नेपाली समाचार ,Nepal Flag

Wednesday, April 3, 2013

This is the nice vocal of Shisir Yogi

  • २१ चैत, काठमाडौं । चितुवा कराएको सुन्दा सबैको सातो जान्छ । बाटोमा हिँड्दा जम्का भेट भैहाल्यो भने त कतिको होस हवास नै गुम्छ । तर, एकजना यस्ता मान्छे छन्, जो चितुवा देखेर रत्तिभर डराउँदैनन्, देख्नेवित्तिकै समाउन कुदिहाल्छन् ।
    cituwa२५ वर्षदेखि चिडियाखानामा काम गर्दै आएका ललितपुर गोदावरीका राधाकृष्ण घर्तीले अहिलेसम्म डेढ दर्जनभन्दा बढी चितुवा समातिसक्नुभएको छ । वस्तीका कुनै ठाउँमा चितुवा देखिएको सूचना पाउनेवित्तिकै चिडियाखानाले घर्तीलाई नै उद्दारका लागि पठाउँछ । खबर पाउनेवित्तिकै घर्ती आफ्ना केही सहयोगीसहित गाडी लिएर कुदिहाल्नुहुन्छ ।
    ‘उहाँ निकै आँटिलो हुनुहुन्छ, चितुवाले केही गर्ने हो कि भनेर हामीलाई डर लाग्छ, तर उहाँ नडराइकन चितुवालाई समाइहाल्नुहुन्छ’ चिडियाखानाकी व्यवस्थापक सरिता ज्ञवालीले अनलाइनखबरसित भन्नुभयो ।
    मान्छे देख्नेवित्तिकै आक्रमण गरिहाल्ने चितुवालाई समात्नु चानचुने काम होइन । तर, घर्तीलाई यो काम सामान्य भैसक्यो । ‘मलाई पनि कतिपटक आक्रमण गरेको छ, तर आफ्नो काम नै उद्दार गरेर ल्याउने हो, गरिहाल्नुपर्यो नि’ घर्तीले अनलाइनखबरसित भन्नुभयो ।
    चितुवा समाउने तरिका
    चितुवा समाउने पनि आफ्नै तौरतरिका हुन्छ । ‘शुरुमा चितुवा हो या अरु कुनै जनावर हो भनेर पहिचान गरिन्छ, त्यसपछि आफ्नो सुरक्षाको उपाय पत्ता लगाएरमात्र समाउने काम गरिन्छ’ घर्तीले भन्नुभयो । त्यसपछि ‘एयर पेस्तोल’बाट लठ्याउने औषधि पठाएर चितुवालाई बेहोस पारिन्छ । औषधि दिएको झण्डै १० मिनेटमा चितुवा बेहोस हुन्छ । त्यसपछि गाडीमा राखेर चिडियाखाना लगिन्छ । ‘यहाँ ल्याएर पनि उसको आनीबानी र स्वभावको निकै विचार गर्नुुपर्ने हुन्छ’ घर्तीले भन्नुभयो-’उसको स्वास्थ्य परीक्षण गरेपछि मात्र ठाउँमा राखिन्छ ।’
    चितुवा मात्र होइन, घर्तीले सर्प, मृगलगायतका धेरै जनावर उद्दार गरिसक्नुभएको छ । कतै बेवारिसे अवस्थामा जनावर देखियो भने उद्दारका लागि चिडियाखानामा खबर पुग्छ । अनि चिडियाखानाले उनै आँटिला र अनुभवी घर्तीलाई नै उद्दारको लागि पठाउँछ । चितुवालगायतका जनावर उद्दार गर्नेदेखि उद्दार गरेर ल्याइएका र चिडियाखानामा रहेका झण्डै ८ सय जीवजन्तुको स्वास्थ्यसम्बन्धी ख्याल गर्ने जिम्मेवारी पनि घर्तीकै हो ।

No comments:

Post a Comment