नेपाली समाचार ,Nepal Flag

Friday, May 31, 2013

केटी पट्याउन आठ मिनेट


सांघाई÷एजेन्सी–

यो मेलाको नाम ‘तेस्रो वार्षिक माया र विवाह एक्स्पो’ राखिएको थियो जसमा पुरुष वा महिला पटाउन हरेक सहभागीलाई आठ मिनेट समय दिइएको थियो । तर, अविवाहित चिनियाँ युवायुवतीका लागि आयोजना गरिएको यो मेलाको वातावरण भने रोमान्टिक थिएन । कारण थियो आयोजनास्थल । मेला फर्निचरसम्बन्धी एउटा सपिङ मलमा भएको कारण सबैलाई अनौठो लागिरहेको थियो । तथापि धेरैले यहाँ आङ्खनो पार्टनर भेटाए । सप्ताहन्तका लागि तय भएको मेलामा १८ हजार जनाले आङ्खनो नाम पहिले नै दर्ता गराएका थिए ।'
मेलामा ठूलठूला होर्डिङ बोर्ड राखिएका छन् जसमा अविवाहित पुरुष र महिलाको सूची राखिएको छ, एउटा सूची गुलाबी रंगमा र अर्को निलो रंगमा । गत शनिबार बिहान सुरु भएको मेलाको ढोका खुलेको केही मिनेटमै अवलोकनकर्ताहरू सूचीमा रहेका नाम पढ्न र सम्भावित जोडीबारे सोच्न थालिसकेका थिए । सूचीमा उनीहरूको उमेर, उचाइ, शिक्षा, वार्षिक आम्दानी र बासस्थान पनि उल्लेख थियो । केही नोटकपीमा टिपोट गरिरहेका थिए भने केही आङ्खनो मोबाइल फोनले इन्ट्रीमा राखिएका महिला–पुरुषको फोटो खिचिरहेका थिए । एउटा हलमा २० देखि ४० वर्ष उमेरका महिला पुरुष रातो र पहेंलो कपडाले सजाइएका टेबुलको वारपार बसेर कुराकानी गरिरहेका थिए ।
नजिकै राखिएका लाउड स्पिकरहरूमा नोराह जोन्सको लभ सङ मधुरो आवाजमा बजिरहेको थियो । ‘आठ मिनेट लामो डेटिङमा तपाईंहरू सबैलाई स्वागत छ,’ कार्यक्रमका प्रस्तोताले अन्तमा सम्बोधन गरे । आठ मिनेट सकिएपछि पुरुषहरूले एउटा सिट अगाडि बढ्नुपथ्र्यो । त्यसपछि अर्को आठ मिनेट अर्का महिलासँग कुराकानी सुरु हुन्छ । केही सहभागीका लागि यो नै जीवनको पहिलो डेटिङ थियो । ‘यो फलदायी भयो । शोधजस्तै,’ क्यानडा विश्वविद्यालयबाट गर्मी विदामा फर्केका २० वर्षीय यिजिन बाईले भने । उनले यसअघि आङ्खनो कुनै केटीसाथी नभएको बताए ।
‘चीनमा किशोर–किशोरीलाई हाईस्कुलमा रोमान्टिक सम्बन्ध बनाउन निरुत्साहित गरिन्छ,’ उनले भने, ‘म यहाँ महिलाहरू पुरुषबाट के चाहन्छन् भन्ने बुझ्न आएको हुँ ।’ ‘उनीँहरूसँग सोधेपछि मैले केही जानें । उनीहरू अभिभावकमा निर्भर हुने पुरुष मन पराउँदैनन्,’ उनले अगाडि थपे । उनी झेनाई इन्कर्पोरेसनले आयोजना गरेको ‘स्पिड डेटिङ’मा सहभागी भएका हुन् जसले चीनको सबैभन्दा ठूलो म्याचमेकिङ वेबसाइट सञ्चालन गर्दै आएको छ । यो कम्पनीका अनुसार उसका ५ करोड ८० लाख युजर्स छन् र यो हरेक महिना १० लाखले बढिरहेको छ । झेनाईका संस्थापक तथा कार्यकारी प्रमुख सङ ली हुन् ।
उनले कोलम्बिया विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुका साथै पूर्वबैंकर पनि हुन् । उनका अनुसार सन् १९७९ मा लागू गरिएको एक सन्तान नीतिका कारण युवा चिनियाँमा सामािजक सीपको अभाव हुन थालेको छ जसमा डेटिङ पनि पर्छ । ‘धेरै बालबालिका सन् १९८० पछि जन्मिए र उनीहरूका दाजुभाइ तथा दिदीबहिनीसमेत छैनन् । त्यसैले उनीहरूलाई विपरित लिंगीसँग कस्तो व्यवहार गर्नुपर्छ भन्ने नै थाहा छैन,’ लीले भने ।

No comments:

Post a Comment