सर्बप्रथम २ वटा घटना सुनाउछु पहिलो म आफैले प्रत्यक्षदर्शी भएर भोगेको दोस्रो सामाजिक सन्जालमा देखेको काठमाडौंमा मजदुरी गर्न थालेदेखीनै कुनै सपिङ मलमा गएर मैले एकजोर कपडा पनि किनेको छैन फुटपाथमा सामान सस्तो पाइने हुदा मेरो सपिङ मल भनेको रत्नपार्क र नयाँ बसपार्क , आसपासका क्षेत्र हुन ! ठ्याक्कै एक महिना अगाडिको कुरा हो छोरिलाइ एकजोर नयाँ लुगा किनिदिनुपर्यो भन्ने सोचेर म र मेरो परीवार हाम्रो सपिङ सेन्टर रत्नपार्क आसपासका फुटपाथहरुमा गयौ पुरानो बसपार्क नजिकै एउटा फुटपाथ ब्यापारीको मा छोरिलाइ घागर छान्दै थियौ अकस्मात नगर प्रहरी फुटपाथको म र मजस्ता निम्न बर्गिय परिवारहरुको सपिङ सेन्टरमा आएर त्यहाका ब्यापारिहरुलाइ लखेटन थाले उनीहरुलाई लखेट्ने क्रममा कैयँनको सामान सडकमा छरिए कयौ ब्यापारीले सामान उठाएर टाप कसे भने कैयँनको सामान नास भएको , तथा कैयँनको सामान महानगरको आदेशमा महानगरको सुरक्षाकर्मीले लगेको मैले प्रत्यक्ष रुपमा देखे मैले यहाँ भन्दा अगाडि यो किसिमको दृश्य देखेको थिइन ! दोस्रो घटना सामाजिक सन्जालमा अहिले भाइरल भैरहेको केशब ढकालले खिच्नुभएको काधमा पानीपुरी र चटपट बेच्दै हिडेका मधेसी मुलका एक नेपाली नागरिकको काठमाडौं केशर महल अगाडि नगरप्रहरिले फुटपाथमा व्यापार गरेको भन्दै उनको सामान असरल्ल रुपमा फाल्दिएको र आखाभरी आँसु लिदै ती सामान उठाउदै गरेको एक कारुणिक दृश्यको फोटो , मैले यो दुइवटा घटना तपाईंहरु समक्ष राख्नुको मतलब यो होइन कि फुटपाथमा खुलेआम ब्यापार गर्न पाउनुपर्छ फुटपाथ व्यवस्थित गर्न पाइन्छ र पर्छ फुटपाथ खाली नै हुनुपर्छ फुटपाथ सडकमा हिडनेहरुकै हो फुटपाथ र सडक मा ब्यापार गर्न पाईन्न, तर यसो भन्दैमा कोहि गरिबले आफू र आफ्नो सन्तानको पेट भर्नको लागि सडकमा व्यापार गर्यो भन्दैमा उस्लाई यहां राख्न पाईन्न भनेर सम्झाउनु र उसलाइ जरिवाना लगाउनु त परै जाओस यसरी कसैको सम्पत्ति नष्ट गर्ने लुटेर लैजाने अनि फुटपाथमा असरल्ल रुपमा फालिदीने न त यो कानुन न प्रहरी कसैलाइ पनि अधिकार छैन यस्तो तरीकाले हैन मान्छेलाई मान्छे जस्तो ब्यवहार गरिनुपर्छ पेटि ब्यवसाय मुक्त गर्ने नै हो तर गर्ने नाममा यी र यस्ता ब्यापार गर्न चाहानेलाइ सरकारले कुनै निश्चिति ठाउको बन्दोबस्त नगर्ने अनि बेरोजगार नेपालीलाई रोजगारको कुनै बाताबरण नबनाइ यो हदमा पुग्दा उसको मनमा कस्तो भए होला यो देशमा बाच्न पाउने अधिकार सबै नागरीकको छ चाहे मधेस चाहे पहाडी चाहे हिमालि हामी सबै नेपाली हौ कुनै पेशा ब्याबसायमा रङ्ग र जातीको आधारमा कोहि कसैले भेदभाब गर्छ भने त्यो मानबताबिरोधी अपराध हो चाहे त्यो अनागरिक किन नहोस गरिखाने श्रमजीवीको जीविका खोस्नु अन्याय हो नै हो ! यस्ता कार्य स्विकार्य छैन अनि बिचरा आफ्नै कर्म गरि खानेहरुका बिरुद्ध यी र यस्ता दृश्यहरु सहय छैन देश सामन्ति शोषकहरुको मात्र हैन हामी सर्बसाधरणको पनि हो यो कुनै पजेरोमा चढने सामान्तिहरुको मात्रै देश हैन हाम्रो पनि हो सडक सडक चाहारेर पानीपुरी बेचेर सन्तानको पेट पाल्नेहरुको पनि हो ! करोडौं पर्ने गाडीहरु बेप्रबाहा नो पार्किङ लेखिएको सडकमा छाडदा आजसम्म मैले सवारीसाधन लाई नगर प्रहरीले वा ट्राफिक प्रहरीले तोडफोड गरेको, पल्टाई दिएको, सवारी भित्रको सरसामन झिकेर असरल्ल सडकभरी छरिदिएको थाहा पाएको छैन यहाँ त मान्छे को रङ्ग र उसको गरिबी हेरेर ब्याबाहार गरीने यो कस्तो शासन सत्ता हो ? धर्म भन्दा ठूलो रोजिरोटी हो भोको पेटमा लात हानेर,गरीबको रोजीरोटी खोसेर यतिसम्म गिरेको हर्कत गरेर आफुलाई महानगर प्रहरी भन्नेहरु होस वा मधेसी मुलका दाजुभाइलाइ भेले भन्दै सडकमा उसको सामान्हरु फालीदीने ट्यापेहरु वा टोलेहरु जोसुकै हुन तिनिहरु मानव रुपी दानव हुन तिनलाई धिक्कार छ ! निरंकुस शासन ब्यबस्थालाई फालेर गरिबको लागी ल्याएको शासन ब्याबस्था यस्तै हुन्छ ? धनी भएको भए यो गरीबले सडक सडक चहारेर पानी पुरी बेच्दै हिडथ्यो ? न देशमा रोजगार दिन्छ न आफ्नो सानोतिनो पेशा ब्याबसाय गरि खान दिन्छ बरु एकै झिल्कोमा सखाप हुने गरि उडाइदे हामिजस्ता गरीबलाइ सरकार कहिलेसम्म यो मानबता बिरोधी हर्कत दोहोर्याइरहन्छस ? राजधानी यस्तो कुरुप शहर हो जहाँ महिनामा एक पटक पनि फोहोर उठाउन महानगर आउदैन हरेक घरको अगाडि जाने हो भने डुङ डुङ गनाउछ खाल्डाखुल्डी पुर्न नसकेर हरीबिजोक छ महानगरको यो काम चै गर्न नसक्ने अनि काम देखाउनको लागि फुटपाथमा चै तमासा देखाउने ? गरिबको आँसु भनेको एसिड हो , अनि पेट पाल्नको लागि अन्याय र अत्याचारको बिरुद्ध शासक को बिरुद्ध मजदुरले गर्ने बिद्रोह भनेको एटम बम हो तसर्थ सडकमा पानीपुरी बेच्दै होस वा कपडा अन्य केही बेच्दै हिडनेको सामान फाल्नु लुटनु भनेको उहाहरुको श्रीमती र छोराछोरिको पेटमा लात हानेर उहाहरुको बिहान बेलुकाको छाक, खोस्नु हो बाबाले कमाएर ल्याएपछी कापी र कलम किनौला अनि पढेर ठूलो हौला भन्ने बच्चा बच्चिको सपनामा गिर खेल्नु हो तसर्थ हामिजस्ता युवाहरूलाई रोजगार दिन नसक्ने कम्युनिस्ट शासकहरु यस्तो हर्कत गरेर आफुलाइ ठूलो कोसैले पनि नठान मानबताबिरोधिहरु ! हो यस्तै शासक र उसका लठयैतहरुको कुकर्मले हो बिद्रोह जन्मने जुन रोक्न हम्मेहम्मे पर्नेछ ! तसर्थ कम्युनिस्ट सरकार यो देश मेरो पनि हो म जस्ता निम्न आय भएका जन्तालाई पनि गरीखान देउ !
Tuesday, August 14, 2018
Tuesday, July 10, 2018
बिपद ब्यबस्थापनमा किन सरकार लाचार बनिरहेछ ?
Thursday, July 5, 2018
श्रद्धाञ्जली !
जीप पस्याे त्रिशुलीमा ड्राइभर बगरमाथि छ त्रिशुली र सुर्जे मात्र देख्ने साक्षी छ अचम्मै भाे के गरेर यस्ताे घटना घटेकाे दुइटा नेता मर्दा पनि ड्राइभर बाँचेकाे......"
मदन अाश्रीतकाे निधन बारे मनै रुवाउने वा भनौ चार हरफमा नै धेरै कुराहरु बोल्ने यो गित सुन्दा मदन आश्रीतको योगदान बुझ्ने वा भनौ मदन आश्रीतको समयको नेपाली राजनीतिको थोरबहुत ग्यान भएका जोकसैको मन रुन्छ तसर्थ नेपाली कम्युनिस्ट राजनीतिको एक कालो दीन हो जेठ ३ गते भन्दा फरक पर्दैन ! मदन भण्डारी र जीवराज आश्रीतको असमायीक निधन भएको आज २५ बर्स पूरा भैसकेको छ तर यति लामो समय भैसक्दा पनी मदन आश्रीतको निधन हत्या हो वा दुर्घटना भन्ने कुरा रहस्यमय छ यस बिचमा तिनै मदन आश्रीतको भजन मन्डली गाएर पटकपटक एमाले सत्तामा पनि पुगीसकेको छ ! सत्ताको भर्याङमा चढेपछी भर्याङ चढिहाले अब किन चर्चा गर्नु भन्ने रोगले थलीएर हो वा कुनै कारणले हो एउटा बिडम्बना नै मान्नुपर्छ यति लामो अबधिमा पनि हत्या हाे कि दुर्घटना,जवाफ कोही कसैले पत्ता भने लगाउन र छानबिन गर्न उच्च तदारुकता नदेखाउनु वा भनौ मदन आश्रीत घटनाबारे मौन बस्नु बडो आस्चर्यको कुरा छ ! हरेक बर्स जेठ ३ गतेका दिन हामिले देखीरहेका हुन्छौ सुनीरहेका हुन्छौ शहरमा मदन भन्डारी र जीबराज आश्रीतको योगदान बारे श्रद्धाञ्जली सभा र गोष्ठीहरु हुन्छन नेताहरु ठुलाठुला स्वरमा भासणहरु गर्छन सामाजिक सन्जालमा योगदान बारे लेख्न होडबाजी चल्छ तर के कम्युनिष्ट नेताद्धय मदन भण्डारी र जीवराज आश्रीत" प्रती यति कुराहरु गर्दैमा सच्चा सम्मान हुन्छ ? के मदन आश्रीतको आत्माले शान्ती पाउछ ? अह पाउदै पाउदैन महोदय, तसर्थ हामी सर्बसाधरण नेपाली जन्ता भन्न चाहान्छौ यदी मदन आश्रीत को त्यो कहालीलाग्दो घटनाबारे छानबिन हुन सक्दैन भने वा भनौ छानबिन गर्ने आट र तदारुकता देखाउदैन भने यो बर्सेनि मदन आश्रीतको स्मृति दिबसमा हामी हत्यारा पत्ता लगाएरै छाडनेछौ छानबिन गरेर छाडनेछौ भनेर आजको मितीबाट भन्न छोडिदीनोश अनि स्वस्थानी व्रत कथामा झै महादेवले सतीकाे लास काधमा बाेकेर अङ्ग पतन गराउदै हिडेझै २५ बर्स देखि चुनाबको बेला ठाउठाउमा उनको नाम जोडेर राजनैतिक अभीष्ट सिद्धि गर्ने र सत्ताको भर्याङ चढने काम भैरहेको छ त्यो अब उप्रान्त नहोस अनि बर्सको एकदुइपटक लोकलाज छोप्नको खातीर मात्रै दोषीलाई कारबाही गर्न माग नगरुन । यत्ति भए पनि थोरै भए पनि मदन भण्डारीप्रति न्याय हुनेछ । जननेता भण्डारीप्रति भावपूर्ण श्रद्धाञ्जली ।
नाम सन्तोष सिम्खडा
ठेगना : भीमसेन गाउपालीका २ गोर्खा फोन :9861107030
खुलापत्र !
कुन अर्थमा बाबुराम पागल भए मान्यवर ?
एकदीन काम गर्दागर्दै एक्कासि ज्वारोले सतायो अनि अफीसमा म्यानेजरसङ्ग छुट्टी मीलाएर साझ ६ बजे नै कोठामा आउदै थीए त्यसैक्रममा बाटोको एक क्याफेमा मेरो मील्ने गाउले साथी नवीन चीया खादै रहेछन बसौ चीया खाऔ भने बसे अनि म बसेर चीया खादै थीए मेरो छेउमा केही युवाहरुले हाम्रा अध्यक्ष कमरेड प्रचण्डले धेरै पढेको मान्छे दीमाग बीग्रीयको हुन्छ बुद्धि मासीयको हुन्छ भनेर सै भन्नुभो यार बाबुराम र आहुती त्यस्तै हुन भनेर जोडजोडले हासेको सुने ! हास्नेहरु कति पढेका हुन भनेर मैले अडकल गर्न सकीन कीनकी तीनीहरु मैले चीनेजानेका मान्छेहरु थीयनन तर ती युवाहरूलाई हसाउने ब्याक्ती चै मैले चीनेजानेका मान्छे थीए जसले पोहोरसाल डीग्री गरेका थीए मैले त्यतीनैखेर तपाईंले पनि पोहोर साल डीग्री पास गरेको हैन भनेर सोध्न खोजे तर अर्काले बोलेको ठाउमा कीन बोलु जस्तो लाग्यो र म बोलीन तर मेरो मनमा एउटा कुराले भने घोचीरहयो " बीचरा ती युवा जो डीग्रीका सर्टीफीकेट हातमा राखेर आफुले आफैलाइ कीन यसरी गीज्याइरहेको छ्न त ? धेरै पढेको बुझेको मान्छेको कसरी दीमाग उडछ ? पढदै नपढी पुस्पकमल दाहाल प्रचण्ड बनेको हुन र ? अनि बुझ्दैनबुझी गल्ती कसको हो भन्ने कुरा बीर्सीयर कुनै पाटीको सदस्यता लीयकै भरमा वा भनौ नुनपानीको सोझोको लागि सत्य कुरा बुझ पचाएर "अ यार पढेका मान्छे पागाल नै हुदा रहेछन" भनेर अट्टाहास गर्ने ती युवाहरु र प्रचण्डले धेरै पढेको मान्छे बुद्धि बीग्रीयको हुदोरहेछ भन्दा मन्चमा गलल हास्ने पढेलेखेका प्रचण्ड पाटीका बीध्वानहरुमा के फरक छ र ? जो पीएचडी र वकीलका सर्टीफीकेटहरु हातमा लीयर आफुले आफैलाइ गीज्याइरहेका छन ! हुन त कोही एउटा ब्याक्तीले अर्कोलाइ कुनै वीसयमा रीस उठयो भन्दैमा थदानाम गाली गरेर तिमी यस्तो तिमी उस्तो भनेर गाली गर्दैमा उसको पछि लाग्नुपर्छ भन्ने त हैन तथापी रास्ट्रका महत्वोपुर्ण स्थानमा बसेका मान्छेले बेहोशमै बोलेका शब्दले पनि नराम्रो आइरोनी बनीदीन सक्छ र केही थान प्रचण्डहरुले पागलनै भनेनी हरेक नेपालीको इच्छा आफ्नो सन्तान प्रचण्ड हैन डा बाबुराम भट्टराई र कमरेड आहुती जस्तै बीध्वान बनोस भन्ने त हुन्छनै ! भनीन्छ जोकसैले गलत कुरा पनि हजार पटक दोहोर्याउदा सत्य हो की भन्ने भ्रम हुन जान्छ सदीयौदेखी झुठो आश्वासन र कुराहरुको लत लागेका हामी सत्य कुरा र नया प्रयोगमा डराउछौ वा भनौ पचाउन नीक्कै हम्मेहम्मे पर्छ ! किनभने पुराना मान्छेलाइ नयाँ कुरा पच्दैपच्दैन किनभने तीनीहरुको दीमागको भाडो पहील्यै भरीएको हुन्छ ! लाखौ सयौ मान्छेको भीडमा ठूलो ठूलो स्वरमा नेताले जे बोले पनि सत्य भैदीने बोल्नेहरु आफुलाइ बीध्वान ठान्ने अनि जोकसैले केही मान्छे भएको ठाउमा नया प्रयोग वा भनौ कुराहरु सत्य र यथार्थ बोल्दा पनि पागलको सग्या दीने गरीन्छ ! वा भनौ औसधि तीतो नै हुन्छ ! नयाँ प्रयोग र परीबर्तको लागि मरीमेटने जोकही राम्रो मान्छेलाई जहिले पनि पागल नै भनीन्छ हीजोका दीनहरुमा दक्षिण अफ्रीकाका नेल्सन मन्डेलालाई पनि त पागलको संङ्या दिईएकै हो ! त्यस्तै सबीधान सभाको कुरा गर्दा हिजोका दीनहरुमा बाबुरामलाई पनि पागल नै त भनीयकै हो ! आज दीनको प्रत्यक्ष नीर्बाचीत को कुरा गर्दा आर्थिक सम्रीद्धीको कुरा गरेर नया भीजन र मीसन सहीत हीडदा पनि मान्छेहरुले पागल भन्न कहाँ छोडछन र ? तर पागल भन्दैमा कोहि पागल हुने कुरो हो र ? देशमा अझै धेरै पागलहरु चाहीयको छ एकोहोरीयर काम गर्न पागलले मात्रै सक्छ ! खै कीन हो प्रचण्ड कमरेडले धेरै पढेको मान्छेहरु पागल हुन्छन भनेर बाबुराम र कमरेड आहुतीलाई भनेदेखी त यस्ता पागलहरु अरु पनि बढोस भन्ने लाग्छ नी यी र यस्तै बीकास सम्रीद्धी र शुसानको सपना देख्ने महाबीर पुन, गोबीन्द केशी जस्ता सयौ पागलहरु यो देशमा जन्मीउन भन्ने लाग्छ ! प्रचण्ड ज्युको कुरालाइ सकारात्मक रुपमा हेर्ने हो भने बाबुराम पागल भनेर ठीकै गरेकी जस्तो लाग्छ किनभने बाबुराम त्यो मान्छे हो जो देशबिदेशका थुप्रै सुखसयलका अफरहरुलाइ छाडि सारा मोजमस्ती र कमरेड प्रचण्ड जस्तो बीलाशी र ऐसाअरामको जीन्दगी त्यागेर नेपाली जनताको हकहितकालागी निरंकुशता विरुद्ध हतियारको मुखमा लडन गए के यो पागल पन थीयन र ?अनि अर्को कुरा के चै हेक्का हुनु जरुरी छ भने जनयुद्ध सफल हुनुमा बाबुरामको नै मुख्य योगदान थीयो जनयुद्धताका जनताले बाबुराम जत्तिकै मान्छे त यसरी लडेका छन हामी किन नलडने भनेरनै जनयुद्ध मा होमीयकाहरु धेरै थीए र त सफलभएको हो। अनि अर्को कुरा जनयुद्ध देखि प्रचण्ड प्रम हुँदासम्म लेखिएका हरेक दस्ताबेजदेखि प्रचण्ड का चर्चीत भनिने भासणसम्म लेखीदीने तीनै बाबुराम नै हैनन अनि यो सबै काम गर्ने त्यो बुद्धीजीबी पाग्ल नभए के त ? तसर्थ यो पागललाइ प्रचण्डलाई कसरी नेता बनाए त ? नेता त बाबुरामको पागलपनले प्रचण्डलाई बनाएको हो नी !हैन र ? दासहरु मालीक बनेपछी मालीककै ब्याबाहार देखाउछन भनेझै आफू आएको बाटो र त्यो बाटोमा हीडने आफ्ना सहयात्रीहरु बीर्सीयर आफु ऐसाअराममा जीएपछी तपाईंका सहयात्रीले तपाईंलाई छोडनु अस्वभाबीक हुँदै होइन तपाईंले सोच्नुभएको छ सहिद बेपत्ताहरुका परीवार किन आज निरास छन?लडाकु सिबिरको अनियमितता किन लुकाइयो?बैध्य बिप्लव र बाबुरामले त्यो सहयात्रालाइ तोडनु बाध्यता थीयो रहर हुँदै होईन खुम बहादुर,जस्तो भस्ट्रचारी जेलबाट नीक्ल्दा सय कीलोको माला लगाउने जन्ता भएको देश चुणामणीलाइ सज्जन बनाउन कोसिस गर्नेहरुको देश , दिपक मनाङ्गेलाई आफ्नो जनप्रतिनिधि स्वीकार्ने देश का महान सज्जनहरुले धुर्मुस सुन्तली बाबुराम गोविन्द के सी र महाबीर पुन हरुलाई पागल भन्नू कुनै नौलो कुरा हुँदै होईन ! हीजोआज प्रचण्ड कमरेडको शबदमा बोलीमा नीक्कै नैराश्यता देखीन्छ कमैया ले छाडे पछिको जमिन्दारको जस्तो अनि स्वर्ग र नर्कका कहानीहरु भेटीन्छ जस्तो बाबुरामले ठूलो भूल गर्नुभएको छ, यस उहाँलाई माथि जाने बेलामा आनन्दसँग जान पाइन्छ नत्र पोलेको पोल्यै हुन्छ सुन्दा तपैमा चेत पलाउन थालेछ. नत्र कहाँ यस्ता ठूलो भूल पश्चाताप को आगो” “माथि जाने बेलामा” ‘ आनन्दसँग जान ” “पोलेको पोल्यै” जस्ता सब्द आउंथे र ?? के कम्युनिस्ट शब्दकोषहरुमा भगवान का रुपहरु देखिन्छन् र ? हुन त कुनै पाटीको झोले बनेर मैले यी कुराहरु बोलीरहेको छैन र मलाई थाहा छ कसैको ब्याक्तिगत जीबनमा र राजनीतिमा व्यक्तिगत आग्रह द्वेष राख्नु राम्रो होइन तथापी देश र जनता लाइ माझमा राखेर सर्बसाधरणले पनि बोल्दा र सत्य लेख्दा व्यक्तिगत लाज संकोचले कुनै अर्थ राख्दैन सच्चा राजनीतिमा हो वा जीबनमा , तसर्थ म कमरेड प्रचण्डलाई एउटा प्रश्न सोध्न चाहान्छु आफ्नै घर त अब केहि दिनमा बन्द हुदै छ, यस्तोमा डाक्टर बाबु राम भट्टराई कहाँ आउने हो ? कमरेड अध्यक्ष ल ठीक छ बाबुराम नयाँ शक्ति त्यागेर तपाईंको पाटीमा आए रे अब भन्नुस कहाँ राख्नु हुन्छ उहालाई ? “नेपालमा माओवादी केन्द्र भन्ने पनि एउटा रानीतिक दल थियो अरे जसको अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ थीए रे ” अबको केहि दिनमा भन्ने बेला आउदै छ तसर्थ प्रचण्ड कमरेडलाई के भन्न चाहान्छु भने कही आउने न आउने कुरा हैन डाक्टर बाबु राम भट्टराईको सानो भए पनि आफ्नै झुपडी छ ठुलो महलमा कमारो हुन भन्दा सानो भए पनि आफ्नै झुपडीमा बस्न राम्रो हैन र? बरु डा बाबुरामले प्रचण्डलाई एउटा झुपडी कै भए पनि कोठा चै खाली राखीदीए हुन्छ ! अ साच्चै धेरै पढेरै मान्छे बहुलाय रे तर प्रधानमन्त्री अाेली चाहिँ किन बहुलाए कुनै दीन यीनलाइ पनि त कमरेड प्रचण्ड ले पागल घोषणा गरेकै हुन क्यारेनी हो कि हैन त? मनैदेखी भन्ने हो भने अनि पद र पैसाको पछि साच्चै लागेको भए आज प्रचण्डको भन्दा माथिल्लो स्थानमा बाबुराम र बैधहरु हुन्थे तर उनीहरूले त्यसो गरेन किनभने उनीहरुलाई थाहा छ सत्यको एकदिन जित हुन्छ तसर्थ यदी जब सत्य को पर्दाफास हुँदै जाने छ तब बाबुराम, बैध उचाईमा पुग्दा प्रचण्ड पातलमा रोइरहनपनि त सक्छन आखिर पृथ्वी गोलो न छ दिन त सबैको एकदीन आउछ आउँछ ! जय होस
नोट : म कुनै राजनैतिक दलको हनुमान होइन !
Tuesday, July 3, 2018
लुटको धन फुपुको श्राद्द
Sunday, July 1, 2018
डा केशी पक्राउ पर्नु कम्युनिस्ट अधिनायकवादको प्रारम्भिक लक्ष्ाण हो !
Saturday, June 30, 2018
आधुनिक सामाजिक मनोबिज्ञान (अनुभूति )
राजधानी मा कुनै काम गर्न पर्यो भनेर हामीले एउटा सोच बनायौ काम शुरु पनि गरीयो काम शुरु गरेको सुरुवाती चरणमा हामीलाइ केही पैसाको जरुरत पर्यो , अनि हामीले हाम्रा आफन्त लगभग सबैलाइ हाम्ले गर्न लागेको कामको योजना सुनायौ ती आफ्न्त जो हामी भन्दा सम्पन्न नै छन ती आफ्न्त जो हामिलाइ प्रत्येक पटक भेटदा भन्ने गर्थे बाबू केही पेशा ब्याबसाय गर र केही सहयोग चाहीए हामीलाइ सम्झनु ,हामी सकेको सहयोग गर्नेछौ ! हामीलाइ बिस्वास के थियो भने हाम्रा आफन्तहरु धेरै ग्यानी छन हेल्पफुल छन यही सोचेर र उनीहरुले दियको वचन सम्झीएर हामीले केही महीनाको लागि रिण सहयोग गर्न हामीले गर्न लागेको कामको फेहरीस्त सुनाइ आग्रह अनि अनुनय बिनय गरयौ ! हिजोका दिनका ति हाम्रा सहयोगी मनहरु हामीले गर्न लागेको काम देखेर कसैले पनि हामीलाइ सहयोग गर्ने आट देखाएनन ! उनीहरु सबैको लगभग एउटै बाहाना थियो मैले पनि तपाईं जे काम गर्नुभएको छ त्यही गर्दैछु अनि मेरो दाजुलाइ यस्तो काम गरे घर बनाए छोरीलाइ सहयोग गरे आदि आदि ! साथिहरु तपाईंले कोही आफन्तलाइ काठमाडौं वा कतै शहरमा घडेरी किन्न लागेको अथवा घर बनाउन वा त्यस्तै कुनै काम गर्न लागेको भनेर भन्नुस त उनीहरु सबै सम्पन्न जो छन उनीहरुको पनि तपाईंले बैना गरेकै दिनमा घडेरी बैना गरिएको हुन्छ ! घर बनाउने कुरा गर्नुस उसको पनि कोही भाइ छोराछोरी वा कसैको घर बन्न जग हाल्न लागेको भन्ने नाटक सुरु हुन्छ ! तपाईंले राम्रो काम कुनै गर्न लाग्नुभो भने तिनीहरु जल्छन जो तपाइलाइ बाराम्बार केही गर बाबू भनेर आदार्श छाटने र सहयोग गर्ने बचन दिन्थे ! तपाईंको आफन्त जो करोडौंको मालीक छन र उसबाट सहयोग लियर केही काम गर्ने सोच बनाएर जानुभयो भने र केही हल्का थोरै रिण नै माग्नुभयो भनेपनी उसले कहील्यै पनि तपाइलाइ रिण आफू दिदैन फलानोकोमा जानुस भन्देको छु भन्छ ! त्यो फलानो जोसले तपाईंलाई सबैभन्दा धेरै ब्याजदर लियर ठगीदिन्छ ! त्यो पैसा तपाईंको त्यही आफन्तकै हुन्छ ! पहीलेकै प्रसङ्गमा जाऔ कोही आफन्तबाट रिण सहयोग नपाएपछी हामीले शुरु गर्न लागेको काम अब नगर्ने मोडमा पुग्नै लागीसकेको थियौ ! एसैक्रममा एकदीन मेरो भेट फेसबुकमा द कोरियामा काम गर्ने एउटा साथीसङ्ग भयो कुरा गर्दै जानेक्रममा मैले भखरै गर्न लागेको कामको बारेमा सबै बेलीबीस्तार उनीलाइ लगाए ! उनी खुशी हुँदै केही सहयोग गर्ने वचन दिए नभन्दै उनले मेरो एकाउन्टमा पैसा हालीदीए र त्यही पैसा र हामीले कमाएको पैसा जम्मा गरेर हामीले काम सुरु गर्यौ ! हामीले काम सुरु गरेको त्यो दिन मेरा आँखा रसाए मैले मनमनै सोचे एउटा चिन्नु न जान्नु को साथी जो फेसबुकमा कुरा गरेको भरमा सहयोग गरे तर मेरा ती आफन्त जो मलाई सधै बिस्वास गर्थे मेरा हरेक पलमा सहयोग गर्ने वचन दिन्थे जो आज मलाई आपत पर्यो म केही गर्छु भन्दा जल्छन ! मुख पनि बोल्न नपाए हुन्छ जस्तो गर्छन ! उनीहरुलाइ लाग्दो हो यिनीहरु माग्न मेरो डेरामा झोली बोकेर आउन अनि एक कप चिया एकदुइमाना चामल दिएर उनीहरुलाइ मेरो आलीशान महल देखाएर केही थान सुसारे एउटा ठूलो टीभी सोफासेट र उनीहरु सङ्गै राती पनि सुत्ने एउटा बेलायते कुकुर साथमा राखेर आदर्शको गफ छाटन सकु आफ्नो सफलताको कथाहरु यिनीहरुलाइ भन्न पाइरहु ! यो त भयो आफन्तको कुरा एकै परीवारको दाजुभाइ बिच पनि हिजोआज सम्पतीकै लागि समाजमा रिसराग काटमार र बैमनस्यता थपीदै गएको भेटीन्छ ! एक ठाउको कुरा हो सानैमा बाबू बितेपछी दुख्सुख हलो कुटोकोदालो गरेर दाजुले भाइलाइ पढायो भाइ ठूलो भयो कमाउन बिदेश गयो राम्रै कमायो बिहे गर्यो शहरमा आलीशान महल बनायो ! बिचरा दाजु रिन लागेर गाउमा छटपटायो रिन तिर्न र छोराछोरी पढाउन शहर छिरेपनी उसलाइ कहील्यै शान्ती मिलेन ! हिजो त्यति दुख गरेर पढाएको भाइ जसले उसलाइ कहील्यै राम्रो नजरले हेरेन भाइले दाजुलाइ शहरको उसको आलीशान महलको एउटा रुम सम्म बस्न दियन ! अन्ततः पिडैपिडामा छटपटीएर उसले गलामा डोरी लागेर आत्महत्या गरेर ससार त्याग्यो !आफ्नै आमाको कोखमा जन्मीयको छोरो त यति निर्दयी बन्छ र स्वार्थ नै स्वार्थको जालोले घेरीन्छ भने अरुको त के कुरा भयो र ? शहरीया बसोबास र यहाको चालचलनको कारण दिनानुदिन बढदै गएको स्वार्थी स्वभाव धनको आडम्बरको यो किसिमको हाम्रो सामाजीक मनोबिग्यान हिजोआज बढदैछ दिनानुदिन सामाजिक मनोबिग्यान समाजको सान रवाफ कसरी बदलीदैछ र मान्छेहरु कति आडम्बरी भए भन्ने कुराको पत्ता लगाउनुछ भने भोजभतेर र कुनै सभासमारोहमा जानुपर्छ शहरको भोजभतेरमा जादा केही बर्स अगाडि सम्म उसका आफन्तहरु दुख्सुखका बात मार्ने गर्थे प्राय गफगाफमा गाउमा बा आमालाइ कस्तो छ ? खेतीपाती कस्तो छ ? गोरु घरमा छ कि छैन दुहुनो भैंसी घरमा छ कि छैन ? पढाइ कता पुग्यो ? यस्तै यस्तै तर आजभोलि समय बदलीयछ आजभोली त फलानोले यति कमायो फलानोले यति आना जग्गा जोडयो , फलानोले शहरमा घर बनाउदैछ , फलानो त कस्तो हुतीहारा केही गर्न सकेन फलानो त अहिलेसम्म पनी अर्कैको नोकरी गर्दै रैछ ,पढेर पनि के काम पैसा भएन भने आदी आदि ! एकदिनको कुरा हो म साथिको बिहेभोजको निम्तो मान्न एउटा पाटीप्यालेश जाँदै थीए मसङ्गै पढेको एउटा साथीले मलाइ भन्नुभो के पेशा गर्छौ भाइ ? मैले भने दाजु म केही पेशा गर्दीन उहाँ खित्का छोडेर हास्नुभयो अनि के गरेर बाच्छौ त राजधानीमा ? मैले जेसुकै काम गरेपनी अक्सर मलाइ त के काम गर्छस भनेर अल्ली ठूलो बनेर कसैले सोध्यो भने मलाइ सगर्ब अर्काको रेस्टुरेन्टमा भाडा माझ्ने कामदार हु !भनेर भनीदीन रमाइलो लाग्छ त्यो दिनपनी मेरो आडैमा करोडको गफ लगाउने राजधानी मा घर घडेरी को फुर्ती लगाउने साथीलाइ मैले म रेस्टुरेन्ट मा भाडा माज्ने कामदार हु भनेर भनीदीए त्यसपछि उहाको हेराइ र आवाज म बाट बिच्किएर अर्कै भद्र भलादमी तिर सोझीयो सायद उहालाइ मैले भाडा माझ्छु भन्दा लाज लागेछ वा भनौ घिन लागेछ क्यारे ! तर मलाइ त कहिल्यै कुनैपनी कामलाइ अपमान गर्नै आएन मलाई त यो देशमा बसेर यही देशको माटोमा चुम्बन खादै यही देशका जन्ता हुन वा बिदेशी पाउनालाइ स्वागत गर्ने अनि उनीहरुलाइ सेवा गर्ने कामप्रती गर्व लाग्छ ! मानौ मैले भाडा नै माझेपनी अर्काको देशमा गएर माझेको हु र ? म जअसता मेरा भाइहरु र दाजुहरुले रेस्टुरेन्ट मा भाडा कसैलेपनी नमाझ्दीए कसले माझीदीन्छ कुन ग्रहको मान्छे आएर माझीदीन्छ ?मैले प्लेट नै उठाउने काम गरेपनी युरोप अमेरिमा त्यहाको ग्रीन कार्ड हातमा बोकेर चौथो दर्जाको नागरीक भएर माझेको र उठाएको त हैननी ? यो समाजले कामलाइ किन अपमान गर्छ ?....
क्रमश