शुभ आशीर्वाद।
खासै लेख्नुपर्ने नयाँ खबर त केहि पनि थिएन र पनि कलिलो उमेरमा तिमीलाइ छाडेर रोजगारीको लागि बिदेश जादा भोलिका दिनमा कम्तीमा लेखेको बुझ्ने, पढ्ने र मनन गर्ने भएपछि बिदेश किन बाबा आमा हामीलाइ छाडेर जानुभयो भनेर तिमीले गर्ने प्रश्नहरुको उत्तर केहि हदसम्म भएपनि समाधान होस् भनेर अहिले नै एउटा पत्र कोर्दैछु !
बाबु माटो खान्छु, माटो पिउछु, माटो हास्छु, माटो रुन्छु भन्ने देशभक्ति गीत सुनेर हुर्केको तिम्रो बाबा हुँ म कुनै दिन खान नपाए यही देशको माटो खान्छु तर बिदेश जान्न भनेर फेसबुकमा लेख्ने गर्दथे तर निकै ठक्कर खाएपछि अहिले मेरो चेत आयो माटो सुँघेर खाएर पिएर हासेर मात्रै पेट भरिन्न रहेछ मेरो छोरा।
तिम्रो बाबुलाइ तेस्रो दर्जाको नागरीक बनेर आधुनिक दास बन्न अनि रातैभरी अगालोमा च्यापेर सुत्ने तिमिलाइ चटक्क छोड्न मन थियो होला र? कस्स्म हुदैहोइन मलाई बुझ, सङ्घर्ष गर्दागर्दै थकित बनेर बाध्यता, जरुरत, सम्झौता अनि परिस्थितिलाइ सामाना गर्न सकिन र त बिदेशीदैछु तिम्रै सुखको खोजिको लागि हो अधुरा सपनाहरुको भुमरीमा फसियो ति सपनाहरु केहि हदसम्म भएनि साकार पार्नुछ! हेर बाबु मानिस परिस्थितिको दास हो, तिमीहरुले पनि एक दिन बुझ्नेछौ बाध्यता, अभाव सबैभन्दा ठूलो शिक्षा हो। रहरले सपना देखाउन सिकाउछ, अनि अभावले संघर्ष गर्न!
कलिलो उमेरमा रोजगारीको लागि यो देश छोड्न नपरोस् बिदेश भासिनु नपरोस् भनेर म आफैले देश छोडन लागेको हो केहि बर्ष बसेर अवस्य फर्कनेछु यो देशमा भविष्य छ। आउँदा दिनहरूमा यो बस्न लायक देश हुनेछ। जब तिमीहरु बुझ्दै जानेछौ बुझ्नेछौ,
शिक्षा र संस्कार माया ममता भन्ने विषय विश्वविद्यालयमा पढाइदिने होइन घरमै पढाउने विषय हुन्।
त्यो संस्कार र मायाममता हामी नभएर के भो त तिमीलाई हजुरामा र हजुरबुबाले दिनेछन् दिइरहनु भएको छ बाबु! मेरो मुटुको टुक्रा, मेरो छोरा, केहि समयसम्म हामी काठमाडौं कपुरधारामा डेरा गरी बस्थ्यौँ, एउटा कोठामा निकै सास्ती सङ्ग हुर्कनुभएको हो तिमीको दिदी आशिका। तिमी पनि ८ महिनासम्म त्यहि बस्यौ, आज हाम्रो काठमाडौंमा घर छ, चार ओटा कोठामा तिमी बामे सर्दै कुद्दै हिडन थालेका हौ त्यहि तिम्रो सबैभन्दा पहिला बाबा भन्ने तोतेबोलि फुरेको हो घरको लिभिङ रुममा सिसी क्यामेरा राखेको छु, कामबाट फुर्सद हुनसाथ तिमी के गरीराखेका छौ भनेर मेरो आखा त्यहि क्यामेरामा दौडिहाल्छ, म हेरीरहन्छु! हामी साथ छैनौँ त्यो पक्का हो तर तिमी र तिम्रो दिदी आशिका जो अहिले चिठि लेख्दैगर्दा ९ बर्ष लागिन हाम्रो मायाममता मा तिमीहरू प्रती कहिकतै कमि छैनदैछैन!
मेरा प्यारा छोराछोरी हरु
यो पत्रमा मैले केही महत्त्वपूर्ण जीवनका उदाहरणहरु राख्दै तिमीहरुलाई बुझाउन चाहन्छु कि जीवनमा कुनै पनि कठिनाइलाई सामना गर्दा कसरी हामी सफल हुन सकिन्छ । यसबाट तिमीहरुलाई पनि जीवनका संघर्ष र सफलता बारे केही पाठ मिलोस।
तिमीहरुलाई थाहा होला कि महात्मा गान्धीले आफ्नो जीवनको ठूलो भाग ब्रिटिश साम्राज्यको विरोधमा संघर्ष गर्नमा बिताए। उनले अहिंसा र सत्यको मार्गमा विश्वास राख्दै भारतीय स्वतन्त्रता संग्रामको नेतृत्व गरे। उनले धेरै कष्ट झेल्नु पर्यो, कैयौं पटक जेल गए, तर उनले आफ्नो विश्वास कहिल्यै छोडेनन्। उनीले भनेका थिए, “तिमीले पाउने सफलता, तिमीले गरेको प्रयासको परिणाम मात्र हो, त्यसका लागि आफूलाई कहिल्यै थकित महसूस नगर्नु।” गान्धीको जीवनले हामीलाई यो सिकाउँछ कि संघर्षको बाटो कठिन भए पनि साँचो उद्देश्यको लागि लड्नुपर्छ।
नेल्सन मन्डेला पनि एक प्रेरणादायी उदाहरण हो। दक्षिण अफ्रिकामा रंगभेदको अपार अन्यायको विरोधमा उनले २७ वर्षसम्म जेल जीवन व्यतित गरे। तर उनले कहिल्यै आफ्नो लडाइँको उद्देश्य परिवर्तन गरेनन्। मन्डेलाले भन्छन्, “मैले जित्नको लागि संघर्ष गरेँ, तर मेरो संघर्ष जीवनको उद्देश्य र सम्मानको लागि थियो।" जेलबाट बाहिर आएपछि उनले एकता र मेलमिलापका लागि काम गरे र देशलाई नयाँ दिशा दिए। तिमीलाई थाहा छ कि उनका संघर्षले दक्षिण अफ्रिकामा शान्ति र समानताको नयाँ युगको सुरुआत गर्यो।
अब म्याडम क्यूरीको उदाहरण लिउँ। उनी विश्वका पहिलो महिला वैज्ञानिक हुन् जसले नोबेल पुरस्कार प्राप्त गरिन्। क्यूरीको जीवनमा संघर्ष र असफलताका थुप्रै पलहरू थिए। उनले धेरै कठिनाइहरू झेलिन्, शारीरिक र मानसिक रूपमा थाकेको अवस्था, आर्थिक समस्याहरू, र सामाजिक दबाबका बावजूद पनि उनी आफ्नो अनुसन्धानमा अडिग र साँचो परिश्रममा विश्वास गर्थिन्। उनले भन्थिन्, “हामीलाई जति कठिनाइहरू आउनुहोस्, हामीले उसैको सँगै सिक्नुपर्छ।“ क्यूरीको जीवनले हामीलाई सिकाउँछ कि यदि तपाइँ आफ्नो सपनामा अडिग रहनुहुन्छ भने, कुनै पनि कठिनाइ तपाइँलाई रोक्न सक्दैन।
यसैगरी, अरु धेरै मान्छेहरू छन् जसले संघर्ष गरेर आफ्नो जीवनको शिखर छुने काम गरेका छन्। थॉमस एडिसन जसले अन्धकारबाट प्रकाशको युगको खोजी गरे, उनले हजारौं असफलताहरूका बाबजुत हार मानेनन् र अन्ततः बल्बको आविष्कार गरे। विन्स्टन चर्चिल, जसले द्वितीय विश्वयुद्धमा इंग्ल्याण्डलाई विजयी बनाउँदासम्म, कयौँ पापड बेल्ने संघर्ष गरे। एबल मुघेबे, एक थारू किसानको छोराले, अरु थारू समुदायको नाममा शिक्षा र समानता ल्याउन संघर्ष गरेर समाजमा ठूलो परिवर्तन ल्याए।
यी सबै व्यक्तिहरूको जीवनले हामीलाई यही कुरा सिकाउँछ कि जीवनको कठिनाइहरू र संघर्षहरु मानिसलाई महान बनाउँछन्। त्यहि संघर्षले एउटा व्यक्तिलाई नयाँ दिशा दिन्छ, जसबाट उसले न केवल आफ्नो जीवनमा सफलता प्राप्त गर्छ, बरु अरु धेरैका लागि प्रेरणा बन्न सक्छ।
बाबु, छोरा यो चिट्ठि लेख्दै गर्दा आज तिमी दुई बर्सका भयौ तिमी जन्मेको ८ महिनामा तिम्रो आमा पनि बिदेशिनुभएको हो, आमा बिदेशिएको त्यो दिन साँझको ६ बजे तिमी झलुङ्गोमा सुतीरहेको थियौ! तिमीकी आमा निकै हिम्मतवालि र साहासिक छिन, काखको दुधे छोरा, आफ्नो मुटुको टुक्रालाई छाडेर बिदेशिन सामान्य हिम्मत र साहासले सक्दैन! सपनाको यो शहरमा तोडिएका सपना जोड्नुछ, अभावका घाउहरूमा मल्हम लगाउनुछ, कम्तीमा दुई छाक खान र बिरामी हुँदा कसैसङ्ग भीक माग्नु नपरोस्, तिमीहरूलाई उच्च शिक्षा सम्म राम्रोसँग पढाउन पाइयोस, दुनियाँको सामु निरीह भएर हैन आत्मविश्वास लिएर बाँच्ने अवस्था सिर्जना होस्, बस यसैको लागि हो बाबु नानी हामी बिदेशिएका छौँ।
र अन्तमा निराशा र असफलताले दुःख निम्त्याउँछन् र पनि यी दुबै जीवनका पाटाहरू हुन् भन्ने बुझ्नु दुःख पर्यो वा असफल भइयो भने भोलिको सुन्दर बिहानको आशा भुल्न सकिँदैन, उज्यालो दिन अवश्य आउने छ, सधैं आफैमा विश्वास गर्ने गर्नु, कहिल्यै पनि आफ्नो कामको लागि अरुको आशमा बस्ने काम गर्दै नगर्नु, भाग्यमा होइन, आफ्नो कर्ममा भर पर्नु।
आशीर्वाद छ छोरा एरीक छोरी आशिका
उही तिम्रो भाग्यमानी बाबा,
सन्तोष सिम्खडा
हाल जापान, टोकियो
No comments:
Post a Comment