नेपाली समाचार ,Nepal Flag

Saturday, June 30, 2018

आधुनिक सामाजिक मनोबिज्ञान (अनुभूति )

राजधानी मा कुनै काम गर्न पर्यो भनेर हामीले एउटा सोच बनायौ काम शुरु पनि गरीयो काम शुरु गरेको सुरुवाती चरणमा हामीलाइ केही पैसाको जरुरत पर्यो , अनि हामीले हाम्रा आफन्त लगभग सबैलाइ हाम्ले गर्न लागेको कामको योजना सुनायौ ती आफ्न्त जो हामी भन्दा सम्पन्न नै छन ती आफ्न्त जो हामिलाइ प्रत्येक पटक भेटदा भन्ने गर्थे बाबू केही पेशा ब्याबसाय गर र केही सहयोग चाहीए हामीलाइ सम्झनु ,हामी सकेको सहयोग गर्नेछौ ! हामीलाइ बिस्वास के थियो भने हाम्रा आफन्तहरु धेरै ग्यानी छन हेल्पफुल छन यही सोचेर र उनीहरुले दियको वचन सम्झीएर हामीले केही महीनाको लागि रिण सहयोग गर्न हामीले गर्न लागेको कामको फेहरीस्त सुनाइ आग्रह अनि अनुनय बिनय गरयौ ! हिजोका दिनका ति हाम्रा सहयोगी मनहरु हामीले गर्न लागेको काम देखेर कसैले पनि हामीलाइ सहयोग गर्ने आट देखाएनन ! उनीहरु सबैको लगभग एउटै बाहाना थियो मैले पनि तपाईं जे काम गर्नुभएको छ त्यही गर्दैछु अनि मेरो दाजुलाइ यस्तो काम गरे घर बनाए छोरीलाइ सहयोग गरे आदि आदि ! साथिहरु तपाईंले कोही आफन्तलाइ काठमाडौं वा कतै शहरमा घडेरी किन्न लागेको अथवा घर बनाउन वा त्यस्तै कुनै काम गर्न लागेको भनेर भन्नुस त उनीहरु सबै सम्पन्न जो छन उनीहरुको पनि तपाईंले बैना गरेकै दिनमा घडेरी बैना गरिएको हुन्छ ! घर बनाउने कुरा गर्नुस उसको पनि कोही भाइ छोराछोरी वा कसैको घर बन्न जग हाल्न लागेको भन्ने नाटक सुरु हुन्छ ! तपाईंले राम्रो काम कुनै गर्न लाग्नुभो भने तिनीहरु जल्छन जो तपाइलाइ बाराम्बार केही गर बाबू भनेर आदार्श छाटने र सहयोग गर्ने बचन दिन्थे ! तपाईंको आफन्त जो करोडौंको मालीक छन र उसबाट सहयोग लियर केही काम गर्ने सोच बनाएर जानुभयो भने र केही हल्का थोरै रिण नै माग्नुभयो भनेपनी उसले कहील्यै पनि तपाइलाइ रिण आफू दिदैन फलानोकोमा जानुस भन्देको छु भन्छ ! त्यो फलानो जोसले तपाईंलाई सबैभन्दा धेरै ब्याजदर लियर ठगीदिन्छ ! त्यो पैसा तपाईंको त्यही आफन्तकै हुन्छ ! पहीलेकै प्रसङ्गमा जाऔ कोही आफन्तबाट रिण सहयोग नपाएपछी हामीले शुरु गर्न लागेको काम अब नगर्ने मोडमा पुग्नै लागीसकेको थियौ ! एसैक्रममा एकदीन मेरो भेट फेसबुकमा द कोरियामा काम गर्ने एउटा साथीसङ्ग भयो कुरा गर्दै जानेक्रममा मैले भखरै गर्न लागेको कामको बारेमा सबै बेलीबीस्तार उनीलाइ लगाए ! उनी खुशी हुँदै केही सहयोग गर्ने वचन दिए नभन्दै उनले मेरो एकाउन्टमा पैसा हालीदीए र त्यही पैसा र हामीले कमाएको पैसा जम्मा गरेर हामीले काम सुरु गर्यौ ! हामीले काम सुरु गरेको त्यो दिन मेरा आँखा रसाए मैले मनमनै सोचे एउटा चिन्नु न जान्नु को साथी जो फेसबुकमा कुरा गरेको भरमा सहयोग गरे तर मेरा ती आफन्त जो मलाई सधै बिस्वास गर्थे मेरा हरेक पलमा सहयोग गर्ने वचन दिन्थे जो आज मलाई आपत पर्यो म केही गर्छु भन्दा जल्छन ! मुख पनि बोल्न नपाए हुन्छ जस्तो गर्छन ! उनीहरुलाइ लाग्दो हो यिनीहरु माग्न मेरो डेरामा झोली बोकेर आउन अनि एक कप चिया एकदुइमाना चामल दिएर उनीहरुलाइ मेरो आलीशान महल देखाएर केही थान सुसारे एउटा ठूलो टीभी सोफासेट र उनीहरु सङ्गै राती पनि सुत्ने एउटा बेलायते कुकुर साथमा राखेर आदर्शको गफ छाटन सकु आफ्नो सफलताको कथाहरु यिनीहरुलाइ भन्न पाइरहु ! यो त भयो आफन्तको कुरा एकै परीवारको दाजुभाइ बिच पनि हिजोआज सम्पतीकै लागि समाजमा रिसराग काटमार र बैमनस्यता थपीदै गएको भेटीन्छ ! एक ठाउको कुरा हो सानैमा बाबू बितेपछी दुख्सुख हलो कुटोकोदालो गरेर दाजुले भाइलाइ पढायो भाइ ठूलो भयो कमाउन बिदेश गयो राम्रै कमायो बिहे गर्यो शहरमा आलीशान महल बनायो ! बिचरा दाजु रिन लागेर गाउमा छटपटायो रिन तिर्न र छोराछोरी पढाउन शहर छिरेपनी उसलाइ कहील्यै शान्ती मिलेन ! हिजो त्यति दुख गरेर पढाएको भाइ जसले उसलाइ कहील्यै राम्रो नजरले हेरेन भाइले दाजुलाइ शहरको उसको आलीशान महलको एउटा रुम सम्म बस्न दियन ! अन्ततः पिडैपिडामा छटपटीएर उसले गलामा डोरी लागेर आत्महत्या गरेर ससार त्याग्यो !आफ्नै आमाको कोखमा जन्मीयको छोरो त यति निर्दयी बन्छ र स्वार्थ नै स्वार्थको जालोले घेरीन्छ भने अरुको त के कुरा भयो र ? शहरीया बसोबास र यहाको चालचलनको कारण दिनानुदिन बढदै गएको स्वार्थी स्वभाव धनको आडम्बरको यो किसिमको हाम्रो सामाजीक मनोबिग्यान हिजोआज बढदैछ दिनानुदिन सामाजिक मनोबिग्यान समाजको सान रवाफ कसरी बदलीदैछ र मान्छेहरु कति आडम्बरी भए भन्ने कुराको पत्ता लगाउनुछ भने भोजभतेर र कुनै सभासमारोहमा जानुपर्छ शहरको भोजभतेरमा जादा केही बर्स अगाडि सम्म उसका आफन्तहरु दुख्सुखका बात मार्ने गर्थे प्राय गफगाफमा गाउमा बा आमालाइ कस्तो छ ? खेतीपाती कस्तो छ ? गोरु घरमा छ कि छैन दुहुनो भैंसी घरमा छ कि छैन ? पढाइ कता पुग्यो ? यस्तै यस्तै तर आजभोलि समय बदलीयछ आजभोली त फलानोले यति कमायो फलानोले यति आना जग्गा जोडयो , फलानोले शहरमा घर बनाउदैछ , फलानो त कस्तो हुतीहारा केही गर्न सकेन फलानो त अहिलेसम्म पनी अर्कैको नोकरी गर्दै रैछ ,पढेर पनि के काम पैसा भएन भने आदी आदि ! एकदिनको कुरा हो म साथिको बिहेभोजको निम्तो मान्न एउटा पाटीप्यालेश जाँदै थीए मसङ्गै पढेको एउटा साथीले मलाइ भन्नुभो के पेशा गर्छौ भाइ ? मैले भने दाजु म केही पेशा गर्दीन उहाँ खित्का छोडेर हास्नुभयो अनि के गरेर बाच्छौ त राजधानीमा ? मैले जेसुकै काम गरेपनी अक्सर मलाइ त के काम गर्छस भनेर अल्ली ठूलो बनेर कसैले सोध्यो भने मलाइ सगर्ब अर्काको रेस्टुरेन्टमा भाडा माझ्ने कामदार हु !भनेर भनीदीन रमाइलो लाग्छ त्यो दिनपनी मेरो आडैमा करोडको गफ लगाउने राजधानी मा घर घडेरी को फुर्ती लगाउने साथीलाइ मैले म रेस्टुरेन्ट मा भाडा माज्ने कामदार हु भनेर भनीदीए त्यसपछि उहाको हेराइ र आवाज म बाट बिच्किएर अर्कै भद्र भलादमी तिर सोझीयो सायद उहालाइ मैले भाडा माझ्छु भन्दा लाज लागेछ वा भनौ घिन लागेछ क्यारे ! तर मलाइ त कहिल्यै कुनैपनी कामलाइ अपमान गर्नै आएन मलाई त यो देशमा बसेर यही देशको माटोमा चुम्बन खादै यही देशका जन्ता हुन वा बिदेशी पाउनालाइ स्वागत गर्ने अनि उनीहरुलाइ सेवा गर्ने कामप्रती गर्व लाग्छ ! मानौ मैले भाडा नै माझेपनी अर्काको देशमा गएर माझेको हु र ? म जअसता मेरा भाइहरु र दाजुहरुले रेस्टुरेन्ट मा भाडा कसैलेपनी नमाझ्दीए कसले माझीदीन्छ कुन ग्रहको मान्छे आएर माझीदीन्छ ?मैले प्लेट नै उठाउने काम गरेपनी युरोप अमेरिमा त्यहाको ग्रीन कार्ड हातमा बोकेर चौथो दर्जाको नागरीक भएर माझेको र उठाएको त हैननी ? यो समाजले कामलाइ किन अपमान गर्छ ?....
क्रमश

1 comment:

  1. http://exploremanaslu.com/ http://everesthiker.com/
    http://exploremanaslu.com/trip/manaslu-circuit-trek/
    http://everesthiker.com/trip/everest-base-camp-trek/

    ReplyDelete