नेपाली समाचार ,Nepal Flag

Tuesday, July 10, 2018

बिपद ब्यबस्थापनमा किन सरकार लाचार बनिरहेछ ?

माओवादी शसस्त्र जनयुद्धको समयमा हरेक दिन जस्तो राज्य र माओवादी पक्षबाट मान्छेहरु मरीरहेको समाचार सुन्नुपर्ने हुदा पत्रपत्रिका र रेडियो टेलीभिजनमा बिहान समाचार पढदा, हेर्दा मुटु दह्रो बनाउन पर्थ्यो ठ्याक्कै त्यही समयमा जस्तो जब बर्खा लाग्छ तब जनयुद्धकालीन त्यो समयकै झल्को दिने गरि हिजोआज दैनिक जसो नै बाढी पहीरोको कारण सर्बसाधरण मरीरहेको भन्ने समाचार हेडलाइन र ब्रेकीङ न्युज बनीरहने हुदा त्यही जनयुद्धकालीन समयमा जसरी मुटु दह्रो बनाएर समाचार हेर्नुपर्ने र पढनुपर्ने अबस्थाको नियति भोगीरहनुपरेको छ बर्खा सुरु भएको यो बर्सको आकाडा हेर्ने हो भने पनि लगभग ‎बाढी पहिरेाले मर्नेकेा संख्या दुई दर्जन भन्दा बढी पुगीसकेको छ ! थाहा छैन यो प्रक्रीया कति पुग्नेछ यो हरेक सालकेा प्रकृया भित्र पर्ने कुरा हो पहीरो र बाढी त हरेक साल को नियमितता हो ! बाढी वा पहीरो सरकारले रोकेर ठ्याक्कै रोकीने कुरा त हैन भलै हरेक बर्ष बाढी आएसी, जनता डुबेसी, जनधनको क्षति भएसी मात्र सरकार ब्युझीयको जस्तो अनुभुती हुनु बाढी आउने, डुबान हुने क्षेत्रमा पुर्व तयारी गर्न नसक्नु भने सरकारको कमजोरी हो सरकार बाढी पहिरोले आफ्नो देशको नागरीक मरीरहेको खबर बर्सेनि आइरहदा पनि पुर्बतयारी मा जोडतोडले लागि नपर्नु अनि घटना भैसकेपछी समयमा उद्दार गर्न नसक्नु दुखद बिसय हो राज्यको कमजोरी र जन्ताको ज्यु धन प्रती राज्यको बेवास्ता हो । त्यसैकारण अहिले आम बाढी पहीरो बाढीपिडीत क्षेत्रका जन्ताले प्रश्न गरीरहेछन बाढी पहिराेकाे प्रकाेपले अाक्रान्त हामी सर्बसाधरणको हालत कसले बुझ्ने हुन सरकार वा सरकारका बिराेधि शक्ति वा एन्जीवा वा आइएन्जीओहरुले ? संभावित विपद व्यबस्थापन सम्बन्धमा सरकार गम्भीर नहुने कारण के हो ? घटना घटीसकेपछी तत्काल उद्वार गर्ने विषयमा सरकारको उदाशीन्त किन हो ? त्यस्तै जान अन्जान नदि किनारकाे सार्वजनिक/ सरकारी जग्गा अधिकरण गरेर बस्ने जमात पनि दिनप्रतिदिन बढ्दै गएको हुनाले यस्ता बस्तीहरुलाइ सरकारले उचीत ठाउमा सार्नुपर्यो भने जग्ग्ग अधीकरण गरेर बस्ती बसाल्ने हरु पनि सरकारलाई मात्रै दोश दिनु भन्दा पनि अाफुपनि बेलैमा यस्ता कुरा मा हाेसियारी बन्नैपर्छ ! बर्सेनी बाढी पहीरोको लगायतका बिपद ब्याबस्थानमा जनचेतना अभियान चलाउने भन्दै तारे होटलहरुमा ठुला ठुला कार्यक्रम पनि एन्जीओआइएन्जीओले गर्दै आएता पनि यो एउटा बजेट सक्ने मेलोमेसो मात्रै बन्न पुगेको छ ! समबन्धीत ठाउ र पिडीतसम्म यो किसिमको जनचेतना अभीयानले खासै उल्लेखनीय प्रगती केही गरेको देखीदैन यश मामलामा पनि सरकार गम्भीर बन्नैपर्छ ! नाम सन्तोष सिम्खडा ठेगना: भिमसेनगाउपालीका २ गोर्खा फोन: 9861107030

Thursday, July 5, 2018

श्रद्धाञ्जली !

जीप पस्याे त्रिशुलीमा ड्राइभर बगरमाथि छ त्रिशुली र सुर्जे मात्र देख्ने साक्षी छ अचम्मै भाे के गरेर यस्ताे घटना घटेकाे दुइटा नेता मर्दा पनि ड्राइभर बाँचेकाे......"
मदन अाश्रीतकाे निधन बारे मनै रुवाउने वा भनौ चार हरफमा नै धेरै कुराहरु बोल्ने यो गित सुन्दा मदन आश्रीतको योगदान बुझ्ने वा भनौ मदन आश्रीतको समयको नेपाली राजनीतिको थोरबहुत ग्यान भएका जोकसैको मन रुन्छ तसर्थ नेपाली कम्युनिस्ट राजनीतिको एक कालो दीन हो जेठ ३ गते भन्दा फरक पर्दैन ! मदन भण्डारी र जीवराज आश्रीतको असमायीक निधन भएको आज २५ बर्स पूरा भैसकेको छ तर यति लामो समय भैसक्दा पनी मदन आश्रीतको निधन हत्या हो वा दुर्घटना भन्ने कुरा रहस्यमय छ यस बिचमा तिनै मदन आश्रीतको भजन मन्डली गाएर पटकपटक एमाले सत्तामा पनि पुगीसकेको छ ! सत्ताको भर्याङमा चढेपछी भर्याङ चढिहाले अब किन चर्चा गर्नु भन्ने रोगले थलीएर हो वा कुनै कारणले हो एउटा बिडम्बना नै मान्नुपर्छ यति लामो अबधिमा पनि हत्या हाे कि दुर्घटना,जवाफ कोही कसैले पत्ता भने लगाउन र छानबिन गर्न उच्च तदारुकता नदेखाउनु वा भनौ मदन आश्रीत घटनाबारे मौन बस्नु बडो आस्चर्यको कुरा छ ! हरेक बर्स जेठ ३ गतेका दिन हामिले देखीरहेका हुन्छौ सुनीरहेका हुन्छौ शहरमा मदन भन्डारी र जीबराज आश्रीतको योगदान बारे श्रद्धाञ्जली सभा र गोष्ठीहरु हुन्छन नेताहरु ठुलाठुला स्वरमा भासणहरु गर्छन सामाजिक सन्जालमा योगदान बारे लेख्न होडबाजी चल्छ तर के कम्युनिष्ट नेताद्धय मदन भण्डारी र जीवराज आश्रीत" प्रती यति कुराहरु गर्दैमा सच्चा सम्मान हुन्छ ? के मदन आश्रीतको आत्माले शान्ती पाउछ ? अह पाउदै पाउदैन महोदय, तसर्थ हामी सर्बसाधरण नेपाली जन्ता भन्न चाहान्छौ यदी मदन आश्रीत को त्यो कहालीलाग्दो घटनाबारे छानबिन हुन सक्दैन भने वा भनौ छानबिन गर्ने आट र तदारुकता देखाउदैन भने यो बर्सेनि मदन आश्रीतको स्मृति दिबसमा हामी हत्यारा पत्ता लगाएरै छाडनेछौ छानबिन गरेर छाडनेछौ भनेर आजको मितीबाट भन्न छोडिदीनोश अनि स्वस्थानी व्रत कथामा झै महादेवले सतीकाे लास काधमा बाेकेर अङ्ग पतन गराउदै हिडेझै २५ बर्स देखि चुनाबको बेला ठाउठाउमा उनको नाम जोडेर राजनैतिक अभीष्ट सिद्धि गर्ने र सत्ताको भर्याङ चढने काम भैरहेको छ त्यो अब उप्रान्त नहोस अनि बर्सको एकदुइपटक लोकलाज छोप्नको खातीर मात्रै दोषीलाई कारबाही गर्न माग नगरुन । यत्ति भए पनि थोरै भए पनि मदन भण्डारीप्रति न्याय हुनेछ । जननेता भण्डारीप्रति भावपूर्ण श्रद्धाञ्जली ।

नाम सन्तोष सिम्खडा
ठेगना : भीमसेन गाउपालीका २ गोर्खा फोन :9861107030

खुलापत्र !

सम्मानानीय शीक्षा मन्त्री ज्यु नमस्कार ! सर्बप्रथम हजुर आरामै हुनुहोला भन्ने आशा र बीस्वासका साथ पत्र कोर्दैछु तर यहाँ म चै आराम छैन त्यो आराम नहुनुको मतलब यो होइन कि मलाई कुनै रोगले ग्रसीत बनाएको छ ! कुनै रोगले नच्याप्दा पनि मलाई हीजोआज मन भतभत पोल्छ कुनै रोगले समातेको भए त मलाइ डाक्टरले दीयको औसधि सङ्गै आराम गरेको भए नीको हुन्थ्यो होला मन्त्री ज्यु मेरो मनको रोग न अस्पतालको औसधीले न डाक्टरले न बेडमा आराम गरेर हुन्छ ! मलाई जस्तै यो रोग आज लाखौ नेपालीलाई लाग्न थालीसकेको छ शैक्षिकसत्र शुरु हुनै लाग्दा शुरु भएको यो रोगले शैक्षिकसत्र शुरु भैसकेका दीनहरुमा अझै च्याप्नेछ ! मन्त्री ज्यु त्यो रोगबाट मुक्ति केही हदसम्म भएपनी कम गर्ने मसङ्ग उपाय भनेको सरकारी स्कुलमा छोराछोरीलाइ भर्ना गर्नु हुन्थ्यो होला तर मनमा रोग नै पालेरै भएपनी जति नै गाह्रो भएपनी मैले मेरो सन्तानलाइ बोडीङमा नै पढाउनुपर्ने बाध्यता छ कीनभने तुलनात्मक रुपमा सरकारी स्कुलमा पढाइको स्तर अतीनै कमजोर छ पुरातन ढररा अनुसार पढाइने गरीन्छ ! सरकारी स्कुलमा मास्टरले खुलेयाम राजनिती गर्छन। हातमा मार्कर हुनपर्ने क्याम्पस चिफ जब VC बन्नको लागि पार्टीको झण्डा बोक्नै पर्ने , कुनै नेताको गुलामी गर्नैपर्ने अबस्था सीर्जना भै नै रहनेछ , तब सम्म शिक्षा क्षेत्रमा केहि होला भनेर आश गर्न सकीने अबस्था छैन तसर्थ देशमा बीकास समृद्धिको लागि पहिलो महत्त्वपूर्ण शर्त :विश्वविद्यालयमा हुने राजनितिकरण अन्त्य नै हो भन्ने कुरामा दुई मत छैन धेरै बीधालयहरुमा अहिले पनि नेताले आफ्नो कार्यकर्ता र आफन्तको भर्ति केन्द्र बनाका छन। बच्चाहरुको हेरचाहा र पढाइमा धान दीनु त कता हो कता सरकारी काम कहिले जाला घाम भनेझै समय कटाउने माध्यम जस्तो बनेको छ त्यस्तै झन यो शिक्षा एेन नवौ संसोधन ले अबको विस वर्ष हाम्रो सार्वजनिक शिक्षालाइ उठ्नै नसक्ने गरि थीलथीलो पार्ने नीस्चीत छ तसर्थ उहीँ पुरानो सोच उहीँ शैली उहीँ पद्दती उनै मान्छेले समयक्रम अनुसार बैज्ञानिक शीक्षामा जोड नदीइअकन अध्यापन गराइने बीध्यालयमा कसरी आफ्नो छोराछोरीको भबीस्य अन्धकार बनाउन भर्ना गर्नु ! शीक्षा मन्त्री ज्यु हरजोकोहीलाई पनि आफ्नो सन्तानले राम्रो गरोस पढोस भन्ने हुन्छ त्यसकारण अर्काको दीनभर काम गरि दुख गरेरै पसीनासङ्ग पैसा साटने र त्यही पैसाले कोठाभाडा तीर्ने घरखर्च चलाउने छोराछोरी पढाउन नीकै हम्मे हम्मे छ म जस्ता सर्बसाधरणको लागि हीजोआज नेपालको शीक्षा अती महङ्गो भएको छ ! स्वर्गीय नारायण गोपालले गाएको गीतमा झै "आँखा छोपी नरोउ भनी भन्नुपर्या छ मुटुमाथी ढुङ्गा राखी हास्नुपर्या छ" भनेझै आफ्नो छोराछोरी सरकरी स्कुलमा पढाउने इच्छा हुदाहुदै पनि राज्यको गैरजिम्मेवारी र लाचारी पनको कारण महङ्गै स्कुलमा पढाउन बाध्य हुनुपरेको छ ! प्राइभेट स्कुलहरु महङ्गीले छोइसक्नु छैनन यदी राज्य जन्ताप्रती इमान्दार बन्दीने र सोच्दीने हो भने शिक्षा-स्वास्थ्य जस्तो संवेदनशील विषय सर्वसुलभ हुनुपर्ने थीयो नाफावालेका हातमा हुनैहुन्न थीयो ! अती सस्तो भनीयका प्राइभेट स्कुलमा पनि अहिले नर्सरीमा भर्ना गर्न १० औ हजार खर्च लाग्छ महीना फी २ हजार भन्दा कम कही छैन अनेक शुल्कमा लीइने खर्चले ढाड सेकीन्छ ! सामान्य १५/१८ हजार तलब खाने हामीजस्ता सर्बसाधरणलाइ नेपालको शीक्षा अतीनै महङ्गो भएको छ ! छोराछोरी पढाउनको लागि आधापेट एकछाक खाएर कति दीन बाच्नु नीक्कै मुस्किल छ जीवन धान्न बचाउन मन्त्री ज्ज्यु !कम्युनिस्टहरूले चलाएको देशमा आधा पेट र एकछाक खाएर छटपटीयको मनले प्रश्न सोध्छ मन्त्रीज्यु देशमा शिक्षा-स्वास्थ्यमा यो ब्रह्मलुट सुहाउने कुरा हो ?? हुन त कतिपय शिक्षा स्वस्थ (प्रा.)संस्थामा कम्निष्टहरुले लगानी गरेका देखीन्छ सुनीन्छ जसको कारण जति सार्बजनिक शीक्षा ध्वस्त भयो उतीनै प्राइभेट शीक्षामा ब्रहमलुट मच्चाउन पाइने हुदा पनि कतै हामी सर्बसाधारणले यति बीघ्न पीडा भोग्नुपरेको त हैन ? एकातीर शीक्षामा ब्रह्मलुट त छदैछ अर्कोतीर हाम्रो शीक्षामा एक्काइसौं शताब्दी सुहाउदो बैज्ञानिक र प्रयोगात्मक शीक्षा भन्दा पनि परम्परागत र शैद्धान्तीक ढङ्गबाट अध्यापन गराउने चलन छ ! बाउआमाले छोराछोरीलाइ गाई गोठमा र बाख्रो खोरमा बाध्न लगाउछन अनि अँगेनाको डिलमा बसेर “गाईले घाँस खान्छ, बाख्राले स्याउला खान्छ” भन्ने पाठ घोकाउन लगाएको देखिन्छ। सीरानी हालेर सुत्ने सर्टीफीकेटको लागि हामीलाइ शीक्षा चाहीयको हैन सरस्वती भनेर कीताबलाइ पुज्ने शीक्षापनी हामीलाइ चाहीयको हैन हाम्रा छोराछोरीलाइ गरीखान सीकाउने किताब चाहीयो देश र जीवन बुझाउने किताब चाहीयो तर यो बर्तमान समयमा पढाइदै आएको शीक्षाले न त हामीलाइ गरीखान सीकाउछ न त देश र समाज बुझाउछ न जीवन बुझाउछ ! मन्त्री ज्यु म सँगै पढेको एउटा परीवार थर हुनुभएका एक गाउलेले ५ कक्षा पढेर गाउमै आफ्नै पसल खोलेर लुगा सीलाउन थाल्नुभयो अर्का सुनार भाइ ८ पढेर सुन को काम गरेर गाउमै मनग्गे कमाउनुहुन्छ अनी क्लासमा फस्ट हुने भट्ट थर भएका एक साथी खाडीमा भाडा माज्नुहुन्छ म बाहुन राजधानीमा बल्लतल्ल जीवन गुजारीरहेछु नपढने मेरा ती साथीहरु गाउमै राम्रो गरेर बसीराछन् रजगज गरेर!हामी धेरै पढेका भनीयका बाउनहरुको हालत शहरमा बेहाल छ ! तसर्थ यो जीउन नसीकाउने बाच्न नसीकाउने शीक्षाको काम छैन यस्तो अबस्थामा सबैलाई पढन मात्रै सीकाउने हैन गरीखान सीकाउने खालको, ब्याबसाय गरेर बाच्न सीकाउने खालको शिक्षा सुधारको मार्गमा अगाडि बढाउनुपर्ने हुन्छ यो अबस्थालाई बेलैमा सुधार्नु पर्ने टडकारो आवश्यकता छ सुधार्न ढिलो गरे स्थिति भयावह नबन्ला भन्न सकीन्न ! अहीले देश र समाजमा देखीयको भस्ट्रचार अनीयामीतता बेरोजगारी सामाजिक कुरीती बेथीतीले जरो गाडनुको केहीहदसम्म कारण नै हाम्रो शीक्षाको कमजो सबैलाई ज्ञात छ पुजीवादमा धनबिना राजनीति असम्भव छ,दल र नेतालाई सहि कामगर्ने ब्यापारी ले धन दिदैनन वा दिन सक्दैनन! राजनीतिमा धन भित्रीनुमा स्वार्थी चेतना र शिक्षाको ठुलाे हात छ जसले भ्रष्टाचार बढाएकाे छ,शिक्षा लाई सुद्धिकरण गरि समाजलाई नैतिकता र जिम्मेवारी बाेध गराउनु अत्यावश्यक छ! हामीलाइ थाहा छ शीक्षाक भनेको समाजको ऐना हो समाज सुधार र परीबर्तनको लागि शीक्षाकको जति भुमीका समाजमा अरु कसैको हुनै सक्दैन १ जना सफल ब्यापारिले लाखौ ब्यक्त्ति सफल ब्यापारि बनाऊन सक्छ ? अह सक्दैन तर १ जना सफल शिक्षकले लाखौ ब्यक्त्तिलाई शिक्षित बनाऊन सक्ने हुदा शीक्षाक तालीम देखि योग्य शीक्षाक छनोट लगायत यावत बीसयमा सरकारले नीर्मम भएर अगाडि बढनैपर्छ ! पक्कैपनि दशकौंदेखीको शीक्षामा रहेको बीकीर्ती बीसङ्गती तत्काल सही मार्गमा ल्याउन सहज र सजिलो भने छैन तैपनि तत्काल कम्तिमा राज्यका सबै बिध्यालयहरुमा १-१२ सम्म पाठ्यपुस्तक, ड्रेस, पढाउने माध्यम र परिक्षा प्रणाली लागु गर्न सकीन्छ कम्तीमा यसो भएमा शिक्षामा भएको मनपरितन्त्र र माफिया तन्त्र केहि हदसम्म रोकीनेछ त्यस्तै राज्यको कोषबाट सेवा सुबिधा लिने वा भनौ सरकारी जागीर खाने पीउन देखि प्रधानामंत्रीका छोराछोरी राज्यकै लगानी भएको बिद्यालयमा पढाउनुपर्ने बाध्यकारी कडा कानुनि व्यवस्था गर्ने अनि कुनै पाटीको झोला बोकेर हिडेका भरमा सोर्सफोर्सको आधारमा स्कुल र बिश्वबिध्यालयमा शिक्षक, कर्मचारी स्थायी गर्ने, बढुवा गर्ने परिपाटी पुण रुपमा बन्द गर्नैपर्छ ! स्कुलमा शीक्षाकलाइ जुनकुनै पाटीको सदस्य भएर राजनीति गर्न छुट दीइनुहुन्न त्यस्तै पूर्ण खुला प्रतिस्पर्धा अंगाल्ने व्यवस्था गर्न सकीन्छ नीस्चीत समय समयमा स्कुल र कलेजमा समेत शिक्षकहरुको सरुवा हुने व्यवस्था गर्नैपर्छ कम्तिमा राम्रो अंक आएकालाई मात्रै शिक्षक बन्न पाउने व्यवस्था गर्न सकीन्छ शिक्षकलाई आफ्नो घर आगनमा जागिर खान नपाउने व्यवस्था गर्न सकीन्छ भने पैसाको भरमा डाक्टर, इन्जिनियर आदि पढ्न पाउने व्यवस्थाको अन्त्य अन्त्य गर्ने शैक्षिक माफियाहरुलाई नीयम बनाएर कडा कारबाही गर्ने र निजि स्कुलका ठुला माफियाहरूबाट सतर्क रहन सक्ने काम चै गर्न सकीन्छ त्यस्तै मन्त्रीज्यु संविधानको भावना अनुसार आधारभूत शिक्षा निशुल्क गर्न सक्नुहुन्छ भने निजि बिद्यालय अबधि दिएर बन्द गर्ने कार्य शुरु गर्न सकीन्छ नेताको छोराछोरी नीशुल्क पढाउने र उपचार गर्ने काम बन्द गर्नुस अन्याथा समाजबाद उन्मुख जाने भन्ने हाम्रो सोच यो सब भन्ने कुरा न हुन भनेजस्तो हुनेछ , हामि दक्षिणपंथ तर्फ जानेछौ बलियो सरकार छ, निर्बलियो विपक्षी छ । विरोधी खास छैनन् । सरकारले राम्रो गर्न चाह्यो भन्ने नसक्ने भन्ने केही छैन । मात्र आवश्यक छ तपाईंमा शैक्षिक क्षेत्रमा भएको ब्याथीती सुधार्नको खातीर दृण इच्छाशक्ति ! तसर्थ मन्त्री ज्यु शैक्षिक माफीयाको बीरुद्ध तपाईं र तपाईंको सरकार नीर्मम बन्नैपर्छ ! जबसम्म देशमा शिक्षा सुध्रदैन तब सम्म भ्रस्टाचार को यो बाक्लो तुवाँलो रोक्छु भनेर कसैले रोकीनेवाला छैन ! न पहाडमा रहेको देउकी प्रथा रोकीनेछ न तराईमा बालबिवाह दाईजो प्रथा रोकीनेछ यसको लागि एउटै उपाय भनेको अनिवार्य र गुणस्तरीय नि:शुल्क शिक्षा नै हो । तर हाम्रो शीक्षा गुणस्तरीय र सर्बसुलभ भएन दुनीयामै नभएको शीक्षा र स्वास्थ्यमा नीजीकरण र मनपरीतन्त्र हामीमा भएको हुदा मैले माथी उल्लेखीत केही कुरा मात्रै भएपनी सुधार गर्न सकेमा हाम्रो सार्बजनिक शीक्षाको स्तर अबश्य बढनेछ यति गर्दा यति काम गर्दा केही हजार शिक्षालाई ब्यापार बनाइ लुटने लुटेरा र माफिया ले जुलुस निकाल्लान ! तर करोडौं नेपालिहरु खुसि हुनेछन यदी यसो गर्न नसकेमा समाजवादको गफ नदीनुस र आफुलाइ आफैले घोषणा गर्नु अब हामि विकृत पुंजिबादी हौ ! धन्यवाद !

कुन अर्थमा बाबुराम पागल भए मान्यवर ?

एकदीन काम गर्दागर्दै एक्कासि ज्वारोले सतायो अनि अफीसमा म्यानेजरसङ्ग छुट्टी मीलाएर साझ ६ बजे नै कोठामा आउदै थीए त्यसैक्रममा बाटोको एक क्याफेमा मेरो मील्ने गाउले साथी नवीन चीया खादै रहेछन बसौ चीया खाऔ भने बसे अनि म बसेर चीया खादै थीए मेरो छेउमा केही युवाहरुले हाम्रा अध्यक्ष कमरेड प्रचण्डले धेरै पढेको मान्छे दीमाग बीग्रीयको हुन्छ बुद्धि मासीयको हुन्छ भनेर सै भन्नुभो यार बाबुराम र आहुती त्यस्तै हुन भनेर जोडजोडले हासेको सुने ! हास्नेहरु कति पढेका हुन भनेर मैले अडकल गर्न सकीन कीनकी तीनीहरु मैले चीनेजानेका मान्छेहरु थीयनन तर ती युवाहरूलाई हसाउने ब्याक्ती चै मैले चीनेजानेका मान्छे थीए जसले पोहोरसाल डीग्री गरेका थीए मैले त्यतीनैखेर तपाईंले पनि पोहोर साल डीग्री पास गरेको हैन भनेर सोध्न खोजे तर अर्काले बोलेको ठाउमा कीन बोलु जस्तो लाग्यो र म बोलीन तर मेरो मनमा एउटा कुराले भने घोचीरहयो " बीचरा ती युवा जो डीग्रीका सर्टीफीकेट हातमा राखेर आफुले आफैलाइ कीन यसरी गीज्याइरहेको छ्न त ? धेरै पढेको बुझेको मान्छेको कसरी दीमाग उडछ ? पढदै नपढी पुस्पकमल दाहाल प्रचण्ड बनेको हुन र ? अनि बुझ्दैनबुझी गल्ती कसको हो भन्ने कुरा बीर्सीयर कुनै पाटीको सदस्यता लीयकै भरमा वा भनौ नुनपानीको सोझोको लागि सत्य कुरा बुझ पचाएर "अ यार पढेका मान्छे पागाल नै हुदा रहेछन" भनेर अट्टाहास गर्ने ती युवाहरु र प्रचण्डले धेरै पढेको मान्छे बुद्धि बीग्रीयको हुदोरहेछ भन्दा मन्चमा गलल हास्ने पढेलेखेका प्रचण्ड पाटीका बीध्वानहरुमा के फरक छ र ? जो पीएचडी र वकीलका सर्टीफीकेटहरु हातमा लीयर आफुले आफैलाइ गीज्याइरहेका छन ! हुन त कोही एउटा ब्याक्तीले अर्कोलाइ कुनै वीसयमा रीस उठयो भन्दैमा थदानाम गाली गरेर तिमी यस्तो तिमी उस्तो भनेर गाली गर्दैमा उसको पछि लाग्नुपर्छ भन्ने त हैन तथापी रास्ट्रका महत्वोपुर्ण स्थानमा बसेका मान्छेले बेहोशमै बोलेका शब्दले पनि नराम्रो आइरोनी बनीदीन सक्छ र केही थान प्रचण्डहरुले पागलनै भनेनी हरेक नेपालीको इच्छा आफ्नो सन्तान प्रचण्ड हैन डा बाबुराम भट्टराई र कमरेड आहुती जस्तै बीध्वान बनोस भन्ने त हुन्छनै ! भनीन्छ जोकसैले गलत कुरा पनि हजार पटक दोहोर्याउदा सत्य हो की भन्ने भ्रम हुन जान्छ सदीयौदेखी झुठो आश्वासन र कुराहरुको लत लागेका हामी सत्य कुरा र नया प्रयोगमा डराउछौ वा भनौ पचाउन नीक्कै हम्मेहम्मे पर्छ ! किनभने पुराना मान्छेलाइ नयाँ कुरा पच्दैपच्दैन किनभने तीनीहरुको दीमागको भाडो पहील्यै भरीएको हुन्छ ! लाखौ सयौ मान्छेको भीडमा ठूलो ठूलो स्वरमा नेताले जे बोले पनि सत्य भैदीने बोल्नेहरु आफुलाइ बीध्वान ठान्ने अनि जोकसैले केही मान्छे भएको ठाउमा नया प्रयोग वा भनौ कुराहरु सत्य र यथार्थ बोल्दा पनि पागलको सग्या दीने गरीन्छ ! वा भनौ औसधि तीतो नै हुन्छ ! नयाँ प्रयोग र परीबर्तको लागि मरीमेटने जोकही राम्रो मान्छेलाई जहिले पनि पागल नै भनीन्छ हीजोका दीनहरुमा दक्षिण अफ्रीकाका नेल्सन मन्डेलालाई पनि त पागलको संङ्या दिईएकै हो ! त्यस्तै सबीधान सभाको कुरा गर्दा हिजोका दीनहरुमा बाबुरामलाई पनि पागल नै त भनीयकै हो ! आज दीनको प्रत्यक्ष नीर्बाचीत को कुरा गर्दा आर्थिक सम्रीद्धीको कुरा गरेर नया भीजन र मीसन सहीत हीडदा पनि मान्छेहरुले पागल भन्न कहाँ छोडछन र ? तर पागल भन्दैमा कोहि पागल हुने कुरो हो र ? देशमा अझै धेरै पागलहरु चाहीयको छ एकोहोरीयर काम गर्न पागलले मात्रै सक्छ ! खै कीन हो प्रचण्ड कमरेडले धेरै पढेको मान्छेहरु पागल हुन्छन भनेर बाबुराम र कमरेड आहुतीलाई भनेदेखी त यस्ता पागलहरु अरु पनि बढोस भन्ने लाग्छ नी यी र यस्तै बीकास सम्रीद्धी र शुसानको सपना देख्ने महाबीर पुन, गोबीन्द केशी जस्ता सयौ पागलहरु यो देशमा जन्मीउन भन्ने लाग्छ ! प्रचण्ड ज्युको कुरालाइ सकारात्मक रुपमा हेर्ने हो भने बाबुराम पागल भनेर ठीकै गरेकी जस्तो लाग्छ किनभने बाबुराम त्यो मान्छे हो जो देशबिदेशका थुप्रै सुखसयलका अफरहरुलाइ छाडि सारा मोजमस्ती र कमरेड प्रचण्ड जस्तो बीलाशी र ऐसाअरामको जीन्दगी त्यागेर नेपाली जनताको हकहितकालागी निरंकुशता विरुद्ध हतियारको मुखमा लडन गए के यो पागल पन थीयन र ?अनि अर्को कुरा के चै हेक्का हुनु जरुरी छ भने जनयुद्ध सफल हुनुमा बाबुरामको नै मुख्य योगदान थीयो जनयुद्धताका जनताले बाबुराम जत्तिकै मान्छे त यसरी लडेका छन हामी किन नलडने भनेरनै जनयुद्ध मा होमीयकाहरु धेरै थीए र त सफलभएको हो। अनि अर्को कुरा जनयुद्ध देखि प्रचण्ड प्रम हुँदासम्म लेखिएका हरेक दस्ताबेजदेखि प्रचण्ड का चर्चीत भनिने भासणसम्म लेखीदीने तीनै बाबुराम नै हैनन अनि यो सबै काम गर्ने त्यो बुद्धीजीबी पाग्ल नभए के त ? तसर्थ यो पागललाइ प्रचण्डलाई कसरी नेता बनाए त ? नेता त बाबुरामको पागलपनले प्रचण्डलाई बनाएको हो नी !हैन र ? दासहरु मालीक बनेपछी मालीककै ब्याबाहार देखाउछन भनेझै आफू आएको बाटो र त्यो बाटोमा हीडने आफ्ना सहयात्रीहरु बीर्सीयर आफु ऐसाअराममा जीएपछी तपाईंका सहयात्रीले तपाईंलाई छोडनु अस्वभाबीक हुँदै होइन तपाईंले सोच्नुभएको छ सहिद बेपत्ताहरुका परीवार किन आज निरास छन?लडाकु सिबिरको अनियमितता किन लुकाइयो?बैध्य बिप्लव र बाबुरामले त्यो सहयात्रालाइ तोडनु बाध्यता थीयो रहर हुँदै होईन खुम बहादुर,जस्तो भस्ट्रचारी जेलबाट नीक्ल्दा सय कीलोको माला लगाउने जन्ता भएको देश ‎चुणामणीलाइ सज्जन बनाउन कोसिस गर्नेहरुको देश , दिपक मनाङ्गेलाई आफ्नो जनप्रतिनिधि स्वीकार्ने देश का महान सज्जनहरुले धुर्मुस सुन्तली बाबुराम गोविन्द के सी र महाबीर पुन हरुलाई पागल भन्नू कुनै नौलो कुरा हुँदै होईन ! हीजोआज प्रचण्ड कमरेडको शबदमा बोलीमा नीक्कै नैराश्यता देखीन्छ कमैया ले छाडे पछिको जमिन्दारको जस्तो अनि स्वर्ग र नर्कका कहानीहरु भेटीन्छ जस्तो बाबुरामले ठूलो भूल गर्नुभएको छ, यस उहाँलाई माथि जाने बेलामा आनन्दसँग जान पाइन्छ नत्र पोलेको पोल्यै हुन्छ सुन्दा तपैमा चेत पलाउन थालेछ. नत्र कहाँ यस्ता ठूलो भूल पश्चाताप को आगो” “माथि जाने बेलामा” ‘ आनन्दसँग जान ” “पोलेको पोल्यै” जस्ता सब्द आउंथे र ?? के कम्युनिस्ट शब्दकोषहरुमा भगवान का रुपहरु देखिन्छन् र ? हुन त कुनै पाटीको झोले बनेर मैले यी कुराहरु बोलीरहेको छैन र मलाई थाहा छ कसैको ब्याक्तिगत जीबनमा र राजनीतिमा व्यक्तिगत आग्रह द्वेष राख्नु राम्रो होइन तथापी देश र जनता लाइ माझमा राखेर सर्बसाधरणले पनि बोल्दा र सत्य लेख्दा व्यक्तिगत लाज संकोचले कुनै अर्थ राख्दैन सच्चा राजनीतिमा हो वा जीबनमा , तसर्थ म कमरेड प्रचण्डलाई एउटा प्रश्न सोध्न चाहान्छु आफ्नै घर त अब केहि दिनमा बन्द हुदै छ, यस्तोमा डाक्टर बाबु राम भट्टराई कहाँ आउने हो ? कमरेड अध्यक्ष ल ठीक छ बाबुराम नयाँ शक्ति त्यागेर तपाईंको पाटीमा आए रे अब भन्नुस कहाँ राख्नु हुन्छ उहालाई ? “नेपालमा माओवादी केन्द्र भन्ने पनि एउटा रानीतिक दल थियो अरे जसको अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ थीए रे ” अबको केहि दिनमा भन्ने बेला आउदै छ तसर्थ प्रचण्ड कमरेडलाई के भन्न चाहान्छु भने कही आउने न आउने कुरा हैन डाक्टर बाबु राम भट्टराईको सानो भए पनि आफ्नै झुपडी छ ठुलो महलमा कमारो हुन भन्दा सानो भए पनि आफ्नै झुपडीमा बस्न राम्रो हैन र? बरु डा बाबुरामले प्रचण्डलाई एउटा झुपडी कै भए पनि कोठा चै खाली राखीदीए हुन्छ ! ‎अ साच्चै धेरै पढेरै मान्छे बहुलाय रे तर प्रधानमन्त्री अाेली चाहिँ किन बहुलाए कुनै दीन यीनलाइ पनि त कमरेड प्रचण्ड ले पागल घोषणा गरेकै हुन क्यारेनी हो कि हैन त? मनैदेखी भन्ने हो भने अनि पद र पैसाको पछि साच्चै लागेको भए आज प्रचण्डको भन्दा माथिल्लो स्थानमा बाबुराम र बैधहरु हुन्थे तर उनीहरूले त्यसो गरेन किनभने उनीहरुलाई थाहा छ सत्यको एकदिन जित हुन्छ तसर्थ यदी जब सत्य को पर्दाफास हुँदै जाने छ तब बाबुराम, बैध उचाईमा पुग्दा प्रचण्ड पातलमा रोइरहनपनि त सक्छन आखिर पृथ्वी गोलो न छ दिन त सबैको एकदीन आउछ आउँछ ! जय होस

नोट : म कुनै राजनैतिक दलको हनुमान होइन !

Tuesday, July 3, 2018

लुटको धन फुपुको श्राद्द

सरकारमा रहेका नेताहरुको सस्कार चालचलन , काम गराइ र बोलाइमा तारतम्य मिलेन भने जनताको जिबनस्तर सुध्रन र बिकाशले गति लिएर देश सम्रीद्धीको पथमा लम्कन नसक्दोरहेछ अनि देशको शासन सत्ता सम्हाल्ने शासकको सस्कार परीबर्तन भएन भने तन्त्रहरु मात्रै परिवर्तन भयर मात्र नहुदोरहेछ भन्ने अनुभुती ‎गणतन्त्रातिक शासन ब्यवस्थामा पनि २० बर्षे संक्रमणकालिन अवस्थामा झैं असारे बिकास को झाराटार्ने र बजेट सक्याउने काम देख्दा आम जन्तालाइ भान पर्दै गएको छ ! ‎ किसानको लागि मानो खाएर मुरी उब्जाउने असारको यो समयमा सर्बसाधरण किसानहरु काममा ब्यास्त हुन्छन तर यही मौका छोपेर बिकासको खेती गर्ने इन्जिनियर, बिकास अधीकारी र ठेकेदार हरु र जन्ताका जनप्रतिनिधि भने असारे बिकास' मार्फत राज्य कोषमा परापुर्ब देखी लुट आताङ्क मच्चाइदै आइएका छन धेरैजसो सरकारी कर्मचारीको दशै हो असार मसान्त, भन्दा फरक पर्दैन ! बिकासको नाममा आ.ब.को अन्तिम तीन दिनमा ४६ अर्ब रुपैयाँ खर्च भएको खबर समाचारहरुमा केही पहीला मात्रै आउनुले जन्ताले दुख गरि कमाएको कर र खाडीमा रगत र पसीना बेचेर कमाएको रेमिटेन्समा सरकार लुटको धन फुपुको श्राद्ध्य भन्ने उखान जसरी मनपरि गरीरहेको पुष्टि हुन्छ ! बजेट सक्नको लागिमात्र गरिने यो बिकासले न देसको बिकास हुन्छ न जनताले सुख पाउछ्न,,अहीले देख्न सकिन्छ ठाउठाउमा बजेट रित्याउन रुझेर भीजेर धमाधम पिच भैरहेको छ पिचहरु गरेको केही दिनमै धमाधम उप्कीन सुरु गरीसकेको घटनाहरु आइरहेको पनि छ भने राजधानी लगायतका ठुला शहरमा समेत ढल र खाने पानीको नाममा बाटो भत्काएर हिलै हिलो हिड्नै नसकिने बनाइएको छ सर्बसाधरणलाइ बाटो हिडदा चिफ्लीयर प्राण खुस्कीने हो कि भन्ने चिन्ता हुन्छ असारे बिकाशको यो झारे टार्ने र बजेट रित्याउने खेलो सबैभन्दा ठूलो बेथिति हो भने भस्ट्रचार हुने सबैभन्दा ठूलो मेलोमेसो हो तसर्थ असारे बिकास र सरकारी खर्चको बेथिति रोक्नसके मात्र पनि आधा भ्रष्टाचार पक्कैपनी हुन्थ्यो तर सत्ताको स्वादमा बसेर ढाडीयकालाइ यो कुराको के मतलब ?तसर्थ आमसर्बसाधरण जन्ता भनीरहेछन प्रीय सरकार तिम्रा घोषणापत्र अनि भासणमा दिइएको 'सुशासन र सम्रिद्दीको' नारा असारे बिकासको यो किसिमको भयावह पद्दतीको सिर्जना गरेर राज्यकोषको दोहन गर्नकै लागि थियो त ? रेल पानी जाहान अनि घरघरमा ग्यास पाइपको गफ हान्नेले यो किसिमको बेथिति रोक्न किन नसक्या? असारमा गरिएको भनीयको बिकाश निर्माणको कामको प्रत्याभूति गर्न पाउनुको त परै जाओस ठाउठाउमा बिकाशको नाममा भत्काइने सडकको कारण बर्सेनि पहीरोले जन्ता मरीरहेका पनि सुन्नमा आउँछ यो असारे बिकास पैसाकाे राज्यकोसको सत्यनास हो जन्ताको रगत र पसीनाबाट सिर्जीत कर र रेमिटेन्सको सत्यानास हो तसर्थ सरकार १२ महीना नै एउटै रफ्तारले बिकास निर्माण को काम हुनुर्यो असारे बिकास बन्द गरीनुपर्यो तब मात्रै जन्तामा सुशासनकाे प्रत्याभूति हुनेछ ! नत्र भने लुटको धन फुपुको श्राद्ध भन्ने उखान जस्तै हुनेछ नाम ; सन्तोष सिम्खडा ठेगना : भिमसेन गाउपालीका २ गोर्खा फोन :9861107030

Sunday, July 1, 2018

डा केशी पक्राउ पर्नु कम्युनिस्ट अधिनायकवादको प्रारम्भिक लक्ष्ाण हो !

डा गोविन्द केसी जुम्लामा पक्राउ भन्ने समाचार सुन्दा हामी सर्बसाधरणले देशमा अधीनायकबादको प्रारम्भिक लक्षाणहरु देखा पर्दै छ चिकित्सा क्षेत्रको विकृति र विसंगति अन्त्य गर्न पटकपटक अनशन बस्दै आउनुभएका डा गोबिन्द केशीलाइ पक्रीएर र डा. गोविन्द केसी जहाँ उभिन्छन्, त्यही ठाउँलाई निषेधित क्षेत्र भनेर घोषणा गरीदीएर नागरिकले सत्याग्रह पनि गर्न नपाउने अबस्थाको सिर्जना हुनु पक्कैपनी दुखद बिसय छ भने कम्युनिस्ट सरकार अधिनायकवादको पथमा हिडदैगएको र यो सरकार मुटु स्पात भन्दा कडा र धोकेबाजहरुको भन्दा निर्दयी बन्दै गएको अनुभुती छर्लङ्गै भैरहेको छ डा. केसीले ३ करोड ज्यादा नेपालीको हितको लागि पटक पटक को अथक मेहेनेत र आफ्नो ज्यान हत्केलमा राखेर सत्यग्रहमार्फत हाँसिल गरेका उपलब्धिलाई शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले प्रतिगामी ऐन मार्फत लत्याइदीने प्रपन्च गर्दैछन भने मन्त्री पोखरेल माफीयाको सरदार जस्तो बनीदीदा मेडीकल माफीयाहरु डा गोबिन्द केशीको बिरुद्ध एकताबद्ध हुदैछन अनि स्वास्थ क्षेत्रका चोर डाँका लुटेरा मिलेर करोडौं नेपालीका हितको लागि लडने डा. केसीलाई एक्लो बृहस्पति बनाई छाडने र जन्ताको अधिकारको लडाइमा लागीरहेका केशीको आन्दोलन निस्तेज पार्ने धुनमा सबै शक्ति प्रयोग गर्ने ध्याउन्नमा रहेको देखीन्छ ! सत्य निस्ठा र इमान्दारीताको लडाइमा लाग्ने केशीको सत्याग्रहमा जुम्लामा यो सरकारले गरेको धरपकड हेर्दा यो सर्कार मसानघाटमा बसेर रत्यौली खेलीरहेको जस्तो लाग्छ पक्कैपनी मसानघाटमा रत्यौली खेल्ने यो सरकार संग ममताको क्लेश भेटीने कुरा त हुँदै भएन अनि अधिनायकवाद रेल वा पानी जहाज चढेर आउने पनि हैन आउने यसरी नै हो डा गोबिन्द केशीको मागको सवालमा शेर बहादुर ,केपि प्रचण्ड बाबुराम लगायतका नेताहरु जति नै उफ्रीएर समर्थन र बिरोध गरेपनी यिनीहरु सबै गलत हुन पटक पटक सहमति गर्ने, सहमति तोड्ने गोबिन्द के सि सङ निहुँ खोज्ने , अन्सन बस्न बाध्य पार्ने नेपाल सरकार गलत हो यो गलत प्रबीर्ती भएका नेता हरु बिगतका आफ्ना कमजोरी लुकाएर गोबिन्द केशी सङ्ग आँखा जुधाउन नै सक्दैनन गोबिन्द केसिको नैतिकता मापन शक्ति यो सरकार र यि नेताहरु धेरै माथी छ यि नैतिकता गुमेका भनौदाहरुले गर्न सक्ने भनेकै यहि धरपकड, हो निसेध हो अनी प्रकाउ न हो अनि जेल हाल्ने नै यिनै गोबिन्द के सि हरु लाई हो जन्ताको हितमा बोल्ने रबी लामीछाने जस्ता पत्रकार हरुलाइ हो ! लोकमान, चुडामणिहरु त ठूलो स्वरमा समाजबादको भजन गाउने नेताजिहरुलाइ बिटो सुम्पन्छन अनि बिचराहरुले कसरी आफ्नै पेटमा लात मारुन त ? नेता हरु त खोकी लाग्दा ,पेट दुख्दा , गोटा पर्दा खाना खाएर अपच हुदा समेत पनि उपचार गराउन बिदेश गैहाल्छन ! तर तपाइ हामी जस्ता त यहीं हो उपचार गराउने, दिनभर काम गरेर बेलुका परीवार पाल्ने हामीहरु कहाँ उपचार गर्न बीदेश जानू , हामी त सिटामोल समेत गाउमा खान नपाएर तडपीतडपी मर्ने हो त्यै भएर यही बेथिती यही अराजकता बिरुद्ध लड्ने गोबिन्द के.सी लाई साथ दिने हामी हौ नेता माफीया र धनाडयले यो आन्दोलनलाई साथ दिदै दिदैनन ! उनीहरु र डा केशीलाइ पागल देख्छन ! ल ठिकै छ डा.केसि पागल नै हुन यी पागलले फेरी कर्णालीमै डाक्टर पढन पाउनुपर्छ भन्दै जुम्लामा अनशन बसेछन अनशन बसेको त्यो पागल डा.लाइ पुरै सदरमुकामभरी निषेधित क्षेत्र घोषणा गरेर महान सरकारले गिरफ्तार गरेर ठूलो बहादुरी काम गरेछ, बधाई छ सरकार बधाई छ यो देशका माफीयाहरु बधाई छ पुजीपती भनौदाहरु तिमीहरुलाइ जसले गोबिन्द केशी जस्ता हामी जन्ताको भासामा मानव रुपी भगवान तिमिहरौको भासामा गोबिन्द केशी अर्थात पागल जसकोको मुख बन्द गर्नुपर्छ अनशन बस्न दिन हुदैन भनेर हिडदैछौ ! मुख मात्रै हैन यो पागललाइ फाँसी नै दिनु पर्छ यस्ता पागल डाक्टरलाई! कर्णाली जस्ताे पीछडिएकाे ठाउँमा त्यस्ताे बाेल्ने? कमसेकम काठमाण्डाैंकाे लागि त बोल्नुपर्छ ! व्यापारी र माफीयाको पक्षमा त बोल्न पर्छ ! सत्य र निस्ठाको लडाइमा डा केशी हार्दैनन उनी भन्छन 'परिवर्तनका नाममा हतियार बोकेर व्यक्ति हत्या गर्दै नहिडि, रेलिङ नभाची, सार्वजनिक शिक्षा र स्वास्थ्यमा व्याप्त ब्यापार बन्द गर भन्नु मेरो गल्ती हो भने, म यस्तो गल्ती मेरो प्राण रहुन्जेल गर्न तयार छु' डा केशी यो भनाइ र सत्याग्रह देख्दा देशमा जुनसुकै तन्त्र आएपनी हाम्रा आदरणीय नेताको सोचमा परीबर्तन आउदैआएन हामी नेपालीले अकडा, लालची, दास, निर्दयी र फरेबीहरु मात्रै नेता र नेतृत्वमा पुर्याउन सफल भएको आभास भैरहेको छ जन्तामा नेता र नेतृत्वप्रती अहिले झनै निर्लज्ज, हीनतावोध ग्रस्त मानसिकताको बिकाश भैरहेको छ तसर्थ बिगतका घटनाहरुको साक्षी नेता भनाउँदाहरु पनि भएको हुदा यो शासन सत्ता र यो नेताको विरुद्ध आम मान्छे सडकमा आएर इमानदारीता र सत्यताको लडाइको खातीर अधिनायकवादी यो शैलीको भन्डाफोर गरि आन्दोलनको आगो बाल्न पर्यो भने त्यो साह्रै नीर्दयी र कठोर हुनेछ लगभ सबैजसो नेपाली लाई यो थाहा भैसकेको छ्की मेडिकल माफिया नै नेता हरु हुन देशमा कयौ जनप्रतिनिधिको कहि न कहि बाट माफीया सङ्ग सम्बन्ध बनमारा झार झै झ्यागीदैछ भाइ ,भतिजो ,काका , मामाको छोरा जे जस्तो भय पनि आफ्नो व्यावसाय चौपट कसैले पनि पार्न सक्दैनन् बचाउनको लागि नेता बन्या हुन भन्ने कुरा उजागर हुने क्रममा छ तसर्थ प्रीय यो देशका सासकहरु बिन्ती छ केशीलाइ एउटा अपराधी लाई झै पक्डीयर अधिनायकवाद सुरु भएको उदाहरण नदेउ ! नाम : सन्तोष सिम्खडा भिमसेन गाउपालीका २ गोर्खा फोन 9861107030