नेपाली समाचार ,Nepal Flag

Tuesday, August 13, 2013

म जनताको प्रश्न तिमि जनतालाई Ramesh Adhikari

नेताजी जय भन्छौ र जनता
फेरी नि भर्याङ्ग बन्छौ र जनता ?

आउदैछन् ति फेरी सपना बाड्न
रुदै आफ्नो पिडा कहन्छौ र जनता ?

हर कष्टबाट पार लगाइदिने
गुलिया बातमा बहन्छौ र जनता ?

जसलाई चुन्यौ उसैले तिम्रो सुख ल्याउने दिन गन्छौ र जनता ?
उनीहरुले तिमीलाई बहक्याए भने आफैं पुर्ने खाल्डो खन्छौ र जनता ?
कहिले पो उठ्छौ चीर निन्द्राबाट कहिलेसम्म निर्धो रहन्छौ र जनता ?... तर ......... मैले पनि नेताको जय जयकार नै गरिरहे ..... तर

No comments:

Post a Comment