नेपाली समाचार ,Nepal Flag

Thursday, July 5, 2018

श्रद्धाञ्जली !

जीप पस्याे त्रिशुलीमा ड्राइभर बगरमाथि छ त्रिशुली र सुर्जे मात्र देख्ने साक्षी छ अचम्मै भाे के गरेर यस्ताे घटना घटेकाे दुइटा नेता मर्दा पनि ड्राइभर बाँचेकाे......"
मदन अाश्रीतकाे निधन बारे मनै रुवाउने वा भनौ चार हरफमा नै धेरै कुराहरु बोल्ने यो गित सुन्दा मदन आश्रीतको योगदान बुझ्ने वा भनौ मदन आश्रीतको समयको नेपाली राजनीतिको थोरबहुत ग्यान भएका जोकसैको मन रुन्छ तसर्थ नेपाली कम्युनिस्ट राजनीतिको एक कालो दीन हो जेठ ३ गते भन्दा फरक पर्दैन ! मदन भण्डारी र जीवराज आश्रीतको असमायीक निधन भएको आज २५ बर्स पूरा भैसकेको छ तर यति लामो समय भैसक्दा पनी मदन आश्रीतको निधन हत्या हो वा दुर्घटना भन्ने कुरा रहस्यमय छ यस बिचमा तिनै मदन आश्रीतको भजन मन्डली गाएर पटकपटक एमाले सत्तामा पनि पुगीसकेको छ ! सत्ताको भर्याङमा चढेपछी भर्याङ चढिहाले अब किन चर्चा गर्नु भन्ने रोगले थलीएर हो वा कुनै कारणले हो एउटा बिडम्बना नै मान्नुपर्छ यति लामो अबधिमा पनि हत्या हाे कि दुर्घटना,जवाफ कोही कसैले पत्ता भने लगाउन र छानबिन गर्न उच्च तदारुकता नदेखाउनु वा भनौ मदन आश्रीत घटनाबारे मौन बस्नु बडो आस्चर्यको कुरा छ ! हरेक बर्स जेठ ३ गतेका दिन हामिले देखीरहेका हुन्छौ सुनीरहेका हुन्छौ शहरमा मदन भन्डारी र जीबराज आश्रीतको योगदान बारे श्रद्धाञ्जली सभा र गोष्ठीहरु हुन्छन नेताहरु ठुलाठुला स्वरमा भासणहरु गर्छन सामाजिक सन्जालमा योगदान बारे लेख्न होडबाजी चल्छ तर के कम्युनिष्ट नेताद्धय मदन भण्डारी र जीवराज आश्रीत" प्रती यति कुराहरु गर्दैमा सच्चा सम्मान हुन्छ ? के मदन आश्रीतको आत्माले शान्ती पाउछ ? अह पाउदै पाउदैन महोदय, तसर्थ हामी सर्बसाधरण नेपाली जन्ता भन्न चाहान्छौ यदी मदन आश्रीत को त्यो कहालीलाग्दो घटनाबारे छानबिन हुन सक्दैन भने वा भनौ छानबिन गर्ने आट र तदारुकता देखाउदैन भने यो बर्सेनि मदन आश्रीतको स्मृति दिबसमा हामी हत्यारा पत्ता लगाएरै छाडनेछौ छानबिन गरेर छाडनेछौ भनेर आजको मितीबाट भन्न छोडिदीनोश अनि स्वस्थानी व्रत कथामा झै महादेवले सतीकाे लास काधमा बाेकेर अङ्ग पतन गराउदै हिडेझै २५ बर्स देखि चुनाबको बेला ठाउठाउमा उनको नाम जोडेर राजनैतिक अभीष्ट सिद्धि गर्ने र सत्ताको भर्याङ चढने काम भैरहेको छ त्यो अब उप्रान्त नहोस अनि बर्सको एकदुइपटक लोकलाज छोप्नको खातीर मात्रै दोषीलाई कारबाही गर्न माग नगरुन । यत्ति भए पनि थोरै भए पनि मदन भण्डारीप्रति न्याय हुनेछ । जननेता भण्डारीप्रति भावपूर्ण श्रद्धाञ्जली ।

नाम सन्तोष सिम्खडा
ठेगना : भीमसेन गाउपालीका २ गोर्खा फोन :9861107030

No comments:

Post a Comment