नेपाली समाचार ,Nepal Flag

Thursday, September 26, 2013

दशैंको शुभकामना र अभिवादन

झुल्कियोस दैलो दैलोमा अँध्यारो चिरी ज्योति
धेरै भयो निभेको खुशी आऊ उषा लाली पोती
पसिना माग्ने माटो रगतको छिटामा रम्दैन
श्रम र शीप कदर भए फल्छ यहीं मोती
सदभावको बाताले आस्थाको छानो कसम
झरी छेकिन्न कसै आर्काको छातामा ओती
भोक किन्न सकिन्न चौरासी ब्यन्जन भए नि
अमृत हुन्छ बरु पसिनाले कमा'को रोटी
खुशीको जमरा पलाओस् हर नेपाली मनमा
अटल होस शान्ति विवेक देऊ सरस्वोती
                                                                                                                                                                    आजभोलि प्रकृतिमा शरद्कालीन शोभा छाएको छ । न गर्मी, न जाडोको यो समशीतोष्ण बेला कृषिप्रधान पुरानो जुगका बुजु्रगहरुले दशैं तिहारको रमाइलो उत्सव बुद्धि पुर्‍याएरै थालनी गरे होलान् जस्तो लाग्छ । वषर्ाकालको कठिन कृषि कर्मबाट सुस्ताउन पाएको बेला हो यो । वर्खाको उर्लदो भेलको खोला पारी र खोला वारीको मिलन अतिकष्ट साध्य हुँदै हो । तर शरदकालको आगमनपछि नदीनाला घट्दै जान्छन् । नातागोता, कुलकुटुम्ब इष्टमित्र सबैलाई भेटघाटमा सजिलो पर्छ । परदेशको यात्री पनि पारिवारिक सुखद जीवनका लागि मिलन समारोहको रुपमा दशैं-तिहार उपयोगी व्यवस्था मिलाउने हाम्रा पर्ूखाहरुलाई जानकारमा दर्ता गर्न अप्ठ्यारो मान्नै पर्दैन ।
दशैं-तिहारको रमाइलोपछि मंगल कामनाको सम्बल बोकेर व्यवसायको खोजमा हि“ड्ने अभियानमा प्रकृतिले राम्रो साथ दिएको निष्कर्षनिकाल्न कुनै गाह्रो थिएन । आज समय बदलिएको छ । यातायातको अद्भूत विकासले धेरै अप्ठाराहरु सप्ठ्यारामा फेरिएका छन् । दर्ुगम भनिने हु्म्ला, जुम्ला, मुस्ताङ, मनाङमा बस्ने बुढा बा आमालाई भेट्न अमेरिकामा बस्ने छोरा केही घण्टामै बाबुआमाको हातको टीका ग्रहण गर्न र आशीष लिन घरमै टुप्लुक्क आइपुग्न सक्छ । हो, यस्तो सुविधा उपयोग गर्न सक्ने सबै छैनन, धेरै छैनन् । परन्तु सुविधा सुविधा नै हो, त्यो जुटेकै छ । सबैले त्यो सुविधा पाउन नसक्नुमा मूलतः हाम्रो सामाजिक व्यवस्था नै दोषी छ ।
यो त भयो, दशैंको सकारात्मक पाटो । यसको नकारात्मक पाटो पनि कम डरलाग्दो छैन । प्रकृतिले जति अनुकूलता दिए पनि हाम्रा पर्ूखाहरुले जतिसुकै विचार पुर्‍याएको भए पनि दशैं भने जस्तो सबैलाई सुखद हुन गाह्रो परिराखेको छ । दशैं प्रतिवर्षमहंगो सावित हुँदै गएको छ । एकातिर सामान्य जनताको जीवनस्तर खस्केको खस्क्यै छ अर्कातिर मुठ्ठीभर सम्पन्न परिवारका लागि विलासी जीवन एकदमै सुलभ छ । टिभीको पर्दामा दशैं बृहत् व्यापार मेला जस्तो छ । विज्ञापनको गरम बजारमा पुगेस् पुगेस् हुनेहरुको प्रवेश शून्यमा झरेको जस्तो भान हुन्छ । महंगीको घनचक्करले अपुग हुनेहरुको टाउको पूरै आहत छ ।
अर्कातिर बाहिर जतिसुकै दशैंको चहलपहल छाएको जस्तो देखिए पनि मनमा राजनीतिक कारणले चहलपहल शून्य छ । शान्ति, संविधान, जनसुरक्षा र द्वन्द्वकालीन घाउले धेरैको मन आहत छ । वर्तमान त अँध्यारो छँदैछ, भविष्य अनिश्चित र अन्योल जस्तै छ । समस्या हल गर्ने जिम्मेवारी बोकेका नेताहरु नै समस्या बनेका छन् । सहिष्णुता, धर्ैय, संयम, सहमतीय संस्कार ओरालो लाग्दैछ, अहंकार, इष्र्या, गुटगट स्वार्थ जल्दो बल्दो देखिने वर्तमानले देश, समाज र राष्ट्रकै लागि अनिष्टको पहाड बोकेर धक्याइरहे जस्तो प्रतीत हुन्छ । लाग्छ अहिले देश “विष कृमि न्यायले” बा“चिरहेको छ । यस्तो दशैं के दशैं -
जीवनको अर्को पाटो पनि खुलस्त छ – जसको शक्ति उसको भक्ति † यसैलाई गाउँले भाषामा गच्छेअनुसार भने पनि भयो । ऋण कर्जा गरेर दशैं मनाउने पनि यहीं छन् । साहुकार बनेर दशैं मनाउने पनि यहीं । तिब्बतबाट भेंडा च्यांग्रा पनि आइरहेकै छन् । दक्षिणबाट नूनतेल पनि आइरहेछ । कसैले पर्ुर्पुरोलाई दोष दिएर कसैले सामाजिक व्यवस्थालाई दोष दिएर कसैले अग्रगमनको अभियान छेडेर दशैंका तीतामिठा प्रसंग छेडेर दशैंको छुट्टी मनाउने नै छन् । हामी पनि दशैंको आफ्नै स्वर संगीतमा शुभकामना सहित दशैंको अभिवादन गर्दछौं ।
“हाम्रो दशैं अग्रगमनको उत्सव बनोस्
सबै का“ढा पन्छाएर समृद्धिको बाटो खुलोस् ।” source  .nayayoughbodh.com.np

No comments:

Post a Comment