नेपाली समाचार ,Nepal Flag

Thursday, October 12, 2017

राजनीतिको अपराधीकरण र अपराधको राजनीतिकरण दुबै खतरापूर्ण !

राजीब गुरुङ उर्फ दीपक मनाङ्गेलाई नचीन्ने मान्छे नेपालमा कमै होलान तर उनी चीनीयका देश र जन्तालाइ हीत हुने कुनै ठूलो काम गरेर भने होइन !उनीलाई दुनीयाले चीनेजानेका गुन्डा नाइकेको रुपमा नै हो !देशको राजधानी लगायतको ठाउमा गुन्डागर्दी गर्ने मान्छेहरुको सुचीमा हर समय लामो समय देखि समाचारहरुमा उनको नाम अग्रपंक्तिमा आइरहेको देखीन्छ सुनीन्छ पढीन्छ ! स्थानीय तहको पहीलो चरणको नीर्बाचन हुने केही दीन अगाडि मात्रै पनि चुनाबी बाताबरण बीगार्ने  आसाङकामा राजधानीको शान्ती सुरक्षा बलियो बनाउने र चुनाबलाइ भयरहित बनाउने भन्दै मनाङ्गे पक्राउ परेका थीए ! खोज्दै जाने हो भने उनी इमानदार नरहेको र उनको चरीत्रमा खोट भएको कयौ उदाहरणहरु छरपस्ट भेटीन्छ जो धेरै नेपालीलाई थाहा पनि छ ! उनको  राजनीति नै हेर्ने हो भने पनि नेपाली काङ्ग्रेस हुँदै राप्रपा र केही महीना अगाडि मात्रै  एमाले मा प्रबेश गरेका हुन ! यस्तो ब्याक्तीलाइ एमालेले माथीलो मनाङ क्षेत्रबाट प्रदेश सभा चुनाबमा बर्षाैदेखि इमान्दार भएर पाटीमा काम गरेको मान्छेलाइ वास्ता नगरी केही महीना  अगाडि मात्रै पाटी प्रबेश गरेका  गुन्डागर्दीका नायक भनीयका  ब्याक्तीलाइ पाटीमा उम्मेद्बारको टिकट थमाइदीयर अचम्ममा पारेको छ !

ती ब्याक्तीहरु जो पत्रकारको नजरमा गुन्डा हुने सारा सर्बसाधरणले गुन्डा भन्ने पुलीसले गुन्डा भन्दै बेलामौकामा खोरमा हालीरहने तर राजनीतिको आडमा नेताहरुले कुनै न कुनै रूपमा  सरक्षाण गरीरहने  कुनै ठाउको जनप्रतिनिधि बनाउन टीकट सम्म दीन लालायित हुने यो कस्तो खालको राजनीति हो ? देशमा यस्तो परीस्थीती देख्दा  बुझ्दा लाग्च्छ गुन्डा र राजनीति गर्ने केही दलको सम्बन्ध नङ र मासुको जस्तो छ र समाज देश यसै गरि चल्या छ !

दीनानुदीन  देशको राजनीति प्रती समाज बुझेका , पढेलेखेका र इमान्दार मान्छेहरुको मन बीक्षीप्त हुँदै गएको भनीयको बर्तमान अबस्थामा  दीपक मनाङ्गे जस्ता गुन्डाको नाइकेलाई राजनीति गर्नेहरुले  उम्मेद्वार बनाए भने  कति मन दुख्ला ?  अनि नवराज सिलवाल जस्ता इमानदार रास्ट्रसेवक कुनै दीन आफ्नो पाटीको मान्छे भन्दै मनाङ्गेको चुनाबी सभामा  भोट माग्दै हीडेको  दृश्य कुनै दीन देखीए भने कुन जन्ताको मन यो देशको यो अनौठो अबस्था देखेर मन नरोला ? पछील्लो घटनाक्रमले   साच्चै यो अबस्था  न आआउला भन्न सकीने अबस्था छैन सायद राजनीति सम्भावनाको खेल भनेको यस्तै त होला ? के कसरी  बुझ्ने राजनीतिलाइ हामी सर्बसाधरणले ?

शहरमा गुन्डागर्दीको राप यति चर्कीदै गएको छ कि ब्याक्ती हत्या , फीरौती , धम्की कुनै न कुनै रुप्मा भैरहेको छ केही दीन अगाडि मात्रै पनि ईमानदार नीर्माण ब्याबसायी गौचन को गुन्डागर्दी गर्नेहरुले हत्या गरे  जसमा  रामेछाप जिल्ला सदस्य रमेश बाहुन समुहको सङगलनता रहेको र अनुसन्धान भैरहेको भनीयको समयमा अर्का  दिपक मनाङे प्रदेश सभामा सिफारिस हुनुलाइ के बुझ्ने ?
राजनीतिको अपराधीकरण र अपराधको राजनीतिकरण दुबै खतरापूर्ण छन यो सहय बीसय छदै छैन मौन नबसौ !

No comments:

Post a Comment