नेपाली समाचार ,Nepal Flag

Monday, September 2, 2013

बधाई खाने १२ काइदा

सिकारुकेटो Wednesday,  2013


सामाजिक संजाल अझ त्यो पनि फेसवुकमा बिभिन्न स्टाटस एवं फोटोहरु राख्ने चलनले यति ब्यापकता पाउन थाल्यो कि कहिलेकाहीँ त तश्वीर किन खिच्ने भन्दा फेसवुकमा राख्न भन्ने झैं भैसक्यो ।

 यो संगसंगै जन्मदिनका अवशरमा, विवाहको बर्षदिनको अवशरमा, पास भएको अवशरमा होस, या विदेश गएको अवशरमा, या त स्वदेशमै केही गरेको अवशरमा होस्, हरेक अवशरका स्टाटस तथा फोटोहरु मान्छेले पोष्ट गरिरहेका हुन्छन् ।

मान्छे, जातैले आरिसे प्राणी । अझ प्रशंसा, बधाई, शुभकामनाको त झनै भोको हुन्छ । यो भोक कहिलेकाहीँ
गज्जपले नै लाग्छ । तर यो पाउनेपनि उपाय छ । बुद्धी लायो भने मज्जाले पाइन्छ बधाईका ओइरो । शुरुवात गर्नमात्र गारो हो । आफैंले शुरु गर्ने केही काइदा यस्तो छ । फेसवुकमा प्रायः जसो राखिएका स्टाटस र तश्वीरहरु हेर्दा यस्तो पाईयो बधाई पाउने काइदा ।

१. बिहे गरिए :  दुलाहादुलहीको आफ्नै फोटो राख्ने र लेख्ने जिवनसंगीको साथ पाईयो । ए, तेस्पछि त थामि नसक्नु  बधाइ

२ बिहे गरेको बार्षिकोत्सव भए :  हेर्दाहेर्दै १ बर्ष / ५ बर्ष/ ७ बर्ष पुगेछ उनीसंग बाँधिएको भन्ने । अनि बधाई खाएर बस्ने ।

३ सन्तान जन्मिए : आजबाट बा वा आमा भइयो भनेर सन्तानको फोटो राख्ने । बधाईको ओइरो लाग्छ ।

४ सन्तान स्कुल जान थाले : बुढो भइएछ, छोरी वा छोरी स्कुल जान थाले भन्ने , बधाई खाने ।

५ पास भए : सोचेजस्तो नम्बर त आएन, तर बिए,एम ए सकियो भन्ने । सर्टिफिकेटको फोटो राख्ने, अनि बधाई हेर्दै दंग पर्ने ।

६ बिदेश गए :  नेपाललाई गाली गर्दै याँ का बाटो कत्ति सफा भन्ने । अनि आउँछ बधाई, कैले पुगिस बधाई छ भन्दै ।

७ नेपाल भित्रै गए :  काठमाण्डौं भन्दा वा आफु बस्या भन्दा यो ठाऊँ कत्ति राम्रो, नराम्रो,गर्मी जाडो भन्ने र फोटो राख्ने । अनि बधाई हेर्ने ।

८ पैसो मारिए :  फलाँस भन्दा त म्यारिज नै फाप्छ आफुलाई भनेर टक्क २१ पत्ती तासको फोटो राख्नी । ए वधाई त कत्ति कत्ति ।

९ डिभी परे : जान त मन थिएन, परिहालेछ भनेर स्टाटस लेख्ने , अनि आउँछ राष्ट्रप्रेमपूर्ण बधाई

१० जागिर पाइए : ब्यस्त भइयो वा नयाँ काम भनेर अपीसाँ काम गरेको फोटो राख्ने, बधाई थाप्ने

११ लेख छापीए  : छापीदिएछन् यस्तो भनेर इकपी राख्ने, बधाईको ओइरो लाग्छ ।

१२ जन्मदिन परे :  फेरि १ बर्ष बुढो भइयो भनेर लेख्न , अनि कुर्चीमाथी खुट्टा राखेर बधाई गन्ने :पी

र अन्त्यमा, बिशेष कुरो, जे सुकै राखेपनि फेसवुकले दिएको लिमिटले भ्याएसम्म सप्पैलाई ट्याग गर्ने, चाहे उनीहरुसंग सम्बन्धित होस् या असम्बन्धित । यत्ति काइदा लाउनुस, अनि हेर्नोस् बधाईको ओईरो कसरी लाग्छ ।

आफुले यत्ति सम्झीईयो अहिलेलाई, अरु पनि केही उपाय भए तल कमेन्टमा पाम है । खै त मलाई बधाई ?? :पी
सिकारुकेटो Wednesday, 1 May 2013

सामाजिक संजाल अझ त्यो पनि फेसवुकमा बिभिन्न स्टाटस एवं फोटोहरु राख्ने चलनले यति ब्यापकता पाउन थाल्यो कि कहिलेकाहीँ त तश्वीर किन खिच्ने भन्दा फेसवुकमा राख्न भन्ने झैं भैसक्यो ।

 यो संगसंगै जन्मदिनका अवशरमा, विवाहको बर्षदिनको अवशरमा, पास भएको अवशरमा होस, या विदेश गएको अवशरमा, या त स्वदेशमै केही गरेको अवशरमा होस्, हरेक अवशरका स्टाटस तथा फोटोहरु मान्छेले पोष्ट गरिरहेका हुन्छन् ।

मान्छे, जातैले आरिसे प्राणी । अझ प्रशंसा, बधाई, शुभकामनाको त झनै भोको हुन्छ । यो भोक कहिलेकाहीँ
गज्जपले नै लाग्छ । तर यो पाउनेपनि उपाय छ । बुद्धी लायो भने मज्जाले पाइन्छ बधाईका ओइरो । शुरुवात गर्नमात्र गारो हो । आफैंले शुरु गर्ने केही काइदा यस्तो छ । फेसवुकमा प्रायः जसो राखिएका स्टाटस र तश्वीरहरु हेर्दा यस्तो पाईयो बधाई पाउने काइदा ।

१. बिहे गरिए :  दुलाहादुलहीको आफ्नै फोटो राख्ने र लेख्ने जिवनसंगीको साथ पाईयो । ए, तेस्पछि त थामि नसक्नु  बधाइ

२ बिहे गरेको बार्षिकोत्सव भए :  हेर्दाहेर्दै १ बर्ष / ५ बर्ष/ ७ बर्ष पुगेछ उनीसंग बाँधिएको भन्ने । अनि बधाई खाएर बस्ने ।

३ सन्तान जन्मिए : आजबाट बा वा आमा भइयो भनेर सन्तानको फोटो राख्ने । बधाईको ओइरो लाग्छ ।

४ सन्तान स्कुल जान थाले : बुढो भइएछ, छोरी वा छोरी स्कुल जान थाले भन्ने , बधाई खाने ।

५ पास भए : सोचेजस्तो नम्बर त आएन, तर बिए,एम ए सकियो भन्ने । सर्टिफिकेटको फोटो राख्ने, अनि बधाई हेर्दै दंग पर्ने ।

६ बिदेश गए :  नेपाललाई गाली गर्दै याँ का बाटो कत्ति सफा भन्ने । अनि आउँछ बधाई, कैले पुगिस बधाई छ भन्दै ।

७ नेपाल भित्रै गए :  काठमाण्डौं भन्दा वा आफु बस्या भन्दा यो ठाऊँ कत्ति राम्रो, नराम्रो,गर्मी जाडो भन्ने र फोटो राख्ने । अनि बधाई हेर्ने ।

८ पैसो मारिए :  फलाँस भन्दा त म्यारिज नै फाप्छ आफुलाई भनेर टक्क २१ पत्ती तासको फोटो राख्नी । ए वधाई त कत्ति कत्ति ।

९ डिभी परे : जान त मन थिएन, परिहालेछ भनेर स्टाटस लेख्ने , अनि आउँछ राष्ट्रप्रेमपूर्ण बधाई

१० जागिर पाइए : ब्यस्त भइयो वा नयाँ काम भनेर अपीसाँ काम गरेको फोटो राख्ने, बधाई थाप्ने

११ लेख छापीए  : छापीदिएछन् यस्तो भनेर इकपी राख्ने, बधाईको ओइरो लाग्छ ।

१२ जन्मदिन परे :  फेरि १ बर्ष बुढो भइयो भनेर लेख्न , अनि कुर्चीमाथी खुट्टा राखेर बधाई गन्ने :पी

र अन्त्यमा, बिशेष कुरो, जे सुकै राखेपनि फेसवुकले दिएको लिमिटले भ्याएसम्म सप्पैलाई ट्याग गर्ने, चाहे उनीहरुसंग सम्बन्धित होस् या असम्बन्धित । यत्ति काइदा लाउनुस, अनि हेर्नोस् बधाईको ओईरो कसरी लाग्छ ।

आफुले यत्ति सम्झीईयो अहिलेलाई, अरु पनि केही उपाय भए तल कमेन्टमा पाम है । खै त मलाई बधाई ?? :पी
- See more at: http://shikaruexpression.blogspot.com/2013/05/blog-post_3786.html#sthash.ztdpA0TC.dpuf

Sunday, September 1, 2013

लुटिनेको डायरी (एकल सिलवाल)

काठमाडौ, भाद्र १६ - २१ वैशाख २०६८ को साँझ त्यस्तै साढे आठ जति बजेको हुँदो हो । सिमसिम पानी परिरहेको साँझ म लैनचौरबाट सोह्रखुट्टेतर्फ पैदल जाँदै थिएँ । एक्कासि अगाडिबाट ठोक्किन आइपुगेका तीन-चार युवकको समूहले मलाई ठेल्दै दुई-तीन कदम पछिल्तिर लतार्‍यो । उनीहरूबाट छुट्टँिदा शरीर अलि असन्तुलित भयो । कम्मरपेटी खुस्केको थाहा पाएर छामें । दायाँतर्फ भिरेको मोबाइल फोन गायब भएछ । 

पछाडि फर्केर हेर्दा युवकहरू सडकबाट हराइसकेका थिए । केही बेरपछि वनस्थली पुगेर लुटिएको नम्बरमा फोन गरें । पूरै घन्टी जाँदा पनि फोन उठेन । अर्कोपटक प्रयास गर्दा स्विच अफ भइसकेको थियो । भोलिपल्ट बिहानै चितवनतिर लागें । चार दिनपछि काठमाडौं फर्केर उजुरी दिने विचारले महानगरीय प्रहरी वृत्त महाराजगन्ज पुगें । त्यहाँका तत्कालीन प्रमुख, डीएसपी दीपक थापाले मोबाइल लुटिएपछिको कल डिटेलसहित उजुरी गर्न सल्लाह दिए । 

लुटिएको मोबाइलमा डायल गर्दा कहिले फोन उठ्दैनथ्यो । कहिले व्यस्त सुनिन्थ्यो । कहिले अफ गरिएको हुन्थ्यो । एकपटक फोन उठ्यो । एक युवतीको आवाजमा 'यो मोबाइल मेरै हो' भन्ने जवाफ पाएँ । मैले आफन्त र साथीहरूलाई मोबाइल लुटिएको जानकारी गराएँ । मोबाइल फिर्ता दिन फोनबाट आग्रह गर्ने मेरो एक साथीलाई ती युवतीले भनिछन्, 'यो मोबाइल मैले उपहार पाएकी हुँ ।'

त्यो थाहा पाएपछि मैले उनीसँग मोबाइल फिर्ता गरेमा त्यसको मूल्य बराबरकै नगद पुरस्कार दिने प्रस्ताव राखें । त्यो मोबाइल सामान्य र सस्तो खालको थियो । तापनि जवाफमा ती युवतीले सिमकार्डसहित केटा साथीबाट उपहार पाएको त्यो मोबाइल आपmनो लागि अमूल्य भएको प्रतिक्रिया दिइन् । यसको मतलब कसैले हिंसापूर्वक मेरो मोबाइल लुटेर प्रेमको सौगातस्वरूप उनलाई दिएको रहेछ । त्यसपछि उनका निकटवर्तीहरूसँग कुराकानी हुँदै गरोस् भनी थप दुई-तीन दिन चुपचाप बसें ।

लुटिएको नवौं दिन एनसेलको मुख्यालय बुद्धनगर गएर लुटिएपछिको कल डिटेल लिएँ । त्यसलाई निवेदनसँगै नत्थी गरी २०६८ जेठ २ गते दिउँसो १० रुपैयाँको टिकट टाँसेर प्रहरी वृत्त महाराजगन्जमा उजुरी दिएँ । निवेदन दर्ता चलानी शाखामा बुझाए पनि त्यहाँका प्रहरीहरूले त्यस प्रकृतिको ठाडो निवेदन दर्ता गर्नु नपर्ने बताउँदै सोझै इन्स्पेक्टरकहाँ तोक लगाउन पठाए । 

मैले कल डिटेलका आधारमा पछिल्ला आठ दिन आपmनो मोबाइलसँग अत्यधिक सम्पर्क भएका दुई र अलि कम वार्तालाप भएको देखिने अरू दुई गरी चारवटा नम्बरहरू शंकास्पद ठान्दै तिनैमार्फत् लुटेराहरूको खोजतलास गरिदिन प्रहरीलाई अनुरोध गरेको थिएँ । कार्यालयका तत्कालीन इन्स्पेक्टर ओमप्रकाश खनालले मेरो निवेदनमाथि कारबाही चलाउन सई दानबहादुर मिरिङचिरिङलाई तोकिदिए । सईले मेरो निवेदन पाउनासाथ शंकास्पदमध्येको एउटा नम्बरमा फोन गरे । लाउड स्पिकर खोलेर मलाई पनि संवाद सुनाए ।

सईले सोधे, 'तपाईं को बोल्नुभो ?'

प्रतिप्रश्न आयो, 'तपाईंले कहाँ गर्नुभो ?'

सईले चनाखो शैलीमा थपे, 'तपाईंलाई नै गरेको, अहिले कहाँ हुनुहुन्छ ?'

उताबाट जवाफ आयो, 'म बालाजुतिर छु ।' त्यसपछि मोबाइल काटियो । सई मिरिङचिरिङले दोहोर्‍याएर डायल गरे । फोन उठेन । दस मिनेटपछि फेरि डायल गरे । त्यसपटक उठ्यो । पृष्ठभूमिमा गाडीको हल्लाखल्ला सुनियो । सईले आपmनो परिचय दिँदै दुई प्रश्न एकैसाथ गरे, 'तपाईंको नाम के हो ? अहिले कुन ठाउँमा हुनुहुन्छ ? जवाफ दिनेले अकमकाउँदै के भने प्रस्ट बुझिएन । सईले कडिकडाउ गरे, 'लुटिएको मोबाइलको कल डिटेलमा तपाईंको नम्बर देखियो । तुरुन्त प्रहरी वृत्त महाराजगन्ज आउनुस् । नत्र हामी पक्राउ गर्छौं ।'

फोन फेरि काटियो ।

सईले मसँग भने, 'एउटा कुरा त अहिल्यै पत्ता लागिसक्यो ।' 

म उत्सुक बनें, 'के कुरा ?'

'यो मान्छे गाडीको कन्डक्टर या खलासी हो ।' मैले आश्चर्य मान्दै जिज्ञासा राखें, 'कसरी थाहा पाउनुभो ?'

उनको जवाफ सरल थियो, 'पहिले बालाजुमा छु भन्थ्यो, एकैछिनपछि सोह्रखुट्टे पुगेछ । यो पक्का खलासी हुनुपर्छ ।'

निवेदन दिनासाथ अनुसन्धानमा प्रगति भएको आभास मिल्यो । उनी र म प्रहरी कार्यालय परिसरअगाडिको सुरक्षा पोस्टको मचानमा बसेर ती 'वारेन्टेड' व्यक्तिको बाटो हेरिरह्यौं । आधा घन्टा बितिसक्यो आउँदैन बा ! सईले मलाई सान्त्वना दिए, 'पुलिसले बोलाएपछि नआई सुखै पाउँदैन । भागेर काहीं जान सक्दैन । हामी जसरी पनि समात्छौं ।'

मलाई मोबाइलभन्दा बढी त्यसमा सुरक्षित झन्डै १२ सयजनाका नम्बरहरू मूल्यवान् थिए । लुटेर भाग्नेहरूलाई अपराध गरेपछि उम्कन सकिँदोरहेनछ भन्ने सबक सिकाएर सुधारको बाटोतिर तान्न मात्र पाए पनि पुग्थ्यो । थप केहीबेर पर्खंदा पनि बोलाइएको व्यक्ति हाजिर नभएपछि सईले भने, 'त्यो मान्छेले आज टेरेन, अब काठमाडौं जिल्ला प्रहरी कार्यालय हनुमानढोकालाई पत्र लेखेर उसले मोबाइल लिँदा पेस गरेको व्यक्तिगत विवरणबाट तीनपुस्ते माग्छौं । त्यसैको आधारमा समातेर तपाईंलाई खबर गर्छौं, अहिले जानुस् ।' मेरो सम्पर्क नम्बर निवेदनमै थियो । उनको पनि फोन नम्बर टिपेर म बिदा भएँ ।

एक सातासम्म खबर आएन । सईलाई फोन गरेर सोधें । उनले भने, 'हामीले हनुमानढोकालाई पत्र पठाएका छौं । जवाफ आउन बाँकी छ ।' राजधानी सहरका व्यस्त प्रहरीहरूलाई मेरोभन्दा महत्त्वपूर्ण अरू काम पनि गर्नुपर्ने हुँदा ती लुटेराहरूलाई सजायको दायरामा ल्याउन उनीहरूको भन्दा बढी मेरो सक्रियता जरुरी थियो । त्यसकारण त्यो मामिला टुङ्गोमा पुर्‍याउनुलाई मैले ठूलै काम ठानें । म प्रहरीले लुटेरा समातेर किटान गरिदिएको देख्न पाउने प्रतीक्षा व्यग्रतापूर्वक गरिरहें ।

मसँग प्रहरीलाई पर्खनुको विकल्प थिएन, किनभने अपराधको जाँचबुझ गर्ने अधिकार नागरिकलाई छैन । लुटेरा पहिल्याउने मिसनलाई नै मुख्य काम बनाई निवेदन दिएको एक सातापछि म लामै फुर्सद लिएर काठमाडांै पसें । महाराजगन्ज वृत्तमा मेरो मामिला हेर्ने सई भेटिएनन् । अनेक उजुरीहरूको खातमा पुरिएर बसेको निवेदनचाहिँ मुद्दा शाखामा फेला पर्‍यो । त्यस बेलासम्म मेरो लुटिएको मोबाइल तिनै युवतीले चलाइरहेकी थिइन् । एकपटक मैले फोन गर्दा उनले यसरी धम्की दिइन्, 'प्रहरीमा उजुरी गर्नेले मोबाइल फिर्ता लिने हिम्मत भए बेत्रावती नदीको पुलमुनि मध्यरातमा आउनू ।'

मेरो काठमाडौं मिसन र लुटेराको पक्षबाट आएको धम्कीबारे थाहा पाएपछि सुरक्षा बिटमा पत्रकारिता गर्ने साथी दीपक रिजालले शंकास्पद नम्बरहरू टिपाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोमा टेलिफोनबाट उजुरी दिए । उता पनि अनुसन्धानको जिम्मा एकजना सईले नै पाएछन् । मैले भोलिपल्टै ती सईसँग सोधें । उनले 'अहिले अलि हतारमा छौं, केस ह्यान्डल गरेपछि हामी नै खबर गर्छौं' भन्ने जवाफ दिए । अलि दिनपछि फोन गर्दा उनले भने, 'हामीसँग फोनको सिग्नल पछ्याएर मान्छे पत्ता लगाउने साधन त छ तर यति सानो केसमा बयुरोले हात हाल्न मिल्दैन, थाहा पाए भने हाकिमहरू रिसाउँछन् ।'

मैले एसपी ईश्वर कार्कीलाई फोन गरी पीडित नागरिकका रूपमा आपmनो समस्या राखें । यस्तो मामिलामा केन्द्रीय अनुसन्धान ब्युरोले काम गर्न मिल्ने/नमिल्नेबारे पनि सोधें । उनले जवाफ दिए, 'ब्युरोले गर्ने नै यस्तै काम हो तर मैलेचाहिँ जागिर छोडिसकें । तपाईं कार्यालयमा उजुरी गर्नुस् ।' सई मिरिङचिरिङसँग फोनमा कुराकानी भइरहन्थ्यो । लुटेरा पहिल्याएपछि मलाई खबर गर्ने आश्वासन उनी दिन्थे । म त्यसपछिका झन्डै डेढ महिनासम्म चुपचाप आपmनो काममा व्यस्त भएँ । त्यस बेलासम्ममा मैले नयाँ सिमकार्ड निकालेर लुटिएको नम्बरमा आउने फोन आफैंले रिसिभ गर्न थालिसकेको थिएँ । बेलाबेलामा चेतावनीपूर्ण कलहरूको पनि सामना गर्नुपथ्र्यो । त्यस्ता नम्बरहरू कल डिटेलमा सुरक्षित थिए ।

२२ साउन २०६८ को अपराह्न जेठ २ पछिका थप १० दिनको कल डिटेल लिएर म प्रहरी वृत्त महाराजगन्ज पुगें । सई मिरिङचिरिङ सरुवा भएर रानीपोखरी गएछन् । मुद्दा शाखाका प्रहरीहरूले मेरो निवेदन फेला पार्न सकेनन् । खोज्ने जिम्मा मलाई नै दिए । कागजपत्रका फाइलहरूको थाकमा हराएको निवेदन साँझसम्म खोज्दा पनि भेटिएन । 

कारबाही सकिएर बन्द भएका फाइलहरूको पोकाको पिँधमा घन्टौंपछि पत्ता लाग्यो, भोलिपल्ट । पुराना सई मिरिङचिरिङको ठाउँमा त्यस बेला अर्का सई आएका रहेछन् । कार्यालयबाहिरको चउरमा गएर उनैलाई भेटें । मेरो निवेदनमाथि अब के कारबाही हुन्छ भनेर सोधें । उनले निवेदन पढेर टिप्पणी र प्रश्नसँगसँगै गरे, 'तीन महिना भइसकेछ । तपाईंको मोबाइल कति मूल्यको थियो ?'

मैले भनें, 'मोबाइल महँगो भएर भन्दा पनि नागरिकको कर्तव्य पूरा गर्न निवेदन पछ्याइरहेको हुँ सई सा'ब ।' शिरदेखि पाउसम्म नियालेर सँगैको खाली कुर्चीमा बसाल्दै गुरुङले मेरो पेसा सोधे । जवाफ दिएँ, 'एउटा नागरिकको भन्दा बढी हैसियत मसँग केही पनि छैन । प्रहरीले समाजमा दण्डहीनतालाई प्रोत्साहित गरेको छ भन्ने लाञ्छना गलत सावित भएको देख्न मन मराउने सर्वसाधारण नागरिक हुँ ।'

त्यसपछि गम्भीर देखिएका सईले मुद्दा शाखाका प्रहरी जवान सुवास नेपालीलाई बोलाएर मान्छे पक्रने आदेशसहित मेरो निवेदन जिम्मा लगाए । नेपाली निवेदनसँगैको कल डिटेल अध्ययनतिर लागे । सई गुरुङले मलाई पछि खबर गरौंला भन्दै बिदा दिए । त्यसको दुई घन्टा नबित्दै प्रहरी जवान नेपालीले मलाई फोन गरेर भने, 'मान्छे पक्राउ पर्‍यो, तपाईं कार्यालयमा आउनुस् ।' प्रहरीको त्यस्तो द्रुत उपलब्धिबाट म चकित भएँ ।

मेरो लुटिएको मोबाइलमा सर्वाधिक वार्तालाप गर्ने व्यक्ति समातिएका रहेछन् । लामो कपाल पालेका, भर्खर जुँगाका रेखी बस्दै गरेका ती युवक मिजासिला र सोझा देखिन्थे । मैले उनलाई 'भाइ' भनेर सम्बोधन गरें । उनी स्वयम्भू यातायातको गाडी चालक रहेछन् । उनको साथमा यातायात समितिको पदाधिकारी बताउने अरू दुईजना पनि थिए । सई गुरुङले म र उनीहरूलाई सँगै राखेर भने, 'अब तपाईंहरू दुई पक्ष वार्ता गर्नुस् ।

मलाई सईको प्रस्ताव चित्त बुझेन । आपmनो धारणा प्रस्ट्याएँ, 'सके दोषी प्रमाणित गर्नुस्, नसके छुट्कारा दिनुस् । यसमा मेरो कुनै हस्तक्षेप हुँदैन ।' उनी दोषी किटान भएका थिएनन् । राज्यको फौजदारी कानुन नागरिकले हातमा लिने पनि होइन । मैले वार्ता इन्कार गरेपछि थप अनुसन्धानको दायित्व प्रहरीको काँधमा गयो । सईले खुसुक्क भने, 'यो मान्छे स्वयम्भू यातायात समितिको बसचालक रहेछ । उसलाई थुन्यो भने सयौं मजदुर र व्यवसायी आएर प्रहरी कार्यालय घेर्छन् । संगठित दबाब थेग्नै गाह्रो हुन्छ । तपाईं छलफलबाट मिलेको भए राम्रो हुन्थ्यो,' मैले उनको अपेक्षा सुनिदिएँ मात्र ।

प्रहरी जवान सुवास नेपाली मेरो टेलिफोन कलहरूको विश्लेषण गर्न लागे । वार्तालाप भएको देखिने नम्बरहरूका आधारमा सम्पर्क सञ्जाल पहिल्याएर चाखलाग्दा निष्कर्षहरू निकाल्दै समातिएका युवकलाई उनले केहीबेर सोधपुछ गरे ।

आरोपित युवकले लुटिएको फोन र नम्बरबारे पटक्कै थाहा नभएको दाबी गरे । गाडीमा काम गर्ने कन्डक्टरहरूले आपmनो मोबाइलबाट लुटेरासँग कुरा गरे होलान् भन्ने जवाफ दिए । दुई महिनामा ४० जना जति कन्डक्टर बदलिएकाले तिनैमध्येको कोही लुटेरासँग नजिक हुन सक्ने उनको भनाइ थियो । 'पत्ता लगाएर हामीलाई बुझाइदिन सक्नुहुन्छ ?' भनी प्रहरीले सोध्दा उनको जवाफ थियो, 'कति आए, कति गए । सबैलाई सम्झन सके पो चिनेर बुझाउनु !' त्यति बयान सुनेपछि सईले ती युवकलाई भोलिपल्ट बिहान १० बजेको तारिख दिएर उनको सवारीचालक अनुमतिपत्र धरौटी लिई बिदा गरे । लुट्ने व्यक्ति नपक्राएसम्म उनले धाउने तारिखमा म पनि आइरहनुपर्ने बताए । 

तारिख धान्न तोकिएको बेलामा पुगें । आधा घन्टा पर्खेपछि तारिखवाला व्यक्ति उपस्थित भए । टन्न यात्रुले भरिएको गाडी चलाएरै आएका थिए । उनी कार्यालय परिसरमा बस्नेबित्तिकै यात्रुहरू 'गन्तव्यमा पुग्न ढिला भयो' भन्दै चिच्याउन पुगे । 'यात्रु' को हुटहुटीले प्रहरीबाट छिट्टै छुट्कारा पाएका बसचालक बिदा हुने बेला भन्दै थिए, 'म त मजदुरी गर्ने मान्छे, कामै छोडेर आए बेलुका भोकै सुत्नुपर्छ, यात्रु नचढाएर के गर्नु ।' प्रहरीले 'मुख्य दोषीलाई लिएर गाडी र यात्रुबिना हाजिर हुनू' भन्दै सात दिनको तारिख दिई पठायो । मलाईचाहिँ लुटेरा समातिएपछि खबर गरौंला अब आउनु पर्दैन भनेर बिदा दियो । युवकले मेरो मोबाइल नम्बर टिपेर लगे । 

साँझ आठ बजेतिर तिनै युवकले मलाई फोन गरेर 'समितिको मान्छेसँग कुरा गर्नुस्' भन्दै अर्को व्यक्तिसँग बोल्न लगाए । ती अपरिचितले आफूलाई यातायात समितिको मान्छे भनेर चिनाउँदै मसँग प्रस्ताव राखे, 'तपाईंको मोबाइल लुटिएको केसमा हाम्रो समितिको चालकलाई प्रहरीले निर्दोष हुँदाहुँदै पनि दुःख दिइरहेको छ । लुट्ने मान्छे फेलै पर्दैन । तारिख धाइरहनुभन्दा तपाईंलाई मोबाइलको क्षतिपूर्ति हामी दिन्छौं, निवेदन फिर्ता लिइदिनुस् ।' मैले उनलाई प्रहरीबाट भइरहेको अनुसन्धानमा आफूले हस्तक्षेप नगर्ने र जे गर्नुपर्छ प्रहरीले नै गर्ने जवाफ दिएँ ।

त्यसपछिको तारिखमा म गइनँ । प्रहरी कार्यालयबाट खबर पनि आएन । एक महिनापछि आफंै गएर बुभmदा ती सई संयुक्त राष्ट्रसंघको शान्ति मिसनमा विदेश गइसकेछन् । कार्यालयमा खोजतलास गर्दा न मेरो निवेदन भेटियो न त तारेखमा रहेको व्यक्तिबारे कुनै अभिलेख नै ।

सात महिनासम्म कुरेर २०६९ वैशाख १२ गते प्रहरी कार्यालय गएँ । उही अभिलेखको खोजतलास गरें । लुटका ती प्रमाणहरू नै फरार भएछन् ! मेरो निवेदनबारे जानकारी भएका प्रहरीहरू पनि भेटिएनन् । फेरि जेठ १४ र १५ गते लगातार धाएर पहिले मलाई सहयोग गर्ने प्रहरी जवान सुवास नेपालीको सहयोगमा धुइँपत्तालसँग खोजें । सबै पोकापुन्तुरा केलाएँ । सोधपुछका लागि ल्याइएका र तारेखमा राखिएका आरोपितहरूको अभिलेख रजिस्टर पनि एउटै नछाडी पल्टाएँ । प्रमाणको कुनै नामोनिसान फेला परेन । मुद्दा शाखाका प्रहरीहरूले अभिलेख नै नभेटिएकाले केस टुङ्गएिको जनाउ दिए । म फेरि खोज्न नजाने गरी घर फर्किएँ ।

लुटिएपछिका लफडाहरूको अनुभव सुनाउँदा मेरा कतिपय साथीहरू प्रहरीसँग पत्रकार हुँ भन्ने परिचय नखोलेर मैले गल्ती गरेको बताउँछन् । म भन्ने गर्छु, 'आम नागरिकको पुर्पुरोबाट हराएको न्याय पेसाको पहँच देखाएर लिनुको के अर्थ ?' नागरिकको सेवा गर्न पालिएका प्रहरीको व्यवहार पेसा, पद र प्रतिष्ठापिच्छे फरक होइन, सबैलाई समान पो हुनुपर्छ !

आखिर मैले गुमाएको केही छैन । प्रहरीले चाहिँ एउटा नागरिकको विश्वास जितेर पाउने मनदेखिको स्याबासी गुमायो । प्रहरीबाट फुत्किएको त्यही एक थान स्याबासी आजसम्म बेवारिसे छ !ekantipur.com

Wednesday, August 28, 2013

जीवन सापट छैन। एउटा सारांश सत्य कथा!!

उ गोरखामा पक्रिएर थुनामा राख्दा, पोखरामा उनको हत्याको समाचार छापियो। राज्यले उनको हत्या गरिएको छैन भनेर चोखिनैको लागि उनलाई सार्वजनिक गर्‍यो र एउटा असहज मृत्युलाई जित्यो उसले। पोखरा पृथ्वीनारायण क्याम्पसमा कार्यक्रम हुँदै गर्दा सुरक्षा कर्मीहरूले लखेटेर  क्यान्टिन नजिकको सेती नदीमा हाम फाल्न बाध्य पारियो  र फेरि उसको मृत्यु भयो भन्ने सुनियो। समाचारहरू अनेकौँ रूपमा आउथ्यो र मैले केही हद सम्म उनको मृत्युलाई स्वीकार गरिसकेको थिएँ। सेती नदीमै खसेको भए त बाच्ने सम्भावना नै छैन। यस्तै सोचेर निकै लामो समय मन अमिलो पारेर बसेको थिए।
पोखरा पृथ्वीनारायण कलेजमा  पढ्दै थियौ हामी त्यसबेला। भिन्न भिन्न साथीहरूको समूहमा बिभाजित भएर निकै समय चौरमा घाम ताप्दै गफ गर्थ्यौ तर कुनै राजनैतिक दस्ता वा समूह थिएन त्यो।  मात्र कलेजमा सँगै जाने आउने, डेरा नजिक र सधैँ भेट हुनेहरूको बीचमा समूह विभाजित थियो। हामी ७-८ जनामा थियौ त उनीहरूको समूह तीन जनाको थियो त्यो पनि केटाहरुमात्र। हामी त्रिमूर्ति भनेर जिस्काउथ्यौ उनीहरुलाई। । कक्षामा सर ढिलो आऊदा र समय भन्दा अगाडिनै कक्षा छोडेर जाँदा पनि एउटा आक्रोश देखिन्थ्यो उनीहरुमा। सरल स्वभावका उनीहरु प्राय चप्पल वा पान्डा जुत्ता, पैन्ट र बाहिरै निकालिएको सर्ट लगाएर देखा पर्थे।
परीक्षाको अन्तिम तयारी चलिरहेको थियो। मैले उनलाई पुस्तकालयको अगाडि भेटेको थिए। दुब्लो, सरल र चलाख अनुहारका उनी त्यस बेला निकै खुसी भएर मलाई सुनाएका थिए “जनयुद्ध सुरु भइसक्यो”। कलेजका भित्ताहरूमा जलयुद्धका पहिलो पर्चाहरू टाँसेर फर्दकै गर्दा हातमा मैदाको हिलो पोको सहित मैले उनलाई भेटेको थिए।
“कस्तो हुँदैछ पढाइको तयारी?” उनले मलाई सोधे।
“ठीक चलेको छ साथी अनि तिम्रो कस्तो हुँदै छ त?” मैले जबाफमा सोधेको थिएँ।
उनी मुसुक्क हाँस्दै मेरो हात समातेर चौरमा बस्न तानिरहे र हामी चौरमा बस्यौ। जाडो यामको पहारिलो घाम, चौरमै बेच्न ल्याउने डालेसँग बदाम किनेर त्यही बसियो। उनले भनेका र गरेका आधा राजनीतिका कुरा मैले बुझ्दिन थिएँ। चलिरहेको सिस्टम, शिक्षा र सभ्यतामा उनको बिचार भिन्न हुन्थ्यो। साम्राज्यवाद, बिस्तारवाद, यथास्थितिवाद मात्रै हैन, उनले प्रयोग गर्ने अनेकौँ शब्दावलीहरू जस्तै बुर्जुवा, सामन्तवाद र सामन्तवादीहरू जस्ता शब्दावली मेरा लागि त्यस बेला नौलो हुन्थ्यो। हामी सँगैका र एउटै उमेरका युवा थियौ, हामीले पढ्ने र जान्ने उमेर पनि एउटै थियो तर राजनीतिमा उनको बिचार म भन्दा कहयौ गुणा अगाडि र चेतनशील छ र थियो भन्ने कुरा मैले कहयौ पटक स्विकारेको पनि थिएँ। उनी सुरु देखि नै त्यसै बेला हामीले पढ्दै गरेको शिक्षाको तरिका, व्यवस्थाको खुब विरोध गर्थे। यस्तो शिक्षाले जनताको उन्नति र समाजको परिवर्तन सम्भव छैन भनेर पटक पटक सुनाउथे।
बदाम सकिन लागेको थियो र कागजकै सानो थैलोमा राखेको नुन चाट्दै भने “थाह छ मित्र यो नुन के हो?” “sodium chloride” मैले साधारण जबाफ दिएको थिए। उनी मुसुक्क हासे र भने, “यही नुनले हामीलाई गुलाम वा दास बनाएको छ। सधियौ देखि, भोट, रक्सौल, बटौली सम्म हाम्रा पुर्खाहरू नुनसँग आफ्नो अस्तित्व, विबेक सबै बेच्न बाध्य पार्दै आइएको छ। उत्तर वा दक्षिण जोसँग पनि नुनकै व्यापार हुन्छ। व्यापारीहरू काला हुन बा गोरा हुन, आँखा च्याप्टिएका हुन वा नाक उठेका हुन् हामीलाई अनेकौँ बहानामा नोकर र दासको रूपमा परिभाषित गर्दै आएका छन् र आज यही नुनको सोझो यहाँको राजनैतिक खेमामा पनि छ। यो शिक्षा हामीले चाहेको जस्तो, हाम्रो माटोलाई सुहाउने प्रकारको छैन र हामीलाई लादिएको सामाजिक परिबन्धहरू सबै यसै नुन र नुनको सोझो गर्नेहरुको कमाल हो। त्यसैले भित्र र बाहिर एउटा ठूलो भूकम्पको वा धक्काको आवश्यकता छ”। मैले नुन यत्तिको सार्ह्रो आत्मघाती होला भनेर सोचकै थिइन।
उनले थपे “तिमी नुनलाई sodium chloride भन्छौ, म नुनलाई दास र नोकर बनाउने माध्यम र हामी यसैको दास छौ र यसैलाई पोषण गरिरहेका छौ भनेर बुझ्छु। नुन सँग समाज र राजनीति जोडिएको छ”। एउटा नुन सोडियम क्रलोराईड भन्दा यती ठूलो, बलियो र धातक पनि रहेछ? म मात्रै हासेँ र भने, मैले तिम्रो कुरा बुझ्न गाह्रो छ।
“मैले सांकेतिक कुरा गरे, नुन वास्तवमा विज्ञानको भाषामा सोडियम क्लोराईड मान्छु म पनि तर सामाजिक परिवेशमा यो ठूलो बिष हो” उनले थप्दे थिए।
“यति सार्है भावनामा उडेर, यथार्थ भन्दा पर जान हुन्छ र मित्र?” मैले सोधे
“मेले भनिसके नि नुन त सांकेतिक मात्र हो” उनले प्रस्टाउँदै थिए।
समयलाई सम्झना मलाई के कुरा अहिले पक्का हुन्छ भने, त्यस बेला देखिन विद्रोही स्वभाव र विषय बस्तुलाई आम मान्छेले भन्दा फरक तवरले हेर्ने शैली उसमा थियो। राजनैतिक प्रशिक्षणले हो वा पारिवारि संस्कार वा अध्ययनले एउटा अनौठो ऊर्जा थियो यो देश र माटोको लागि उ भित्र। जनयुद्ध के हो र के का लागि भनेर उसले मलाई निकै सम्झायो तर यसमा जानेँ पर्छ भनेर कहिले मलाइ उक्साएन। मेरो जीवन शैली र जीवनका उद्देश्यहरू आफ्नै तवरले सोचेको थिए। उसको कुरामा त्यस बेला सहमत भए जस्तो भए पनि म त्यो बाटोमा जाने वातावरण मेरो परिवेशमा थिएन। परीक्षा दिनु थियो, धेरै पढ्नु थियो र यसै अनुरूप काम गरेर जीवन बिताउनु, परिवारलाई सहयोग गर्नु थियो। साँचो अर्थमा युद्धको मानसिकतामा म थिइन।
“तिमी मेरै विचारमा हिँड्नु पर्छ भन्ने हैन, तिमीले आफ्नो ठाउँबाट हामीलाई सहयोग गर” यो मात्र भनि रहन्थें। कस्तो सहयोग, कहिले गर्ने भन्ने कुरा उनले मलाई कहिलै भनेनन्। मैले साथीलाई सहयोग नगर्ने प्रश्नै उठ्दैन नि भनेर टारेको थिएँ। तर मलाई लागेको थियो, समाज परिवर्तनको लागि आफ्नो जीवनलाई युद्धमा हाल्दै गरेको नवयुवा थियो उ। उसको बिचार र कामको शैलीले उ संगठन विकासमा खरो उत्रने छ भन्ने लागेको थियो।
त्यो भेट भएको समयको केही महिना पछि उ अर्ध भूमिगत रूपमा काम गरेको हुनुपर्छ। उता युद्ध सुरु भइसकेको थियो तर पनि कहिलेकाहीँ कलेजमा कार्यक्रममा देखा पर्थ्यो। कलेज सकिए पछि उसको निजी जीवन र कामको बारेमा जानकारी पाउन छोडियो। समय निकै संवेदनशील थियो त्यसबेला। उसलाई भेट्ना साथ गोली हान्ने आदेश आई सकेको थियो। मैले मेरो एक जना नजिकको साथीलाई समाज परिवर्तनकै लागि युद्धमा लागेको कुरा स्वीकार गरिसकेको थिए। उसको बारेमा आउने हरेक समाचारहरू मैले पढ्थे र त्यसलाई पछ्याउने प्रयास गरिरहन्थे। युद्द सुरु हुँदै गर्दा लामो समय सम्म उसको र मेरो सम्पर्क भएन। हामी जीवनका फरक बाटोमा हिँडिसकेको थियौँ र सायद उसको परिभाषा र कार्यक्षेत्रमा भित्र म पर्दिन थिए। उसले कार्य लक्ष सम्पादनकै लागि आफ्नाहरूलाई बिर्सेर सम्पूर्ण रूपमा राज्य, देश र जनताहरूलाई सम्झिरहेको थियो होला र म त्यही आम जनताहरूकै परिभाषामा परेको हुनु पर्छ।
उता युद्दले भयानक रूप लिदै थियो। समाचारहरूमा राज्य र विद्रोहीले मारेका मान्छेहरूको तस्विर र समाचारहरू सधैँ जसो आईरहन्थ्यो। पोखरा पृथ्वी नारायण कलेजमा भएको भिडन्त पछि त उ मारिएको खबर फेरि एक पटक मेरो कानमा पर्‍यो। समातेर सती नदीमा फालियो भन्ने खबर पनि कतै कतै आयो। समाचारहरू अनेकौँ रूपमा आउने हुँदा पत्याउन गाह्रो थियो। त्यो भन्दा पहिले पनि मारिएको खबर नसुनेको हैन, त्यसैले उसको पार्टीकै आधिकारिक धारणा बा आधिकारिक समाचारहरू पर्खनु भन्दा केही विकल्प थिएन।
त्यस बेला म परीक्षा सकेर काठमान्डूमै पढाउने काम गर्थे। घरमा बुबा बिरामी हुनु भएको छ भनेर खबर आएको ले म गाउँ गएको थिए। केही दिन पछि बुबालाई बिस्तारै ठीक हुँदै गयो। मेले बजार तिर जाने बिचार बनाएँ र बिहानै बजार तिर निस्किएँ। बजार तिर हिँड्दै गर्दा, बाटोको छेउबाट एउटा पातलो मान्छे उस्तै अनुहारमा मेरो बाटो हुदै मैले हतार हतारमा हिँड्दै गरेको देखेँ।
“तिमी मोटाएछौ बेस्करी” उसले सुरुमै भन्यो।
“तिमि त उस्तै रहेछौ” मैले भने।
उसले त्यस पछि हात मिलायो र वरपर हेर्यो।
“आउ तिमीसँग कुरा गर्नु छ। यहाँ ठीक छैन उभिन” उसले मेरो हात समात्दै तान्यो। हामी बजारको तल अर्कै गल्लीको एउटा चिनेको मान्छेको होटेलमा पस्यौ र एउटा कोठामा छिर्यौ। अँध्यारो कोठा र मैलो सुतीको पर्दा भएको त्यो कोठामा अगाडि आमुन्ने सामुन्ने हुने गरि हामी बस्यौ।
तिमि सन्चै छौ? उसले बल्ल मलाइ सोध्यो।
“अ सन्चै छु। अनि तिम्रो यो हात र टाउकोको पट्टी के हो?” छड्के टोपीबाट बाहिर निस्किएको सेतो पट्टीको टुक्रा देखाउँदै मैले सोधेँ।
“थाह छैन? दुई हप्ता अगाडि कलेजको घटना?” उसले भन्यो
“थाह छ, मैले त”..... भन्दै थिए उसले थप्यो “मरिसकेको भन्ठान्यौ होला हैन?” उ खिस्सा हास्यो।
“यस्तै लागेको थियो” मेले थपे।
“नौलो पनि भएन यस्तो सोच्नु। समाचारमा पनि म मरिसकेको खबर आएको थियो” उसले भन्यो।
“पार्टीले पनि यसको खण्डन गर्न उचित ठानेन सायद, किन कि यस्तो हुँदै गर्दा काम गर्न सजिलो हुन्छ भूमिगत भएर” उसले थप्यो।
“अ अनि सुनाउ तिम्रो के कस्तो हुदै छ” मैले साधारण गफ सुरु गरे।
“तिमीले देखि हाल्यौ नि मेरो अवस्था तर पनि सोध्दै छौ मेरो हाल?” उ खिस्स हास्यो।
“तिमी के गर्दै छौ? र हाम्रा साथीहरू के के गर्दै छन्? मलाइ सुनाउ” उसले सबै साथीहरूको नाम लिएरनै सोध्यो।
“अरे बाफरे तिमिलाई सबै साथीहरूको नाम याद छ अझै” मैले सोधे।
मैले सबै बेलीबिस्तार लगाएँ।
“सबै साथीहरूले प्रगति गरेछन् है? कोही डाक्टर, कोही मास्टर, कोही लैकचर, कोही विदेश” सबैले राम्रो गरे” उसले एकै सासमा भन्यो।
“तिमि पनि त कमान्डर भएका छौं रे त्यो सानो प्रगति हो र?” मैले सोधे।
“कमान्डर त हैन तर पनि हुनु प्रगति हैन, कमान्डर हुनु वा क्रान्तिमा लाग्नु मेरो र हाम्रो पार्टीको मजबुरी हो” उसले भन्यो।“ उसले थप्यो।
“तिमीलाई के लाग्छ हामीले चाहेर र ठूलै मान्छे बन्नका लागि यो युद्ध लडेका हौ र? जुन दिन जनताको राज्य र समाजमा परिवर्तन आउँछ त्यस दिनबाट मैले फेरि जिरोबाट(zero) नयाँ जीवन सुरु गर्नु पर्ने हुन्छ” उसले कमिजको बाहुली माथि सार्दै भन्यो।
“किन? तिमी पनि त नेता हुन्छौ, मन्त्री हुन्छौ, तिम्रो पनि त प्रगति हुन्छ नि हैन र?’ मैले सोधे
“तिमीले नेता हुनु, मन्त्री हुनुलाई प्रगति भनेर बुझ्यौ त्यो गलत हो। हामीलाई अहिले पनि त राज्यले अनेकौँ लोभ देखाएको छ, हैन र?” उसले मलाई प्रश्न गर्यो।
“हुन त हो” मैले स्वीकारे।
“चे ग्वाभारा हुन चाहेका भए क्युवामा राज्य गर्न सक्थेनन् र? क्युवाको क्रान्ति सम्पन्न भईसके पछि उनी फेरि जहाँ क्रान्ति आवश्यक छ त्यही जाने भनेर किन हिडे?” उनले इतिहास साछी राखे।
मैले त्यस बीचमा चेको जीवनी पढि सकेको थिए मलाई उसको यो कुरा बुझ्न गाह्रो भएन।
“त्यसो भए कहिले सक्छौ त यो क्रान्ति? मैले सोधे।
“परिवर्तनको सिमा हुँदैन आज भोलि वा दशक लाग्न सक्छ मित्र तर लागिरहनु पर्छ इमानदार भएर” उसले थप्यो।
“तिमीहरू पढ्दै छौ अहिले र तिमीहरूको पनि खाँचो हुने छ एक दिन यो समाजलाई” उ क्रान्ति पछिको योजनामा प्रस्ट भए जस्तो लाग्यो।
“परिवर्तन पछि पनि राम्रा र असल मान्छेहरूको खाँचो पर्छ समाजलाई क्रान्ति सफल भई सके पछि समाजलाई व्यवस्थित गर्ने पढे लेखेका र असल मान्छेहरूको खाँचो पर्छ। म कुनै दिन तिमीलाई कामको जिम्मेवारी दिएर आए भने नौलो नमान्नू” उसले थप्यो।
“कति ठूला कुरा गर्छौ तिमी र तिम्रो कुरा बुझ्न अझै पनि गाह्रो हुन्छ मलाई” मेले थपे।
“सबैले सबै कुरा बुझ्न गाह्रो भएर त बुझाउनको लागि यत्रो लडाई लड्दै छौं हामी।“ उसले भन्यो।
तिमी कुन ठाउँमा र कसरी लड्दै छौ त? मैले सोधे।
“म बिधार्थी संगठन विभागमा छु। लडाईको अग्रिम मोर्चामा छैन, अहिले घाइते छु, सायद हतियार विभागमा काम गर्छु केही समय” उसले यस पछिको योजना पनि बतायो।
“अ साच्चै बिहे गर्‍यौ?” उसले कुरा अन्तनै मोड्न खोजे जस्तो लाग्यो।
“छैन, तिमीले गर्‍यौ?” मैले सोधे।
“छैन र अहिले नै गर्ने बेला पनि आएको छैन र पार्टीसँग सोधेको पनि छैन”। सम्पूर्ण जीवनै पार्टी र देशकै लागि नै हो भनेर सबै सुम्पिएको जस्तो लाग्यो मलाई। सम्पूर्ण रूपमा जीवन पार्टी र देशलाई नै सुम्पिएर हिँडेको उसको यो कुरा सुन्दा मलाई नौलो लागेन।
“अब अहिले तिमी कहाँ जान्छौ त? समय छ भने आज मेरोमा बास बस, भोलि बिहानै निस्के हुदैन?” मैले घर लैजाने कुरा गरेँ।
“जान त मन छैन, बस्न त हुन्थ्यो तर केही कामहरू बाँकी छन् र आजै सक्नु पर्ने छ। म आजै जानु पर्छ” संगठनकै कामले उ त्यहाँ आएको थाह भयो।
“मिल्छ भने बसौँ, धेरै कुरा गर्नु छ, दुःख सुखका” मैले जोड गरे।
“म बस्छु भोलि कसैले थाह पायो भने, तिमी र तिम्रो परिवारलाई निकै दुख दिने छन् राक्षसहरूले” उसले भन्यो। मैले निकै जोड गरे तर उ बस्न मानेन।
त्यस पछि हामीले चिसो खायौं र माथि बजारमा आएर उ बुटवल जाने बस चढेर गयो। मैले उ बसमा चढिन्जेल पछाडी बसेर हेरिहरेँ। त्यो नै हाम्रो जीवनको अन्तिम भेट र बिदाइ थियो भन्ने मैले सोचेको पनि थिईन। उ पातलो, थकित र घाइते शरीर लिएर उनकै भाषामा दुस्मनहरूको घेरा बन्दी तोड्दै थियो र गुपचुप यात्रामा निस्कियो।
त्यसको तीन वर्ष पछि म मेरै पारिवारिक विवाह समारोहमा सहभागी हुन घर गएको थिए। बिहेको अघिल्लो दिन भोलि गण्डकी बन्द भन्ने खबर आयो। हामी बिहेको जन्ती लिएर बस चढेर जानु पर्ने थिएन तर पनि चाहिने समानहरू र बिहेको चटारोमा बन्दले असर त गर्ने भयो भन्ने लाग्यो। यसै बीचमा, पोखरा वरिपरिकै गाउँ कतै खोल्सोमा राखेर ढुँगाले थिचेर उनको हत्या गरियो रे भन्ने समाचार आयो। उनकै हत्याको विरोधमा बन्द आयोजना गरिएको थियो। मलाई यो खबरले मलाइ निकै दुखी बनायो र निकै दिन सम्म उसको अनुहार मेरो आँखामा आइरह्‍यो। त्यस बेला देशको लागि इमानदार भएर आफ्नो जीवनको गर्ने र खाने बेलामा समाज परिवर्तनको सपना देख्‍ने, त्यो जोसिलो युवा मेरा साथी मात्र हैनन् बरु देशकै महान् शहीद भएको भनेर चित्त बुझाउनु बाहेक केही विकल्प रहेन। तिमिलाइ
आज शहीदहरूको परिभाषा फेरिएको छ। उनले चाहेको सामात्र यस्तै हो वा हैन, उनी भएका भए अझै राम्रो सँग सम्झाउन सक्थे होलान्। अथवा म समय मिलाएर सोध्थे हुँला। समाजलाई परिवर्तन गर्न हिँडेको एउटा ठिटोले जीवनलाई बीचमै रोकिदियो वा बलिदान गरिदियो। आज उसको त्यो त्यागको आडमा कति कामहरू कसरी भइरहेका छन् त्यो आज हामी सबैलाई थाह छ। आज समाज र सोच परिवर्तन हुँदै गर्दा शहीदहरूको परिभाषा पनि परिवर्तन भएको छ। मलाइ सबै शहीदहरूलाई सोध्न मन छ, “के सबै शहीदहरू चाहेर नै शहीद भएका हौ त?” “तिमी शहीद हुन योग्य छौं की छैनौ?” “कतै जबरजस्ती शहीद बनाइएका त हैनौ?” आफूसँग कुरा नमिल्ने जतिलाई मार्दै, भाग्दा भाग्दै पछाडि गोली लागेर मरेका शहीद पो हौ कि? हामीलाई भूपीले भने जस्तै बाँचेर गाह्रो भइरहेको छ। के तिमीहरूलाई मरेर शान्ति भा छ? साँच्चै तिमीहरूलाई के थाह, यहाँ तिमिहरूको रगतमा होली खेलेकाहरुको भोग देखेर निश्चय पनि गाह्रो भएको छ हामीलाई बाच्न।
आज उ जीवित भएको भए, मलाइ पनि राज्यको कुनै उच्च ओहोदा, राजदूत बा योजना आयोगमा सिफारिस गर्दै भनेर पछि लाग्थे होला। सुझबुझ भएकाहरु भनिएका हामी, सिफारिस र चाकडीकै भरमा मेरो साथी बा सहपाठी भनेर ठूला ठूला मञ्चमा बोल्थ्यौ होला। उ आफै कुनै ठूलो ओहोदामा बसेकै भए पनि कम्तीमा घरमा श्रीमतीलाई उसको फोटो देखाउँदै, उ मेरो साथी हेर भनेर छाती फुलाउथे होला। शहीदहरूकै लिस्टमा नाम रहदा समेत यसरी शहीद बन्न सक्नु पर्छ भनेर आफ्ना छोरा छोरीलाई सिकाउन सक्दिन म, किनकि अहिले परिभाषा र तरिका फरक हुँदै छ बलिदान, शहीद र जीवन दर्शनको। यस्तो चाडै परिभाषाहरू परिवर्तन होलान् र मात्र भित्ताहरूमा आफ्नो फोटो राख्‍नकै लागि यत्रो ठूलो बलिदान दिएको हो झै लाग्दैन। भित्तामा फोटो त फटाहा, चोर र गद्दारहरूको पनि टाँसिएकै थियो। हिजो राजाहरूको पनि फोटो गर्व साथ भित्ताहरूमा टाँसिन्थ्यो सलाम गरिन्थ्यो र प्राण भन्दा प्‍यारो ठानिन्थ्यो। समाज परिवर्तन हुँदै गर्दा यो सबै परिवर्तन भयो। तर देश समाज र जनताका निम्ती निश्वार्थ भएर लाग्नेहरूको दर्जा र तुलना.......?????? यहाँ मरेर गएका शहीदहरूको के डर? डर छ त बाचिरहेका थर्काउने, लुट्ने र असुली गर्ने शहीदहरूको पो छ त। चार पाँच जनाको समूहको शहीद, गाउँ र टोलको शहीद, घर्मको शहीद र जातीको शहीद, बिजुली चोर्दा करेन्ट लागेर बनेका शहीद, डनहरुको लडाइमा मरेका शहीद आदि आदि, थुप्रै स्तर र क्षमतामा विभाजित शहीदहरू.. चेतना भया..
राजनैतिक विचारका अनेकौ आधारभुत कुराहरुमा मतभेद हुँदा हुँदै पनि, बिचार भन्दा माथि मैले एउटा असल मित्रलाई(शहीद विजय ढकाल) गुमाएको सत्य कथा हो। मःम खान जाँदाका (हामी सगै जान्थ्यौ तर उसले भने खादैन थियो), बनभोज खान जादाँका, फेवातालमा डुगाँ चलाउन जादाँका समय र उ सँगको अनेकौँ ठट्यौली संवादहरू मेरो मनस्पटलमा अझै ताजै छन्। मैले अन्तिममा भनेका विभाजित शहीदहरूको बीचमा, देशका लागि इमानदार, समाज परिवर्तनको लागि जीवन नै फालेका शहीदहरू देख्दा चित्त बुझ्दैन। अझ यीनै शहीदको खेती गरेर, इमानदार नभई उनैको रगतलाई मागी खाने बाटो बनाएको देख्दा मन पोलेर आउँछ र निकै दुःख लाग्छ।
(तिमीलाइ धेरै धेरै सम्झना र नमन)

061343_Bijaya_dhakal


(शहीदः विजय ढकाल)

Tuesday, August 27, 2013

चिनिएको सगरमाथा र नचिनिएको नेपाल

संसारमा धेरैलाई नेपाल  नाम गरेको देश पनि छ र भन्ने लाग्दो रहेछ ।आज यस लेख लेखिरहदा आफुले अमेरिका आए पछि धेरै मुलुकका मानिससंगको भेट हुदाका अनुभव समेट्ने प्रयास गर्दैछु। संसारको नक्सामा चीन र भारत जस्ता बिशाल भूगोलको अगाड़ी यो सानो देशलाई सायद धेरैले ख्याल नगरेकोले पनि हुन सक्छ।यो सुन्दा मलाई दुख पनि लाग्यो ,यस्तो सबै कुराले सम्पन्न देश अमेरिकाको मान्छेलाई त्यति सामान्य ज्ञान पनि नहुनु हाम्रो के दोष ? स्कूलजीवन पार गरेका प्राय सबै नेपाली लाई संसारका सबै मुलुकको नाम थाहा छ भन्नेमा म बिस्वस्त छु ।
'तिमी कहा बाट?' त्यो अमेरिकीले प्रश्न गर्यो ।
'नेपाल ' मैले जवाफ फर्काए।
'नेपाल ? यो कहा छ ?' उसले अचम्म माने झै गर्यो ।
'यो एशियामा पर्छ,चीन र भारतको बिच मा' मैले ब्याख्या गरेर चिनाउने प्रयास गरे।
'तेरो देश के को लागि प्रसिद्ध छ ?' उसले मेरो देशको प्रसिद्धिको बारेमा जान्ने चेष्टा गर्यो ।
'तलाई एभरेस्ट थाहा छ ' मैले सुरु गरे देशलाई चिनाउन।
'थाहा छ, संसारको सबै भन्दा अग्लो चुचुरो होइन?' उसले जाने झै गर्यो ।
'अनि बुद्ध कहा जन्मेको तलाई थाहा छ ?' मैले अर्को प्रश्न गरे ।
'त्यो त इंडियामा ' उसले जबाफ फुस्कायो।
'होइन ,नेपालमा' मैले जिद्दी गर्दै समझाए ।
'गोर्खाजलाई चिन्छ्स ?' मैले अंतिम प्रश्न गरे ।
'वीर  योद्दाहरु होइनन?'उसले आफ्नो जबाफ दियो ।
त्यस पछि पनि हाम्रो धेरै कुराकानीहरु भए,त्यसलाई यहाँ राख्नु सान्दर्भिक ठानीन ।
त्यस मान्छे संग कुराकानी सकीए पछि पनि मेरो दिमागमा धेरै कुराहरु खेली रह्यो 'नेपाल'को बारेमा ।
एभरेस्ट र गोर्खाजलाई चिनेको मान्छेले किन मेरो देश नेपाललाई चिन्न सकेन? मेरो दिमागमा यही नै प्रश्न बारम्बार तेर्सिरह्यो।


सगरमाथा हाम्रो देशको भूगोलमै पर्छ,यसको शिर संसारकै अग्लो दरिन्छ, किनकी यो छ नै ,प्रकृतिको उपहार हो यो, यसलाई कसैले अग्लो बनाएको होइन ,यो आफैमा अग्लो छ, यो निर्बिकल्प अग्लो छ ,संसारको शिरको रुपमा ।गोर्खाज हाम्रा पुर्खाको बलिदानी र सहासको प्रतिक हो ,यो कसैको निगाहले मिलेको परिचय होइन।खुकुरी र तरबारको भरमा संसार जितेका हाम्रा पुर्खाले आफ्ना संततिको खातिर छोडेर गएको एउटा अमूल्य चिनो हो ।यो बहादुरीका सामू सबैले शिर झुकाऊन कर नै लाग्छ ।कसैको ब्याख्याले यो पहिचान तलमाथि हुन सक्दैन ।यी कुराहरु म छाती फुलाएर भनीरहेछु।यो कुरा सबै नेपालीले गर्वका साथ भन्न सक्छन।
हाम्रो परिचय माथिका कुराहरुले बाहेक किन अरु कुराहरुले दिन सकिन्न? माथिका परिचय बाहेक अरु कुनै नेपालको  बारेमा  किन गर्न सक्दैनौ ? किन हामीलाई कसैले नेपाल देशको भनेर चिन्न सक्दैन? के हाम्रो परिचय गरीव ,भ्रस्ट र आभावनै अभावको मुलुकले मात्र कतिन्जेल दिने ? हाम्रा नेताहरुले हाम्रो र देशको लागि कहिल्यै चुनाव जितेनन ,जीते त आफु र पार्टीकै लागि जीते । हामीले हामी र देशका  लागि सोच्ने कसैलाई नेता बनाऊन सकेनौ। यहाँ हड्डी एउटा भयो,अनि कुकुरहरु धेरै भए ,नारिवल एउटा भयो ,अनि बादरहरु धेरै भए ।त्यसैले हामी र देशले कहिल्यै जित्न सकेनौ ,सधै ती भ्रस्ट र फटाहा नेताहरु ले मात्र जीते, आफु धनि बने अनि देशलाई कंगाल बनाए।
अबको हाम्रो परिचय भ्रस्टचार  र अभावमुक्त नेपाल हुनु पर्छ, कसैको ब्याक्तिगत स्वार्थको लागि हामीले सड़कमा टायर बाल्नु भएन, सड़क बन्द गर्नु भएन।देशलाई सधै लुटीरहने ती सबै नेताहरु लाई अब एक पटक पनि बिश्वास नगरौ।घर र समाज बनाऊन आफै अघि सरौ,कसैको मुख नताकौ।जय देश नेपाल।।।source   

बदलिएको तीज

विभिन्न क्याफे, पार्टी प्यालेस होटल आदिहरुमा दैनिक जसो  तीजे कार्यक्रमहरुमा हुने जमघटमा रातो सारीमा सजिएर जाने आउने नारीहरुले अचेल काठमाण्डौंको बातवरण रंगिनमय भएको छ । तीज आउने एक महिना देखि सहरमा दर भित्रिएको छ । पहिला पहिला जन्मघर छोडेर पराईघर पुगेका चेलीहरुको सुख–दुःख र वेदना सुन्न तीज पर्खनु पर्दथ्यो । नन्द–अमजू, देवर-देवरानी, जेठाजू-जेठानी, सासु-ससुरा र  श्रीमानबाट पाएका  बुहार्तन ,बेदना र अपमानका कथाहरु तीजका गीत मार्फत छताछुल्ल पार्थे । बह फुकाएर मन हलुका पार्थे । अचेल  तीजकै लागि भएपनि ऋण–सापटी खोजेर पनि खर्चिलो र भड्किलो  तरिकाले मनाउने क्रम बढ्दो छ । तीजको सामाजिक सद्भाव र सांस्कृतिक महत्वलाई भुलेर उत्ताउला गीत , नाचगान  खर्चिलो भोज आयोजना परम्परामा रुपान्तरित हुने क्रममा छ ।

धार्मिक महत्व
हिन्दु धर्म ग्रन्थ अनुसार राजा हिमालयले आफ्नो छोरी पार्वतीको विवाह भगवान् विष्णुसंग गर्न खोज्दा पार्वतीले घरबाट भागी जंगलमा गई पानी समेत नखाई कठोर तपश्वा गरेपछि राजा हिमालयले भाद्र शुक्ल द्वितीयाको दिन पार्वतीको विवाह भगवान् शिवसंग गराईदिएको उल्लेख गरिएको छ । त्यसकै संझनामा सदियौ देखि तीज पर्व मनाइदै आईरहेको छ । तीजमा विवाहिता नारीहरुले आफ्नो  श्रीमानको सुस्वास्थ्य र दीर्घायूको कामना गर्दै वत्र बस्दछन् भने अविवाहितहरु सुयोग्य वर पाउने आशमा वत्र बस्दछन् । तीज भाद्र शुक्ल द्वितीयाको दिन  देखि पञ्चमी सम्म चार दिन मनाइन्छ । द्वितीयाको मध्यरात दर खाइन्छ । तृतीयाको दिन विवाहित तथा अविवाहित महिलाहरु पानी समेत नखाई वत्र वस्दछन् । चतुर्थीको दिन भगवान् गणेशको पूजापाठ गरिन्छ भने पञ्चमीको दिन नारीहरुले दतिउनले नुवाई सप्तर्षि (कश्यप, अत्रि, भारद्वाज, विश्वामित्र, गौतम, जमदग्नी र वश्ष्ठि) को पूजा गरिन्छ ।
2070 सालको तीजको अवसरमा सम्पूर्ण दिदी बहिनीहरुमा  हार्दिक शुभकामना  !!!

मेरी छोरी !

 मन त लाग्छ, सोधौँ  -'छोरी तिमीलाई कस्तो छ?'| तर नेपाली २-४ शब्द बाहेक अरु खासै आउँदैन मेरी सानी छोरी 'नीना' लाई | आघिल्लो हप्ता आउँदा त ठिकै थिई, यसपालि अनुहार निन्याउरो देखें, राम्रोसंग खेलिरहेकी पनि थिईन | कोठामा छिर्ने बित्तिकै angry bird को लोगो भएका केहि गिफ्ट उसको हातमा थमाईदिएँ, हातमा लिएर बिस्तारै 'kiitos' (धन्यबाद ) भनि | अरुबेलामा झैँ गिफ्ट लिएर खुसीले उफ्रिदैं सोफामा बल्ड्याङ खेल्न गईन, चुपचाप उसको कोठातिर लागी | कोठाको चारैतिर आँखा डुलाए, भित्तामा केहि फोटोहरु फेरिएका रहेछन, भान्सा कोठामा टाँगी राखेको बुद्धको तस्बिर चै उस्तै रहेछ | बडो मेहनतले ल्याएको थिएँ नेपालबाट त्यो | टेबलमा कागजपत्रहरु छरपस्ट थिए | छोरीको स्कुलको यो महिनाको बिल टेबलबाट खस्नै लागेको थियो, जतन गरि पट्याएर बिचमा राखी दिएँ  | मेरो भागको आधा बिल मैले अस्तिनै अनलाइनबाट तिरिसकेको थिएँ | छोरीको अनुहार मलिन हुँदा, उसकी आमा जस्तै देखिन्छ उसलाई | मन त लाग्छ काखमा लिएर फकाउँ, खुसि बनाउँ, कतै घुमाउन लगौं , वा चकलेट छोडाएर जिस्क्याई जिस्क्याई खुवाउँ | मन लाग्छ छोरी नेपालीमै बोलोस, मलाई बुबा भनोस, 'हजुरआमा भेट्न नेपाल जाउँ न' भनोस, मेरो दाईकी छोरीलाई जस्तै प्रत्येक बिहान आफैले स्कुल पुर्याउन पाइयोस, सुत्ने बेलामा कुनै रमाइलो परि-कथा सुनाउँदै न्यानो गरि सुताउन पाइयोस .... तर, यी सब मेरा कल्पना मात्र हुनेछन अब | म यसै टोलाउँदै थिएँ, छोरी बिस्तारै मनजिक आई | मैले यी सबै भाव हटाएर ठीकठाक देखिन खिस्स हाँसे | उसले गाह्रो गरि 'ड्याडी' भन्छे | र सायद अब केहि समय पछि मेरो नामबाटै बोलाउँछे | उसलाई त्यो 'ड्याडी'को आफ्नोपन धेरै महसुस गराउन सकिएन | पुरानो दिन सम्झिएँ ; यो जन्मिने बेलामा यसकी आमालाई कति गाह्रो भएको थियो, कयौ दिन हस्पिटल राख्नु परेको थियो | खै, त्यो पिडा अब स्वयम आमाले त भुलीसकि, फेरी म त बाबु | तैपनि पिडा अनि खुसीको महसुस त्यो बेला मलाई पनि उत्तिकै थियो |   

                    केहि समय छोरीसंग बिताए पछि म निस्किएँ | बाहिर निस्किएर गाडी स्टार्ट गरुन्जेल सम्म पनि मेरो आँखा मूलढोका तिरै थियो | खैर, जिन्दगीमा के के सम्म भोग्नु पर्छ, आफैले आफुलाई सम्हाले | महेन्द्र कपुरको मन पर्ने 'प्ले-लिस्ट' लगाएँ र गाडी मेनरोडमा निकालें | सिसा नै छोपिने गरि हिउँ पर्दै थियो, गाडीको wiper हल्लिए जस्तै मेरा पुराना याद धेरै चोटी wipe भए, पारदर्शी सिसा झैँ मेरो मानसपटलमा | र , यसरि आज पनि अदालतले तोकिदिएको आफ्नै छोरीलाई भेट्ने तारेख पुरा गरें मैले | ८ महिनादेखि प्रत्येक हप्ता वा पन्ध्र दिनमा यसरि नै तारेख धान्दै छु म, आफ्नै सन्तानलाई भेट्ने |
                                                            *   *   *

                    २००८ को अगस्ट, नितान्त नौलो ठाउँमा आईपुगेको थिएँ म | यहाँका मान्छे 'समर' भनेर पातलो टि-सर्टमा हिंडदा आफुलाई चाहिं जाकेटनै लगाउनु पर्ने थियो | छुँदा पनि दाग लाग्ला जस्तो सेता मान्छेका हुल मेसिन जस्तै अनुशासित भएर हिंडने | गगनचुम्बी भवन नभए पनि ठाउँ एकदम सफा, 'आहा कति राम्रो' भनेर टोलाउँदै बजार घुम्दा समय बितेको पत्तै नहुने | सुरुमा हरेक कुराको भाउ नेपाली रुपैयाँमा बदलेर हेर्थे म | सबैभन्दा सस्तो १ युरोको कफी खाँदा रु. ११० को कफी खाँदै छु भनेर स्वाद लिएर खाईन्थ्यो | पछि समयले सब सिकायो | काम, पढाई, रमाईलो, दुख, सुख, संघर्ष... सब सिकायो | 
                    हरेक शुक्रबार 'पब' वा बार जाने बानि लाग्यो | हप्ताभरी दुख गरिन्छ, weekend मा यसो रमाईलो नगरे जिन्दगीको के मजा, दुख गराईको के स्वाद, अलिकति भने पनि थकान मेटिन्थ्यो | अरुबेला फाट्ट फुट्ट मात्र आउने फिनिश, २ पेग लगाए पछि जानी नजानी खरर बोल्थें | नेपालमा धेरै साथीहरु इंग्लिश यसरि नै बोल्छन ! एक साँझ घर नजिकैको Jay Bar मा एक्लै परें म | भोड्काले रम रम छोएपछि नजिकैको टेबलमा बसेकी 'लुसिभा' संग आँखा जुध्यो | यो खास नौलो भएन, ऊ प्राय बार मा आइरहेकी हुन्थी, एक दुइ पल्ट 'हाई हेल्लो' पनि भएको थियो | तर आज चै ऊ मलाई हुनसम्मकि राम्री लागि, यो चाहिँ नौलो थियो | उसका साथीहरुको वास्तै नगरी उसकै टेबलमा गएँ, थप ड्रिंक्स मगाएँ | राती अबेरसम्म गफ गर्दै बस्यौं | फेसबुक आईडी, फोन नम्बर, घरको ठेगाना सुरुमै लिईसकेका थियौं | हामि दुवै जानको ध्यान एकअर्काबाट हटेन, उठेर घर जाने हतार कसैलाई भएन | 
                   त्यो साँझको बसाईले हामीलाई नजिक ल्यायो | त्यसपछिका कयौं भेटघाटले अँझ नजिक | एक अर्काको अपार्टमेन्टमा रात बितायौं | हामी दुवै खुसि थियौं किनकि हामीलाई एउटै महसुस हुन्थ्यो - कि हामी केवल 'सेक्स'का लागि मात्रै मनपराई रहेका छैनौं | यो भोगाई सब भन्दा सुन्दर थियो | संगीत, राजनीति, फिल्म, दर्शन, देश विदेश ... प्राय सबै बिषयमा हाम्रो तर्क बितर्क भईरहन्थ्यो | बहसको एकैछिनमा हामी पक्ष- प्रतिपक्ष हुन्थ्यौं | तर्कले जित्न नसके पछि ऊ मलाई एक्कासि 'किस' गर्थी, मेरा सबै शब्द हराउँथे, अनि हामी छिनभरमै एउटै पक्ष, एउटै अंगालो | नेपाली साथीभाईको जमघटमा जाँदा पनि उसलाई संगै लिएर जान्थें, सबै संग चिनजान गराएँ |  केटि जुझारु थिई | उसको परिवारसंग पनि मेरो घुलमिल भयो | सुरु सुरुमा 'साथी मात्रै हो' भनेर ढाँटे पनि, पछि मेरो 'खास साथी' हो भनेर स्काईपबाट घरमै देखाएँ | कालान्तरमा बिहेको कुरा उठ्यो | सुरुमा मेरो घरमा अलि अलि आनाकानी भयो - बिदेशी केटि, रहनसहन मिल्दैन, बानिव्यहोरा कस्तो छ ..आदि आदि | यता हाम्रो 'लिभिंग टुगेदर' बर्षदिन पुग्न लागेको थियो | बुझेको छोरो, उसको जिन्दगी उसैले भोग्ने हो, भनेर घरबाट पनि अनुमति दिए | चित्त बुझाउन नेपाली पात्रो अनुसार लगन हेरेर मिति तय गरियो | June को दोस्रो साता बुबाको उपस्थितिमा चर्चमा बिहे गरियो | यहींका नेपाली साथीहरु जम्मा गरेर पन्चै बाजाको धुनमा भोज पनि रमाइलै गरियो |
                                                             *  *  *


                    एउटा सानो सपना पुरा भएजस्तै भयो, सबै हाँसी खुसि थियौं | साथी हरुसंग डिस्को छान्दै हिड्ने अल्लारे जिन्दगिले गृहस्तिको बाटो समात्यो | कानुन अनुसार यहीको रातो पासपोर्ट बन्यो | त्यो भन्दा नि खुसि, हामीले छिट्टै बच्चा जन्माउने निर्णय गर्यौं | रहँदा बस्दा घरमा नयाँ सदस्यको प्रवेश भयो, ससुराली तिरबाट नाम राखिदिए 'निना', म चै त्यसलाई उल्ट्याएर 'नानि' भन्थें, आफ्नै लवजमा | फूलजस्तै राम्री हाम्री छोरी | छोरीको अनुहार को-पट्टि गयो भनेर लुसिभा र मेरो खुब बहस हुन्थ्यो, रमाइलो संग |  ऊ हाँस्दा मेरो जस्तै गालामा डिम्पल पर्थ्यो | म मक्ख पर्थें |    
                     लुसिभाको कुकुर पाल्ने निकै सौख थियो | मलाई भित्रैबाट मन नपरे पनि अलि अलि 'कम्प्रमाइज' गर्थें , पछि त बिस्तारै बानि पर्दै गयो | परिवारको सदस्य जस्तै भयो, मायाँ लाग्न थाल्यो |कहिलेकाही घरमा कोहि नहुँदा वा टाढा कतै घुम्न निस्किदा कुकुरको हेरचाह गर्न गाह्रो हुन्थ्यो | मान्छेको भन्दा धेरै यो मुलुकमा पशु-अधिकार बढी छ | फेरी लुसिभा त्यसलाई मरिहत्ते गर्थी | अप्रिलको एक शनिबार बिहान म छोरी खेलाउँदै थिएँ | लुसिभाले अचानक फोन गरेर अझै २ दिन आउन नसक्ने बताई | ऊ अफिसको काममा फ्रान्स थिई | कुकुरको ख्याल राख्छु भन्दा भन्दै मैले खाना दिन बिर्सेछु | 
Photos : from google images
 त्यसले खाने खाना लिन बजार निस्किनु पर्छ, अहो ... छोरी हेरौं कि, आफ्नो काम गरौँ कि कुकुरको हेरचाह ! मलाई त्यसै असिन पसिन भयो | २ दिन सम्म अल्छी गर्दै घरमै बनाएको खाना-तरकारी दिएँ | चिल्लो-पिरो के के परेछ कुन्नि, कुकुर अलि झोक्रायो | मंगलबार लुसिभा फर्किदाँसम्म हल्का बिरामी परेछ | यो पालि लुसिभा आउने बित्तिकै उफ्रेर 'माई हब्बी' भन्दै दिने अंगालोको छोपाई मैले पाईन | कुकुरलाई उनैले जँचाउन लगिन , औसधि लिएर आईन | उनि बोल्दा पनि ठुस्किन थालिन, ब्यबहार बदलियो , प्रिय कुकुरलाई ख्याल नगरेकोमा | १-२ दिन त सम्झाउन खोज्दै थिएँ, पछि आफैलाई झ्याउ लाग्यो - यस्तो जाबो कुरामा के स्पस्टिकरण दिईरहनु | केहि दिनमा घरमा चिठी आयो - 'पशु अधिकारबादी' संस्थाबाट | कुकुर ठिक हुन थालिसकेको थियो, तर लुसिभाको अनुहार झन झन बिग्रदै गयो | केहि दिनमा म पनि इन्टर्न गर्न यूक्रेन गएँ, १ महिनाको लागि | हाम्रो फोन सम्पर्क कम हुन थाल्यो | तैपनि दिनमा एकपल्ट छोरीको तोते बोलि सुन्न मन लाग्थ्यो | तर, लुसिभा र मेरो दूरी खै किन हो ...बिस्तारै बढ्दै गएको जस्तो भान हुन थाल्यो | 'आ .... बुढा बुढीमा यस्तो सानोतिनो कुरा भैराख्छ नि', साथी भाई हरु सम्झाउथे | म पनि खासै गम्भीर भईन | युक्रेनबाट फर्केपछि पनि खासै हाम्रो राम्रो बोलचाल भएन | अब भने सानो सानो 'इस्यु'मा पनि हाम्रो भनाभन हुन थालेको थियो | आईमाई लाई फकाउन कति बेर लाग्छ र, भनेर म अनेक उपाय गर्थें | अहँ, मेरो कुनै पुरानो उपायले काम काम गरेन | उता नेपालमा घरायसी मामला, यता अफिसको टेन्सन, घरमा बुढीको ब्यबहार... सब कुराले मलाई थिचेको थियो | लुसिभा कहिलेकाहिँ छोरी छोडेर घरबाट बाहिर रहन थालि, म पनि झोंक चलेको दिनमा साथीहरुकोमै बसी दिन्थें घुर्की लगाउन | हाम्रो यस्तै मौन दोहोरि महिनौं चल्यो | आजित भएपछि अन्तत मैले सबै घुर्की छोडेर राम्रोसंग सल्लाह गर्ने निधो गरें | तर बेलुकी फ्रिजको ढोकामा एउटा सानो नोट टाँसेको देखें - "वि आर मिटिंग टुमरो फर द फाइनल टाईम, सी यू इन लयरर्स अफिस" | अब केहि जोर चल्ने छाँट देखिएन | 

सबै कानुनि प्रक्रिया सकेपछि अन्तिमपल्ट मलाई छोरी लिन मन लाग्यो | काखमा लिएर धेरैबेर सम्म म्वाई खाइरहें | वकिलको कोठा बाहिर निस्किने बेलामा लुसिभाको अनुहार नियालें, कत्ति पनि दुख-भाव थिएन उसका आँखामा | मैले अन्तिम बाक्य बोलें - "बाई लुसिभा, टेक केयर अफ आवर एन्जल !" उसको नयाँ 'साथी' गाडी लिएर बाहिर कुरीरहेको रहेछ | मैले मेरो धमिला आँखा छोप्न गगल्स लगाएर बाहिरिएँ |                             
                                    *  *  *  
                          सम्झिन्न भन्दा पनि यी सबै 'फ्ल्यास ब्याक' अपार्टमेन्ट पुग्दा सम्म आइरहे | महेन्द्र कपुरका सबै गीत अघिनै सकिएछन् | कोठामा पसेर लुगै नखोली खाटमा उत्तानो परेर माथीतिर टोलाई रहें | कफिको तल-तल लाग्यो , तर भान्सा तिर नपसी सिधै गाडीको चाबी लिएर हिंडे | 'बार' जान मन लाग्यो, एक्लै बसेर पीउंदा अनेक थरि कुरा खेल्छन | निस्किने बेलामा ढोकैमा कुनै हँसिलो आकृतिले भन्यो 'बाई बाई ड्याडी' ! फर्केर हेरें, मेरो छोरीको ठुलो फोटो ढोकानेर मुस्कुराउँदै  थियो, मेरो जस्तै 'डिम्पल' पर्ने खोबिल्टे गाला बोकेर !


(बैशाख १४ गते को 'कान्तिपुर' कोसेलीमा प्रकाशित )    

४६ वर्षे आमाका सय वर्षे छोराको दुखद कहानी (फोटो फिचरसहित)

बुढो हुन कसैलाई पनि मन लाग्दैन । तर उमेर चढ्दै गएपछि बुढो हुनु प्राकृतिक नियम हो । उमेर पाकेपछि बुढो हुनु सबैको नियति भएकाले कसैले गुनासो गर्ने ठाउँ छैन । तर कोही मान्छे किशोर अवस्थामै बुढो भयो भने के होला ? भारतका एक किशोर १४ वर्षकै उमेरमा १ सय वर्षका जस्ता बुढा भएका छन् ।
1
१४ वर्षका अलि हुसैनको सरीर ११० वर्षको जस्तै बुढो भैसकेको छ । उनका बुवा नाबी ५० वर्षका मात्रै छन् भने आमा राजी ४६ वर्षकी छिन् । बिहारका यी किशोर वृद्धलाई प्रोजेरिया भन्ने रोग लागेका कारण यस्तो भएको हो । विश्वमा यस्तो रोगबाट पीडित मान्छे केवल ८० जनामात्र छन् । यो रोग लागेपछि मान्छेको उमेर ८ गुणा बढि जस्तो देखिन्छ । हुसैनका अन्य पाँच जना दाजु दिदीहरु यहीँ रोगका कारण मरिसकेका छन् । तर अरु दुइ दिदीबहिनी भने जिउँदै छन् र उनीहरु सामान्य छन् ।
2
यो रोगबाट पीडित मान्छेहरु जन्मेको १४ वर्षभन्दा बढि बाँच्दैनन् । तर हुसैन भने मृत्युलाई चुनौति दिँदै अझै बाँचिरहेका छन् । यो रोग निकै दुर्लभ वंशाणुजन्य रोग हो । यो रोगमा केवल बुढोपना मात्र हुँदैन बाथ, आँखा सम्बन्धि समस्या, मुटु सम्बन्धि समस्या तथा पुड्कोपन जस्ता अनेक रोग गाँसिएका हुन्छन् ।
3
हुसैनकी आमा राजीले आफ्ना पाँच सन्तान यहीँ रोगका कारण गुमाइसकेकी छिन् र छैटौँ सन्तानको काल पर्खिरहेकी छिन् । उनका चार जना सन्तान १२ देखि २४ वर्षको बीचमा परलोक भ एभने पाँचौ सन्तान जन्मेको २४ घण्टामै मर्यो । बाँचेकी मध्ये जेठी छोरी २० वर्षकी छिन् र बिहेबारी गरेर बच्चा समेत पाइसकेकी छिन् । अर्की स्वस्थ छोरी १० वर्षकी भइन् । राजीका लोग्ने नाबी हुसैन बिहारको एक कम्पनीमा गेटपालेको काम गर्छन् र मासिक २ हजार भारु कमाउँछन् । डाक्टरहरुले आफ्ना छोराछोरीको रोगबारे आफुहरुलाई कहिल्यै नबताएको र अन्धकारमा राखेको नाबी बताउँछन् ।
4 5 6online khaber.com

Sunday, August 25, 2013

इपियसपिडीत नेपालीहरूलार्इ खुलापत्र

कोरियन भाषा परीक्षा पासगरी कोरिया जान नपाएका इपियस पिडीत मेरा प्रिय नेपाली दाजुभाई तथा दिदीबैनीहरू,

तस्वीर स्रोतः अनलाइन खबर डट कम
म एक विदेशिएको तिमीहरुकै एउटा दाजु/भाई/साथीको तर्फदेखि हार्दिक प्रेम तथा सम्झना स्वीकार गर । आज अचानक तिमीहरुलार्इ म यो पत्र किन लेख्तैछु, त्यो म सविस्तार वर्णन गर्ने नै छु । तर त्योभन्दा पहिले म तिमीहरुलाई मेरो परिचय संक्षेपमा राख्न चाहन्छु ।  उमेरले म २८ बर्षको युवा हुँ । विवाहित पनि छु । अध्ययनका शिलशिलामा फिनल्याण्डमा छु । अध्ययन पनि गर्दैछु । नेपालमै बि.सं. २०६२ मा नै मैले स्नातक तह उत्तीर्ण गरिसकेको छु । स्नातकोत्तरका लागि फिनल्याण्ड, नर्वे र जर्मनी मध्य एउटा देशमा आउन चाहन्थेँ । तर ती देशका कुनैपनि विश्वविद्यालयमा मैले स्नातकोत्तरका लागि भर्ना पाइँन । कारण, यी देशमा स्नातकोत्तर तहमा भर्ना हुनका लागि स्नातक तहको पाठ्यक्रम चार वर्षको हुनुपर्दो रहिछ । फलतः युरोपमा आएर अध्ययन गर्ने मेरो चाहनालाई साकार पार्न मैले फिनल्याण्डमा स्नातकका लागि आवेदन दिएँ । आईएलटिएस पनि गरेँ । प्रवेश परीक्षामा सामेल भएँ । र, उत्तीर्ण भएपछि यहाँ आउन योग्य ठहरिएँ । र, विभिन्न तिकडमपछि म यहाँ आईपनि पुगेँ । तिकडम यस अर्थमा कि कलेजमा नियमित शुल्क नलागे पनि खाना र बस्नको बन्दोबस्तका लागि मेरो प्रायोजन गर्ने मेरो पिताजीको नियमित आर्थिक स्रोत देखाउनु पर्थ्यो जुन न्युनतम बार्षिक १२ लाख हुन आउँछ ।
मैले भन्नै पर्ने हुन्छ - परीक्षाको तयारी, आर्थिक व्यवस्थापन र प्रवेशाज्ञा (भिषा) आवेदनका बखत मैले संघर्षका कठिनतम् दिनहरु गुजारेको छु । त्यसैले म तिमीहरुले कोरियन भाषा परीक्षा उत्तीर्ण गर्नका लागि गरेको मेहनत, लगानीको मर्म पनि बुझ्दछु । म तिमीहरुको ती कठीन मेहनतको उच्च कदर गर्दछु । परन्तु, कोरियामा काम गर्नका लागि जान पाउनैपर्छ भनी कतिपय तिमीहरुले अड्डी कसेर आमरण अनसन गरेको खबर पढ्दा र आफ्नो माग पूरा नभए केहि दिनपछि नेपाल बन्दको समेत कार्यक्रम गर्ने तिमीहरुको धम्की र घुर्काइको भाषाका बारेमा थाहा पाएपछि भने केहि नलेखी रहन सकिनँ ।
विदेश तिमीहरुले सोचेजस्तो सजिलो छदै छैन । देशमै जस्तो झाराटार्ने कामले विदेशमा न कोरियन वन कमाउन सकिन्छ, न युरो न त रिंगेट नै । हुन त तिमीहरुको रुमानी कल्पनामा विदेशको झिलिमिली मात्र होला, तर नबिर्स केहिगरी तिमीहरु कोरिया पुगिनै हालेछौ भने त्यो तिमीहरुको जीवनकै कठिनतम दिनहरु हुनेछन् । हुन त म आफै नेपाल छाड्नुअगाडि निकै नै उत्साहित थिएँ । यहाँ आइसकेपछिका दुईचार दिन पनि निकै नै उत्साहित रहेँ । जब कामका लागि दौडधुप गर्न शुरु गरेँ र काम नपाएर रित्तो हात कोठामा फर्किन विवश हुन्थेँ त्यतिखेरका कुनैपनि मेरा साँझहरु ओभाना थिएनन् । हुन त तिमीहरुलाई मैले जस्तो काम खोजिरहनु पर्दैन तर काम पाएपछिको मेरो अनुभवसँग कोरियामा काम गर्न जानेहरुको अनुभूतिचाँहि थोरै भएपनि समानान्तर हुन सक्लान । त्यसकारण मैले लेख्नैपर्ने हुन्छ जुन काममा मेरो जति मेहनत अहिले बग्दैछ त्यति नै मेहनत र लगनशिलता मैले मेरै देशमा बगाउन सक्ने हो भने म निश्चिन्त छु – त्यसको प्रतिफल मैले यहाँ प्राप्त गरेभन्दा ज्यादा हुन्छ । अझ महत्वपूर्ण कुरो त म यहाँ जुन स्तरको काम गर्दैछु त्यो कामले मलाई सिकाउने केही पनि हैन तर विवशताको बाबजुद मैले काम गर्नैपर्ने हुन्छ । हुन त लागेको होला तिमीहरुले भाषा परीक्षामा शतप्रतिशत अंक ल्याएको छौं नभएपनि ९० भन्दा माथि अंक हासिल गरेका छौं, काम सहज र भव्य हुनेछ । यदि त्यस्तो सोच पालेका छौं भने मेरो विनम्र आग्रह छ – नपत्याए तिमीहरुको जस्तै अंक प्राप्त गरेर कोरियमा पसिना बगाईरहेका युवाहरुलाई सोध कि तिमीले गर्नुपर्ने काम के हो ? कति जोखिमपूर्ण काम छ त्यहाँ ? साहूले कस्तो ब्यवहार गर्दछ ? र, कति मानसिक दबदबामा बस्नुपर्दछ त्यहाँ । तिमीहरु किन अबुझ बन्छौ आखिर ? के कोरिया पुगेका सबै नेपाली युवा श्रमीकहरुको सहज दिन बितिरहेछन् त्यहाँ ? महिनौपछि सबैको छुट्टीको दिन मिलाएर उनीहरुले मनाएको छुट्टीको रमझमको तस्बीरहरु वा घुमघामको तस्बीरहरु हेरेर यदि तिमीहरुले कोरिया साँच्चीकै स्वर्ग हो भन्ने बुझेका छौ भने मेरो अनुरोध यत्ति छ – कृपया ती हसिँला तस्विरहरुमा लुकेका पीडाहरु देख्ने कोशिस गर !
मैले निर्क्यौल गरिसकेँ कि मेरो अध्ययन कार्य सिध्याईसकेपछि म यहाँ कुनैपनि हालतमा बस्दिनँ । मलाई सधैंभरी पाईखाना सोहोर्नु छैन । रातरातभरी माइनस २५ को ठिहीमा पत्रिकाहरु बाड्नु छैन । कम्मर दुख्ने गरी होटलको बिस्तरा मिलाईराख्नु छैन । नआउनु थियो आईहालेँ तर यो दलदलमा सधैं फस्नु छैन । त्यसकारण पनि मैले तिमीहरुलाई अनुरोध गर्न चाहेको हुँ – कृपया कोरिया जान पाउनै पर्छ भन्ने तिम्रो बालहठ त्यागिदेऊ । आँखा खोलेर हेर – जति पनि सम्भावना छन्- स्वदेशमै । सम्भावनाहरु पहिल्याऊ । श्रम र विवेकको समुचित प्रयोग गर्न सक्ने हो भने विदेशमा आएर कसैको दास बन्नुपर्दैन, त्यहि मालिक हुन सकिन्छ । म निवेदन गर्दछु – चूनौतीहरुबाट नभाग !

Wednesday, August 21, 2013

रक्षा बन्धन, जनै र रक्षाबन्धनको महत्व : तिमी सुरक्षित बन, विचलित नहोऊ

ईश्वर ढकाल । रक्षा बन्धन हिन्दू धर्मावलम्बीहरूले मनाउने एउटा पवित्र चाड हो । यो चाड श्रावण शुक्ल पूर्णिमाको दिनमा हिन्दु धर्मावलम्बीहरुले मनाउने गर्दछन् । बिशेषतः ब्रामह्ण क्षेत्री जातिका वर्तवन्ध गरेका अथवा जनै लगाउनेहरू यस दिन पुरानो जनै फेरेर नयाँ जनै लगाउने गर्दछन् । तागाधारी (जनैधारी) हरुले यस दिन बर्षभरीका लागि आवश्यक पर्ने जनै तयार गरी मन्त्रेर राख्ने गर्दछन् ।
यस दिन नेपालमा ब्रामह्णहरू नुहाई–धुवाई गरेर पूजा पाठ गरि सके पछि पवित्र धागो, जसलाई रक्षा बन्धन भनिन्छ, त्यसलाई बोकेर गाँउ गाँउ गएर सबै जनालाई रक्षा बन्धन बाँधेर टिका लगाईदिने गर्छन । त्यसको बदलामा मान्छेहरूले पुरोहित, ज्वाई, भानिज र बामह्णहरुलाई रूपयाँ पैसा दिने गर्छन ।
रक्षाबन्धन के हो ?
येनबद्धो बलिराजा दानवेन्द्रो महाबल, तेन त्वं प्रतिवध्नामी रक्षेमा चल मा चल । सत्ययुगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरु वृहस्पतिले रक्षा विधान तयार गरी ‘जेले अत्यन्त बलशाली दानवराज बलि बाँधिए, त्यसैले म तिमीलाई बाँध्छु, यसले तिमी सुरक्षित बन, विचलित नहोऊ’ भनी धागो/डोरो बाँधेर जोगाएका थिए भन्ने पौराणिक कथनबाट चलेको रक्षाबन्धनको परम्परा हिन्दु धमावलम्वीबीच आज पनि त्यत्तिकै प्रचलित छ । समयको परिवर्तनसंगै तागाधारी (जनैधारी) हरुको संख्या घट्दै गएपनि जनैपूर्णिमाको दिन भने मानव रक्षाका लागि जप, तप र पूजा गरी मन्त्रिएको रक्षाबन्धन (डोरो) उक्त मन्त्र पढ्दै ब्राम्हणले यजमानको नाडीमा बाँधिए रक्षा हुन्छ भन्ने प्रचलनलाई सबैले स्विकार गरेकै छन् ।
यसैगरी जनैपूणीमाकै दिन देह शुद्ध गरी देवता, सप्तषि तथा पितृको नाममा तिल, कुशसहित तर्पण गरिने भएकाले यस पर्वलाई ‘ऋषितर्पणी’का नामले पनि चिनिन्छ । यस दिन सप्तषिद्र्वारा कश्यप, अत्रि, भारद्वाज, गौतम, जमदग्नि, वशिष्ठ र विश्वामित्रलाई तर्पण दिइन्छ । आजको दिन एघारथरीका गेडागुडी मिर्साई भिजाएर टुसा उम्रेपछि क्वाँटी बनाई खाने चलन छ । यसरी तयार गरिएको क्वाँटी खानाले शरीरमा रोग नलाग्ने, पेट सफा हुने र वषार्का कारण चिसो भएको मौसममा शरीरमा तापसञ्चार हुने विश्वास गरिन्छ ।
जनैपूर्णिमाको दिन रसुवाको गोसाईंकुण्ड, मणिजूड दह र ललितपुरको कुम्भेश्वर, सिन्धुपाल्चोकको पाँच पोखरी, गोरखाको नारद पोखरी, गोरखा र लमजुङ्को सिमानामा पर्ने पवित्र धार्मिक स्थल दुधपोखरी लगायत देशभरका मठ, मन्दिर र कुण्डहरुमा मेला लाग्ने गदर्छ ।
janai ,
यस पर्वको पौराणिक कथा
पौराणिक कथा अनुसार देवराज इन्द्र र दैत्यराजबीच १२ वर्षसम्म भयकंर युद्ध चलेको थियो । यस युद्धमा असुरहरुले देवताहरुमाथि विजय प्राप्त गरेका थिए । पराजित देवगण धर्म एवं संस्कार विहीन भएर जीवनयापन गर्न लागे । यसरी गौरवहीन जीवनदेखि देवराज इन्द्र बांच्नु भन्दा मर्नु नै श्रेयस्कर सम्झेर असुरसंग अन्तिम युद्ध गर्ने संकल्प लिएका थिए । त्यो दिन श्रावण शुक्ल चतुर्दशीको दिन थियो । अतः देवगुरु वृहस्पतिले अघिल्लो दिन इन्द्रको कल्याण एवं विजय कामना होस् भनी रक्षाको विधान श्रावण मासको पूर्णिमाको शुभ मूहूर्तमा इन्द्रलाई रक्षाको बन्धन बांध्दै निम्न मन्त्र जप्नुहुन्छ ।
येन बद्धो बली राजा दानवेन्द्रो महाबलः ।
तेन मन्त्रेण बहनामि रक्षे मा चल मा चल ।।
तत्पश्चात् इन्द्राणीले इन्द्रको दाहिने हातमा रक्षासूत्र बाँधे र जुन रक्षासूत्र बांध्नाले देवराज इन्द्र विजयी बने । वास्तवमा त्यो पवित्रताको रक्षासूत्र थियो । त्यही रक्षासूत्रको सम्झना गर्दै रक्षाबन्धन बाँध्ने प्रचलन रही आएको छ । हिन्दु परम्पराअनुसार नेपालको पश्चिमी जिल्ला म्याग्दीका पूर्जा, तिलिजा, रञ्जिता तथा गर्वुजा थरका मगरहरु पनि जनै पूर्णिमाका दिन जनै धारण गर्दछन् । यहाँका मगरहरु जन्मदेखि मृत्यु पर्यन्तका कर्म हिन्दु परम्परा अनुसार गर्ने र ब्रतबन्ध पनि सामूहिक तथा एकल गर्ने चलन रहेको छ । प्रथम विश्वयुद्धमा ब्राह्मण, क्षेत्री र मगरहरुको मुसलमानले जनै फालिदिएपछि मगरजातिमा जनै धारण गर्ने क्रम रोकिएको मगरहरुको भनाइ छ ।
janai purnima
अर्को एक कथा अनुसार जब यमदूतले आफ्नो बहिनी यमुनासंग राखी बांध्ने समयमा भनेको हुन्छ कि जसले यस पवित्रताको राखी बांध्दछ उ यमदूतको सजाय अथवा भयबाट मुक्त हुन सक्दछ । त्यसै अनुरुप यस दिन यमदुत र यमुनाको कथा अनुसार दिदी बहिनीले दाजुभाईलाई राखी बांध्ने प्रचलन पनि चल्दै आएको छ । तराई क्षेत्रमा रक्षाबन्धनलाई दिदी–बहिनी र दाजु–भाइको आपसी मायाको चाडका रूपमा पनि लिइन्छ । आजका दिन दिदी–बहिनीले आफ्ना दाजु–भाइको दीर्घायू र सफल जीवनको कामना गरी हातमा कलात्मक राखी बाँधी आफ्नो रक्षाको वचन लिने चलन छ ।
नयाँ जनै लगाउने मन्त्र
यज्ञोपवितं परमं पबित्रम, प्रज्ञापतेर्यत्सहजम पुरास्तात
आयुष्यार्मग्नम प्रतिमुन्च शुभ्रम, यज्ञोपवितं बलामस्तु तेज
हातमा डोरो/रक्षाबन्धन बाँध्ने मन्त्र
येन बद्धो बलि राजा दानबिन्द्रो महावल
तेन त्वं प्रति बध नामी रक्षे मा चल मा चल
नेवार समुदायमा ‘गुन्हु-पुन्ही’
आजको दिन नेवार समुदायमा ‘गुन्हुपुन्ही’ भनी मनाइने परम्परा छ । विभिन्न प्रकारका स्वरबाट वर्षा र खेतीको कामबारे कृषकलाई जानकारी दिने भ्यागुताले गठेमङ्गलका दिन नरभक्षी घण्टासुरलाई बाटो भुलाई ढापमा जाकिदिएकाले नेवार समुदायमा आजको दिन भ्यागुताको पनि पूजा गर्ने प्रचलन रहेको छ । आजकै दिन भगवान् गौतमबुद्धले आफ्नो कामशक्तिमाथि विजय प्राप्त गरेका थिए भनेर बौद्धग्रन्थको ललितविस्तारमा उल्लेख गरिएको छ ।          nepal sandesh.com

Thursday, August 15, 2013

तिमी नारी किन यति हठी ? –१५ तिमी म अनि हाम्रो प्रेम दिवस !

सायद तिमीलाई माया गरेको भन्दा पनि ‘माया गर्छु’ भनेर भनेको सुन्न बढि मन पर्छ । त्यसैले त होला तिमी बारम्बार मेरा मुखबाट प्रेमालापहरु सुन्न चाहन्छ्यौ । तिमीलाई हरेक पटक मबाट तिम्रो साथ दिने र तिमीसँग हुने बाचा बन्धनहरु सुन्न मन हुन्छ । तिमीसँग व्यवहारिक हुन खोज्दा तिमी निष्ठुरी भन्छ्यौ । तिम्रा ती कटु वचन सुन्दा यहाँ आफ्नो मुटुले ठाउँ छोडे जस्तो हुन्छ भन्ने तिमीलाई के थाहा ? अनि अग्लो भीरबाट खस्दा मुटुमा परेको चीसो जस्तो महशुस हुन्छ भन्ने के थाहा ? सँच्चै तिमीले अविश्वास गर्दाका क्षणहरु निकै नरमाइलो लाग्छ । तिम्रो विश्वास जित्ने कुनै उपाय गर्न पाए हुन्थ्यो झैँ लाग्छ । तिमी जीवनभर एक प्रेमीका भएर जीउन चाहन्छ्यौ । तर विडम्बना, यथार्थको संसारमा सपनाहरु सँधै साँचा नहुन सक्छन् । कहिले कहीं वर्तमानका गाह्रा साह्रा परिस्थितिहरुले पनि पछिका दिनहरुलाई अझ मीठा बनाएर लैजान्छन् । प्रेम दिवस आउन लागेको तिमीले भेउ पाइछौ । तिम्रा अरु साथीका प्रेमीहरुले पनि उनीहरुलाई प्रेमोपहार दिनलागेका कुराहरुले तिम्रा मनमा पनि अनेक रहर जगायो होला । त्यसैले त तिमी मलाई बारम्बार सोधी रहन्थ्यौ, ‘यसपालीको प्रेम दिवसमा मलाई के दिन्छौ ?’ भन्न त मन थियो,‘म नै होइन र तिम्रो जीवनको सबै भन्दा ठूलो उपहार ?’ तर त्यसो भन्दा तिम्रो चित्त दुख्ला भनेर अर्कै जवाफ दिन्थे । तिमीले चाहेको र अपेक्षा गरेको जवाफ दिन्थेँ । तिमी पनि दंग पथ्र्यौ । अनि मनमा अनेकौं तानावाना वुन्थ्यौ । मैले दिने उपहारका बारेमा अनेकन अड्कलबाजीहरु गथ्र्यौ । तिमीलाई उपहारको चिन्ता भयो । मलाई उपहार कसरी जुराउने भन्ने चिन्ता भयो । तिमीलाई मध्यरातमा फोनमा मसँग प्रेमालाप गर्ने इच्छा भयो । मलाई मध्यरात सम्म कसरी निद्रा विथोलेर ब्युझने भन्ने भयो । चाहे जन्म दिन होस्, चाहे नयाँ वर्ष, तिमीलाई शुभकामना दिनको लागि हरेक पटक मध्यरातमा जाग्नु पर्छ । मध्यरातमा तिमीलाई शुभकामना दिँदा मात्रै तिमीलाई माया गरेको हुन्छ र ? अनि त्यसरी मध्यरातसम्म जागा रहँदा मैले पाउनु परेको सास्तीले तिमीलाई खुशी बनाउने हो र ? मैले तिम्रो खुशीमा आफ्नो खुशी देखे जस्तै तिमीले पनि मेरो खुशीमा आफ्नो खुशी देख्नु पर्ने होइन र ? दिनभरी कामबाट थाकेको मान्छे माम खाने बित्तिकै विछौनामा लुटिपुटि गरेर सुत्न मन लागि हाल्छ । तिमी भने हरेक रात सुत्न अघि फोनमा कुरा गर्नुपर्ने शर्त राख्छ्यौ । अनि विहानै तिमीलाई बिउझाउने आवाज पनि मेरै होस् भन्ने हुन्छ । यो कहिले सम्म सम्भव होला र ? आज त ठीक छ, भोलिका दिनमा त हामी दुवैमाथि अन्य जिम्मेवारीहरु पनि थपिएलान् । अनि त्यस बखतमा यी सबै कुराका लागि समय मिलाउन सखिएला र ? तिमीलाई यस्ता कुराहरु गर्दा म लोभी भएको हुन्छ । त्यसैले मनमै गुम्साएर राख्छु । सके सम्म तिमीले भनेजस्तै र अपेक्षा गरे अनुरुप हुन खोज्छु । जन्मदिनमा चुके थेँ अनि नयाँ वर्षमा पनि तिम्रा आँशुको कारण बनेको थिए । तर प्रेम दिवसमा पनि त्यही रुपमा तिमीलाई निराश पार्न सक्तैन थेँ । त्यसैले तिम्ले भने जस्तै गरेँ । तिमीलाई निराश पार्ने धृष्टता गर्ने आँट अब हराइ सक्यो । त्यसैले तिमीले भनेको जस्तै गरेँ । जसो तसो राती ब्युझिएर तिमीलाई प्रणय दिवसको शुभकामना दिएँ । एक मनले भन्थ्यो, सन्त भ्यालेन्टाइन त एक पटक मरे, तिम्रा अनुपस्थितिमा अनि तिमी रीसाएको बेलामा म आफू कतिपटक मरेको छु तिमीले के जानेकी होऔली ? तिम्रो मायामा म आफै सन्त भएको बेला तिमी सन्त भ्यालेन्टाइनलाई त्यति महत्व किन दिन्छ्यौ । तिम्रो लागि त सन्त भ्यालेन्टाइन भने पनि जे भने पनि म नै होइन र ? आँखिर तात्विक फरक देखिने भनेका कसले कसरी माया गर्छ भन्ने कुरामा नै त होे । अरुलाई जो सुकैले जसरी माया गरेको भए पनि तिमीलाई मैले जस्तो माया सायदै कसैले गर्ला । हो तिम्रा आँशुहरु मैले झारेको छु तर याद गर त ति आँशुहरु पुछ्ने हातहरु पनि मेरा नै हुन्छन् । तिम्रो चित्त दुखाएर तिमीलाई बेलाबेला गलाएको छु तर तिमी लड्दा तिम्रालागि थापिने काँध पनि मेरै हुन्छन् । हो म पनि मान्छे हुँ, मेरा पनि कम्जोरीहरु छन् । तिमीलाई सँधै तिमीले अपेक्षा गरे अनुरुपका खुशीहरु दिन नसकौंला । तर अफूले बोलेको पु¥याउने छु । सन्त भ्यालेन्टाइन प्रेममा सहीद भए । म तिम्रो प्रेममा अमर हुन चाहन्छु । बाँचुञ्जेल तिम्रो अन्तिम साहरा बन्न चाहन्छु । तिम्रालागि म कठोर भएको भनेको तिमीलाई म नहुँदाका परिस्थितिमा जुझ्न सक्ने बनाउनलाई हो । तिमी मसँग रिसाउँदा संसार रोकिएको हुँदैन । न त तिमीले गर्नु पर्ने कामहरु अरु कसैले आएर नै गरिदिन्छ । मैले तिमीलाई साथ नदिएका बेलामा पनि भूगोल घुमेकै हुन्छ । दिनरातहरु आफ्नै क्रममा चलिरहेका हुन्छन् । आँखिर समयको गति अनुसार हामीले चल्नु पर्ने हो न कि समयको गति हामी अनुरुप भइदिने हो । तिमीलाई कति भनौ कति सम्झाउँ यी कुराहरु । म त कहिले काहीं तिमीदेखि हैरान हुन्छु । अनि प्रश्न गर्न थाल्छु तिमी नारी किन यति हठी हँ ? आफ्ना इच्छाहरु पुरा गर्नको लागि हामी पुरुषहरुलाई सँधै किन यसरी सास्ती दिएका । प्रमीका रुपमा होस् चाहे पतिका रुपमा होस्, तिम्रा इच्छाहरु पुरा नगरी हामीले धर पाउनै गाह्रो छ । एक त तिमी विनाको जीवन पनि निरस निरस लाग्छ । एक्लै जीउन नसकिने होइन तर गाह्रो छ । साहारा हुन्छ्यौ भनेर तिमीलाई रोज्यो उल्टै आफू नै साहरा बन्नु पर्छ ! एकजना साथी निकै निरास थिए । प्रेम दिवसमा सबैले आफ्ना प्रेमीकाहरुलाई यसो भने उसो गरेँ अनि यो दिए ऊ पाएँ भनेर भनिरहेका बेलामा उनको नैराश्यताको कारण जान्ने मन भयो । उनलाई पनि उनकी प्रेमीकाले खप्की ख्वाएकी रहीछ । साथी सोझा परे । प्रेम दिवस आएको चाल पाएर पनि खालिको फजुल खर्च तिर किन लाग्ने भनेर टार्न खोजेका रहेछन् । गृहमन्त्रालयबाट फोन आइ हाल्यो । करारा जवाफ सुन्नु परेछ । प्रतिक्षा गरेकी रहिछन् उनको घन्टीको तर केही सीप नचलेर आफै कल गरिछन् । अब उनैले पनि शुभकामना दिए भइ हाल्थ्यो, उल्टा झपारिदिएपछि त साथीको दिनै विग्रेछ । रु कुरामा परिवर्तन खोज्छन्, यो प्रेमका कुरामा कहिले होला नारीहरु अघि सर्ने । पुरुष साथीहरुले धेरै भयो प्रस्तावहरु गर्न थालेको अनि प्रणय दिवसहरु प्रतिक्षा गर्न थालेको अनि प्रेम दिवसका शुभकामनाहरुमा अघि पर्न थालेको । अब नारीहरुले पनि आफ्नो जिम्मेवारी बुझे हुने । अल्मल्याउने संकेतहरुले यता न उताको बनाउनु भन्दा भने भइ हाल्यो मनका कुराहरु ! अनि मनका कुराहरु सुनिसकेपछि यस्ता दिवसहरुको बहाना खोज्नु भन्दा दिनै पिच्छे प्रेम दिवस मनाए भइगो नि ! प्रेम दिवस मनाउनको लागि किन ठूला उपहारको जोहो गरिरहनु प¥यो र ? प्रेम गर्नेहरुका लागि त एक अर्कोको उपस्थिति नै ठूलो उपहार होइन र ? अनि किन चाहियो बजारका सस्ता शब्दहरु कोरिएका कार्डहरु अनि उपहारहरु ? तिमीले पनि यी कुरा बुझिदिए मेरो प्रयास साकार भएको ठान्ने थिएँ । सजिलो छ, तिमीले मलाई उपहार मान्ने अनि मैले तिमीलाई । अनि प्रत्येक भेटमा एक अर्कालाई आफू दिने । अनि त दिनै पिच्छे भइ गयो नि प्रेम दिवस ?! किन कुरी रहनु प¥यो अर्काका तिथीहरु ?

Tuesday, August 13, 2013

म जनताको प्रश्न तिमि जनतालाई Ramesh Adhikari

नेताजी जय भन्छौ र जनता
फेरी नि भर्याङ्ग बन्छौ र जनता ?

आउदैछन् ति फेरी सपना बाड्न
रुदै आफ्नो पिडा कहन्छौ र जनता ?

हर कष्टबाट पार लगाइदिने
गुलिया बातमा बहन्छौ र जनता ?

जसलाई चुन्यौ उसैले तिम्रो सुख ल्याउने दिन गन्छौ र जनता ?
उनीहरुले तिमीलाई बहक्याए भने आफैं पुर्ने खाल्डो खन्छौ र जनता ?
कहिले पो उठ्छौ चीर निन्द्राबाट कहिलेसम्म निर्धो रहन्छौ र जनता ?... तर ......... मैले पनि नेताको जय जयकार नै गरिरहे ..... तर

Tuesday, August 6, 2013

निर्वाचन–विरोधीबाट जवाफको अपेक्षा

रामजी बलामी
लामो समयको रस्साकस्सी र चौतर्फी दबाबपछि संविधानसभाको दास्रो शृङ्खलाको निर्वाचन मिति अन्ततः मंसिर ४ गतेका लागि तोकिएको छ। प्रधानन्यायाधीश खिलराज रेग्मी नेतृत्वको चुनावी मन्त्रिपरिषद् गठनसँगै आन्दोलनमा होमिएका दलहरू निर्वाचनको मिति घोषणासँगै ‘चुर’ देखिएका छन्। राष्ट्रघाती, जनविरोधी, गणतन्त्रविरोधीजस्ता उपमा भिराउँदै यतिखेर केही दल आन्दोलनमा छन्। माग पूरा नभए हतियार उठाउनसमेत बाध्य हुने चेतावनी दिँदै छन्।
हरेक काम गर्दा सबैभन्दा महत्त्वपूर्ण र ख्याल राख्नुपर्ने कुरा हो समय–समयको महत्त्व नबुभ्mदा पछुताउनुको विकल्प रहन्न। समयलाई जसले पछ्याउन सक्छ, उसैले जीवनमा प्रगतिको स्वाद हात पार्छ। समयको महत्त्व दर्शाउनुभन्दा पनि आन्दोलनमा होमिएका दलहरूले समयको महत्त्व कतिको बुझेका छन् भन्ने मुख्य कुरा हो। राजनीति भनेको नीतिसहितको हुनुपर्छ। नीतिविनाको राजनीति स्वार्थसिद्धका लागि मात्रै हुन्छ। अहिले मुलुक संक्रमणकालीन अवस्थामा गुज्रिरहेको छ। संविधानसभाको हत्या भएको एक वर्ष नाघिसक्दा पनि दोस्रो पटकको निर्वाचन त के मितिसमेत बल्लतल्ल घोषणा भएको अवस्था छ।
मिति घोषणालाई स्वागत गर्दै निर्वाचनमा होमिन तम्तयार हुनुपर्ने दलहरू सडकमा ओर्लेर हतियार उठाउनेसम्मको चेतावनी दिँदै हिँड्नुबाट उनीहरूको राजनीतिक सक्षमतामाथि नै प्रश्नचिह्न खडा हुन्छ। मुलुक निर्वाचनमा जानुको विकल्प थिएन भने आखिर किन निर्वाचनको विरोध गर्ने ? एक वर्ष ढिला भइसकेको निर्वाचनलाई अझ कति वर्ष कुर्ने ? निर्वाचन भनेको भाकल राखेको बोका होइन, जसलाई एक वर्ष भए पनि बाँच्छ भन्नका लागि। ढिलो गरेर पछुताउनुभन्दा छिटो गरेर मुलुकलाई निकास दिनु राम्रो होइन र ?
यदि कुनै काम गर्नुको विकल्प छैन भने किन तत्काल नगर्ने ? अहिलेको अवस्थामा यदि निर्वाचनको विकल्प केही छ भने भन्न सक्नुपर्छ। तार्किक र यथार्थ माग अघि सार्न सक्नुपर्छ, होइन भने दलगत र व्यक्तिगत स्वार्थका लागि राजीनामा माग्ने, बन्द–हडताल गर्ने र वादविवादका लागि निहुँ बनाउने भनेको अश्लील राजनीति गर्नु हो। यस्तो प्रवृत्तिले न तपाईंहरूको दलको इज्जत रहन्छ, न त कार्यदिशाले नै सकारात्मक दिशा पक्रन्छ।आन्दोलरत दलहरूले आत्मादेखि सच्चा दिलले ख्याल राख्नुपर्ने महत्त्वपूर्ण कुरा के हो भने, मुलुकमा संविधान चाहेको हो वा द्वन्द्व ?
दशबर्से युद्धबाट क्षतिग्रस्त बनेको मुलुकलाई सम्मुनतितर्फ लैजानु राजनीतिक दलहरूको दायित्व हो। गणतन्त्रको मौका छोप्दै मनपरितन्त्र लाद्नु कसैका लागि पनि हितकर हुँदैन। अहिले पुनः द्वन्द्वको सपना देख्नु भनेको मुलुकलाई भड्खालोमा पार्नु र आफु पुरिन आफैं खाल्डो खन्नु हो। आफ्नो खुट्टामा आफैं बन्चरो हान्नेलाई पागलपनको संज्ञा दिनुसिबाय केही गर्न सकिन्न।
कुनै पनि संगठनको आफ्नो निश्चित नीति, रणनीति, कार्यदिशा र उद्देश्य हुन्छन्। राजनीतिक दलहरूको उद्देश्य भनेको राष्ट्रिय हित र जनचाहनाअनुरूप मुलुकलाई अगाडि लैजाने हो। निजी र दलगत चाहनाअनुसार मुलुक चलाउने होइन। जनताको मत जित्ने र लोकप्रिय बन्ने हो भने जनहितका कार्यक्रममा समर्थन र जनविरोधी कार्यक्रमको विरोधी बन्न सक्नुपर्छ। राजनीतिक उद्देश्य विपरीत स्वार्थतामा टेकेर अगाडि बढ्नु भनेको दलको चरित्रमाथि नै दाग लाग्नु हो।
अतः आन्दोलनरत दलहरूले यति बेला निर्वाचन हुन नदिने मागहरू अघि सारेर समयको सत्यानाश गर्नुभन्दा समयको मागलाई बुझेर अगाडि बढ्न सक्नुपर्छ। निर्वाचनको विरोध गर्नुभन्दा माहोल सिर्जना गरी सिट ल्याउने कसरतमा लाग्नुपर्छ। ठूला भनिएका दलहरूले पनि निर्वाचनका विरोधीहरूलाई सकभर सहमतिमा ल्याई अघि बढ्नुपर्छ। अन्यथा आन्दोलनले द्वन्द्वसिबाय केही हुनेवाला छैन।
नेपाल समाचारपत्र दैनिकमा प्रकाशित
http://www.newsofnepal.com/bichar/2013/07/4715/

डा. बाबुराम भट्टराइ र कमल थापा बीचको फेसबुक युद्ध

पुर्व राजा ज्ञानेन्द्र शाहले सुदुर पश्चिममा राहत वितरण गर्न लागे पछि एक कार्यक्रममा एकिकृत माओबादीका उपाध्यक्ष तथा पुर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले आफु प्रधानमन्त्री भएको भए पुर्व राजालाई जेल हाल्ने अभिव्यक्ति दिएसंगै राप्रपा नेपालका अध्यक्ष कमल थापाले जेल हालेर देखाउन चुनौती दिए यसरी सुरु भएको आरोप प्रत्यारोप अझै जारी छ अहिले सम्म थापा र भट्टराईले आ-आफ्नो फेसबुक वालमा पोष्ट गरेको सवाल जवाफ यस्तो छ । फोटो : गुगलबाट साभार 


पुर्व प्रम डा. बाबुराम भट्टराई

 
राप्रपा नेपालका अध्यक्ष कमल थापा





















- सन्तोष भुषालको नामबाट साउन १८ गते  कमल थापाको वालमा पोष्ट गरिएको प्रतिक्रिया (यो प्रतिक्रिया स्वय थापाले पोष्ट गरेका हुन् , यसबाट थापाले यसलाई पूर्ण समर्थन गरेको देखिन्छ)
बाबुराम भट्टराईका लागि.... केहिदिन अगाडी पूर्वराजा बाढीपिडितलाई राहत बितरण गर्नको निम्ति दार्चुला लगायतका बिभिन ठाउँमा पुग्दा परिवर्तनको सम्बाहक भन्न रुचाउने दल माओबादीका नेता बाबुराम भट्टराईले जेल हाल्नुपर्ने धम्कीपूर्ण र अत्यन्त न्युन स्तरिय अभिव्यक्ति दिए।
त्यसको केहि दिन बित्न नपाउँदै चितवनमा जबर्जस्ति चन्दा आतंक मच्याउँदै गरेको अवस्थामा पक्राउ परेका वाई. सी. एल. कार्यकर्ताहरु माथि चलाइएको मुद्दा फिर्ता तथा निसर्त रिहाइको माग राखेर बाबुराम का कार्यकर्ताले चितवनलाई थप आतंकित बनाएका छन् ।
म बाबुराम लाई प्रश्न गर्न चाहन्छु,
पूर्व राजाले बाढीका कारण घर बास गुमाएका जनतालाई चामल र लत्ताकपडा दिनु अपराध हो कि तपाईंका कार्यकर्ताहरुले सर्बसाधारण जनता बाट जबर्जस्ति चन्दा असुल्ने अनि कानुनी कारबाहीको प्रक्रियाको बिरोधमा सर्बसाधरणको बाटोमा हिंड्ने र पढ्न लेख्न पाउने अधिकार तथा दैनिक कामकाजमा अवरोध पुर्याउने काम अपराध हो ?
निर्वाचनको वातावरण भोको पेट बसेका जनतालाई चामल दिंदा बिथोलिन्छ कि जनताको छाक काटेर तपाईंका कार्यकर्तालाई पैसा दिनैपर्ने अराजक र बाध्यकारी अवस्था सिर्जना गर्दा बिथोलिन्छ ?
बाबुरामले फेसबुकमा एउटा संस्कृत श्लोक लेखेका रहेछन् तर उनले लेखेको त्यो श्लोक अहिलेको नयाँ पुस्तालाई थाहा नहोला। किनकि केहि बर्ष अगाडी सम्म संस्कृत भाषा पठन पाठन गराउन बाट रोक्ने काम बाबुराम र बाबुरामकै दलले गरेको थियो।तर आज आएर त्यहि संस्कृत श्लोक लेख्ने सद्बुद्दि आउनुलाई भने मैले सकारात्मक रुपमा नै लिएको छु।
पूर्वराजाको धार्मिक र सामाजिक सेवाको गतिबिधिलाई प्रतिक्रान्तिकारी भन्ने र त्यस बारे खतराको घन्टी बजाउनु आफ्नो कर्तब्य ठान्ने बाबुरामले बाढीले उठिबास लागेका जनता प्रतिको आफ्नो कर्तव्यको बारेमा किन सोचेनन ?
दशगजा मिचेर सडक निर्माण गर्ने भारतको हर्कत बाट खतराको संकेत किन देखेनन् ?
आफ्नै प्रधानमन्त्रित्व कालमा लुम्बिनीमा आयोजित कार्यक्रममा मन्त्रीकै अगाडी बुद्धको जन्म भारतमा भएको भन्ने गलत प्रचार बाट राष्ट्रियतामा खतराको संकेत किन देखेनन् ?
कुनैबेला सार्बजनिक रुपमै "बरु राष्ट्र भारतमा बिलय हुन्छ तर राजतन्त्र कुनै पनि हालतमा फर्किंदैन" भन्ने बाबुरामले सोच्नुपर्ने हो कि गणतन्त्र भन्दा राष्ट्र ठुलो हो भनेर।
गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समावेसी-समानुपातिक लोकतन्त्रको बारेमा पुर्बराजाले प्रतिबद्धता नजनाएको भन्दै चिन्ता ब्यक्तगर्ने बाबुरामले चाहिँ राजा र जनताको संयुक्त प्रयासबाट निर्माण भएको नेपाल राष्ट्र र अनि यसको निर्माणकर्ता संस्था र पात्रको भूमिकाको बारेमा कहिले सकारात्मक चर्चा गरे राष्ट्रको अस्मित्ता माथि विदेशीले धवाबोल्दा कहिले चिन्ता ब्यक्त गरे ?
भारतको आसिर्बादमा हिंसाको बाटोबाट ल्याएको गणतन्त्र शान्तिपूर्ण तरिकाले बिस्थापित गरि नेपाल राष्ट्रको निर्माणकर्ता संस्थाले जनताको मन जितेर आफ्नो भूमिका कायम गर्न चाहन्छ भने त्यसमा आपत्ति जनाउनु पर्ने कारण के छ ?
गणतन्त्रको कार्यान्वयन पश्चात पुर्बराजाको पहिलो भारत भ्रमणका बेला बाबुरामजीले सार्बजनिक रुपमै "भारतले भनेको नमानेको कारण श्रीपेच फुस्कियो, अब तिमीहरुले भनेको मान्न तयार छु भन्न ज्ञानेन्द्र भारत गएका हुन्।" भन्ने अभिव्यक्ति दिएका थिए।
यसबाट के स्पष्ट हुन्छ भने माओबादी भारतको अधिनस्त थियो त्यसैले उसले आफ्नो एजेन्डा स्थापित गर्न सकेको हो।
पूर्वराजाको देश दौडाहा के को निम्ति हो भनेर बाबुराम जी ले अड्कल काट्नुपर्ने अवस्था नै होइन यो।
राजसंस्थाको पुनर्स्थापनाको निम्ति नै हो र आँफु पुन अभिभावकको भूमिकामा रहन चाहेको भन्ने कुराको खुलासा न्युज 24 च्यानल मार्फत स्वयम् पूर्वराजा बाट गत बर्ष नै भैसकेको छ।
राष्ट्रको निर्माणकर्ता राजसंस्थाको अन्त्य गर्नको निम्ति बिद्रोह गरेको र हिंसात्मक बाटो रोजेको माओबादीका नेता बाबुरामले शान्तिपूर्ण तवरबाट राजसंस्था पुनर्स्थापनको एजेन्डा बोकेर कमल थापा नेतृत्वको दल राप्रपा नेपाल अगाडी बढ्दा अनौठो मान्नुपर्ने र तर्सिनुपर्ने के छ ?
२०५८ सालमा विघठित प्रतिनिधि सभा पुनर्स्थापनाको निम्ति भएको ६२/६३ को आन्दोलनमा भाग लिएका र त्यसमा प्रतिगमन नदेखेका बाबुरामले २०४७ को संबिधान जनबलमा पुन क्रियासिल बनाउने कुरामा प्रतिगमन देख्नुको पछाडी कुनै तुक नै छैन।
पदच्यूत भएका राजालाई यसरी देशभित्र छाडा छोडेर राखेको उदाहरण नेपाल बाहेक अन्यत्र कहाँ छ भनेर प्रश्न गर्ने बाबुरामले यति सजिलै र शान्तिपूर्ण तरिकाबाट राजाले आफ्नो बिराशत छोडेर हिँडेको अनि आफ्नै देशमा बसी जनताको सुख दु:खमा साथ् दिएको उदाहरण पनि कहाँ छ भन्ने बारेमा सोचुन्।
संबिधान सभाको निर्वाचन बिथोल्न राजाबादीले षड्यन्त्र गरेको आरोप लगाउने बाबुरामको चरित्र माओबादी अध्यक्ष पुष्प कमल दाहालले २०६४ पौष १८ गते आफ्ना कार्यकर्तालाई दिएको गोप्य प्रशिक्षण कार्यक्रममा बोलेको एक वाक्यले पुष्टि गरिसकेको छ।
उक्त कार्यक्रममा उनले बोलेका थिए ""संबिधान सभा कि काँग्रेसले हुन दिन्न, कि त हामी हुन दिन्नौं ""।
प्रशिक्षण कार्यक्रमको भिडियो टेप पहिलो पटक २०६६ बैसाख २१ गते इमेज च्यानलले सार्बजनिक गरेको थियो।
दरबार हत्याकाण्डमा तत्कालिन अधिराजकुमार ज्ञानेन्द्रको हात छ भन्ने आरोप लगाउने बाबुरामले आँफु प्रधानमन्त्री हुँदा जनता सामु सत्य तथ्य किन सार्बजनिक गरेनन ?
दरबार हत्याकाण्डमा राजा ज्ञानेन्द्रको नाम जोडेर तत्कालिन परिस्थितिमा राजा र राजसंस्था प्रति जनतामा बितृष्णा पैदा गराउने बाबुरामले त्यसबारे आँफु प्रधानमन्त्री भएका बेला छानविन गर्नुपर्ने हो कि होइन ?
कि छानविन गर्दा आंफुले गरेको प्रचारबाजी मिथ्या साबित भै जनतामा राजसंस्था प्रति आस्था पलाउने भयले छानविन नगरेका त होइनन् ?
अनि सत्ता प्राप्तिको निम्ति विभिन्न बिदेशी शक्ति केन्द्रमा बिन्ति पत्र हालेको भन्ने आधार हिन आरोप लगाउने बाबुरामजि सलमान खुर्सिद लाई बिन्ति पत्र हाल्न फदाल्दै जानुको कारण चाहिँ के थियो ?
त्यसैले आवेगात्मक होइन बिबेकात्मक ढंगले बाबुरामले पनि सोचुन अनि राष्ट्रको निर्माणकर्ता संस्थाको महत्व बुझुन र जना चाहनाको कदर गर्न सिकुन।
सिद्धान्तको लडाईंकै कारण राष्ट्रको पहिचान नै गुम्ने परिस्थिति आउन बाट बचौँ।
भोलि कसैले बेलैमा सचेत गराएन भन्ने स्थिति नआओस्।


 साउन ११ गते डा. भट्टराइको जवाफ
 पूर्ण असत्य भन्दा अर्ध-सत्य बढ़ी भ्रमपूर्ण र ख़तरनाक हुन्छ । कमल थापाले अहिले त्यस्तै एउटा  अर्ध-सत्यको सहाराले ठुलै पंक्तिमा भ्रम छरेको प्रतीत हुन्छ । २०५९-६० मा भएको दोश्रो सरकार-माओवादी वार्तामा मेरो नेत्रित्वमा वार्ताटोली आएको थियो । पार्टीको बटमलाइन त्यतिबेला संविधानसभा र गणतन्त्र थियो । साथै यदि राजा त्यसमा सहमत हुन्छन् र देशलाई थप रक्तपातबाट बचाउन तथा राष्ट्रिय स्वाधीनताको पक्षमा योगदान गर्न तयार हुन्छन् भने उनलाई पहिलो राष्ट्रपतिको रुपमा स्वीकार्न पनि सकिन्छ भन्ने थियो । यो कुरा मैले वार्ताटोली काठमाण्डौमा सार्वजनिक हुने वित्तिकै खुलै रुपमा भनेको थिएँ, जुन त्यतिबेलाको अखबार पल्टाएर हेरे पुष्टी हुन्छ । मैले त्यतिबेला ज्ञानेन्द्रलाई प्रत्यक्ष भेटेर यो कुरा बताउन चाहेको थिएँ । तर उनले भेट्नै मानेनन् भन्ने कुरा उनका दूतहरुबाट आयो । त्यसबखत लोकेन्द्र चन्द प्र.म. थिए भने वार्ताकारका हर्ता़कर्ता नारायण सिंह पुन र रमेशनाथ पाण्डे थिए । पछि सुन्नमा आयो कुनै अनधिक्रित मान्छेले ज्ञानेन्द्रलाई पहिल्यै हामी माओवादी संवैधानिक राजतन्त्र मान्न तयार छौं भनेकाले वार्तामा वोलाइएको रहेछ तर पछि त्यस्तो नपाएपछि उनी रिसाएर मसंग भेट्न नमानेको हामीले अनुमान गर्यौं । जे होस् काठमाण्डौमा भएको दुई चरणको वार्तामा कुनै परिणाम आउने लक्षण नदेखे पछि हामी वार्ता भंगको मनस्थितिमा पुग्यौं ।
त्यसै वीचमा ज्ञानेन्द्रले लोकेन्द्रलाई हटाएर सूर्यबहादुरलाई प्र. म. बनाए र सरकारी वार्ता टोलीमा कमल थापा, प्रकाशचन्द्र लोहनीलाई राखे । दांगको हापुरेमा तेश्रो र हाम्रो बुझाइमा अन्तिम चरणको वार्ता हुने भयो । कमल थापा मेरा कलेजका सहपाठी र राम्रै चिनजानका मान्छे भएकाले औपचारिक वार्ता भन्दा पहिल्यै उनी मार्फत ज्ञानेन्द्र समक्ष हाम्रो प्रस्ताव फेरि एकचोटि पठाउनु उपयुक्त ठान्यौं । पहिलो चरणमा नारायणसिंह पुन मार्फत विवेक शाह हुँदै हाम्रो प्रस्ताव ज्ञानेन्द्र समक्ष पुग्यौं कि पुगेन हामीलाई शंकै थियो । त्यसैक्रममा हाम्रै पहलमा नेपालगंजमा धवलशमशेर राणाको घरमा कमल थापा र मेरो लामो कुराकानी भएको हो । त्यहाँ मैले पार्टीको घोषित नीति अनुसारै यदि ज्ञानेन्द्र नेपाली सिंहानूक बन्न तयार भएमा उनलाई गणतन्त्र नेपालको पहिलो राष्ट्रपति बनाउन सकिने प्रस्ताव राखें । कमल थापाले संवैधानिक राजतन्त्र मानिदिने आग्रह गरे । हाम्रो कुरा मिलेन । उनले हाम्रो प्रस्ताव ज्ञानेन्द्र समक्ष पुर्याए पुर्याएनन् थाहा भएन । पछि हापुरे वार्ता असफल भयो र हामी फेरि जनयुध्दमा फर्कियौं । सत्यतथ्य यत्ति हो । त्यसपछिको १२-वुँदेदेखिको इतिहास सबैलाई थाहै छ । दरबार हत्याकाण्डको दिनदेखि नेपालमा गणतन्त्रको उदय भैसकेको मान्यता राख्ने हामीले 'बेबी किंग' वा ' सांस्कृतिक राजा' वा अन्य कुनै विशेषणयुक्त राजतन्त्र मान्ने कुरा सपनामा पनि कसरी सम्भव होला र?

 साउन १३ गते कमल थापाको जवाफ 

 "पुर्ण असत्य भन्दा अर्ध सत्य बढी भ्रमपुर्ण र खतरनाक हुन्छ" भन्ने डा. बाबुरामको भनाई प्रति म शतप्रतिसत सहमत छु । तर, दुर्भाग्यवश उंहा स्वयंबाट आज फेसबुक मार्फत सानो अर्ध सत्य प्रवाहित भएको छ । त्यो अर्ध सत्यले पार्न सक्ने भ्रम र नकरात्मक प्रभावको निराकरणका लागि केहि स्पष्ट पार्नु आबश्यक ठानेको छु । डा. धवल शमसेर राणाको नेपालगंज स्थित निवासमा उंहासंग भएको मेरो एकान्त वार्ताको क्रममा उंहाले म संग एक पटक होईन बारम्वार राजा संग सहकार्यको आग्रह गर्नु भएको हो । "राजा हामीलाई सत्ता हस्तान्तरण गर्न तयार हुनु हुन्छ कि हुनु हन्न, राजालाई सम्झाई दिनु पर्यो" भनि उंहाले गर्नु भएको आग्रह अहिले पनि मेरो मस्तिष्कमा ताजा छ । राजा ideology free institution भएकोले राजालाई तपाईहरुसंग सहकार्य गर्न गाह्रो पर्दैन, २०४६ सालको आन्दोलन पछि कृष्ण प्रसाद भट्टराईलाई प्रधानमन्त्रि बनाएर आन्दोलनकारी दलहरुसंग राजाले सहकार्य गरेको तथ्यको समेत मैले उंहालाई जानकारि गराए । तर, राजाले संसदवादी दलहरुलाई अलग गराएर तपाईहरुलाई सत्ता सुम्पन सक्ने अवस्था नभएको हुंदा चुनावमा भाग लिनु होस र जितेर आए पछि तपाईहरुलाई सत्ता सुम्पन राजालाई कुनै अप्ठेरो पर्दैन भनि मैले भन्दा उंहाले मुसुक्क हांसेर "राजा र हामी मिले पछि दलहरुको चिन्ता गर्नु पदैन, ती आफै ठेगान लाग्छन्" भन्नु भएको सत्यलाई स्मरण गर्न म बाबुराम जीलाई आग्रह गर्दछु । सत्तामा नपुगि चुनावमा भाग लिंदा विद्रोहीले नराम्रो पराजय भोग्नु परेको बारे अफ्रिकाको कुनै एक देशको नाम लिई उंहाले दिएको उदाहरण पनि म सम्झि रहेको छु । नेपालगंज वार्तामा उंहा र म दुई जना मात्र भएकोले त्यस बेला भएको कुराकानिको साक्षी हाम्रो आत्मा र विवेक मात्र हो । त्यसलाई ईमान्दारिताले मात्र पुष्ठि गर्दछ । 

तर, हापुरे वार्ताको क्रमामा बाबुराम जीले लामो व्याख्या सहित परोक्ष रुपमा राजसंस्थाको अस्तित्व स्विकार्न सकिने बारेमा गर्नुको आग्रहका साक्षी डा. प्रकाश चन्द्र लोहनी, दमननाथ ढुंगाना, पद्यरत्न तुलाधर, कृष्ण बहादुर महरा र कर्णध्वज अधिकारी अझै जीवित हुनु हुन्छ । निश्चय नै बाबुराम जीले हाम्रो परिभाषा अनुरुपको संबैधानिक राजसंस्थाको कुरा गर्नु भएको होईन । त्यो वार्ता राजा वा राजसंस्थाका बारे केन्द्रित पनि थिएन । वार्ताको एजेण्डामा राजसंस्था थिएन पनि । माओवादी कै माग अनुसार गोलमेच सम्मेलन, अन्तरिम सरकार र संबिधानसभाको चुनाव नै वार्ताको मुख्य एजेण्डा थियो । प्रसंगवश राजसंस्थाका बारेमा कुरा गर्दा उंहाले श्री ५ पृथ्वीनारायण शाहको योगदानको चर्चा गर्दै राजालाई प्रथम राष्ट्रपति वा आबश्यक पर्छ भने राजा कै पदविमा पनि कायम राख्न सकिने, राजालाई दिईने भत्ताका बारेमा कुनै विवाद नगर्ने र नारायणहिटी मै बस्न सक्ने जस्ता धारणा समेत राख्नु भएको थियो । 


जंहा सम्म धार्मिक सांस्कृतिक अधिकार सहितको सांस्कृतिक राजतन्त्रको कुरा छ त्यो अवधारणा मैले पहिलो पटक संबिधानसभाको चुनाव अगाडि बाबुराम जी कै मुखबाट सुनेको हुं । त्यस भन्दा अगाडि त्यस्तो पदावलीको मलाई जानकारि समेत थिएन । यो अवधारणा प्रस्तुत गर्दा माओवादी अध्यक्ष प्रचण्ड पनि संगै हुनु हुन्थ्यो । यस वारे बाबुराम जी ले पछि सार्वजनिक रुपमा समेत चर्चा गुर्न भएको छ ।
राजासंग सहकार्यको कुरा उठदा चिन्तित र आतंकित हुनुको कुनै औचित्य नै छैन । देशका सबै राजनैतिक शक्तिहरु बिचको एकता र सहकार्यबाट मात्र देशमा शान्ति र स्थायित्व कायम हुन सक्दछ । कुनै बेला राजासंग सहकार्यको कुरा गरेको आधारमा माओवादीहरुले अहिले हिनताबोध गर्नु पर्ने जरुरी छैन । प्रचण्ड स्वयंले कम्बोडिया मोडेलको राजसंस्थाको हामीले परिकल्पना गरेका थियौ भनि सार्वजनिक रुपमा नै भन्नु भएको अभिलेख छ । राजा बिरेन्द्रसंग अघोषित सहकार्य गरेको, २०६२ माघ सम्म राजा ज्ञानेन्द्रसंग भेटको प्रतिक्षा गरेको तथा नोकर होईन मालिक संगै कुरा गर्छौ भनि माओवादी नेताहरुले व्यक्त गरेका थुप्रा धारणाहरु नेपाली जनताले सुनेकै छन् । 


अमृत साईन्स कलेजका मेरा सहपाठी बाबुराम जी संग अरु पनि रोचक कुराकानी भएका छन् । अब थप विवाद नगरौ भन्ने मेरो आग्रह छ । प्राविधिक रुप मै भए पनि अहिले देशमा गणतन्त्र कायम भएको छ । गणतन्त्रले राष्ट्रियता बलियो भयो भने, गणतन्त्रले प्रजातन्त्र बलियो भयो भने, गणतन्त्रले शान्ति र स्थायित्वक कायम गर्न सक्यो भने तथा गणतन्त्रले नेपाली जनताको अनुहारमा हांसो र उज्यालो ल्याउन सक्यो भने बाबुराम जीको जीत हुनेछ । तर, त्यो स्थिति आउन सक्दैन भन्ने मेरो दावि हो । त्यस अवस्थामा राजा सहितको प्रजातन्त्र वाहेक देश जोगाउने अर्को विकल्प रहंदैन । यो तितो सत्य स्विकार्न बाबुराम जी पनि तयार हुनु पर्दछ ।



साउन १६ गते डा. भट्टराइको जवाफ 

संस्क्रितमा एउटा चर्चित श्लोक छ:'सत्यम् ब्रुयात् प्रियम् ब्रुयात्, नब्रुयात् सत्यमप्रियम्'। अर्थात् सत्य बोल, प्रिय बोल तर अप्रिय सत्य नबोल । मेरा विचारमा आफ्नो कुनै निजी स्वार्थ नभएको र देश र जनताप्रति प्रतिवध्द व्यक्तिले आवश्यक पर्दा 'अप्रिय सत्य' बोल्न सक्नुपर्दछ । देशको राजनीतिको अन्तर्यमा केही समयदेखि पुत्पुताउँदै गैरहेका कर्महरु र मुख्यत: पूर्व राजा ज्ञानेन्द्रका प्रतिक्रान्तिकारी उद्देश्य र हर्कतहरुबारे एउटा सचेत र जिम्मेवार नागरिकको हैसियतले बेलैमा खतराको घण्टी बजाउनु मैले आफ्नो कर्तव्य ठानेको हुँ । ज्ञानेन्द्रका समग्र देखिने र नदेखिने प्रतिगमनकारी कामका सन्दर्भमा भनिएका कुरालाई बिर्सिएर एउटा राहत वितरणको प्रसंग मात्र जोड़ेर प्रचार भैदिंदा

आम जनमानसमा केही भ्रम उत्पन्न हुनुलाई म अन्यथा मान्दिनँ । बरु म त्यसको कदर नै गर्छु ।
तर ज्ञानेन्द्रलाई अलिकति चिमोट्दा कोकसलाई कति डिग्रीको ज्वरो आउँदो रहेछ र कहाँ कहाँ दुख्दोरहेछ भन्ने ज्ञान चाहिं निकै लाभदायी र रोचक भएको छ । पूर्व राजतन्त्रवादीहरूको अविचलित राजभक्तिको म कदरै गर्छु, भलै म उनीहरूसंग सहमत हुन सक्दिनँ । रगत नचुहाइकन मासु काटेर खान खोज्ने मध्मवर्गीय आदर्शवादीहरुको वर्गनिरपेक्ष शिष्टता र भद्रताको आग्रहलाई पनि म अन्यथा मान्दिनँ । तर आफुलाई गणतन्त्रवादी भएको दावी गर्ने कतिपय व्यक्ति र शक्तिलाई १०४ डिग्रीकै ज्वरो आएको देख्दा चाहीं म निकै दु:खित र चिन्तित भएकोछु । झन् एउटा वामपन्थी पार्टीको साप्ताहिक मुखपत्रले त सम्पादकीय नै लेखेर ज्ञानेन्द्रको खातिरदारी गरेको देख्दा मार्क्सवादको कतिसम्म भ्रष्टीकरण हुन सक्दोरहेछ भनेर लज्जित बनाएकोछ ।
ज्ञानेन्द्र व्यक्तिसंग हाम्रो कुनै दुश्मनी छैन ।एउटा स्वतन्त्र नागरिकको रुपमा उनको पुजापाठ गर्ने र दानदातव्य गर्ने अधिकारको पनि हामी कदरै गर्छौं । बरु अरबौंको सम्पत्ति हुनेले लाखमा होइन करोडमा दान गर्न सकेको भए बढ़ी राम्रो हुन्थ्यो । तर यहाँ चिन्ताको विषय के हो भने ज्ञानेन्द्रले आजसम्म नेपाली जनताले आफ्ना महान् वलिदानी संघर्षहरुबाट प्राप्त गरेका गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समावेसी-समानुपातिक लोकतन्त्र जस्ता ऐतिहासिक उपलब्धी र अन्तरिम संविधानका मूल अन्तर्वस्तुबारे आजसम्म कुनै सार्वजनिक प्रतिबध्दता जनाएका छैनन् । बरु उनले उल्टै ती परिवर्तनकारी एजेण्डाबारे असहमति जनाउने गरेकाछन् । उनको आशीर्वाद प्राप्त कमल थापाको पार्टीलै खुलै रुपमा राजतन्त्रको पुनर्स्थापना सहमति वा चुनाव मार्फत नभए 'विद्रोह' मार्फत गर्ने बताइरहेकोछ ।

यो स्थितिमा विभिन्न वहानामा ज्ञानेन्द्रको देशदौडाहा केकोनिम्ति होला भनेर बुझ्न कुनै आइतवार पर्खिरहनुपर्ला र? उनका नजिकका दूतहरुले पटकपटक विदेशी शक्तिकेन्द्र धाएर केके सौदावाजी गर्न खोजेका होलान् भन्ने जानकारी आजको अतिविकसित संचारप्रविधिको दुनियाँमा पाउनै नसकिने होला र ? विभिन्न वहानामा आगामी मंसिर ४ को सं़. स. निर्वाचन भाँड्ने र त्यसपछिको संवैधानिक संकटको स्थितिमा २०४७ को संविधान ब्युँताएर प्रतिगमनको एजेण्डा पूरा गर्ने षड्यन्त्र भएकैछैन वा हुनै सक्दैन भन्ने ग्यरेण्टी के ? अनि आजसम्मको विश्व इतिहासमा जनताको आन्दोलनबाट पदच्यूत भएका राजालाई यसरी देशभित्र छाडा छोडेर राखेको उदाहरण नेपाल बाहेक अन्यत्र कहाँ छ ?

त्यसैले आवेगात्मक हैन विवेकसंगत ढंगले सबैले सोचौं । भोलि कसैले बेलैमा सचेत गराएन भन्ने स्थिति नआओस् ।