नेपाली समाचार ,Nepal Flag

Thursday, October 12, 2017

सार्बभौमसत्ता का पहरेदार पक्राउ !

सार्बभौमसत्ता सम्पन्न स्वतन्त्र मुलुक नेपालका नागरीक देबनारयण भारतीय भुमीमा त्यहाको प्रहरी द्वारा पक्रीए भन्ने समाचार सुन्दा दुख लाग्यो !
देबनारायण त्यो ब्याक्ती हुन जो आजभन्दा करीब करीब एक वर्ष पहिले सीमा अतीक्रमण गर्दै सप्तरी जील्लाको खाडो खोलामा बाध बाध्न भारत सरकार को निगरानीमा आएका भारतीयसँग भिडन्त गरि बाध बाध्न रोक्न ठूलो भुमीका खेलेका थीए जसका कारण भारतीय प्रहरीबाट देबनारायण सख्त घाइते समेत भएका थीए  ! सन्चार माध्याम र सामाजिक सन्जालहरुमा आएका त्यहाका स्थानीय जन्ताको भनाइअनुसार गत साल देखीनै देबनारायण भारतीय प्रहरीको नीगरानीमा रहदैआएका थीए जसका कारण आज देबनारायण यादव  र उनका छोरा पुरानै मुद्दाको कारण भारतीय प्रहरी  को कब्जामा सुपौल जील्लाको बीरपुर थानामा रहेको कुरा सुनीयको छ !

बुझ्न पर्ने बीसय के छ भने हिजो तीलाठीमा देबनारायणले रगत  आफ्नो लागि मात्र बगाएका हैनन कुनै राजनैतिक दलको अभीस्ट सीद्धीको लागि पनि  लडेका हैनन उनले त पुरै  सीङ्गो नेपालको लागि लडेका हुन आफ्नो धर्तीको रक्षार्थ लडेका हुन भारतीय दादागीरी बीरुद्ध लडेका हुन हेपाइको बीरुद्ध लडेका हुन बलमीच्याइ बीरुद्ध लडेका हुन!
तसर्थ आज देबनारायण र उहाको छोरालाई झुटो मुद्धा लगाएर जुन कीसम्ले भारतले देखीस त हामी सङ्ग नीहु खोजीस भने तेरो के हालत हुन्छ भन्नेजसरी जुन कीसीमले साङ्केतिक आक्रमण गरेको छ घटना अतीनै दुखदायी र खेदजनक छ ! सारा नेपालीकोे एउटा देशभक्त प्रतिनिधि बीदेशी जेलमा   अनावश्यक रुपमा थुनीदाको पीडाबोध अबस्य पनि सामान्य छैन यो जन्ताको मर्मलाइ अब  नेपाल सरकारले बुझेर  ,छिटो भन्दा छिटो देबनारायण र उहाँको छोरालाइ जेल मुक्त गर्न पहल गर्नुपर्ने हुन्छ !

नेपाल सार्बभौमसत्ता सम्पन्न स्वतन्त्र मुलुक भएकै कारण  आजको दीनसम्म कुनै देशको गुलाम बन्नुपरेको छैन ! तथापी बाराम्बार छीमेकी भारतको बलमीच्याइको सामाना भने गरीरहनुपरेको तीतो यथार्थ छ !जसको कारण समयसमयमा भारतीय सुरक्षाकर्मीले नेपालीलाई  बिनाकारण गिरफ्तार गर्ने दुख दीने गरीरहेका समाचारहरु आइरहन्छन! यस्ता घटना र ब्याबाहार  आपत्तिजनक र ग़लत छ । सीमानामा नेपालीहरुमाथि भैरहेका यस्ता ज्यादतीको आम नेपालीहरुले निन्दा गर्नैपर्छ !

बीगतको इतिहास हेर्दा नेपाली प्रहरीले  भारतको कुनै आपाराधीक गीरोहका नाइके वा तस्कर पक्रीयको कीन नहोस कुनै न कुनै माध्यमबाट अदालतमा धम्कि सम्म आउँछ ! नेपालको आन्तरिक मामलामा खेल्ने बाताबरण पाएन भने  नाकाबन्दी लगाउन उद्दत हुन्छ !  नेपालमा सरकार गीराउन भाडभैलो गराउन खोज्छ तर हाम्रो देशको सरकार भने सीमा रक्षक एक देशभक्त नागरीक पक्रीदा कान तेल हालेर बस्छ कुम्भकर्ण झै मस्त नीन्द्रामा !
लाग्छ देशमा सरकार हैन शक्ति हाबी छ!  यो त अती भयो नी सरकार कीन यतीसारो निरीह भको छीमेकीप्रती ?

हिजो सरकारमा हुदा देबनारायण यादबलाइ रास्ट्रसेवकको भनेर सम्मान गर्ने राष्ट्रवादका ठुलाठुला नारा दीनेहरु पनि देबनारायण र उनका छोरालाइ बिनाकारण भारतीय प्रहरीले पक्राउ गरेकोमा मौन देखीन्छन ! हिजो देबनारायणले रास्ट्रको लागि दीयको योगदानको यति चाडो कीन भुल्दैछन राजनैतिक दलहरु ! देबनारायणलाइ बीनासर्त रीहा गरेर उनीले हिजो देशको लागि लगाएको गुन तीर्ने समय हो यो !

मधेसको नाम जपेर राजनीती गर्ने करीब दर्जन भन्दा ज्यादा क्षेत्रीय दलले देबनारायण पक्राउ भएको यो अबस्थामा भारतीय यो दादागिरी र हैकमवादी प्रबीर्ती बीरुद्ध कीन मुख खोलेका छैनन ? सरकार बोलेन भनेर सिमाका नेपाली सीपाही र हिजो देबनारयण बाध भत्काउन जादा भारतीय प्रहरीसङ्गको भीडन्तमा अस्पतालमा खादा अाेढाउन आतुर आफुलाइ रास्ट्रबादी भन्न रुचाउने राजनैतिक दलले कहिले हो मुख खोल्ने ? मानव अधीकारबादीहरु सस्थाहरु के हेरेर बस्दैछन ? यो भन्दा लज्जास्पद कुरा के हुन सक्छ ?
आजको दीनमा सिमा सुरक्षाको लागी आवाज उठाउने महान हस्तीहरुलाइ भारतिय प्रहरी नेपाल मै पसेर लैजदा सम्म पनि  चु गर्न नसक्ने  नेताहरुलाई अब चीनौ कीनकी चुनाब नजीकीदै छ !

No comments:

Post a Comment