियो मैले पनि तपाईं जे काम गर्नुभएको छ त्यही गर्दैछु अनि मेरो दाजुलाइ यस्तो काम गरे घर बनाए छोरीलाइ सहयोग गरे आदि आदि ! साथिहरु तपाईंले कोही आफन्तलाइ काठमाडौं वा कतै शहरमा घडेरी किन्न लागेको अथवा घर बनाउन वा त्यस्तै कुनै काम गर्न लागेको भनेर भन्नुस त उनीहरु सबै सम्पन्न जो छन उनीहरुको पनि तपाईंले बैना गरेकै दिनमा घडेरी बैना गरिएको हुन्छ ! घर बनाउने कुरा गर्नुस उसको पनि कोही भाइ छोराछोरी वा कसैको घर बन्न जग हाल्न लागेको भन्ने नाटक सुरु हुन्छ ! तपाईंले राम्रो काम कुनै गर्न लाग्नुभो भने तिनीहरु जल्छन जो तपाइलाइ बाराम्बार केही गर बाबू भनेर आदार्श छाटने र सहयोग गर्ने बचन दिन्थे ! तपाईंको आफन्त जो करोडौंको मालीक छन र उसबाट सहयोग लियर केही काम गर्ने सोच बनाएर जानुभयो भने र केही हल्का थोरै रिण नै माग्नुभयो भनेपनी उसले कहील्यै पनि तपाइलाइ रिण आफू दिदैन फलानोकोमा जानुस भन्देको छु भन्छ ! त्यो फलानो जोसले तपाईंलाई सबैभन्दा धेरै ब्याजदर लियर ठगीदिन्छ ! त्यो पैसा तपाईंको त्यही आफन्तकै हुन्छ ! पहीलेकै प्रसङ्गमा जाऔ कोही आफन्तबाट रिण सहयोग नपाएपछी हामीले शुरु गर्न लागेको काम अब नगर्ने मोडमा पुग्नै लागीसकेको थियौ ! एसैक्रममा एकदीन मेरो भेट फेसबुकमा द कोरियामा काम गर्ने एउटा साथीसङ्ग भयो कुरा गर्दै जानेक्रममा मैले भखरै गर्न लागेको कामको बारेमा सबै बेलीबीस्तार उनीलाइ लगाए ! उनी खुशी हुँदै केही सहयोग गर्ने वचन दिए नभन्दै उनले मेरो एकाउन्टमा पैसा हालीदीए र त्यही पैसा र हामीले कमाएको पैसा जम्मा गरेर हामीले काम सुरु गर्यौ ! हामीले काम सुरु गरेको त्यो दिन मेरा आँखा रसाए मैले मनमनै सोचे एउटा चिन्नु न जान्नु को साथी जो फेसबुकमा कुरा गरेको भरमा सहयोग गरे तर मेरा ती आफन्त जो मलाई सधै बिस्वास गर्थे मेरा हरेक पलमा सहयोग गर्ने वचन दिन्थे जो आज मलाई आपत पर्यो म केही गर्छु भन्दा जल्छन ! मुख पनि बोल्न नपाए हुन्छ जस्तो गर्छन ! उनीहरुलाइ लाग्दो हो यिनीहरु माग्न मेरो डेरामा झोली बोकेर आउन अनि एक कप चिया एकदुइमाना चामल दिएर उनीहरुलाइ मेरो आलीशान महल देखाएर केही थान सुसारे एउटा ठूलो टीभी सोफासेट र उनीहरु सङ्गै राती पनि सुत्ने एउटा बेलायते कुकुर साथमा राखेर आदर्शको गफ छाटन सकु आफ्नो सफलताको कथाहरु यिनीहरुलाइ भन्न पाइरहु ! यो त भयो आफन्तको कुरा एकै परीवारको दाजुभाइ बिच पनि हिजोआज सम्पतीकै लागि समाजमा रिसराग काटमार र बैमनस्यता थपीदै गएको भेटीन्छ ! एक ठाउको कुरा हो सानैमा बाबू बितेपछी दुख्सुख हलो कुटोकोदालो गरेर दाजुले भाइलाइ पढायो भाइ ठूलो भयो कमाउन बिदेश गयो राम्रै कमायो बिहे गर्यो शहरमा आलीशान महल बनायो ! बिचरा दाजु रिन लागेर गाउमा छटपटायो रिन तिर्न र छोराछोरी पढाउन शहर छिरेपनी उसलाइ कहील्यै शान्ती मिलेन ! हिजो त्यति दुख गरेर पढाएको भाइ जसले उसलाइ कहील्यै राम्रो नजरले हेरेन भाइले दाजुलाइ शहरको उसको आलीशान महलको एउटा रुम सम्म बस्न दियन ! अन्ततः पिडैपिडामा छटपटीएर उसले गलामा डोरी लागेर आत्महत्या गरेर ससार त्याग्यो !आफ्नै आमाको कोखमा जन्मीयको छोरो त यति निर्दयी बन्छ र स्वार्थ नै स्वार्थको जालोले घेरीन्छ भने अरुको त के कुरा भयो र ? शहरीया बसोबास र यहाको चालचलनको कारण दिनानुदिन बढदै गएको स्वार्थी स्वभाव धनको आडम्बरको यो किसिमको हाम्रो सामाजीक मनोबिग्यान हिजोआज बढदैछ दिनानुदिन सामाजिक मनोबिग्यान समाजको सान रवाफ कसरी बदलीदैछ र मान्छेहरु कति आडम्बरी भए भन्ने कुराको पत्ता लगाउनुछ भने भोजभतेर र कुनै सभासमारोहमा जानुपर्छ शहरको भोजभतेरमा जादा केही बर्स अगाडि सम्म उसका आफन्तहरु दुख्सुखका बात मार्ने गर्थे प्राय गफगाफमा गाउमा बा आमालाइ कस्तो छ ? खेतीपाती कस्तो छ ? गोरु घरमा छ कि छैन दुहुनो भैंसी घरमा छ कि छैन ? पढाइ कता पुग्यो ? यस्तै यस्तै तर आजभोलि समय बदलीयछ आजभोली त फलानोले यति कमायो फलानोले यति आना जग्गा जोडयो , फलानोले शहरमा घर बनाउदैछ , फलानो त कस्तो हुतीहारा केही गर्न सकेन फलानो त अहिलेसम्म पनी अर्कैको नोकरी गर्दै रैछ ,पढेर पनि के काम पैसा भएन भने आदी आदि ! एकदिनको कुरा हो म साथिको बिहेभोजको निम्तो मान्न एउटा पाटीप्यालेश जाँदै थीए मसङ्गै पढेको एउटा साथीले मलाइ भन्नुभो के पेशा गर्छौ भाइ ? मैले भने दाजु म केही पेशा गर्दीन उहाँ खित्का छोडेर हास्नुभयो अनि के गरेर बाच्छौ त राजधानीमा ? मैले जेसुकै काम गरेपनी अक्सर मलाइ त के काम गर्छस भनेर अल्ली ठूलो बनेर कसैले सोध्यो भने मलाइ सगर्ब अर्काको रेस्टुरेन्टमा भाडा माझ्ने कामदार हु !भनेर भनीदीन रमाइलो लाग्छ त्यो दिनपनी मेरो आडैमा करोडको गफ लगाउने राजधानी मा घर घडेरी को फुर्ती लगाउने साथीलाइ मैले म रेस्टुरेन्ट मा भाडा माज्ने कामदार हु भनेर भनीदीए त्यसपछि उहाको हेराइ र आवाज म बाट बिच्किएर अर्कै भद्र भलादमी तिर सोझीयो सायद उहालाइ मैले भाडा माझ्छु भन्दा लाज लागेछ वा भनौ घिन लागेछ क्यारे ! तर मलाइ त कहिल्यै कुनैपनी कामलाइ अपमान गर्नै आएन मलाई त यो देशमा बसेर यही देशको माटोमा चुम्बन खादै यही देशका जन्ता हुन वा बिदेशी पाउनालाइ स्वागत गर्ने अनि उनीहरुलाइ सेवा गर्ने कामप्रती गर्व लाग्छ ! मानौ मैले भाडा नै माझेपनी अर्काको देशमा गएर माझेको हु र ? म जअसता मेरा भाइहरु र दाजुहरुले रेस्टुरेन्ट मा भाडा कसैलेपनी नमाझ्दीए कसले माझीदीन्छ कुन ग्रहको मान्छे आएर माझीदीन्छ ?मैले प्लेट नै उठाउने काम गरेपनी युरोप अमेरिमा त्यहाको ग्रीन कार्ड हातमा बोकेर चौथो दर्जाको नागरीक भएर माझेको र उठाएको त हैननी ? यो समाजले कामलाइ किन अपमान गर्छ ?....
क्रमश

Saturday, June 23, 2018

हिक्मत भए सरकार रबि लामीछानेलाइ जेल हालेर देखाउ !

हजारौ नेपालीहरू जसले आफू जन्मीयको देशमा आफ्नो भबीस्य नदेखेपछी परीवारको पेट पाल्न गाउबाट अनेक सपना बोकेर रोजगारीकै लागि खाडी जाने सोच बनाइ राजधानी छीर्यो अनि यहाका केही नरपशु म्यानपावर दलालीले लाखौ रुपैया लुटेर कयौलाइ बिजोग बनायो , अनि कयौलाइ खाडीमा अलपत्र बनायो ,त्यही पिडीतलाई पीडा दिनेका बिरुद्ध ससक्त आवाज निकाल्यो रबी लामीछानेले, अनि कुवेतमा कयौं चेली दलाल ले हरीबिजोक बनाउदा नेपाल फर्काउन ज्यान हत्केलामा राखेर निडर भै साहासीक रुपमा काम गर्यो रबी लामीछानेले , ठेक्कापट्टा लिएर कुनै पाटीको झोले बनेर समयमा काम नसक्ने ठेकेदारको बिरुद्ध आगो भएर काम गर्यो रबीले बलात्कारी नरपिचास पशुहरुलाइ कर्बाहीको दायारामा ल्यायो रबीले , अनि आमुक नेताको जुठोपुरो खाएर गुलामी गरि ऐसारामको जिन्दगी जिउने कथित पत्रकार नामका पाटीका झोलेहरुको निद हराम गरीदीयो रबीले , नेपाली पत्रकारीता इतिहासमै सम्भबत सबैभन्दा साहासीक पत्रकारीता गर्ने पत्रकार हो रबी ! तसर्थ गरिबको , पिडितको, दुःख मा परेका हरुको आवाज हो रबि' तसर्थ कुनै झोले ले जति उसको आवाज दबाउने कोसिस गर्दैमा उ दविँदैन किनभने रबीलाइ थाहा छ यो देशमा यस्तो मान्छेको बिगबिगी छ जहाँ कुनै आमुक दलको जुठो खाएर सन्जालमा भुमीट गर्ने अपराधीहरुले कुलमान जस्ता मान्छेलाइ धुरुधुरु रुन बाध्य पारेका छन छन धुर्मुस र सुन्तली जस्ता मानव रुपी भगवान् लाई रुवाएका छन तसर्थ अहिले पर्दामा देखीयको जुन रबिको अमेरिकी पासपोर्ट कान्ड छ यो त सिर्फ एक बहाना मात्र हो यहाँ त , यो कान्ड भित्र ठेकेदार दलाल कालोबजारी नेताका भरौटे जत्थाहरु सबै सबैको ठूलो र भीत्रभीत्रै हात छ यो देशका सासक हरु जो दुधमा सोडा मिसाउनेलाई कानुनी रुपमा कारवाही गर्न नहुने / नमिल्ने भनीरहदा रबि लामिछाने, जस्ता सामाजिक अभियन्तालाई जेलमा सडाउनुपर्छ भनीरहनु आखीर के नौलो भयो र ? ‎ तसर्थ यो कसैले भनेजस्तो सतिले सरापेको देश होइन असत्ति पापीहरुले जत्थै जत्थाको हुलका हुल मान्छेले भरीएको मुलुक पनि हो यहाँ जति घटना बाहिर आउछन त्यो सबै सबै राम्रा मान्छेहरु नबोलेर अनि नराम्रा मान्छेहरु एकैमत भएर नै हो ।तसर्थ यो देशलाइ माया गर्ने हामी सबै मिलेर रबीको पक्षमा आवाज उठाउनु आजको आवश्यकता हो ! कुनै समयमा भारतबाट आएर नेपालमा राजनीति गर्ने केही नेता जसले आफुले नेपाली नागरिकता लिएपछी बाबुको पनि नेपाली बनाइदीदा हुलका हुल भारतीयलाइ नेपाली नागरीकता बाडेको समाचार बाराम्बार आइरहदा , यो मुलुकमा कसैको टाउको दुख्यो ? रबीलामीछाने जस्ता निस्पक्ष पत्रकारीता गर्ने पत्रकारले अमेरिकि पास्पोट फीर्ता गरेको भनीरहदा पनि यत्रो रोईलो आखीर किन हो ?? अनि के राम्रो काम गर्नु अघि यो मुलुकमा हजार पटक सोच्नु पर्दो रहेछ हो ? ईमान भएको मान्छे यो मुलुकमा बस्न नपाउने हो ? ल ठिकै मानीलीउ रबी बिदेशी नै नागरीक हो भनेनैपनी देश बनाउन अरु विदेशीको सयोग मान्य हुने रविको चाहिँ नहुने हो ? रबीले सार्बजनिक रुपमै अमेरिकि नागरिकता त्यागेर नेपाली लिएको प्रस्टै पार्दा पार्दै पनि जेल हाल्नुपर्छ आखीर किन भनीदैछ ? लामिछानेले ढिलासुस्ती,भ्रष्टाचार र कुशासनका बिरुद्ध अनि हामी जस्ता अावाजबिहिनहरुकाे अावाज बनेर बाेलेका हुन जुन निस्पक्ष पत्रकारीता गर्ने पत्रकार धर्म हो उनीले कान नाघेर मीचेर अहीलेसम्म के काम गरे ? उनले प्रहरी बनेर कसैलाई जेल हालेकाे,न्यायाधीश बनेर मुद्दाको फैसला गरेकाे प्रमाण कोसैसङ्ग छ ? यदी रबी लामीछाने अपराधी नै हो भने पनि उनी त्यो किसीमको अपराधी हुन जो ३ करोड नेपाली हरुको मन मुटुको जेलमा बिगत केही बर्सदेखी कैदमा छन तसर्थ म फेरि पनि दोहर्याइ दोहोर्याइ भन्न चाहान्छु भ्रष्टाचारि गुन्डागर्दी चोरफटाहा र बलातकारी कहील्यै कोहीपनी रबि लामिछाने र सत्यको पक्षमा हुदैहुदैनन तिनीहरुको लागि रबी अँखाको कसीङ्गर हो एटम बम हो अनी सुनामीको छाल हो ! तसर्थ यो निस्वार्थी रास्ट्रप्रेमी अनि हामीजस्ता आवाज बीहीनको आवाज बनीरहेको रबि लामिछाने लाई सक्छस भने जेल मात्र हालेर देखाउ सरकार !

नाम सन्तोष सिम्खडा
भिमसेन गाउपालीका २ गोर्खा !