नेपाली समाचार ,Nepal Flag

Sunday, July 24, 2016

"सम्रीद्धी सम्भब छ हाम्रै पालोमा "

जो मान्छे तर्सीन्छ,त्यही मान्छेलाइ अन्य मान्छेले तर्साउछ!
जस्तो तपाईं हामी सानो छदा कोसैले भुत प्रेत को कुरा गर्यो भने डर लाग्दथ्यो हामी जब राती कहिँ एक्लै हीडथेउ तब रुख पनि भुत जस्तो लाग्ने खेतको गरा कान्लो झाडी सबै भुत हो कि भन्ने भान हुन्थ्यो !
कीनभने हाम्रो गार्जेन्ट र समाजले भुत डरलाग्दो हुन्छ ,तर्साउछ खान्छ भनेर अनेक कहानी बनाएर भन्नुहुन्थ्यो ! जब अहिले तपाईं हाम्रो उमेर बढदै गयो अहिले हामीलाइ भुत प्रेत ले तर्साउदैन यदी तर्साउछ भने हाम्रो भबीस्य र समाजमा हुने बीसङ्गती पुरातन सोच र सस्कार ले तर्साउछ , कसरी समाजलाइ यो अन्याय अत्याचार र कु सस्कारबाट जोगाउने भनेर,
कीनकी अहिले हाम्रो उमेर अनुसार बीबेक बढदै गयो हामी सत्य र असत्य छुटयाउन सक्ने भयौ !

तपाईं हामी साच्चै समाजलाइ केही गर्छु भनेर हीडने हो भने हाम्रो बाटोमा तगारो त कयौंले हाल्छन तर तीनीहरुको जीत हुन्न जीत सत्यको हुन्छ नीस्वार्थताको हुन्छ जीत हाम्रो हुन्छ !
यो स्वभाबीक कुरा हो समाजका केही खराब मान्छेले उसैको खुट्टा तान्छन, जो समाजमा परीबर्तन ल्याउन खोज्छ कीनकी उनीहरुलाइ डर हुन्छ समाज परीबर्तनले खुसी भन्दा पीडा दीन्छ कि भन्ने ,
हाम्रो समाजमा अहिले पनि त्यस्ता मान्छे छन जो सोझा सीधा जन्तालाइ उचालेर राजनीति गर्छन र तीनैलाइ लुटेर खान्छन अनि जो मान्छे परीबर्तन हुन खोज्छ एउटा पाटीबाट अन्यमा जान्छ सत्य कुरा गर्छ तब पोइला गयो बीग्रीयो यो समाजको कलङ्क हो भनेर चीत्रीत गर्छ !
इज्जत कमायन भने औकातको कुरा गर्छ इज्जत कमायो भने सस्तो लोकप्रीयता भन्दै औला ठड्याउछ् !
हेर्नुस अहिले पनि हाम्रो समाजलाइ वाद र दर्शन को नाममा समाजमा लुटेर खाने लुटेराहरुले बाधेका छ्न ,
चाहे त्यो माक्र्सवाद होस वा पुजीवाद वा अन्य !
तपाईं हेर्नुस् अहिले सन्सारका बीकसीत र बीकासोन्मुख मुलुकहरूमा कहिँ पनि वाद र सीद्धान्तको राजनीति चल्दैन बीकास र एजेन्डा को राजनीति हुन्छ !
हाम्रो देशको पाटनको कृष्ण मन्दीर बनेको समयमा अहिले बीकसीत भनीयका कयौ देसहरु पत्ता लागेको नै थेनन भन्ने सुनीन्छ !
कुनै समयमा द कोरिया मा भोकमरी लाग्दा त्यहा चामल पठाउने मुलुक यो कहाँ छ द कोरिया कहाँ छ ?
आज तीनीहरुको अवस्था हेर्नुस !
हामीलाई के ले बीगार्यो थाहा छ तपाईं लाई ?
हामीलाइ ती नेता जसले ठगी खाने स्वार्थ को लागि पुरानो सीद्धान्त वाद वा दर्शन ले फसाइदीए!
हामीलाई काङ्ग्रेस ,एमाले ,माओवादी बनाइदीए झगडा गराइदीए सीहासनमा गए अनि हाम्रो हालत ?
अनि हाम्रा दाजुभाइ दीदीबहीनी खाडीका मरुभूमि पुगे ,
इराक पुगे, अफगानिस्तान पुगे ,कयौं राता बाकासमा फर्कीए !
खाडी अमेरिका लगायतका मुलुकमा त्यहाँका जन्ताले नगर्ने काम हामीले गर्नुपरेको छ सन्सारबाट दास प्रथा हटयो भनीन्छ तर यथार्थ मा हामी अरुको मुलुकमा गएर दास बन्नुपरेको छ आखिर यो नीयती कहिले सम्म ?
जबसम्म बीकास र सम्रीद्धीको राजनीति मा सम्पुर्ण दलहरु लाग्दैनन !
तसर्थ समाज परीबर्तन गर्नु छ भने पहीला हामी आफू परीबर्तन हुनुपर्छ ! हीजोको वाद र सीद्धान्त भुलेर एउटा दलबाट अर्कोमा जानासाथ पोइला गयो बीग्रीयो भन्ने कुसंस्कार , र पुरातन युगबाट माथी उठेर काङ्ग्रेस एमाले , राप्रपा , वा माओवादी जुनसुकै दलको भएपनी आउनुस तपाईं हामी देस बीकास र सम्रीद्धीको काममा हातेमालो गरी अगाडि बढौ !


"सम्रीद्धी सम्भब छ हाम्रै पालोमा "

सहिद तथा बेपत्ता परीवार प्रती नयाँ शक्ति नेपाल

सहिद तथा बेपत्ता परीवारको हेरबीचारको नैतिक जीम्बेवारी हामी लीन्छौ
सरकार रहदा सरकार बाट र सरकारमा नहुदा सरकार बाहीरबाट पाटीको तर्फबाट ब्याबस्थापन गर्दछौ भन्ने कुरा नयाँ सक्तीको बीधानमा प्रष्ट लेखीयको छ !
सहिद तथा बेपत्ताको लागि नया शक्ति पाटी लडीरहनेछ उहाहरुको परीवारको हेरबीचारको लागि नीरन्तर प्रयात्न गरीरहन्छ !
यी कुराहरू हुदाहुदै हीजोआज समाजमा नयाँ शक्ति नेपाल पाटीलाइ
बदनाम गराउन सहीदका परीवारलाइ भ्रम हरु फीजाइएको भन्ने सुन्नमा आएको छ ! नयाँ शक्ति मा आबद्ध सहीदको परीवारलाइ सरकारले दीयको साहायता रकम फीर्ता गर्ने भन्ने अती नै गैरजिम्मेवार सब्दहरु लेखेर सामाजिक संजाल फोहोर बनाउने गीरोह पनि लागि परेको छ !
यी र यस्ता भ्रममा नपर्न सम्पुर्ण देशबासी र नयाँ शक्ति अभीयान्ता साथीमा हामी अनुरोध गर्दछौ साथी यस्तो भ्रम
फीजाउने समाजका कुरुप ब्याक्ती प्रती नयाँ शक्ति नेपाल तान्द्राङ गाबीस घोर भ्रत्सना गर्दछ!
काङ्ग्रेस ,एमाले र माओवादी केन्द्रको एउटा जत्था नै नयाँ शक्ति को बढदो लोकपि्रयता सहन गर्न नसकेर यतीबेला हरेक टोल र गाउमा छीरेको छ
भ्रमहरु फीजाउदै !
आधारहीन कुरालाइ लीयर अरुलाइ गाली गर्ने र मानमर्दन मा ठेस पुर्याने प्रथा पीछ्डीयको चेतनाको अभीब्याक्ती हो!
एक इन्च जग्गाको लागि दाजुभाइ बीच आफ्नो बाबुआमा को नाम सकारेर गाली गर्ने हाम्रो समाजमा सही सस्कार आजको नौजवानहरुले सीकाउनु जरुरी छ
हामी यी र यस्ता कु सस्कारलाइ परीबर्तन गर्ने अभीयानमा छौ !
आधारहीन कुराको पछी नदौडौ

आर्थिक सम्रीद्धीको लागि नयाँ सस्कार र सोच आजको आबस्यकता !

आफ्नो राजनैतिक अभीष्ट सीद्धीको लागि हाम्रालाइ राखी राम्रालाइ हटाउने परम्पराले हाम्रो देश को हरेक ठाउँमा जरा गाडेको देखीन्छ! कसरी सत्ता हाता पार्ने र लुटने अनि दादागिरी गर्ने भन्नेमा नै ठाउँमा पुगेपछी जनप्रतिनिधिहरुको ध्याउन्न हुनु निश्चय नै नराम्रो कुरा हो !
भुइचालो लगत्तै नाकाबन्दी र तराई आन्दोलन को सास्ती खप्नुपरेको नेपाली समाजले बल्लतल्ल बनेको एक खोस्टो सम्बीधान कार्यनयन कसरी गर्ने भन्ने बहस हुनुपर्ने समयमा सबीधानको जननी भन्न रुचाउने माओवादी केन्द्र र उसको नेता प्रचण्डको जुन सत्ता लीप्साले कतै फेरि देसमा अस्थीरताको बीउ रोपीने त हैन भन्न प्रस्न यति बेला आम जनमानसमा देखीयको छ !
पावर र पहुचको आधारमा केही मुठ्ठीभर मान्छेले घुमाइ फीराइ अबसर लीने शैलीको कारण कतै माओवादी केन्द्र नाम माओवाद अनुसन्धान केन्द्र मा परीणत हुने त होईन भन्ने अनुमान सबैतीर हुने गरेको पाइन्छ !
काङ्ग्रेस को त सस्कार नै त्यस्तै हो भो कुरा नै नगरौ !


२०६४ को चुनाब पछि देसमा ९ बर्सको अन्तरालमा ६ वटा सरकार परीबर्तन हुने योगमा देस यतीबेला छ !
यीनै दल नमील्दा पहिलो संविधान भङ्ग भो देसको अरबौ ढुकुटी सखाप भो !
दोस्रो संविधान त बन्यो बीडम्बना यही नीहुमा नाकाबन्दी र तराई आन्दोलन ले सयौको ज्यान गयो !तराई आन्दोलन को बारेमा कयौ बार्ता भो तर समस्या को समाधान नीक्लीयन समस्याको चुरो के भन्ने नै बुझ्न् सकीयन ! यता सीक्षा स्वास्थको भस्ट्रचार र बेथिति बीरुद्ध डाक्टर केसी अनशनमा छन !
पारीबारीक र आफ्नो वरपरका हाउरेभाउरे पोस्न र धेरै समय राजनीतिमा आफ्नो प्रभुत्व जमाउन बसेकाहरुले जन्ताको आन्दोलन का बीसयलाइ बुझ्ने त कुरै भएन बीदेसीले दीयको खराबौ भुकम्प साहायता रकम फीर्ता हुने अबस्थामा जानू र पुनर्निर्माण र पुनःस्थापना को काम नहुनु अती नै दु:खद कुरा हो !
वर्गसंघर्ष र हीतको कुरा गरेर जन्ता झुक्याउनेहरुको अबको दीनमा कसरी अघि बढलान ?
कुर्सीमा पुगेपछि सबै कुरा भुल्ने यी माओवादी काङ्ग्रेस र एमालेका नाटकीय पात्र्हरु कति दीन जन्ता झुक्याएर लुटीरहलान राज्यकोषको ढुकुटीमा दहन गरीरहलान ?
अब जन्ताले यीनीहरुलाइ धीकार्ने दीन आइसकेको छ !
झीनामसीना कुरामा भुलेर नेताको नौट्ङ्की सुन्ने र हेर्ने फुर्सद अब जन्तामा छदै छैन ! काङ्ग्रेस एमाले त पुरानो सस्कारमा हुर्कीयको पाटी भो जन्ताको लागि लडेको माओवादी को हालत त्यो भन्दा दयनीय भो!
हिजो जनयुद्धमा जन्तासङ्ग राखेको बाचा र कसम भुलेर माओवादी जङ्गल बाट सहर छीरेको १० बर्ससम्म सरकारमा को बस्ने भन्नेमा नै अल्झीरहनु देस बीकासको लागि कुनै रचनात्मक काम गर्न नसक्नुलाइ के भनेर बुझ्ने माओवादीलाई ?
अब यस्तो कार्यको अन्त्य होस अब ईमानदारीताको राजनीति सुरु होस ! बाराम्बार सरकार परीबर्तन गर्नु भन्दा हामीमा रहेको पुरातन र कुरुप सोच परीबर्तन होस तब देस सम्रीद्ध हुन्छ देस बीकास हुन्छ !

Saturday, July 23, 2016

हामीले नगरे कसले गर्ने अहिले नगरे कहिले गर्ने ?

बाबुराम जस्तो इमानदार र स्वच्छ छवि भएको मान्छेले नेपालमा सुन नै फलाए पनि विराेध भैहाल्छ किनकि यहाँका केही मान्छेको रगतमा यतिधेरै विष बगेकाे छ कि अरूकाे जात,धर्म, पार्टि,भलाे केही देख्न हुन्न मजाकमा उडाउछन यहाँ अरुलाइ उडाउदा आफू ठुलो भएको स्वघोसीत महाराजा र कोठे राजनीतिक कर्मीहरु धेरै छन!
" अरुलाई निचो देखाएर आफु उचो हुने यो सोच र सस्कार रहुन्जेल परिवर्तन हुनेछैन,"
तीमीहरु कती कुन्ठा इर्श्या र डाहा भएको आत्माकेन्द्रीत मान्छेहरु हौ !
पत्रिकाले कतिमा विज्ञापन छाप्छन् भन्नेसम्म थाहा नपाउनेले करौंडोको विज्ञापन भनेर फेसबुक लगायतका सामाजिक संजालमा कुप्रचार गर्छौ !
पत्रीकामा बीग्यापन गरेको पैसा भुकम्प पीडीतलाइ बाडनुपर्थ्यो रे !
यदी त्यसो हो भने केही महीना अगाडि काङ्ग्रेसले माहादीबेसनमा करोडौं खर्च गर्यो कीन त्यो रकम भुकम्प पीडितलाई नबाडेको ?
माओवादी केन्द्रले जनमुक्ति सेनाको करोडौं कुम्ल्याएको त्यो रकम कीन भुकम्प पीडितलाई नबाडेको ?
यहाँ कोहीपनी चोखो छैन !
तुल, ब्यानर प्रचा पम्प्लेट र भीत्तेलेखन मा अनावश्यक खर्च नगरी डीजीटल प्रबीधीको प्रयोग गर्नु अहिलेको यो प्रबीधीको युगमा के गलत हो ?
सहिद र बेपत्ताको मनछुने कुरा लेखेर जनयुद्धको मर्म बाबुरामले बीर्स्यो , धनाढ्य र कुलीन बर्गको प्रतिनिधि भयो भनेर यहाँ हल्ला फीजाउने जमात पनि ठूलो छ
छातीमा हात राखेर भन्नुस के यो सत्य हो त ?
सान्ती प्रक्रियामा आएपछि को धेरै बीग्र्यो बाबुराम कि प्रचण्ड !
हिजो जनयुद्धमा जनता को घर नबनेसम्म हाम्रो घर बनाउनौ भन्नेहरूको महलहरु तपाईंहरुले देख्नुभएकै छ
बरु बाबुराम ले भनीरहेका र गरीरहेका छन जनताको घरको नक्सा नकोरेसम्म मेरो घरको कोर्दीन भनेर !
आजको यो समय झुट बोल्ने समय हैन जे छ त्यही बोल्नुपर्छ !
"अहिलेको यो समयमा रुवाबासी र भाबुक बनेर सहीदको सपना साकार हुदैन "
केही गर्नुपर्छ देशको बीकासको लागि
य बाबा बाबुराम ले केही गरेनन भने उनकै सती जानुपर्छ भन्ने छ र ? हामी कोसैले पालेको भतुवा हौ र ? राजनीति भन्या इस्लाम जस्तो कडा धर्म पनि हैन मानीसकेपछी छाड्न हुन्न भन्ने !

तर अहिले केहि गर्छु भन्नेलाइ साथ दीउ खुइल्याउन तर्फ नलागौ !
हामी स्वार्थी बन्यौ भने हामीलाइ हाम्रो सन्तान र इतिहासले धीकार्नेछ बनेनौ भने हाम्रो नाम सदा सदा इतिहास को पानामा लेखीनेछ !
हामीले नगरे कसले गर्ने अहिले नगरे कहिले गर्ने ?

Thursday, July 21, 2016

नयाँ शक्ति भ्रम वा यथार्थ

(सन्तोष सिम्खडा)
.......................................
नयाँ पाटी भन्नाले बीदेसबाट ल्याइएको नया मान्छेले पाटी बनाएर नया हुने होईन र नयाँ मान्छे जन्माएर हुने पनि होइन !
इतिहास हेरौ २००७ सालमा काङ्ग्रेस राणा शासन हटाउन स्थापना भयो ,धेरै राम्रो काम गर्यो राणा शासन हटाएपछि त्यस्तो राम्रो काम उसले कहील्यै गर्न सकेन,
पन्चायती ब्याबस्था हटाउन एमाले को जन्म भो पन्चायती ब्याबस्था त हटायो तर अरु काम खासै केही गर्नै सकेन त्यस्तै माओबादीले राजतन्त्र र हटाइ गणतन्त्र स्थापना गर्न जन्म्यो गणतन्त्र आयको १० बर्ष नाघीसक्यो अरु उपलब्धि केही गर्नै सकेन
तसर्थ पाटीहरु इतिहास को आबस्यकताले जन्मीन्छन र चेन्ज हुँदै जान्छन यदी काङ्ग्रेस चेन्ज हुदैनथ्यो भने हीजोकै प्रजा परीसद हुन्थ्यो एमालेहरु माले हुन्थे माओवादीहरु मसाल हुन्थे !
त्यसरीनै मुलुक सम्रीद्धी बनाउने युगको आबस्यकता र जनता को चहाना बोकेर नयाँ शक्ति को उदय भएको हो!
मुलुक बलियो र स्वाधीन बनाउन आर्थिक सम्रीद्धी आबस्यक हुन्छ जब हामी आर्थिक रुपमा बलियो हुनौ छीमेकीको हेपाहा प्रवृत्ति बढछ नै तसर्थ छीमेकीलाइ गाली गरेर देश प्रेमको भजन गाएर भाबनामा डुबेर देस बन्दैन सहीदको सपना साकार हुदैन !
जन्ताको चाहाना र ऐतीहासीक आबस्यकता बुझ्ने हो भने एकै ठाउँमा उभीयर हामी कहिँ पुग्दैनौ देशमा आर्थिक सम्रीद्धी गर्नको लागि एउटै दल ,ब्याक्ती एउटा समाजको हीस्सा , अनि बीचार र आदर्श ले मात्रै सम्भब हुन्न सबै दल बीचार ,र समाजको सहभागीता अनीबार्य हुन्छ बीचारको मन्थन हुनु जरुरी छ त्यस्तै समाजको सबै तह र तपकाका मान्छेलाई समेटन सकीयो भने मात्रै र देसको आर्थिक बीकासमा छलाङ मार्न सकीन्छ आर्थिक वृद्धिदर बढाउन सकिन्छ !
नयाँ कुरा समाजले सहजै ग्रहण नगर्न सक्छ यसकोलागी गाउँगाउँमा अभीयान लीयर जानू जरुरी हुन्छ अभीयानकर्तालाइ बनीबनाउ ठाउँमा जस्तो नयाँ ठाउँमा सहज त हुन्न कीनकी शून्य ठाउबाट सुरु गर्नुपर्ने हुन्छ गाह्रो नै हुन्छ !
यदी साच्चै देश सम्रीद्ध बनाउने हो भने जन्तालाइ ढाटनुहुन्न हामी बाराम्बार नेताको झुटको खेतीमा फस्यौ अब फस्नुहुन्न!
आफुलाइ सर्बहाराको कम्युनिस्टको नेता भन्छ गाउँ बाट चप्पल पढकाउदै सहर आउँछ,आलीसान महल उसैको हुन्छ चील्ला कार नभै हुन्न महङ्गो ठाउँमा घरघडेरी उसैको हुन्छ बैंक ब्यालेन्स धेरै उसैलाई चाहीने सर्बहरा पाटीको कार्यलय ५ स्टार होटल जस्तो हुन्छ पाटी कार्यलय अगाडि गाडी हेरौ करोडका हुन्छ्न यी र
यस्तो कुरा बीस्वको कम्युनिस्ट इतिहासमा कहिँ छ ?
लेखीयको छ ?
कम्युनिस्ट भनेर ढाटने बर्गीय आचरण पटक्कै छैन, अनि यस्ता मान्छेले सर्बहरा बर्गलाइ देखाएर राजनीति गरेर हुन्छ ?
तपाईं हरुलाइ यति भन्दै गर्दा लाग्न सक्छ के नयाँ शक्ति नेपाल का नेता चै झुपडीमा बस्छन त ?
हामी झुपडीमा बस्दैनौ भने झुपडीमा बस्छौ भनेर झुट नबोलौ जे छ त्यही भन्ने हो झुट बोल्नुहुन्न ठुला ठुला आश्वासन र सपनाको कुरा गर्नुभन्दा काम गरेर देखाउ भासण कम काम धेरै गरौ भन्ने हो !
जतीनै फोहोरी खेल भनेपनी सबै नीतीको मुल नीति राजनीति हो ! राजनीतिक फोहोर बढार्न नयाँ शक्ति लागि पर्नुपर्छ जुन अहिलेको आबस्यकता हो !
नयाँ शक्ति अभीयानकर्ता र सर्बसाधरण जन्ताले के बुझ्नु जरुरी हुन्छ भने एजेन्डा तय गर्ने, सामाजिक कार्य गर्ने र जन्तासङ्ग घुलमिल हुने कार्यनै हो अहिले नयाँ शक्तिले गर्ने कार्य हो !
जुन नयाँ शक्तिले गर्ने भनेको आर्थिक बीकास को परीबर्तन छ सत्तामा पुगेर नै हो गर्ने कीनकी स्रोत र शक्ति उहीँ सत्तामा नै हुन्छ ! तसर्थ अहिले नै धेरै आस गर्नु हुन्न !
यदी अब पनि पहुँच को राजनीति गर्ने र पदको लागि मारामार गर्ने पद्धति रहयो भने यो पाटी पनि धेरै दीन टीक्दैन ब्याक्तिगत स्वार्थ र पदलोलुप्ताबाट अभीयानकर्ताहरु माथी उठनु जरुरी छ !
नेपालको इतिहासमा पाटी बन्ने सुरुवाती चरणमानै ६४ जील्लामा तदर्थ संगठन र २ हजार ६ सय गाउँ संगठन बनेको कुनैपनि इतिहास छैन कुनैपनि पाटीको इतिहास भन्दा नयाँ शक्तिको स्पीड १०० गुणा तीब्र छ !
यही कारण अहिले एमाले काङ्ग्रेस र माओवादीको चुनौती भन्या नै नयाँ शक्ति बनेको छ !
अनि काङ्ग्रेस एमाले र माओवादीका साथीहरूले नयाँ शक्ति को सयोजक बाबुरामलाई गाली गर्ने , मजदुरहरुलाइ यो बीनोद चौधरीको पाटी हो मज्दुरलाइ केही गर्दैन भनेर मजदुरमा भ्रम छर्ने , करीस्मा र बाबुरामलाई हीरो हीरुनी भनेर मजाक उडाउने , सहिद र बेपत्ता परीवारलाई हेर्दैन भन्ने अनि
बाबुराम भारतीय दलाल भन्ने , जस्ता आरोप हरु लगाउने गरेको सुनीन्छ !
गालीगलौजको सस्कार पीछडीयको चेतनाको अभीब्याक्ती हो बोलेर बाठो र कुदेर छीटो कोही हुन्न यस्तो आधारहीन कुराहरू को पछि लाग्नेहो भने अघि बढन सम्भब हुन्न !
चीनमा त्यहाको एक दलले अर्कोलाई गाली गर्दा अमेरिकि दलाल अनि अमेरिकीहरु रुसको दलाल रुसीहरु अमेरिकाको एजेन्ट भन्छ्न ! कुनै समयमा म्याकबेली र चाणक्यहरु यदी कोसैलाइ तल पार्नुछ भने बीदेसीको दलाल भन्देउ भनेर भन्थे ! तसर्थ यो पुरानो सस्कार हो जस्को कुनै अर्थ छैन !
कुनै नेताको अनुहार टीभीमा हेरेर वा रास्ट्रीय दैनीकमा कुनै एक बीस्लेसकको कुरा पढेर बोल्नुभन्दा पनि
सत्य के यथार्थ झुट के भन्ने बुझौ !