नेपाली समाचार ,Nepal Flag

Thursday, October 12, 2017

अनशन र गोबीन्द केशी !

डा गोबीन्द केशी र अनशन पर्यायवाची शब्द जस्तै भएको छ डा गोबीन्द केशी को नाम उच्चारण गर्न साथ मान्छेहरु अनशन सम्झनछन असार २४ गते २०६९ मा तत्कालीन प्रम बाबुराम भट्टराईको बाट शुरु भयो यो अनशनको श्रीङ्खला पटक पटक गरेर १३ पटकसम्म दर्जनौ दीनसम्म जारी छ पछील्लो पटक एघारौं अनशन मधेसमा बाढी आएको कारण रोकेर अनशनले शीथील शरीर लीयरै मधेसमा बाढी पीडीतको सेवामा लागेका केशी १२ औ अनशन नेपालीको महान चाड दशैलाइ मध्यनजर गर्दै स्थगीत गरे र अहिले बीगत केही दीन देखि १३ औ अनशन जारी छ ! थाहा छैन यो तेह्रौ अनशन कहाँ गएर कहिले कसरी टुङ्गीन्छ ?
सरकारले डाक्टर केशीको अनशनको इतिहासमा करीब ९ पटक भन्दा ज्यादा पटकपटक गरेर चीकीत्सा क्षेत्र जस्तो अती संबेदनसिल क्षेत्रको बारेमा महत्त्वपूर्ण सम्झौताहरु गरीसकेको छ सम्झौता गरीयका कयै बुदाहरु कार्यनयन नभएको डा केशीको गुनासो रहदै आएको छ ! कार्यन्वयनको सवालमा अहिलेसम्म सबै जसो सरकारले गैरजिम्मेवार पन वा भ्नौ अकर्मण्यता देखाएको नै छ !जुन कुरा दुखद छ ! यसरी नेपालको ठुला मीडीया हाउसहरु सामाजिक सन्जाल र जन्ताको नीरन्तर खबरदारी गर्दा त सरकार मेडीकल माफीया सामु निरीह भएर बसीरहन्छ भने यस्तो सरकारहरुबाट हामी सर्बसाधरणले के आसा गर्नु ?
यत्रो सबैतिर गोबीन्द केशीको जायज माग पूरा गर भनेर आवाज उठाउदा समेत यहाँ चुप बस्नु कस्तो बाध्यता हो सरकारको ? सरकार जनचासोको बीसयमा वास्ता गर्दैन भन्ने यो जबर्जस्त उदाहरण नभएर के त ?
डा केसि र सरकारको यो दोहोरी कति औ पटक र कहिले सम्म चलीरहने हो ?
बीगत हेर्दा अहिलेको १३ औ अनशन पनि त्यति उपलब्धि मुलुक होला जस्तो लाग्दैन । जन्ताले आसा मारीसकेको छन हैन हाम्रो सरकार कहिलेसम्म कानमा तेल हालेर बस्ने ?
के माग पूरा गराउन कुनै एक  पार्टीको झोले बनेर झण्डा बोक्नैपर्छ ? कतै कुनै पाटीको झन्डा नबोकेकै कारण दलीय सीन्डीकेटको कारण आज कयौ पटक डा केशी अनशनमा बसी रहीरहनुपरेको हो ?
के पार्टीको झण्डा नबोक्नेलाई जनता मानिन्न लेखेक छ कि के हो ? सरकारमा रहेका दल पाटीका सीद्धान्तहरुमा ?हैन भने आवाज कीन सुनीयन
के यो सरकार गोपाल खडका लगायतका कर्मचारीलागि मात्रै हो ?  कमीशनखोरीको लागि मात्रै हो  राज्य संयन्त्र कीन उदास छ ?
के  सर्बसाधरण जनपक्षीय माग लीयर न्याय खोज्न अनशन  बस्दा मृत्यु रोज्न पर्ने हो सरकार ? यो देशक सरकार के का लागि? कस्का लागि हो ?
थाहा चाहीयो ?

No comments:

Post a Comment