नेपाली समाचार ,Nepal Flag

Thursday, April 10, 2014

नेपालसंग झुण्डिएका १० रमाइला तथ्य

१०.  कछुवा गतीमा इण्टरनेट 
सन् १९९४ बाट नै नेपालमा इण्टरनेटको शुरुवात भएको रैछ । तर लिविया पछि सबैभन्दा स्लोसबैभन्दा सुस्तगतीमा इण्टरनेट चल्ने मुलुकमा नेपाल पर्दो रहेछ । ६० प्रतिशत ईण्टरनेट युजरहरु २५६ केविपिएस भन्दा तलको स्पीडमा इण्टरनेट चलाउछन् हाम्रो देशमा ।९. अध्यारोमा वस्न अभ्यस्त
भनिन्छ ,नेपालमा प्रचुर जलविद्युतको सम्भावना छ । करिव ८३ हजार मेघावाट । तर लोडसेडिगको मारमा खेप्नुपरेको छ । विदेशी डलरमा ग्याँस किनेर भात पकाउनु परेको छ ।  विजुलीबाट खाना पकाउने सपना त आकाशको फल आखाँ तरी मर भाको छ ।
८.  सर्वसुलभ गाँजा
धतुरो र गाँजामा रमाउने बाबा । जहाँतहि अत्यन्तै सुपथ मुल्यमा पाईने गाजा र धतुरोको लागि हाम्रो देश प्रख्यात छ । सन् ७० को दशकमा हिप्पी हरु आउने कारण पनि त्यहि थियो ।



७ सास्कृतिक धरोहर 
पत्याउनुस् वा नपत्याउनुस् नेपाल अझ काठमाडौं त्यस्तो शहर हो, जहाँ १५ किमि वरिपरी ७ वटा विश्व प्रसिद्ध साँस्कृतिक धरोहरहरु छन् । यस्तो संसारमा नै विरलै मात्र छ ।

६.नमस्कार परम्परा
दुई हात जोडेर गरिने नमस्कार साँच्चै नेपालको परम्परा हो । यो हात मिलाउनु वा गला मिलाउनु भन्दा पृथक छ र युनिक पनि छ ।

५. अनेकतामा एकता 

अनेकतामा एकता हाम्रो शक्ति हो । चाहे वुद्ध नेपालमा जन्मेको व्यानरलाई खेल मैदानमा प्रस्तुत गर्ने कुरामा किन नहोस वा कुनै नेपालीलाई इण्टरनेट भोटिगमा जिताउन किन नहोस नेपाली एक जुट भई हाल्छन् । भाषा, धर्म भन्दा माथी उठेर राष्टियताको वकालत गर्ने यहि बानीको कारण हुनसक्छ नेपाल अहिलेसम्म पनि कसैको उपनिवेश हुनुपरेको छैन । र यस्तो सौभाग्य जम्मा जम्मी ७ देशले मात्र पाएका छन् संसार भरी ।
४. नेपाली झण्डा 

नेपाली झण्डा संसारमा नै फरक छ । त्रिकोणयुक्त हाम्रो जस्तो झण्डा विश्वमा नै कुनै पनि देशको छैन । अझ त्यसमाथी जवसम्म चन्द्रमा र सुर्य रहन्छन् तवसम्म हाम्रो देश रहन्छ भन्ने भाव वोकेको झण्डा पनि हाम्रो गौरव हो ।
३.प्राकृतिक सुन्दरता र पर्यटन

 सबै नै जानकार छौं ।
२. विविघ रेकर्डहरु 

विश्वको सर्वोच्च शिखर सगरमाथाको देश नेपाल । विश्वको नै सबैभन्दा उचाई ९४८००मि० मा रहेको तिलिचो ताल , १४५ मिटर गहिरो शे फोक्सुण्डो ताल जो ३६०० मिटरमा छ । अनि सबै भन्दा अग्लो स्थानमा रहेको अरुण उपत्यका र कालिगण्डकिको खोच ।
१. आयो गोर्खाली 

आयो गोर्खाली । विरहरुको परिभाषामा कहिल्यै नमेटिने नाम हो गोर्खाली । नेपालीको अर्को परिचय हो गोर्खाली । वहादुर, साहस र निडरताको प्रतिक हो गोर्खाली । अहिले पनि गोर्खाली फौज वेलायती सेनामा छ । भारतीय सेनामा छ । र विश्व भरी शान्ती स्थापनाका लागि नेपाली सेना मार्फत परिचालीत भैरहेको छ । गोर्खाली सेनाको विरताका गाथाहरु विश्व युद्धहरुमा देखाएका थिए । अदम्य शाहसका 'गोर्खालीहरुका' बारेमा  सन् १९८६को विश्वकपमा वेलायतलाई  हराएपछि म्याराडोनाले भनेका  थिए  "हामीले  वेलायतलाई हराउन  सफल भयौं  किनकि वेलायतबाट गोर्खालीहरु फुटवल खेलिरहेका थिएनन् ।"
(यो सामाग्रीको अंग्रेजी मुल फिचर हेर्न यहाँ क्लिक गर्नुहोस्)