नेपाली समाचार ,Nepal Flag

Tuesday, July 10, 2018

बिपद ब्यबस्थापनमा किन सरकार लाचार बनिरहेछ ?

माओवादी शसस्त्र जनयुद्धको समयमा हरेक दिन जस्तो राज्य र माओवादी पक्षबाट मान्छेहरु मरीरहेको समाचार सुन्नुपर्ने हुदा पत्रपत्रिका र रेडियो टेलीभिजनमा बिहान समाचार पढदा, हेर्दा मुटु दह्रो बनाउन पर्थ्यो ठ्याक्कै त्यही समयमा जस्तो जब बर्खा लाग्छ तब जनयुद्धकालीन त्यो समयकै झल्को दिने गरि हिजोआज दैनिक जसो नै बाढी पहीरोको कारण सर्बसाधरण मरीरहेको भन्ने समाचार हेडलाइन र ब्रेकीङ न्युज बनीरहने हुदा त्यही जनयुद्धकालीन समयमा जसरी मुटु दह्रो बनाएर समाचार हेर्नुपर्ने र पढनुपर्ने अबस्थाको नियति भोगीरहनुपरेको छ बर्खा सुरु भएको यो बर्सको आकाडा हेर्ने हो भने पनि लगभग ‎बाढी पहिरेाले मर्नेकेा संख्या दुई दर्जन भन्दा बढी पुगीसकेको छ ! थाहा छैन यो प्रक्रीया कति पुग्नेछ यो हरेक सालकेा प्रकृया भित्र पर्ने कुरा हो पहीरो र बाढी त हरेक साल को नियमितता हो ! बाढी वा पहीरो सरकारले रोकेर ठ्याक्कै रोकीने कुरा त हैन भलै हरेक बर्ष बाढी आएसी, जनता डुबेसी, जनधनको क्षति भएसी मात्र सरकार ब्युझीयको जस्तो अनुभुती हुनु बाढी आउने, डुबान हुने क्षेत्रमा पुर्व तयारी गर्न नसक्नु भने सरकारको कमजोरी हो सरकार बाढी पहिरोले आफ्नो देशको नागरीक मरीरहेको खबर बर्सेनि आइरहदा पनि पुर्बतयारी मा जोडतोडले लागि नपर्नु अनि घटना भैसकेपछी समयमा उद्दार गर्न नसक्नु दुखद बिसय हो राज्यको कमजोरी र जन्ताको ज्यु धन प्रती राज्यको बेवास्ता हो । त्यसैकारण अहिले आम बाढी पहीरो बाढीपिडीत क्षेत्रका जन्ताले प्रश्न गरीरहेछन बाढी पहिराेकाे प्रकाेपले अाक्रान्त हामी सर्बसाधरणको हालत कसले बुझ्ने हुन सरकार वा सरकारका बिराेधि शक्ति वा एन्जीवा वा आइएन्जीओहरुले ? संभावित विपद व्यबस्थापन सम्बन्धमा सरकार गम्भीर नहुने कारण के हो ? घटना घटीसकेपछी तत्काल उद्वार गर्ने विषयमा सरकारको उदाशीन्त किन हो ? त्यस्तै जान अन्जान नदि किनारकाे सार्वजनिक/ सरकारी जग्गा अधिकरण गरेर बस्ने जमात पनि दिनप्रतिदिन बढ्दै गएको हुनाले यस्ता बस्तीहरुलाइ सरकारले उचीत ठाउमा सार्नुपर्यो भने जग्ग्ग अधीकरण गरेर बस्ती बसाल्ने हरु पनि सरकारलाई मात्रै दोश दिनु भन्दा पनि अाफुपनि बेलैमा यस्ता कुरा मा हाेसियारी बन्नैपर्छ ! बर्सेनी बाढी पहीरोको लगायतका बिपद ब्याबस्थानमा जनचेतना अभियान चलाउने भन्दै तारे होटलहरुमा ठुला ठुला कार्यक्रम पनि एन्जीओआइएन्जीओले गर्दै आएता पनि यो एउटा बजेट सक्ने मेलोमेसो मात्रै बन्न पुगेको छ ! समबन्धीत ठाउ र पिडीतसम्म यो किसिमको जनचेतना अभीयानले खासै उल्लेखनीय प्रगती केही गरेको देखीदैन यश मामलामा पनि सरकार गम्भीर बन्नैपर्छ ! नाम सन्तोष सिम्खडा ठेगना: भिमसेनगाउपालीका २ गोर्खा फोन: 9861107030

No comments:

Post a Comment