नेपाली समाचार ,Nepal Flag

Thursday, May 1, 2014

के हो मजदुर दिवस हामीलाई थाहा छैन !

आज १ सय २५ औं मजदुर दिवस। काठमाडौं उपत्यका लगायत देशैभर विभिन्न कार्यक्रम गरेर मनाइएको छ। काठमाडौंका विभिन्न स्थानमा मजदुरका हकहितका लागि नेताहरुले चर्को भाषण गरिरहँदा मजदुरहरु पसिना बगाउन बाध्य थिए। काम नगरे घरको भान्छामा आगो नबल्ने उनीहरुलाई यो दिवसले छोएन। वर्षमा एक दिन आउने मजदुर दिवसका बारेमा धेरैजसो अनविज्ञ नै थिए।माइतीघरबाट भद्रकाली जोड्ने सडकमा काम गर्दै कामदारहरु
प्लेकार्डसँग खेल्दै एक बालिका।
मजदुर दिवसकाे अवसरमा कार्यक्रम भइरहँदा भारी बाेक्दै एक भरिया।
वसन्तपुरमा  अायोजित मजदुर दिवसको कार्यक्रममा सहभागी हुदैँ प्रधानमन्त्री सुशील काेइराला।
एक भरिया।
मजदुर दिवसका लागि बनाइएका प्लेकार्डहरु।
वसन्तपुरमा मजदुर दिवसकाे कार्यक्रममा पानी बेच्दै एक बालक।
मजदुर दिवस अंकित टिसर्ट प्रदर्शन गर्दै प्रधानमन्त्री सुशील काेइराला।..

( source .setopaty.com)

No comments:

Post a Comment