नेपाली समाचार ,Nepal Flag

Monday, October 16, 2017

जन्ताको रगत र पसीनाबाट सीर्जीत करबाट तलब खाएर राजनीति गर्ने कर्मचारीहरुलाई गाउँ गाउँबाट लखेटौ !

स्कुल कलेजमा पढाउने शीक्षाकहरुले खुलेआम सामाजीक सन्जालमा कुनै एउटा पाटीको भक्त बनेर प्रचार गरीरहेको ,पाटीको कार्यक्रममा भासण दीइरहेको दृश्यहरु हाम्रो समाजमा हीजोआज जताततै भेटीन्छ आखीर कीन शीक्षाकहरुलाई राजनीति प्रती यत्रो मोह भएको होला ? उनीहरु कीन सोच्दैनन कि मैले यसरी राजनैतिक झन्डा बोक्दा मेरा बीध्यार्थीहरुको दीमागमा कस्तो गम्भीर असर पर्छ ? त्यति मात्रै होइन कक्षामा पढाउदा समेत घुमाउरो पारामा बीध्यार्थीलाइ आआफ्नो दलको ट्रेनीङ दीइरहेका हुन्छन कुनै अर्को दलको बदनाम गर्दै , कीन यस्तो भैरहेछ हिजो आज स्कुलहरुमा मलाई जस्तै धेरै मान्छेको मनमा यी र यस्ता धेरै  कुराले बर्सौ देखि  मनमा डेरा जमाइरहेको हुन सक्छ ! शीक्षाक पनि सामाजिक प्राणी नै हो यो देशको नागरीक नै हो उसलाइ राजनीति प्रती चाख हुनु स्वभाबीक हो उसले आफ्नो पेसागत संघ संघठनमा रहेर काम गर्न सक्छ तर मेरो लेखको मुख्य उदेश्य के भने राजनीति गर्ने भन्दैमा  सामाजिक सन्जालहरुमा र पाटीका कार्यक्रमहरुमा खुलेआम कुनैएक पाटीको प्रचारप्रसार गर्नु सर्बथा गलत हो !त्यस्ता घटनाले बीध्यार्थी भाइ बहीनीको दीमागमा ठूलो असर पर्छ ! अहिलेको राजनीतिक घटनाक्रम सबै भन्दा बीग्रनुको दोश  अहिले म त्यही देख्छु  जहाँ पत्रकार,सरकारी कर्मचारी,मानब अधिकारबादी, शिक्षक लगायत आफ्नो पेसा र धर्मभन्दा बाहिर गई राजनीति गर्छन ! 

शीक्षाकहरुलाइ राजनीति नगर्नुस भनेको हैन गर्नुस तर पहीला आफुलाइ खाइरहेको जागीर छाडनुस अनि गर्नुस
शीक्षाक जस्तो सम्मानित पेशामा रहेर कलीलै उमेरदेखी भाइबहिनीलाई मेरो पढाउने सर यो पाटीको भन्दै दीमागमा राजनैतिक रङ भर्ने काम गलत हो यो बीकीर्ती हो र यो
विकृति भनेको त्यो डढेलो हो जसलाई आफ्नो सम्झेर फैलिन दिनु हुदैन।आफ्नै बस्ती नजीकै लागेको यो डढेलोले भोलि तीनै शीक्षाकको घर पनि ध्वस्त पार्न सक्छ।
म बीनम्र अनुरोध गर्छु अरु देबिदेउता को मन्दिर भय झै सरस्वती देबिको मन्दिर को एक रुप बिध्यालय पनि एक हो जसमा राजनीति नगरौ समाज माथी नजानुमा यस्को ठूलो भुमीका छ  !
राजनीति जान्न बुझ्न त कलीलै उमेरमा पनि हुन्छ तर जब कलिलो उमेरमा नै बीध्यार्थीलाइ राजनीति गर्न उत्प्रेरित गरीन्छ तब त्यहा एक अर्कापट्टी घीणाको भाब उत्पन्न हुन्छ भने उमेर नपुगी नबुझी गरीने राजनीतिले अपराधीकरण बढछ ! मेरो बीचारमा समाजमा अपराधीकरण बढदै गएको एउटा कारण यो पनि हो हाम्रा शीक्षाकहरुले
आफुले पढाउने बिध्यालयमा राजनीति घुसाएर शिक्षा बर्बाद पारीरहेका छन
सरकारी कर्मचारी भनेका सिर्फ जनताको नोकर हुन्, उनीहरुको कर बाट तलब खान्छन
कि राजिनामा हान र राजनीति गर,नत्र खुरुक्क काम गरेर जनतालाई सेवा देउ शीक्षाकको काम पढाउने हो  कुनै ब्यक्तिको चुनावमा भाषण गर्दै हिड्ने  हो र ?  यो हुनै हुँदैन।तसर्थ यो पेशामा राजनीति प्रतिबन्ध लगाई कठोरता पूर्वक कार्यान्वयन गरियोस सरकारी तलबभत्ता पचाएर केहि दलहरुको झण्डा बोकेर राजनीति गर्दै हिडने य कर्मचारी लाई तत्काल बर्खास्त गर सरकार
जबसम्म बिध्यालय,कलेज र कर्मचारीलाई खुल्ला राजनीतिगर्न दिइन्छ्  तबसम्म राजनीति वा देशदुबैले बिकासको गतिलिन सक्दैन ।यो गम्भीर बीसयमा सबैको ध्यान जाओस् ! बीगतमा जस्तो आगामी प्रदेश र प्रतिनिधिसभा चुनाबमा कुनैपनी शीक्षाक कुनै दलको चुनावी प्रचारमा हीडेको देख्न नपरोस् !

No comments:

Post a Comment