नेपाली समाचार ,Nepal Flag

Tuesday, August 27, 2013

४६ वर्षे आमाका सय वर्षे छोराको दुखद कहानी (फोटो फिचरसहित)

बुढो हुन कसैलाई पनि मन लाग्दैन । तर उमेर चढ्दै गएपछि बुढो हुनु प्राकृतिक नियम हो । उमेर पाकेपछि बुढो हुनु सबैको नियति भएकाले कसैले गुनासो गर्ने ठाउँ छैन । तर कोही मान्छे किशोर अवस्थामै बुढो भयो भने के होला ? भारतका एक किशोर १४ वर्षकै उमेरमा १ सय वर्षका जस्ता बुढा भएका छन् ।
1
१४ वर्षका अलि हुसैनको सरीर ११० वर्षको जस्तै बुढो भैसकेको छ । उनका बुवा नाबी ५० वर्षका मात्रै छन् भने आमा राजी ४६ वर्षकी छिन् । बिहारका यी किशोर वृद्धलाई प्रोजेरिया भन्ने रोग लागेका कारण यस्तो भएको हो । विश्वमा यस्तो रोगबाट पीडित मान्छे केवल ८० जनामात्र छन् । यो रोग लागेपछि मान्छेको उमेर ८ गुणा बढि जस्तो देखिन्छ । हुसैनका अन्य पाँच जना दाजु दिदीहरु यहीँ रोगका कारण मरिसकेका छन् । तर अरु दुइ दिदीबहिनी भने जिउँदै छन् र उनीहरु सामान्य छन् ।
2
यो रोगबाट पीडित मान्छेहरु जन्मेको १४ वर्षभन्दा बढि बाँच्दैनन् । तर हुसैन भने मृत्युलाई चुनौति दिँदै अझै बाँचिरहेका छन् । यो रोग निकै दुर्लभ वंशाणुजन्य रोग हो । यो रोगमा केवल बुढोपना मात्र हुँदैन बाथ, आँखा सम्बन्धि समस्या, मुटु सम्बन्धि समस्या तथा पुड्कोपन जस्ता अनेक रोग गाँसिएका हुन्छन् ।
3
हुसैनकी आमा राजीले आफ्ना पाँच सन्तान यहीँ रोगका कारण गुमाइसकेकी छिन् र छैटौँ सन्तानको काल पर्खिरहेकी छिन् । उनका चार जना सन्तान १२ देखि २४ वर्षको बीचमा परलोक भ एभने पाँचौ सन्तान जन्मेको २४ घण्टामै मर्यो । बाँचेकी मध्ये जेठी छोरी २० वर्षकी छिन् र बिहेबारी गरेर बच्चा समेत पाइसकेकी छिन् । अर्की स्वस्थ छोरी १० वर्षकी भइन् । राजीका लोग्ने नाबी हुसैन बिहारको एक कम्पनीमा गेटपालेको काम गर्छन् र मासिक २ हजार भारु कमाउँछन् । डाक्टरहरुले आफ्ना छोराछोरीको रोगबारे आफुहरुलाई कहिल्यै नबताएको र अन्धकारमा राखेको नाबी बताउँछन् ।
4 5 6online khaber.com

No comments:

Post a Comment