नेपाली समाचार ,Nepal Flag

Thursday, January 23, 2014

खुल्लेआम सेक्स बेच्छन नेपाली मिडिया


सेक्सलाई सबैभन्दा बढी विक्ने कुराको रुपमा धेरैले उल्लेख गर्छन । सायद शुक्रबारका सम्पादक पनि यहि कुराबाट प्रभावित हुनुहुन्छ । यदि यस्तै हो भने शुक्रबारका कुनै अंकमा हामीले ब्लु फिल्ममा तस्वीर नै देख्न पाइने हो कि ? विहानै नागरिक दैनिक पढ्दै थिए । विहिवार निस्कने शुक्रबार नामको पत्रिकाको विज्ञापन रहेछ । त्यो विज्ञापनको छेवैमा एक मोडलको तस्विर अनि उनले अन्तर्वातामा भनेको शब्द लेखिएको रहेछ-"ब्लु फिल्म हेरेर फ्रेस हुन्छु  ।"  छेवैमा बसेका बहिनीहरु त्यो शब्द पढेर अनि बाफ रे ! भन्दै हाँसे । म पनि त्यो शब्द पढेर छक्क परे ।
हुन त सेक्स नेचुरल हो । यसलाई नकरात्मक वा सकरात्मक जसरी लिन सकिन्छ । तर पत्रिकाले रिप्रुेस हुन व्लु फिल्म हेर्छु भन्ने ती मोडलको त्यो शब्दलाई सबैभन्दा बढी महत्व दिएर राखेको कुराले म छक्क परे ।
संचार माध्यामले थुप्रै समाचार सामग्री पाउँछन् । पाएका जति सबै कुरा आफना माध्यामबाट दिने हो त्यो सायद पाच्य नहोला । यस्ता कतिपय कुरा हुन्छन जसलाई सम्पादकले आफनो बौद्धिक दक्षता लगाएर मिलाउनु पर्छ वा भनौ फिल्टर गर्नु पर्छ । तर शुक्रबारले मिडियाको त्यो धर्म निभाएको देखिएन । रिपब्लिक मिडियाको कान्छो प्रकाशनको रुपमा हरेक साता शुक्रबार नामक पत्रिका प्रकाशन हुन्छ । ट्याव्लोइड पत्रकारीताको नाममा यस्ता शिर्षकका सामागि्र राखेर के पत्रिकाले लोकपि्रयता हासिल गर्ला ? छ वोटा प्रस्न अनि छोटा उत्तरको त्यो अन्तरबार्तालाइ त्यति धेरै महत्व दिनु पर्ने थियो र ?
सेक्सलाई सबैभन्दा बढी विक्ने कुराको रुपमा धेरैले उल्लेख गर्छन । सायद शुक्रबारका सम्पादक पनि यहि कुराबाट प्रभावित हुनुहुन्छ । यदि यस्तै हो भने शुक्रबारका कुनै अंकमा हामीले ब्लु फिल्ममा तस्वीर नै देख्न पाइने हो कि ?
हुन त पछिल्लो समयमा नेपालमा सेक्सका कुरा सामान्य भएका छन् । सायद यसमा पनि मिडियाको भूमिका महत्वपूर्ण छ । तर हाम्रो समाजिक परिवेश भिन्न छ । समाजका आफनै कानुन र दायरा हुन्छन् जसलाई मिडियाले स्विकार्नु पर्छ र पालना गर्नु पर्छ । त्यतिमात्रै होइन त्यहि परिवेश अनुसार साचार सामागि्र पस्किनु पर्छ । यो मिडियाको धर्म हो । तर सेक्सका नाममा समाजमा विकृति फैलाउने यस्ता सस्ता शिर्षक राखेर लोकपि्रयता खोज्ने शुक्रबारको यो शैली आफु नांगिएर अरुलाई मनोराजन दिए सरह लाग्यो । त्यसैले आफनो मानो खाएर शुक्रबारलाई एउटा निशुल्क सुझाव-देश अनुसार भेष भने झै नेपाली भूगोल सुहाउँदो पत्रकारीता गर्दा यसले फाइदो होला ।
यस्तो थियो त्यो अन्तरबार्ता
http://nagariknews.com/friday/33756-2011-12-01-07-57-43.html.source..(http://www.sumanluitel.com/2011/12/blog-post.html)