नेपाली समाचार ,Nepal Flag

Monday, October 16, 2017

जन्ताको रगत र पसीनाबाट सीर्जीत करबाट तलब खाएर राजनीति गर्ने कर्मचारीहरुलाई गाउँ गाउँबाट लखेटौ !

स्कुल कलेजमा पढाउने शीक्षाकहरुले खुलेआम सामाजीक सन्जालमा कुनै एउटा पाटीको भक्त बनेर प्रचार गरीरहेको ,पाटीको कार्यक्रममा भासण दीइरहेको दृश्यहरु हाम्रो समाजमा हीजोआज जताततै भेटीन्छ आखीर कीन शीक्षाकहरुलाई राजनीति प्रती यत्रो मोह भएको होला ? उनीहरु कीन सोच्दैनन कि मैले यसरी राजनैतिक झन्डा बोक्दा मेरा बीध्यार्थीहरुको दीमागमा कस्तो गम्भीर असर पर्छ ? त्यति मात्रै होइन कक्षामा पढाउदा समेत घुमाउरो पारामा बीध्यार्थीलाइ आआफ्नो दलको ट्रेनीङ दीइरहेका हुन्छन कुनै अर्को दलको बदनाम गर्दै , कीन यस्तो भैरहेछ हिजो आज स्कुलहरुमा मलाई जस्तै धेरै मान्छेको मनमा यी र यस्ता धेरै  कुराले बर्सौ देखि  मनमा डेरा जमाइरहेको हुन सक्छ ! शीक्षाक पनि सामाजिक प्राणी नै हो यो देशको नागरीक नै हो उसलाइ राजनीति प्रती चाख हुनु स्वभाबीक हो उसले आफ्नो पेसागत संघ संघठनमा रहेर काम गर्न सक्छ तर मेरो लेखको मुख्य उदेश्य के भने राजनीति गर्ने भन्दैमा  सामाजिक सन्जालहरुमा र पाटीका कार्यक्रमहरुमा खुलेआम कुनैएक पाटीको प्रचारप्रसार गर्नु सर्बथा गलत हो !त्यस्ता घटनाले बीध्यार्थी भाइ बहीनीको दीमागमा ठूलो असर पर्छ ! अहिलेको राजनीतिक घटनाक्रम सबै भन्दा बीग्रनुको दोश  अहिले म त्यही देख्छु  जहाँ पत्रकार,सरकारी कर्मचारी,मानब अधिकारबादी, शिक्षक लगायत आफ्नो पेसा र धर्मभन्दा बाहिर गई राजनीति गर्छन ! 

शीक्षाकहरुलाइ राजनीति नगर्नुस भनेको हैन गर्नुस तर पहीला आफुलाइ खाइरहेको जागीर छाडनुस अनि गर्नुस
शीक्षाक जस्तो सम्मानित पेशामा रहेर कलीलै उमेरदेखी भाइबहिनीलाई मेरो पढाउने सर यो पाटीको भन्दै दीमागमा राजनैतिक रङ भर्ने काम गलत हो यो बीकीर्ती हो र यो
विकृति भनेको त्यो डढेलो हो जसलाई आफ्नो सम्झेर फैलिन दिनु हुदैन।आफ्नै बस्ती नजीकै लागेको यो डढेलोले भोलि तीनै शीक्षाकको घर पनि ध्वस्त पार्न सक्छ।
म बीनम्र अनुरोध गर्छु अरु देबिदेउता को मन्दिर भय झै सरस्वती देबिको मन्दिर को एक रुप बिध्यालय पनि एक हो जसमा राजनीति नगरौ समाज माथी नजानुमा यस्को ठूलो भुमीका छ  !
राजनीति जान्न बुझ्न त कलीलै उमेरमा पनि हुन्छ तर जब कलिलो उमेरमा नै बीध्यार्थीलाइ राजनीति गर्न उत्प्रेरित गरीन्छ तब त्यहा एक अर्कापट्टी घीणाको भाब उत्पन्न हुन्छ भने उमेर नपुगी नबुझी गरीने राजनीतिले अपराधीकरण बढछ ! मेरो बीचारमा समाजमा अपराधीकरण बढदै गएको एउटा कारण यो पनि हो हाम्रा शीक्षाकहरुले
आफुले पढाउने बिध्यालयमा राजनीति घुसाएर शिक्षा बर्बाद पारीरहेका छन
सरकारी कर्मचारी भनेका सिर्फ जनताको नोकर हुन्, उनीहरुको कर बाट तलब खान्छन
कि राजिनामा हान र राजनीति गर,नत्र खुरुक्क काम गरेर जनतालाई सेवा देउ शीक्षाकको काम पढाउने हो  कुनै ब्यक्तिको चुनावमा भाषण गर्दै हिड्ने  हो र ?  यो हुनै हुँदैन।तसर्थ यो पेशामा राजनीति प्रतिबन्ध लगाई कठोरता पूर्वक कार्यान्वयन गरियोस सरकारी तलबभत्ता पचाएर केहि दलहरुको झण्डा बोकेर राजनीति गर्दै हिडने य कर्मचारी लाई तत्काल बर्खास्त गर सरकार
जबसम्म बिध्यालय,कलेज र कर्मचारीलाई खुल्ला राजनीतिगर्न दिइन्छ्  तबसम्म राजनीति वा देशदुबैले बिकासको गतिलिन सक्दैन ।यो गम्भीर बीसयमा सबैको ध्यान जाओस् ! बीगतमा जस्तो आगामी प्रदेश र प्रतिनिधिसभा चुनाबमा कुनैपनी शीक्षाक कुनै दलको चुनावी प्रचारमा हीडेको देख्न नपरोस् !

आशा नीराशामा नबदलीयोश !

दशैको रौनक नसकीदै एक्कासी आएको बाम गठबन्धन र  लोकतान्त्रिक गठबन्धनको  उत्साहजनक राप र ताप तीहार नजीकीदै जादा पुन पछिल्लो राजनैतिक लेनदेनको भागबन्डाको मारमा परेर सेलाउदै गएको भास हुन थालेको छ !  भने बाम र लोकतान्त्रिक एकता बाट  जन्ताको मनमा सन्चार भएको सम्रीद्धी सान्ती सद्भाव र एकता हुने आशा र भरोशामाथी प्रहार हुने पो हो कि भन्ने शड्ढा र उपशङ्का पनि बढेर गएको छ!

जुनकुनै दलका कार्यकर्ताले जतीनै एकले अर्काको ब्याक्तीगत रीसीबी साधेर होस वा ब्यक्तिगत स्वर्थको लागि होस सामाजीक सन्जाल र मीडीयाहरुमा एक र अर्काको खेदो खने पनि हामीजस्ता साधरण जन्ता नेपालमा सीर्फ २ वटा पाटी भैदीयोस भन्न चाहान्छन लोकतान्त्रिक पाटी ( काङ्ग्रेस ) र  बाम पाटी ( कम्युनिस्ट )  बाम एकता नेपाली जन्ता र नेपाली माटोको आबस्यकता हो जसले सम्पुर्ण टुटेफुटेका कम्युनिस्ट एकीकृत गरि सम्रीद्धीको प्यासमा छटपटाएका जन्तालाई सम्रीधीको तीर्खा मेटाउन सहज हुनेछ ! भने राप्रपा लगायतका लोकतान्त्रिक खेमाका दल एकजुट हुदा लोकतन्त्र अझै मजबुत हुनेछ भन्ने आशा हामी जन्ताको थीयो र अहिले पनि  हो ! तर बीडम्बना आसन्न प्रदेश र प्रतिनिधि सभा चुनाबको  बीसयलाइ लीयर अहिले बाम गठबन्धन भित्र खटपट सीर्जना भएको छ भने काङ्ग्रेसले राप्रापा लगायतको दलसङ्ग गर्ने भनेको लोकतान्त्रिक गठबन्धन पनि नहुने हो कि भन्ने चीन्ता र चासो उस्तै छ !कम्युनिस्ट छाडेको भनेर प्रचार गरीएका बाबुरामले केही दीन अघि बाम एकतामा सामेल भएपनी गोर्खा क्षेत्र दुई वटै चाहीन्छ भने माओवादी केन्द्रको बाल हठको कारण अन्तह बाम गठबन्धन गरेको भनीयको कागजको मसी सुक्न नपाउदै अलग्गीने नीणय आएको छ जुन अती नै दुखद छ !
पछिल्लो राजनैतिक परीद्रीश्यले बाम र लोकतान्त्रिक गठबन्धन जन्तालाइ बाडीयको मीठो ललीपप जस्तो देखीयो चुनाव को लागि मात्र तालमेल भयको जस्तो देखीयो नेताहरु को सत्ता को लोलुप्ता को जन्तामा अनुभुती भयो दीर्घकालीन ताल मेल नहुने हो कि भन्ने भान भयको छ ! यस्तो अबस्थालाइ नीराकरण गर्न आआफुमा लेनदेन्मा कम्प्रमाइज गरेर मीलेर बाम गठबन्धन अगाडि बढुन !
लोकतान्त्रिक सक्तीहरु बीचमा पनि गठबन्धन होस !

Thursday, October 12, 2017

प्रदीप गीरीको एकतर्फी सोच !

माक्सबादी चीन्तनका ग्याता  प्रदिप गिरि नेपाल, नेपाली काङ्ग्रेस र साउथ एसियाकै समाजवादी बीचारको डीस्नेरी नै हुन भन्दा पनि फरक पर्दैन  उहाको लेखन शैली र वाक पटुकता मन नपराउने सायदै नेपालीहरु होलान उहाकै गत शुक्रबार असोज २० गते कान्तिपुर रास्ट्रीय दैनीकको दृष्टिकोण प्रीस्टमा प्रकाशीत बाम एकता : प्रचण्डको आखीरी चमत्कार शीर्षकको दृश्टीकोण पढेपछी मनमा केही खुल्दुली  जाइलागे !
नेपाली कम्युनिस्ट इतीहासको बीगत लामो समयको इतिहास हेर्दा साच्चै नै कम्युनिस्टहरु एक भए भनेपनि धेरै दीन टीक्न सकेको इतिहास बीरलै पाइन्छ ! प्रदीप गीरीले कम्युनिस्ट मील्न नसक्ने यथार्थलाइ बडो मीठो ढङ्गले प्रस्तुत गर्नुभएको छ जुन सत्य हो !
तर काङ्ग्रेस भीत्र पनि यो फुट र टुटको घटनाक्रम छ भन्ने कुरा खुलाउनुभएको देखीदैन ! उहाले लेखमा घुमाउरो पाराले कम्युनिस्ट ब्याबस्थाले देश उभो लाग्दैन भन्नुभएको छ तर काङ्ग्रेस बीतेको २७ बर्समा २१ पटक सत्तामा गैसकेको को छ देशको लागि उभो लाग्ने चमत्कारीक कार्यहरु के के गर्यो? त्यसको खोज र अनुसन्धान लेखमा देखीदैन !

बीगतको इतिहासले सत्ता प्राप्तीको लागि मजदुर कीसान गरीब जन्तालाइ उचाल्ने भीडाउने वा भनौ चर्को नारा दीने तर सत्तामा पुगेपछी सबै बीर्सने रोग कम्युनिस्टको रहदै आएको छ तर यो रोगबाट मुक्त हुन काङ्ग्रेस पनि सकेको छैन वा भनौ गराइ र भनाइमा खासै तात्वीक भीन्नता छैन !
प्रदीप गीरीको लेखमा बाम गठबन्धन प्रती उहाको आक्रोश सहजै देख्न सकीन्छ भलै  काङ्ग्रेसले खाली बीरोध मात्रै गर्न भन्दा पनि बाम एकतालाइ अबसरको रुपमा लीयर पाटी भीत्रका खराब तत्वलाई फील्टर गर्न सक्यो भने आगामी दीन उसैको पक्षमा हुनेछ भन्ने कुरा गरीयको छैन

वामपन्थी एकताको कुरा सर्वथा हास्यास्पद हो भनेर भनीयको भए पनि यदी वामपन्थी यदी बामपंथी कीत्तामा आफू उभीनुभयो  भने यस भनाइलाई कसरी प्रतिवाद गर्नु हुन्छ होला भन्ने प्रश्न सबैको मनमा यो प्रदीप गीरी ज्यु को लेख पढेपछी आउँछ!
सीद्धान्तको राजनीतिमा कांग्रेससँग मिल्दा माओवादी क्रान्तिकारी हुने हास्यास्पद  नहुने,तर  एमालेसँग मिल्दा वा भनौ बाम गठबन्धन मीलेर वा भनौ एकता भएर भोलीका दीनमा सरकार बन्दा हास्यास्पद हुने  भन्ने होइन !  जसरी प्रदीपको गीरीको बाम गठबन्धनको मनचिन्ते बीसय धेरै यो लेखमा छ तर काङ्ग्रेसले बाम गठबन्धनलाई काउन्टर दीन प्रस्तावित लोकतान्त्रिक गठबन्धनको गर्ने कुरा गरेको  छ  तर खोइ त्यो बीसयमा कुरै केही देखीन्न ?

अहिले च्याउ सरी उम्रीएका छन  राजनैतिक दलहरू धेरै राजनैतिक दल हुनु ठीक होइन यसले मुलुकमा राजनीति स्थीर गराउदैन अस्थीर गराउछ तसर्थ हिजो भएका सहमतिहरु उपलब्धहरु इमान्दार भएर कार्यन्वयन हुनेमा  शंका यथावत हुंदाहुंदै पनि आजसम्म नेपाली जनताले चाहेको राजनितिक स्थिरता,शान्तिसुब्यबस्था र आर्थिक समृद्दि आदिको सुनिश्चिताको लागि पनि ढिलोचाँडो राजनैतिक ध्रुबिकरण आबश्यक थियो र छ हामी जस्तो कुनै राजनैतिक दलमा लेप नलागेको साधरण जन्ता टुट फुट र झुटको सस्कारबाट बीगत लामो समय देखि तनाबमा रहदै आएको समयमा नीशयनै यो बाम गठबन्धनले नीराशा भन्दा ज्यादा आसा जगाएको छ !
तसर्थ एकातिर बाम गठबन्धन् र एकता हुनुपर्छ भने अर्कोतिर कांग्रेस सहितको लोकतान्त्रिक गठबन्धन र एकता हुनुपर्छ। यसले एउटा पार्टी,पसलको रुपमा खोलेर आफ्नै छोराछोरी,श्रीमती,भाञ्जाभाञ्जी,सालासाली र नातागोतालाई बिभिन्न राजनैतिक न्युक्तिमार्फत राज्यदोहनमा खटाउने परम्पराको पनि अन्त्य गर्न सहयोग गर्दछ। तसर्थ जुनसुकै पार्टीहरु आ-आफ्नो गोत्र मील्नेहरुसङ्ग  एकता प्रक्रियामा भाग लिन्छन् भने त्यसमा खुसी हुनुपर्छ तर यश बीसयमा  प्रदीप गीरीको लेखमा सकारात्मक भन्दा नकारात्मकता ज्यादा र सङ्का उपशङकाको डेरा जमाएको प्रस्टै भेटीन्छ !

प्रचण्डको भनाइ र गराइमा एकरूपता छैन जुन कुरा सबैलाइ थाहा भैसकेको छ उनी नेपाली राजनीतिको चतुर खेलाडी हो र पनि कुनै न कुनै रुपमा नेपाली राजनीति  पछील्ला १० बर्समा उनकै वरिपरि घुमेको छ हरेक बीसयबस्तु तोडने र मोडने मामलामा काङ्ग्रेसका कोही नेता भन्दा कमजोर छैनन प्रचण्ड !
भोलि एमाले र नयाँ शक्तीको सङ्ग हुने भनेको एकता पछी माओवादी आन्दोलन बीसर्जन होला तर  माओवादी आन्दोलनको जगमा पछील्ला उपलब्धि गणतन्त्र ,धर्म नीरपेक्ष लगायतको मुद्धा सफल भएको चै सत्य हो !भने नेपाली राजनीतिको हरेक परीघटना मा काङ्ग्रेसको अभीभाबकीय भुमीका हुदाहुदै पनि कांग्रेसले आजको दीनमा बिपीले भन्ने गरेको समाजवाद कति सम्म लागू गरेको छ ? भन्ने प्रश्न चै आम जनजनको मनमा लागेको प्रश्न हो र   प्रदीप गीरी जत्तिको विद्वान नेता यश मामीलामा पाटी भित्र बोल्ने कुरामा कमजोर रहेको यथार्थ पनि हो ! त्यस्तै कोङ्रेश भित्रको प्रजात्रन्त्रिक पद्दती लाई अघि बढाउन गीरीले नसकेको अबस्थामा  उहाले बामपंथीलाई दीयको सुझाबले कत्तीको सार्थकता पाउला त्यो चै देख र हेर को बीसय छ सर्ब प्रथम अरुलाइ सुझाब दीनु भन्दा पनि ठूलो बीसय सर्वप्रथम इतिहास बोकेको नेपाली काङ्ग्रेसमा पछिल्लो समय देखीयको सत्ता लीप्सा र भस्ट्रचार  सपार्न भुमीका खेल्नु नै सही होला!

सार्बभौमसत्ता का पहरेदार पक्राउ !

सार्बभौमसत्ता सम्पन्न स्वतन्त्र मुलुक नेपालका नागरीक देबनारयण भारतीय भुमीमा त्यहाको प्रहरी द्वारा पक्रीए भन्ने समाचार सुन्दा दुख लाग्यो !
देबनारायण त्यो ब्याक्ती हुन जो आजभन्दा करीब करीब एक वर्ष पहिले सीमा अतीक्रमण गर्दै सप्तरी जील्लाको खाडो खोलामा बाध बाध्न भारत सरकार को निगरानीमा आएका भारतीयसँग भिडन्त गरि बाध बाध्न रोक्न ठूलो भुमीका खेलेका थीए जसका कारण भारतीय प्रहरीबाट देबनारायण सख्त घाइते समेत भएका थीए  ! सन्चार माध्याम र सामाजिक सन्जालहरुमा आएका त्यहाका स्थानीय जन्ताको भनाइअनुसार गत साल देखीनै देबनारायण भारतीय प्रहरीको नीगरानीमा रहदैआएका थीए जसका कारण आज देबनारायण यादव  र उनका छोरा पुरानै मुद्दाको कारण भारतीय प्रहरी  को कब्जामा सुपौल जील्लाको बीरपुर थानामा रहेको कुरा सुनीयको छ !

बुझ्न पर्ने बीसय के छ भने हिजो तीलाठीमा देबनारायणले रगत  आफ्नो लागि मात्र बगाएका हैनन कुनै राजनैतिक दलको अभीस्ट सीद्धीको लागि पनि  लडेका हैनन उनले त पुरै  सीङ्गो नेपालको लागि लडेका हुन आफ्नो धर्तीको रक्षार्थ लडेका हुन भारतीय दादागीरी बीरुद्ध लडेका हुन हेपाइको बीरुद्ध लडेका हुन बलमीच्याइ बीरुद्ध लडेका हुन!
तसर्थ आज देबनारायण र उहाको छोरालाई झुटो मुद्धा लगाएर जुन कीसम्ले भारतले देखीस त हामी सङ्ग नीहु खोजीस भने तेरो के हालत हुन्छ भन्नेजसरी जुन कीसीमले साङ्केतिक आक्रमण गरेको छ घटना अतीनै दुखदायी र खेदजनक छ ! सारा नेपालीकोे एउटा देशभक्त प्रतिनिधि बीदेशी जेलमा   अनावश्यक रुपमा थुनीदाको पीडाबोध अबस्य पनि सामान्य छैन यो जन्ताको मर्मलाइ अब  नेपाल सरकारले बुझेर  ,छिटो भन्दा छिटो देबनारायण र उहाँको छोरालाइ जेल मुक्त गर्न पहल गर्नुपर्ने हुन्छ !

नेपाल सार्बभौमसत्ता सम्पन्न स्वतन्त्र मुलुक भएकै कारण  आजको दीनसम्म कुनै देशको गुलाम बन्नुपरेको छैन ! तथापी बाराम्बार छीमेकी भारतको बलमीच्याइको सामाना भने गरीरहनुपरेको तीतो यथार्थ छ !जसको कारण समयसमयमा भारतीय सुरक्षाकर्मीले नेपालीलाई  बिनाकारण गिरफ्तार गर्ने दुख दीने गरीरहेका समाचारहरु आइरहन्छन! यस्ता घटना र ब्याबाहार  आपत्तिजनक र ग़लत छ । सीमानामा नेपालीहरुमाथि भैरहेका यस्ता ज्यादतीको आम नेपालीहरुले निन्दा गर्नैपर्छ !

बीगतको इतिहास हेर्दा नेपाली प्रहरीले  भारतको कुनै आपाराधीक गीरोहका नाइके वा तस्कर पक्रीयको कीन नहोस कुनै न कुनै माध्यमबाट अदालतमा धम्कि सम्म आउँछ ! नेपालको आन्तरिक मामलामा खेल्ने बाताबरण पाएन भने  नाकाबन्दी लगाउन उद्दत हुन्छ !  नेपालमा सरकार गीराउन भाडभैलो गराउन खोज्छ तर हाम्रो देशको सरकार भने सीमा रक्षक एक देशभक्त नागरीक पक्रीदा कान तेल हालेर बस्छ कुम्भकर्ण झै मस्त नीन्द्रामा !
लाग्छ देशमा सरकार हैन शक्ति हाबी छ!  यो त अती भयो नी सरकार कीन यतीसारो निरीह भको छीमेकीप्रती ?

हिजो सरकारमा हुदा देबनारायण यादबलाइ रास्ट्रसेवकको भनेर सम्मान गर्ने राष्ट्रवादका ठुलाठुला नारा दीनेहरु पनि देबनारायण र उनका छोरालाइ बिनाकारण भारतीय प्रहरीले पक्राउ गरेकोमा मौन देखीन्छन ! हिजो देबनारायणले रास्ट्रको लागि दीयको योगदानको यति चाडो कीन भुल्दैछन राजनैतिक दलहरु ! देबनारायणलाइ बीनासर्त रीहा गरेर उनीले हिजो देशको लागि लगाएको गुन तीर्ने समय हो यो !

मधेसको नाम जपेर राजनीती गर्ने करीब दर्जन भन्दा ज्यादा क्षेत्रीय दलले देबनारायण पक्राउ भएको यो अबस्थामा भारतीय यो दादागिरी र हैकमवादी प्रबीर्ती बीरुद्ध कीन मुख खोलेका छैनन ? सरकार बोलेन भनेर सिमाका नेपाली सीपाही र हिजो देबनारयण बाध भत्काउन जादा भारतीय प्रहरीसङ्गको भीडन्तमा अस्पतालमा खादा अाेढाउन आतुर आफुलाइ रास्ट्रबादी भन्न रुचाउने राजनैतिक दलले कहिले हो मुख खोल्ने ? मानव अधीकारबादीहरु सस्थाहरु के हेरेर बस्दैछन ? यो भन्दा लज्जास्पद कुरा के हुन सक्छ ?
आजको दीनमा सिमा सुरक्षाको लागी आवाज उठाउने महान हस्तीहरुलाइ भारतिय प्रहरी नेपाल मै पसेर लैजदा सम्म पनि  चु गर्न नसक्ने  नेताहरुलाई अब चीनौ कीनकी चुनाब नजीकीदै छ !

सस्पेन मुभी जस्तो अचम्मको बाम गठबन्धन !

जोकसैलाइ एमाले माके र नयाँ शक्तीले चुनाबी तालमेल हुदै एकता सम्म गर्ने भनेर एक्कासी आएको पछिल्लो घटनाक्रम क्षाणमै कस्तो उथलपुथल आउने हो अनुमानै गर्न नसक्ने सस्पेन मुभीको दृश्यजस्तो लाग्छ !  भलै यो सस्पेन मुभीको  ट्रेलर प्रशंसा योग्य नै छ फील्म कस्तो होला त्यो चै हलहरुमा फील्म लागेपछि मात्रै देखीयला !
केही दीन अघीमात्रै एकले अर्कोलाइ  पत्तासाफ बनाउनुपर्छ भन्दै हीडनेहरु , कसरी यो अभ्यासमा समाहीत हुन लालयीत भए ? कुनैबेला  रास्ट्रबाद रास्ट्रघात ,लम्पसारवाद को उपनामले एकले अर्कोलाइ खेदो खन्न कार्यकर्तालाइ सीकाउने यी तीन राजनैतिक दलका नेताहरु रातारात मीलनबीन्दुको यो अबस्थामा कसरी आइपुगे ? यी मील्नुको भीत्री रहस्य केही त पक्कै पो होला कि ?यी तत्कालका सहयात्रीको भबीस्य के होला ? लगयत दर्जनौ प्रश्नहरु आम जनको मनमनमा रहेको छ ! चीया पसल पानी पधेरो बाटोघाटोमा हरेको ठाउमा यो बीसयमा मानीसहरु चीन्ता र चासो पोखेकै छन !जुन स्वभाबीक पनि हो !

लोकतान्त्रिक गठबन्धन र बामपंथी गठबन्धन मीलेर दुइटा मात्र पार्टी हुने हो भने बिकासले गति त लीन्छ भने राजनीतिले पनि नया मोड लीनेछ तसर्थ नेताहरूले ब्याक्तिगत स्वार्थ भन्दा माथी उठेर सानोतिनो लेनदेन बीर्सीयर बिकासका लागि यो एकता हो भने स्वभाविक र समयसापेक्ष हो र पछिल्लो बीस्व राजनीतीक परीबेश मा नेपालका नेताहरु आफुलाइ घुलमिल गराउदैछन भन्ने खुशीको खबर हो ! अहिले  जन्ताको चाहना पनि पक्कै पनि त्यही नै हो !
न एमाले -माओवादी र नयाँ शक्तीको बामगठबन्धन बन्दा  लोकतन्त्रमा खतरा हुन्छ न कमल थापासहितको लोकतान्त्रिक  गठबन्धन बनेपछि लोकतन्त्र खतरामा पर्छ यी गठबन्धन बने भने त लोकतान्त्र झनै सबल र बलियो हुन्छ ! भलै सबैमा  सकारात्मक सोच भने हुनैपर्छ ! एकले अर्कोलाइ खुइल्याउने सोच र ब्याबाहार अन्त हुनैपर्छ हामी आम सर्बसाधरण जन्ताको चाहा पनि त्यही हो !
काङ्ग्रेसका मीत्रहरु एमाले माओवादी गठबन्धन मुलुक हीत बीपरीत भन्नुहुन्थ्यो
आज फेरि बाम गठबन्धन हुने देखेर काङ्ग्रेसले  लोकतान्त्रिक गठबन्धन निर्माण गर्ने भएछन
अब यो चै मुलुक हीत बीपरीत छ कि छैन होला ?
आफू मीले सबै ठिक। अरु मिले बेठीक यो त डाढे वा लोभी  बानीब्याबाहार भयो नी हैन र ? यो ब्यबाहार गलत हो ! हामीले सबैलाइ एउटै तुलोमा राखेर जोख्याऔ भने कोही भन्दा कोही कम छैनौ सबैले यो कुरा मनन गर्नैपर्छ !
सामाजिक सन्जाल र केही  सन्चार माध्यममा  खै के स्वार्थ वा लोभमा परेर हो बुझेर हो वा नबुझी एमाले माओवादी हुने भयो माओवादी पाटी बीसर्जन हुँदै छ भनेर भ्रम छरीरहेछन यो सर्बथा गलत हो ! सबै कम्युनिस्ट मीलेर नया कम्युनिस्ट पाटी बन्ने हो जस्तो लाग्छ तसर्थ यस्तो भ्रममा दौडनु कीमार्थ देशको हीतमा हुन्न ! बाम र लोकतान्त्रिक दुई वटा  शक्ति मीलेर दुइटा मात्रै पाटी भयो भने  देशको उज्ज्वल भबिस्य कोर्न सक्ने छ भन्ने सकरात्मक सोच राखौ
कम्युनिस्टहरु एक भए भने वा लोकतान्त्रिकहरु एक भए भने धेरै दीन टीक्न सक्दैनन भन्ने सोच नराखौ काङ्ग्रेस वा कम्युनिस्टले  खाली बीरोध मात्रै भन्दा पनि यो तालमेल हुँदै एकतासम्म जाने भनीयको यो परीस्थीतीलाइ अबसरको रुपमा लीयर सकारात्मक सोच राखौ  आगामी दीन हामी सम्पूर्ण तह तप्काका सबै नेपालीको हीतको पक्षमा हुनेछ !

अनशन र गोबीन्द केशी !

डा गोबीन्द केशी र अनशन पर्यायवाची शब्द जस्तै भएको छ डा गोबीन्द केशी को नाम उच्चारण गर्न साथ मान्छेहरु अनशन सम्झनछन असार २४ गते २०६९ मा तत्कालीन प्रम बाबुराम भट्टराईको बाट शुरु भयो यो अनशनको श्रीङ्खला पटक पटक गरेर १३ पटकसम्म दर्जनौ दीनसम्म जारी छ पछील्लो पटक एघारौं अनशन मधेसमा बाढी आएको कारण रोकेर अनशनले शीथील शरीर लीयरै मधेसमा बाढी पीडीतको सेवामा लागेका केशी १२ औ अनशन नेपालीको महान चाड दशैलाइ मध्यनजर गर्दै स्थगीत गरे र अहिले बीगत केही दीन देखि १३ औ अनशन जारी छ ! थाहा छैन यो तेह्रौ अनशन कहाँ गएर कहिले कसरी टुङ्गीन्छ ?
सरकारले डाक्टर केशीको अनशनको इतिहासमा करीब ९ पटक भन्दा ज्यादा पटकपटक गरेर चीकीत्सा क्षेत्र जस्तो अती संबेदनसिल क्षेत्रको बारेमा महत्त्वपूर्ण सम्झौताहरु गरीसकेको छ सम्झौता गरीयका कयै बुदाहरु कार्यनयन नभएको डा केशीको गुनासो रहदै आएको छ ! कार्यन्वयनको सवालमा अहिलेसम्म सबै जसो सरकारले गैरजिम्मेवार पन वा भ्नौ अकर्मण्यता देखाएको नै छ !जुन कुरा दुखद छ ! यसरी नेपालको ठुला मीडीया हाउसहरु सामाजिक सन्जाल र जन्ताको नीरन्तर खबरदारी गर्दा त सरकार मेडीकल माफीया सामु निरीह भएर बसीरहन्छ भने यस्तो सरकारहरुबाट हामी सर्बसाधरणले के आसा गर्नु ?
यत्रो सबैतिर गोबीन्द केशीको जायज माग पूरा गर भनेर आवाज उठाउदा समेत यहाँ चुप बस्नु कस्तो बाध्यता हो सरकारको ? सरकार जनचासोको बीसयमा वास्ता गर्दैन भन्ने यो जबर्जस्त उदाहरण नभएर के त ?
डा केसि र सरकारको यो दोहोरी कति औ पटक र कहिले सम्म चलीरहने हो ?
बीगत हेर्दा अहिलेको १३ औ अनशन पनि त्यति उपलब्धि मुलुक होला जस्तो लाग्दैन । जन्ताले आसा मारीसकेको छन हैन हाम्रो सरकार कहिलेसम्म कानमा तेल हालेर बस्ने ?
के माग पूरा गराउन कुनै एक  पार्टीको झोले बनेर झण्डा बोक्नैपर्छ ? कतै कुनै पाटीको झन्डा नबोकेकै कारण दलीय सीन्डीकेटको कारण आज कयौ पटक डा केशी अनशनमा बसी रहीरहनुपरेको हो ?
के पार्टीको झण्डा नबोक्नेलाई जनता मानिन्न लेखेक छ कि के हो ? सरकारमा रहेका दल पाटीका सीद्धान्तहरुमा ?हैन भने आवाज कीन सुनीयन
के यो सरकार गोपाल खडका लगायतका कर्मचारीलागि मात्रै हो ?  कमीशनखोरीको लागि मात्रै हो  राज्य संयन्त्र कीन उदास छ ?
के  सर्बसाधरण जनपक्षीय माग लीयर न्याय खोज्न अनशन  बस्दा मृत्यु रोज्न पर्ने हो सरकार ? यो देशक सरकार के का लागि? कस्का लागि हो ?
थाहा चाहीयो ?