नेपाली समाचार ,Nepal Flag

Sunday, June 30, 2013

ब्राजिलले स्पेनलाई हराउँदा मैदानमा यस्तो देखियो (फोटोफिचरसहित)

काठमाडौं, १७ । सन् २०१४ मा हुने फिफा विश्वकप फुटबलको आयोजक राष्ट्र ब्राजिलले विश्वकप फुटबलको साविक विजेता स्पेनलाई पराजित गरी देशमा भईरहेको ‘संकट’मा मल्हम लगाउन सफल भएको छ । कन्फेडेरेसन कप फुटबल प्रतियोगिताको नेपाली समय अनुसार सोमबार बिहान रियो दि जेनेरियोस्थित माराकाना रंगशालामा भएको फाइनल भिडन्तमा ५ पटकको विश्वकप विजेता ब्राजिलले विश्व च्याम्पियन स्पेनलाई ३–० गोलअन्तरले पराजित गर्दै उपाधि चुमेको हो ।
यससँगै ब्राजिलले कन्फेडेरसन कप फुटबलको उपाधिमा ह्याट्रिक गर्न सफल भएको छ ।  त्यतिमात्रै होइन, ब्राजिलले आगामी विश्वकपका लागि आफ्नो बलियो दाबेदारी समेत पस्किन सफल भएको छ ।
अर्कोतर्फ लगातर २९ खेलमा अपराजित रहेको युरोपको ‘पावरहाउस’ स्पेनको ‘इज्जत’मा समेत ब्राजिलले ‘धक्का’ पुर्‍याईदिएको छ । त्यस्तै ब्राजिलले अन्तर्राष्ट्रिय प्रतियोगितामा आफ्नो अपराजित यात्राको श्रृंखला लगातार १२ खेलसम्म जारी राखेको छ ।
कन्फेडेरसन कप फुटबलको फाइनलमा घरेलु टोली ब्राजिललाई जिताउने क्रममा फ्रेडले खेलको दोस्रो र ४७ औं मिनेटमा तथा नेइमारले खेलको ४४ औं मिनेटमा गोल गरे । खेलमा गोल गर्ने स्पेनको थुप्रै प्रयास खेर गएका थिए । त्यस्तै खेलको ६८ औं मिनेटमा स्पेनका पिक्यू जेरार्डले रातो कार्ड पाएपछि स्पेन १० खेलाडीमा सिमित भएको थियो । -एजेन्सीको सहयोगमा ।
ब्राजिल र स्पेनबीचको खेल हेर्दै चर्चित कोलम्बियन गायिका तथा स्पेनका खेलाडी पिक्यू जेरार्डकी प्रेमिका शाकिरा ।
तस्वीरहरु: एपी, एएफपी, द सन, रोयटर्स, अन्य एजेन्सी ।                                                       hamrokura.com

Tuesday, June 25, 2013

म प्रेसिडेन्ट हुँदा...

मलाई थाहा छैन यो औधी खुशीको कुरा हो कि ठिकै कुरा हो या निराशाको कुरा हो। तर जे भए पनि यो मेरो जीवनको एउटा नौलो अनुभवको कुरा चै हो। म नेपाली समाजको समाजको प्रेसिडेन्ट हुन पुगे। मैले जीवनको कुनै पनि मोडमा यस्तो कल्पना पनि गरेको थिईन कि म कुनै संस्थामा अगाडि बसेर काम गरौला। मनिसहरुको जमातमा रमेर ठट्टा गरेपनि म प्राय एकान्तमै रमाउने गर्छु। हुन त सबै मनिसको सबै सँग कुरा मिल्छ भन्ने त छैन। एउटै खाटमा सँगै रात बिताउने श्रीमान र श्रीमतीको त सधैं कुरा मिल्दैन भने अरुको मिल्न पर्छनै भन्ने पनि त केही छैन नि। तर समाज त समाज नै हो नि, सबैको सबै कुरामा कहाँ सहमती हुन्छ र। सबै बिमति भित्र पनि सहमती को प्रयास त हो शायद नेत्रित्वले गर्ने।

लेख्न खोज्दै थिए एउटा कुरा, अन्तै तिर पो पुग्न थालेछु। आज पुरानो कमिटीले नयाँलाई हस्तान्तरण गर्ने दिन थियो। सबै साथीहरु उत्साहित थिए। तर उत्साह र उमङगकै बिचबाट एउटा नरमाइलो पनि महसुश भयो। साधारण कुरालाई लिएर भएको एउटा विवादले चर्कै रुप लिन पुग्यो। मान्छे ब्यक्तीगत कुरामा पनि पुगेर गाली गर्न तिर लागे। म सोच्न थाले यस्तै हो भने त काम गर्न त गर्हो पो होला कि। नेपाली समाज जहाँ सुकै पुगे पनि नेपालको सन्स्कार चै भुल्दो रहेनछ। चाहे त्यो राम्रो होस् या नराम्रो।

आखिर जे जस्तो विवाद आए पनि अन्तमा त टुङगो लाग्यो। म पनि पहिलो चोटि प्रेसिडेन्ट भए। भलै त्यो रामबरण यादवको जस्तो जोड घटाऊ र गणितको खेल थिएन र त्यस्तो उत्साह पनि थिएन। म आफ्नै बारेमा भन्दा म कुनै पनि समुहमा हुँदा नेता हुने क्षमता त म मा थिएन तर हुने कुनै निर्णयमा मेरो बिचार र प्रस्तावले पनि भूमिका चै खेल्थियो। कतीपए बेलामा मलाई साथीहरुले त मा त managerमा हुने जस्तो गुनहरु छ भन्थे म फुर्किन्थे बस तेही हो। कतीपय बेलामा भने राम्रै मान्छेहरुले पनि तपाईं ठुलो मान्छे बन्नुहुन्छ भनेर भन्थे। मैले यो संस्थामा बसेर नै म ठुलो मान्छे बन्छु भन्न खोजेको त होइन तर मलाई अचानक ति कुराहरु याद आउन थाले। के थाहा म मा तेस्तै क्षमता देखेर पो साथीहरुले प्रेसिडेन्ट बन पो भनेका हुन कि। सोचे मेरो लागि पनि यो एउटा चुनौती नै हो नि। यदी म यसमा सफल भए भने मेरो लागि र यो समाजको लागि पनि राम्रै हुन्छ नि। म र यो समाजको सफलता भन्नु नै यो हाम्रो देशको सफलता होइन र? यस्तै सोचे र खुशी पनि लाग्यो। भन्छन नि अधिकार र कर्तब्य सँगसगै आउछन। तेही भएर चुनौती पनि छ। यदी कुनै काममा चुनौती नै छैन भने त्यो कामको अर्थ पनि के नै रह्यो र होइन? जीवनको मजा नै तेस्मा छ नि।

रुन देउ मलाई

म घरी चिच्याउन चाहन्छु त घरी रुन चाहन्छु
म घरी अट्टहास हाँस्न चाहन्छु त घरी बिस्फोट हुन चाहन्छु

म असामाजिक मान्छे
सामाजिक हुनपर्ने करले
मेरो आफ्नै रहरले
न म राम्ररी रुन सक्छु न राम्ररी हाँस्न नै

निरशाको बादलले ढाकिदिंदा
आशाको घाम नदेखेर रुन खोज्छु घरी घरी
तर म त आशावादी मान्छे
म कसरी रुन सक्छु फेरी ?

सबैको भलो होस् भन्ने चाहना गर्दा गर्दै
सफलताको जस लिन खोज्नेहरुदेखी दिक्क लागेर
असफलताको दोष थोपर्नेहरुदेखी वाक्क मानेर
म रुन कराउन खोज्छु
मेरा बग्न खोजेका आँशुका थोपालाई
गोहीका आँशु सम्झेपछी
फेरी म कसरी रुन सक्छु?

बरु सानो हुँदै आनन्द थियो
म निस्फ्रिकी रुन कराउन त सक्थेँ
नरोउ भनेर सम्झाउने तिम्रा हातहरु हुन्थे
अहिले त म ठुलो भएँ(?)
न त त्यसरी रुन सक्छु
न त तिम्रा हातहरु नै छन
मलाई रुन पनि दिएनन हेरन।
Posted by

देशभक्तिका कुरा



देशभक्ति त मर्दैन चुत्थै देश भएपनि
पतिभक्ति त मर्दैन चुत्थै पनि भएपनि

माथिका हरफहरु बालकृष्ण समको मुकुन्द-इन्दीराबाट साभार गरिएका हुन। दोस्रो हरफको बारेमा बहस गर्नु जरुरि छैन किनकि आजको समयमा यसको सान्दर्भिकता खासै छैन। यहाँ कुरा गर्न खोजिएको भने पहिलो हरफबारे हो। हुन त आजको विश्वमा भूमण्डलीकरणको कारणले देशको परिभाषा पनि फराकिदै गएको अनुभव गर्न सकिन्छ तर पनि देशहरु त छन् र छन् सिमानाहरु पनि। जे जस्तो कुरा गरे तापनि आखिर देशप्रेम भइनै हाल्छ। भलै तेसलाई व्यक्त गर्ने तरिका फरक होलान सबैको। कुनै ठुला लेखकले भनेका पनि छन् जसले आफ्नो ठाउँ, आफ्नो मान्छे र आफ्नो माटोलाई माया गर्न सक्तैन उसले विश्वप्रेममा विश्वाश गर्छु भन्नु नै विरोधाभास हो। म आफु पनि हाल अध्यनको सिलसिलामा विदेशमा छु। नेपालमा हुँदा बरु त्यहाँका घटनाहरु खासै गम्भीर लाग्दैनथ्यो तर यता हुँदा भने फरक अनुभूति हुँदोरहेछ। सायद नेपालमा त्यहाँका घटनाहरुले अभ्यस्त भएर पनि तेस्तो हुँदो हो। जस्तै हामी हुर्कदा नेपालमा माओवादी जनयुध्द चल्दैथियो। मान्छे मर्नु र संरचनाहरु ध्वस्त हुनु त नौलो कुरै लाग्थेन। तर यता हुँदा समाचार धेरै पढिने भएर हो कि चिन्ता बढी लाग्दो रहेछ। अर्को कुरा अध्यन सकाएपछि नेपाल फर्किनुपर्छ भन्ने आफ्नो सोचाई भएर पनि यस्तो भएको हुनसक्छ। फर्केपछि के गर्ने भन्ने आफ्नै चिन्तासंग गाँसिएको भएर पनि तेसमा बढी चिन्ता लागेको पो हो कि। तर मेरा साथीहरु जो अब सधैँ नै विदेशमै बस्ने भनेर निर्णय गरिसकेका छन् उनीहरुमा पनि यस्तै धारणा रहेकोले मेरो मात्र सन्दर्भ फरक नहोला। समय समयमा फेसबुक/ट्विटरमा बहस चलिरहेको हुन्छ र आफ्नो बिचार राखिन्छ तब कसैले विदेशमा हुनेले किन यस्तो जान्ने हुने भन्छन। उनीहरुले दिनरात नेताहरुलाई गाली गरेर बस्नु हुने, हामीले सामान्य चासो समेत पनि राख्न नहुने जस्तो अचम्म। बरु तिनले आफ्नो कार्यालयमा काम गर्नुपर्ने समयमा नेतालाई गाली र सुझाव दिदै बसेर त देश विकास पक्कै पनि हुन्न होला। सबैले आफ्नो काम इमान्दारितापूर्वक गर्ने हो भने देश पनि त आफै अगाडी बढ्दो हो। राजनीति राम्रो नभैकन अवश्य पनि केही कुरो राम्रो हुन नसक्ला तर सबैको दैनिक जस्तो काममा राजनीतिको सोझो सम्बन्ध पनि भैहाल्ने होइन। अनि विदेशमा हुनेलाई गाली गर्नुको केही तुक देख्दिन म। बरु कहिलेकहिँ कुण्ठा भने अवश्य देख्छु।

देशभक्तिको कुरो गर्दा गर्दै कुरो त कताकता पुगीसकेछ। देश चुत्थै भएपनि देशभक्ति त मर्दैन रहेछ साँचिनै। हुन त देश भक्ति पनि अन्धो भएर गरियो भने त यो पनि एक किसिमको अतिबाद नै हो। तर मैले भन्न खोजेको भने देशप्रतिको माया हो। हाम्रोमा भने भारतलाई गाली गर्नु भनेकै देशभक्ति भन्ने चलन भैसक्यो। हुन त यो राजनीतिक नेता देखि लिएर तथाकथित बुध्दिजिवीहरुको कारणले पनि होला। नेपालका नेतृत्व नालायक हुनुको कारण भारतलाई दोष दिएर हुने पनि होइन। अनि बुध्दलाई नेपालमा जन्मेको र सगरमाथा नेपालमा छ भन्ने कुरामा झगडा गरेर मात्र पनि राष्ट्रप्रेम देखिने होइन। बुध्द जन्मिएको समयमा न त अहिलेको नेपाल भन्ने देश अस्तित्वमा थियो न त भारत नै। यो हाम्रो लागि अवश्य पनि ठुलो गौरवको कुरो हो कि यो भूभाग अहिलेको नेपालमा पर्छ। तर तेसको बिषयमा झगडा गरेर राष्ट्रप्रेम झल्कन्न, तेसैगरि सगरमाथा पनि। गौरव त ति कुराहरुमा गर्न सक्न पर्यो जुन हामी आफैले निर्माण गरेका छौ।




ब्लग नलेखेको धेरै भैसकेको थियो फेसबुकमा  भिडियो देखेर लेख्न मन लाग्यो। मैले लेखेको भन्दा पनि यहाँ भनिएको कवितामा विदेश बसेर देशलाई सम्झिनेहरुको उत्कृष्ट चित्रण छ। विहान उठेर जुन देशमा बसिएको छ त्यो देशको भन्दा आफ्नै देशको समाचार सुन्न मन लाग्नु पनि देशको प्रेम नै त होला। अनि अर्को कुरा जतिनै आप्रवासीहरु प्रति राम्रो नियम भएता पनि आफ्नो देश जस्तो भावना आइनहाल्ने रहेछ। जस्तो कि हामी देख्छौ कतै बम बिस्फोट मात्र हुन पर्छ, कारण जे सुकै भएता पनि विदेशबाट आएका भनिएका मुस्लिम समुदाय नै सबैको आँखाको तारो बन्छन। अगाडी पनि लेखेको थिएँ संसार एक भैसक्यो अब, जता बसेपनि उस्तै हो। देश भनेको त मान्छेले बनाएको फगत एउटा सिमाना न हो। तर यो सिमानाले एक कालखण्ड पछि एउटा संस्कृति र मुल्य‍ मान्यता पनि बनाउदो रहेछ जुन जता गए पनि मर्दो रहेनछ। सायद यहि नै होला राष्ट्रप्रेम भनेको पनि।

Wednesday, June 19, 2013

ट्वीटे र फेसबूकेका नाममा लोकमानको खुलापत्र ट्विटर र फेसबुकका आलाकाँचा ठिटाठिटी हो,

केही दिनदेखि तिमेरु मसित बेस्कनै ठुस्केका छौ । म बुझ्छु तिमेरुका मनोभावना । चौबीसैघण्टा प्रविधिसित खेल्ने तिमेरुको पुस्ता नै यो देशको भविष्य हो भन्ने कुरामा मलाई कत्ति पनि शंका छैन, त्यसैले त तिमेरुको यो जुझारु पुस्तासँग मलाई निरन्तर communicate गरिरहन मन लाग्छ । विचार आदानप्रदान गरिरहन रहर लाग्छ । तर आजकाल तिमेरु मसँग अलि बढी नै आक्रोशित छौ झैँ लाग्यो । ट्विटर र फेसबुकका टाइमलाइनहरु हेर्दा थाहा पाएँ । बडो नमज्जा लाग्यो र नै भ्रम निवारणका निम्ति यो पत्र कोर्दैछु ।

तिमेरु मलाई आरोप लगाउछौ होइन, जनआन्दोलनको दोषी भनेर! मलाई पत्यार लाग्दैन, रातविरात इन्टरनेटमा खेल्नेहरुको पुस्ताको आरोप हो यो भनेर । वास्तवमा तिमेरु एजेण्डा होइन, एउटा व्यक्तिको पक्ष-विपक्षमा मिडियाबाजी गर्नेहरुको सम्मोहनमा पर्यौ । कान्तिपुर र सेतोपाटीजस्ता पीतपत्रकारिता गर्नेहरुले जे छाप्छन्, त्यसलाई तिमेरुजस्तो skeptic र critical mass ले बिना कुनै सोचविचार face value मा लेउला भन्ने मलाई एकरत्ति लागेको थिएन । विश्वसनीयतामा निखारिएको पत्रिका त लोकमानपूर्ण पोस्ट पो हो । सायद तिमेरुले त्यो पढ्न भ्याएनौ र कान्तिपुरको लहलहैमा आएर मविरुद्ध तथानाम अनर्गल प्रचारबाजीमा उत्रियौ । अलेक्जेन्डर पोपले लेखेको ‘A little learning is a dangerous thing’ सम्झेर आइन्दादेखि हरेक इस्स्युमा आफ्नो अपिनियन बनाउनुअघि लोकमानपूर्ण पोस्टका गहकिला समाचार टिप्पणीहरु पढ्न तिमेरुले नभ्याउने छैनौ भन्ने विश्वास लिएको छु । अहिले म अख्तियारको हाकिम भाको विषयमा पनि तिमेरुले कान्तिपुरलाई लात मारेर लोकमानपूर्ण पोस्टतिर डेरा सर्यौ भने सबै कुरा छर्लंग हुनेछ । म कति निर्दोष रहेछु, कति उच्च नैतिकवान रहेछु, तिमेरुले पत्तो पाउनेछौ । सर्वोच्च अदालतका न्यायाधीश माननीय श्रीमान गिरिशचन्द्रलालले त्यो कान्तिपुरे ठिटोलाई अदालतबाटै गलहत्याउनु भाको हो कि होइन भन त ? तिमेरु त न्यायपालिकाको सर्वोच्चता चाहनेहरुको उदात्त पुस्ता! अदालतले नै गलहत्याएको पत्रिका पढेर भ्रष्टाचारविरुद्द आधिबेहेरी ल्याउन तम्तयार भएर बसेको एउटा राष्ट्रसेवकमाथि यति निर्मम ढंगले प्रहार गर्न सुहाउँछ तिमेरुलाई ? ए, भन त सुहाउँछ तिमेरुलाई ? हो, हन्ड्रेड पर्सेन्ट सुहाउँदैन र त म बारम्बार रेकमेण्ड गरिरहेछु- तिमीहरुलाई सुहाउँदो पत्रिका लोकमानपूर्ण पोस्ट नै हो भनेर । तिमेरुका खेर जाने ट्वीट पनि फोकटमै छाप्छ क्यारे त्यसले । खैर, सबै कुरा तिमेरुले लोकमानपूर्ण पोस्ट सविस्तार पढेपछि बुझ्ने नै छौ, अहिलेलाई भने म छोटकरीमा तिमेरुका आरोपमा केन्द्रित हुन चाहन्छु ।
    
आरोप नम्बर एक: उही महान जनआन्दोलनको दोषी, होइन त ? ओए जनआन्दोलनका निर्दोषीहरु हो, तिमेरुको जनआन्दोलनको धोति फुस्केको आज हो र ? जनआन्दोलन, जनआन्दोलन भन्दै फुइँ लाउन छोडे हुन्छ । लोकतन्त्र र गणतन्त्रका राग अलाप्न अब त लाज माने पनि हुने हो । परिवर्तन परिवर्तन भन्दै घोक्रो सुकेन्जी चिच्याएर जीउलाई दुख दिन पनि कति मजा आको हो ? तिमी मुर्खहरु !! बिनाकामको जनआन्दोलनको घाँडो देशमा भित्र्याएर कति न ठूलो पल्टेका !  के थाहा छैन तिमीहरुलाई कति ठूलो मूल्य चुकाइरहेछ देशले त्यो बाह्रबुँदे नामको खोस्टाबाट ? देखेका छैनौ कि नदेखेको स्वांग पारिरहेछौ ए केटा हो, यो नाङ्गो विदेशी प्रभुहरुको रासलीला ? लुटतन्त्र, भ्रष्टतन्त्र र भागबण्डातन्त्र नै लोकतन्त्र हो भन्ने तिमेरुको बुझाइ हो कि के हो ? होइन भने त मजस्तो उच्च नैतिकवान, जोकसैसंग पनि सहकार्य गरेर अघि बढ्न सक्ने, पंचायत र प्रजातन्त्र दुवै कालखण्डको प्रचुर अनुभव संगालेको अनि यो सबै भद्रगोलबाट पार लगाउन अख्तियार प्रमुख भएको मान्छेलाई यसरी विवादमा तान्ने दुस्साहस तिमेरुबाट नहुनुपर्ने हो । खासमा जनआन्दोलनका दोषी त यी दलहरु पो हुन् । खोई, कुरो बुझ्या ? यिनेरुकै महान जनआन्दोलन होइन, यो सबै भाँडभैलोको जननी ? म विचरोले त सकुन्जी यसलाई avert गर्नै खोजेको हो नि । त्यो पाजी रायमाझी कि केजाते आयोगले डाम्यो भन्दैमा यत्रो कोकोहोलो गर्नु कहाँको न्याय हो, हँ फेसबुके र ट्वीटे हो ? के हैसियत छ यार त्यसको ? मल्लिक आयोगले केही लछार्न सकेन भने रायामाझी आयोगले जोरी खोज्न मिल्छ, त्यैमाथि लोकमानजस्तो सबैले बोक्नुपर्ने मान्छेसित ?

My dear Tweeples, पितपत्रिकासितको साँठगाँठमा तिमेरुले लाको आरोप नम्बर दुई: सुनकाण्डमा मुछिएको, होइन त ? अरे बाबा, यसमा पनि त तत्कालिन प्रधानन्यायाधीश मोहनप्रसाद शर्माले २०५६ सालमै म निर्दोष भएको फैसला सुनाइसकेका छन् नि यार् । हुन त फैसला भाको समय भनेको तिमेरु केटाकेटी हुदै हो, त्यैभएर तिमेरुलाई थाहा नभाको हुन सक्छ । त्यैभएर मैले अघि quote गरेको 'A little learning is a dangerous thing'।  फेरि गोयबल्सजस्ता सयचोटि दोहोर्याएर सफेद झुटलाई पनि सत्य बनाउने पितपत्रिकाहरुको फन्दामा छौ तिमेरु । तर अब आशा छ, समष्टिगत रुपमा कुरो बुझिसकेपछि मात्रै तिमेरुले ट्वीटनेछौ, फेसबुक्नेछौ ।

तिमेरुका ट्वीट र स्टाटस पढ्दा आरोप नम्बर ३ मैले भेटिन । स्वाभाविकै हो, किनकि पितपत्रिकाले प्रचार गरेकै यी दुइटा कुरा हुन् । प्रचार पनि यसरी गरेका छन्, मानौँ तिनेरुको गीता ‘रायमाझी प्रतिवेदन’ ले डामेको भयङ्कर अपराधी मैमात्र हुँ । राजु बस्नेतजस्तो जण्ड आर्मी अफिसरको बढुवा हुँदा पित्कोजति पनि नदुखेको तिनीहरुको लोकतन्त्र एउटा लोकमानको नियुक्ति हुँदा कसरी सामूहिक बलात्कारमा पर्यो, मैले जति दिमाग लाउँदा पनि बुझ्न सकेको छैन । कसैले बुझेको भए बुझाइदिने कष्ट गर्नू ल । अनि, काण्डमा मुछिने बित्तिकै अयोग्य ठहरिने भए त त्यो सुनकाण्डको बेला विमानस्थल भन्सारको प्रमुख भगवती काफ्ले थिए । मुछ्न त उनी पनि मुछिए तर पछि अख्तियारको सचिव हुन रोक्यो र कसैले उनलाई ? अरे बाबा, ठुलोबडो मान्छे भएपछि यस्ता काण्डसाण्डमा त routinely मुछिरहिन्छ नि । ठुलोबडो हुनुको अर्थ के हो, माने के हो, महत्व के हो, केही नबुझेका स्वाँठहरुको हालीमुहाली भएको पितपत्रिकाहरु के बुझुन यस्ता कुरा ?

१४० अक्षरमा ट्वीट्न बानी परेकाहरुलाई यत्रो लम्बेतान पत्र देखेर बोर लागिसक्यो होला । तर, फेसबुकेहरुका नाममा पनि यो पत्र लक्षित रहेकाले थप केही कुरा राख्न चाहन्छु । कसरी केही कुरामा मिल्न नसक्ने, कुकुरबिराला झैँ झगडा गरिरहने दलहरु मेरो कुरामा चैं एकजुट हुनसके भन्ने खुल्दुली होला तिमेरुका मनमा । तर यत्ति जाबो बुझ्न कुनै सिके लाल भैरहनुपर्दैन । बुझ्नेलाई कुरो सरल छ- जहाँ स्वार्थहरुको मिलन हुन्छ, त्यहाँ बाँकी सब खुद्रा विमतीहरु आफैँ पाखा लाग्छन् । सबै दललाई आफूले गरेका भयानक भ्रष्टाचार समाजसामू ओपन सेक्रेटका रुपमा रहेको छ भन्ने थाहा छ । तर लोकलाज नभएपनि जेपी गुप्ता वा खुमबहादुरहरुको हाल हुने हो कि भन्ने थोरै त्रास चैं छ । त्यसैले अख्तियार नपसोस् भन्ने हेतुले उनीहरु मलाई त्यहाँ लग्न हतारिएका हुन् । म पनि परें एउटा गौप्राणी, एउटा उच्च नैतिकवान्, सबैसँग सहकार्य गरेर अघि बढ्न सक्ने मिलनसार, सबैलाई रिझाउन सक्ने सर्वस्वीकार्य पात्र । सबैले हात जोडेर विन्ती गरेपछि नाइँ भन्न सकिन । यसमा मेरो के दोष, ट्वीटेगण ?

तर मेरो अगाडिको रोडम्याप बडा क्लिएर छ । मलाई यी दलहरुसँग कृतज्ञ हुनुछैन । भ्रष्टाचारविरोधी जेहाद छेड्नकै निम्ति मैले यो अख्तियार रोजेको हुँ । मेरो नियुक्तिसंगै यसको सुरुवात भएको छ । तिमेरु हेर्दै जाओ, अब कोको जान्छन् मामाघर ? मैले मुद्दा चलाउनेछु, सम्माननीय न्यायाधिस श्रीमान गिरीशचन्द्रलाल तु फैसला गर्दै जाक्नुहुनेछ सालाहरुलाई । पितपत्रकारिता गर्ने कान्तिपुरबाट यसको श्रीगणेश हुनेछ । मलाई विश्वास छ, भ्रष्टाचारमुक्त देश बनाउने मेरो यो पहलकदमीमा तिमी ट्वीटे र फेसबुकेहरुबाट अभूतपूर्व सहयोग हुनेछ । मेरो यो सन्देशलाई आफ्ना ट्वीट र स्टाटसबाट संसारैभरि फेलाओ केटा हो !

श्री लोकमानले तिमीहरु सबैको रक्षा गर्नेछन् !        

Wednesday, June 12, 2013

उमा - जनयुद्ध, सम्वेदना र सम्बन्धको कथा [Nepali Movie Uma - Review] By Aakar Ani

गतहप्ता फ्रान्सेली केन्द्रमा भएको कार्यक्रममा मैले एउटा प्रश्न सोधेको थिँए, "जनयुद्धका विषयमा बनेका चलचित्रहरु किन हेर्ने वा भनौँ उमा किन हेर्ने?", उत्तर थियो "उमा 'वार मुभी' होइन तर तत्कालिन जनयुद्धका कारण उब्जिएका विभिन्न समस्याहरु मध्यको एउटा पाटोको चित्रण हो । वास्तवमा भन्ने हो भने, 'उमा' मानविय सम्बन्ध र सम्वेदना कथा हो ।नेपाल प्रहरी सेवामा रहेको दाजु र माओवादी जनयुद्धमा होमिएकी बहिनी बिचको सम्बन्धको कथा नै उमाको कथा हो।"

दाजु मिलन कुँवर (सौगात मल्ल) प्रहरी सेवामा छन्, बहिनी उमा (रिचा शर्मा) प्लस टुको पढाइ पछि काठमाडौँ गएर नर्सिङ पढ्ने  चाहना छ, अनि आमा (मिथिला शर्मा) बिरामी छिन्। गाउँमा सुनिल सर (प्रकाश घिमिरे) छन्, उनी क्रान्तिका कुरा गर्छन्, सामाजिक विभेदका विरुद्ध आवाज उठाउन प्रेरित गर्छन्, साहित्यका माध्यमबाट राजनैतिक चेत युवाहरूमा बाँड्ने कोशिस गर्छन् । सुनिल सरको अभियानमा सहभागी हुन, दिल्लीमा इन्जिनियरिङ पढिरहेका सुनिल सरका पुराना विद्यार्थी अनिल (प्रविण खतिवडा), सुनिल सरकै गाउँमा आउँछन् । सुनिल सर माओवादी भएको निहुँमा प्रहरीबाट मारिन्छन्, माओवादी प्रति आस्था राख्ने अनिल लगायतका युवाहरुको समूह सुनिल सरको हत्याको बदला लिन तम्सिन्छन् । अनिलको समूहको योजनाबारे बेखबर रहेकी उमा परिवन्दले माओवादी छापामार बन्न पुग्छिन् । जनयुद्धले उनीहरुको घरमा आगो सल्काइदियो, दाजु र बहिनी बिचको सम्बन्ध त्यही जनयुद्ध सँगै धमिलो हुँदै गयो, उनीहरु एक-अर्कका दुश्मन बन्न पुगे।  
सत्य घटनामा आधारित चलचित्र उमाले चलचित्रको सुरु देखि अन्त्य सम्म दर्शकलाई सिटमा बाँधेर राख्न सफल भएकोछ । प्रत्येक दृश्यमा दर्शकहरुमा अब के होला भन्ने खुल्दुली रहन्छ, मुटुको ढुकढुकी बढ्छ र फिल्महलबाट निस्किसकेपछि पनि उनै उमा र उनको परिवार र सम्बन्धहरुकाबारेमा सोच्न बाध्य भइन्छ, सायद यो नै चलचित्रको सबल पक्ष हो । जनयुद्धका कारण आपसमा दुश्मन बन्न पुगेका दाजु बहिनीबिचको सम्बन्धको व्दन्द, मानविय संवेदना केलाउन निर्देशक छिरिङ रितार शेर्पा सफल भएकाछन् । माओवादी वा  तत्कालिन श्री ५ को सरकार कसैको पक्ष नलिइ निर्देशकले चलचित्रमा मध्यमार्ग रोजेकाछन् । 
उमाको भूमिकामा रिचा शर्माले न्याय गरेकिछिन् । बहिनी, छोरी, विद्यार्थी अनि माओवादी छापामार सबै एङ्गलबाट रिचाले आफूलाई अब्बल राख्न सफल भएकीछिन् । रिचाले जुनसुकै भूमिका आफूले गर्न सक्छु भनेर सावित गरिदिएकिछिन् ।  दाजु मिलनको भूमिकामा रहेका सौगात मल्ल पनि आफ्नो भूमिकामा जमेकाछन् । उनको हाउभाउ, बोलिचाली, अनि बानी व्यहोराबाट उनी पक्का प्हरी हुन् भन्नेलाग्छ। उनले आफूलाई एउटा दाजु र प्रहरीको भूमिकामा उभ्याउन सफल भएकाछन् । प्रकाश घिमिरे (सुनिल सर), प्रविण खतिवडा (अनिल) , मिथिला शर्मा (आमा) को भूमिकामा आफ्नो छाप छोड्न सफल भएकाछन् ।माओवादि छापामार 'विनित' को रुपमा प्रमोद अग्रहरीको भूमिका तारिफ योग्य छ । माओवादी छापामारको रुपमा दयाहाङ पनि रहेकाछन्, उनको उपस्थितिले चलचित्रका केही दृश्यहरु रमाइला भएकाछन्!
छायांकनले आँखालाई अनि गित संगितले कानलाई शितलता प्रदान गरेकाछन् । कलाकारले बोल्ने संवाद प्राकृतिक छन् । काभ्रेको गाउँमा खिचिएका दृश्यहरु मनमोहक छन् । "बनकी चरी", "सिरिमा सिरी" लगायत अन्य गितहरु अवस्था सुहाउँदा लाग्छन् । आफूले भोगेर आएको जनयुद्ध, अनि जनयुद्दका दौरान  देखेका, भोगेका र सुनेका घटनाहरु समेटिएका कारण कतिपय दृश्य र पात्रहरुमामा आफ्नो गाउँ ठाउँ र आफैँलाई देखिन्छ ।
लुटहाइवे पछि आएका चलचित्रहरु मध्ये उमालाई एउटा अर्को राम्रो नेपाली चलचित्र मान्न सकिन्छ । क्लाइमेक्सबाट सुरुभएको चलचित्रमा कथा फ्ल्यासब्याकमा भनिएकोछ जुन काभ्रेको एक गाउँबाट सुरु हुन्छ र काठमाडौँमा आएर टुङ्गिन्छ । सबै कुरा राम्रो भइकन पनि चलचित्र प्रति रहेको एउटै गुनासो भनेको, क्लाइमेक्स (अन्तिम २-३ मिनेट) नै हो जुन अलि चित्त बुझेन।                vedeo
समग्रमा चलचित्र उमा, साँच्चिकै नेपाली चलचित्र बनेकोछ जसले जनयुद्दले निम्त्याएको एउटा समस्यालाई उठान गरकोछ र दाजु र बहिनीको सम्बन्धमार्फत  जनयुद्धलाई नियाल्ने प्रयास गरकोछ। जनयुद्धको समयको आस्था, मानविय संवेदना र सम्बन्धलाई चलचित्र उमाले सशक्त रुपमा प्रस्तुत गरेकोछ । यसमा माओवादी र सरकार दुबैको समर्थन वा विरोध गरिएकोछैन, अत: यस चलचित्रलाई जुनसुकै समूह प्रति आस्था राख्नेले हेरेर, हाम्रो विगतको एक कालखण्डको साक्षी बन्नसक्छन् । उमालाई सफलताको शुभकामना ।


... यस्तो हुनुपर्छ...By Aakar Anil (aakarpost)

फेसबुक र ट्विटरमा यस्तो हुनुपर्छ भन्ने कुरा चलिरहेकोछ । ट्विटरमा भेटिएका रमाइला ट्विटहरु यहाँ प्रस्तुत गरिएकोछ ।

  1. चुनाव भनेको कात्तिकमै हुनुपर्छ मंसिरमा त बिहे पनि हुन्छ ।
  2. झन्डा त हाम्रो नेपालको जस्तोपो हुन पर्छ..चार पाटे त सिगान पुछ्नी रूमाल पनी हुन्छ
  3. केटा भनेको बुद्धिमान पो हुनु पर्छ, बलवान त खैनि पनि हुन्छ...
  4. मान्छे भएसी त इमान, इज्जत र प्रेस्टिज हुनुपर्छ, ठग्न, लुट्न र ढाँटन त नेताले गर्छन नी !! :)
  5. प्रेमिका भनेको हाइटी हुनुपर्छ, डल्लो त खुर्सानी पनि हुन्छ ।
  6. केटा भएपछि ह्यान्डसम हुनुपर्छ, स्मार्ट त फोन पनि हुन्छ । केटी भनेको Beutiful हुनुपर्छ, बुलेट त बाइक पनि हुन्छ ।
  7. ब्याइफ्रेन्ड भनेको प्राइभेट हुनुपर्छ, पब्लिक त ट्वाइलेट पनि हुन्छ ।
  8. साथी भनेको त 2/4 हजार दिदा पनि वास्ता नगर्ने पो हुनुपर्छ, loan त ncell ले पनि दिन्छ नि :P
  9. केटी भनेको सेक्सी हुनुपर्छ, बुलेट त बाइक पनि हुन्छ ।
  10. ब्वाईफ्रेण्ट त प्राईभेट हुनु पर्छ पब्लिक त ट्वाईलेट नी हुन्छ...;))उता तिर अरुले लेख्या रचन...
  11. सिम भनेको त नमस्ते पो हुनु पर्छ,सेल(एनसेल) त रोटि पनि त हुन्छ!
  12. कथा भनेको गाउँखाने हुनुपर्छ चुनाव जितेपछि गाउँ नै बिर्सिने त नेता पनि हुन्छ ।
  13. चर्चा भनेको एसएलसीको रिजल्टजस्तो हुनुपर्छ पर्चार त जेको पनि हुन्छ ।
  14. बाइक त पल्सर पो हुनुपर्छ, हिरो त धिरेन शाक्य पनि छ ।
  15. कुरो भनेको खस्रो हुनुपर्छ चिल्लो त खानेतेल पनि हुन्छ ।
  16. नेता भनेको युवा हुनुपर्छ बूढो त जे पनि हुन्छ ।
  17. चुनाव भनेको कात्तिकमै हुनुपर्छ मंसिरमा त बिहे पनि हुन्छ ।
  18. केटा भनेको भलादमी पो हुनुपर्छ हिरो त साइकल पनि हुन्छ
  19. मायालु धोकेबाज हुनुपर्छ .... विश्वसनीय त् कुकुर पनि हुन्छन !! :पी
  20. @sushmekali @oops_u सबै जुस फ्रुटी नै हुनुपर्छ, रियल त फुटबल क्लब पनि हुन्छ
  21. माया भनेको त साचो पो हुनु पर्छ, ताला त ढोका मा पनि हुन्छ .
  22. कुनै कुनै एकाउन्ट फेक पनि हुन पर्छ टुइटरमा ..रियल त जुस पनि छ
  23. केटी भनेको क्युट हुनुपर्छ, हट त उसिनेको आलु पनि हुन्छ
  24. नोकरी भनेको पैसा पाउने पो हुनुपर्छ त, बिना तलबको त कमलरी पनि हुन्छ....#tvjournalism
  25. मान्छे भने को त स्यन्गजली पो हुनु पर्छ गोर्खाली त टाएर पनि हुञ्छ.....
  26. केटा भएपछि ह्यान्डसम र सेक्सी हुनुपर्छ, स्मार्ट त फोन नि हुन्छ !! (y)
  27. kt भनेको त सोझी पो हुन पर्छ, बांगो त कुकुरको पुच्छर पनि हुन्छ
  28. यो भनेको यस्तो पो हुनुपर्छ, त्यस्तो त त्यो पनि हुन्छ नि
  29. केटाहरु भनेको भुँडी भाको हुनु पर्छ, pack त रत्नपार्कको micro नि हुन्छ
  30. मलाई पनि लेख्न मन लाग्यो GF भनेको गोरी हुनु पर्छ ,काली त भैसी पनि हुन्छ नि
  31. केटि भनेको त simple पो हुनुपर्छ, sec c त 1 / cos c नि हुन्छ. #trignometry
  32. नारि त राम्री पो हुनु पर्छ, सुन्दरी त बाँदर कि बुडी पो हुन्छे
  33. हतियार भनेको त बन्दुक, पेस्तोल पो हुनुपर्छ। खुकुरी त चुरोट पो हुन्छ। #LatestTrend
  34. मौसम भनेको त Rainy हुनु पर्छ sunney त leyon पनि हुन्छ
  35. @itscoolsky असनी नक्कल भनेको सेतोपाटी जस्तो हुनुपर्छ, नक्कली नक्कल त खबरपाटी र रोतो पाटी छँदैछन् नी
  36. क्याप्टेन त पारस खड्का पो हुनु पर्छ, धोनि त साबुन पनि हुन्छ
  37. मोबाइल त Samung पो हुनु पर्छ, Apple त जुस पनि हुन्छ !
  38. गर्लफ्रेन्ड भनेको बिदेसी हुनु पर्छ, लोकल त बस पनि हुन्छ !
  39. पाटि भनेको रातो हुनुपर्छ, सेतो त नारायण वाग्लेको पनि छ! :P
  40. छोरा भनेको डाक्टर हुनुपर्छ, पाइलट त चुरोट पनि हुन्छ!!!!!!!
  41. "Reult भनेको त FAIL हुनुपर्छ ALL CLEAR त shampoo पनि हुन्छ "
  42. Laptop त HP हुनुपर्छ, SONY त टि. भी. पनि हुन्छ ! रे के ! ;०) #Trend
  43. क्लव भनेको म्यान्चेष्टर युनाइटेड हुनुपर्छ, कलेज त लिभरपुल, चेल्सी पनि हुन्छन् ।
  44. गर्लफ्रेन्ड भनेको प्राइभेट हुनुपर्छ, पब्लिक त ट्वाइलेट पनि हुन्छ ।
  45. छोरा भनेको डाक्टर हुनुपर्छ, पाइलट त चुरोट पनि हुन्छ!!!!!!!!!!!!
  46. मान्छे भनेको त हसिलो पो हुनु पर्छ रसिलो त सुन्तला पनि हुन्छ !!!!!! लोल
  47. चस्मा त Ray Ban को हुनुपर्छ POLICE त शशस्त्र पनि छ .... चस्मा त Ray Ban को हुनुपर्छ Okey त साबुन पनि छ ....
  48. उज्यालो त घाम पो हुनुपर्छ, सूर्य त चुरोट पनि हुन्छ ...
  49. टिचर भनेको परीक्षामा केही नलेखे नि नम्बर दिने हुनुपर्छ, आलु त पैसाले किन्न पाईन्छ !!!!
  50. नारी भनेको सहनशील हुनुपर्छ, शुशिल त कोईराला पनि छ ...
  51. लव भनेको एकहोरो पो हुनु पर्छ दोहोरो त भिडन्त त पो हुन्छ #गूगल+
  52. ठाउँ भनेको गोर्खा जस्तो पो हुनुपर्छ त, जिल्ला त किताबको पनि हुन्छ !!!
  53. student भएपछि त engineer पो हुन पर्छ, doctor त बाबुराम भट्टराई पनि हुन्छ
  54. मान्छे भनेको पोजेटिभ हुनुपर्छ नेगेटिभ त पुरानो क्यामेरामा नि हुन्छ ।
  55. मान्छेसँग त 'इज्ज़त' पो हुनुपर्छ ...'पैसो' जाबो त प्रचण्ड, हिशीलासँग पनि छ । :D
  56. आफुले चाहेको शब्द भर्नुहोस् :: ---------भनेको त ..........हुनु पर्छ ...........त ...................पनि हुन्छ!
  57. गर्लफेण्ड भनेको मायाँ गर्ने हुनुपर्छ सिआईडि त अनुसन्धान प्रहरी पनि हुन्छ ।
  58. मान्छे त लुरे हुनु पर्छ मोटो त गैडा पनि छ
  59. न्यायधिश भनेको त अदालतमा फैसला सुनाउने जहाँ पनि हुन्छन्, न्यायधिश त् सरकार र अदालत दुवै चलाउने पो हुनु पर्छ, #नेपाल जस्तो
  60. केटीको फिगर त 'कोक' को बोत्तल जस्तो पो हुनु पर्छ.. डल्लो र थ्याप्रो परेको त फर्सी पनि हुन्छ
  61. कपाल घना र बाक्लो हुनु पर्छ,,,,,, मुलायम त भैसी को पुच्छर नी हुन्छ नी........
  62. केटा भनेको चालू हुनु पर्छ, सोझो त फलामको रड पनि हुन्छ सक्नेले म्याकबुक चलाउनु पर्छ, जाबो फेसबुक त अचेल पानीपुरीवाला ले पनि चलाउँछ नि
  63. छोरो भनेको त कारवाला पो हुनुपर्छ पत्रकार त जो पनि हुन्छ।
  64. मान्छेको मन त फोहोर हुनु पर्छ, सफा त टेम्पो नि हुन्छ! :p
  65. This week trending in Nepali social media: "....भनेको त...पनि हुन्छ, ...त....पो हुनुपर्छ ।"
  66. जिन्दगी त हवाईजहाज जस्तो हुनु पर्छ धावनमार्गमा त ट्याक्सी पनी कुद्छ ।
  67. रिप्लाई ढंग को हुनुपर्छ hummm त बाछा ले पनि गर्छ
  68. केटी भनेको त ईमान्दार पो हुनूपर्छ त । क्युट त पप्पी पनि हुन्छ अनि हट ऊसिनेको आलु पनि हुन्छ । ---आजकल चलेको डाईलग.......
  69. X₁ भनेको त Y₁ हुनुपर्छ । X₂ त Y₂ पनि हुन्छ । अत्ति भएन भन्या ?
  70. एउटै टुइट नहुँदा नि फलोअर त्यती?? @Dinesh30np: क्रेज़ भन्या यस्तो हुनुपर्छ ;) pic.twitter.com/7RKDYCGE6i
  71. मान्छे त निर्दोष हुनुपर्छ, दोषी त चस्मा पनि हुन्छ ! #Doshi chasma
  72. माया भनेको त टु वे हुनुपर्छ... वान वे त काठमाडौंको सडक पनि हुन्छ...:)
  73. पुस्तक भन्या त समर लभ जस्तो हुनुपर्छ । विन्टर लभ त जाडो मा आफैँ भैहाल्छ नि
  74. छोरा भनेको आइटी प्रोफेस्सिओनल हुनुपर्छ, पाइलट त चुरोट पनि हुन्छ ।
  75. केटी भनेको सर्बगुण सम्पन्न हुनुपर्छ, स्विट मात्रै त न्युरोडको गुँद्पाक नि हुन्छ।
  76. BBA को entrance भनेको त KU को जस्तो +२ को result भन्दा अगाडि पो हुनुपर्छ , result पछाडि त जस्को पनि हुन्छ ... #FB #GyanDai
  77. छोरी मान्छे भएपछी त शिलस्वभाब कि हुनु पर्छ,, सुन्दरी त जाबो बाँदरको श्रीमती पनि हुन्छ नि ! ! :पी
  78. टुइटरा त टुइट पो हुनुपर्छ। जाबो स्टाटस त फेस्बुक म नि हुन्छ।
  79. ब्लग भनेको १४० अक्षरको हुनु पर्छ लामो त महाभारत, रामायण नी हुन्छ ।।
  80. स्ट्याटस भनेको त छोटो हुनुपर्छ लामो त हिन्दी सिरियल पनि हुन्छ :पी
  81. काका भनेको अभिभावक टाइपको हुनुपर्छ, ट्यापे टाइपका त डाँका नै छन् नि
  82. केटि भनेको सोजो बुझिने हुनुपर्छ, नबुझिने त डाक्टरको अक्षेर पनि हुन्छ गर्लफ्रेन्ड भनेको मायाँ गर्ने हुनु पर्छ,संका त सी आई डी CID ले गर्छन
  83. गलफ्रेड भनेको त प्राइबेट हुनु पर्छ , साझा त बस पनि हुन्छ .....
  84. प्रेमिका भनेको भेडे खुर्सानि हुनुपर्छ हाइटी त देस पनि छ @pearl_nepal प्रेमिका भनेको हाइटी हुनुपर्छ, डल्लो त खुर्सानी पनि हुन्छ
  85. Programming Language भनेको #PHP पो हुनु पर्छ , #Python त सर्प पनि हुन्छ !
  86. महानाएक भनेको राजेश हमाल जस्तो हुनु पर्छ, सुपरस्टार त भूबन के सी पनि हुन्छ #RajeshHamal #Birthday
  87. केटी भनेको स्मिइलि नं हुनुपर्छ। अँग्री त बर्ड पनी हैं हुन्छ। : :D
  88. घटनाहरु अचानक नै हुनुपर्छ बाजा बजाएर त जन्तीमात्र आउछ।
  89. भ्रष्टाचार भनेको त पूरै देशले थाहा पाउने पो हुनुपर्छ, लाउडा वा त्रिशुली थ्री ए जस्तो। जाबो घुस त सरकारी अपिसको पिउनले नै खान्छ नि :पी
  90. छोरो भएपछी इञ्जिनिअर नै हुनुपर्छ, पाइलट त चुरोट पनि हुन्छ .... for engineers ... :P :P
  91. केटी भने को सिम्पल हुनु पर्छ,,झकास त चाउचाउ पनि छ है ,,,,,,,,,,,,,,
  92. भाषा भनेको नेपाली हुनुपर्छ, अंग्रेजी त रक्सी पनि हुन्छ ।
  93. मान्छे भएर सोझो हुनु पर्छ, बाङो त कुकुर को पुछर पनि हुन्छ नी । :P
  94. जिन्दगी भनेको अर्थपूर्ण हुनुपर्छ, लामो त सुरुवालको ईजार पनि हुन्छ। #cp
  95. कोच भनेको पुबुध्दु जस्तो हुनुपर्छ, बुध्दु त सबै भिरखर्के छन् नि ।
  96. चिकेन भनेको बोइलेर पो हुनुपर्छ , लोकल त रक्सी नि हुन्छ
  97. एकीकरण भन्या माओबादीपार्टी को जस्तो हुनु पर्छ पृथकीकरण त सत्ताको मात्र हुन्छ ...!!!
  98. मान्छे भनेको happy हुनु पर्छ.. angry त bird पनि हुन्छ #trendinginnepal #fb
  99. केटि भनेको लजालु हुनुपर्छ, मायालु त साबुन पनि हुन्छ !!! #GoodMorning :)