सांघाई÷एजेन्सी–
यो मेलाको नाम ‘तेस्रो वार्षिक माया र
विवाह एक्स्पो’ राखिएको थियो जसमा पुरुष वा महिला पटाउन हरेक सहभागीलाई आठ
मिनेट समय दिइएको थियो । तर, अविवाहित चिनियाँ युवायुवतीका लागि आयोजना
गरिएको यो मेलाको वातावरण भने रोमान्टिक थिएन । कारण थियो आयोजनास्थल ।
मेला फर्निचरसम्बन्धी एउटा सपिङ मलमा भएको कारण सबैलाई अनौठो लागिरहेको
थियो । तथापि धेरैले यहाँ आङ्खनो पार्टनर भेटाए । सप्ताहन्तका लागि तय भएको
मेलामा १८ हजार जनाले आङ्खनो नाम पहिले नै दर्ता गराएका थिए ।'
मेलामा ठूलठूला होर्डिङ बोर्ड राखिएका छन्
जसमा अविवाहित पुरुष र महिलाको सूची राखिएको छ, एउटा सूची गुलाबी रंगमा र
अर्को निलो रंगमा । गत शनिबार बिहान सुरु भएको मेलाको ढोका खुलेको केही
मिनेटमै अवलोकनकर्ताहरू सूचीमा रहेका नाम पढ्न र सम्भावित जोडीबारे सोच्न
थालिसकेका थिए । सूचीमा उनीहरूको उमेर, उचाइ, शिक्षा, वार्षिक आम्दानी र
बासस्थान पनि उल्लेख थियो । केही नोटकपीमा टिपोट गरिरहेका थिए भने केही
आङ्खनो मोबाइल फोनले इन्ट्रीमा राखिएका महिला–पुरुषको फोटो खिचिरहेका थिए ।
एउटा हलमा २० देखि ४० वर्ष उमेरका महिला पुरुष रातो र पहेंलो कपडाले
सजाइएका टेबुलको वारपार बसेर कुराकानी गरिरहेका थिए ।
नजिकै राखिएका लाउड स्पिकरहरूमा नोराह
जोन्सको लभ सङ मधुरो आवाजमा बजिरहेको थियो । ‘आठ मिनेट लामो डेटिङमा
तपाईंहरू सबैलाई स्वागत छ,’ कार्यक्रमका प्रस्तोताले अन्तमा सम्बोधन गरे ।
आठ मिनेट सकिएपछि पुरुषहरूले एउटा सिट अगाडि बढ्नुपथ्र्यो । त्यसपछि अर्को
आठ मिनेट अर्का महिलासँग कुराकानी सुरु हुन्छ । केही सहभागीका लागि यो नै
जीवनको पहिलो डेटिङ थियो । ‘यो फलदायी भयो । शोधजस्तै,’ क्यानडा
विश्वविद्यालयबाट गर्मी विदामा फर्केका २० वर्षीय यिजिन बाईले भने । उनले
यसअघि आङ्खनो कुनै केटीसाथी नभएको बताए ।
‘चीनमा किशोर–किशोरीलाई हाईस्कुलमा
रोमान्टिक सम्बन्ध बनाउन निरुत्साहित गरिन्छ,’ उनले भने, ‘म यहाँ महिलाहरू
पुरुषबाट के चाहन्छन् भन्ने बुझ्न आएको हुँ ।’ ‘उनीँहरूसँग सोधेपछि मैले
केही जानें । उनीहरू अभिभावकमा निर्भर हुने पुरुष मन पराउँदैनन्,’ उनले
अगाडि थपे । उनी झेनाई इन्कर्पोरेसनले आयोजना गरेको ‘स्पिड डेटिङ’मा सहभागी
भएका हुन् जसले चीनको सबैभन्दा ठूलो म्याचमेकिङ वेबसाइट सञ्चालन गर्दै
आएको छ । यो कम्पनीका अनुसार उसका ५ करोड ८० लाख युजर्स छन् र यो हरेक
महिना १० लाखले बढिरहेको छ । झेनाईका संस्थापक तथा कार्यकारी प्रमुख सङ ली
हुन् ।
उनले कोलम्बिया विश्वविद्यालयबाट अध्ययन
पूरा गर्नुका साथै पूर्वबैंकर पनि हुन् । उनका अनुसार सन् १९७९ मा लागू
गरिएको एक सन्तान नीतिका कारण युवा चिनियाँमा सामािजक सीपको अभाव हुन
थालेको छ जसमा डेटिङ पनि पर्छ । ‘धेरै बालबालिका सन् १९८० पछि जन्मिए र
उनीहरूका दाजुभाइ तथा दिदीबहिनीसमेत छैनन् । त्यसैले उनीहरूलाई विपरित
लिंगीसँग कस्तो व्यवहार गर्नुपर्छ भन्ने नै थाहा छैन,’ लीले भने ।