नेपाली समाचार ,Nepal Flag

Saturday, July 13, 2013

दार्चुलामा २ किलो चामल नपाईंदा सिंहदरबारमा १० हजार तलब बढाउन कर्मचारीको दवाव

असार, काठमाडौं ।
दार्चुलाका नेपालीले २ किलो चामल पाउन सिडिकोको सहिछाप लिनुपर्ने खवर आएको दिन काठमाडौंमा भने सरकारी कर्मचारीले मासिक तलब १० हजार बढाउनुपर्ने माग राख्दै धर्ना दिएका छन । तलब वृद्धिको माग गर्दै विभिन्न दलका भातृ कर्मचारी संगठनहरुले शुक्रबार अर्थमन्त्रालयमा धर्ना दिएर भनेजति तलब बढाउन दवाव दिएका हुन ।

नेपाली कांग्रेस समर्थित दुई कर्मचारी संगठन बाहेक एकिकृत माओवादी, एमाले, मधेसी दल लगायस सबै संगठनहरुले न्यूनतम तलबमा १० हजार बढाउन माग गर्दै धर्ना दिएका हुन ।

बजार भाउ आकाशिएको भन्दै उनिहरुले तीन वर्षदेखि आफुहरुको तलब नबढेको भन्दै तलब बढाउन माग गरेका छन् । धर्नामा नेपाल निजामती कर्मचारी संगठन, नेपाल राष्ट्रिय कर्मचारी संगठन, नेपाल निजामती कर्मचारी मञ्च, राष्ट्रसेवक कर्मचारी संगठन, राष्ट्रिय कर्मचारी संगठन, नेपाल निजामती कर्मचारी संघ र राष्ट्रिय स्वतन्त्र कर्मचारी मिलन केन्द्रमा आवद्ध कर्मचारीहरु बसेका थिए ।

उनिहरुले “रित्तो हात र भोको पेट” ले प्रभावकारी सेवा प्रवाह गर्न नसक्ने भन्दै १० लाख रुपैयाँ बराबरको दुर्घटना बीमा, एक दिनको तलब बराबरको ग्रेड व्यवस्था, एकसय ८० दिनभन्दा बढी सञ्चित बिदाको रकम दिन माग समेत माग गरेका छन् ।

निजामती कर्मचारीहरुले पोशाक भत्तावापत पाउँदै आएको ७ हजार रुपैयाँलाई समेत बढाएर १५ हजार रुपैयाँ पुर्‍याउनुपर्ने माग अघि सारेका छन् । आगामी आर्थिक वर्षदेखि अस्थायी, ज्यालादारी एवम् करार सेवाका कर्मचारीलाई पोसाक भत्ता उपलब्ध गराउन समेत उनिहरुले माग राखेका छन ।

सरकारी कर्मचारीको तलब बढेपनि अन्य ज्याला मजदुरी तथा विभिन्न निजि संघसंस्थामा काम गर्नेहरुको तलब नबढ्दा भने अन्य क्षेत्रमा काम गर्ने मजदुर, कर्मचारी मारमा पर्ने गरेका छन । हरेक बर्ष सरकारी कर्मचारीको तलब बृद्धि भएसँग बजार भाउ झण्डै २० प्रतिशतले बढ्दै आएको छ । जसको मार सिधा सर्वसाधारण नागरिकलाई पर्ने गरेको छ ।                                                                  topnepalinews

No comments:

Post a Comment