नेपाली समाचार ,Nepal Flag

Friday, July 26, 2013

मैले मन पराउन नसकेको मान्छे

हो, उही हो!



ज्ञानी छ रे, मेधावी पनि ।
गितार बजाउँछ, कविता लेख्छ रे ।
अनुहार पनि खुबै सुहाँउदिलो
(भनेको सुन्छु सबैले) ।

मैले नि देख्या छु, हेर्छु भनेर हैन,
बजार जाँदा बाटो परिजान्छ ।
छतमा बसेर नानाथरी धुन गुनगुनाउँछ
भगवानले पनि सबैकुरा एउटै मान्छेमा खन्याएका
(भन्छन् अरुले, खुब इर्ष्या गर्दै) ।
मलाई भने फिटिक्कै घत परेको होइन,
केटी फकाउने चाल न हो उसको !

फेरि हत्ते नै हाल्नु पर्ने गरिको
राम्रो नि लाग्दैन मलाई ।
खै, किन मर्नै खोज्छन् मेरा संगी?
मलाई त चित्तै बुझ्दैन
अलि हेर्नहुने मुख भाका सबै केटाको
उस्तै त हुन्छ बानी ।

अनि त्यो काले
किन घरिघरि आउँछ मेरो बार्दली मुन्तिर?
तल भाडामा बसेकी बैनीसँग गफ गर्न होला ।
त्यो बैनी पनि चुपो लागेर पढ्न छाडेर
किन मख्ख पर्दै बसेकी हो, त्यो जगल्टेसामु?
जेसुकै होस्, मेलै किन वास्ता गर्नु?

तर यो मान्छेलाई त मान्नै पर्छ
कस्तो ढीठ हो, कति लाज नभएको
दिन बिराएर आउँछ, चाल मारेर सुस्तरी
पल्याकपुलुक गर्दै, अम्बकको बोटमुनि ।
खोज्न त कसलाई खोज्या हो,
मलाई नि थाहा छ ।
तर झुक्किएर जहिल्यै आँखा चाहीँ
जुधिजान्छ मैसँग ।

म किन हार मानौँ?
मेरो घर हो, मेरो खुशी!
उसैलाई पहिला नजर झुकाउन बाध्य पार्छु
कता कता जितको आभाष पनि हुन्छ ।
तर फेरि एकछिनमा
माथिल्तिर नचाइहाल्छ आँखा ।
असत्ति!
मेरो मन चोर्न खोजेको होला,
यत्ति पनि थाहा पाउँदैन,
उही हो –
मैले मन पराउन नसकेको मान्छे!   yug zee Tah

Wednesday, July 17, 2013

बस चढ्नुस्… सित्तैमा ज्ञान पाउनुस्!

लक्ष्मण गुरुङ '                                                                             (Savar.    lakshmangrg.blogspot.com)
lakshman1234454
सायद तपाइले पनि बिचार गर्नु भएको छ होला बसको झ्याल, ढोका र विशेष गरेर बसको पछाडिको भागमा केही रमाइलो मुक्तक तथा सन्देश हरू पढ्न पाइन्छ। कुनै कुनै ज्ञान मूलक हुन्छ भने कुनै कुनै चाही सारै रमाइलो। आज यही बिषयलाइ लिएर एउटा सानो रमाइलो लेख तयार पारेको छु। धेरै समय अगाडि यो बल्गमा मैले केही पढेको थिए तर धेरै भयो यो ब्लगमा update न भएको। मैले यही ब्लग बाट केही फोटो हरू साभार अनि केही चाही गुगलदाई बाट खोजेर राखेको हु भने लेख हरू चाही प्रायः जसो फेसबुकको साथीहरूको लेख बाट कपि गरेको हुँ। केही फोटो हरू…..
lakshman14
                                             
                                                 आना फ्री, जाना फ्री
                                            पकडे गए तो, खाना फ्री!!
                       
                                           चाँदनी रात बिती जारही हे
                                         उल्लुकी पट्ठी तु कब आरही है
lakshman3
                                        “रिस हाम्रो शत्रु हो, हाँसेर यात्रा गरौँ
                                इराकको पानी पिउँछु म भाडा दिएर मात्र झरौँ ।
lakshman1
                                       भजन गाउने ओठ भन्दा
                                   परिश्रम गर्ने हात पवित्र हुन्छ।
lakshman2

                                                         दोस्ती पक्कि,
                                                मगर खर्च अपना अपना!!
lakshman6
                         लड्कीको मत छेड, छेडना पाप होगा
                       तु भी तो एक दिन, लड्की का बाप होगा!!!
lakshman5
          
                         वह किताब क्या किताब, जिसका कोही कवर नही
                            वह लड्की क्या लड्की, जिसका कोही लभर नही!!!
lakshman155
lakshman9
lakshman17
lakshman133
lakshman167
lakshman 08
 lakshman41
lakshman090
lakshman111
lakshmang

   यो चाही थपुवा है।
anuja
  अब बसको कुरा गर्दा गर्दै बीचमा एक्कासि यो केटीको फोटो किन भन्नु होला।
त्यसो भने सुन्नुस्। यदि तपाइ लाइ माथिको फोटो तथा मुक्तक पढेर अलिकति पनि हाँसो लागेन भने यो केटीको बारेमा थाह पाए पछि चाही पक्कै हाँसो लाग्छ होला।
यिनी हुन धरान बस्ने २१ वर्षीय अनुजा बानियाँ। हजुर अब त थाह भो?
  यिनै महान महिला हुन जसले सार्वजनिक बसमा छुटेको ९१ लाख रूपैयाँ र हीराको हार भएको झोला काठमाडौं सीतापाइलाका पुरुषोत्तम पोखरेललाई बुझाएका थिए।
धन्यवाद!

मेरो पहिलो प्रेम पत्र ( My First Love Letter )

 लक्ष्मण गुरुङ ' LaKshMaN ' (lakshmangrg.blogspot.com)
images
Dear :   चन्द्रमा भन्दा राम्री “ माया (Maya) “
            म त लाइ एकदम मन पराउँछु …. तैले पनि क्लासमा लाइ कस्तो हेर्छस् तेसैले
लाग्छ तैले पनि मलाइ माया गर्छस् होला ।  त रिसाए पनि रिसा , न बोले नी न बोल  तर Please यो Love Letter प्रिन्सिपल सरलाई चाही न दे है ! फेरी १ पिरेड भरी कुखुरा भाले बनाउँछ त्यो गैँडा , तालु खुइले सरले ।
सुन न ….. तैले के रिबन फुल स्टाइलमा बाँधेर आउँदा क्या राम्री देखिन्छ , अझै झन् दुई चुल्ठि बाटेर आउँदा त गुडिया जस्तै देखिन्छ …. थाह छ तलाइ?? तेरो पछाडि बस्ने केटी त भन्दा न राम्री छे तेसैले तेरो रिबनमा सधैं मसी लगाइदिन्छे…त्यो केटीको घर मेरो घर तिर नै हो.. तेरो रिबनमा मसी लगाइ दिएको बदलामा मैले तेसको घरको बेल सधैं बजाउँदै भाग्दै गर्छु…… अनि सुन न अलि Fair & Lovely र पाउडर हरु लगाउने गर है फेसमा राम्री अनि गोरी देखिन्छस् के । त्यो साइडमा बस्ने केटी त भन्दा पनि गोरी छे तर मलाइ त नै मन पर्छ किन भने त्यो केटी को फेस देख्ने बितिकै एक पिरियड भरी कुखुरा भाले  भएको याद आउँछ… अनि के  त्यो झ्याल निरको मोटेले पनि तलाइ मन पराउँछ तर तैले चाही तेसलाइ मन न परा है तेसले त लुकी लुकी चुरोट खान्छ , तेसको बानी ब्यहोरा पनि ठिक छैन , मैले त चुरोट पनि खाँदिन अनि घरमा पनि मलाइ बानी ब्यहोरा पनि एक दम राम्रो छ भन्छ । त स्कुल न आएको दिनमा मलाइ पनि कति पनि पढ्नै मन लाग्दैन त्यै भएर अस्ति त स्कुल न आउँदा म पनि हाफ टाइममा नै स्कुल बाट भागेर घर गको थियो ,बाउले घरमा कस्तरी गोद्यो मलाइ तलाइ के था !
             तैले पनि मलाइ मन पराउँ छ भने यही लव लेटरको पछाडि yes मात्र लेखे हुन्छ हैं । ओइ अनि सुन न , यो लव लेटर मलाइ दिदा सबैको
सामु न दे हैं अरुले था पायो भने मलाइ सबैले गिजाउछ अनि मलाइ लाज लाग्छ , बरु त बाहिर पानी खान जान्छु भनेर निस्की अनि धाराको छेउको ढुङ्गा मुनी च्यापेर राख है म झ्याल बाट हेरी रहन्छु अनि स्कुल बिदा भए पछि लिन जान्छु है । तैले पनि मलाई माया गरिस भने म तलाई सधैं हाफ टाइममा चना चटपट ल्याइदिन्छु अनि जाँचमा मेरो पछाडि परिस भने म मैले जानेको सबै सिकाइदिन्छु है ।  अनि के मैले तेरो लागी सलमान खानको पोस्टकार्ड किनेको छु तेसको पछाडि आइ लव यू माया भनेर लेखेको छु यदी तैले yes भनिस भने अर्को चोटी त्यो पोस्टकार्डपनि पठाउछु है ।
           ल ल तैल नी मलाइ लव गर्छस भने छिटो Riply दे है ,  यदी लव गर्दैनस भने यो Love Letter  च्यातेर चाही न फाल है बरु फिर्ता गर यति दुख गरेर लेखेको छु तेरो नाम काटेर अर्के को नाम लेखेर दिन्छु बरु……………………..
                                                                              उही तिम्रो पागल प्रेमी
                                                                                लक्ष्मण गुरुङ
पहिलो प्रेम पत्र लक्ष्मणको
” यो प्रेम पत्र लेख्न सहयोग गर्नु हुने रबि गुरुङ लाइ धेरै धेरै धन्यवाद दिन चाहन्छु “( cope paste gariyako)lakshmangrg.blogspot.com

Monday, July 15, 2013

एकिकृत नेकपा माओवादीको केन्द्रीय समितिको नामावली

एकीकृत नेकपा माओवादीको सातौं महाधिवेशनबाट ९८ जनालाई केन्द्रीय समितिमा चयन गरिएको            छ ।  महाधिवेशनले प्रचण्डको अध्यक्षतामा १ सय ५१ सदस्यीय केन्द्रीय समिति बनाउने निर्णय गरेको छ ।
 महाधिवेशनमा गठित कुलानन्द गिरि नेतृत्वको ७ सदस्यीय निर्वाचन आयोगले केन्द्रीय समिति, केन्द्रीय अनुशासन आयोग र केन्द्रीय लेखा परीक्षण आयोगको निर्वाचन सर्वसम्मतीले सम्पन्न गरेको छ ।

क) केन्द्रीय समिति(१५१ सदस्यमध्ये ९९ जनानिर्वाचित, ५२ जना पछि थपिनेछ)

 १)अध्यक्ष— पुष्पकमलदाहाल ‘प्रचण्ड’

२) उपाध्यक्ष—बाबुराम भट्टराई ‘लालध्वज’

३) उपाध्यक्ष —नारायणकाजी श्रेष्ठ ‘प्रकाश’

४) महासचिव —पोष्टबहादुर बोगटी ‘दिवाकर’

५) अमीक शेरचन ‘एकलव्य’

६) कृष्णबहादुर महरा ‘अमरसिंह’

७) टोपबहादुर रायमाझी ‘अनिल’


८) गिरिराजमणी पोखरेल (पियूष)

९) वर्षमानपुन ‘अनन्त’

१०) लिलामणीपोखरेल ‘अभिषेक’

११) दिनानाथशर्मा ‘अशोक’

१२) हरिबोल गजुरेल ‘शितलकुमार’

१३) अग्नीप्रसाद सापकोटा ‘कञ्चन’

१४) शक्तिबहादुर बस्नेत ‘सुरेशसिंह’

१५) जनार्दन शर्मा ‘प्रभाकर’

१६) हिसिलायमी ‘राहुल’

१७) नन्दबहादुर पुन ‘पासाङ’

१८) चक्रपाणी खनाल ‘बलदेव’

१९) लोकेन्द्र विष्टमगर ‘अभ्यास’

२०) देवेन्द्र पौडल ‘सुनिल’

२१) हेमन्तप्रकाशवली ‘सुदर्शन’

२२) गोपालकिराती ‘साइला’

२३) हितराज पाण्डे ‘उत्तम’

२४) सुरेन्द्र कार्की ‘पार्थ’

२५) लेखराज भट्ट ‘राकेश’

२६) निरञ्जन (निनु) चापागाई ‘विप्लव’

२७) भीमप्रसादगौतम ‘अरुण’

२८) स्वनाम साथी ‘अनाम’

२९) विश्वभक्तदुलाल ‘आहूती’

३०) विश्वनाथ साह ‘कुमार’

३१)नवराज सुवेदी ‘रत्नसागर’

३२) लिलबहादुर थापामगर ‘जंगध्वजहोग्ले’

३३) डिलारामआचार्य ‘सुरेन्द्र’

३४) गिरीधरीलालन्यौपाने ‘विकास’

३५) जीतवीर लामा

३६) रामचरण चौधरी ‘सागर’

३७) नारायणप्रसाददाहाल ‘सरल’

३८) वामदेव क्षेत्री घिमिरे ‘विकल्प’

३९) ध्रुव पराजुली ‘सन्तोष’

४०) गंगाकार्की ‘विश्व’

४१) सन्तु दराई ‘परवाना’

४२) गणेशमानपुन ‘रश्मी’

४३) जोखबहादुर महरा ‘प्रताप’

४४) पुष्पविक्रममल्ल ‘सिंह’

४५) हितबहादुर तामाङ ‘सम्शेर’

४६) विकेश श्रेष्ठ ‘कुशल’

४७) जगप्रसादशर्मा ‘अपार’

४८) खगराज भट्ट ‘विनोद’

४९) भक्तबहादुर शाह ‘उद्धब’

५०) कालिबहादुर मल्ल ‘जितेन्द्र’

५१)दीपेन्द्रकुमार पुनमगर ‘सिजल’

५२) टेकबहबादुर बस्नेत ‘समरसिंह’

५३) महेश्वर गहतराज ‘अथक’

५४) कमला रोका ‘क्रान्ति’

५५) तेजबहादुर वली ‘प्रतीक’

५६) कालीबहादुर खाममगर ‘विविध’्

५७) ओनसरी घर्ती मगर ‘उषा’

५८) झक्कुप्रसाद सुबेदी ‘अधिकार’

५९) धनबहादुर मास्की मगर ‘राजेश’

६०) रामप्रसाद बञ्जाडे ‘टंकमणी शर्मा’

६१)भक्तिप्रसाद पाण्डे ‘महेश’

६२) डोरप्रसादउपाध्याय ‘निर्मलकुमार’

६३) हरिराजअधिकारी ‘कुमार’

६४) कृष्णप्रसाद सापकोटा ‘देशबन्धु’

६५) गंगानारायण श्रेष्ठ ‘प्रभात’

६६) प्रभु साह ‘मुक्ति’

६७) जोगकुमार बरबरिया यादव ‘श्रवण यादव’

६८) टंक आङबुहाङ ‘प्रभाव’

६९) सुरेश कुमार राई ‘एस के हिमाल’

७०) कुमार पौडेल ‘कमल’

७१)भीमबहादुर कडायत

७२) केशव नेपाल ‘विजयकुमार’

७३) सर्वोत्तम डंगोल ‘कैलाश’

७४) कृष्णबहादुर केसी ‘मिलन’

७५) शशिश्रेष्ठ ‘जेनी’

७६) प्रल्हाद बुढाथोकी ‘क्षितिज’

७७) डिआर पौडेल ‘प्रवीण शर्मा’

७८) जीवनगौतम ‘अतुल’

७९) रामकुमार यादव ‘विकास’

८०) रामरिझनयादव

८१)हकिकुल्लाखाँ मुसलमान ‘सरोज’

८२) अञ्जनाविसंखे ‘अनन्त’

८३) ईश्वरीप्रसाद भट्टराई ‘विनोद’

८४) घनश्याम शर्मा पौडेल ‘वभैव’

८५) प्रकाश हरी पोखरेल ‘शैलेष’

८६) पेशल खतिवडा

८७) धावालामा ‘विरु’

८८) कर्णध्वज केसी ‘अशोक’

८९) दीपबहादुर योञ्जन ‘घ्याल्चन’

९०) किशनशर्मा ‘उज्ज्वल’

९१) राजु खड्का ‘रुस्तम’

९२) जगतपार्की

९३) कृष्ण भुजेल ‘सेलुन

९४) दिनेश पन्थी

९५) रामकुमार शर्मा ‘निर्माण’

९६) धर्मदत्त देवकोटा ‘दर्शन’

९७) सविनाअर्याल

९८) कृष्णप्रसादशर्मा ‘निडर’

 केन्द्रीय अनुशासन आयोग


१. संयोजक ः अमिक शेरचन

२. सदस्य ः हितराज पाण्डे

३. सदस्य ः रामकुमार यादव

४. सदस्य ः कल्पना धमला

५. सदस्य ः धर्मराज विक

६. सदस्य ः तेज प्रसाद कँडेल



केन्द्रीय लेखापरीक्षण आयोग

१. संयोजक ः डोरप्रसाद उपाध्याय

२. सदस्य ः रामानन्द महतो

३. सदस्य ः टेकनाथ आचार्य

Sunday, July 14, 2013

यसरी खोजियो नेपालको पहिलो फेसबुक प्रयोगकर्ता


ट्वीटरमा एकजनाले राखेको सामान्य प्रश्नले असामान्य खोजतर्फ हामीलाई डोर्यायो ।  प्रश्न थियो नेपालको पहिलो फेसबुक प्रयोगकर्ता को हो?

शुरुमा प्रश्न त्यति महत्वपुर्ण लागेन । तर ट्वीटरमा केही साथीहरुबिच थप बहश हुँदा यो खोज आफैँमा रोचक हुने ठानेपछि अनुसन्धान गर्ने निर्णयमा पुग्यौँ । खासमा हामीले नेपालमै रहेर फेसबुक अकाउन्ट खोलेको व्यक्ति खोजेका थियौँ र यो गार्हो थियो । तर अनुसन्धान विधीमा स्नोबल विधीबाट पनि नमुना छनौट गरी अनुसन्धान गर्न सकिन्छ भन्ने कुरा क्लिक गर्यो । अनि मैले यो विधी अपनाएर कोशिस गर्ने निर्णय गरेँ ।
 मैले आफ्नो टाइमलाइन हेरेर सबैभन्दा पहिला कोसँग म साथी बनेछु भनेर हेरेँ । अनि मभन्दा पुराना साथिहरुको पनि टाइमलाइन हेरेँ । तर धेरै अघि जान सकिएन । सबै साथीहरु मभन्दा २,४ महिना अगाडि मात्र फेसबुक चलाउन थालेका थिए र उनीहरुले पनि विदेशीहरुलाई साथी बनाएका थिए।  
 त्यसपछि मैले यो कुरा अफिसमा सहकर्मीहरुसित भनेँ । उनिहरुमध्ये अलिक टेक फ्रिक श्रुतीले यसमा ठुलो सहयोग गर्नुभयो । उहाँ आफैँ पनि मभन्दा डेढ महिना अघिदेखी फेसबुक चलाइरहनुभएको रहेछ । उहाँको टाइमलाइनमा मित्रताको इतिहास हेर्दै जाँदा पत्ता लाग्यो कि स्वन्तिना शाक्यले अक्टोबर २६, २००६ मा फेसबुक अकाउन्ट खोल्नुभएको रहेछ । त्यसपछि मैले फेसबुकको टाइमलाइन हेरेँ । सेप्टेम्बर २६, २००६ मा बल्ल सर्वसाधारणका लागि खुला गरिएको रहेछ । त्यसको १ महिनामै स्वान्तिनाले नेपालमा अकाउन्ट खोल्नुभएको रहेछ ।

उहाँभन्दा अघि अकाउन्ट खोलेका नेपालीहरु पनि थिए तर तिनीहरुले नेपाल बाहिरबाटै फेसबुक जोइन गरेको थाहा भयो । अनि हामीले स्वान्तिनासँग यो कुराको पुष्टि गर्न खोज्यौँ । उहाँले भन्नुभयो कि त्यतिखेर काठमाडौँमै साइबरमा गएर अकाउन्ट खोल्नुभएको थियो र अहिलेसम्म निरन्तर चलाउँदै आउनुभएको छ ।
त्यसपछि पनि हामीले फेसबुक र ट्वीटरमार्फत धेरै साथीहरुलाई सोध्यौँ । तर उहाँभन्दा अगाडि खोलेको दाबी नआएपछि उहाँलाई नै नेपालको पहिलो फेसबुक प्रयोगकर्ता मान्ने निर्णय गरी मे्रोरिपोर्टमार्फत सार्वजनिक गर्यौँ ।
मेरोरिपोर्टमा स्वन्तिनालाई पहिलो फेसबुक प्रयोगकर्ता दाबी गरेपछि बल्ल धेरै मानिसहरुलाई कौतुहलता बढ्यो र थुप्रै दाबीहरु आए । सन् २००५ मा नै फेसबुक शुरु गर्ने नेपालीहरु पनि भेटिए तर तीमध्ये धेरै वा सबै अमेरिकाका विभिन्न विश्वविद्यालयमा अध्ययन गर्ने क्रममा फेसबुक शुरु गरेका थिए । फेसबुक सेप्टेम्बर २६, २००६ मा मात्र सर्वसाधारणका लागि खुला गरिएको थियो । तसर्थ त्यसभन्दा अगाडि नै फेसबुक शुरु गर्नेहरुलाई सर्वसाधारण प्रयोगकर्ता मान्न सकिएन ।
मानिसहरुमा कौतुहलता, दाबी र खोजी बढ्दै जाँदा स्वन्तिनाभन्दा अगाडि नेपालबाटै फेसबुक प्रयोग गर्ने तीन जनाको दाबीलाई हामीले पुष्टि गर्न सकेका छौँ । 
कृपा शाक्य र शशांक शर्माले अक्टोबर १८, २००६ मा र रेजर महर्जनले अक्टोबर १३, २००६ मा शुरु गर्नु भएको रहेछ । तसर्थ अहिलेसम्म नेपालमै बसेर फेसबुक प्रयोग शुरु गर्नेमा रेजर महर्जन नै पहिलो व्यक्ति हुनुहुन्छ । यद्यपी हामीले माथि नै भने झैँ यदि त्यसभन्दा अघि नै नेपालबाटै फेसबुक प्रयोग गर्ने अर्को व्यक्तिबारे जानकारी आएमा हाम्रो यो दाबी परिवर्तन हुनेछ ।

Saturday, July 13, 2013

दार्चुलामा २ किलो चामल नपाईंदा सिंहदरबारमा १० हजार तलब बढाउन कर्मचारीको दवाव

असार, काठमाडौं ।
दार्चुलाका नेपालीले २ किलो चामल पाउन सिडिकोको सहिछाप लिनुपर्ने खवर आएको दिन काठमाडौंमा भने सरकारी कर्मचारीले मासिक तलब १० हजार बढाउनुपर्ने माग राख्दै धर्ना दिएका छन । तलब वृद्धिको माग गर्दै विभिन्न दलका भातृ कर्मचारी संगठनहरुले शुक्रबार अर्थमन्त्रालयमा धर्ना दिएर भनेजति तलब बढाउन दवाव दिएका हुन ।

नेपाली कांग्रेस समर्थित दुई कर्मचारी संगठन बाहेक एकिकृत माओवादी, एमाले, मधेसी दल लगायस सबै संगठनहरुले न्यूनतम तलबमा १० हजार बढाउन माग गर्दै धर्ना दिएका हुन ।

बजार भाउ आकाशिएको भन्दै उनिहरुले तीन वर्षदेखि आफुहरुको तलब नबढेको भन्दै तलब बढाउन माग गरेका छन् । धर्नामा नेपाल निजामती कर्मचारी संगठन, नेपाल राष्ट्रिय कर्मचारी संगठन, नेपाल निजामती कर्मचारी मञ्च, राष्ट्रसेवक कर्मचारी संगठन, राष्ट्रिय कर्मचारी संगठन, नेपाल निजामती कर्मचारी संघ र राष्ट्रिय स्वतन्त्र कर्मचारी मिलन केन्द्रमा आवद्ध कर्मचारीहरु बसेका थिए ।

उनिहरुले “रित्तो हात र भोको पेट” ले प्रभावकारी सेवा प्रवाह गर्न नसक्ने भन्दै १० लाख रुपैयाँ बराबरको दुर्घटना बीमा, एक दिनको तलब बराबरको ग्रेड व्यवस्था, एकसय ८० दिनभन्दा बढी सञ्चित बिदाको रकम दिन माग समेत माग गरेका छन् ।

निजामती कर्मचारीहरुले पोशाक भत्तावापत पाउँदै आएको ७ हजार रुपैयाँलाई समेत बढाएर १५ हजार रुपैयाँ पुर्‍याउनुपर्ने माग अघि सारेका छन् । आगामी आर्थिक वर्षदेखि अस्थायी, ज्यालादारी एवम् करार सेवाका कर्मचारीलाई पोसाक भत्ता उपलब्ध गराउन समेत उनिहरुले माग राखेका छन ।

सरकारी कर्मचारीको तलब बढेपनि अन्य ज्याला मजदुरी तथा विभिन्न निजि संघसंस्थामा काम गर्नेहरुको तलब नबढ्दा भने अन्य क्षेत्रमा काम गर्ने मजदुर, कर्मचारी मारमा पर्ने गरेका छन । हरेक बर्ष सरकारी कर्मचारीको तलब बृद्धि भएसँग बजार भाउ झण्डै २० प्रतिशतले बढ्दै आएको छ । जसको मार सिधा सर्वसाधारण नागरिकलाई पर्ने गरेको छ ।                                                                  topnepalinews

Friday, July 12, 2013

सिज्लिङ’ अनुष्काले झल्काईन ‘हट’ जवानी बिकनीमा …… (फोटोफिचर)

एजेन्सी, २९ असार। अनुष्का शर्मा, अहिले भारतिय चलचित्र उद्योग वलीउडमा चर्चित नाम हो। मोडलीङ क्षेत्रबाट चलचित्रमा प्रवेश गरेकि २५ बर्षिय नायिकाले पछिल्लो समयमा बलिउडमा स्थापित नाम बनिसकेको छ। उनले ठुला ब्यानरका चलचित्रहरुमा काम गरिसकेकी छिन।
यस चोपराको अन्तिम चलचित्र ‘जब तक है जान’ मा पनि उत्कृष्ट अभिनयको प्रशंसा पाईरहेकी अनुष्काले पछिल्ला दिनमा बिकनी फोटो शुट गरेकी छिन्।
भारतिय चलिचत्रमा ‘गर्ल नेक्स्ट डोर’ को रुपमा आफ्नो पहिचान बनाएकी अनुष्काले आफुमा ग्लयामर पनि छ र सेक्सी पनि छु भनेर देखाउने उद्देश्यले नै ‘बिकनी फोटो शुट’ गरेको हुनु पर्छ भन्ने धेरैको अनुमान रहेको छ।
कालो बिकनीमा देखिएकी अनुष्काले आफ्ना बिभिन्न पोजहरु दिएकी छिन्। हेरौ उनको यो नयाँ रुपलाई फ्यानहरुले कसरी लिने छन त्यो भने कुर्नै पर्ने हुन्छ । हेरौ उनका बिकनी फोटो शुटका तस्विरहरु। (एजेन्सीको सहयोगमा)
Hamrakura.com

भाषाको प्रयोग (language used in TV show).mp4

Thursday, July 11, 2013

प्रथम विश्वयुद्धका फोटोहरु थ्रिडिमा [3D PHOTOS] By Aakar Anil


सय वर्ष अघिको प्रथम विश्वयुद्धको फोटोहरुलाई क्यानडामा रहेको एक ग्राफिक डिजाइनिङ कम्पनीले थ्रिडीमा सार्वजनिक गरेकोछ (सन् १९१४ देखि सन् १९१८, चारवर्षसम्म पहिलो विश्वयुद्ध चलेकोथियो)।टोरन्टो, क्यानडा स्थित फोटोग्राफी तथा डिजाइन कम्पनी "नर्ड वल्ड" (Nerds World) ले प्रथम विश्वयुद्धको फोटो खिचेको क्यामेरा र फोटो स्लाइडहरु गत वर्ष खरिद गरेको थियो ।

प्रथम विश्वयुद्धका फोटोका स्लाइडहरुलाई "थ्रिडि भ्युअर"बाट थ्रिडिमा हेर्न सकिने 'नर्ड वल्ड'ले साइटमा उल्लेख गरकोछ । 'नर्ड वल्ड'ले सार्वजनिक गरेका केही  "जिफ" (.gif) फोटोहरुलाई यहाँ राखेकोछु।

पहिलो विश्वयुद्धमा फ्रान्सेली सेनाले फोटो खिच्न प्रयोग गरेको क्यामेरा ।

पहिलो विश्वयुद्धका फोटोहरु



Tuesday, July 2, 2013

रोपाइँ महोत्सवका केहि रमाइला दृश्यहरु …

असारे महिना खेतबारीमा रोपाइँ गर्ने महिना हो । हरेक वर्ष यही अवसरमा थुप्रै ठाउँमा रोपाइँ महोत्सव हुँदै आएको छ।
यस्तै पोखरामा पनि  पोखरा पर्यटन परिषद्ले राष्ट्रिय धान दिवसको दिन अर्थात् असार १५ मा रोपाइँ महोत्सव आयोजित गर्ने गर्छ । ‘पोखरा सबै मौसमका लागि’ भन्ने नाराका साथ हरेक वर्ष यो महोत्सव सञ्चालन हुँदै आएको छ।
पोखरामा मात्र होइन अरु थुप्रै ठाउँमा पनि रोपाइँ महोत्सव भनी निकै रमाइलोका साथ मनाइन्छ ।
उक्त सन्दर्भका केहि रमाइला दृश्यहरु यस प्रकारका छन् :
Ashare-Ropai-aankhadotcom-4Ashare-Ropai-aankhadotcom-5Ashare-Ropai-aankhadotcom-6Ashare-Ropai-aankhadotcom-7Ashare-Ropai-aankhadotcom-3Ashare-Ropai-aankhadotcom-2Ashare-Ropai-aankhadotcom-1pokhara-ropai-aankhadotcom-7pokhara-ropai-aankhadotcom-6pokhara-ropai-aankhadotcom-5pokhara-ropai-aankhadotcom-4pokhara-ropai-aankhadotcom-3pokhara-ropai-aankhadotcom-1pokhara-ropai-aankhadotcom-2pokhara-ropai-aankhadotcom-11Ashare-Ropai-aankhadotcom
pokhara-ropai-aankhadotcom
रोपाइँ महोत्सवका केहि रमाइला दृश्यहरु            aankha.com