नेपाली समाचार ,Nepal Flag

Thursday, October 12, 2017

सर्बोच्च अदालतको खस्कीदो साख !

पछिल्ला दीनको न्यायलयको फैशला हेर्दा सुन्दा बुझ्दा  जोकसैलाइ न्यायलयले गरेको फैशला प्रती  चीत्त बुझेको छैन भलै न्यायलयको बारेमा केही बोलौ सम्मानित अदालत को अपमान होला भन्ने त्रास छ नबोलौ चीत्त नै बुझ्दैन नेपाली उखान "नेपालको कानुन दैबले जानुन" भने जस्तो भएको छ !
जसरी चुणामणी शर्मालाइ केही दीन अगाडि मात्रै सम्मानीत अदालतले साधरण तारेख लगाएर उन्मुक्तिको प्रयास गर्यो  त्यसैगरी गोपाल खड्का हटाउने सरकारी निर्णय कार्यान्वयन नगर्न पनि आन्तरिम आदेश दीयर चकीत पार्यो ! के यी दुई सरकारी कर्मचारी इमानदार नै हुन
यसरी नेपाल का ठुला मीडीयाहरु र हामीजस्ता सर्बसाधरणले खबरदारी गर्दागर्दै पनि चुणामणी जस्तै गोपाल खडका पनि उम्कीयकै हुन त ?
यदी हुन भने त न्यायलय प्रती जन्ताको मन नराम्रोसङ्ग थीलथीलो भयो नी यो दुखेक मन सहजै कहाँ नीको हुन्छ र ? न्यायालय प्रतीको जन्ताको भरोसा मर्दैन र ? तसर्थ सबैले यो गम्भीर बीसय मनन गर्नैपर्छ !
  अचम्म लाग्छ प्रमाण सहीत करोडौं ठगी गरी निलम्बित भएको खडकालाइ  फेरि पुनर्बहाली भन्ने समाचार सुन्दा के कानुन भनेको हामी सर्बसाधरण जन्तालाइ मात्रै हो ? भन्ने भान परेको छ सबैलाइ यतीबेला !
के जनताले सम्मान र इज्जत गरेको  न्यायपालिका भएर नै हो त  जनतालाई मात्र नियम कानुन लाग्ने गरेको ?
कीन ठुला माछाहरु बाराम्बार जालबाट उम्कीरहेछन ? कहिले समाइन्छ र कानुनी फन्दामा पर्छन यी माछाहरु ?
खै के आसा गर्नु जन्ताले अदालतबाट सोचेअनुसार फैसला आउला भन्ने ?
के हाम्रो न्यायपालिका क्यारेमबोर्डको गोटीजस्तो भको हो
भ्रष्टाचारीहरुले जता हान्यो त्यतै जाने  ?
थाहा चाहीयो ?

No comments:

Post a Comment