नेपाली समाचार ,Nepal Flag

Thursday, June 6, 2013

टाटुवालाले जागिर पाएनन् तस्बिर सहित


tatu-boy३३ वर्षका म्याथ्यू हि्वलानले आफ्नो नाम वैधानिक रुपमा परिवर्तन गरी किंग बडी आर्ट राख्न त सफल भए तर अझै जागिर पाउन भने सकिरहेका छैनन् ।
बेलायतमा सबैभन्दा बढि टाटु खोपेको मानिसको कीर्तिमान उनको नाउँमा छ । तर, सो कीर्तिमानले उनका लागि जागिर भेट्टाउन सहयोग गरेको छैन । उल्टै जिउभरीको टाटुका कारण उनका लागि कोहीपनि रोजगारदाता जागिर दिन तयार भएनन् ।
सरीरको ८० प्रतिशत भागमा विभिन्न खाले टाटु खोपेका उनले टाटु बनाउनकै लागि ३ सय घण्टा त कुर्सीमै ठमठमी बसेका छन् । उनले २० हजार पाउण्ड टाटु बनाउनकै लागि खर्चिएका छन् । अरु ठाउँ त सामान्य भो उनले त आँखाको गेडीमै टाटु बनाएका छन् । यसबाट उनी कति हिम्मती छन् भने थाहा हुन्छ ।
तर, अनौठो कुरा उनले अहिलेसम्म जागिर भेटाउन सकेका छैनन् । उनको जिउ देख्दैमा कोहीपनि जागिर दिन तयार नहुने गरेको समाचार छ । लिबरल डेभोक्रेटिक पार्टीका कार्यकता समेत रहेका उनी टाटु अभियानका अभियन्ता पनि हुन् ।
कर्मचारी वा श्रमिकले चाहेको टाटु सरीरमा खोप्न पाउनुपर्ने अभियान उनले संचालन गरिरहेका छन् । उनले आफ्नो टाटुमय सरीरप्रति गर्व गर्छन् र आफुलाई जागिर दिन कोहीपनि तयार नभएकोमा अचम्म पनि मान्छन् ।
tatu-boy-1tatu-boy-2

No comments:

Post a Comment