नेपाली समाचार ,Nepal Flag

Thursday, October 12, 2017

प्रदीप गीरीको एकतर्फी सोच !

माक्सबादी चीन्तनका ग्याता  प्रदिप गिरि नेपाल, नेपाली काङ्ग्रेस र साउथ एसियाकै समाजवादी बीचारको डीस्नेरी नै हुन भन्दा पनि फरक पर्दैन  उहाको लेखन शैली र वाक पटुकता मन नपराउने सायदै नेपालीहरु होलान उहाकै गत शुक्रबार असोज २० गते कान्तिपुर रास्ट्रीय दैनीकको दृष्टिकोण प्रीस्टमा प्रकाशीत बाम एकता : प्रचण्डको आखीरी चमत्कार शीर्षकको दृश्टीकोण पढेपछी मनमा केही खुल्दुली  जाइलागे !
नेपाली कम्युनिस्ट इतीहासको बीगत लामो समयको इतिहास हेर्दा साच्चै नै कम्युनिस्टहरु एक भए भनेपनि धेरै दीन टीक्न सकेको इतिहास बीरलै पाइन्छ ! प्रदीप गीरीले कम्युनिस्ट मील्न नसक्ने यथार्थलाइ बडो मीठो ढङ्गले प्रस्तुत गर्नुभएको छ जुन सत्य हो !
तर काङ्ग्रेस भीत्र पनि यो फुट र टुटको घटनाक्रम छ भन्ने कुरा खुलाउनुभएको देखीदैन ! उहाले लेखमा घुमाउरो पाराले कम्युनिस्ट ब्याबस्थाले देश उभो लाग्दैन भन्नुभएको छ तर काङ्ग्रेस बीतेको २७ बर्समा २१ पटक सत्तामा गैसकेको को छ देशको लागि उभो लाग्ने चमत्कारीक कार्यहरु के के गर्यो? त्यसको खोज र अनुसन्धान लेखमा देखीदैन !

बीगतको इतिहासले सत्ता प्राप्तीको लागि मजदुर कीसान गरीब जन्तालाइ उचाल्ने भीडाउने वा भनौ चर्को नारा दीने तर सत्तामा पुगेपछी सबै बीर्सने रोग कम्युनिस्टको रहदै आएको छ तर यो रोगबाट मुक्त हुन काङ्ग्रेस पनि सकेको छैन वा भनौ गराइ र भनाइमा खासै तात्वीक भीन्नता छैन !
प्रदीप गीरीको लेखमा बाम गठबन्धन प्रती उहाको आक्रोश सहजै देख्न सकीन्छ भलै  काङ्ग्रेसले खाली बीरोध मात्रै गर्न भन्दा पनि बाम एकतालाइ अबसरको रुपमा लीयर पाटी भीत्रका खराब तत्वलाई फील्टर गर्न सक्यो भने आगामी दीन उसैको पक्षमा हुनेछ भन्ने कुरा गरीयको छैन

वामपन्थी एकताको कुरा सर्वथा हास्यास्पद हो भनेर भनीयको भए पनि यदी वामपन्थी यदी बामपंथी कीत्तामा आफू उभीनुभयो  भने यस भनाइलाई कसरी प्रतिवाद गर्नु हुन्छ होला भन्ने प्रश्न सबैको मनमा यो प्रदीप गीरी ज्यु को लेख पढेपछी आउँछ!
सीद्धान्तको राजनीतिमा कांग्रेससँग मिल्दा माओवादी क्रान्तिकारी हुने हास्यास्पद  नहुने,तर  एमालेसँग मिल्दा वा भनौ बाम गठबन्धन मीलेर वा भनौ एकता भएर भोलीका दीनमा सरकार बन्दा हास्यास्पद हुने  भन्ने होइन !  जसरी प्रदीपको गीरीको बाम गठबन्धनको मनचिन्ते बीसय धेरै यो लेखमा छ तर काङ्ग्रेसले बाम गठबन्धनलाई काउन्टर दीन प्रस्तावित लोकतान्त्रिक गठबन्धनको गर्ने कुरा गरेको  छ  तर खोइ त्यो बीसयमा कुरै केही देखीन्न ?

अहिले च्याउ सरी उम्रीएका छन  राजनैतिक दलहरू धेरै राजनैतिक दल हुनु ठीक होइन यसले मुलुकमा राजनीति स्थीर गराउदैन अस्थीर गराउछ तसर्थ हिजो भएका सहमतिहरु उपलब्धहरु इमान्दार भएर कार्यन्वयन हुनेमा  शंका यथावत हुंदाहुंदै पनि आजसम्म नेपाली जनताले चाहेको राजनितिक स्थिरता,शान्तिसुब्यबस्था र आर्थिक समृद्दि आदिको सुनिश्चिताको लागि पनि ढिलोचाँडो राजनैतिक ध्रुबिकरण आबश्यक थियो र छ हामी जस्तो कुनै राजनैतिक दलमा लेप नलागेको साधरण जन्ता टुट फुट र झुटको सस्कारबाट बीगत लामो समय देखि तनाबमा रहदै आएको समयमा नीशयनै यो बाम गठबन्धनले नीराशा भन्दा ज्यादा आसा जगाएको छ !
तसर्थ एकातिर बाम गठबन्धन् र एकता हुनुपर्छ भने अर्कोतिर कांग्रेस सहितको लोकतान्त्रिक गठबन्धन र एकता हुनुपर्छ। यसले एउटा पार्टी,पसलको रुपमा खोलेर आफ्नै छोराछोरी,श्रीमती,भाञ्जाभाञ्जी,सालासाली र नातागोतालाई बिभिन्न राजनैतिक न्युक्तिमार्फत राज्यदोहनमा खटाउने परम्पराको पनि अन्त्य गर्न सहयोग गर्दछ। तसर्थ जुनसुकै पार्टीहरु आ-आफ्नो गोत्र मील्नेहरुसङ्ग  एकता प्रक्रियामा भाग लिन्छन् भने त्यसमा खुसी हुनुपर्छ तर यश बीसयमा  प्रदीप गीरीको लेखमा सकारात्मक भन्दा नकारात्मकता ज्यादा र सङ्का उपशङकाको डेरा जमाएको प्रस्टै भेटीन्छ !

प्रचण्डको भनाइ र गराइमा एकरूपता छैन जुन कुरा सबैलाइ थाहा भैसकेको छ उनी नेपाली राजनीतिको चतुर खेलाडी हो र पनि कुनै न कुनै रुपमा नेपाली राजनीति  पछील्ला १० बर्समा उनकै वरिपरि घुमेको छ हरेक बीसयबस्तु तोडने र मोडने मामलामा काङ्ग्रेसका कोही नेता भन्दा कमजोर छैनन प्रचण्ड !
भोलि एमाले र नयाँ शक्तीको सङ्ग हुने भनेको एकता पछी माओवादी आन्दोलन बीसर्जन होला तर  माओवादी आन्दोलनको जगमा पछील्ला उपलब्धि गणतन्त्र ,धर्म नीरपेक्ष लगायतको मुद्धा सफल भएको चै सत्य हो !भने नेपाली राजनीतिको हरेक परीघटना मा काङ्ग्रेसको अभीभाबकीय भुमीका हुदाहुदै पनि कांग्रेसले आजको दीनमा बिपीले भन्ने गरेको समाजवाद कति सम्म लागू गरेको छ ? भन्ने प्रश्न चै आम जनजनको मनमा लागेको प्रश्न हो र   प्रदीप गीरी जत्तिको विद्वान नेता यश मामीलामा पाटी भित्र बोल्ने कुरामा कमजोर रहेको यथार्थ पनि हो ! त्यस्तै कोङ्रेश भित्रको प्रजात्रन्त्रिक पद्दती लाई अघि बढाउन गीरीले नसकेको अबस्थामा  उहाले बामपंथीलाई दीयको सुझाबले कत्तीको सार्थकता पाउला त्यो चै देख र हेर को बीसय छ सर्ब प्रथम अरुलाइ सुझाब दीनु भन्दा पनि ठूलो बीसय सर्वप्रथम इतिहास बोकेको नेपाली काङ्ग्रेसमा पछिल्लो समय देखीयको सत्ता लीप्सा र भस्ट्रचार  सपार्न भुमीका खेल्नु नै सही होला!

No comments:

Post a Comment