नेपाली समाचार ,Nepal Flag

Friday, November 8, 2024

"नेपालको राजनैतिक संकट: ओली र जनताको असन्तोष"

नेपालको वर्तमान राजनैतिक परिप्रेक्ष्यमा, सहकारी काण्डले गम्भीर असन्तोषको वातावरण सिर्जना गरेको छ। यस काण्डमा संलग्न उच्च प्रभावशाली व्यक्तिहरू, जसलाई 'धनराज'हरूको रूपमा चिनिन्छ, सत्ताको संरक्षणमा रहेर कानूनी कारबाहीबाट मुक्त हुने त हैन भन्ने सत्ताको रबैयाले आसङ्का उत्पन्न गर्दैछ। यसको कारणले गर्दा सर्वसाधारणको विश्वास तिनका संस्थामा गुमेको छ। सहकारी काण्डले हजारौं व्यक्तिको आर्थिक भविष्य धरापमा राखेको छ, र राज्यको निकटस्थ शक्तिहरूको उन्मुक्ति, जसले कानून र न्यायको दृषटिकोनलाई कमजोर बनाएको छ, त्यो नेपालको समाजमा गहिरो आक्रोश र असन्तोषको कारण बनेको छ।

यसै बीच, रबि लामिछाने जस्ता उदाउँदा नयाँ शक्ति प्रतिनिधिहरूले न्याय र पारदर्शिता सुधारका लागि संघर्ष गर्दै छन्। लामिछाने, जसले भ्रष्टाचार र अन्यायविरुद्धको आवाज उठाएका छन्, नेपाली समाजका लागि नयाँ आशाको किरण बनेका छन्। उनले परम्परागत राजनीतिक संरचनासँग असन्तुष्ट युवाहरूको प्रतिनिधित्व गर्दै, राष्ट्रको भविष्यका लागि नयाँ सोच र समाधान प्रस्तुत गरेका छन्। नेपालमा लामिछानेको लोकप्रियता र प्रभाव बढ्दै गएको छ, जसले परम्परागत राजनीतिक नेताहरूको कार्यशैली र नीति अपारदर्शिता र अन्यायको विरोधमा उभिएको छ।

तर, यो नयाँ शक्ति राज्यको प्रतिशोध र दमनको सामना गर्दैछ। जबकि सहकारी काण्डजस्ता ठूला घोटालामा संलग्न प्रभावशाली व्यक्तिहरूलाई सजाय दिइएन, लामिछानेजस्ता न्यायको पक्षधर व्यक्तित्वमाथि राज्यले दमन र निरन्तर प्रतिशोधको प्रयास गरेको छ। यो दोहोरो मापदण्ड नेपालका नागरिकहरूका लागि गहिरो प्रश्न खडा गर्दै, सरकारको न्यायप्रतिको प्रतिबद्धता र निष्पक्षता माथि शंका उत्पन्न गर्दछ।

लामिछानेको संघर्षले युवापुस्तालाई सशक्त बनाएको छ, जसले पुराना संरचनाका खतरनाक पक्ष र राजनीतिक असमानताका विरुद्ध संघर्ष जारी राख्न प्रेरित गरेको छ। युवाहरू अब न केवल विद्यमान सरकारको आलोचना मात्र गर्दैछन्, तर तिनीहरूले नयाँ नेतृत्वको आवश्यकता र सामाजिक न्यायको महत्वलाई पनि सम्झिरहेका छन्। यस्ता घटनाहरू, जस्तै सहकारी काण्डमा प्रभावशालीहरूको उन्मुक्ति र रबि लामिछाने जस्ता व्यक्तिहरूको दमन, नेपालको भविष्यको पक्षमा उठेका आवाजलाई थप बलियो बनाइरहेका छन्।

यस स्थिति सँगसँगै नेपालमा राजनीतिक र सामाजिक संरचनामा गहिरो परिवर्तनको आवश्यकता स्पष्ट हुँदै गइरहेको छ। रबि लामिछाने जस्ता व्यक्तित्वको उदयले नयाँ शक्ति र नेतृत्त्वको मार्गदर्शन गर्ने आशा उत्पन्न गरेको छ, जसले भ्रष्टाचार, अन्याय र असमानताको विरुद्ध आवाज उठाउँछ। नेपालका नागरिकले अब परम्परागत सत्तापक्षमा विश्वास गर्न छोडेर, एक यस्तो सरकारको खोजी गरिरहेका छन् जसले न्याय, समानता र पारदर्शिता सुनिश्चित गर्ने काम गर्छ।




सन्तोष सिम्खडा
हाल जापान टोकियो !




No comments:

Post a Comment