नेपाली समाचार ,Nepal Flag

Sunday, June 30, 2013

ब्राजिलले स्पेनलाई हराउँदा मैदानमा यस्तो देखियो (फोटोफिचरसहित)

काठमाडौं, १७ । सन् २०१४ मा हुने फिफा विश्वकप फुटबलको आयोजक राष्ट्र ब्राजिलले विश्वकप फुटबलको साविक विजेता स्पेनलाई पराजित गरी देशमा भईरहेको ‘संकट’मा मल्हम लगाउन सफल भएको छ । कन्फेडेरेसन कप फुटबल प्रतियोगिताको नेपाली समय अनुसार सोमबार बिहान रियो दि जेनेरियोस्थित माराकाना रंगशालामा भएको फाइनल भिडन्तमा ५ पटकको विश्वकप विजेता ब्राजिलले विश्व च्याम्पियन स्पेनलाई ३–० गोलअन्तरले पराजित गर्दै उपाधि चुमेको हो ।
यससँगै ब्राजिलले कन्फेडेरसन कप फुटबलको उपाधिमा ह्याट्रिक गर्न सफल भएको छ ।  त्यतिमात्रै होइन, ब्राजिलले आगामी विश्वकपका लागि आफ्नो बलियो दाबेदारी समेत पस्किन सफल भएको छ ।
अर्कोतर्फ लगातर २९ खेलमा अपराजित रहेको युरोपको ‘पावरहाउस’ स्पेनको ‘इज्जत’मा समेत ब्राजिलले ‘धक्का’ पुर्‍याईदिएको छ । त्यस्तै ब्राजिलले अन्तर्राष्ट्रिय प्रतियोगितामा आफ्नो अपराजित यात्राको श्रृंखला लगातार १२ खेलसम्म जारी राखेको छ ।
कन्फेडेरसन कप फुटबलको फाइनलमा घरेलु टोली ब्राजिललाई जिताउने क्रममा फ्रेडले खेलको दोस्रो र ४७ औं मिनेटमा तथा नेइमारले खेलको ४४ औं मिनेटमा गोल गरे । खेलमा गोल गर्ने स्पेनको थुप्रै प्रयास खेर गएका थिए । त्यस्तै खेलको ६८ औं मिनेटमा स्पेनका पिक्यू जेरार्डले रातो कार्ड पाएपछि स्पेन १० खेलाडीमा सिमित भएको थियो । -एजेन्सीको सहयोगमा ।
ब्राजिल र स्पेनबीचको खेल हेर्दै चर्चित कोलम्बियन गायिका तथा स्पेनका खेलाडी पिक्यू जेरार्डकी प्रेमिका शाकिरा ।
तस्वीरहरु: एपी, एएफपी, द सन, रोयटर्स, अन्य एजेन्सी ।                                                       hamrokura.com

No comments:

Post a Comment