नेपाली समाचार ,
Thursday, July 5, 2018
खुलापत्र !
सम्मानानीय शीक्षा मन्त्री ज्यु नमस्कार !
सर्बप्रथम हजुर आरामै हुनुहोला भन्ने आशा र बीस्वासका साथ पत्र कोर्दैछु तर यहाँ म चै आराम छैन त्यो आराम नहुनुको मतलब यो होइन कि मलाई कुनै रोगले ग्रसीत बनाएको छ ! कुनै रोगले नच्याप्दा पनि मलाई हीजोआज मन भतभत पोल्छ कुनै रोगले समातेको भए त मलाइ डाक्टरले दीयको औसधि सङ्गै आराम गरेको भए नीको हुन्थ्यो होला मन्त्री ज्यु मेरो मनको रोग न अस्पतालको औसधीले न डाक्टरले न बेडमा आराम गरेर हुन्छ !
मलाई जस्तै यो रोग आज लाखौ नेपालीलाई लाग्न थालीसकेको छ शैक्षिकसत्र शुरु हुनै लाग्दा शुरु भएको यो रोगले शैक्षिकसत्र शुरु भैसकेका दीनहरुमा अझै च्याप्नेछ !
मन्त्री ज्यु त्यो रोगबाट मुक्ति केही हदसम्म भएपनी कम गर्ने मसङ्ग उपाय भनेको सरकारी स्कुलमा छोराछोरीलाइ भर्ना गर्नु हुन्थ्यो होला तर मनमा रोग नै पालेरै भएपनी जति नै गाह्रो भएपनी मैले मेरो सन्तानलाइ बोडीङमा नै पढाउनुपर्ने बाध्यता छ कीनभने तुलनात्मक रुपमा सरकारी स्कुलमा पढाइको स्तर अतीनै कमजोर छ पुरातन ढररा अनुसार पढाइने गरीन्छ !
सरकारी स्कुलमा मास्टरले खुलेयाम राजनिती गर्छन।
हातमा मार्कर हुनपर्ने क्याम्पस चिफ जब VC बन्नको लागि पार्टीको झण्डा बोक्नै पर्ने , कुनै नेताको गुलामी गर्नैपर्ने अबस्था सीर्जना भै नै रहनेछ , तब सम्म शिक्षा क्षेत्रमा केहि होला भनेर आश गर्न सकीने अबस्था छैन तसर्थ देशमा बीकास समृद्धिको लागि पहिलो महत्त्वपूर्ण शर्त :विश्वविद्यालयमा हुने राजनितिकरण अन्त्य नै हो भन्ने कुरामा दुई मत छैन धेरै बीधालयहरुमा अहिले पनि नेताले आफ्नो कार्यकर्ता र आफन्तको भर्ति केन्द्र बनाका छन। बच्चाहरुको हेरचाहा र पढाइमा धान दीनु त कता हो कता सरकारी काम कहिले जाला घाम भनेझै समय कटाउने माध्यम जस्तो बनेको छ
त्यस्तै झन यो शिक्षा एेन नवौ संसोधन ले अबको विस वर्ष हाम्रो सार्वजनिक शिक्षालाइ उठ्नै नसक्ने गरि थीलथीलो पार्ने नीस्चीत छ तसर्थ
उहीँ पुरानो सोच उहीँ शैली उहीँ पद्दती उनै मान्छेले समयक्रम अनुसार बैज्ञानिक शीक्षामा जोड नदीइअकन अध्यापन गराइने बीध्यालयमा कसरी आफ्नो छोराछोरीको भबीस्य अन्धकार बनाउन भर्ना गर्नु !
शीक्षा मन्त्री ज्यु हरजोकोहीलाई पनि आफ्नो सन्तानले राम्रो गरोस पढोस भन्ने हुन्छ त्यसकारण
अर्काको दीनभर काम गरि दुख गरेरै पसीनासङ्ग पैसा साटने र त्यही पैसाले कोठाभाडा तीर्ने घरखर्च चलाउने छोराछोरी पढाउन नीकै हम्मे हम्मे छ म जस्ता सर्बसाधरणको लागि हीजोआज नेपालको शीक्षा अती महङ्गो भएको छ ! स्वर्गीय नारायण गोपालले गाएको गीतमा झै "आँखा छोपी नरोउ भनी भन्नुपर्या छ मुटुमाथी ढुङ्गा राखी हास्नुपर्या छ" भनेझै आफ्नो छोराछोरी सरकरी स्कुलमा पढाउने इच्छा हुदाहुदै पनि राज्यको गैरजिम्मेवारी र लाचारी पनको कारण महङ्गै स्कुलमा पढाउन बाध्य हुनुपरेको छ !
प्राइभेट स्कुलहरु महङ्गीले छोइसक्नु छैनन यदी राज्य जन्ताप्रती इमान्दार बन्दीने र सोच्दीने हो भने शिक्षा-स्वास्थ्य जस्तो संवेदनशील विषय सर्वसुलभ हुनुपर्ने थीयो नाफावालेका हातमा हुनैहुन्न थीयो ! अती सस्तो भनीयका प्राइभेट स्कुलमा पनि अहिले नर्सरीमा भर्ना गर्न १० औ हजार खर्च लाग्छ महीना फी २ हजार भन्दा कम कही छैन अनेक शुल्कमा लीइने खर्चले ढाड सेकीन्छ ! सामान्य १५/१८ हजार तलब खाने हामीजस्ता सर्बसाधरणलाइ नेपालको शीक्षा अतीनै महङ्गो भएको छ ! छोराछोरी पढाउनको लागि आधापेट एकछाक खाएर कति दीन बाच्नु नीक्कै मुस्किल छ जीवन धान्न बचाउन मन्त्री ज्ज्यु !कम्युनिस्टहरूले चलाएको देशमा आधा पेट र एकछाक खाएर छटपटीयको मनले प्रश्न सोध्छ मन्त्रीज्यु देशमा शिक्षा-स्वास्थ्यमा यो ब्रह्मलुट सुहाउने कुरा हो ??
हुन त कतिपय शिक्षा स्वस्थ (प्रा.)संस्थामा कम्निष्टहरुले लगानी गरेका देखीन्छ सुनीन्छ जसको कारण जति सार्बजनिक शीक्षा ध्वस्त भयो उतीनै प्राइभेट शीक्षामा ब्रहमलुट मच्चाउन पाइने हुदा पनि कतै हामी सर्बसाधारणले यति बीघ्न पीडा भोग्नुपरेको त हैन ?
एकातीर शीक्षामा ब्रह्मलुट त छदैछ अर्कोतीर हाम्रो शीक्षामा एक्काइसौं शताब्दी सुहाउदो बैज्ञानिक र प्रयोगात्मक शीक्षा भन्दा पनि परम्परागत र शैद्धान्तीक ढङ्गबाट अध्यापन गराउने चलन छ !
बाउआमाले छोराछोरीलाइ गाई गोठमा र बाख्रो खोरमा बाध्न लगाउछन अनि अँगेनाको डिलमा बसेर “गाईले घाँस खान्छ, बाख्राले स्याउला खान्छ” भन्ने पाठ घोकाउन लगाएको देखिन्छ। सीरानी हालेर सुत्ने सर्टीफीकेटको लागि हामीलाइ शीक्षा चाहीयको हैन सरस्वती भनेर कीताबलाइ पुज्ने शीक्षापनी हामीलाइ चाहीयको हैन हाम्रा छोराछोरीलाइ गरीखान सीकाउने किताब चाहीयो देश र जीवन बुझाउने किताब चाहीयो तर यो बर्तमान समयमा पढाइदै आएको शीक्षाले न त हामीलाइ गरीखान सीकाउछ न त देश र समाज बुझाउछ न जीवन बुझाउछ !
मन्त्री ज्यु
म सँगै पढेको एउटा परीवार थर हुनुभएका एक गाउलेले ५ कक्षा पढेर गाउमै आफ्नै पसल खोलेर लुगा सीलाउन थाल्नुभयो
अर्का सुनार भाइ ८ पढेर सुन को काम गरेर गाउमै मनग्गे कमाउनुहुन्छ अनी क्लासमा फस्ट हुने भट्ट थर भएका एक साथी खाडीमा भाडा माज्नुहुन्छ म बाहुन राजधानीमा बल्लतल्ल जीवन गुजारीरहेछु
नपढने मेरा ती साथीहरु गाउमै राम्रो गरेर बसीराछन् रजगज गरेर!हामी धेरै पढेका भनीयका बाउनहरुको हालत शहरमा बेहाल छ ! तसर्थ यो जीउन नसीकाउने बाच्न नसीकाउने शीक्षाको काम छैन
यस्तो अबस्थामा सबैलाई पढन मात्रै सीकाउने हैन गरीखान सीकाउने खालको, ब्याबसाय गरेर बाच्न सीकाउने खालको शिक्षा सुधारको मार्गमा अगाडि बढाउनुपर्ने हुन्छ यो अबस्थालाई बेलैमा सुधार्नु पर्ने टडकारो आवश्यकता छ सुधार्न ढिलो गरे स्थिति भयावह नबन्ला भन्न सकीन्न !
अहीले देश र समाजमा देखीयको भस्ट्रचार अनीयामीतता बेरोजगारी सामाजिक कुरीती बेथीतीले जरो गाडनुको केहीहदसम्म कारण नै हाम्रो शीक्षाको कमजो
सबैलाई ज्ञात छ पुजीवादमा धनबिना राजनीति असम्भव छ,दल र नेतालाई सहि कामगर्ने ब्यापारी ले धन दिदैनन वा दिन सक्दैनन!
राजनीतिमा धन भित्रीनुमा स्वार्थी चेतना र शिक्षाको ठुलाे हात छ जसले भ्रष्टाचार बढाएकाे छ,शिक्षा लाई सुद्धिकरण गरि समाजलाई नैतिकता र जिम्मेवारी बाेध गराउनु अत्यावश्यक छ!
हामीलाइ थाहा छ शीक्षाक भनेको समाजको ऐना हो समाज सुधार र परीबर्तनको लागि शीक्षाकको जति भुमीका समाजमा अरु कसैको हुनै सक्दैन १ जना सफल ब्यापारिले लाखौ ब्यक्त्ति सफल ब्यापारि बनाऊन सक्छ ? अह सक्दैन तर १ जना सफल शिक्षकले लाखौ ब्यक्त्तिलाई शिक्षित बनाऊन सक्ने हुदा शीक्षाक तालीम देखि योग्य शीक्षाक छनोट लगायत यावत बीसयमा सरकारले नीर्मम भएर अगाडि बढनैपर्छ !
पक्कैपनि दशकौंदेखीको शीक्षामा रहेको बीकीर्ती बीसङ्गती तत्काल सही मार्गमा ल्याउन सहज र सजिलो भने छैन तैपनि तत्काल कम्तिमा राज्यका सबै बिध्यालयहरुमा १-१२ सम्म पाठ्यपुस्तक, ड्रेस, पढाउने माध्यम र परिक्षा प्रणाली लागु गर्न सकीन्छ कम्तीमा यसो भएमा शिक्षामा भएको मनपरितन्त्र र माफिया तन्त्र केहि हदसम्म रोकीनेछ त्यस्तै राज्यको कोषबाट सेवा सुबिधा लिने वा भनौ सरकारी जागीर खाने पीउन देखि प्रधानामंत्रीका छोराछोरी राज्यकै लगानी भएको बिद्यालयमा पढाउनुपर्ने बाध्यकारी कडा कानुनि व्यवस्था गर्ने अनि कुनै पाटीको झोला बोकेर हिडेका भरमा सोर्सफोर्सको आधारमा स्कुल र बिश्वबिध्यालयमा शिक्षक, कर्मचारी स्थायी गर्ने, बढुवा गर्ने परिपाटी पुण रुपमा बन्द गर्नैपर्छ ! स्कुलमा शीक्षाकलाइ जुनकुनै पाटीको सदस्य भएर राजनीति गर्न छुट दीइनुहुन्न
त्यस्तै पूर्ण खुला प्रतिस्पर्धा अंगाल्ने व्यवस्था गर्न सकीन्छ
नीस्चीत समय समयमा स्कुल र कलेजमा समेत शिक्षकहरुको सरुवा हुने व्यवस्था गर्नैपर्छ कम्तिमा राम्रो अंक आएकालाई मात्रै शिक्षक बन्न पाउने व्यवस्था गर्न सकीन्छ शिक्षकलाई आफ्नो घर आगनमा जागिर खान नपाउने व्यवस्था गर्न सकीन्छ भने पैसाको भरमा डाक्टर, इन्जिनियर आदि पढ्न पाउने व्यवस्थाको अन्त्य अन्त्य गर्ने शैक्षिक माफियाहरुलाई नीयम बनाएर कडा कारबाही गर्ने र निजि स्कुलका ठुला माफियाहरूबाट सतर्क रहन सक्ने काम चै गर्न सकीन्छ
त्यस्तै मन्त्रीज्यु संविधानको भावना अनुसार आधारभूत शिक्षा निशुल्क गर्न सक्नुहुन्छ भने निजि बिद्यालय अबधि दिएर बन्द गर्ने कार्य शुरु गर्न सकीन्छ नेताको छोराछोरी नीशुल्क पढाउने र उपचार गर्ने काम बन्द गर्नुस अन्याथा समाजबाद उन्मुख जाने भन्ने हाम्रो सोच यो सब भन्ने कुरा न हुन भनेजस्तो हुनेछ , हामि दक्षिणपंथ तर्फ जानेछौ
बलियो सरकार छ, निर्बलियो विपक्षी छ । विरोधी खास छैनन् । सरकारले राम्रो गर्न चाह्यो भन्ने नसक्ने भन्ने केही छैन । मात्र आवश्यक छ तपाईंमा शैक्षिक क्षेत्रमा भएको ब्याथीती सुधार्नको खातीर दृण इच्छाशक्ति !
तसर्थ मन्त्री ज्यु शैक्षिक माफीयाको बीरुद्ध तपाईं र तपाईंको सरकार नीर्मम बन्नैपर्छ !
जबसम्म देशमा शिक्षा सुध्रदैन तब सम्म भ्रस्टाचार को यो बाक्लो तुवाँलो रोक्छु भनेर कसैले रोकीनेवाला छैन !
न पहाडमा रहेको देउकी प्रथा रोकीनेछ न तराईमा बालबिवाह दाईजो प्रथा रोकीनेछ यसको लागि एउटै उपाय भनेको अनिवार्य र गुणस्तरीय नि:शुल्क शिक्षा नै हो । तर हाम्रो शीक्षा गुणस्तरीय र सर्बसुलभ भएन
दुनीयामै नभएको शीक्षा र स्वास्थ्यमा नीजीकरण र मनपरीतन्त्र हामीमा भएको हुदा मैले माथी उल्लेखीत केही कुरा मात्रै भएपनी सुधार गर्न सकेमा हाम्रो सार्बजनिक शीक्षाको स्तर अबश्य बढनेछ यति गर्दा
यति काम गर्दा केही हजार शिक्षालाई ब्यापार बनाइ लुटने लुटेरा र माफिया ले जुलुस निकाल्लान ! तर करोडौं नेपालिहरु खुसि हुनेछन यदी यसो गर्न नसकेमा
समाजवादको गफ नदीनुस र आफुलाइ आफैले घोषणा गर्नु अब हामि विकृत पुंजिबादी हौ !
धन्यवाद !
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment