काठमाडौं,चैत
२१ । नेकपा–माओवादी निकट सञ्चार छापाखाना र प्रकाशन मजदुर संघले
काठमाडौंको बालाजु र भक्तपुर गरी एनसेलका २० वटा मूख्य टावरहरु ध्वस्त बनाई
दिएको छ । निष्काशित मजदुरहरुको आक्रमणबाट ८१ वटा साइटमा सम्पर्क विच्छेद
भएका छन् । बालाजुमा ध्वस्त गरिएका टावरबाट सानो भर्याङ, ठूलो भर्याङ,
ककनी, टोखा, नुवाकोटदेखि रसुवासम्मका सबै साइट टावरहरु निष्कृय भएका छन् ।
भक्तपुर नयाँ ठिमीका मूख्य टावरध्वस्त हुँदा काभ्रे, सिन्धुपाल्चोक हुँदै
नेपाल चीन सीमाना तातोपानीसम्मका ६२ वटा साइट निष्कृय भएका छन् ।
नेकपा–माओवादी निकट मजदुरहरुको आक्रमणबाट यसअघि १४ वटा मूख्य टावहरु ध्वस्त
भएका थिए । आक्रमणबाट क्षतिग्रस्त भएका टावरहरु एनसेलले अहिलेसम्म मर्मत
गर्न सकेको छैन । नेपाल स्याटलाइट टेलिकम ‘हेलो नेपाल’बाट निष्काशित ८७
जनाकर्मचारीहरुलाई विनासर्त पुनःवाहालीको माग राखेर मजदुरहरु मंसिर–२०
गतेदेखि आन्दोलन गर्दै आएका छन् । सन् २०११ मा हेलो नेपाललाई बहुराष्ट्रिय
कम्पनी टेलियासोनेराले खरिद गरेपछि अहिले टेलियासोनाको नेपाल मूख्यालय
एनसेलमा पनि आन्दोलनसुरु भएको थियो । गत सोमबार कलंकीस्थित एनसेल सेन्टरमा
मजदुरहरुले आक्रमण गर्दा ३ करोड बराबरको क्षति भएपनि टेलियासोनेराले सो
घटनालाई सार्वजनिकगरेको छैन । बुधबार ध्वस्त भएका २० वटा टावरबाट सञ्चालित
८१ वटा साइटहरु निष्कृय हुँदा दैनिक आम्दानी हुने करोडौं रकम
टेलियासोनेरालाई घाटा भएको छ । माग पुरा गर्न दवाव दिने उद्देश्यले
मजदुरहरु टावर र एनसेलका सेन्टरहरु ध्वस्त गर्न बाध्य भएको मजदुरहरुले
बताएका छन् ।
No comments:
Post a Comment