काठमाडौ, भाद्र १६ - २१ वैशाख २०६८ को साँझ त्यस्तै साढे आठ जति बजेको हुँदो हो । सिमसिम पानी परिरहेको साँझ म लैनचौरबाट सोह्रखुट्टेतर्फ पैदल जाँदै थिएँ । एक्कासि अगाडिबाट ठोक्किन आइपुगेका तीन-चार युवकको समूहले मलाई ठेल्दै दुई-तीन कदम पछिल्तिर लतार्यो । उनीहरूबाट छुट्टँिदा शरीर अलि असन्तुलित भयो । कम्मरपेटी खुस्केको थाहा पाएर छामें । दायाँतर्फ भिरेको मोबाइल फोन गायब भएछ ।
पछाडि फर्केर हेर्दा युवकहरू सडकबाट हराइसकेका थिए । केही बेरपछि वनस्थली पुगेर लुटिएको नम्बरमा फोन गरें । पूरै घन्टी जाँदा पनि फोन उठेन । अर्कोपटक प्रयास गर्दा स्विच अफ भइसकेको थियो । भोलिपल्ट बिहानै चितवनतिर लागें । चार दिनपछि काठमाडौं फर्केर उजुरी दिने विचारले महानगरीय प्रहरी वृत्त महाराजगन्ज पुगें । त्यहाँका तत्कालीन प्रमुख, डीएसपी दीपक थापाले मोबाइल लुटिएपछिको कल डिटेलसहित उजुरी गर्न सल्लाह दिए ।
लुटिएको मोबाइलमा डायल गर्दा कहिले फोन उठ्दैनथ्यो । कहिले व्यस्त सुनिन्थ्यो । कहिले अफ गरिएको हुन्थ्यो । एकपटक फोन उठ्यो । एक युवतीको आवाजमा 'यो मोबाइल मेरै हो' भन्ने जवाफ पाएँ । मैले आफन्त र साथीहरूलाई मोबाइल लुटिएको जानकारी गराएँ । मोबाइल फिर्ता दिन फोनबाट आग्रह गर्ने मेरो एक साथीलाई ती युवतीले भनिछन्, 'यो मोबाइल मैले उपहार पाएकी हुँ ।'
त्यो थाहा पाएपछि मैले उनीसँग मोबाइल फिर्ता गरेमा त्यसको मूल्य बराबरकै नगद पुरस्कार दिने प्रस्ताव राखें । त्यो मोबाइल सामान्य र सस्तो खालको थियो । तापनि जवाफमा ती युवतीले सिमकार्डसहित केटा साथीबाट उपहार पाएको त्यो मोबाइल आपmनो लागि अमूल्य भएको प्रतिक्रिया दिइन् । यसको मतलब कसैले हिंसापूर्वक मेरो मोबाइल लुटेर प्रेमको सौगातस्वरूप उनलाई दिएको रहेछ । त्यसपछि उनका निकटवर्तीहरूसँग कुराकानी हुँदै गरोस् भनी थप दुई-तीन दिन चुपचाप बसें ।
लुटिएको नवौं दिन एनसेलको मुख्यालय बुद्धनगर गएर लुटिएपछिको कल डिटेल लिएँ । त्यसलाई निवेदनसँगै नत्थी गरी २०६८ जेठ २ गते दिउँसो १० रुपैयाँको टिकट टाँसेर प्रहरी वृत्त महाराजगन्जमा उजुरी दिएँ । निवेदन दर्ता चलानी शाखामा बुझाए पनि त्यहाँका प्रहरीहरूले त्यस प्रकृतिको ठाडो निवेदन दर्ता गर्नु नपर्ने बताउँदै सोझै इन्स्पेक्टरकहाँ तोक लगाउन पठाए ।
मैले कल डिटेलका आधारमा पछिल्ला आठ दिन आपmनो मोबाइलसँग अत्यधिक सम्पर्क भएका दुई र अलि कम वार्तालाप भएको देखिने अरू दुई गरी चारवटा नम्बरहरू शंकास्पद ठान्दै तिनैमार्फत् लुटेराहरूको खोजतलास गरिदिन प्रहरीलाई अनुरोध गरेको थिएँ । कार्यालयका तत्कालीन इन्स्पेक्टर ओमप्रकाश खनालले मेरो निवेदनमाथि कारबाही चलाउन सई दानबहादुर मिरिङचिरिङलाई तोकिदिए । सईले मेरो निवेदन पाउनासाथ शंकास्पदमध्येको एउटा नम्बरमा फोन गरे । लाउड स्पिकर खोलेर मलाई पनि संवाद सुनाए ।
सईले सोधे, 'तपाईं को बोल्नुभो ?'
प्रतिप्रश्न आयो, 'तपाईंले कहाँ गर्नुभो ?'
सईले चनाखो शैलीमा थपे, 'तपाईंलाई नै गरेको, अहिले कहाँ हुनुहुन्छ ?'
उताबाट जवाफ आयो, 'म बालाजुतिर छु ।' त्यसपछि मोबाइल काटियो । सई मिरिङचिरिङले दोहोर्याएर डायल गरे । फोन उठेन । दस मिनेटपछि फेरि डायल गरे । त्यसपटक उठ्यो । पृष्ठभूमिमा गाडीको हल्लाखल्ला सुनियो । सईले आपmनो परिचय दिँदै दुई प्रश्न एकैसाथ गरे, 'तपाईंको नाम के हो ? अहिले कुन ठाउँमा हुनुहुन्छ ? जवाफ दिनेले अकमकाउँदै के भने प्रस्ट बुझिएन । सईले कडिकडाउ गरे, 'लुटिएको मोबाइलको कल डिटेलमा तपाईंको नम्बर देखियो । तुरुन्त प्रहरी वृत्त महाराजगन्ज आउनुस् । नत्र हामी पक्राउ गर्छौं ।'
फोन फेरि काटियो ।
सईले मसँग भने, 'एउटा कुरा त अहिल्यै पत्ता लागिसक्यो ।'
म उत्सुक बनें, 'के कुरा ?'
'यो मान्छे गाडीको कन्डक्टर या खलासी हो ।' मैले आश्चर्य मान्दै जिज्ञासा राखें, 'कसरी थाहा पाउनुभो ?'
उनको जवाफ सरल थियो, 'पहिले बालाजुमा छु भन्थ्यो, एकैछिनपछि सोह्रखुट्टे पुगेछ । यो पक्का खलासी हुनुपर्छ ।'
निवेदन दिनासाथ अनुसन्धानमा प्रगति भएको आभास मिल्यो । उनी र म प्रहरी कार्यालय परिसरअगाडिको सुरक्षा पोस्टको मचानमा बसेर ती 'वारेन्टेड' व्यक्तिको बाटो हेरिरह्यौं । आधा घन्टा बितिसक्यो आउँदैन बा ! सईले मलाई सान्त्वना दिए, 'पुलिसले बोलाएपछि नआई सुखै पाउँदैन । भागेर काहीं जान सक्दैन । हामी जसरी पनि समात्छौं ।'
मलाई मोबाइलभन्दा बढी त्यसमा सुरक्षित झन्डै १२ सयजनाका नम्बरहरू मूल्यवान् थिए । लुटेर भाग्नेहरूलाई अपराध गरेपछि उम्कन सकिँदोरहेनछ भन्ने सबक सिकाएर सुधारको बाटोतिर तान्न मात्र पाए पनि पुग्थ्यो । थप केहीबेर पर्खंदा पनि बोलाइएको व्यक्ति हाजिर नभएपछि सईले भने, 'त्यो मान्छेले आज टेरेन, अब काठमाडौं जिल्ला प्रहरी कार्यालय हनुमानढोकालाई पत्र लेखेर उसले मोबाइल लिँदा पेस गरेको व्यक्तिगत विवरणबाट तीनपुस्ते माग्छौं । त्यसैको आधारमा समातेर तपाईंलाई खबर गर्छौं, अहिले जानुस् ।' मेरो सम्पर्क नम्बर निवेदनमै थियो । उनको पनि फोन नम्बर टिपेर म बिदा भएँ ।
एक सातासम्म खबर आएन । सईलाई फोन गरेर सोधें । उनले भने, 'हामीले हनुमानढोकालाई पत्र पठाएका छौं । जवाफ आउन बाँकी छ ।' राजधानी सहरका व्यस्त प्रहरीहरूलाई मेरोभन्दा महत्त्वपूर्ण अरू काम पनि गर्नुपर्ने हुँदा ती लुटेराहरूलाई सजायको दायरामा ल्याउन उनीहरूको भन्दा बढी मेरो सक्रियता जरुरी थियो । त्यसकारण त्यो मामिला टुङ्गोमा पुर्याउनुलाई मैले ठूलै काम ठानें । म प्रहरीले लुटेरा समातेर किटान गरिदिएको देख्न पाउने प्रतीक्षा व्यग्रतापूर्वक गरिरहें ।
मसँग प्रहरीलाई पर्खनुको विकल्प थिएन, किनभने अपराधको जाँचबुझ गर्ने अधिकार नागरिकलाई छैन । लुटेरा पहिल्याउने मिसनलाई नै मुख्य काम बनाई निवेदन दिएको एक सातापछि म लामै फुर्सद लिएर काठमाडांै पसें । महाराजगन्ज वृत्तमा मेरो मामिला हेर्ने सई भेटिएनन् । अनेक उजुरीहरूको खातमा पुरिएर बसेको निवेदनचाहिँ मुद्दा शाखामा फेला पर्यो । त्यस बेलासम्म मेरो लुटिएको मोबाइल तिनै युवतीले चलाइरहेकी थिइन् । एकपटक मैले फोन गर्दा उनले यसरी धम्की दिइन्, 'प्रहरीमा उजुरी गर्नेले मोबाइल फिर्ता लिने हिम्मत भए बेत्रावती नदीको पुलमुनि मध्यरातमा आउनू ।'
मेरो काठमाडौं मिसन र लुटेराको पक्षबाट आएको धम्कीबारे थाहा पाएपछि सुरक्षा बिटमा पत्रकारिता गर्ने साथी दीपक रिजालले शंकास्पद नम्बरहरू टिपाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोमा टेलिफोनबाट उजुरी दिए । उता पनि अनुसन्धानको जिम्मा एकजना सईले नै पाएछन् । मैले भोलिपल्टै ती सईसँग सोधें । उनले 'अहिले अलि हतारमा छौं, केस ह्यान्डल गरेपछि हामी नै खबर गर्छौं' भन्ने जवाफ दिए । अलि दिनपछि फोन गर्दा उनले भने, 'हामीसँग फोनको सिग्नल पछ्याएर मान्छे पत्ता लगाउने साधन त छ तर यति सानो केसमा बयुरोले हात हाल्न मिल्दैन, थाहा पाए भने हाकिमहरू रिसाउँछन् ।'
मैले एसपी ईश्वर कार्कीलाई फोन गरी पीडित नागरिकका रूपमा आपmनो समस्या राखें । यस्तो मामिलामा केन्द्रीय अनुसन्धान ब्युरोले काम गर्न मिल्ने/नमिल्नेबारे पनि सोधें । उनले जवाफ दिए, 'ब्युरोले गर्ने नै यस्तै काम हो तर मैलेचाहिँ जागिर छोडिसकें । तपाईं कार्यालयमा उजुरी गर्नुस् ।' सई मिरिङचिरिङसँग फोनमा कुराकानी भइरहन्थ्यो । लुटेरा पहिल्याएपछि मलाई खबर गर्ने आश्वासन उनी दिन्थे । म त्यसपछिका झन्डै डेढ महिनासम्म चुपचाप आपmनो काममा व्यस्त भएँ । त्यस बेलासम्ममा मैले नयाँ सिमकार्ड निकालेर लुटिएको नम्बरमा आउने फोन आफैंले रिसिभ गर्न थालिसकेको थिएँ । बेलाबेलामा चेतावनीपूर्ण कलहरूको पनि सामना गर्नुपथ्र्यो । त्यस्ता नम्बरहरू कल डिटेलमा सुरक्षित थिए ।
२२ साउन २०६८ को अपराह्न जेठ २ पछिका थप १० दिनको कल डिटेल लिएर म प्रहरी वृत्त महाराजगन्ज पुगें । सई मिरिङचिरिङ सरुवा भएर रानीपोखरी गएछन् । मुद्दा शाखाका प्रहरीहरूले मेरो निवेदन फेला पार्न सकेनन् । खोज्ने जिम्मा मलाई नै दिए । कागजपत्रका फाइलहरूको थाकमा हराएको निवेदन साँझसम्म खोज्दा पनि भेटिएन ।
कारबाही सकिएर बन्द भएका फाइलहरूको पोकाको पिँधमा घन्टौंपछि पत्ता लाग्यो, भोलिपल्ट । पुराना सई मिरिङचिरिङको ठाउँमा त्यस बेला अर्का सई आएका रहेछन् । कार्यालयबाहिरको चउरमा गएर उनैलाई भेटें । मेरो निवेदनमाथि अब के कारबाही हुन्छ भनेर सोधें । उनले निवेदन पढेर टिप्पणी र प्रश्नसँगसँगै गरे, 'तीन महिना भइसकेछ । तपाईंको मोबाइल कति मूल्यको थियो ?'
मैले भनें, 'मोबाइल महँगो भएर भन्दा पनि नागरिकको कर्तव्य पूरा गर्न निवेदन पछ्याइरहेको हुँ सई सा'ब ।' शिरदेखि पाउसम्म नियालेर सँगैको खाली कुर्चीमा बसाल्दै गुरुङले मेरो पेसा सोधे । जवाफ दिएँ, 'एउटा नागरिकको भन्दा बढी हैसियत मसँग केही पनि छैन । प्रहरीले समाजमा दण्डहीनतालाई प्रोत्साहित गरेको छ भन्ने लाञ्छना गलत सावित भएको देख्न मन मराउने सर्वसाधारण नागरिक हुँ ।'
त्यसपछि गम्भीर देखिएका सईले मुद्दा शाखाका प्रहरी जवान सुवास नेपालीलाई बोलाएर मान्छे पक्रने आदेशसहित मेरो निवेदन जिम्मा लगाए । नेपाली निवेदनसँगैको कल डिटेल अध्ययनतिर लागे । सई गुरुङले मलाई पछि खबर गरौंला भन्दै बिदा दिए । त्यसको दुई घन्टा नबित्दै प्रहरी जवान नेपालीले मलाई फोन गरेर भने, 'मान्छे पक्राउ पर्यो, तपाईं कार्यालयमा आउनुस् ।' प्रहरीको त्यस्तो द्रुत उपलब्धिबाट म चकित भएँ ।
मेरो लुटिएको मोबाइलमा सर्वाधिक वार्तालाप गर्ने व्यक्ति समातिएका रहेछन् । लामो कपाल पालेका, भर्खर जुँगाका रेखी बस्दै गरेका ती युवक मिजासिला र सोझा देखिन्थे । मैले उनलाई 'भाइ' भनेर सम्बोधन गरें । उनी स्वयम्भू यातायातको गाडी चालक रहेछन् । उनको साथमा यातायात समितिको पदाधिकारी बताउने अरू दुईजना पनि थिए । सई गुरुङले म र उनीहरूलाई सँगै राखेर भने, 'अब तपाईंहरू दुई पक्ष वार्ता गर्नुस् ।
मलाई सईको प्रस्ताव चित्त बुझेन । आपmनो धारणा प्रस्ट्याएँ, 'सके दोषी प्रमाणित गर्नुस्, नसके छुट्कारा दिनुस् । यसमा मेरो कुनै हस्तक्षेप हुँदैन ।' उनी दोषी किटान भएका थिएनन् । राज्यको फौजदारी कानुन नागरिकले हातमा लिने पनि होइन । मैले वार्ता इन्कार गरेपछि थप अनुसन्धानको दायित्व प्रहरीको काँधमा गयो । सईले खुसुक्क भने, 'यो मान्छे स्वयम्भू यातायात समितिको बसचालक रहेछ । उसलाई थुन्यो भने सयौं मजदुर र व्यवसायी आएर प्रहरी कार्यालय घेर्छन् । संगठित दबाब थेग्नै गाह्रो हुन्छ । तपाईं छलफलबाट मिलेको भए राम्रो हुन्थ्यो,' मैले उनको अपेक्षा सुनिदिएँ मात्र ।
प्रहरी जवान सुवास नेपाली मेरो टेलिफोन कलहरूको विश्लेषण गर्न लागे । वार्तालाप भएको देखिने नम्बरहरूका आधारमा सम्पर्क सञ्जाल पहिल्याएर चाखलाग्दा निष्कर्षहरू निकाल्दै समातिएका युवकलाई उनले केहीबेर सोधपुछ गरे ।
आरोपित युवकले लुटिएको फोन र नम्बरबारे पटक्कै थाहा नभएको दाबी गरे । गाडीमा काम गर्ने कन्डक्टरहरूले आपmनो मोबाइलबाट लुटेरासँग कुरा गरे होलान् भन्ने जवाफ दिए । दुई महिनामा ४० जना जति कन्डक्टर बदलिएकाले तिनैमध्येको कोही लुटेरासँग नजिक हुन सक्ने उनको भनाइ थियो । 'पत्ता लगाएर हामीलाई बुझाइदिन सक्नुहुन्छ ?' भनी प्रहरीले सोध्दा उनको जवाफ थियो, 'कति आए, कति गए । सबैलाई सम्झन सके पो चिनेर बुझाउनु !' त्यति बयान सुनेपछि सईले ती युवकलाई भोलिपल्ट बिहान १० बजेको तारिख दिएर उनको सवारीचालक अनुमतिपत्र धरौटी लिई बिदा गरे । लुट्ने व्यक्ति नपक्राएसम्म उनले धाउने तारिखमा म पनि आइरहनुपर्ने बताए ।
तारिख धान्न तोकिएको बेलामा पुगें । आधा घन्टा पर्खेपछि तारिखवाला व्यक्ति उपस्थित भए । टन्न यात्रुले भरिएको गाडी चलाएरै आएका थिए । उनी कार्यालय परिसरमा बस्नेबित्तिकै यात्रुहरू 'गन्तव्यमा पुग्न ढिला भयो' भन्दै चिच्याउन पुगे । 'यात्रु' को हुटहुटीले प्रहरीबाट छिट्टै छुट्कारा पाएका बसचालक बिदा हुने बेला भन्दै थिए, 'म त मजदुरी गर्ने मान्छे, कामै छोडेर आए बेलुका भोकै सुत्नुपर्छ, यात्रु नचढाएर के गर्नु ।' प्रहरीले 'मुख्य दोषीलाई लिएर गाडी र यात्रुबिना हाजिर हुनू' भन्दै सात दिनको तारिख दिई पठायो । मलाईचाहिँ लुटेरा समातिएपछि खबर गरौंला अब आउनु पर्दैन भनेर बिदा दियो । युवकले मेरो मोबाइल नम्बर टिपेर लगे ।
साँझ आठ बजेतिर तिनै युवकले मलाई फोन गरेर 'समितिको मान्छेसँग कुरा गर्नुस्' भन्दै अर्को व्यक्तिसँग बोल्न लगाए । ती अपरिचितले आफूलाई यातायात समितिको मान्छे भनेर चिनाउँदै मसँग प्रस्ताव राखे, 'तपाईंको मोबाइल लुटिएको केसमा हाम्रो समितिको चालकलाई प्रहरीले निर्दोष हुँदाहुँदै पनि दुःख दिइरहेको छ । लुट्ने मान्छे फेलै पर्दैन । तारिख धाइरहनुभन्दा तपाईंलाई मोबाइलको क्षतिपूर्ति हामी दिन्छौं, निवेदन फिर्ता लिइदिनुस् ।' मैले उनलाई प्रहरीबाट भइरहेको अनुसन्धानमा आफूले हस्तक्षेप नगर्ने र जे गर्नुपर्छ प्रहरीले नै गर्ने जवाफ दिएँ ।
त्यसपछिको तारिखमा म गइनँ । प्रहरी कार्यालयबाट खबर पनि आएन । एक महिनापछि आफंै गएर बुभmदा ती सई संयुक्त राष्ट्रसंघको शान्ति मिसनमा विदेश गइसकेछन् । कार्यालयमा खोजतलास गर्दा न मेरो निवेदन भेटियो न त तारेखमा रहेको व्यक्तिबारे कुनै अभिलेख नै ।
सात महिनासम्म कुरेर २०६९ वैशाख १२ गते प्रहरी कार्यालय गएँ । उही अभिलेखको खोजतलास गरें । लुटका ती प्रमाणहरू नै फरार भएछन् ! मेरो निवेदनबारे जानकारी भएका प्रहरीहरू पनि भेटिएनन् । फेरि जेठ १४ र १५ गते लगातार धाएर पहिले मलाई सहयोग गर्ने प्रहरी जवान सुवास नेपालीको सहयोगमा धुइँपत्तालसँग खोजें । सबै पोकापुन्तुरा केलाएँ । सोधपुछका लागि ल्याइएका र तारेखमा राखिएका आरोपितहरूको अभिलेख रजिस्टर पनि एउटै नछाडी पल्टाएँ । प्रमाणको कुनै नामोनिसान फेला परेन । मुद्दा शाखाका प्रहरीहरूले अभिलेख नै नभेटिएकाले केस टुङ्गएिको जनाउ दिए । म फेरि खोज्न नजाने गरी घर फर्किएँ ।
लुटिएपछिका लफडाहरूको अनुभव सुनाउँदा मेरा कतिपय साथीहरू प्रहरीसँग पत्रकार हुँ भन्ने परिचय नखोलेर मैले गल्ती गरेको बताउँछन् । म भन्ने गर्छु, 'आम नागरिकको पुर्पुरोबाट हराएको न्याय पेसाको पहँच देखाएर लिनुको के अर्थ ?' नागरिकको सेवा गर्न पालिएका प्रहरीको व्यवहार पेसा, पद र प्रतिष्ठापिच्छे फरक होइन, सबैलाई समान पो हुनुपर्छ !
आखिर मैले गुमाएको केही छैन । प्रहरीले चाहिँ एउटा नागरिकको विश्वास जितेर पाउने मनदेखिको स्याबासी गुमायो । प्रहरीबाट फुत्किएको त्यही एक थान स्याबासी आजसम्म बेवारिसे छ !ekantipur.com

No comments:
Post a Comment