नेपाली समाचार ,Nepal Flag

Tuesday, August 14, 2018

यो देश मेरो पनि हो गरीखान देउ !!

सर्बप्रथम २ वटा घटना सुनाउछु पहिलो म आफैले प्रत्यक्षदर्शी भएर भोगेको दोस्रो सामाजिक सन्जालमा देखेको काठमाडौंमा मजदुरी गर्न थालेदेखीनै कुनै सपिङ मलमा गएर मैले एकजोर कपडा पनि किनेको छैन फुटपाथमा सामान सस्तो पाइने हुदा मेरो सपिङ मल भनेको रत्नपार्क र नयाँ बसपार्क , आसपासका क्षेत्र हुन ! ठ्याक्कै एक महिना अगाडिको कुरा हो छोरिलाइ एकजोर नयाँ लुगा किनिदिनुपर्यो भन्ने सोचेर म र मेरो परीवार हाम्रो सपिङ सेन्टर रत्नपार्क आसपासका फुटपाथहरुमा गयौ पुरानो बसपार्क नजिकै एउटा फुटपाथ ब्यापारीको मा छोरिलाइ घागर छान्दै थियौ अकस्मात नगर प्रहरी फुटपाथको म र मजस्ता निम्न बर्गिय परिवारहरुको सपिङ सेन्टरमा आएर त्यहाका ब्यापारिहरुलाइ लखेटन थाले उनीहरुलाई लखेट्ने क्रममा कैयँनको सामान सडकमा छरिए कयौ ब्यापारीले सामान उठाएर टाप कसे भने कैयँनको सामान नास भएको , तथा कैयँनको सामान महानगरको आदेशमा महानगरको सुरक्षाकर्मीले लगेको मैले प्रत्यक्ष रुपमा देखे मैले यहाँ भन्दा अगाडि यो किसिमको दृश्य देखेको थिइन ! दोस्रो घटना सामाजिक सन्जालमा अहिले भाइरल भैरहेको केशब ढकालले खिच्नुभएको काधमा पानीपुरी र चटपट बेच्दै हिडेका मधेसी मुलका एक नेपाली नागरिकको काठमाडौं केशर महल अगाडि नगरप्रहरिले फुटपाथमा व्यापार गरेको भन्दै उनको सामान असरल्ल रुपमा फाल्दिएको र आखाभरी आँसु लिदै ती सामान उठाउदै गरेको एक कारुणिक दृश्यको फोटो , मैले यो दुइवटा घटना तपाईंहरु समक्ष राख्नुको मतलब यो होइन कि फुटपाथमा खुलेआम ब्यापार गर्न पाउनुपर्छ फुटपाथ व्यवस्थित गर्न पाइन्छ र पर्छ फुटपाथ खाली नै हुनुपर्छ फुटपाथ सडकमा हिडनेहरुकै हो फुटपाथ र सडक मा ब्यापार गर्न पाईन्न, तर यसो भन्दैमा कोहि गरिबले आफू र आफ्नो सन्तानको पेट भर्नको लागि सडकमा व्यापार गर्यो भन्दैमा उस्लाई यहां राख्न पाईन्न भनेर सम्झाउनु र उसलाइ जरिवाना लगाउनु त परै जाओस यसरी कसैको सम्पत्ति नष्ट गर्ने लुटेर लैजाने अनि फुटपाथमा असरल्ल रुपमा फालिदीने न त यो कानुन न प्रहरी कसैलाइ पनि अधिकार छैन यस्तो तरीकाले हैन मान्छेलाई मान्छे जस्तो ब्यवहार गरिनुपर्छ पेटि ब्यवसाय मुक्त गर्ने नै हो तर गर्ने नाममा यी र यस्ता ब्यापार गर्न चाहानेलाइ सरकारले कुनै निश्चिति ठाउको बन्दोबस्त नगर्ने अनि बेरोजगार नेपालीलाई रोजगारको कुनै बाताबरण नबनाइ यो हदमा पुग्दा उसको मनमा कस्तो भए होला यो देशमा बाच्न पाउने अधिकार सबै नागरीकको छ चाहे मधेस चाहे पहाडी चाहे हिमालि हामी सबै नेपाली हौ कुनै पेशा ब्याबसायमा रङ्ग र जातीको आधारमा कोहि कसैले भेदभाब गर्छ भने त्यो मानबताबिरोधी अपराध हो चाहे त्यो अनागरिक किन नहोस गरिखाने श्रमजीवीको जीविका खोस्नु अन्याय हो नै हो ! यस्ता कार्य स्विकार्य छैन अनि बिचरा आफ्नै कर्म गरि खानेहरुका बिरुद्ध यी र यस्ता दृश्यहरु सहय छैन देश सामन्ति शोषकहरुको मात्र हैन हामी सर्बसाधरणको पनि हो यो कुनै पजेरोमा चढने सामान्तिहरुको मात्रै देश हैन हाम्रो पनि हो सडक सडक चाहारेर पानीपुरी बेचेर सन्तानको पेट पाल्नेहरुको पनि हो ! करोडौं पर्ने गाडीहरु बेप्रबाहा नो पार्किङ लेखिएको सडकमा छाडदा आजसम्म मैले सवारीसाधन लाई नगर प्रहरीले वा ट्राफिक प्रहरीले तोडफोड गरेको, पल्टाई दिएको, सवारी भित्रको सरसामन झिकेर असरल्ल सडकभरी छरिदिएको थाहा पाएको छैन यहाँ त मान्छे को रङ्ग र उसको गरिबी हेरेर ब्याबाहार गरीने यो कस्तो शासन सत्ता हो ? धर्म भन्दा ठूलो रोजिरोटी हो भोको पेटमा लात हानेर,गरीबको रोजीरोटी खोसेर यतिसम्म गिरेको हर्कत गरेर आफुलाई महानगर प्रहरी भन्नेहरु होस वा मधेसी मुलका दाजुभाइलाइ भेले भन्दै सडकमा उसको सामान्हरु फालीदीने ट्यापेहरु वा टोलेहरु जोसुकै हुन तिनिहरु मानव रुपी दानव हुन तिनलाई धिक्कार छ ! निरंकुस शासन ब्यबस्थालाई फालेर गरिबको लागी ल्याएको शासन ब्याबस्था यस्तै हुन्छ ? धनी भएको भए यो गरीबले सडक सडक चहारेर पानी पुरी बेच्दै हिडथ्यो ? न देशमा रोजगार दिन्छ न आफ्नो सानोतिनो पेशा ब्याबसाय गरि खान दिन्छ बरु एकै झिल्कोमा सखाप हुने गरि उडाइदे हामिजस्ता गरीबलाइ सरकार कहिलेसम्म यो मानबता बिरोधी हर्कत दोहोर्याइरहन्छस ? राजधानी यस्तो कुरुप शहर हो जहाँ महिनामा एक पटक पनि फोहोर उठाउन महानगर आउदैन हरेक घरको अगाडि जाने हो भने डुङ डुङ गनाउछ खाल्डाखुल्डी पुर्न नसकेर हरीबिजोक छ महानगरको यो काम चै गर्न नसक्ने अनि काम देखाउनको लागि फुटपाथमा चै तमासा देखाउने ? गरिबको आँसु भनेको एसिड हो , अनि पेट पाल्नको लागि अन्याय र अत्याचारको बिरुद्ध शासक को बिरुद्ध मजदुरले गर्ने बिद्रोह भनेको एटम बम हो तसर्थ सडकमा पानीपुरी बेच्दै होस वा कपडा अन्य केही बेच्दै हिडनेको सामान फाल्नु लुटनु भनेको उहाहरुको श्रीमती र छोराछोरिको पेटमा लात हानेर उहाहरुको बिहान बेलुकाको छाक, खोस्नु हो बाबाले कमाएर ल्याएपछी कापी र कलम किनौला अनि पढेर ठूलो हौला भन्ने बच्चा बच्चिको सपनामा गिर खेल्नु हो तसर्थ हामिजस्ता युवाहरूलाई रोजगार दिन नसक्ने कम्युनिस्ट शासकहरु यस्तो हर्कत गरेर आफुलाइ ठूलो कोसैले पनि नठान मानबताबिरोधिहरु ! हो यस्तै शासक र उसका लठयैतहरुको कुकर्मले हो बिद्रोह जन्मने जुन रोक्न हम्मेहम्मे पर्नेछ ! तसर्थ कम्युनिस्ट सरकार यो देश मेरो पनि हो म जस्ता निम्न आय भएका जन्तालाई पनि गरीखान देउ !