नेपाली समाचार ,Nepal Flag

Sunday, July 1, 2018

डा केशी पक्राउ पर्नु कम्युनिस्ट अधिनायकवादको प्रारम्भिक लक्ष्ाण हो !

डा गोविन्द केसी जुम्लामा पक्राउ भन्ने समाचार सुन्दा हामी सर्बसाधरणले देशमा अधीनायकबादको प्रारम्भिक लक्षाणहरु देखा पर्दै छ चिकित्सा क्षेत्रको विकृति र विसंगति अन्त्य गर्न पटकपटक अनशन बस्दै आउनुभएका डा गोबिन्द केशीलाइ पक्रीएर र डा. गोविन्द केसी जहाँ उभिन्छन्, त्यही ठाउँलाई निषेधित क्षेत्र भनेर घोषणा गरीदीएर नागरिकले सत्याग्रह पनि गर्न नपाउने अबस्थाको सिर्जना हुनु पक्कैपनी दुखद बिसय छ भने कम्युनिस्ट सरकार अधिनायकवादको पथमा हिडदैगएको र यो सरकार मुटु स्पात भन्दा कडा र धोकेबाजहरुको भन्दा निर्दयी बन्दै गएको अनुभुती छर्लङ्गै भैरहेको छ डा. केसीले ३ करोड ज्यादा नेपालीको हितको लागि पटक पटक को अथक मेहेनेत र आफ्नो ज्यान हत्केलमा राखेर सत्यग्रहमार्फत हाँसिल गरेका उपलब्धिलाई शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले प्रतिगामी ऐन मार्फत लत्याइदीने प्रपन्च गर्दैछन भने मन्त्री पोखरेल माफीयाको सरदार जस्तो बनीदीदा मेडीकल माफीयाहरु डा गोबिन्द केशीको बिरुद्ध एकताबद्ध हुदैछन अनि स्वास्थ क्षेत्रका चोर डाँका लुटेरा मिलेर करोडौं नेपालीका हितको लागि लडने डा. केसीलाई एक्लो बृहस्पति बनाई छाडने र जन्ताको अधिकारको लडाइमा लागीरहेका केशीको आन्दोलन निस्तेज पार्ने धुनमा सबै शक्ति प्रयोग गर्ने ध्याउन्नमा रहेको देखीन्छ ! सत्य निस्ठा र इमान्दारीताको लडाइमा लाग्ने केशीको सत्याग्रहमा जुम्लामा यो सरकारले गरेको धरपकड हेर्दा यो सर्कार मसानघाटमा बसेर रत्यौली खेलीरहेको जस्तो लाग्छ पक्कैपनी मसानघाटमा रत्यौली खेल्ने यो सरकार संग ममताको क्लेश भेटीने कुरा त हुँदै भएन अनि अधिनायकवाद रेल वा पानी जहाज चढेर आउने पनि हैन आउने यसरी नै हो डा गोबिन्द केशीको मागको सवालमा शेर बहादुर ,केपि प्रचण्ड बाबुराम लगायतका नेताहरु जति नै उफ्रीएर समर्थन र बिरोध गरेपनी यिनीहरु सबै गलत हुन पटक पटक सहमति गर्ने, सहमति तोड्ने गोबिन्द के सि सङ निहुँ खोज्ने , अन्सन बस्न बाध्य पार्ने नेपाल सरकार गलत हो यो गलत प्रबीर्ती भएका नेता हरु बिगतका आफ्ना कमजोरी लुकाएर गोबिन्द केशी सङ्ग आँखा जुधाउन नै सक्दैनन गोबिन्द केसिको नैतिकता मापन शक्ति यो सरकार र यि नेताहरु धेरै माथी छ यि नैतिकता गुमेका भनौदाहरुले गर्न सक्ने भनेकै यहि धरपकड, हो निसेध हो अनी प्रकाउ न हो अनि जेल हाल्ने नै यिनै गोबिन्द के सि हरु लाई हो जन्ताको हितमा बोल्ने रबी लामीछाने जस्ता पत्रकार हरुलाइ हो ! लोकमान, चुडामणिहरु त ठूलो स्वरमा समाजबादको भजन गाउने नेताजिहरुलाइ बिटो सुम्पन्छन अनि बिचराहरुले कसरी आफ्नै पेटमा लात मारुन त ? नेता हरु त खोकी लाग्दा ,पेट दुख्दा , गोटा पर्दा खाना खाएर अपच हुदा समेत पनि उपचार गराउन बिदेश गैहाल्छन ! तर तपाइ हामी जस्ता त यहीं हो उपचार गराउने, दिनभर काम गरेर बेलुका परीवार पाल्ने हामीहरु कहाँ उपचार गर्न बीदेश जानू , हामी त सिटामोल समेत गाउमा खान नपाएर तडपीतडपी मर्ने हो त्यै भएर यही बेथिती यही अराजकता बिरुद्ध लड्ने गोबिन्द के.सी लाई साथ दिने हामी हौ नेता माफीया र धनाडयले यो आन्दोलनलाई साथ दिदै दिदैनन ! उनीहरु र डा केशीलाइ पागल देख्छन ! ल ठिकै छ डा.केसि पागल नै हुन यी पागलले फेरी कर्णालीमै डाक्टर पढन पाउनुपर्छ भन्दै जुम्लामा अनशन बसेछन अनशन बसेको त्यो पागल डा.लाइ पुरै सदरमुकामभरी निषेधित क्षेत्र घोषणा गरेर महान सरकारले गिरफ्तार गरेर ठूलो बहादुरी काम गरेछ, बधाई छ सरकार बधाई छ यो देशका माफीयाहरु बधाई छ पुजीपती भनौदाहरु तिमीहरुलाइ जसले गोबिन्द केशी जस्ता हामी जन्ताको भासामा मानव रुपी भगवान तिमिहरौको भासामा गोबिन्द केशी अर्थात पागल जसकोको मुख बन्द गर्नुपर्छ अनशन बस्न दिन हुदैन भनेर हिडदैछौ ! मुख मात्रै हैन यो पागललाइ फाँसी नै दिनु पर्छ यस्ता पागल डाक्टरलाई! कर्णाली जस्ताे पीछडिएकाे ठाउँमा त्यस्ताे बाेल्ने? कमसेकम काठमाण्डाैंकाे लागि त बोल्नुपर्छ ! व्यापारी र माफीयाको पक्षमा त बोल्न पर्छ ! सत्य र निस्ठाको लडाइमा डा केशी हार्दैनन उनी भन्छन 'परिवर्तनका नाममा हतियार बोकेर व्यक्ति हत्या गर्दै नहिडि, रेलिङ नभाची, सार्वजनिक शिक्षा र स्वास्थ्यमा व्याप्त ब्यापार बन्द गर भन्नु मेरो गल्ती हो भने, म यस्तो गल्ती मेरो प्राण रहुन्जेल गर्न तयार छु' डा केशी यो भनाइ र सत्याग्रह देख्दा देशमा जुनसुकै तन्त्र आएपनी हाम्रा आदरणीय नेताको सोचमा परीबर्तन आउदैआएन हामी नेपालीले अकडा, लालची, दास, निर्दयी र फरेबीहरु मात्रै नेता र नेतृत्वमा पुर्याउन सफल भएको आभास भैरहेको छ जन्तामा नेता र नेतृत्वप्रती अहिले झनै निर्लज्ज, हीनतावोध ग्रस्त मानसिकताको बिकाश भैरहेको छ तसर्थ बिगतका घटनाहरुको साक्षी नेता भनाउँदाहरु पनि भएको हुदा यो शासन सत्ता र यो नेताको विरुद्ध आम मान्छे सडकमा आएर इमानदारीता र सत्यताको लडाइको खातीर अधिनायकवादी यो शैलीको भन्डाफोर गरि आन्दोलनको आगो बाल्न पर्यो भने त्यो साह्रै नीर्दयी र कठोर हुनेछ लगभ सबैजसो नेपाली लाई यो थाहा भैसकेको छ्की मेडिकल माफिया नै नेता हरु हुन देशमा कयौ जनप्रतिनिधिको कहि न कहि बाट माफीया सङ्ग सम्बन्ध बनमारा झार झै झ्यागीदैछ भाइ ,भतिजो ,काका , मामाको छोरा जे जस्तो भय पनि आफ्नो व्यावसाय चौपट कसैले पनि पार्न सक्दैनन् बचाउनको लागि नेता बन्या हुन भन्ने कुरा उजागर हुने क्रममा छ तसर्थ प्रीय यो देशका सासकहरु बिन्ती छ केशीलाइ एउटा अपराधी लाई झै पक्डीयर अधिनायकवाद सुरु भएको उदाहरण नदेउ ! नाम : सन्तोष सिम्खडा भिमसेन गाउपालीका २ गोर्खा फोन 9861107030

No comments:

Post a Comment