नेपाली समाचार ,Nepal Flag

Thursday, October 12, 2017

शरद गौचनको हत्यारालाइ कार्बाही होस !

नेपाल नीर्माण ब्यबसायी संघ का अध्यक्ष शरद गौचनको दीनदहाडै राजधानीमा गोली हानी हत्या भएको समाचार सुन्दा दुख लाग्यो ! आपाराधीक मनोवृत्ति भएका जोकोही समूह होस वा ब्याक्तीले गौचन जस्ता प्रतीस्ठीत र इमानदार नीर्माण ब्याबसायीको हत्या गर्नु  निन्दनीय र दुखद छ। भने
देशको राजधानीमा दीनानुदीन बन्दुकको त्रास र असुरक्षा बढ्नु  जनमानसमा अत्यान्तै चीन्ताको बीसय छ तसर्थ सरकारले अपराध नियन्त्रणको लागि भरपर्दो दीगो र प्रभाबकारी कदम तत्काल चाल्नुपर्ने देखीन्छ ! राजधानीमा प्रहरी प्रशासनले चेकजाच कडा बनाउनैपर्छ  अन्याथा यस्ता घटना फेरि नदोरीयलान भनेर भन्न सकीन्न !

देशमा मसीर १० र २१ मा हुने भनीयको प्रतिनिधि सभा र प्रदेस सभाको चुनाब नजीकीदै गएको छ ! यो घटनाले अब कसरी चुनाब भयरहित होला भन्ने सङका उपसङ्काहरुले जनमानसमा डेरा जमाउदै छ भने गौचन जस्ता नीर्माण ब्याबसायीको हत्याले दीनानुदीन क्रमीक रुपमा सुध्रदै गएको  व्यावसायिक वातावरणलाई खल्बल्याउने पो होकी भन्ने चीन्ता र चासो पनि उत्तीकै छ !
गोली हानेर राजधानीमा  देशकै प्रतीस्ठीत मान्छेहरुको हत्या भएको यो पहीलो पटक भने हैन केही बर्स अघि मात्रै पनि जमीम शाहा लगायतको  हत्या भएको थीयो  ! अहिलेसम्म भएका कतीपय घटनाका दोशीहरु अहिलेसम्म सुरक्षा नीकायले समाएको छैन तसर्थ नीर्माण ब्याबसायी गौचनको पनि हत्यायारा पत्ता लाग्दैन कि भन्ने चीन्ता पनि आम जनमानसमा ज्युका त्यु छ भने जन्ताहरु  सुरक्षा निकाय को भुमीका बीस्वास र भरोसाप्रती  प्रश्नहरु गरीरहेको भेटीन्छ !

प्राप्त समाचार अनुशार गौचनलाइ बाराम्बार अपराधीक समुहबाट धम्कीहरु आइरहेको बताइन्छ ! गौचनलाई सुरक्षा थ्रेट भएको जानकारी  हुदाहुदै पनि सरकारले  गौचनलाइ सुरक्षा दीन नसकेको हो त ? यसरकारले नीर्माण ब्याबसायीबाट ठूलो रकम कर लीइ नै रहेका हुन्छ र पनि कीन गौचन जस्ता  ब्याबासायीलाइ सेक्युरिटी गार्डको ब्याबस्था गर्न सक्दैन ? गौचन जस्ता मान्छे त गुन्डाहरुको फन्दामा पर्छन र दीनदहाडै गोली खाएर मर्नुपर्छ भने सर्वसाधारण जनताले कसरी सुरक्षाको प्रत्याभूति गर्ने ?
कोही सडकमा गोली लागेर ढलेपछी मात्रै होइन सुरक्षा दीने काम सरकारको हरेक तह र तप्काको जन्ताको लागि हरदम साथी बन्न सक्नुपर्छ सुरक्षा नीकाय हामी सर्बसाधरणको माग पनि त्यही हो !

पछील्लो समय कता कता अपराधीक समुहलाइ राजनैतिक दलले सरक्षाण गरे रै यस्तो घटना भएको हो त हैन भन्ने सर्बसाधरणमा परेको छ ! अघील्लो दीनसम्म गुन्डा र अपराधीक समुहको नाइके भन्नेहरुलाइ भोलिपल्ट नै
फुलमाला बाजागाजा सहित पार्टी भित्र्याउने चलन पनि देखीएको छ यो सर्बथा जोकोही पाटीले गरेको भएपनी गलत हो  ! जबसम्म राजनैतिक दलले केही न केही रुपमा आफ्नो दलमा समाहीत गर्छन भने  गोली प्रहार हुने यस्ता हत्या पनि रोकिन्न ! तसर्थ यो मामलामा राजनैतिक दलहरु सचेत हुनैपर्छ !
अन्तमा एउटा इमान्दार व्यक्ति र ब्याबसायीले देशमा ब्याबसाय गरीखाने बाताबरण बनोश  गौचनको हत्यारा चाडो सुरक्षा नीकायले पक्डाउ गरेर कानुनी कठघरामा उभ्यायोस !

No comments:

Post a Comment