नेपाली समाचार ,Nepal Flag

Tuesday, April 30, 2013

मे १ को महत्व र मजदुर आन्दोलन

सन १८८६ मे १ का दिन अमेरिकाको सिकागो शहरबाट सुरु भएको मजदुरहरुको आन्दोलनले ८ घण्टा काम ८ घण्टा आराम र ८ घण्टा मनोरंजन गर्ने मान्यतामा स्थापना गराएको थियो। ८ घण्टा मात्र काम गर्ने मजदुर माग पुरा नगरेपछी सन् १८८६ मे १ का दिन अमेरिकाको सिकागो शहरमा लाखौं मजदुरहरुले सडकमा उत्रिएर प्रदर्शन गरेका थिए। मजदुरको माँग पुरा नगर्ने निर्णय तत्कालिन अमेरिकि सरकारको थियो ।

आन्दोलन २ दिन सम्म शान्ती पूर्ण भएतापनि तेस्रो दिनको प्रदर्शन आन्दोलन माथि त्यहाँको सरकारले व्यापक दमन गरेको थियो। ६ मजदुरहरूले त्यहाँ शाहदत प्राप्त गरेका थिए। मजदुर नेताहरू पार्सन, स्पाइस र एंगेल्स लागयतलाई मृत्युदन्ड दिइएको थियो । त्यो, गौरवपूर्ण आन्दोलनका अगाडि अन्ततः अमेरिकी सरकार झुक्न बाध्य भएको थियो।

२० अगष्ट १८६६ सालमा बाल्टीमोरमा भेला भएका ६० जना मजदुरले सर्वप्रथम ८ घण्टा कामको माँग राख्दै नेसनल लेवर युनियन' भन्ने एक सङ्गठनले निर्माण गरेका थिए। आजको मजदुर आन्दोलनमा मे १ को ठुलो ऐतिहसिक महत्वराखेको छ । मजदुरहरुको त्यो अन्तराष्ट्रिय महत्वपूर्ण संगठनको नेतृत्व एक प्रतिभाषाली मजदुर नेता एच' सिल्विसले गरेका थिए। उनले अन्तराष्ट्रिय नेताहरु सँग बारम्बार पत्र व्यबहार गर्ने गर्दथे। सन १८६७ सालको अधिवेशनले अन्तराष्ट्रिय मजदुर आन्दोलनलाई सहयोग गर्ने निर्णय लिएको थियो।

न १८६९ सालमा लेवर युनियनले प्रथम अन्तरराष्ट्रिय निमन्त्रन लाई स्विकार गरी जरनल काउन्सिलमा
एक जना प्रतिनिधि पठाउने निर्णय गरेको बेला यसै बिच मजदुर आन्दोलनका महान नेता एच' सिल्विस को दु:खद पूर्ण निधन भएको थियो। त्यसैले एसी' केमरानलाई अन्तराष्ट्रिय प्रतिनिधि चुनेर पठाइएको थियो । उहाँ सिकागो बाट प्रकासित हुने वर्किन्मेन्स एड्बोकेट भन्ने पत्ररिकाका सम्पादक हुनुहुन्थ्यो। एच 'सिल्विसको मृत्‍यु पछी लेवर युनियनमा खराब ब्यक्तिको प्रबेशले बद्नाम हुँदै बिधटन हुन पुग्यो।

मे १ का दिन विश्वभर र नेपालमा पनि १२२ औं मे दिवश मनाइन्छ। श्रमिकहरूमाथि मालिकहरूको अत्याचारका विरूद्धमा मजदुरहरूले गरेको आन्दोलनको स्मरण स्वरूप मे दिवश मनाउँदै आउने गरिएको छ। विश्व मजदुर आन्दोलनमा मात्र नभएर हरेक राजनैतिक आन्दोलनमा १ मे को अत्यन्त ठूलो महत्व रहेको छ।

नेपालमा वि स २००३ सालमा रघुपति जुट मिलमा पहिलो पटक मजदुर आन्दोलन शुरू भएको थियो। नेपालमा मजदुर आन्दोलनको इतिहास त्यति लामो नभएता पनि देशमा चल्ने गरेका राजनैतीक आन्दोलनहरूमा मजदुरहरूले महत्वपूर्ण भूमिका निभाउँदै आएका छन् र पनि मजदुरहरूले आफ्नै जीवनमा भने परिवर्तनको अनिभूत गर्न अहिलेसम्म पनि पाएका छैनन्।

काम गर्ने समयलाई सुनिस्चित गरेर जब सम्म कानूनी रुपमा बाधिदैन तवसम्म मजदुर बर्गको खुशी र स्वतन्त्रताको लागि गरिने सबै संघर्षको प्रयास निरर्थक हुनेछन" भनेर सन १९६६ साल सेप्टेम्बर मा जेनेभामा सम्पन्न भएको प्रथम अन्तरराष्ट्रिय कांग्रेसले आफ्नो धारणा अभिव्यक्त गरेको थियो भने ; नेसनल लेवर युनियनले उठाएको ८ घण्टा कामको मागलाई कार्ल माक्सले पनि जोडले समर्थन जनाएका थिए। सन १९६७ सालमा प्रकाशन भएको पुजिको प्रथम खन्डमा मार्क्सले निग्रो र गोरा मजदुरहरुको वर्गहकहितको कुरा उठाएका छन।

मार्क्सले काला मजदुरहरूको सम्पूर्ण रूपमा मुक्ति नहुँदै गोरा मजदुरहरू पनि मुक्त हुन नसक्ने विचार व्यक्त गर्दै काला र गोरा मजदुरहरूका बीचको भेदलाई आलोचना गरी मजदुरका बीचमा भेद होइन, वर्गीय एकतामा बाधिन मार्क्सले जोड दिएको पाईन्छ। पूंजीपति वर्गले मजदुरहरूका मागहरूलाई सम्बोधन गर्ने दिशामा ध्यान दिएनन। यसै बिच सन् १८८६ को मजदुर आन्दोलन ताक विश्व सर्वहारावर्गका महान् नेता कार्ल मार्क्सको निधन भयो।

मे १ को गौरवपूर्ण परम्परालाई कायम राख्दै मजदुर आन्दोलनलाई सही रूपमा अगाडि बढाउनुपर्ने अझै आवश्यकता देखिन्छ । मजदुरवर्ग क्रान्तिको भरपर्दो र निर्णायक शक्ति हो। यही शक्तिको दुरूपयोग गर्दै विभिन्न अवसरवादी संगठनहरूले आफ्नो स्वार्थपूर्ति गर्दै आइरहेका छन्। मजदुरहरूको मुक्ति अभियान लाई शिखरमा पुग्न नदिनका लागि विभिन्न प्रतिक्रियावादी तथा संशोधनवादी पार्टी संगठनहरू क्रियाशील
रहेका छन।

देश गम्भीर संकटमा फसिरहेको वर्तमान अवस्थामा अब मजदुरवर्ग विशेष सचेत र सतर्कताका साथ अघि बढ्नु पर्ने बेला आएको छ। कुनै पनि आन्दोलनको क्रान्तिकारी परम्परालाई कायम राख्न एउटा सही नीति र सिद्धान्त बोकेको पार्टी मात्र सक्षम हुने गर्दछ। बिभिन्न कारणले गर्दा आज मजदुर आन्दोलन एकदम कमजोर अवस्थामा पुगेको छ। त्यसो त विश्वकै मजदुर आन्दोलन त्यती शक्तिशाली छैन। विभिन्न अवसरवादी संगठनहरूको भ्रमको जालो हटाएर, राष्ट्रियताको रक्षा र आन्दोलनमा मजदुरहरू एकाबद्ध हुनु जरूरी र आबस्यक्ता पनि देखिन्छ।

Saturday, April 27, 2013

"घरभा डाको सिमा तोकियोस् "

हिजोको नागरिकमा छापीएको थियो -यो फोटोमा पढ्नु होला -- केहि थप कुरा ---बिसेसगरि रिंग रोड भित्र यस्तरी मन परि चल्न सुरु भयको हो । धेरैले यसबारेमा गुनासो गरेको सुने पछि मैले यो कुरा लेखेको हु -तत्कालको लागि मलाई यो समस्याले सतायको छैन र भोलिको दिनमा यो समस्या पर्ने पक्का छ । आज भन्दा ४ वर्ष अगाडी एउटा कोठाको भाडा धेरैमा १५०० थियो तर अहिले ४ हजार देखि ५ हजार भनिन थालियो --यो त अति भएनर । ४ वर्ष अघिको तुलनामा एउटा कोठाको भाडा धेरैमा २५०० हुनु पर्छ । सरकारी तलब १२ हजार - निजि क्षेत्रमा काम गर्ने धेरैको तलब भनेको १० हजारको हाराहारीमा हो --अब एउटा कोठाको ४-५ हजार भदा तिर्नु पर्ने भय पछि के गरि बस्ने । यसै बिसयलाई लियर मेरो एफएमले प्रतेक बिहीबार कार्यक्रम चलाउदै आयको रहेछ र मैले जानकारी पायसम्म यो अत्याचार बिरुद्ध संगठन पनि खुली सकेको रहेछ --खुसिको कुरा आसा गरौ सरकारले यस बिसयमा छिट्टै नै बिसेस ध्यान दिने छ । भोलिका दिनमा आन्दोलन गर्नु पर्ने अवस्था सिर्जना नहोस , र सरकार सामु यो कुरा पुगीसकेको पनि छ -

गोगलले देखैदीयो नेपाललाई भारत मा लू हेर्नोस ...........


दुध कसलाई धेरै जरुरत छ ...


Friday, April 26, 2013

भारतीय पर्यटक महाचोर

भारतीय पर्यटक महाचोर, अमेरिकी पर्यटकले टावेल चोर्छन् विश्वमा कुन देशका पर्यटकहरु सबैभन्दा बढि चोर होलान् ? घुम्न जाने बहानामा चोरीचकारी गर्ने तथा आफु बसेकै होटलबाट पनि विभिन्न खाले सरसामान चोर्ने काम कुन देशका पर्यटकले बढि गर्छन् होला ? पछिल्लो अध्ययनले विश्वका चोर पर्यटकको सूचिमा भारतीय पर्यटकहरु तेश्रो स्थानमा रहेको देखाएको छ । विश्वव्यापी रुपमा गरिएको एक सर्भेक्षणले ३८ प्रतिशत भारतीय पर्यटकले आफु घुम्न गएको ठाउँ वा देशमा बसेको होटलका विभिन्न सामान चोर्ने गर्छन् । होटेल्स डक कम नामक साइटले उक्त अनलाइन सर्भेक्षण अनुसार विश्वमा सबैभन्दा धेरै चोर पर्यटक कोलम्बियाका रहेका छन् । सयमा ५७ जना कोलम्बियाली पर्यटकले आफु बसेको होटलबाट केही न केही कुरा चोरेकै हुन्छन् । चोर पर्यटकको दोश्रो स्थानमा मेक्सिकन पर्यटक रहेका छन् । तथ्यांक अनुसार ४० प्रतिशत मेक्सिकन पर्यटकले चोरी गर्ने गर्छन् । सर्भेक्षणले पर्यटक बस्ने होटलबाट सबैभन्दा बढि चोरी हुने वस्तुमा पत्रपत्रिका तथा किताब रहेको देखाएको छ । सर्भेक्षणका क्रममा विश्वका ३५ प्रतिशत पर्यटकले आफु बसेको होटलबाट कुनै न कुनै चिज चोर्ने गरेको देखिएको छ । विश्वमा सबैभन्दा इमान्दार पर्यटक डेनमार्कका पर्यटक देखिएका छन् । ८८ प्रतिशत डेनिस पर्यटकले यस्तो चोरी कार्य गर्दैनन् । यस्तै ३४ प्रतिशत अमेरिकी र चिनीया पर्यटक चोर रहेको देखिएको छ । अमेरिकी, इटालियन, क्यानेडाली तथा हंगकंग र स्विडेनका पर्यटकले आफु बसेको होटलबाट टावेल चोर्न रुचाउँछन् भने चिनिया पर्यटकले बढि चोर्ने वस्तुमा घडी, ल्याम्प तथा कलात्मक चित्र लगायतका वस्तु रहेका छन् ।

भाडावालको जिन्दगी - १

बुबा आमाबट अलग्गिएपछि पटकपटक गरी भाडामा बस्न थालेको १७ बर्ष भएछ । काठमाण्डौ खाल्डो र आसपासमा आफ्नै कमाईबाट घरबासको व्यवस्था नभै सकेको र हुने संंभावना पनि कमै भएकोले यसै भन्न सकिन्न अझै कति बर्ष यसरी नै बित्छ जिन्दगी । यसो हिसाब गरेको इटहरी र सोलुखुम्बु बाहेक काठमाण्डौमा मात्रै भाडामा बसेका स्थानहरु जोड्दा १० पुगेछ । त्यसमध्ये आधाजति स्थान जेठो दाजुले जोहो गरेका कोठा र प्mल्याटमा बिते भने बाँकी ५ स्थान आफैले खोजेका र भोगेका परेछन् । सोलु र इटहरीको भाडाको बसाई रहर र बाध्यता दुवै थियो । घर, घरवेटी, पानी, बिजुली, फोहोर व्यवस्थापन र रहनसहन अनि त्यसले घरवेटीलाई पार्ने प्रभाव, एउटा भाडामाबस्नेको १६ बर्षे भोगाईमा आधारित यो लेखका प्रमुख सवाल हुन् ।

‘हेल्लो, हेल्लो, हेल्लो... ‘ १७ बर्ष अगाडिको कुरा हो । एसएलसीको नतिजा सार्वजनिक भएको दुई दिनपछि बल्ल गाँउमा थाहा भयो नतिजा प्रतिकुल आएको थियो । भोलिपल्ट बिहानै भालेको डाकसँगै मेरा पाइलाले घरको जघाँर पार गरे । “गाउँमा बस्नु भन्दा सत्रुका अगाडि मुख नदेखाउनु नै राम्रो हो, जा दाजु छ त्यसैले केही गर्छ अब,” बुबाले भैसी गोठ जानुअघि मलाई बिदा गर्दै भनेका शब्दहरु अहिले पनि मनमा गाडिएर बसेका छन् । भोजपुरको भुल्केबाट २ दिन हिडेर चतरा हुदै इटहरी पुग्दा मामा घरकी हजुरआमाको देहवसान भैसकेको थियो । इटहरीबाट त्यही दिनको रात्रीबस चढेर भोलिपल्ट बिहान ९ बजे कलंकी झरेर जीवनमै पहिलोपल्ट फोन छोएको क्षण डर र उत्सुकताले भरिपुर्ण थियो । पसलवालाले नम्बर थिचेर मलाई बोल्नु त भन्यो तर कहिल्यै फोन नदेखेको मान्छे पहिलोपल्ट फोन कानमा लगाउने बित्तिकै भन्न थालेछु हेल्लो हेल्लो हेल्लो ... कोही बोलेन त भनेर साउजीलाई फोन फर्काएपछि पो थाहा भयो घण्टि गइरहेको थियो तर उतातीर फोन उठेको थिएन । एकछिन् पछि ताहाचलबाट लिन पुग्नु भएको दाजुको मोटरसाईकलमा डराउँदै बसेर पुगेको घर थियो काठमाण्डौमा मेरो दोश्रो डेरा अनुभव । यसअघि ४९ सालताका केही दिनको घुमाईको लागि पहिलोपटक काठमाण्डौ टेक्दा कालिमाटीमा बसेको थिए जहाँबाट दाजु भाउजुले जाउँभनेको स्थानमा जान बाहेक म कहिल्यै डेराबाट बाहिर निस्किन सकिन । कारण थियो, म ९ बर्षको हुदाँ राजबीराजमा हराएको थिए, त्यसैले काठमाण्डौका गल्लिमा एक्लै हिड्न मलाई प्रतिबन्धजस्तै थियो ।

पानी, बिजुली, फोहोर, रहनसहन र उठबसः घरबेटी र भाडावालको सम्बन्धलाई सुमधुर र प्रतिकुल बनाउने मुख्य तत्वहरु हुन् जस्तो लाग्छ । स्थान ताहाचल, घर थियो तीनतलाको । ताहाचलमा बस्दा स्टोभमा खाना पकाउनु पर्ने । भाउजु सानो दुर्घटनामा परेपछि खाना पकाउने जिम्मा मेरो हुन्थ्यो । उत्तिस, पात्ले र गुराँसका सुकेका दाउरा हुर्र बाल्दै अगेनामा आगो बाल्ने हातले स्टोभ बाल्न सिक्न पनि कम्ता धौ हुन्थेन । सबभन्दा डर त्यतिबेला हुन्थ्यो जतिबेला किचन नजिकैको भर्याङमा महिला चप्पल बज्दै ओहोर दोहोर गर्थे । “स्टोभ बालेर घर त कालै मसान नै बनाउने भए, कस्ता मान्छेलाई भाडामा लाइएछ,” घरकी मालिक्नी जसको ब्लड प्रेसर उच्च थियो प्यारप्यार कराउँदै म फुच्चेको समेत प्रेसर उच्च बनाउँथिन् । “ए बाबु, पानी त्यसरी पोख्ने हैन, हेर हेर फोहोर पनि कत्ति पार्न सकेका, ल हेर घर त कालै भएछ, स्टोभमा नपकाउ भन्या हैन तिमेरलाई?, ओहो हेर हेर, कस्ले चप्पल भित्र ल्यार आको, यसो गर्नु हुन्न बुझेउ” नेवारी लवजमा साउनीको यस्तै फतफत नसुनेको दिन कान पनि छक्क पर्थे ।

कुरो नरदेवीको । कोठामा एक्लै थिए । दाजुको हैसियत स्टोभबाट एक खुड्कीला माथि चढेको थियो । मट्टितेलबाट चल्ने अलिक परिष्कृत चुल्हो प्रयोगमा थियो । स्पष्ट सम्झना नभएपनि चाइनीज थियो जस्तो लाग्छ त्यो चुल्हो । सिकारु नै थिए । एकदिन बाल्नमात्र के थालेको थिए चुल्होबाट निस्केको कालो धुवाँले कोठा भरियो । काठको भर्याङमा मानव आकृती हिडेको स्पष्ट आवाज नजिकै आइपुग्यो । “लौ हेर कोठा त बर्वाद भयो नी, ए बाउ, त्यसलाई राम्ररी बाल, कालो भयो कोठा,” “हुन्छ हजुर बल्दैछ तर धुवाँ धेर आयो ।” “ल यसरी बाल्नु हुन्न, कोठा कालो हुन्छ हेर त धुवाँ आएको?” “एकछिनमा ठिक हुन्छ हजुर, बल्दैछ ।” “ओ हो बर्वादै भयो नी, कोठा त खत्तम, ए बाउ त्यसलाई राम्ररी बाल, किन धुवाँ बनाएको?” घर मालिक्नीको एककोहोरो रटान बन्द नभएपछि चुल्हो निभाएर भन्नै पर्यो “हस हजुर बन्द गरे, अब पकाएर पनि खान्न, बाहिर गएर खाएर आउँछु ढुक्क हुनु तपाईको घरमा चुल्हो बल्दैन अब ।” रिसले अनुहार रातो नै भएपनि हाँस्दै बाहिर निस्कनुको अर्को बिकल्प थिएन त्यो दिन ।

घरबेटीले मुलढोका बन्द गर्ने र भाडावालको फिर्ने समयको तालमेल नहुनु भाडावालको जिन्दगीको अर्को महत्वपुर्ण हिस्सा हो । स्थान बिजुलीबजार । रातको १० बजेपछि मुलगेट बन्द हुन्थ्यो । जसरी पनि १० बजे अगाडि नै पुग्नु पर्ने । गेटमा भित्रबाट पनि चाबी लाग्ने भएकोले तीनतले घरमा बस्ने सबैसँग चाबी हुन्थेन । एकदिन घर आउन अलि अबेर भयो । कुनै हालतमा ढोका खुलेन । रातको ११ बजेको हुदो हो । न कसैको फोन थियो न त फोन गर्ने ठाउँ नै । रात बिताउनका लागि कि त गेटमै भुईमा सुत्नुपथ्र्यो कि होटल जानु । गोजीमा पैसा नहुनुको पिडा त्यो दिन भोग्नु पर्यो । केही नलागेपछि सडकमा आएर हिड्दै हिड्दै कोपुण्डोल पुगे । म काम गर्ने अफिसको गेट र अफिस तलाका कोठाको चावी गोजीमा नै थियो । सरासर अफिस कोठामा पुगेर कुर्सी र टेवलमा सुते । त्यो रात त्यसरी नै बित्यो । भोलीपल्ट बिहानै कोठामा पुग्दा मुलगेट खुलिसकेको थियो ।

बिजुली बजारमै एकरातको घटना । पुरै फ्ल्याट लिने हैसियत हाम्रो थिएन । त्यहाँ अरु पनि बस्थे । भर्खर रंङ्गिन टिभी भित्रीएको बेला निकै अबेरसम्म टिभी हेरिन्थ्यो । दाजु बाहिर गएको बेला थियो । कसैले ढोका ढक्ढकायो । खोलेको मात्र के थिए, जिब्रो बटारिएको भावभंगीमा लर्बरिदै एकजना मान्छे करायो, “मेरो कोठामा किन पसेको? चोर्न आको? पुलिसलाई बोलाउ?” छक्कपर्दै एकछिन सवाल जवाफ गरेपछि थाहा भयो उ हाम्रो छेउको कोठामा बस्थ्यो, त्यो रात टन्न रक्सी पिएर आएकोले गर्दा उसले आफ्नो कोठा नचिनेर हाम्रोमा आइपुगेछ ।

बिजुलीबजारमा रहँदा नै हो मैले निर्णय गरे अब एक्लै वा साथीसँग बस्छु । त्रिपुरेश्वरमा अफिस भएकोले नजिकै कोठा खोज्ने मनसाय थियो । घुम्दै जाँदा टेकु पुगे । एउटा घरमा कोठा खाली भएको पत्तो पाएपछि नसोधी भएन भनेर त्यो घरमा पुगे । अधबैसे लोग्नेमान्छे रवाफिलो शैलीमा प्रकट भयो । नामदेखि कामसम्म उमेरदेखि शिक्षासम्म उसले सोधेका प्रश्नको उत्तर रिठ्ठो नबिराईकन दिए । अन्तमा उसले भन्यो रुम त छ तर भाईलाई नदिने । केही दिनपछि उसको घरनजिकै कोठा भेटियो । केही दिनमा थाहा पाए त्यो मान्छेले कोठा नदिने कारण त उसकी श्रीमती रैछन् । पहिलेकी बितेर हो की क्या हो उसले आफुभन्दा आधा उमेर कान्छि केटीलाई बिहे गरेको रैछ । उसको छिमेकीले भन्थ्यो जो आउँछ भाडामा बस्न उसले पहिले उमेर सोध्छ रे । तर भाडामा कोठा चाँही कसैलाई दिएको छैन ।

टेकुकै अर्को घटना । साथी दिपेन्द्र र मैले जीवनमा पहिलोपल्ट मादक पदार्थ सेवनको योजना बनायौ । प्रदर्शनीमार्गको दिपेन्द्रको पसलबाट निस्कँदा साझ छ बजेको थियो । टेकु चोकमा पुगेर १ केजी कुखुराको मासु र गीलमेरी एक क्वार्टर बोकेर डेरा पुग्यौ । मासु पकाउन सौखिन दिपेन्द्रले कोठाका सबै झ्याल खोलेर पकाउन थाल्यो । चिकेनको वास्ना वरिपरी फैलिएरै हो की गर्मि भएर हो पल्लोकोठाको ढोका खुल्यो । ठुलै स्वर भएको तराईतीरको मान्छे सपरिवार बस्थ्यो त्यो कोठामा । बुढाबुढी नै निस्केर गफीन थाले । एकछिनपछि अलि पर कोठा भएको अर्को परिवार पनि निस्कियो । हामी आफ्नै धुनमा मख्ख । मासु र गीलमेरी खाने योजनामा हामीलाई बाहिर मानिस किन उठे भन्ने चासो थिएन । पकायौ, खायौ, झ्याल बन्द गर्यौ, सुत्यौ । सधै मज्जाले बोल्ने पल्लो कोठाकी दिदी भोलीपल्ट बिहान बोल्दै बोल्दिनन् । दाईहरु मुख फुलाएर हिड्न थाले । आफुले बोलेको कुरामा वेवास्ता गर्नेक्रम बढ्दै गएपछि कारण जान्न कोशीस गरे । उनीहरुलाई अघिल्लो रात देखाएर मासु पकाइयो तर खान चाँही नबोलाएको कारण पो रिसाएका रहेछन् उनीहरु । त्यही कारणले गर्दा टुकेको मेरो बास मैतिदेवी सर्यो ।

तत्कालिन राजा वीरेन्द्रको बंशनासको हल्लाले केही दिन म मात्र हैन सिंगो काठमाण्डौ नै अन्यौलमा थियो । तत्कालिन युवराज दिपेन्द्रको मृत्युपछिका केही दिन तनावग्रस्त थिए । कफ्र्युको बिचमा उनको शबयात्रा भएको थियो । त्यसपछि पनि केही दिन कहिले पुरा दिन त कहिले केही समय कफ्र्यु लाग्थ्यो । एकदिन कफ्र्यु खुलेको मौका पारी हामी रेडियो सगरमाथा बखुण्डोलमा भेला भएका थियौ । त्यहाँबाट ननिस्कीदै फेरी कफ्र्यु लागिहाल्यो । त्यो रात रेडियो सगरमाथामा नै सुतियो । भोलिपल्ट १२ बजेतिर आफ्नो कोठा मैतिदेवी पुगे । कोठाको ढोका तोडिएको थियो । कोठा खुल्लै थियो । चोर पसेको आशंका थियो तर कुरो अर्कै परेछ । भएको के रहेछ भने कफ्र्युको बेला मैतिदेवी चोकमा कसैले प्रहरीलाई ढुंगा हानेर भागेछ । प्रहरी पनि के कम, खेद्दै गयो । चोकबाट नजिकै भएकोले भाग्ने मनुष्य म बसेकै घरमा छिरेछ । प्रहरी पनि आइपुग्यो । एउटा फ्ल्याटमा हामी बिद्यार्थीमात्र बस्थ्यौ । सबैका ढोकामा पुलिस पुग्यो र खोल्न अह्रायो । तर मेरो ढोका खुलेन । भाग्ने मान्छे त्यही भित्र छ भन्ने आंशकाले प्रहरीले ढोका फोर्यो तर केही नभेटेपछि प्रहरी फर्कियो । घरवेटीले ७÷८ सय खर्चेर ढोका त बनायो तर भाडा असुल्ने बेला त्यसलाई पनि भाडामा जोडेर मैबाट असुल्यो ।

२०५८ सालमा काठमाण्डौ छोडेपछि ४ बर्ष पुर्ण रुपमा काठमाण्डौ बाहिर नै बिते । सोलु र इटहरीमा भाडामा नै बसेपनि उल्लेख्य र स्मरणीय कुनै घटना भएनन् । हामी बसेको घरमा बाहिरबाट चुकुल लगाएर प्रहरी र सेनालाई माओवादीले घायल पारेको घटना नै अविष्मरणीय रह्यो सोलुको डेरा बसाईमा । त्यो बेला काठमाण्डौ आउजाउ गर्दा बुद्धनगरमा थियो दाजुको फ्ल्याट त्यतै बसिन्थ्यो । तीन तलामाथिको फ्ल्याटमा जानका लागि जमिन तलादेखि नै जुत्ता चप्पल खोलेर हातमा बोक्दै जानुपथ्र्यौ । त्यस्तो बेलामा पनि घर मालिक्नीको रुखो व्यवहार यतिसम्म हुन्थ्यो की जुत्ता चप्पल हातमा बोकेर जानु पनि अपराध गरे सरह हुन्थ्यो । उनको बीचारमा जुत्ता चप्पलको स्थान जमिन तलामा नै हुनुपर्छ तर अचम्म त्यहाँको मुख्य प्रबेशद्धार २४ घण्टा खुला हुन्थ्यो । चारतलामाथि चेनगेटमा सुरक्षित घरवालालाई भाडामा बस्ने र उनका सामानको सुरक्षामा किन मतलब होस् पनि । घरवेटीहरु त्यही बाटो हिड्ने, जुत्ता चप्लल भिरेर निष्फिक्री हिड्थे, यस्तो लाग्थ्यो भाडावालका जुत्ता चप्पललेमात्र फोहोर बोक्थे ।

२०६२ सालमा काठमाण्डौ फर्किने निर्णय गरियो । धुइपाताल खोज्दा पनि भनेजस्तो कोठा भेटिएन । भक्तपुरको लोकन्थलीमा एउटा फ्ल्याट भेटियो । सस्तो रहेछ । नजिकैको फर्निचर पसलबाट एउटा पलङ किनेर लगेर ओछ्याइयो र केही दिनभित्रै सर्ने योजना पनि बन्यो । कार्पेट बिछ्याउने काम पनि भयो । तर लोकन्थली बस्न दुवै जनाको मनले मानिरहेको थिएन । यस्तै अबस्थामा भैसेपाटीमा एउटा सिंगो घर भेटियो । खुबै मन पर्यो । भक्तपुरको फ्ल्याटलाई दिएको बैना रकम समेत माया मारेर पिकअप भ्यानमा पलंग र कार्पेट बोकेर भैसिपाटी पुगेपछि पैसा गुमाउँदा भन्दा पनि भनेजस्तो घर पाउँदाको आत्मसन्तुष्टि बेग्लै थियो ।

लामोसमय भैसेपाटीको बसाई अत्यन्तै सुखद थियो । तर जतिबेला घरवेटी जागिरबाट फर्केर घर थप्ने र बिहे गर्ने योजना बनाउन थाले घर बनाउँदा हुने सम्भावित धुलो र बालुवाको असर नवजात छोरामा पर्ने डरले त्यहाँबाट सर्नका लागि भाईसमेतको सक्रियतामा उचित स्थानको खोजी तीब्र हुनथाल्यो । धोवीघाटमा राम्रो ठाउँ भेटियो । शुरुका केही दिन त रमाईलै बिते । तर बस्दै जाँदा थाहा भयो घरवेटीको हस्तक्षेप नचाहिदो किसिमले बढिरहेछ । “जुत्ता त्यहाँ नराख, त्यो ढोका नखोल, लुगा किन धोएको? यतिका लुगा किन लाउनु पर्यो मैलीने गरी?” सुन्ने नसुन्ने गरी  नियमित जस्तो चियो र चर्चो हुन थाल्यो । आगँनमा भर्खरै बामे सर्दै गरेको छोराको उपस्थिती पनि असह्य हुन थाल्यो साउजीलाई । इटहरीबाट बुबा आउनु भएको, वहाँको बिहानै उठेर नुहाउने बानी, तर तल धारा खोलेको थाहा पाएपछि पानीको मुहान (माथिबाट झर्ने) नै बन्द गर्दिने । टाउको र जिउमा सावुन दलेर पखाल्न नपाउदै बुबा निस्कनुहुन्थ्यो । यस्तो कैयोचोटी भयो । अचाक्ली भएपछि एकदिन झगडै भयो । जुन दिन झगडा भयो त्यही दिन त्यहाँबाट सरेर अहिले जहाँ बसिन्छ त्यहाँ पुगेको छ भाडावालको जिन्दगी ।

Thursday, April 25, 2013

समाचार बनाई पो लेख्न थाल्यो

महत्व के दिएथेँ टाउको पो टेक्न थाल्यो
खुलेर के बोलेथे अश्लील पो देख्न थाल्यो
गरे जति प्रश्नको जाने जति दिएँ उत्तर
त्यसैलाई समाचार बनाई पो लेख्न थाल्यो
कोमल मन मेरो सकेसम्म गरे सहयोग
हिजो आज हिँडने बाटो पो छेक्न थाल्यो
पेटलाई लात हान्दिन सम्म भन्न पाइन
विषाक्त शब्दको रापले पो सेक्न थाल्यो
जातोमा पिन्दा नि सहे, कमजोर ठानेर
सोझोपनको फाईदा उठाई पो हेप्न थाल्यो ।

मेक्सिकोमा शिक्षकबाट राजनीतिक दलका कार्यलयमा आक्रमण

२५ अपिल । मेक्सिकोमा शैक्षिक सुधारको विरोधमा उत्रिएका शिक्षकहरुले राजनीतिक दलको कार्यालयहरुमा आक्रमण गरेका छन् ।
maxicoदक्षिण पश्चिमी गुएरेरो राज्यमा रहेको सत्तारुढ दल पिआरआइको मुख्यालय तथा विपक्षी दल पिएएन र पिआरडीको कार्यालयमा शिक्षकहरुले आक्रमण गरेका हुन् । त्यस्तै शिक्षकहरुले संसद कार्यालय र राज्यको शिक्षा विभागको भवनमा पनि आक्रमण गरी कागजपत्र जलाइदिएका छन् ।
राजनीतिक दलले शैक्षिक सुधारका नाममा नागरिकलाई धोका दिएको भन्दै सरकार विरुद्ध नाराबाजी र भित्ते लेखन समेत गरेका छन् । सरकारले शैक्षिक क्षेत्रको सुधारका नाममा शिक्षकको संख्या कटौती गर्ने र शैक्षिक व्यवस्थालाई निजीकरण गर्ने प्रयासमा लागेको आरोप लगाउँदै आफूहरु विरोधमा उत्रिएको जनाएका छन् ।
मेक्सिको सरकारले शिक्षकको केन्द्रिकृत मूल्यांकन र शिक्षा प्रणालीमा भ्रष्टाचार अन्त्य गर्ने उद्देश्यले शैक्षिक सुधार कार्यक्रम लागू गरेको थियो ।

Tuesday, April 23, 2013

एउटा युग

घामका पाईलाहरू डुब्दा डुब्दै
अंधेरीको रात जाग्छ
हुँदा हुँदै
प्याला भरी भरी पँधेरीको मात लाग्छ
यसरी नै पिउदा पिउदै सधैँ सधैँ
एउटा युग रितिइदिन्छ
यसरी नै जीउदा जीउदै सधैँ सधैँ
एउटा युग बितिदिन्छ
फेरी
उही धरातलमा
नयाँ सृष्टिका टुसारोहरू पलाउछन
ओभानो छहारीको बास खोज्दै
अनि
विहानीको झुल्के घामसँगै
एउटा नवीन कथाहरूको संगालो बन्न
एउटा नवदिनको सुरूवात हुन
सधैँ झै
उही माँटो उही हावा उही पानी माथि
सलबलाइरहन बर्बराइरहन
पैसै पैसाको सपना बोकेर
मान्छे मान्छेको बीच
मन मन्दिरहरूमा चहार्दै हिड्छ
पाउँदा खुशी नपाउँदा दुखी
कहिले बारीका पाटाहरूमा
कहिले समुद्रपारिको डाँडाहरूमा
यसरी नै बित्छ दिन र रात छटपट्टाईहरूमा
कोही ऐश आरामको जिन्दगी गुजारछन
कोही नयाँ वस्ती बसाउछन
आफ्ना आफनै
भाग्यरेखा लेखाउछन ( कोर्छन ) यहाँ
आफ्ना आफनै
कर्मथलो बनाउछन यहाँ
जसरी समयको पहिचाँन हुन्छ
त्यसरी नै
एउटा मान्छेको अस्तित्व बन्छ यहाँ
प्रत्येक पिंडीका गिन्तीहरू
नयाँ पुष्पहारहरूमा
नयाँ गन्तव्यका स्थानहरूमा
निरन्तर उनीन्छन
निरन्तर मोडिन्छन
मूल बाटोका हाँगाहरू
हजारौ दोबाटो र गल्लीहरूमा परिर्वतन भए जस्तै
जीउदो पानीका मुहानहरू
स साना खोलानालाहरूमा अबिरल बदलिए जस्तै
यसै गरी एउटा युगले कोल्टे फेर्छ
फेरि अर्को नयाँ युग उदाउनलाई

Monday, April 22, 2013

देश रोज्ने कि स्वास्नी र सन्तान ? - संकेत कोइराला


भगवान् श्रीकृष्णको नेतृत्वमा महाभारत युद्ध सम्पन्न भयो । युद्ध सकिएको खुसीमा आफ्नै सक्रियतामा अश्वमेघ यज्ञ लगाए । त्यसै पनि द्वारका राजनीतिको प्रमुख केन्द्र । ऋषि महषिर्हरू ज्ञान आर्जन र राजा महाराजाहरू सहयोग सल्लाह माग्न कृष्णकहाँ धाउँथे । विकासले विनास निम्त्याउँछ भने भै+m परिवर्तनसंगै श्रीकृष्णका कारण यदुवंशीहरूमा घमण्ड बढेको थियो । फूर्ति, ढाँचा र अनावश्यक विषयमा मानिस लठ्ठएिका थिए । सबैमा विलासिता बढ्न थाल्ोको थियो । ध्यान चिन्तनभन्दा सुख सयलमा मानिसको आकर्षण देखिन्थ्यो । राम्रो लाउने र मिठो खाने लोभले समाज ग्रस्त बन्दै गएको थियो । विद्वान, त्यागी तपस्वीहरू हेपिन थालेका थिए । द्वारकाबासी दिनप्रतिदिन उत्ताउला र कर्तव्यच्यूत बन्दै गएका थिए । यस्तैमा एकदिन अनौठो घटना घट्यो । ऋषि महषिर्हरू भेला भएर लोक र परलोकका विषयमा बहस गरिरहेको ठाउँमा हुल्याहा केटाहरूले कृष्णका छोरा साम्बलाई महिलाको लुगा लगाइदिए । अनि अपमानजनक शैलीमा ऋषि महषिर्का अगाडि लगेर प्रश्न गरे- 'यो महिला छोरो पाउन चाहन्छे । यसको पेटमा के छ ? मन्त्रशक्तिको आधारमा बताइदिनु पर्‍यो ।' यस्तो हेपाहा प्रवृत्तिबाट ऋषिहरू क्रुद्ध भए । गर्भको रहस्य बताउन सक्ने तागत थिएन । अपमानबाट आगो भएका दुर्वासा ऋषिले तत्काल श्राप दिंदै भने- 'साम्बबाट तिमीहरू सबैलाई मार्न एउटा मुसल जन्मन्छ । त्यो हतियार यदुवंश नासको कारक बन्नेछ ।' यस्तो सुन्दा सबै तर्सिएर भागे । घटनाक्रम थाहा पाएका कृष्ण पिता वासुदेवले त्यो मुसल नष्ट गरेर पानीमा बगाइदिन अर्‍हाए । तिनै हुल्याहा केटाहरूले मुसल घोट्दा घोट्दा बाँकी रहेको सानो हतियार जे त होला भन्ठानेर त्यसै पानीमा मिल्काइदिए । हेपेर मिल्काइएको त्यही टुक्रा भविष्यमा बढ्दै गएर अन्त्यमा भगवान् श्रीकृष्णको इहलीला अन्त्यको कारण बन्यो । नियतिले नेपालको राजनीतिलाई पनि महाभारतको त्यही दृश्यसंग मेल खाने अवस्थामा पुर्‍याएको छ । राजनीतिको बर्को ओढाएर जात, धर्म र भूगोलका नाममा रोपिएका नर्सरी विरुवा अब तिनै मालीहरूका लागि मुसल बन्ने निश्चित छ । जसरी कहिल्यै ननुहाउने गाई पूजाको लागि योग्य र सधैं नुहाउने भैंसी पूजाका लागि अयोग्य हुन्छ, त्यसैगरी जनताका नाममा तिनै जनता उभिने धरातलमाथि दुर्भावनाका गैंती चलाउने धोकाधडीहरू अब सधैंका लागि बन्द हुँदै जाने पक्का छ । एउटा बिग्रेको घडीले पनि दिनमा दुईपल्ट एकुरेट समय दिन्छ तर जनताका पुजारी मानिने नेताहरूले वर्षमा एकपल्ट पनि पुण्यको काम गरेनन् । न आफू जाने, न अरुले भनेको नै माने । आर्यघाटदेखि सिंहदरबारसम्मलाई दलालीको अखडा बनाएपछि उनीहरू पानीमाथिको ओभानो भएर बसेका छन् । उनीहरूका लागि सत्ता अंगुर नपाएपछि अमिलोको बहाना बनाएर बसेको बाँदरको मनोविज्ञान जस्तै भएको छ । हात उठाएर सरकारी जागिरेलाई मुलुकको साँचो सुम्पिएपछि तिनीहरूको दैनिकी खेलो हराएको फलामकर्मीको जस्तो भएको छ । जसरी दान दिएको गाई फिर्ता लिन मिल्दैन त्यसरी नै नेताहरूका लागि सिंहदरवार पनि फुत्किएको जनैको साँच्ाो बनेको छ । यद्यपि देश चलाउने मुखिया बनेका सरकारी हाकिमहरूका अगाडि नेताहरू शिरमाथिको तरबार बन्न छोडेका छैनन् । नेताहरूको नजानिँदो धम्की र उपस्थिति टाट्नामा मिठो घाँस भएपनि अगाडि बाघ देखेपछि जिउ हाल्न नसकेको बोकासरह भएको छ । बरु आफ्नो कोटामा मन्त्री भएकाहरूबाट अहिलेसम्मका सम्पूर्ण क्षतिपूर्तिका विल भर्पाई चुक्ता गराउने मनसुवामा नेताहरू लागेको बुझ्न कठिन छैन । हुन पनि हो बाघले शिकार गर्ने हैसियत गुमाएपछि फट्याङ्ग्राको शिकारमा चित्त बुझाउनु उसको बाध्यता बन्छ रे ! चाणक्यले भनेका छन्- 'जसको गुण आफूलाई थाहा छैन, त्यस्ता मानिसको सेवा बुद्धिमानले गर्नु हुँदैन । किनभने यसो गर्नु बाँझो खेत जोत्नुजस्तै हो । यसबाट फल निस्कँदैन ।' वर्तमान सत्ताका सारथी यस विषयमा सचेत हुन जरुरी छ ।
एउटा मन्दिर बनिरहेको ठाउँबाट एक भिक्षु कतै गइरहेका थिए । त्यहाँ तीनजना ढुंगा फुटाउने काम गरिरहेका थिए । पहिलोलाई भिक्षुले सोधे- 'मित्र, के गरिरहनुभएको छ ?' काँचै टोकौंला भै+m गरेर उत्तर दियो- 'देख्नुहुन्न, तपाईंको आँखा छैन ? म ढुंगा फुटाउँदैछु ।' ऊ आक्रोशित र क्रुद्ध थियो । किनकी पत्थर तोड्नु त्यसै पनि आनन्दको काम हैन । त्यसपछि महात्माले अलि उता रहेको व्यक्तिलाई त्यही प्रश्न दोहोर्‍याए । उसले नम्र तर विरक्ति शैलीमा जवाफ फर्कायो- 'बच्चाको लागि रोटी कमाउँदै छु । खै जति गरे पनि कहिल्यै सुखको घिउ लाग्ने भएन ।' उसमा आक्रोस कम तर उदासिनता बढी थियो । तेस्रो व्यक्तिलाई यही जिज्ञासा राख्दा मुसुक्क हाँसेर जवाफ दियो- 'देख्नुहुन्न महाशय, म भगवान्को मन्दिर बनाइरहेको छु !' एउटा आक्रोस, अर्को उदासिन र अर्को आनन्दित व्यक्ति एउटै काम गर्नेमा देखिन्छ । आत्मीय प्रेम, सद्भाव र बन्धुत्व द्रौपदीको सारीजस्तै समाजबाट चिरहरण हुँदै गएको छ । सवैथोकको जड आखिर त्यही दृष्टिकोण त रहेछ । दृष्टिकोणलाई फराक र सकारात्मक बनाउन सके समस्या समाधानको बाटो पहिल्याउन सहज हुनेछ ।
अहिले पाइला पाइलामा महँगो शिक्षाले सस्तो व्यवहारलाई प्रश्रय दिएको छ । घर-घरमा असन्तुष्टिको आगो सल्किएको छ । कोही कसैसंग सन्तुष्ट छैन । सामाजिक सद्भाव यसरी खल्बलिएको छ कि एउटा पुस्ताले अर्को पुस्तालाई निषेध गर्ने अचम्मको संस्कार भित्रिएको छ । नातिले हजुरबाको अभिभावकत्व ग्रहण गरेको विरलै देख्न पाइन्छ । टुकुटुकु हिँड्ने सन्तानलाई दरिलो टेको दिएर उभ्याउने अघिल्लो पुस्ताका हातहरूमा अहिले नाति र छोराको हात नभएर निर्जीव लाठी जीवनको अन्तिम सहारा बनेको छ । क, ख, एबिसिडी बनाउनेहरू पक्कै पनि निरक्षरी थिए । तर तिनै अपठितहरूले बनाएको बार्‍हखरी पढेर आफूलाई स्वघोषित मूर्धन्य ठान्नेहरूले न ए अगाडि केही पत्ता लगाउने सके, न ज्ञ पछाडि केही खोज्न सके । राम्रो विचारले कालान्तरमा राम्रै कर्मको जन्म दिन्छ । त्यागको अभिमान धनको अभिमानभन्दा खतरनाक हुन्छ । गौतम बुद्ध मूर्ति पूज्ााका विरोधी थिए । तर कालान्तरमा विश्वभर लाखौं उनैका मूर्ति बनाइए । प्रत्येक मानिस बुद्ध हो । मात्र फरक भगवान् गौतम बुद्ध उठेका बुद्ध हुन् भने हामी सुतेका बुद्ध । हरेक मानिस जागृत हुने हो भने बुद्धत्व प्राप्त गर्न सक्छ । गाई जुनसुकै रंगको किन नहोस दूध त सेतै हुन्छ नि !
भनिन्छ- आशावादी मानिसले जहाज बनाउँछ, निराशावादीले प्यारासुट बनाउँछ । यी दुवै नगर्ने मानिस जमिनमा आलोचना गरेर बस्छ । अबको हाम्रो बाटो के हो ? निर्धारण हुनु जरुरी छ । समय अनुसार मान्यता फेरिन्छ । मानिसको सोचमा परिवर्तन आउँछ । त्यही आस्थाले ढुंगालाई देउता बनायो । मानिस स्वयं कमजोरी र महानताको संयोग हो । कमजोरी सच्याउनु र महानता छर्दै जानु उसको मानवोचित कर्तव्य हो ।
राजा विक्रमादित्यले एकपल्ट कालिदाससंग भने- 'तिमी विश्वका महान साहित्यकार र बुद्धिजीवी मध्येमै सर्वश्रेष्ठ मानिन्छौ । तर त्यो अनुरूप तिम्रो रूप, शरीर कालो र कुरूप छ ।' यो सुनेर कालिदास त्यतिबेला केही बोलेनन् । एकदिन राजा विक्रमादित्यलाई ज्यादै तिर्खा लाग्यो । कालिदासले राजाका लागि माटो र सुनको दुईवटा भाँडोमा पानी ल्याएर भने- 'महाराज ! यी दुई भाँडामध्ये कुन भाँडाको पानी पिउन चाहनुहुन्छ ?' राजाले भने- 'माटाकै भाँडाको पानी शीतल छ । त्यसैले म त्यही पिउन चाहन्छु ।' मौका यही हो भन्ठानेर कालिदासले पालाको पैंचो तिरे- 'महाराज, जसरी शीतलता भाँडाको सौन्दर्यमाथि निर्भर गर्दैन, त्यसरी नै बुद्धि र हार्दिकता पनि शरीरको सौन्दर्यमाथि निर्भर गर्दैन ।'
दुःख बटुलेर सुख खोज्नेहरू समयको बाली टिप्न नजान्ने बज्रस्वाँठ हुन् । यिनीहरू नाङलोबाट भुस छिन्किएजस्तै पाखा लाग्ने पक्का छ । कसलाई थाहा छैन- पोहोर यसपालिजस्तो थिएन । फूल फुलेजति फल झुण्डिदिने भए, झुण्डिएजति फल पाकिदिने भए संसारको तस्वीर पक्कै पनि यस्तो हुने थिएन । भगवान शिव हिमालय पर्वतमा बस्नुहुन्छ । तर उहाँका भक्तको बाहुल्यता मैदान रहेको तराईमा छ । गौतम बुद्ध मध्य तराईमा जन्मनु भयो । उहाँका तपस्वीहरूको घना उपस्थिति हिमाल तथा पहाडमा छ । प्रकृतिले नै यसरी सहिष्णु र समतामूलक ढंगले मिलाएको सन्तुलनमा फेरि खण्डखण्डको भाग खोज्नु भनेको अर्घेल्याइँसिवाय केही होइन ।
भगवान रामदेखि कृष्णसम्म, अब्राहम लिंकनदेखि महात्मा गान्धीसम्मका व्यक्तित्वलाई संसारमा पूज्य के ले बनायो ? उत्तर हाजिर छ- राजनीति । दक्षिण अपि|mका देशभन्दा अघि मानिस नेल्सन मण्डेला सम्झन्छन् । सहमत, असहमत संसारका हरेक मानिस उनको जन्मघर चिहाउन पुग्छन् । आखिर किन ? राजनीतिप्रति उनको इमान्दार संकल्प । आफ्नो घरपरिवार कि देश ? यी दुई रोज्ने परिस्थितिमा देशको हितका लागि उनले स्वास्नी, छोराछोरी त्यागिदिए । तर देशलाई छातीबाट कहिल्यै अलग गरेनन् । देश के हो ? यसको उत्तर शरणार्थीहरूलाई थाहा छ । सवैथोक भएर पनि घर नहुँदा दलाई लामाको दैनिकी कसरी बितेको छ ? सबैलाई थाहा छ । एक गिलास पानीको मूल्य कति हुन्छ ? मरुभूमिमा धापिएको व्यक्तिले भन्न सक्छ । मानिस आउनु-जानु प्रक्रिया हो । मृत्युका अगाडि एक्लो सत्य भएर उभिन्छु भन्नु भ्रमसिवाय केही होइन । गल्ती गर्नु जति निरपराध हो, गल्ती दोहोर्‍याउनुचाहिँ अक्षम्य अपराध हो । अब त गल्तीका पनि धेरै चाङ लागिसके । खालखालका प्रयोगले देश छिद्र भइसक्यो । भो अब दाउपेच बन्द गरौं । धेरै हदसम्म देश चलाउने मियो बनेको राजनीति सङ्लिनु पर्छ । त्यसपछि चिन्ता हैन, चिन्तनको सुन्दर बीउ तमाम देशबासीमा छर्नुपर्छ । एकरातमा एउटा नाइट बसले छिचोल्ने सानो मुलुक बन्न कतिबेर लाग्छ र ? कसैले बनाउन सक्दैन भने उसलाई भत्काउने अधिकार पनि त हुँदैन ! यसका लागि आफूबाहेक सवै बेठीकको मानसिकता भने जरैदेखि उखालेर मिल्काउन जरुरी छ । नबिर्सौं देश बनाउनु भनेको उच्च मनबोलको बृद्धि हो । उत्साह विना संसारमा कहाँ पो विकास भएको छ र ? राम्रो कामका लागि हरेक दिन शुभसाइत हो । नयाँ वर्ष त काम नगर्नेहरूका लागि पात्रोभित्रको पिउने बहाना मात्र हो । कतै तपाईं पनि छोडेको उपलक्ष्यमा पिइरहनुभएको त छैन ?
(जनआस्था अब- www.janaaasthanews.com.np मा।)

Saturday, April 20, 2013

भ्रष्ट्राचार बिरुद्ध अभियानका उत्कृष्ट कबि बने भीष्म

काठमाडौ, अमेरिकामा रहेर पनि नेपालको भ्रष्ट्राचार बिरुद्ध अभियानमा लागेको संस्था हेम सरिता पाठक प्रतिष्ठानले काठमाडौमा भष्ट्राचार बिरुद्धको अभियानमा लाग्ने बिभिन्न क्षेत्रका ब्यक्तीहरुलाई सम्मान गरेको छ । टेक्सासमा रहनुभएका हेम पाठक प्रमुख संरक्षक रहनुभएको हेम सरिता पाठक प्रतिष्ठानले केहि समय अघी गरेको भ्रष्ट्राचार बिरुद्ध कबिता अभियानमा भीष्म भुषाल उत्कृष्ट कबि घोषणा हुनुभएको छ । शुक्रबार राजधानीमा गरिएको एक भब्य समारोहमा भुषालको कबितालाई प्रथम घोषणा गरीएको हो । दुई सय पचास भन्दा धेरै कबिताहरु सहभागी भएको भ्रष्ट्राचार बिरोधी कबिताहरु मध्येबाट उत्कृष्ट छान्नको लागी बिज्ञहरु सम्मेलीत निर्णायक मण्डल गठन गरिएको थियो । बिज्ञहरुको टोलीले चार चरणमा गरेको छानबिनबाट भुषालको कबितालाई उत्कृष्ट ठहर गरेको हो । कबिता अभियानका उत्कृष्ट कबिलाई एक हजार अमेरिकी डलर र प्रमाण पत्र प्रदान गरीने प्रतिष्ठानले जनाएको छ । हेम सरिता पाठक प्रतिष्ठानले गरेको अभियानका उत्कृष्ट कबि अर्घाखांची स्थायी घर भइ हाल स्पेनमा बस्दै आउनुभएको छ । शुक्रबार राजधानीमा पुर्व प्रधानमन्त्री माधब कुमार नेपालको प्रमुख आतिथ्य र बिभिन क्षेत्रका बिशिष्ट ब्यक्तीहरुको बिशेष उपस्थितीमा सम्पन्न भएको कार्यक्रमा बिभिन्न क्षेत्रबाट भ्रष्ट्राचार बिरुद्ध अभियान चलाउने ब्यक्तीहरुलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो । कार्यक्रममा पत्रकारीता क्षेत्रबाट भ्रष्ट्राचार बिरुद्ध अभियानमा पत्रकारीता क्षेत्रबाट कान्तिपुर दैनिकका सम्पादक हरिबहादुर थापा र राजधानी दैनिकका सम्पादक राजन शर्मालाई टंक प्रसाद रमादेवी पाठक पत्रकारीता पुरस्कार संयुक्त रुपमा प्रदान गरीएको छ । पत्रकारीता पुरस्कार एक हजार अमेरिकी डलर र सम्मान पत्र रहेको थियो । त्यस्तै पत्रकारीता क्षेत्रबाटै बिराटनगरको उद्घोष दैनिकका सम्पादक मोहन भण्डारी र नेपालगञ्जको संकल्प दैनिकका सम्पादक लियाकत अलिलाई ५ सय अमेरिकी डलरको साथै सम्मान पत्र प्रदान गरिएको थियो । साहित्य, पत्रकारीता र संगीत क्षेत्रबाट भ्रष्ट्राचार बिरुद्ध अभियानमा लाग्ने ब्यक्तीहरुलाई हरेक बर्ष पुरस्कार दिदै आएको प्रतिष्ठानले यस बर्ष संगीत तर्फबाट नारायण रायमाझी र कृष्ण कंडेललाई पुरस्कृत गरेको छ । साथै कार्यक्रममा सर्बोच्च अदालतका पूर्व प्रधानन्याधीस तपबहादुर मगर र अख्तीयारका पुर्व प्रमुख आयुक्त सूर्यनाथ उपाध्यायलाई समेत सम्मान गरिएको थियो । भ्रष्ट्राचार बिरुद्ध अभियानलाई साथ दिनको लागी जम्मा भएका सयौ मानिसहरुलाई बरिष्ठ लोक गाएक प्रेमराजा महतले गित प्रस्तुत गरेर नचाउनुभएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै हेम सरिता पाठक प्रतिष्ठानका प्रमुख संरक्षक हेम पाठकले नेपालमा भ्रष्ट्राचारको अन्त्य नभए सम्म सबैले मिलेर दबाब दिनु पर्ने कुरामा जोड दिदैं यस अभियानमा आफु एक्लै मात्र नभएर सबै नेपाली एकजुट हुनुपर्ने बताउनुभयो । संरक्षक पाठकले प्रतिष्ठानले गरेको कबिता प्रतियोगीतामा सहभागी भएर सहयोग गर्ने सम्पुर्ण कबि, संचारकर्मि तथा निर्णायक मण्डल लगाएत सबैलाई धन्यबाद दिनुभएको छ ।hem 1 hem 2 hem 3 hem 4
Photo : Dipesh Raj Tharu

उपयोगी साईटहरु

ग्यास्टिक र धुर्मुसबीच ग्यांगफाइट

भनिन्छ- चार्ली च्याप्लिन अरूलाई हँसाउन जति माहिर थिए, व्यक्तिगत रूपमा उनी त्यति नै दुःखी पनि थिए। अरूलाई हँसाएर आफ्नो दुःख कम हुने त होइन। तर, अर्काको दुःख भने अवश्य कम हुन्छ। संसारका प्रायः कमेडियनहरूले पर्दामा जति ठट्टा गरे पनि पर्दा पछाडि उनीहरूसँग दुःखको भकारी नै हुन्छ। कसैलाई हँसाउनु सानो सेवा होइन। र, हँसाउन सजिलो पनि हुँदैन। पछिल्लो समय आफ्नो अद्वितीय हँसाउने क्षमताका कारण चर्चामा रहेका कलाकार सीताराम कट्टेल ‘धुर्मुस’ पनि आफनो अन्तरमा दुःखको पोका लुकाएर अरुलाई हँसाउने कलाकारमा पर्दछन। नेपालमा थुप्रै कमेडियन छन्। एकप्रकारले हास्य कलाकारहरूको त बाढी नै आएको छ। सबैका आ-आफ्नै विशेषता छन्।। धुर्मुसले ‘मेरी बास्सै’ हास्य टेलिशृंखलामा लगभग दुई दर्जन पात्रको भूमिका निर्वाह गरेका छन्। ती पात्रमध्ये ‘धुर्मुसे’, ‘खड्काजी’, ‘खडानन्द गुरु’ आदि व्यापक रुचाइएका भूमिका हुन्। धेरै व्यक्तित्व समाहित एक व्यक्ति सीताराम कट्टेलसँग स्वरूप आचार्यले गरेको अन्तरंग कुराकानी :

(THURSDAY, 04 OCTOBER 2012 13:28 नागरिक दैनिक )

हिजोआज के गर्दै हुनुहुन्छ?
धेरै समय त टेलिफिल्मले खाइदिन्छ। त्यसपछि विभिन्न कम्पनीले ब्रान्ड एम्बेसडर बनाएका छन्। तिनको प्रचार-प्रसारका लागि पनि केही काम गर्नै पर्‍यो। हरेक दिन बिहान छ देखि दश बजेसम्मको समय शुभ-तारा प्राकृतिक चिकित्सालयमा जान्छ। त्यहाँ मलाई सूचना संस्कृति विभागको संयोजकको भूमिका दिइएको छ। म आफू पनि अस्वस्थ भएकाले त्यहाँ योग, ध्यान गरिन्छ।
के रोग छ तपाईँलाई?
मलाई पेटको रोग छ। ग्यास्ट्रिक बिग्रेर आन्द्रामा गिर्खा परेको थियो। अहिले निको हुँदै छ।
तपाईँको मूल घर कता हो?
जन्मेको सोलुखुम्बु। हुर्केको झापा। हाल काठमाडौँ। (हाहा…)
कति भयो तपाईं यो क्षेत्रमा लागेको?
२०५९ साल देखि हो। एक दशक भएछ।
कसरी र किन लाग्नुभयो?
यही कारणले लागेको भन्ने त छैन। सानैदेखि क्यारिकेचर गर्न मनपर्ने। गाउँमा हुँदा नाटकमा भाग लिइन्थ्यो, हँसाइन्थ्यो। राति सबैजना सुतेपछि बार्दलीबाट हाम फालेर रिहर्सल गर्न गइन्थ्यो। हाम फाल्दा कतिपटक बार्दलीको रेलिङ सहित झरेको छु। कतिपटक कुखुराको खोरमाथि झरेकोले चोट लागेको छ। एक प्रकारको क्रेज थियो। बुबा भने, ‘यस्तो नौटंकी लाइनमा लागेर केही हुन्न केटा’ भन्नु हुन्थ्यो। साथीभाइ हौस्याउथे। त्यसैले जे पर्ला-पर्ला काठमाडौँ गएरै केही गर्छु भनेर यहाँ आइयो। अरु केही जानेको थिइनँ। यतैतिर लागियो। दुई वर्षसम्म बाँच्नकै लागि संघर्ष गरियो।
के के गर्नुभयो?
के के गरियो के के! काठमाडौंको गल्लीमा भाँडा बेच्नसम्म पनि हिँडियो। सन्तोष पन्त दाइको ‘हिजो आजका कुरा’को लागि अडिसन दिन म कैयौं पटक भाँडा नै बोकेर पनि पुगेको छु।
तपाईँले पहिलोपल्ट गरेको टेलिफिल्म कुन हो त?
‘झमेला’ भन्ने हो। त्यसमा पुलिस जवानको भूमिका गरेको थिएँ। हामी चार जना थियौं। भद्रकालीमा राति सुटिङ भएको थियो। चारजना मध्ये म सबैभन्दा पछाडी थिएँ। लुते, सकिन लागिसकेको ‘तुराई’। स्यालुट ठोक्नु पर्ने थियो। अन एयर हुँदा त तीन जनाले छेकेर आफ्नो त नाक मुख नै छैन। (हाहा…)
काठमाडौं के सपना बोकेर आउनुभयो?
म घरको जेठो छोरा। ठूलो ऋण थियो। त्यसमा पनि ३६ टका ब्याज। गाउँमै बसेर तिर्न नसकिने भयो। हाम्रो पारिवारिक स्थिति एकदमै कमजोर थियो। बल्लबल्ल एसएलसी पास गरेँ। हलो जोतेरै पास गरेको थिएँ। अब अगाडी पनि हलो जोतेर पढ्ने कि अरू केही गर्ने भन्ने भो। चिनेजानेको कोही थिएन। तैपनि जाउँ कि भनेर, आइयो। क्यारिकेचर प्राय सबैको गर्थें। त्यसैले पनि कतै न कतै काम त अवश्य पाउँछु भन्ने कन्पि्कडेन्स थियो। त्यही बेला हास्यरसको माहोल बन्यो, भनौं बाढी नै आयो। त्यही बाढीले किनार लगायो भन्नुपर्‍यो। परिवारको दायित्व जुन हिसाबमा निर्वाह गर्छु भनेर आइएको थियो। त्यो पूरा गर्न सकियो।
भनेपछि हास्य-व्यंग्यको भेलले तपाईंको ‘नैया’ पार लगाइदियो?
भेलले त बगाइहाल्छ नि। हामीलाई ठीकसँग डुंगा चलाउन पनि आयो। वा भनौं हामीले चलाएको डुंगा भाग्यले किनार लगायो। (हाहा…) हाम्रो नाउ पनि ठूलै थियो, हामी कलाकारहरु वीच एकता थियो। त्यसैले जोगिएको हो।
एकताको कुरा गर्नुभयो। संघर्षका दिनहरूमा तपाईंहरू सबैजना एक भएपनि पछि फुट्दै-फुट्दै जानुभयो नि?
छैन फुटेको। यो धेरै त मिडियाले चलाएको हल्ला हो। जीतु दाइसँग हामी सल्लाहै गरेर छुट्टिएको हो। मिडिया हबलाई अर्को कमेडी सिरियल चाहिएको थियो। केदारजी र मैले केसी जोडीको रुपमा नयाँ केही गर्ने सोच बनाएका थियौं। दमन दाइ पनि हामीसँग मिलेर कामगर्न राजी हुनुभयो र ‘मेरी बास्सै’को जन्म भयो। यो जम्मा ४५ भागको हुने भन्ने थियो। दर्शकले यति मनपराइ दिनुभयो कि अहिलेसम्म चलिरहेको छ। पछि दमन दाइ सल्लाह गरेरै छुट्टिनु भएको हो। केदारजी र म बिच पनि फुट आयो भन्ने हल्ला चल्यो। तर, सुटिङको व्यस्तताले गर्दा एकै ठाउँमा देखिन सकिएको थिएन। त्यसले ठूलै रूप पो लियो त। तर, त्यस्तो केही छैन।
पैसा देखेपछि महादेवको त तीन नेत्र भन्छन्। त्यस्तै भएको त होइन नि?
हाहा… होइन। पैसा भन्दा पनि नाम हो अहिले।
नामसँग दाम पनि जोडिएर आइसक्यो नि अहिले।
हामी भन्दा अग्रज दाइ दिदीको तुलना गर्ने हो भने हामीले केही गर्न सकेकै छैनौं। त्यसैले राम्रो काम गर्नुपर्छ भन्ने मान्यता राख्छु।
ठूलो पर्दामा आकर्षित हुनुभएन?
आकर्षित नभएको होइन। पहिलो आकर्षण त फिल्मै थियो। मलाई याद छ। मेरो घर नजिक एकजना दाइ हुनुहुन्थ्यो। फिल्म डिस्ट्रिब्युसनको काम गर्नुहुन्थ्यो। उहाँलाई म फिल्ममा बाटो हिँड्ने बटुवाको रोल भए पनि दिलाइ दिनुस् भन्थेँ। त्यस्तो क्रेज थियो। तर, पछिल्लो समयमा नेपाली फिल्ममा हास्य कलाकारलाई प्रयोग गर्ने शैली मलाई मन पर्न छाड्यो। खाली गोज्याङग्रो, हिरोको सहायक। फिल्म बनाउने योजना छ?
योजना र रहर त जसलाई पनि हुन्छ। एकपटक फिल्म त बनाउनै पर्‍यो नि।
फिल्मको क्रेज अझै बाँकी छ?
छ नि। त्यो त रही रहन्छ। कमेडीलाई सेन्ट्रल थिम मानेर कसैले फिल्म बनायो, अफर आयो भने गरिन्छ पनि।
तपाईंलाई कहिल्यै लागेको थियो नेपालको एक चर्चित कमेडियन हुन्छु भन्ने?
यो त मेरो कल्पनामा थिएन। मेरो चिनेजानेको मान्छे कोही थिएन यो क्षेत्रमा। यति परसम्म आइपुगिन्छ जस्तो पनि लागेको थिएन। तर, म भेडा जस्तो एकोहोरो मान्छे हुँ। गर्छु भनेपछि गर्छु, गर्छु। त्यो संघर्षको दिन कटेको पनि त्यसैले हो। कुनै न कुनै दिन त गर्छु भनेर। म हार्नु हुँदैन भन्ने थियो।
तपाईंलाई नेपालमा मान्छेलाई हँसाएरै जीवन गुजार्न सकिन्छ जस्तो कहिलेदखि लाग्यो?
त्यो त हरिवंश-मदनकृष्ण दाइलाई देखेरै लागेको हो। उहाँहरूले गर्नुभयो भने म पनि गर्न सक्छु भन्ने लागेको थियो। नयाँ कन्सेप्ट र क्रियसन गर्ने मान्छे जसरी पनि बाँच्छ। हास्यमा मात्र नभएर जुनसुकै सेक्टरमा पनि जसले क्रियसन गर्न सक्छ त्यो बाँच्छ।
अहिले त बाघ मारियो जस्तो लागेको होला नि?
अझै कन्पि्कडेन्ससँग त्यो भन्न सकिन्न।। सिंगै देशको आर्थिक सामाजिक स्थिति राम्रो भए न हामीलाई पनि राम्रो हुने हो। नत्र कुन दिनदेखि ओरालो लाग्न थाल्छ के थाहा?
साँच्चि नै ओरालो लाग्यो भने के गर्नुहुन्छ?
हाहा… बंगुर र माछा फारम खोलेको छु नि ठेंचोमा। बंगुरको पाठा बेच्न थाल्छु। उत्पादन शुरु भइ नै सक्यो। ब्याकअप, हाहा…।
दयसको जन्म त्यही भाँडा बोकेर काठमाडौं डुल्दा खेरि भएको हो। एकजना मित्र भेट हुनुभएको थियो, उहाँकै क्यारिकेचर गरेको हो।
धुर्मुस उट्पट्याङ गर्न माहिर छ। छक्कापन्जा पनि गर्छ। तपाईं कत्तिको उट्पट्याङ गर्नुहुन्छ?
म वास्तविक जीवनमा धेरै सोझो छु।
पर्दा बाहिर गर्न नपाएको उट्पट्याङ पर्दामा गरेको हो?
त्यस्तो भन्दा पनि हुन्छ। मान्छेहरू त्यसैमा रमाउँछन्। त्यसैले पनि गरेको हो।
अहिले चलेको खड्काजीको जन्म कसरी भयो?
महेश खड्का दाइले त्यसरी नै कहिलेकाहीँ बोल्नु हुन्थ्यो। सिंगापुरमा सँगै प्रोग्राम गर्न जाँदा देखेको थिएँ। भयो के भने खडानन्द गुरूको भूमिका गरिरहेको थिएँ। त्यो क्यारेक्टर ठ्याक्कै पोखराको खडानन्द गुरूसँग मिलेछ। उहाँको बिजनेस नै चौपट हुन थाल्यो भनेर कम्प्लेन आयो। अनि त्यो बन्द गरेर खड्काजीलाई शुरु गरेको हो। वास्तवमा यो क्यारेक्टर गर्न निकै गाह्रो छ। रबर लगाएर ओठमाथि तान्दा दुख्छ, रगत आउँछ, बोल्न पनि अप्ठ्यारो हुन्छ।
कतिवटा क्यारेक्टर निर्वाह गर्नुभएछ त अहिलेसम्म?
२७ वटा पुगेछ। अब फेरि नयाँ गर्ने सोचिरहेको छु।
तपाईंको र कुञ्जनाको आँखा चाही” कसरी जुध्यो?
आँखा भनेर आँखा जुध्नेबित्तिकै लभ परेको होइन। लभ पर्‍यो भनेर अहिलेका ठिटाठिटीको जस्तो बाइकको टाँडीमा राखेर कहिल्यै डेटिङ पनि गइएन। अन्धाधुन्ध टाइपको भित्री लभ पर्‍यो क्या।
पहिलो पटक कहाँ भेट भएको थियो तपाईँहरूको?
दमन दाइको डमि टेलिफिल्ममा हो। त्यसपछि धुर्मुस-सुन्तली भएर ‘मेरी बास्सै’मा नजिक भइयो। सबैले ‘जोडी मिलेको छ, बिहे गरे राम्रो हुन्छ’ भन्थे। केटीसँग बोल्न भने पछि आफूलाई टेन्सन हुने। तैपनि एकदिन गएर झ्याप्पै प्रपोज गरेको। टिमुर्केको कुरा गरिन्। करिअर भरखरै शुरु हुँदैछ, नराम्रो गर्छ भन्ने कुरा आयो। त्यतिखेर मैले उनलाई भनेको थिएँ, ‘हेर्नुस कुञ्जनाजी तपार्इंले जति जे गरे पनि तपाईंको बिहे मसँगै हुन्छ।’ आखिर वोल्या कुरो पुग्यो पनि।
तपाईं आफ्नो टेलिफिल्ममा नेताहरूलाई त्यति धेरै घोचपेच गर्नहुन्छ। नेताहरूलाई भेट्दा के भन्छन् त?
राम्रो छ भन्नुहुन्छ। भित्रभित्रै रिसाएको भए त थाहा छैन। तर, अहिलेसम्म कसैले गाली गरेका छैनन्।
तपाईंले नेपाली राजनीतिज्ञको क्यारिकेचर गर्नुहुन्छ।राजनीतिमा चाहिँ के देख्नुहुन्छ?
राजनीति त राजनीति धेरै नै राजनीति भयो। राजनीति भित्र पनि राजनीति भएकोले यस्तो भएको हो। व्यक्तिगत स्वार्थका लागि राष्ट्रलाई बन्देज गरियो। म जन्मनुअघि जुन नारा थियो होला त्यही नारा अहिले पनि छ। भाषण गर्ने नेता परिवर्तन भए तर भाषणको प्रकृति परिवर्तन भएन। त्यसैले अहिलेको स्थिति आएको हो।

नयाँ बर्ष, नयाँ योजना, नयाँ प्रेमिका, नयाँ श्रीमान्

नयाँ’ कसलाई मन पर्दैन होला र π नयाँबर्षमा ‘नयाँ योजना’ ‘नयाँ काम’, ‘नयाँ सोंच’, ‘नयाँ बिचार’ ल्याउनैपर्छ । तर, हामीकहाँ केही चिज यस्ता छन्– जुन नयाँभन्दा पुरानोबाटै मज्जा लिनु उपयुक्त हुन्छ । ‘नयाँ लुगा’, ‘नयाँ ठाउँ’, ‘नयाँ गाडी’, ‘नयाँ मोबाइल’जस्तै प्रेमी, प्रेमिका, श्रीमान र श्रीमतीपनि ‘नयाँ’, खोज्न थालियो भने, बुझ्नोस्– तपाईं हाम्रो मन मन्दिरमा खतराको घण्टी बज्न थाल्यो ।
जिन्दगीसँग प्रत्यक्ष सरोकार राख्ने प्रेम र बिबाहपछि पनि ‘नयाँ’को खोजीमा लाग्नुको साटो पुरानोलाई नै ‘पुर्ननिर्माण’ गरेरपनि नयाँपनको स्वाद लिन सकिन्छ । गायीका सञ्जिबनीले त्यसै गाएकी हैनन्– पुरानो हुँदैन मायाँ जुनी जुनी लाएपनि…भन्ने गीत π प्रेम गर्ने तरिका नयाँ नयाँ खोज्नुपर्छ । झगडा गर्ने बिधि नौलो नौलो अपनाउनु पर्छ । ‘हिजो गऱ्यो, हिजै बिर्सियो– घरकी स्वास्नी नयाँ नयाँ ’ भनेजस्तो, प्रत्येक दिन नयाँ नयाँ प्रयोग गर्नुपर्छ, सबै पुराना कुरा नयाँ लाग्न थाल्छन् ।
नयाँ र पूरानो भन्ने कुरा दृष्टिदोषमात्र हो । एक दिन तपाईंकी प्रेमिकाको आँखामात्रै हेर्नोस् । अर्कोदिन तपाईंको प्रेमिको ओठमात्रै नियाल्नोस् । पर्सिपल्ट श्रीमतीको बोलीमात्रै सुन्नोस् । निकोपर्सी श्रीमानको जुँगामामात्रै ध्यान दिनोस् । प्रत्येक दिन नयाँ तरिकाले हेर्नोस् । हरेक महिना भिन्नै पाराले बोल्नोस् । यो बर्ष तपाईंको ‘स्टाईल’ चेञ्ज गर्नोस् । अर्को बर्ष उहाँको ‘फैसन’ फेरिदिनोस् । अनि तपाईंले अनुभव गर्नुहुनेछ– श्रीमान/श्रीमती ‘रिनोभेसन’को मज्जा !
‘नयाँ घर’, ‘नयाँ जागीर’, ‘नयाँ खाना’, ‘नयाँ नाना’जस्तै ‘नयाँ बुहारी’,‘नयाँ ज्वाईं’, ‘नयाँ सन्तान’मात्रै भन्न थालियो भने, बुझ्नोस्– तपाईंको संबन्धको दुनियाँमा महाप्रलयको आतंक शुरु भयो π किनभने नयाँ ज्वाईं भेटेपछि ससुरालीमा पुरानो ज्वाईंको मान घट्छ । नयाँ बुहारी भित्रिएपछि घरमा पुरानी बुहारीको महत्व कम हुन्छ । नयाँ सन्तान जन्मिएपछि परिवारमा अघिल्लो सन्तानप्रतिको ममता चाउरिन पुग्छ ।
त्यसैले ‘नयाँ’को पछि दौडिनेहरुले बुझ्नुपर्छ– संसारमा ‘नयाँ’ सधैं रहँदैन । नयाँ हुनुको अर्थ ‘पुरानो’को शुरुवात हो । ‘नयाँ’ सधैं त्यही अवस्थामा नरहने शास्वत सत्यलाई मध्ये नवर राखेर नयाँ/पुरानाको ‘फ्युजन’लेमात्रै पारिवारिक ‘कन्फ्युजन’ मेटाउँछ । त्यसकालागि, नयाँ बुहारीमा पुरानीको गुण देख्ने, पुरानीमा नयाँ बुहारीको दोष खोज्ने । जेठा ज्वाईंमा कान्छाको बानी मिसाउने, कान्छा ज्वाईंमा जेठा ज्वाईंको ब्यहोरा मिलाउने । पहिलो सन्तानलाईं नयाँ सन्तानको नजरले हेर्ने, नयाँ सन्तानलाई पहिलो सन्तानको झैं संझने ! त्यसपछि पुरानो र नयाँको भेद नै समाप्त भएर हरेक क्षण ‘पहली नजर पहली प्यार’ भएन भने मलाई भन्नु होला ।
नयाँबर्षले ‘नयाँ जिवन’, ‘नयाँ जगत’,‘नयाँ जोश’, ‘नयाँ तागत’ अवस्य ल्याओस् । ‘नयाँ अभियान’, ‘नयाँ लक्ष’ र ‘नयाँ उद्धेश्य’जस्तै पार्टी र नेतापनि ‘नयाँ’ खोज्न थालियो भनेचाहीं, बुझ्नोस्– बिकासको ‘ब’ ‘भ’ ‘म’सम्म पुगेका हामीहरु फेरी ‘क’ ‘ख’ ‘ग’मा नै झर्नेछौं । मान्नोस्, पन्ध्र बर्षे कार्यकालको पहिलो पाँचबर्ष पुराना नेताले आफ्नालागीमात्रै काम गरे । दोश्रो पाँचबर्ष आफन्तकालागि ब्यवस्था मिलाए । र, तेश्रो पाँचबर्ष आफ्ना ‘पकेट क्याडर’को अवस्था मिलाई दिए । अब उनिहरुले गर्नुपर्ने कोही छैनन्, पालो हाम्रै हो ।
तर, हामीले अब नयाँ खोज्यौं भने, नयाँ नेता र पार्टीले पनि उही प्रकृया दोहोऱ्याउने हुन्–आफुलाई, आफ्नालाई र आफन्तलाई ! अनि हाम्रो पालो आईपुग्न त थप थप पन्ध्र बर्ष कुर्नु पर्नेछ । हामीसँग स्यालले खाएपनि नसकिने पार्टी छन् । ध्रुबे हात्तीले कुल्चिएपनि अभाव नहुनेगरी नेताहरु छन् । त्यसैले नयाँ बर्षमा नयाँ नेता र नयाँ पार्टीको भिंड हैन, भएकैलाई ‘पुर्ननिर्माण’ गरेर अगाढी बढ्ने प्रयत्न गरौं । तर नेताको ‘पूर्ननिर्माण’चाहीं कसरी गर्ने हो, त्यो तरिकाचाहीं नयाँ बर्षमा खोजौंला !π अहिलेलाई ‘ह्याप्पी न्यू इयर–२०१३ !’

मर्यो बिचरा

ऐया पनि भन्न नपाई, मर्यो बिचरा
एक मुठी अन्न नपाई, मर्यो बिचरा
पाएदेखि अझै कति खान्छु भन्दै थियो
पेटभरि टन्न नपाई, मर्यो बिचरा
हलो जोत्यो साहुको ब्याज तिर्दै ठिक्क थियो
आना पैसा गन्न नपाई, मर्यो बिचरा
आफ्नै नाउमा एउटा गह्रो जोड्ने धोको थियो
एक चपरी खन्न नपाई मर्यो बिचरा
हजुरबा'ले खाको ऋणले दु:ख पाए भन्दै
ऋण मुक्त बन्न नपाई मर्यो बिचरा

मेरो देश


अस्कल क्याम्पस सभापती कमल बस्नेत युवतिसंगै होटलबाट नांगै पक्राउ

७ बैशाख, काठमाडौं ।
अमृत साइन्स क्याम्पस अस्कल का स्ववियु सभापती कमल बस्नेत होटलका युवती सहित नांगो अवस्थामा पक्राउ परेका छन । प्रहरीले बस्नेत सहित अन्य ९ जोडीलाई देह ब्यापार गरिरहेको अवस्थामा पक्राउ गरेको जानकारी दिएको छ ।

नेकपा एमाले निकट अनेरास्ववियुको तर्फवाट स्ववियु सभापति भएका कमल बस्नेत सहित ९ जोडी युवा युयुवतीलाई आपत्तीजनक अवस्थामा पक्राउ गरेको महानगरिय प्रहरीले जानकारी दिएको छ । २ दिन अघि पक्राउ गरेपनि प्रहरीले आजमात्र यसबारेमा जानकारी दिएको हो । काठमाडौंको होटलबाट पक्राउ परेको भनेपनि कुन होटल भन्ने केही खुलाइएको छैन ।

बस्नेतले पक्राउ पर्दा आफुहरु प्रेमी प्रेमीका रहेको बताएको एक प्रहरी अधिकारीले बताएका छन । युवासंघ संग समेत आवद्ध अस्कल स्वियु सभापती बस्नेतमाथि यसअघि समेत विभिन्न आपारीक मुद्दा लागेका थिए । अपराध महाशाखाले देह ब्यापार अन्र्तगत अनुसन्धान जारी रहेको जानकारी दिएको छ ।

Thursday, April 18, 2013

भन्द्यौन परमेश्वर

पैल्यै ध्वस्तभए अपूर्व रचना, केले बिगारी दियो ?
मात्रै घायल देश भो किन अहो ! कस्ले फटाईं गरो ?
आमा को किन, रक्त सिन्चिनु परो ? भोग्दै अझै पाप यो
गुण्डाको सहयोगमा जननीको, हुर्मत् कसोरी लियो ?

अत्याचार अहो ! कृतघ्न कसरी ? जन्म्यो जसै कोखमा
कस्को आड थियो ? कुकृत्य यसरी बढ्दै गयो लोभमा
साहारा कति छैन घायल अझै आमा थला पर्दछिन्
देऊ है ! बरु मृत्यु दण्ड सहुँला भन्दै पसारो परिन्

तम्सिन्छन् अपराध गर्न सहजै, आमा बलात्कारमा
गर्दैछन् सहयोग ती कपुत हुन्, तिन्को छ अन्धो पना
केले गर्भ सबै तुहेन ? भगवान् ! जन्म्यो जसै राक्षस
आमाको कुन गल्ती भो ? अझ यहाँ भन्द्यौन पर्मेश्वर !

तातो पानी ( लघुकथा )

" ल यो तातो पानी खुरुक्क खाउ त !! " एक बिहानै कान नै झर्ने गरी चर्को चर्को बोलीमा भ्यागुतो जस्तै ट्वार-ट्वार गर्दै श्रीमतीको कोठा भित्र आगमन भयो |
" छिटो उठ भन्या..." अलि घुर्किपूर्ण बोलीमा फेरी अलिकिती ट्वारट्वाराहट पोखियो |
" शरीर भित्रको toxins हरु पखालिन्छ, बोसो पगाल्छ तातो पानीले , कहिल्यै रामदेव हेरे पो थाहा हुन्छ, टि.भी खोल्यो भने की क्रीकेट की फूटबल अनि कताबाट उम्रिन्छ त ज्ञान-गुनका कुरा दिमागमा ?" यस्तै फत्फताउदै तातो पानी खाट नजिकैको टेबलमा राखेर भान्छा तिर सवारी भयो उहाँको | मेरो ओठ खुशीले मुसुक्क मुस्कुरायो | बिद्यार्थीलाई गोरुधुलाई गर्ने मास्टरले कक्षामा पाठ नगर्नेलाई लस्करै पिट्दै गर्दा, अचनाक आफ्नो पालो आगाडी नै पियुन दाइले घन्टी बजाउँदा " लौ बचियो आज " भनेजस्तै हुन्थ्यो, श्रीमतीले मलाई कोठामा एक्लै छोडेर जाँदा | चाहे १० इन्चीको भित्तापारीको भान्छामा नै किन नहोस् |
कहिले काहीँ यस्तो लाग्छ मानौं म ज्वरोले इन्तु न चिन्तु भएको तर पनि तितो सिटामोल खान नमान्ने दुई बर्षे बालाखा हुँ, अनि उनि मेरी आमा | तातोपानीले शरीरमा के गर्छ मलाई थाहा छैन, तर पनि बिहान बिहान अलि अलि गर्दै घाँटिमा एक गिलास तातो पानि खोत्याउनु मेरो बाध्यता हो | त्यति नगरी चिया पाइँदैन | भक्तहरुले बरदान पाउने आशामा कठिन तपस्या गरेजस्तै, खल्लो तातो पानि आन्द्रामा बगाउनु मेरो तपस्या थियो , उनि मेरी भगवान थिईन, चिया मेरो बरदान | यसरी नै दिन बढ्दै थिए | दुरभाग्यबस मेरो भुँडिको गोलाई पनि |
मेरो मनमा एक रत्ति पनि बिश्वाश थिएन कि बिहान-बिहान तातो पानी पिएर घ्यम्पो घट्छ भन्ने कुरामा | यदि यो साँचो हुँदो हो त भैंसी किन मोटा हुन्थे ? डुँड भरी तातो कुँडो पिउने गाई-भैंसी त स्याल जस्तो हुनुपर्थ्यो, तातो पानी नपिउने घोडा-गधाहरु चैं गैँडा जत्रो हुनुपर्थ्यो | सधैं चियापान समारोहामा मात्रै ब्यस्त हुने हाम्रा नेताका भुँडि किन त्यति ठुला ? आखिर चिया पनि एक प्रकारको तातो पानी नै त हो नी |
ठुलै हिम्मत अनि आँट बटुलेर अब देखी म बिहान-बिहान तातो पानी नपिउने निर्णय गरेको कुरा आजकै दिनमा श्रीमतीलाई सुनाउने दृढ अठोट गरें | हदै होला एकछिन रिसाउली, साह्रै गरिछे भनी एक कुचो झटार्ली, ढुङ्गा-मुढा अनी डाडु-पनियो त पक्कै पनि गर्दिन होली, सासु-ससुरा गौरवशाली-क्रान्तिकारी नेता भएका भए त त्यै पनि बेर थिएन तर ससुराली खलक जम्मै मास्टरी पेसामा थिए | यस्तै सोच्दा सोच्दै उनि कोठा भित्र टुपुल्कियिन |
मैले बिनम्रतापुर्बक भने - " बुडी, अब देखि म तातो पानी पीउँदिन है ! खै यो भुँडि घट्ला भन्दा त झन् बढेको बढ्यै भयो, नाइटो र मेरुदण्डको बिचमा हावा भरेको भकुण्डो जस्तो फुलेको फुल्यै छ |"
उनि एक्कासी मलिन हुँदै , मसिनो बोलीले भनिन - " हो बुढा, तिम्रो कुरा ठिक हो | "
मेरो पीडाको सुनुवाई भएकोमा मन खुशी ले गदगद भयो|
यतिकैमा उनको बाक्य तन्कियो - " एक गिलास तातोपानीले तिमीलाई नछुने रैछ, भोलि देखि तिमीलाई दुई गिलास, अनि प्रणायाम, अनुलोम-बिलोम, योगा पनि गर | अबदेखि चिया खायौ भने फेरी ....." भन्दै दह्रो मुड्की मेरो चुच्चो नाक तिर तेर्साइ |
मैले पनि लुत्रुक्क परेर सहमतिको मुन्टो हल्लाउदै फेरी एक गिलास तातोपानी मेरो भकुन्डे भुँडीभित्र खोत्याएँ |

शुभकामना ! शुभकामना !! शुभकामना !!! (नयाँ बर्ष)

लटरम्म आरुको फूल जस्तै
रंगी चंगी भएर पोहोर परार जस्तै
क्यालेन्डरहरू फेरिने छन्
तिम्रो स्वागतमा तिम्रो शुभ आगमनमा
इतिहासको कालखण्डमा
एउटा वर्ष पुरानु हुनेछ ऐतिहासिक हुनेछ
हो एउटा साल अब थन्कने छ
बिबिधताहरूको पोको चांगका चाङ्ग
थनकिने छन् चौतारीहरूमा
भन्ज्याङ् अनि सिरु बारीहरूमा
नया कोलाहालसँगै
तिम्रो अनुहार देखिने छ
आशा छ पहेलिएका पातहरूले पनि
तिमीलाई स्वागत गर्ने छन्
विश्वास छ सद्भावको कोसेलीसँगै
तिमी यो पटक आउने छौ
अनि सधैं झैं तिमीलाई संघारमा
स्वागतद्वार बनाएर खुसी साटौला
अस्ति भनिएकाहरू
तिम्रो आगमन पछि पोहोर हुनेछ
पोहोर परार हुने छ
त्यस्ता परारका परारहरू
उहिले हुनेछन तिम्रो यो काल खण्डमा
तिम्रो आगमनसँगै
धेरै हरिया पातहरू पहेँलिने छन्
धेरै फूलहरूमा फलहरू फेरिने छन्
जे होस् तिम्रो निरन्तरतामा
तिम्रो पाइलाहरूमा
तिम्रो चालहरूमा
फनफनी यो समयले नयाँ नौलो ल्याउने छ
ए सुन त नयाँ बर्ष !
निलो आकाशमा कहिले कहीं तुवालो छरे पनि
शान्त सागरमा बितण्डा को सुनामी उराले पनि
आशा छ दियो त्यो उज्यालो को
बलि रहनेछ तिम्रो आगमन मा
गराहरु सम्म हुन् कान्ला पाखाहरुमा
सद्भावको बिउ बिजन बनेर आऊ
तिम्रो आगमन मा तिम्रो आगमन मा
यी पेट हरुले खान पाउन
यी मनहरुले गर्मीमा
शितलताको छहारी पाउन
जाडोमा सिरक ओढुन
सेता परेवाहरु आकाश भरी उड्न पाउन
नयाँ बिहानीसँगै फेरि अर्को
नया क्यालेण्डरमा नयाँ बर्ष आउने छ !!
शुभकामना ! शुभकामना !! शुभकामना !!!
क्यालिफोर्निया

लालाबाला काप्न थाले नाना लिएर आउनु

आँत सुकेको बर्षौं बित्यो खाना लिएर आउनु
लालाबाला काप्न थाले नाना लिएर आउनु ।
दिन दिनै आँधि चल्छ हुरीको के कुरा गर्नु
तारा मण्डल घर ओत्ने छाना लिएर आउनु ।
परदेशीको बेदनामा छट्पटिने मुटु माझ
पिडाको दाग पखाल्नलाई गाना लिएर आउनु ।
बाटो हेरी कौसी कुर्नु बिकल्पको पाटो छैन
बिरहका चिठी लेख्न पाना लिएर आउनु ।
बाहन पाक्ने अँगेनोमा आगो बल्न छोडी सक्यो
मुरी पाथी कुरै छोडौ माना लिएर आउनु ।

एमाओवादी अध्यक्ष प्रचण्ड र चिनियाँ राष्ट्रपति जीनपिङबीच भेटवार्ता (फोटोफिचर सहित)

काठमाडौँ, ५ वैशाख । चीनको साताव्यापी भ्रमणमा रहनुभएका एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले  आज चीनका राष्ट्रपति सी जीनपिङसँग भेट गर्नुभएको छ। चीनको राजधानी बेइजिङस्थित ग्रेटहल अफ दी पिपलमा करिब ४५ मिनेट भएको भेटवार्तामा नेपाल–चीन सहयोग, द्विपक्षीय सम्बन्ध तथा दुई पार्टीबीचको सम्बन्ध विस्तारका विविध विषयमा छलफल भएको थियो।
भेटका अवसरमा राष्ट्रपति जीनपिङले नेपालको राजनीतिक स्थिरता र आर्थिक विकासमा सहयोग गर्न चीन सरकार सदैब तयार रहेकोे बताउनुभएको अध्यक्ष प्रचण्डका स्वकीय सचिव चुडामणि खड्काले जानकारी दिनुभयो ।चिनीयाँ कम्युनिष्ट पार्टीको महासचिव समेत रहेका राष्ट्रपति जीनपिङले नेपाल र चीनबीच विगतदेखि नै अत्यन्त निकट र सौहाद्रपूर्ण सम्बन्ध रहेको बताउँदै नयाँ आधारमा दुई देश र दुई पार्टीबीच सम्बन्ध विस्तार र विकास गर्न सकिने विश्वास व्यक्त गर्नुभएको थियो।
श्री जीनपिङले नेपालको पछिल्लो राजनीतिक अवस्था र संविधानसभाको निर्वाचन बारे जिज्ञासा राख्दै नेपालको संविधानसभाको निर्वाचन सम्पन्न गर्न आवश्यक पर्ने सहयोग उपलब्ध गराउन चीन सरकार तयार रहेको बताउनुभएको थियो।
राष्ट्रपति जीनपिङको जिज्ञासामा एमाओवादी अध्यक्ष प्रचण्डले विभिन्न कारणवश संविधानसभाको विघटन भए पनि प्रमुख राजनीतिक दलहरूको सहमतिमा मुलुक निर्वाचनको प्रक्रियामा अगाडि बढेको र छिट्टै नेपालमा संविधानसभाको नयाँ निर्वाचन सम्पन्न हुने जानकारी गराउनुभएको थियो। भेटवार्तामा दुई नेताबीच नेपाल र चीनबीचको ऐतिहासिक सम्बन्धलाई बदलिँदो विश्व परिस्थितिअनुसार अगाडि बढाउने विषयमा छलफल भएको थियो। एमाओवादी अध्यक्ष प्रचण्डले नेपालमा ऊर्जा, कृषि, पर्यटन, यातायातलगायतका क्षेत्रमा चिनियाँ सहयोग बढाउन आग्रह गर्नुभएको थियो । अध्यक्ष प्रचण्डको आग्रहमा चिनियाँ राष्ट्रपति जीनपीङले नेपाल र नेपाली जनतालाई सक्दो सहयोग गर्न आफूहरू सदैब तयार रहेको विश्वास दिलाउनुभएको बताइएको छ। नेपालको राजनीतिक सङ्क्रमणकाललाई हल गर्नका लागि एमाओवादी पार्टी र त्यसको शीर्ष नेतृत्व दृढताका साथ लाग्नेमा चीन सरकार विश्वस्त रहेको समेत राष्ट्रपति जीनपिङले बताउनुभएको थियो। त्यस अवसरमा अध्यक्ष प्रचण्डले चिनियाँ कम्युनिष्ट पार्टीको तथा चिनियाँ जनताको नेतृत्व गर्ने राष्ट्रपति पदमा निर्वाचित हुनुभएकोमा श्री जीनपिङलाई बधाइ तथा कार्यकाल सफलताको शुभकामना दिनुभएको थियो।
भेटवार्तामा दुवै पार्टीको महाधिवेशनबाट पारित कार्यदिशाबारे चर्चा भएको बताइएको छ। चीनमा नेतृत्व परिवर्तन भएपछि दक्षिण एसियाली मुलुकहरूको तर्फबाट चीन भ्रमण गर्ने पहिलो नेता एमाओवादी अध्यक्ष प्रचण्ड हुनुभएको छ। सो अवसरमा चीन, भारत र नेपालबीच रणनैतिक समझदारी गरेर जाने विषयमा समेत कुराकानी भएको बताइएको छ।

Monday, April 8, 2013

दामको पछि नलाग--सोमकृष्ण श्रेष्ठ

मात्र तिमी काम गर दामको पछि नलाग
सामाजिक सेवा गर नामको पछि नलाग

बस्नु पर्ला थुनिएर सँजाएको फन्दा भित्र
गर्छु भनी खराब त्यो कामको पछि नलाग

झुल्किएको किरणमा नयाँ जोस जाँगर छ
साँझ पख ढल्कि जाने घामको पछि नलाग

सुन्दर छ गाम बेसी सारै राम्रो हावा पानी
धुलो धुँवा सहर त्यो ठामको पछि नलाग

बाँच्न हामी खानु पर्छ मोटाउन हैन हेर
बजारमा देख्दा मिठो मामको पछि नलाग

सबै कुरा सही हुन्छ भन्नु छैन मानवमा
गल्ती देखे देवता त्यो रामको पछि नलाग

सेवा गरे पुण्य मिल्छ बेसाहारा दुःखीको
कमाउछु धर्म भनी धामको पछि नलाग

Sunday, April 7, 2013

दक्षिण र उत्तर कोरियासँग के-कति हतियार ?

२५ चैत, एजेन्सी । अहिले विश्वको ध्यान एसियाली दुई राष्ट्र दक्षिण कोरिया र उत्तर कोरियातर्फ सोझिएको छ । हरेक मानिसमा यी दुईबीच युद्ध हुने अवस्था आएको प्रति चाख र डर दुवै मिसिएको छ । दुई देशबीच युद्ध हुने प्रसस्त सम्भावना देखिएको भन्दै विश्वका धेरै मानिसले चिन्ता तथा दु:ख व्यक्त गरेका छन् ।
दक्षिण कोरिया र उत्तर कोरियाबीच युद्धको अवस्था आए यसले विश्वलाई नै प्रभाव पार्ने हुनाले पनि यसबारे विश्वका सबै ठाऊँमा चर्चा र चासोको साथ हेरिएको छ । दुवै देश हतियार त्यो पनि आणविक हतियारले बलियो रहेका कारण पनि युद्ध खतरा बढ्दै गएको छ । दक्षिण कोरियालाई अमेरिकाले पनि साथ दिइरहेका कारण पनि दक्षिण कोरिया युद्ध गर्नुपर्ने अवस्था आए त्यसमा पछी नहट्ने देखिएको छ भने हतियारले सम्पन्न उत्तर कोरियाले त झन् सिमामा आफ्ना हतियार समेत पठाइसकेको छ । यस्तो अवस्थामा युद्धको भय जताततै फैलिएको छ ।
उत्तर कोरिया युद्धका लागि तयार हुनुले उसँग थुप्रै हतियार रहेको हुन सक्ने अनुमान गरिएको छ । यद्यपी अहिले भने उत्तर कोरियासँग करिब १२ लाख सैनिक, १२ हजारभन्दा बढी तोप र मध्यम दूरीका लागि मिसाइल रहेको अनुमान गरिएको छ । यस्तै, उत्तर कोरियासँग केही पनडुब्बी, ८ सयभन्दा बढी लडाकु जेट विमान, चार हजारभन्दा बढी ट्यांक सहित करिब आठवटा आणविक हतियार र पाँच हजार मेट्रिकटन जैविक तथा रासायनिक हतियार रहेको अनुमान गरिएको छ । कोरियाले केही समयअघि लामो दुरीको 'जेन्हा-३' नामक क्षेप्यात्र समेत प्रक्षेपण गरेको थियो ।
यस्तै, हतियारमा दक्षिण कोरिया पनि कम नरहेको बताइएको छ। उसका साथमा पनि आधुनिक तथा आणविक हतियार रहेको बताइएको छ ।
दक्षिण कोरियासँग पनि ४ सय ६० वटा लडाकु विमानहरू, २ हजार ४ सय वटा सैन्य टयांकहरू रहेको अनुमान गरिएको छ । यस्तै, दक्षिण कोरियामा साढे २८ हजार अमेरिकी सैनिक तैनाथ रहँदै आएका छन् ।

Wednesday, April 3, 2013

This is the nice vocal of Shisir Yogi

Rara Lake, Mugu Nepal


Add caption

नेकपा–माओवादीद्वारा एनसेलका २० वटा मूख्य टावरहरु ध्वस्त

काठमाडौं,चैत २१ । नेकपा–माओवादी निकट सञ्चार छापाखाना र प्रकाशन मजदुर संघले काठमाडौंको बालाजु र भक्तपुर गरी एनसेलका २० वटा मूख्य टावरहरु ध्वस्त बनाई दिएको छ । निष्काशित मजदुरहरुको आक्रमणबाट ८१ वटा साइटमा सम्पर्क विच्छेद भएका छन् । बालाजुमा ध्वस्त गरिएका टावरबाट सानो भर्‍याङ, ठूलो भर्‍याङ, ककनी, टोखा, नुवाकोटदेखि रसुवासम्मका सबै साइट टावरहरु निष्कृय भएका छन् । भक्तपुर नयाँ ठिमीका मूख्य टावरध्वस्त हुँदा काभ्रे, सिन्धुपाल्चोक हुँदै नेपाल चीन सीमाना तातोपानीसम्मका ६२ वटा साइट निष्कृय भएका छन् । नेकपा–माओवादी निकट मजदुरहरुको आक्रमणबाट यसअघि १४ वटा मूख्य टावहरु ध्वस्त भएका थिए । आक्रमणबाट क्षतिग्रस्त भएका टावरहरु एनसेलले अहिलेसम्म मर्मत गर्न सकेको छैन । नेपाल स्याटलाइट टेलिकम ‘हेलो नेपाल’बाट निष्काशित ८७ जनाकर्मचारीहरुलाई विनासर्त पुनःवाहालीको माग राखेर मजदुरहरु मंसिर–२० गतेदेखि आन्दोलन गर्दै आएका छन् । सन् २०११ मा हेलो नेपाललाई बहुराष्ट्रिय कम्पनी टेलियासोनेराले खरिद गरेपछि अहिले टेलियासोनाको नेपाल मूख्यालय एनसेलमा पनि आन्दोलनसुरु भएको थियो । गत सोमबार कलंकीस्थित एनसेल सेन्टरमा मजदुरहरुले आक्रमण गर्दा ३ करोड बराबरको क्षति भएपनि टेलियासोनेराले सो घटनालाई सार्वजनिकगरेको छैन । बुधबार ध्वस्त भएका २० वटा टावरबाट सञ्चालित ८१ वटा साइटहरु निष्कृय हुँदा दैनिक आम्दानी हुने करोडौं रकम टेलियासोनेरालाई घाटा भएको छ । माग पुरा गर्न दवाव दिने उद्देश्यले मजदुरहरु टावर र एनसेलका सेन्टरहरु ध्वस्त गर्न बाध्य भएको मजदुरहरुले बताएका छन् ।

Tuesday, April 2, 2013

विपन्न परिवारका व्यक्तिले मिर्गौला फेर्न दुई लाख पाउने

चैत, काठमाण्डौं । विपन्न नागरिकले मिगौंला प्रत्यारोपण गर्न सरकारले प्रतिव्यक्ति दुई लाख रुपैयाँ सहयोग गर्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको ‘विपन्न नागरिक औषधि उपचार कोष’ मार्फत सहयोग उपलब्ध गराउन लागिएको हो ।
मन्त्रालयले सो सहयोग स्वदेश तथा विदेशमा उपचार गराउने सबैलाई दिने निर्णय सोमबार गरेको हो । रकम निर्धारण समितिमा स्वास्थ्य तथा जनसंख्या, गृह तथा अर्थ मन्त्रालयका सचिव तथा नेपाल मेडिकल बोर्डका अध्यक्ष सदस्य र चिकित्सा सोवा महाशाखाका प्रमुख सदस्यसचिव रहने व्यवस्था छ ।
समितिले कोषमार्फत पाउने सो रकम बिरामीलाई नगद रुपमा दिइने भने होइन् । मन्त्रालयको चिकित्सा महाशाखाका प्रमुख डा. तीर्थराज बुर्लाकोटीका अनुसार स्वदेशमै प्रत्यारोपण गर्नेले मन्त्रालयमा सूचीकृत भएका अस्पतालबाट प्रत्यारोपण गराइसकेपछि कुल लागतबाट दुई लाख रुपैयाँ घटाउने व्यवस्था गरिएको नयाँ पत्रिकामा खबर छ ।
विदेश गई उपचार गराउनेका लागि परराष्ट्र मन्त्रालयमार्फत सम्बन्धित देशमा रहेका नेपाली दूतावासबाट सम्बन्धित अस्पतालमा भुक्तानी पठाइने व्यवस्था मिलाइएको छ । तर, विदेश जानेले अनिवार्य रुपमा मेडिकल बोर्डको सिफारिस पेस गर्नुपर्नेछ ।

दुबइमा बिचल्लीमा परेकी एक नेपालि चेलीको उद्दार दुबइमा बिचल्लीमा परेकी एक नेपालि चेलीको उद्दार


काठमाडौं,चैत २० । संयुक्त अरब एमिरेट्स यु.ए.ईको (दुबई)मा अलपत्र परेकी एक नेपाली युवतीलाई उद्धार गरिएको छ । इमराती नागरिकको घरमा घरेलु कामदारको रुपमा कार्यरत सिन्धुपाल्चोककी एक युवतीलाई नेपाली जनसम्पर्क समिति यु।ए।ईले उद्धार गरेको हो । घर मालिकको यातना सहन नसकेर सडकमा बेवारिसे अवस्थामा भौंतारिएको अवस्थामा उद्धार गरिएको नेपाली जनसम्पर्क समितिका केन्द्रीय उपसभापति खेमराज बस्नेतले जानकारी दिनुभयो । १९ वर्षीया तामाङ थरकी ति युवती रोजीरोटीका लागि १ वर्ष अघि दुबर्इ गएकी थिइn ||

Monday, April 1, 2013

अब पास्पोर्ट हरायो भनेर पत्रीकामा छपाउदैमा नयाँ नपाईने

१७ चैत, काठमाण्डौं । पासपोर्ट हराएमा सूचना प्रकाशित गरी प्रहरी रिर्पोट बनाउँदैमा अब तत्काल पासपोर्ट नपाइने भएको छ । पार्सपोट हरायो भन्दै नयाँ बनाउन जानेलाई ६ महिनासम्म पर्खाउने नियमावली ल्याउन परराष्ट्र मन्त्रालय राहदानी विभागले तयारी गरेको छ । पासपोर्ट हराउने संख्या शंकास्पद रुपमा अत्यधिक बढ्दै गएकाले नयाँ नियम ल्याउन लागिएको राहदानी विभागका निमित्त प्रमुख यादब खनालले जानकारी दिएको खबर नयाँ पत्रिकाले छापेको छ । नियमावलीमा पासपोर्ट हराएको पुष्टि गर्न नसके निश्चित दण्डको पनि व्यवस्था गर्न लागिएको उनको भनाई छ ।
‘पासपोर्ट जस्तो संवेदनशील डकुमेन्ट त्यत्तिकै कसरी हराउँछ ? आफ्नो कागजपत्र जोगाउने जिम्मा नागरिक आफ्नै हो,’ खनालले शुक्रबार विभागमा गरिएको पत्रकार भेटघाटमा भने, ‘तर साँच्चिकै केही घटनाको सिकार भएर पासपोर्ट हराएको केसमा विचार गर्न सकिनेछ ।’ विभागले ई-पासपोर्ट ल्याउने योजना समेत बनाएको छ ।

वाशिंगटन डी. सी. मा भानुभक्तको शालिक निर्माण हुने

२०१३अमेरिकाको राजधानी वाशिंगटन डी.सी.मा अन्तररास्ट्रीय नेपाली साहित्य समाज(अनेसास)द्वारा आयोजित भानुभक्त आचार्यको द्वि-शताब्दी कार्यक्रम अन्तरगत भानु वर्ष२०१३ को तेस्रो महोत्सव सम्पन्न भएको छ |  अमेरिकाकालागि नेपाली राजदूत महामहिम डा.शंकर प्रसाद शर्माज्युको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा अनेसासका संस्थापकतथा बोर्ड अफ ट्रष्टीका अध्यक्ष र  साहित्यकार श्री होमनाथ सुबेदीले अमेरिकाको राजधानीजस्तो ठाउमा हाम्रा आदिकवि भानुभक्तको शालिक निर्माण गर्न पाउनु एउटा गर्वको कुरा हो |अनेसास (केन्द्र) अध्यक्ष श्रीमति गीता खत्रीज्युले यसले नेपाललाई चिनाउनुको साथैनेपालीहरुको शिर उच्च राख्ने कुरा बताउनु भयो | महामहिम राजदूत डा. शर्माले यसमाराजदूतावासले गर्न सक्ने सहयोग गर्ने बचन दिनु भयो | शालिक निर्माणकोलागि कार्यक्रममाउपस्थित जन-समुदायबाट करिब ४००० (चार हजार) डलर उठेको थियो | अनेसास केन्द्रले शालिकबनाउन समन्यवको काम गर्न अनेसास डी.सी. च्याप्टरका अध्यक्ष श्री प्रकास नेपाललाईसुम्पेको छ |
यसै बीच अनेसास डी.सी. च्याप्टरका नव-निर्वाचित पदाधिकारीहरुलाई डा. गोपी उप्रेतीज्युलेसपथ ग्रहण गराउनु भएको थियो | नव निर्वाचित पधारिकारिहरुमा अध्यक्ष प्रकाश नेपाल,उपाध्यक्ष लोकनाथ तिवारी, महा-सचिव सीता पाण्डे, सचिव- अरुण रुपाखेती, कोषाध्यक्ष-रामचन्द्र भट्टराई र सदस्यहरुमा सिर्जना मरासिनी, प्रेम पौडेल र प्रेम राजभण्डारी रहनुभएको छ |नव-निर्वाचित कार्यसमितीले नेपाली साहित्यमा रुची राख्ने अमेरिकी नागरिक जोसेफलाइमानार्थ सल्लाहकारमा नियुक्त गरेको छ| साहित्यकार जोसेफले र राष्ट्रपति बाराक ओबामाकोतथा मिसेल ओबामाको बारेमा प्रकाशित २ पुस्तकहरु महा-महिम डा. शर्मालाई उपहार स्वरूपप्रदान गर्नु भयो | जोसेफ अहिले नेपाल सम्बन्धि एउटा पुस्तक लेख्दै हुनुहुन्छ |उक्त कार्यक्रममा विभिन्न कवि तथा कवियित्रीहरुले आ-आफ्ना कविताहरु पाठ गर्नु भएको थियो| कविता पाठ गर्नेहरुमा गोपाल रेग्मी, नारायण अधिकारी, सीता पाण्डे, रामप्रसाद खनाल,पुरुषोत्तम ढकाल, हेमन्त श्रेष्ठ, लोकनाथ तिवारी, रामचन्द्र भट्टराई र गोमा न्यौपानेथिए |साहित्यकार श्री होमनाथ सुबेदीद्वारा लिखित पुस्तक “काली गाज़ल” को पनि महामहिम डा.शंकर प्रसाद शर्माज्युले बिमोचन गर्नु भएको थियो |साहित्यकार तथा विद्वान श्री एच. बि. भण्डारीले “Nepali Identify, Language andLiterature: Bhanubhakta in Contemporary Nepali Diaspora” अन्तरगत अत्यन्त गहिरो सोधमुलक कार्यपत्र प्रस्तुत गर्नु भएको थियो |अनेसास (केन्द्र) अध्यक्ष श्रीमति गीता खत्रीले यो पुरानो संस्थामा रहेर काम गरि सक्नुभएका सम्पूर्ण कवि तथा सबै सुभेक्छुक महानुभावहरुलाई शालिक निर्माणकोलागि एक जुट भएरलाग्नु पर्ने बताउनु भयो | उहाले अनेसास डी.सी. च्याप्टरमा रहेर काम गर्नु भएका सबैनिबर्तमान पदाधिकारीहरुलाई राम्रो कामको लागि धन्यबाद दिनु भयो |पुरुषोत्तम ढकालले संचालन गर्नु भएको उक्त कार्यक्रममा श्रीमति गीता खत्रीले सभापतित्वगर्नु भएकोथियो |विजय थापा

Santosh simkhada