नेपाली समाचार ,Nepal Flag

Tuesday, December 3, 2013

शान्तिका केही मुक्तकहरु

नचलाउ नजरको तीर मायालु ।
जलाउन सक्छौ त्यो तस्विर मायालु ।।
विगत अनि वर्तमान उस्तै हुदैन ।


नरोप भो वचनका झीर मायलु ।।
टाढा जाने मायालुलाई पर्ख भनिदेउ ।
लाग्ला पाप यो मायाको फर्क भनिदेउ ।।
रिसाएर हैन अब थोरै मुस्कुराउदै ।
टाढा हैन अब नजिक सर्क भनिदेउ ।।


तिम्रै कारण हाँसी हाँसी बाँच्न पाएकी छु।
जिन्दगीको साँचो मुल्य बुझ्न लाएकी छु।।
चाँहिदैन धन मलाई साथ तिम्रो भए पुग्छ ।
सात जन्म नछुट्ने त्यो कसम खाएकी छु ।।
आशकाँको हैन आँधि उठाउला नी विश्वासको ।
दु ख सुख बाँढ्दै कसम खाउला नी विश्वासको।।
दुनियालाई किन हेर्छौ हेर आफ्नै मायालुलाई ।
थरी थरी फूल रोपी फूलाउला नी विश्वासको।।
जगाउन गाह्रो हुन्छ निदाएझै गर्नेलाई ।
वर सार्न नसकीने पर पर सर्नेलाई ।।
समस्याको जीन्दगी भो सम्झौतामा बाँच्दै यहाँ ।
फूलाउ म खै कसरी ओईलीएर झर्नेलाई ।।
जसो तसो चलेको जिवन यस्तै हो ।
धिपी धिपी बलेको जिवन यस्तै हो ।।
नसोधेकै बेस हुन्थ्यो के छ हाल भनी।
पीडा भित्र गलेको जिवन यस्तै हो ।।
प्रेत आत्मा बनि यहाँ भट्किदैछ मन ।
पहरामा चिन्डो सरी लट्किदैछ मन ।।
के के हुन्छ पत्तै हुन्न मात्र दुखी दिन्छ ।
भात छट्के जस्तै गरी छट्किदैछ मन ।।
गेटमै कुकुर बाँधेका छौ कसरी आँउ भन ।
त्यो झम्टिने गार्ड राखेका छौ कसरी आँउ भन ।।
भनि देउन के के गर्न खोजेका छौ आज भोली ।
हातले बन्दुक ताकेका छौ कसरी आँउ भन ।।
भुल थियौ माया गर्नु सुधार गर्दै छु ।
आफुले नै आफैलाई उद्धार गर्दै छु ।।
अनयासै मायाको भेलमा परे पछि ।
पारी तरुँ कसो गरी बिचार गर्दै छु ।।
अति गर्न खोज्दा माया खती हुन्छ की ।
मनै हर्न खोज्दा माया खती हुन्छ की ।।
नभन न भो तर्किएर छाडी जानेछ ।
पाउमै पर्न खोज्दा माया खती हुन्छ की।।
हिमाल अनि पहाडका जन हेर हेर्छौ भने ।
मधेश र तराईको मन हेर हेर्छौ भने ।।
मिलि जुली बसेकालाई व्यर्थ किन लडाउनु ।
थरी थरी जनजातीको पन हेर हेर्छौ भने ।
Shanti Adhikari

No comments:

Post a Comment