सामाजिक संजाल अझ त्यो पनि फेसवुकमा बिभिन्न स्टाटस एवं फोटोहरु राख्ने चलनले यति ब्यापकता पाउन थाल्यो कि कहिलेकाहीँ त तश्वीर किन खिच्ने भन्दा फेसवुकमा राख्न भन्ने झैं भैसक्यो ।
यो संगसंगै जन्मदिनका अवशरमा, विवाहको बर्षदिनको अवशरमा, पास भएको अवशरमा होस, या विदेश गएको अवशरमा, या त स्वदेशमै केही गरेको अवशरमा होस्, हरेक अवशरका स्टाटस तथा फोटोहरु मान्छेले पोष्ट गरिरहेका हुन्छन् ।
मान्छे, जातैले आरिसे प्राणी । अझ प्रशंसा, बधाई, शुभकामनाको त झनै भोको हुन्छ । यो भोक कहिलेकाहीँ
गज्जपले नै लाग्छ । तर यो पाउनेपनि उपाय छ । बुद्धी लायो भने मज्जाले पाइन्छ बधाईका ओइरो । शुरुवात गर्नमात्र गारो हो । आफैंले शुरु गर्ने केही काइदा यस्तो छ । फेसवुकमा प्रायः जसो राखिएका स्टाटस र तश्वीरहरु हेर्दा यस्तो पाईयो बधाई पाउने काइदा ।
१. बिहे गरिए : दुलाहादुलहीको आफ्नै फोटो राख्ने र लेख्ने जिवनसंगीको साथ पाईयो । ए, तेस्पछि त थामि नसक्नु बधाइ
२ बिहे गरेको बार्षिकोत्सव भए : हेर्दाहेर्दै १ बर्ष / ५ बर्ष/ ७ बर्ष पुगेछ उनीसंग बाँधिएको भन्ने । अनि बधाई खाएर बस्ने ।
३ सन्तान जन्मिए : आजबाट बा वा आमा भइयो भनेर सन्तानको फोटो राख्ने । बधाईको ओइरो लाग्छ ।
४ सन्तान स्कुल जान थाले : बुढो भइएछ, छोरी वा छोरी स्कुल जान थाले भन्ने , बधाई खाने ।
५ पास भए : सोचेजस्तो नम्बर त आएन, तर बिए,एम ए सकियो भन्ने । सर्टिफिकेटको फोटो राख्ने, अनि बधाई हेर्दै दंग पर्ने ।
६ बिदेश गए : नेपाललाई गाली गर्दै याँ का बाटो कत्ति सफा भन्ने । अनि आउँछ बधाई, कैले पुगिस बधाई छ भन्दै ।
७ नेपाल भित्रै गए : काठमाण्डौं भन्दा वा आफु बस्या भन्दा यो ठाऊँ कत्ति राम्रो, नराम्रो,गर्मी जाडो भन्ने र फोटो राख्ने । अनि बधाई हेर्ने ।
८ पैसो मारिए : फलाँस भन्दा त म्यारिज नै फाप्छ आफुलाई भनेर टक्क २१ पत्ती तासको फोटो राख्नी । ए वधाई त कत्ति कत्ति ।
९ डिभी परे : जान त मन थिएन, परिहालेछ भनेर स्टाटस लेख्ने , अनि आउँछ राष्ट्रप्रेमपूर्ण बधाई
१० जागिर पाइए : ब्यस्त भइयो वा नयाँ काम भनेर अपीसाँ काम गरेको फोटो राख्ने, बधाई थाप्ने
११ लेख छापीए : छापीदिएछन् यस्तो भनेर इकपी राख्ने, बधाईको ओइरो लाग्छ ।
१२ जन्मदिन परे : फेरि १ बर्ष बुढो भइयो भनेर लेख्न , अनि कुर्चीमाथी खुट्टा राखेर बधाई गन्ने :पी
र अन्त्यमा, बिशेष कुरो, जे सुकै राखेपनि फेसवुकले दिएको लिमिटले भ्याएसम्म सप्पैलाई ट्याग गर्ने, चाहे उनीहरुसंग सम्बन्धित होस् या असम्बन्धित । यत्ति काइदा लाउनुस, अनि हेर्नोस् बधाईको ओईरो कसरी लाग्छ ।
आफुले यत्ति सम्झीईयो अहिलेलाई, अरु पनि केही उपाय भए तल कमेन्टमा पाम है । खै त मलाई बधाई ?? :पी
Wednesday, 1 May 2013

No comments:
Post a Comment