मैले आफ्नो टाइमलाइन हेरेर सबैभन्दा पहिला कोसँग म साथी बनेछु भनेर हेरेँ ।
अनि मभन्दा पुराना साथिहरुको पनि टाइमलाइन हेरेँ । तर धेरै अघि जान सकिएन ।
सबै साथीहरु मभन्दा २,४ महिना अगाडि मात्र फेसबुक चलाउन थालेका थिए र
उनीहरुले पनि विदेशीहरुलाई साथी बनाएका थिए।
त्यसपछि मैले यो कुरा अफिसमा सहकर्मीहरुसित भनेँ । उनिहरुमध्ये अलिक टेक
फ्रिक श्रुतीले यसमा ठुलो सहयोग गर्नुभयो । उहाँ आफैँ पनि मभन्दा डेढ महिना
अघिदेखी फेसबुक चलाइरहनुभएको रहेछ । उहाँको टाइमलाइनमा मित्रताको इतिहास
हेर्दै जाँदा पत्ता लाग्यो कि स्वन्तिना शाक्यले
अक्टोबर २६, २००६ मा फेसबुक अकाउन्ट खोल्नुभएको रहेछ । त्यसपछि मैले
फेसबुकको टाइमलाइन हेरेँ । सेप्टेम्बर २६, २००६ मा बल्ल सर्वसाधारणका लागि
खुला गरिएको रहेछ । त्यसको १ महिनामै स्वान्तिनाले नेपालमा अकाउन्ट
खोल्नुभएको रहेछ ।
उहाँभन्दा अघि अकाउन्ट खोलेका नेपालीहरु पनि थिए तर तिनीहरुले नेपाल बाहिरबाटै फेसबुक जोइन गरेको थाहा भयो । अनि हामीले स्वान्तिनासँग यो कुराको पुष्टि गर्न खोज्यौँ । उहाँले भन्नुभयो कि त्यतिखेर काठमाडौँमै साइबरमा गएर अकाउन्ट खोल्नुभएको थियो र अहिलेसम्म निरन्तर चलाउँदै आउनुभएको छ ।
उहाँभन्दा अघि अकाउन्ट खोलेका नेपालीहरु पनि थिए तर तिनीहरुले नेपाल बाहिरबाटै फेसबुक जोइन गरेको थाहा भयो । अनि हामीले स्वान्तिनासँग यो कुराको पुष्टि गर्न खोज्यौँ । उहाँले भन्नुभयो कि त्यतिखेर काठमाडौँमै साइबरमा गएर अकाउन्ट खोल्नुभएको थियो र अहिलेसम्म निरन्तर चलाउँदै आउनुभएको छ ।
त्यसपछि पनि हामीले फेसबुक र ट्वीटरमार्फत धेरै साथीहरुलाई सोध्यौँ । तर
उहाँभन्दा अगाडि खोलेको दाबी नआएपछि उहाँलाई नै नेपालको पहिलो फेसबुक
प्रयोगकर्ता मान्ने निर्णय गरी मे्रोरिपोर्टमार्फत सार्वजनिक गर्यौँ ।
मेरोरिपोर्टमा स्वन्तिनालाई पहिलो फेसबुक प्रयोगकर्ता दाबी गरेपछि बल्ल
धेरै मानिसहरुलाई कौतुहलता बढ्यो र थुप्रै दाबीहरु आए । सन् २००५ मा नै
फेसबुक शुरु गर्ने नेपालीहरु पनि भेटिए तर तीमध्ये धेरै वा सबै अमेरिकाका
विभिन्न विश्वविद्यालयमा अध्ययन गर्ने क्रममा फेसबुक शुरु गरेका थिए ।
फेसबुक सेप्टेम्बर २६, २००६ मा मात्र सर्वसाधारणका लागि खुला गरिएको थियो ।
तसर्थ त्यसभन्दा अगाडि नै फेसबुक शुरु गर्नेहरुलाई सर्वसाधारण प्रयोगकर्ता
मान्न सकिएन ।
मानिसहरुमा कौतुहलता, दाबी र खोजी बढ्दै जाँदा स्वन्तिनाभन्दा अगाडि
नेपालबाटै फेसबुक प्रयोग गर्ने तीन जनाको दाबीलाई हामीले पुष्टि गर्न सकेका
छौँ ।
कृपा शाक्य र शशांक शर्माले अक्टोबर १८, २००६ मा र रेजर महर्जनले अक्टोबर १३, २००६ मा शुरु गर्नु भएको रहेछ । तसर्थ अहिलेसम्म नेपालमै बसेर फेसबुक प्रयोग शुरु गर्नेमा रेजर महर्जन नै पहिलो व्यक्ति हुनुहुन्छ । यद्यपी
हामीले माथि नै भने झैँ यदि त्यसभन्दा अघि नै नेपालबाटै फेसबुक प्रयोग
गर्ने अर्को व्यक्तिबारे जानकारी आएमा हाम्रो यो दाबी परिवर्तन हुनेछ ।
No comments:
Post a Comment